सहमहामन्त्री जोशी (गोविन्दराज जोशी नेपाली कांग्रेसको राजनीतिमा अत्यन्त विवादास्पद मानिनुहुन्छ। बहुदलीय व्यवस्था आएयता उहाँले लामो समय सरकारका विभिन्न मन्त्रालय सञ्चालन गर्ने मौका पाउनुभएको छ। प्रस्तुत छ नेपाल समाचारपत्रले उहाँसँग समसामयिक विषयमा लिएको अन्तर्वार्ता) नेपाली कांग्रेस अहिले दुई भागमा विभाजन भएको छ। पार्टी विभाजनमा संस्थापन पक्षको भूमिका महद्ववपूर्ण भनिन्छ। तपाईं संस्थापन पक्षको सहमहामन्त्री भएको हुँदा पार्टी विभाजनमा तपाईं कति जिम्मेवार हुनुहुन्छ? नेपाली कांग्रेस विभाजनका लागि बहुदलीय व्यवस्था पुनर्स्थापना भएयता धेरै प्रयासहरु भए। नेपाली कांग्रेसलाई कमजोर बनाएर प्रजातन्त्रलाई कमजोर पारी आरुनो स्वार्थ पूरा गर्न खोज्ने शक्ति केन्द्रहरुको नेपाली कांग्रेसको विभाजनमा लामो प्रयास रह्यो। विगतको छत्तीसे र चौहत्तरेको विभाजन पनि त्यसैको पूर्वाभ्यास थियो। पार्टी विभाजन गर्न उचित पात्रको अभावका कारण पार्टीमा विभाजन आएको थिएन। अहिलेको विभाजन त्यसैको परिणाम हो। अहिले विभाजन हुनुमा व्यक्तिको कारणभन्दा पनि नियोजित र सैद्धान्तिक विचलन प्रमुख कारण बनेको छ। अहिले संस्थापन पक्ष र फुटेर जाने पक्षहरुका बीचमा केही सैद्धान्तिक मतभेदहरुका कारण यो स्थिति उत्पन्न भएको हो। पार्टीको संस्थापन पक्षमा रहेर पार्टीको सिद्धान्त, मूल्य र मान्यतालाई जोगाउने पक्षमा मलगायतका धेरै साथीहरु संलग्न हुनुभयो। सैद्धान्तिक विचलनबाट प्रभावित साथीहरु ऒ्ढुटेर जानुभयो। त्यसकारण हाम्रो पार्टी विभाजनमा पार्टीको सिद्धान्त, नीति, मूल्य र मँन्यतामा विचलन आउनु प्रमुख कारण हो। त्यसैले पार्टीको विभाजनमा संस्थापन पक्ष नभई ऒ्ढुटेर जाने पक्ष नै जिम्मेवार छ। प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु खुमबहादुर खड्का, जयप्रकाश गुप्ता तथा विजयकुमार गच्छदारलगायतका व्यक्तिहरुलाई पार्टीबाट निष्कासन गर्नु नै पार्टी विभाजनको प्रमुख कारण भनिन्छ। उहा147हरुलाई पार्टीबाट निष्कासन गर्न तपाईंले कस्तो भूमिका खेल्नुभयो? नेपाली कांग्रेसको विधानअनुसार पार्टीको नीति निर्देशन सबै सदस्यका लागि अउल्लंघनीय हुन्छ। केन्द्रीय कार्यसमितिको निर्णयलाई उल्लंघन गरेपछि नेपाली कांग्रेसको विधानअनुसार केन्द्रीय अनुशासन समितिले पार्टीका जिम्मेवार सरकारमा बसेका केही मानिसहरुलाई पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको हो। अनुशासनको कारबाही सम्बन्धमा केन्द्रीय अनुशासन समिति पार्टीमा सर्वाधिकार सम्पन्न हुन्छ। अनुशासन समितिको निर्णयउपर मात्र केन्द्रीय समितिमा पुनरावेदन गर्ने व्यवस्था छ। यसैले यो निर्णय कुनै एक व्यक्तिको नभई नेपाली कांग्रेस पार्टीको हो। कोही जिम्मेवार व्यक्तिहरुबाट पार्टी विभाजनको प्रक्रिया पहिले शुरु भयो, ती व्यक्तिहरुलाई पार्टीले विधानको आधारमा निष्कासन गर्ने काम शुरु गरेको हो। त्यसमा एक व्यक्तिको भूमिका हुन सक्दैन। के पार्टी पुनः एकीकरण होला? हुन सक्छ भने त्यसमा कुनै प्रयास भएको तपाईंलाई थाहा छ कि? नेपाली कांग्रेस सैद्धान्तिक मूल्य र मान्यताको आधारमा सञ्चालन भएको पार्टी हो। त्यसैले