श्री ५ वीरेन्द्र वीरवीक्रम शाह अहिले यस संसारमा होइबक्सन्न। स्वर्र्गीय श्री ५ वीरेन्द्रका बाल्यकाल र यूवा अवस्थाका बारेमा सुनेको र पढेको मात्रै हो। यसैले स्व .श्री ५ वीरेन्द्रको संझना गर्दा आफूसँग सम्बन्धित केही घटनाहरूको मात्रै उल्लेख गर्नु उपयुक्त होला भन्ने महसुस गरेको छु। यसो त श्री ५ वीरेन्द्र राज्यारोहणपछि पहिलो पटक पोखरा भ्रमणपछि काठमाडौं फिर्ती सबारी हुँदा मैले मौसुफलाई तनहुं दमौलीमा नजिकैबाट देखेको थिएँ। नयाँ राजालाई नजिकैबाट हेर्ने उत्कट इच्छा भएपनि म नेपाली काँग्रेसको सक्रिय कार्यकर्ता भएको हुनाले राजालाई भेट गर्ने कुरा सहज थिएन। अनि दमौलीमा मैले फोटोग्राफरका रूपमा श्री ५ वीरेन्द्र सरकारलाई नजिकबाट हेरे। यसरी श्री ५ वीरेन्द्रलाई पहिलो पटक नजिकबाट देखेको त्यो क्षण अहिले पनि मैले बिर्सेको छैन। त्यसपछि २०४८ सालसम्म श्री ५ वीरेन्द्रसंग भेट गर्ने सन्दर्भ मिलेन। वि.सं. २०३६ सालमा मौसुफबाट जनमत संग्रहको घोषणा भएकाले श्री ५ वीरेन्द्र उदार राजा होइबक्सँदो रहेछ भन्ने छाप मेरो मनमा परेको थियो । जनमत संग्रहको धोषणा पछि श्री ५ वीरेन्द्रका बारेमा कुरा चल्दा एकपटक बी.पी कोइरालाले ‘हामीले हरेक कुरा नकारात्मक भावनाले हेर्नु हुदैन। जनमत संग्रहको परिणाम जे होला तर यो अवसर लाई हामीले गाऊँ गाऊँम् संगठन पुर्याउने काममा प्रयोग गर्नु पर्दछ। ‘ भन्नु भएको संझना हुन्छ। पछि २०४६ सालमा जनआन्दोलनकै क्रममा श्री ५ विरेन्दवीरविक्रम शाहबाट बहुदलीय प्रजातन्त्रको घोषणा भयो। बहुदलीय ब्यबस्थाको घोषणापछि नेपाली जनमानसमा श्री ५ वीरेन्द्र प्रतिको आस्था र विश्वास बढदै गएको मैले अनुभव गरेको छु। म पहिलो संसदीय निर्वाचन २०४८ सालमा प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएपछि भने श्री ५ वीरेन्दसँग भेट गर्ने अवसर मिल्न थाल्यो। देशमा लामो संघर्षपछि बहुदलीय व्यवस्थाको घोषणा भएको भए पनि श्री ५ वीरेन्द्रले बहुदलीय व्यवस्थालाई सहज रूपमा लिइबक्सेको आभास हुन्थ्यो। वि.सं. २०४८ साल पौष १५ गते शिक्षा मन्त्रीमा नियुक्त भएपछि मौसुफबाट शपथ ग्रहण गराई बक्सदानै श्री ५ वीरेन्द्रसँग पहिलो औपचारिक भेट भएको थियो। म ५ वर्ष जति शिक्षा मन्त्री भएको र श्री ५ बिरेन्द्र विभीन्न विश्वविद्यालयको कूलपति एवं शिक्षा मन्त्रालयसंग सम्बन्धित विभिन्न संस्थाका संरक्षक होइबक्सने हँदा श्री ५ वीरेन्द्रसंग धेरै निकट रहेर काम गर्ने मौका पाएँ। यस अवधिमा मैलै श्री ५ वीरेन्द्रसँग कहिल्यै असहज अनुभव गरिन। श्री ५ वीरेन्द्रका सम्बन्धमा शुरुमानै ममा एउटा धारणा बनेको थियो। श्री ५ हरेक कुरामा छलफल गरी बक्सिन्थ्यो। मानिसहरु मौसूफसंग छलफल गर्दा ‘मैले राजालाई कन्भिन्सँ गराए’ भन्दथे। हुनत छलफलबाट सरकार कुन निष्कर्षमा पुगी बक्स्यो भन्ने व्यक्त हुँदैनथ्यो। सरकारलाई कुनै कुरा चित्त नबुझे पनि त्यसलाई व्यक्त गरिबक्सन्थ्यो भन्ने मेरो अनुभव रहेको छ। वि. सं. २०५.. सालमा स्व. श्री ५ महाराजधिराज वीरेन्द्र वीरविक्रम शाह सरकार चीनका राष्ट्रपति जियाङ जे मिङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा सवारी होइबक्सेको थियो। म भ्रमणदलमा सवारी मन्त्रीका रूपमा संलग्न थिएँ। काठमाडौंबाट शाही नेपाल वायु सेवा निगमको हवाइ जहाजमा सोझै बेइजिङतर्फ प्रस्थान गरियो। यात्रा करिब छ घण्टाको लामो थियो। छ घण्टाको लामो हवाइ यात्रा श्री ५ का लागि निश्चय पनि सहज थिएन। श्री ५ एउटा क्याबिनमा होइवक्सीन्थ्यो। म अर्को क्याबिनमा एक्लै थिएँ। विमान उडेको एक डेढ घण्टापछि मौसुफ जहाजका यात्रीहरूलाई दर्शन दिएर फर्कने क्रममा मेरो क्याबिनमा राज होइबक्सियो। केहिबेरपछि बढामहारानी सरकार पनि त्यहीँ सबारी भयो। करिब दुई घन्टा अनौपचारिक कुराकानी भए। मौसुफ सरकारहरूसँग त्यति लामो कुराकानी भएकेको मेरो निम्ति पहिलो अवसर थियो। यथार्थमा मैले श्री ५ वीरेन्दलाई राम्ररी चिन्ने र अध्ययन गर्ने अवसर पनि त्यति वेलानै पाएको हुँ। त्यो सात दिनको औपचारिक भ्रमण थियो। सात दिन चीनको विभिन्न प्रान्तमा रहँदा र विभीन्न कार्यक्रममा सरिक हुँदा स्वर्गवासी श्री ५ संग निकट हुने मौका पाएँ। त्यही बेला मलाई मौसुफ सरकार हरेक कुरा औपचारिक मात्र हैन रुचिपूर्वक जानकारी लिनचाही बक्सँदो रहेछ भन्ने थाहा भयो। जुनसुकै मानिसलाई पनि आफूतिर आकृष्ट गर्ने मौसुफको स्वभाव थियो । चीन भ्रमणको अन्तिम गन्तव्य सेन्जियान थियो। हामीहरू त्यहाँ एउटा होटेलको २८औं तलामा बसेका थियौ । राति घनधोर तुफान आयो। हामी बसेको होटलको १७औं तलासम्म पानीले डुबायो। बिजुली, टेलीफोन केही पनि थिएन। होटलको छतमा हेलिकप्टर पनि बस्न सक्ने ब्यबस्था रहेनछ । हामि के गर्ने के नगर्ने अबस्थामा थियौ। बेजिङ्गको आदेश विना हामीलाई त्यहँाबाट अयन्त्र सार्ने काम भएन। धन्न होटल भासिएन। भोलिपल्ट बिहान हामीहरूलाई अर्को होटेलमा लगियो। अर्को होटलमा जाँदा करिब १५ – २० मिनट जति सडकमा डुङ्गाबाट जानु पर्‍यो। सम्पूर्ण शहर जलमग्न थियो। हाम्रो त्यो होटेलको बसाइ करिब १५ घण्टाको भयो। त्यस्तो अवस्थामा पनि श्री ५ वीरेन्द्रबाट कत्तिपनि हतास देखाइबक्सेन। मौसुफबाट धैर्य गरिबक्सँदा भ्रमण दलका सबैलाई सान्त्वना मिल्यो। त्यति बेलाको अर्को एउटा प्रसंग अहिले पनि संझना हुन्छ। तुफान फेरि आउने सम्भावना थियो। हामी बसेको अर्को होटेल पनि डुब्दैन भनेर ढुक्क हुन सकिंदैन थियो। हाम्रो त्यहाँको कार्यक्रम स्थगित भइसकेको थियो। मैले यस्तो अवस्थामा हामी काठमाडौं फर्कन पर्दछ भन्ने प्रस्ताव राखें। भ्रमण साथमा रहेका राजदरवारका अधिकृतहरुले राति सलामी लिने चलन छैन। राजदरवार भित्रने साइत पनि छैन भनेर भन्न थाले। अनि मैले श्री ५मा सरकार साइत हेर्दाहेर्दै तुफान आएर यो होटेल पनि डुव्यो भने के गर्ने? कार्यक्रम स्थगित भई सकेपछि हामी यहाँ वसीरहनु राम्रो हुदैन। काठमाडौं जानु पर्दछ भन्ने बिन्ती गरें। श्री ५ बाट मन्त्रीको भनाइ ठीक छ हामी काठमाडौं जानु पर्दछ भन्ने हुकुम