गोपाल राई आज हाम्रो माझमा हुनुहुन्न। २०६३। ६। ७ गते भएको हेलिकोप्टर दुर्घटनाले केवल गोपाल राई जस्ता होनाहार नेपाली आमाका सपुतको मात्र यस धर्तिवाट अपहरण गरेन त्यस घटनाले नेपाली कांग्रेस र नेपालकै प्रजातान्त्रीक आन्दोलनलाई ठुलो क्षती पुराएको छ। त्यो घटना मेरो सम्झनामा अहिले पनि ताजैछ। जव मैले काठमाडौंमा हेलिकोप्टर दुर्घटनाको खवर सुने , दुर्घटनामा पर्ने मानिसहरुको एक्किन पनि भएको थिएन। गोपाल राई चढेको हेलिकोप्टर दुर्घटना भयो रे भन्ने अपुष्ट समाचारले मेरो मनमा ठुलो भुईचालो गयो। मनमा अस्थिरता सृजना भयो। छटपटाहत पैदा भयो। केगरु कसो गरु भयो। अनि ताप्लेजुड. टेलिफोन गर्न थाले। प्रहरी र एयरपोर्टमा सम्पर्क गर्न थाले। वास्तविकता के हो। दुर्घटना कसरी भयो। को? को? परे दुर्घटनामा भनेर। आखिर पत्ता लाग्यो सच्चिनै गोपाल राई, वहाकी धर्मपत्नि र अन्य नेपाली समाजका केहि होनाहार व्यक्तीत्वहरु हेलकोप्टर दुर्घटनामा परेको। आज पनि त्यो दिन र त्यो क्षेण सम्झदा शरिर र मन थरथरी कामेको अनुभव हुन्छ। उहाको पुन्य तिथिमा केवल उहालाई श्रद्धान्जलि अर्पण गर्ने सिवाय हामीसंग अव केहि वाँकि छैन। त्यसैले आजको यो क्षेणमा स्वर्गीय गोपाल राई र उहाकी धर्मपत्नि स्व. मिना राई प्रति हार्दिक श्रद्धा शुमन मात्र। गोपाल राई नेपाली कांग्रेसको नेता मात्र नभएर नेपालको प्रजातान्त्रीक आन्दोलनको एक क्रान्तिकारी योद्धा हुनुहुनथ्यो। वहा विद्यार्थि जीवनवाटनै नेपाली कांग्रेस प्रति समर्पित भएर राजनितिमा प्रवेस गर्नु भएको हो। विद्यार्थी जिवन कालमानै नेपाली कांग्रेस प्रति समर्पित भएर तत्कालिन अधिनायकवादि व्यवस्थाको विरुद्धमा उत्रीनु भएका श्री राई वी.पि.कोइराला भारत निर्वासन गए पछि उहाकै साथमा भारतमा रहेर नपालमा संचालन भएको ससस्त्र आन्दोलनमा आफुलाई समाहित गर्नु भयो। नेपाली कांग्रेसको अगुवाईमा भएको ससस्त्र आन्दोलनको क्रममा २०३१ सालमा ओखलढुंगामा भएको ससस्त्र आन्दोलनको उहा कमन्डर हुनु हुन्थ्यो। यसरी नेपालको प्रजातान्त्रीक आन्दोलनको विभिन्न उकाली ओरालीहरु पार गर्दै आन्दोलनका विभिन्न अनुभवहरु वोटल्दै २०४६ सालको आन्दोलनको सफलता पछि वहा नेपाली कांग्रेसको स्गठन निर्माण गर्न कृया सिल हुनु भयो। त्यसोत २०४६ साल पछि वहा नेपालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य सांसद मन्त्री र पार्टी भित्रका विभिन्न ओहादामा पुग्न सफल हुनु भयो। यो परीणाम वहाको कांग्रेस , देश र प्रजातन्त्रप्रतिको प्रतिवद्धताको कारण हो । गोपालराई पार्टी मित्र म संग विचार मिल्ने मानिसहरु मध्य पनि भएकोले वहासंग नेपालमा वहुदलीय व्यवस्था प्राप्त भए पछि धेरैन घनिस्टता रहेको थियो । वहालाई मैले नजिक वाट हेर्दा वहा साच्चिनै जुझारु हुनुहुन्थ्यो। वहामा डर भएको आभास मैले कहिल्यै पाईन। वहामा तडक भडक गर्ने चाहना पनि मैले कहिल्यै देखिन। वहाको साधारण जीवन शैलिनै वहाको सफलता र जिवनको अनुकरणीय पक्ष हो। वहाको जुझारु पन र लगन शिलतानै वहालाई सधै स्मरण गर्न योग्य पक्षहरु हुन। गोपाल राई कार्यकर्ताहरका विचमा अत्यन्त मिलनसार व्यक्ती हुनु्हुन्थ्यो। वहा तरुणहरुका आस्था र भरोसाका व्यक्त्की हुनुहुन्थ्यो । यसरी सवैका विस्वास प्राप्त स्व. राई आफनो समकालिन राजनितिमा सवैका भरोका क्न्द्र हुनुहुन्थ्यो। स्व. दिवान सिह. राई देखि आदरणणीय वलवादुर राई सम्म आई पुग्दा नेपाली कांग्रेसलाई पुर्वि पहाड र खास गरीकन माझ किरातमा कांग्रेसलाई नेतृत्वको आभाव कहिल्यै खडकेन। अहिले दिवान सिंह राई लगायत त्यस क्षेत्रका थुप्रै कांग्रेस हस्थिहरु हाम्रो माझमा हुनु हुन्न। श्री वल वहादुर राई पनि उमेरका