माननीय सभामुख महोदय , सभामुख महोदयको अनुमतिले आज विशेष समय लियर  समसायीक विषयमा आफ्ना विचारहरु राख्दैछु । देशमा नागरिकहरुकेा जनजिवन असामान्य रहेको बर्तमान अवस्थामा सरकार माओवादी वार्ताले जनतामा शान्तिपुर्ण तरिकावाट वांच्न पाउने र जनजिवन सामान्य हुने विश्वास वढदै गएको छ। अहिले नेपाली जनतामात्र होइन नेपाल प्रति चासो राख्ने हाम्रा सवै शुभ चिन्तकहरु नेपाललाई सहयोग गर्ने मित्रराष्टहरु र नेपालमा मानवअधिकारको प्रत्याभूति दिलाउन चाहाने सवैको चाहाना माओवादी समस्या वार्तावाट  समाधान भई नेपालमा सम्पूर्ण शान्तीको प्रत्याभूति भएको देख्न चाहन्छन। सम्पूर्ण शान्ति भनेको माओवादीले सम्पूर्ण हतियार हस्तान्त्रण गर्नु पर्ने र देशमा शान्ति सुरक्षाको सहज वातावरण  श्रृजना गर्नु हो। आज सरकार माओवादी  वार्ता सूरु भएको छ , वार्ताको सुरुमा दुवै पक्ष विच केहिकुराहरु नगर्ने  सहमति भएको थियो। एकातिर वार्ताको वातावरणमा सहजपना ल्याउन सरकारले समझदारी अनुसार  गिरप्तार भएका माओावादी कार्यकर्तँलाई रिहा गर्ने मुद्धा फितर्ाा लिने प्रसासनिक कारबाहि अधिबडाउने आदि आफना सबै प््तिबद्धताहरु  पुरागरेको छ भनेे, ऋभ्ब्क्भ् ँ73च्भ् को नाममा प्रहरी प्रसासनलाई कुनै कारवाही नगर्न निर्देशन दिएको छ। सोही मौकाको उपयोग गरेर  माओवादीहरुले खुल्ल्ाा भए तर उनीहरु सहमति विपरित जनतालाई जवरजस्ती चन्दामाग्ने, निर्वाचित जनप्रतिनिधीहरुलाई जवरजस्ती राजीनामा दिन लागाउने, रानैतिक कार्यकर्ताहरु एबं सर्बसाधारण जनतालाई अपहरण गरी राखेको छन , बिभिन्न बहानामा तोडफोड गरेका छन। यसवाट माओवादीहरु वार्तँको माध्यमवाट समस्याको  समाधान चाहांदैन भन्ने आसंका आम जनसमुदायमा उत्पन्न  भएको छ। माओावदीहरुवाट जनयुद्ध सुरु भए पछि भएको धनजनको क्षति भएकोले राष्ट्रलाई ठुलो नोक्सान भएको छ। प्रहरीहरु अपहरण भएकाछन। आज विध्ाालयहरु  वन्द भएको छ। निजी  विद्यालय हरु उद्योग धन्दा , वन्द भएका छन। आज देश लथालिड.ग अबस्थामा छ। यसरी माओवादी समस्याले देशलाई आतंकित वनाएको छ र देशमा गभ्भिर संकट उत्पन्न भएको छ। आज जे जति शान्ति सुरक्षा खलवल्याउने र वार्ताको वातावरण विगार्ने  प्रयास सवै माओवादीकेा तर्फवाट भएकेा छ।  सभामूख महेादय,  यी सवै  कुराको विश्लेषण गर्दा माओवादी आन्दोलनको उद्धेश्य के हो? माओवादीहरु वास्तवमा नेपालमा के चाहँन्छन? के साच्चीनै माओावादीहरु वार्ताद्धारा समस्या समाधान चाहान्छन त?  पहिाले यो निष्कर्षमा पुग्नु पर्दछ। त्यसैले यो समास्या  समाधानका लागि  देशका सवै सम्वेदनसिल पक्षका विचमा  एकता को आवश्यकता छ।  