हाम्रो नीतिको कारणले नेपाली कांग्रेस कमजोर भएको हो । पार्टीको नीति कमजोर बनाउनेहरु अहिले पार्टीको नेतृत्वमा छन् । त्यसैले नेपाली कांग्रेसको अबको महाधिवेशनले संगठमा परिवर्तन गर्ने र बीपीको नीति स्थापित गर्ने हो । जसले गर्दा नेपाली कांग्रेस देशको प्रमुख पार्टीको रुपमा प्रतिस्थापित होस । यसरी पार्टीलाई स्थापित गर्न सकिन्छ भन्ने मेरो दृष्टिकोण हो । -गोविन्दराज जोशी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस प्रः कांग्रेसको महाधिवेशनको तयारी कस्तो भइरहेको छ ? उः महाधिवेशनको तयारी प्राय पुरा हुन लागेको छ । महाधिवेशनको लागि आधार पत्र,कार्यपत्र र नीत पत्र तयार हुदैछ । यसैगरी आवास र खाने व्यबस्था र मंच निर्माण व्यबस्थाको तयारी पनि करिव करिव पुरा हुदै छ । प्रः यो महाधिवेशनले नेपाली कांग्रेसलाई काँहा लैजाला ? उः नेपाली कांग्रेस प्रजातान्त्रिक मूल्य मान्यतामा अडिग रहेको पार्टी हो । यस महाधिवेशनले नेपाली कांग्रेसलाई आगामी चुनौतीहरुको सामना गर्न सक्ने किसिमको बनाउँछ । यतिखेर पार्टीमा नीतिगत अस्पष्टतम, संगठनमा जुझारुपनाको अभाव देखिन्छ । महाधिवेशनपछि यी सबै हट्ने छन् । पार्टीमा अहिले जति पनि समस्याहरु छन् । अन्य दलहरुसंगको सम्बन्धमा पनि पार्टीभित्र जुन अस्पष्टता छ । यी अस्पष्टताहरु पनि आगामी महाधिवेशनबाट हट्ने छन् । प्रः कांग्रेसले अहिले लागू गरीरहेको नीतिलाई पनि महाधिवेशनले परिवर्तन गर्छ त ? उः त्यसरी नीति नै परिवर्तन हुँदैन । अहिलको स्थितिमा नीति परिर्वत भन्दा पनि नीतिमा सुधार गर्ने कुरा हो । नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजबाद भनेको के हो, नेपाली कांग्रेसको अन्य दलहरुसंगको सम्बन्ध के हुनुपर्ने, नेपाली कांग्रेसले आफ्नो आन्तरिक संगठनलाई कसरी बलियो बनाउनु पर्ने, गाँउस्तरसम्म पार्टीलाई कसरी पु¥याउने हो आदि विषयमा महाधिवेशनले पार्टीलाई नयाँ मार्गदर्शन दिने छ । प्रः जस्तो कि, महाधिवेशनपछि बीपीको लाइन स्थापित गर्छौ भनेर कांग्रेसका केही नेताहरुले भनिरहेका छन् । बीपीको लाइन स्थापित हुन्छ त ? उः बीपीको लाइन स्थापित गर्ने भनेको के हो भने यो समयमा नेपाली कांग्रेसले बीपीको लाइन र बीपीको मान्यता छोडेको छ । त्यसैले अब बीपीको विचारधारालाई पार्टीमा स्थापित गर्नु पर्ने आबस्यकता छ । नेपाली कांग्रेस बीपीको लाइन छोडेर सत्तामुखी भयो । त्यहाँ पनि नेपाली कांग्रेस सफल हुन सकेन । यसको परिणाम स्वरुप संविधानसभाको चुनावमा हामी पराजित भयौ । त्यसकारण हामीले बीपीको सिद्धान्तलाई पुनस्र्थापित गर्ने भनेका हौ । महाधिवेशनले यसको बाटो तय गर्ने छ । प्रः बीपीको लाइन भनेको मेलमिलापको नीति हो ? उः बीपीका धेरै कुराहरु छन् । नेपाली कांग्रेस जनताको पार्टी हुनुपर्छ । नेपाली कांग्रेस गरिवको घर