भयो। अनि हामीहरू १ दिन अगाडिनै काठमाडौं फर्क्यौ। यस घटनापछि श्री ५ तर्क त गरी बक्सन्छ तर तर्कबाट विश्वास दिलाएपछि सहमत पनि होइबक्सन्छ भन्ने छाप ममा अझ बलियो भयो। काठमा48डौ फर्केपछि भ्रमण दलका सदस्यहरूलाई सरकारबाट राजदरबारमा रात्रि भोज बक्सियो। भ्रमण पछि सायद यस्तो चलन नै रहेछ। रात्रि भोजमा प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र भ्रमण दलका सदस्यहरू सामेल भएका थिए। म र मेरीे श्रीमती दुबै राजदरबारमा देखिएको व्यवहारबाट प्रभावित भयौं। श्री ५ बढामहारानी ऐश्वर्य सरकार आफैंले सबैलाई खाना ल्पेट बक्सेको थियो। श्री ५ दीपेन्द्र सरकारबाट आफैंले सबैलाई ड्रिंक्स बक्सेको थियो। श्री ५ वीरेन्द्र सरकार स्वयं खानाको रेखदेख गरिबक्सिएको थियो। मौसुफ सरकारहरूको सामान्य नेपाली परिवारको जस्तो व्यवहारले वातावरण सहज बनाएको थियो। मौसुफ सरकारबाट देखाइएको त्यो सहजता सधै सबैले अनुकरण गर्नुपर्ने मैले अनुभव गरें। श्री ५ वीरेन्दसँग लामो सानिध्य अवसर मलाई मिलेको थियो। सबै अवसरको लामो विवरण दिन संभव नहोला। मलाई के लाग्छ भने सतहमा रहेर वा मौसुफको भनाइलाई सामान्य रूपमा लिएर बु137न सकिदैन थियो। मौसुफमा शब्दशब्दको गहिरो विश्लेषण गरेर मौसुफलाई बुझानु पर्थ्या। मौसुफका बारेमा मेले बुझदा मौसुफ मन नपरेको कुरा ब्यक्त गरी बक्सदैनथ्यो। ब्यक्त भएका कुरालाई आधार बनाएर मौसुफका बारेमा बिष्लेसण गर्न सकिदैनथ्यो। मौसुफ संग मैलै अर्को लामो छलफलको मौका २०५५ सालमा फाल्गुण .महिनामा पाएको थिएँ। मौसुफ सरकारका जुनाफमा मैले छोराको शुभ विवाहमा निमन्त्रणा टक्य्राएको थिएँ। मौसुफ सरकार पुल्चोक स्थित मन्त्री निवास सवारी भएर करिब ४५ मिनट राज भएकोे थियो। त्यतिबेला नेपालमा माओवादी समस्या सुरु भई सकेको थियो। म गृहमन्त्री थिएं । औपचारिकता सकिएपछि मौसुफले माओवादी समस्या र आन्तरिक सुरक्षाका बारेमा छलफल गरिबक्सेको थियो। नेपाल प्रहरीमा जनपथ र सशस्त्र प्रहरी बनाउनु पर्दछ भनेर त्यतिबेला मौसुफबाट हुकुम भएको थियो। मौसुफबाट प्रहरी बल ठूलो भयो। यसलाई जनपथ र सशस्त्रमा बाडेर चुस्त बनाउन ठीक हुन्छ भन्ने हुकम भएको थियो। पछि लामो गृहकार्य गरी सशस्त्र प्रहरीको निर्माण भयो। ससस्त्र प्रहरीको निर्माण हुदा पछि धेरै बिबाद भए पनि यो त्यतिवेलाकै कुराकानीको परिणाम थियो। श्री ५ वीरेन्द्र हरेक कुरामा गहिरो चासो लिइबक्सन्थ्यो। देश विदेशको भ्रमणको लामो अनुभव श्री ५ मा थियो। देश बिदेशको अनुभवको आधारमा देशमा केही होस् भन्ने भावना मौसुफमा थियो। मौसुफ सरकारले आफ्नै परिश्रम र व्यवहारबाट नेपाली जनताको हृदयमा एउटा अमिट छाप पारी बक्सेको थियो। वि.सं. २०५८ साल जेष्ठ १९ गतेको अकल्पनीय घटनाले श्री ५ वीरेन्द्रलाई हामीबाट अलग गरायो। तर मौसुफ सरकारको व्यक्तित्वको अमिट छाप सम्पूर्ण नेपाली जनतामा जस्तै ममा पMy Personal Site – Administrationनि संधै रहिरहने छ। स्व. श्री ५ वीरेन्द्रमा मेरो यही श्रद्धा सुमन ।