माओवादीहरु आज वार्ता भाडिने कुरा गर्नेछन के माओवादीहरु वार्तामा इमान्दार छन भने कसैले भाँडेर माओवादीरु सरकारको वार्ता भाँडीन्छ त्यसकारण  वार्ता कसैको पनि निजी स्व्ाार्थ पुरा गर्ने वहाना नवोनोस। मेरो यहि धारणा छ।  सरकार कोे आम जनतामा शान्तिसुरक्षाको  प्रत्याभूति  दिनु हो । सवै २०४६ सालको जनआन्दोलनको परिणामसंग सम्वन्धीत सवैको विचमा एकताको आवश्यकता छ। नेपालीको अनवरत संधर्स बाट२०४७ सालको संविधान प्राप्त भएको हो। त्यसकारण नेपालको संविधान लामो संघर्सको उपज हो यो संविधानको रक्षा गर्नु जनताको कदर गर्नु हो। यो संबिधानका पक्षधर सबै आज एकैठाउमा उभिन परेको छ।  माओवादीहरुले पटक पटक विभिन्न दलहरु संगको वैठक र छलफलमा आफ्नो जनयुद्ध कसै प्रति लक्षित देखाउनेले जनयुद्धको उद्धेश्य स्पस्ट नभएको र आफ्ना स्वाथको लागि प्रयोगगर्ने प्रयत्न गरेको र विभिन्न पार्टीप्रवेश गरी फुटाउन गरेकेा र विभिन्न पार्टीमा प्रवेश गरी फुटाउन प्रयास गरेको राजनैतिक दिष्टिकोण ले वेइमानपूर्ण कार्य हो। एकातिर मावोबादहिरु सरकार संग भउका सहमतिहरु आफ्र भग गर्दे छन भने अकोृतिर बातर्ना भाडिने कुराहरु गर्दै छन। अर्काले भाडिएर वार्ता भाडिने भन्न कसरी मिल्दछ? सभामूख महोदय,  वहुदलीय  प्रजातन्त्र र संवैधानीक राजतन्त्र भएका मुलुकहरुमा धेरै विकास भएको छ। त्यहि कारण वहुदलीय  प्रजातन्त्र र संवैधानीक राजतन्त्र लार्य संरक्षण र बलियो बनाउनु आजको आवश्यकता भएको छ। हाम्रो संविधानको  प्रस्तावनामा पनि त्यही उल्लेख छ। आतंकवाद विरुद्ध विश्वव्यापी अभियान चलेको छ। आतंकवाद व्यक्ति विषेश नभई कृयाकलापको हो। आज विश्वबाट  आतंकवादको वर्वरता वाट मुक्ति दिलाउन नेपालको  पनि कर्तव्य भएको छ। गौतमवुद्धको जन्मस्थल नेपाल र नेपाली पनि सदा शान्तिप्रिय भएर वाँच्न चाहान्छन। नेपालीहरु पौराणीक काल देखिनै आतंकवाद विरुद्ध लडदै आएकेा इतिहासमा छ। त्यसैले यदि बार्तको माध्यमबाट समाधान हुन्छ भने  बार्ताको परीणाम आउदा जनताले पुर्ण शान्तीको अनुभव गर्न पाउनु पर्दछ। अब यो निसकर्षमा चाडै नै  पुग्नु पर्ने समय आएको छ।     माओवादी कृयकलापको मुल्यांकन गर्ने समय आएको छ। मुल्यांकनको आधारमा जनतामा त्यसको प्रभाव कस्तो परेको छ। त्यसको विष्लेषण हुन जरुरीछ। माओवादी विरुद्ध जनतामा हाल देखिएको विद्रेाह उनीहरुको कृयाकलाप प्रति वितृष्णा हो। सरकार माओवादी वार्ता लाई कसैको आधारमा  चाँडै टुंगो लगाउनु पर्दछ । देशलाई अनिर्णयको अवस्थावाट मुक्ती दिलाउनु पर्दछ। २०४६सालको जनआन्दोलन को उपलब्धी वचाउन यो उपलव्धी प्राप्त गर्न संलग्न सवैको विचमा एकता हुन जरुरी छ। संसदमा प्रतिनिधीत्व गर्ने काँग्रेस एमाले माले राप्रपा  सदभावनाको विचमा आफ्नो पार्टीको निजि कुरा  छोडेर राष्ट्रिय मुद्धामा एक हुनु पर्दछ । यसको लागि सवै राष्ट्रिय  शक्तिको विचमा एकता र समझदारीताको आवश्यकता छ। अहिले अन्तराष्ट्रिय  आतंकवाद र नेपाल। बिश्वाट  आतंकबाद हटाउने अभियानमा नेपालले सहयोग गर्नु पर्दछ। यसरी यो समस्या राष्ट्रिय  शक्तिहरुको विचमा एकता र समझदारी कायम गर्न सवै प्रयत्नशिल रहनु आजको आवश्यकता हो।     सम्माननीय सभामुख महोदय , सभामुख महोदयको अनुमतिले आज विशेष समय लियर  समसामयीक विषयमा आफ्ना विचारहरु राख्दैछु ।  ड्ड     जनजीवन सामान्य हुने आशा  रु    वार्तापछि नागरिकहरूमा जनजीवन सामान्य  रहने अपेक्षा गरिएको  रु    नेपालका शुभेच्छुक मित्रहरू पनि शान्तिपूर्ण समाधानप्रति आशावादी रु    सरकार र माओवादीका बीचको सहमतिमा पनि शान्ति स्थापनाको संकेत रु    सरकारले सबै सुरक्षाकर्मीलाई माओवादी विरुद्ध कारबाही नगर्न निर्देशन, मुद्दा फिर्ता र बन्दीहरुको स्थिति सार्वजनिक रु    माओवादीबाट कथित फौजी कारबाही नगर्ने प्रतिबद्धता ड्ड     माओवादी क्रियाकलाप सहमति विपरीत रु    हातहतियार प्रदर्शन गरी जनतालाई आतंकित बनाउने, रु    जबर्जस्ती चन्दा असुल गर्ने,  रु    जनअदालतका नाममा विपक्षी राजनीतिक कार्यकर्तामाथि आक्रमण गर्ने, राजसंस्थाका विरुद्ध अमर्यादित अभिव्यक्ति कायमै, रु    निर्वाचित जनप्रतिनिधिहरूलाई बलजफ्ती राजिनामा गराउने कार्यमा वृद्धि, रु    सर्वसाधारण नागरिक, बालबालिकाहरूको अपहरणमा वृद्धि, रु    विद्यालय बन्द गराउने, तोडफोड बम प्रहार गर्ने काममा वृद्धि, रु    उद्योगधन्दामाथिको आक्रमण वन्द गराउने क्रममामा वृद्धि  रु    वार्ताले जगाएको आशा निराशामा परिणत रु    माओवादीको उद्देश्यको विश्लेषण आवश्यक  रु    माओवादी आन्दोलनको उद्धेश्य के हो?  रु    माओवादीहरु वास्तवमा के चाहन्छन्?  रु    के साच्चीनै माओवादीहरु वार्ताद्वारा समाधान चाहन्छन् त?  ड्ड    राष्ट्रिय आवश्यकता र जनचाहनाः सम्पूर्ण शान्तिको स्थापना  रु    माओवादीले हतियार छाड्ने, रु    राजसंस्था र संसदीय पद्धतिको सम्मान गर्ने, रु    जनता र जनप्रतिनिधिविरुद्ध आतंक बन्द गर्ने, रु    विद्यालय। कलकारखाना, बन्दव्यापारमा आक्रमण नगर्ने, रु    अपहरण गरिएका प्रहरी र नागरिकहरूलाई मुक्त गर्ने, रु    वार्ता भाँडने भनेर वहाना वनाउनु हुदैन।  ड्ड     सरकारको दायित्व :  शान्तिसुरक्षाको ग्यारेन्टी रु    नागरिकहरुको ज्यूधनको रक्षा, रु    संवैधानिक अधिकारको सुरक्षा, रु    संविधान र राजसंस्थाको मर्यादाको रक्षा, रु    कानुन व्यवस्थाको कायम राख्ने काम, रु    माओवादीलाई सहमति पालन गराउने दृढता। ड्ड     राजनीतिक शक्तिहरूको दायित्व :  संविधान र राष्ट्रका प्रति गंभीरता रु    वर्तमान संविधान :  जनताको बलिदानको उपलब्धि रु    संविधानको रक्षा जनअधिकारहरूको सुरक्षा रु    संविधानका पक्षमा हुनेहरू बीच एकता र स्पष्टता आवश्यक, रु    माओवादी गोटी हुने कि संविधानको पक्षमा उभिने निस्कर्ष आवश्यक, रु    अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण र त्यसप्रति संवेदनशीलता आवश्यक, रु    माओवादीहरुले पटक पटक विभिन्न दलहरु संगको वैठक र छलफलमा आफ्नो जनयुद्ध कसै प्रति लक्षित देखाउँदा जनयुद्धको उद्देश्य अस्पस्ट विभिन्न पार्टीप्रवेश गरी फुटाउन गरेकेा र विभिन्न पार्टीमा प्रवेश गरी फुटाउनेे राजनीतिक वेइमानी प्रति सतर्कता। ड्ड    वहुदलीय  प्रजातन्त्र र संवैधानीक राजतन्त्र भएका मुलुकहरुमा धेरै विकास भएको,  ड्ड    जनताको जीवन स्तर उकास्नका लागि विकास आवश्यक र विकासका लागि बहुदलीय  प्रजातन्त्र र संवैधानीक राजतन्त्र सुदृढ गर्नुे आवश्यक, ड्ड    आतंकवाद विरोधी विश्वव्यापी अभियानको सन्दर्भ, आतंकवाद व्यक्ति विषेश नभई कृयाकलाप,  ड्ड    आतंकवाद विरोधी विश्व अभियानमासहभागिता नेपालको  पनि कर्तव्य,  ड्ड    गौतमवुद्धको जन्मस्थल नेपाल र शान्तिप्रिय नेपाली शान्तिप्रिय,  ड्ड    आतंक, आधिपत्य र अधिनायकवादका विरुद्ध लडदै आएकेा इतिहास, ड्ड     वार्ताको परिणाम महत्वपूर्ण रु    वार्ताको परिणाम शान्तिको प्रत्याभूतिका रूपमा आउनु पर्छ।  रु    वार्ता छिटै नै निस्कर्षमा पुग्नु आवश्यक, रु    माओवादीबाट हतियार समपर्ण गर्न  लगाउनु पर्दछ।  रु    जनताका अधिकारहरूको रक्षा, अहिले सबै पक्षले विवेचना गर्नुपर्ने विषयहरू :  क)    माओवादी कृयाकलापको मूल्यांकन  ख)    अहिले जनतामा त्यसको प्रभाव  ग)    माओवादी विरुद्ध जनतामा हाल देखिएको विद्रेाह  घ)    सरकार माओवादी वार्ताको अवस्था ङ)    जनआन्दोलन को उपलब्धि बचाउन यसमा संलग्न सबै पक्षको एकता  च)    संसदमा प्रतिनिधीत्व गर्ने काँग्रेस, एमाले, माले, राप्रपा, सदभावनाका बीचमा पार्टी स्वार्थ  नहेरी राष्ट्रिय संकटमा एक हुने प्रवृत्तिको विकास।  छ)    अन्तराष्ट्रिय  आतंकवाद, त्यसका विरुद्धको अभियान र नेपालको भूमिका,  ज)    माओवादीको सबैदलमा प्रवेश गरी विभाजन गर्ने रणनीतिको उद्देश्य,       यसैले अन्तमा २०४६ सालको उपलव्धीलाई वचाई राख्न सवै राष्ट्रवादीहरुको विचमा समझदारी र विश्वासको आवश्यकता  छ।