झुपडीमा पुग्नु पर्छ । नेपाली कांग्रेस गाँउमा जानुपर्छ भन्ने बीपीको भनाइ हो । यही नीति अब हामीले लागू गर्नुपर्छ । प्रः तपाईले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ, होइन ? उः हो,मैले पनि आगामी महाधिवेशनम केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेको छु । प्रः तपाईका के के एजेण्डाहरु रहेका छन् ? उः मेरो विचार र मान्यतासंग सहमत हुनेहरुले मलाई भोट हाल्नु हुनेछ । मैले पहिले पनि भने, नेपाली कांग्रेसले अब बीपीको मेलमिलापको नीतिलाई पुनस्थार्पित गर्नुपर्छ । कांग्रेसले अहिले बीपीको समग्र नीतिलाई विर्सेको छ । नेपाली कांग्रेस सत्ता मुखी भएको छ । त्यसकारण अब बीपीको नीतिलाई अगाडि लिएर संगठनलाई जुझारु बनाउनु पर्छ । संगठनको पहुँच गाँउ गाँउमा पुग्नुपर्छ । नेपाली कांग्रेसले धेरै कुरा उठाएको छ । तर केही गर्न सकेको छैन । नेपाली कांग्रेसका थुप्रै मान्छेहरु विस्थापित भएका छन् । उनीहरुलाई घर पठाउन नेपाली कांग्रेसले सकेको छैन । नेपाली कांग्रेसका धेरै कार्यकर्ताहरुको सम्पति माओवादीबाट कब्जा गरिएको छ । यसलाई फिर्ता गर्न सकिएको छैन । जनताको हितमा काम गर्ने कांग्रेसको मूल नीतिलाई नै कांग्रेसले बिर्सेको जस्तो छ । त्यसैले पार्टीको ध्यान अब त्यतातिर जानुपर्छ । पार्टीको संगठनमुखी कार्यक्रम हुनुपर्छ । कार्यकर्ताहरुलाई जुझारु बनाउनु पर्छ । पार्टी कार्यकर्तामुखी हुनुपर्छ । पार्टीमा अहिले खिया लागेको जस्तो भएको छ । नेतृत्व एकदमै असफल भएको छ । पार्टीका नीति स्पष्ट छैन । पार्टीका नीतिमा मौलिकता छैन । यी सबै कुराहरुमा आाउने पार्टीको कार्यसमितिले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्छ । आगामी महाधिवेशनपछि पार्टी सामूहिक नेतृत्वमा जाँदैछ । अहिलेसम्म पार्टी एकल नेतृत्वमा थियो । पार्टी सामुहिक नेतृत्वमा गयो भने पार्टी प्रति सामुहिक रुपमा कार्यसमिति नै जिम्मेवार हुन्छ । त्यसकारण पार्टीलाई गलत भूमिका निर्वाह गर्न नदिन मेरो भूमिका हुने छ । प्रः तपाई कुन प्यानलमा हुनुहुन्छ ? उः यो पार्टीको चुनाव हो । महाबिेशनमा दुइ वटा विचारधाराहरु छन्।माओवादीसंग गठजोड गर्नेहरु अहिले सबैतीर छन् । हाम्रो पार्टीमा पनि छन् । तर अर्कोतीर हामीहरु छौ । पार्टीले माओवादीसंग जसरी सहकार्य ग¥यो,यसले पार्टीलाई घाटा पु¥यायो भन्ने पक्षमा हामी छौ । यस्तो विचारमा पार्टीका महामन्त्री केवी गुरुङ हनुहुन्छ, म छु । र विनयध्वज चन्द पनि हुनुहुन्छ । यसमा अरु थुप्रै साथीहरु छौ । त्यसकारण हामीले प्यानल बनाउनेभन्दा पनि विचारधारारको कुरा हो । यो विचारधारा राख्ने हामीहरु आफनो हिशाबले उठेका छौ । हामीले कुनै गुटउपगुट र प्यानाल बनाएका छैनौ । यो पार्टीको चुनाव हो त्यसैले यहाँ व्यक्तिको विचारबाट मत हालिने कुरा हो । प्रः