कारणले वहा अव आदर्श व्यक्तीत्वका रुपमा मात्र हाम्रो माझमा हुनुहुन्छ। वहावाट अव हामिले कांग्रेस संगठनकालागी धेरै आसा गर्न सक्दैनौ। वहाको आदर्शहरुलाई अगाडि सारेर हिडने मानिसको आवस्यकता छ। यो सवै परिस्थितीमा गोपाल राई हामिहरुका लागी समग्र कांग्रेसका लागी एउटा आधार भरोसाका केन्द्र हुनुहुन्थ्यो। स्व वी पी कोईरालाका साच्चिकै अनुयाई स्व गोपाल राईको निधनले यस परीप्रेक्षमा नेपाली कांग्रेसकालागी अपुरणीय क्षति भएको छ। यस क्षतीको पूर्ति कसरी कांग्रेसले गर्न सक्दछ त्यो अहिलेनै भन्न सकिदैन। मानिसको मुल्याँङ्गकन उसको जीवनकालमा हुदोरहेनछ। उसको महत्व पनि जिवनकालमा मानिसले ठम्याउन सकदा रहेनछन। एउटा मानिसको अभाव हाम्रो समाजकालागी कति खडकिदो रहेछ उसको निधन पछि मात्र मानिसले महसुस गर्दछ। स्व गोपाल राईको आभाव पनि हाम्रो समाजमा हाम्रा लागी त्यसरीनै खडकी रहेको छ। आज जहा कांग्रेसको संगठनको खाचो छ त्यहा वहाको अभाव खडकि रहेको छ। वहाको संझना , वहाको याद हामिलाई झलझली आईरहेको छ। वहाले हामिहरुका माझमा छोडेर गएको यहि स्मरणनै हाम्रालागी सदा मार्ग निर्देसन वन्नेछ। यहिनै हाम्रो समाजमा वहाको योगदान हो। आज गोपाल राई हाम्रो माझमा हुनुहुन्न। ,वहाको जीवननै हाम्रालागी वहाको अमिट छाप वनेको छ। वेला वखत कतिपय स्मरणहरुले उहा हाम्रो अगाडि टुप्लुकक आई पुग्नुहुन्छ। कतिपय अवस्थामा वहाका यी स्मरणले हामिलाई पनि विचलित हुन वाट रोक्दछ। त्यस क्षत्रका साथि भाईहरु संग पनि वहाका वारे्मा कुरा भइरहन्छ। म महसुस गर्दछु आज पनि वहाको अनुपस्थिति वहाहरुलाई कति खडकि रहेको छ। त्यो खाडललाई हामिले कसरी पुर्ने हो आज पनि मलाई त्यहि चिन्ता भई रहन्छ। स्व. गोपाल राईका धेरै सपनाहरु थिए होलान। धेरै योजनाहरु थिए होलान, धेरै चाहनाहरु थिए होलान नेपाली समाजको परीवर्तनका लागी, नेपाली कांँग्रेसको सुदृढिकरणका लागी नेपालको निमांर्णका लागी र नेपाली निर्धन जनताको उद्धारकालागी। कतिपय उहँाका ती चाहनाहरु सपनाहरु सपनै रहे। उहाले हाम्रो समाजका लागि जति योगदान दिनु भयो त्योनै भविश्यकालागी मार्ग निर्देसन वनेको छ। हुनत मेरो उहाँसंग विद्यार्थी कालमानै चिनाजानी भएको हो। पार्टी प्रतिवन्धित समयमा काम गरेको कारणले उहँाको र मेरो आत्मियता वडेको थियो। प्रजातन्त्रको पुनस्थापना पछि पनि हामि धेरै पार्टिका अभियानमा सगै र। त्यसले त्यो निकटता थपिदै गयो। वहालाई थप चिन्ने अवसर पनि प्राप्त भयो। त्यसैले मैले भनेको हु वहाको निधन नेपाली कांग्रेसकालागी मात्र होईन , नेपालको प्रजातान्त्रीक आन्दोलनकालागी मात्र हाईन नेपाली समाजकालागी एक अपुरणीय क्षति भएको छ। राजनितिको सफलताको लागी परीवारको कम योगदान रहदैन। स्व गोपाल राईको कर्म क्षेत्रमा वहाकि धर्म पत्नि स्व मिनाराईको पनि ठुलो योदान रहेको छ। राजनिति गर्ने परिवारलाई मात्र थाहाहुन्छ राजनिति गर्नेको परिवार कति पिडादाई अवस्थावाट गुज्रनु पर्दछ। गोपालराईको जीवनकालमा उहँालाई उत्साह , प्रेरण दिने काममा वहाको धर्म पत्निको ठुलो योगदान रहेको छ। वहाको यो पुन्य तिथिमा म वहाकी धर्म पत्नि स्व. मिनाराई ज्यू प्रति पनि हार्दिक स्मरण गर्न चाहान्छु। अन्तमा , आज स्व राई प्रति।द्धान्जली अर्पण गर्नु भनेको समाजमा वहाले छाडेर गएका राम्रा कामहरुको उदाहरण प्रस्तुत गर्नु हो। वहाका राम्र्रा कामहरुको अनुकरण गर्नु हो। आज हामिले त्यतिनै गर्न सकयौ भने वहा प्रति सच्चा श्रद्धान्जली हुनेछ। त्यहि वाटोमा हामि सवै लागौ। आजको यो पुन्य तिथिमा यहि मेरो श्रद्धा शुमन स्व गोपालराई र स्व. मिना राईहरुलाई। लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ ।