माननीय सभामुख महोदय,   म व्यवस्थापिका संसदको वैठकमा नेपाल सरकारका माननीय प्रधानमन्त्रीज्युले प्रस्तुत गर्नु भएको आ. व. २०६४ र २०६५ को नेपाल सरकारको निति र कार्यक्रमको पुर्ण समर्थन गर्दै यसमा उल्लेख भएका विषयहरुमा म केहि कुराहरु यस सदन समक्ष राख्न चाहान्छु।  संविधान सभाको निर्वाचन सम्वन्धमा      मानीय प्रधानमन्त्रीज्युले निति र कार्यक्रममा संविधान सभाको निर्वाचनलाई अत्यन्त महत्वका साथ जोड दिनु भएको छ। २०६४ साल मार्ग ६ गतेलाई वहाले युगान्तकारी परीर्वतनको दिनकको रुपमा लिनु भएको छ। सात राजनैतिक दलहरुको चार वर्ष लामो शान्तिपुर्ण जनआन्दोलन र सातदल र नेकपा मावोवादीको १९ दिने संयुत्त, आन्दोलनको परीणाम स्वरुप नेपालमा स्थापना भएको लोकतन्त्रले नेपाली जनतालार्य सार्वभौम सतता सम्पनन वनाउको कुरा कसैले भुल्न हुदैन।  यो निर्वाचनमा कसको भुमिका के हुने भन्ने कुरा अत्यन्त जटिल छ। अहिले  तोकिएको मितिमा निर्वाचन कसरी सम्पनन गर्ने भन्दा पनि भएन भने त्यसको दोष प्रधानमन्त्रीलाई कसरी दिने भनेर प्रमाण जुटाउन खोजिएको भान हुन थालेको छ। विगतमा संविधानमानजै नेष्ट महिनामा निर्वाचन सम्पनन गर्ने भनेर लेखियो। हुन सकेन कस्को कारणले भनेर आठ दल विच छलफल र निस्कर्ष भएको पाईदेन।  विगतमा भएका संझौता र समझदारीहरुको पालना नहुनु। १२ वुदे देखि हाल सम्म भएका सम्झौता र समझदारीहरु पालना भएका छैनन। विस्तपितहरु धर फर्कन नपाउनु , जफत गरीएका व्यक्तीहरको सम्पत्ती फीर्ता नहुनु र दोन्घका क्रममा कांग्रेस लगाएत अन्य राजनैतिक दलका कार्यकर्ताहरु मारिएकाछन। तिनिहरु प्रति सरकार उदासिन छ। यसवारेमा सातदलनै गम्भिर भएको पाईदैन।  तराई र जनजातकिो समस्या समाधानको एजे48डा आठदलमा नहुनु   निर्वाचनलाई तराई र जनजातकिो समस्याको प्रभाव पर्ने कुरा निस्चित छ। ती समस्या  समाधानको एजे48डा आठदलमा भएको पाईदैन।  शान्ती सुरक्षा सरकार ले गर्नु पर्ने महत्वपुर्ण काम हो।  निर्वाचनमा असर पुराउने अर्को कारण देशको शान्ति सुरक्षा हो। सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिनु पर्दछ।  राष्टिय सहमतिका आधार के हुने  माननीय प्रधानमन्त्रीज्युले सरकारले गर्ने कामहरु राटिय सहमतिको आधारमा हुने कुरा पटक पटक खदोहोराउनु भएको छ। के वर्तमान सरकार राष्टिय सहमतिको आधारमा चलेको छ। प्रतेक दलहरु जसले मन्त्रालय संचालन गरेको छ त्यहि पार्टि संचालन गर्ने माध्यम वनेको छ। आफनो पार्टि र आफुले भनेको कुरा मात्र ठिक भनने मानसिकतामा दलहरु हिडेका छन। यो मानसिकतावाट के राष्टिय सहमति कायम हुन सक्दछ।  हाम्रो मान्यता वहुदलीय व्यवसथा नेपाली कागैसको राजनैतिक मान्यताको आधार वहुदलीय व्यवस्था हो। हामि त्यस प्रति प्रतिवद्ध छौ। हामि जनताको सार्व भौमिकता प्रति प्रतिवद्ध छौ कतै वाट पनि र कुनै पनि वहानामा जनताको सार्व भौमिकता समाप्त नगरीयोस भनि हामि सतर्क पनि छौ। अलग अलग दलहरुको अलग अलग मान्यता सिद्धान्त हुन्छ भनने कुरामा हामि विस्वस्त छौ।  अन्तर पार्टि सम्वन्ध अन्तर पार्टि संवन्ध वलियो भएन भने जनआन्दोलनका भावनाहरु पुरा गर्न कठिन हुन्छ। अहिले अन्तर पार्टिको संवन्ध विकसित गर्न भन्दा कसरी आफनो पार्टि वलियो वनाउन सकिन्छ भनेर काम गर्न थालेको महसु। हुदैछ। आठ दल विच पनि सहमति र समझदारी देखिदैन।।