तपाईले पार्टीको सभापतिमा कसलाई समर्थन गर्नुहुन्छ ? उः यो विषयमा अहिले केही नबोलौ । पार्टी सभापतिमा कतिले आबेदन हाल्छन् त्यसपछि निर्णय हुन्छ । प्रः जस्तो कि, अहिलेसम्म तीनजनाले उम्मेदवारी घोषणा गर्नुभएको छ, नि ? उः यो कुरा तपाईहरुलाई थाहा भएको होला नि । मैले के भन्नु प¥यो र ? प्रः तपाईको विचारमा पार्टी सभापतिमा सशील कोइराला या शेरबहादुर देउवा मध्ये कसले जित्नु होला ? उः जसले बढी भोट ल्याउछ, उसलै जिति हाल्छ नि । प्रः तपाईको समर्थन कसलाई हुन्छ ? उः अहिले नै केही भन्न सक्ने स्थिति छैन । अहिले नै भन्नु राम्रो पनि हुदैन । प्रः जस्तो कि, महामन्त्रीमा धेरै जनाले उम्मेदवारी घोषणा गर्नुभएको छ । यसरी धेरै उम्मेदवारी घोषणा गरिएकोलाई तपाईले कसरी हेर्नु भएको छ ? उः उम्मेदवारको अन्तिम सूचि सार्वजनिक नभइकन को को उठ्छ, किन उठ्दैछन्, यी कुराहरु भन्न मिल्दैन । कतिपयले क्पाम्प छिनर्् पनि उम्मेदवारी घोषणा गरेका हुन्छन् । यसलाई त्यति महत्व दिनु हुँदैन । प्रः पार्टीको चुनावमा यसरी प्यानल बनाएर चुनाव लड्नु राम्रो हो र ? उः प्यानल बनाएर चुनाव लड्दा केही नोक्सानी हुँदैन । प्रः तपाईहरुले पनि एउटा प्यानल बनाउनु भएको छ ? उः मेरो प्यानलभन्दा पनि सैद्धान्तिक अवधारणामा भोट माग्ने कुरा हुन्छ । सैद्धान्तिक आधारमा मैले आफनो प्रचार गर्छु । मेरो भनाइ हुनेछ, कांग्रेसले गल्ती ग¥यो,माओवादीसंग अङ्कमाल गरेर हिँड्नु हुँदैनथ्यो । माओवादी गठजोडको विपक्षमा लाग्नेहरुलाई भोट हाल्नुहोस् भनेर मैले भन्ने छु । प्रः माओवादीसँग प्रतिशोध गर्न चाहनेहरु तपाईको प्यानलमा हुन्छन्, होइन ? उः प्यानल त हुँदैन । तर त्यस्ताले मलाई भोट हाल्नेछन् । प्रः कांग्रेसमा तपाईको भूमिका शक्तिशाली हुन्छ,तर तपाई अहिलेसम्म किन सभापतिमा खुल्नु भएको छैन ? उः हामी आफै पनि सभापतिमा उठ्न सक्छौ । त्यो अहिले थाहा छैन । हामी विचमा पनि कोही साथी सभापतिमा उठन कि भनेर छलफल भइरहेको छ । प्रः तपाईहरुको तर्फबाट केवी गुरुङलाई सभापतिमा उठाउने सम्भावना छ ? उः उहाँ पनि उठ्न सक्नुहुन्छ या अरु कोही उठ्नु होला तर सम्भावना अझै हटेको छैन । यो बारेमा अहिले नै बोल्न सकिँदैन । प्रः भनेपछि तपाईहरुको तर्फबाट पनि सभापतिमा उम्मेदवारी घोषण हुन सक्छ ? उः हो, हुनसक्छ । प्रः त्यसो भए सभापतिमा चारजना हुन सक्छन् होइन ? उः हुन सक्छन् । पाँचजना पनि हुन सक्छन् । प्रः तपाईले पहिले पनि म पनि सभापतिमा उठ्न सक्छु भन्नुभएको थियो नि ? उः म मात्रै होइन जो पनि उठ्न सक्छन् नि । सभापतिमा उठ्नको लागि सबै योग्य छन् । साथी भाइहरुसँग सरसलाह गरेर उठ्न पनि सकिन्छ । प्रः भनेपछि अझै पनि तपाई सभापतिमा उठ्ने सम्भावना छ ? उः हामीहरु मध्येबाट कोही सभापतिमा उठ्न सक्छौ । नउठ्न पनि सक्छौ । अहिले टुङ्गो लागेको छैन । प्रः खुमबहादुुर खड्काले महामन्त्रीमा घोषणा गर्नुभएको छ । त्यो प्यानलमा तपाई हुनुहुन्छ कि हुँदैन ? उः त्यो उहाँको कुरा हो । उहाँको कुरा मलाई थाहा छैन । उहाँको कुरा उहालाई नै सोध्दा राम्रो होला । प्रः अहिले देश कम्युनिष्टको दवदवामा छ । कांग्रेसको महाधिवेशनपछि यो स्थिति हट्छ ? उः हो, हाम्रो नीतिको कारणले नेपाली कांग्रेस कमजोर भएको हो । पार्टीको नीति कमजोर बनाउनेहरु अहिले पार्टीको नेतृत्वमा छन् । त्यसैले नेपाली कांग्रेसको अबको महाधिवेशनले संगठमा परिवर्तन गर्ने र बीपीको नीति स्थापित गर्ने हो । जसले गर्दा नेपाली कांग्रेस देशको प्रमुख पार्टीको रुपमा प्रतिस्थापित होस । यसरी पार्टीलाई स्थापित गर्न सकिन्छ भन्ने मेरो दृष्टिकोण हो । त्यसकारण अब पार्टीलाई परिवर्तन गर्नु पर्छ भन्ने मेरो भनाइ हो । अब हामीले व्यक्तिको मुख होइन । पार्टीलाई हेर्नु पर्छ । अहिले देशमा बामपन्थीहरुको बाहुल्यता छ । उनीहरुसंग मुकाविला गर्न सक्नेगरी अब पार्टीलाई अघि लैजानु पर्छ । र पार्टीलाई त्यो बनाउन सक्ने मान्छेहरुलाई महाधिवेशन प्रतिनिधिहरुले मतदान गरे भने कांग्रेस फेरि बलियो हुन्छ र पहिलेको जस्तो हुन्छ । त्यसैले माओवादीसंग नजिक भएर या माओवादीसंग सहकार्य गरेर नेपाली कांग्रेसलाई जसले यहाँसम्म ल्याए । जो हिजो अन्तरिमकालमा मन्त्री भएर बसे । उनीहरुलाई भोट हाल्ने हो भने पार्टी अघि बढन सक्दैन । अन्तरिम सयममा माओवादीसँग वार्ता गर्न खटिएका मान्छेहरु अहिले विभिन्न समूहमा छन् । ती मान्छेहरुलाई महाधिवेशन प्रतिनिधि साथीहरुले पहिचान गर्नुपर्छ र उनीहरुले माओवादीसँग जुध्दै गरेका र माओवादीबाट पीडित भएकाहरुलाई मतदान गर्नुहोस् भनेर हामीले आग्रह गर्ने छौ । यसरी मतदान गरेर पार्टीलाई एउटा जुझारु र बलियो बनाउनुहोस भनेर हामीले भन्ने छौ । त्यो भए नेपाली कांग्रेस पहिलेकै अवस्थामा आउँछ । तर हामीले व्यक्तिको मुख हेर्न थाल्यौ भने र माओवादीसंग मिल्ने र माओवादीलाई काँधमा बोकेर हिँड्नेलाई भोट हाल्यौ भने कांग्रेस अघि बढ्न सक्दैन । माओवादीसंग सम्झौता गर्नेहरु, माओवादीसंग मिलेर जानुपर्छ भन्नेहरुले पार्टीलाई कहिले फाइदा गर्न सक्दैनन् । महाधिवेशन प्रतिनिधिहरुले त्यस्ता साथीहरुलाई मतदान गरे भने कांग्रेस अहिले जस्तो छ, महाधिवेशन पछि पनि उस्तै हुनेछ । प्रः कांग्रेसले माओवादीसँग सहकार्य गर्नु हुँदैनथ्यो भन्ने तपाईहरुको भनाइ हो, होइन ? उः हो, नेपाली कांग्रेसले माओवादीसँग सहकार्य गर्नु हुँदैनथ्यो । माओवादीजस्तो उग्रबामपन्थी पार्टीसँग नेपाली कांग्रेस मिल्दा र ऊसित सहकार्य गर्नाले नेपाली कांग्रेसले यो पराजय भोगेको हो वर्ष २८ अङ्क ४६, २०६७ साल भाद्र २१ गते सोमबार (September 06, 2010) वर्ष २८ अङ्क ४६, २०६७ साल भाद्र २१ गते सोमबार (September 06, 2010)