सैद्धान्तिक निष्टा यो पार्टीको सञ्चालनको प्रमुख आधार हो। पार्टीका नेता तथा कार्यकर्तामा समय–समयमा विचलन आउँछ। त्यसमा गल्ती महसुस भयो भने, मूल्य मान्यताका आधारमा चल्न महसुस भयो भने एकता नहुने भन्ने कुरा छैन। यो विषय ऒ्ढुटेर जानेहरुको क्रियाकलापमा निर्भर हुन्छ। अहिले त्यस किसिमको प्रयास भएको मलाई थाहा छैन। तपाईं गृह, जलस्रोत आदि प्रभावशाली मन्त्रालय चलाइसकेको व्यक्ति हुनुहुन्छ। आर्थिक कारणले पनि राजनीतिमा अत्यन्त विवादास्पद बन्नुभएको छ। तपाईंको आर्थिक हैसियत कस्तो छ नि? आर्थिक विवरण दिनुपर्ने सबै निकाय र अवसरमा मैले आरुनो आर्थिक हैसियतको यथार्थ विवरण प्रस्तुत गर्दै आएको छु। मेरो आर्थिक हैसियत र विवरणका बारेमा अनुमान र हल्लाका भरमा पनि केही अखबारहरुमा बेलाबखत असत्य समाचार छापिने गरेका छन्। सबैको प्रतिवाद गरेर सँध्य पनि लाग्दैन। मेरो आर्थिक स्थिति लुकाउनुपर्ने केही छैन। सबै खुला र पारदर्शी छ। मैले आरुनो विवरण सम्पत्ति न्यायिक जा147चबुझ आयोगमा बुझाइसकेको छु। अड्कल अनुमानकै भरमा कसैका बारेमा गलत प्रचारबाजी गर्नु उचित हु147दैन। मेरो जुलाई १६, २००२ सम्मको बैंक बचत विवरणअनुसार नेपाल अरब बैंक लिमिटेड, कान्तिपथ शाखामा भएको मेरो नामको नेपाली रुपिया147 खातामा जम्मा रु. ७,३४,३६५।०७ र अमेरिकी डलर खातामा यु.एस. डलर १९,०४६।३९ रहेको छ। (उक्त डलर खातामा भएको १९०४६।३९ यु.एस. डलरमा मेरो छोरा दिनेशराज जोशीले अस्टझेलियाबाट बैंकमार्ऒ्ढत् पठाएको यु.एस. डलर ४००० मिति ३ मई २००१ मा मेरो खातामा जम्मा भएको र छोरी रमा भद्मराई (जोशी) ले खाता नं. ००४११५४५००७ बाट बैंक अऒ्ढ अमेरिकामार्ऒ्ढत् मिति ०१ डिसेम्बर १९९९ मा पठाएर मेरो खातामा जम्मा भएको यु.यस. डलर ५००० र बा147की मौज्दातमा मैरे विदेश जा147दा पाउने सुविधाबापतको डलर खर्च गरी बा147की भई आएको विभिन्न मितिमा जम्मा गरिएका टझाभल्स चेकहरु समावेश भएको छ।) मेरा छोराहरु दीपकराज जोशी (एमएस कम्प्युटर विज्ञान) अमेरिकामा र दिनेशराज जोशी (एमएस कम्प्युटर विज्ञान) अस्टझेलियामा नोकरी गर्दछन्। मेरी छोरी रमा भद्मराई पनि अमेरिकाको वेस्ट भर्जिनियामा नोकरी गर्दछिन्। मेरा छोराछोरीले अमेरिकामा नोकरी गरी आर्जन गरेको रकममध्ये मलाई आवश्यक परेको हु147दा मेरी छोरी रमा भद्मराईले अमेरिकाको नर्थ सेन्टझल रिर्जन वर्डर बैंकमार्ऒ्ढत् मिति १९९८ सेप्टेम्बर २ मा पठाएको ४८ हजार यु.एस. डलर मेरो खातामा १९९८ सेप्टेम्बर ४ मा जम्मा भएको र अर्कोपटक छोरीले नै सिटी बैंक न्युयोर्कको वेस्ट भर्जिनिया ब्रान्चमार्ऒ्ढत् मिति १९९९ मे २४ मा पठाएको १० हजार यु.एस. डलर २५ मे १९९९ मा खातामा जम्मा भएको छ। उक्त पैसा मैले आवश्यकताअनुसार मेरो व्यक्तिगत प्रयोजनका लागि बैंकबाट निकाली प्रयोग गरी बाँकी भएको रकम डलर खातामा नै मौज्दातमा रहेको हो। त्यसबाट पटकपटक पैसा झक्नुपर्दा मैले प्रचलित नियमानुसार नेपाली रुपियाँमा भुक्तानी लिएको छु। मेरो खातामा जम्मा रहेको नगद रुपियाँमा मेरो पैतृक सम्पत्तिबाट बढेबढाएको आय र वि.सं. २०४८ सालपछि लगातार प्रतिनिधिसभा सदस्य र सोही अवधिमा विभिन्न समयमा मन्त्री हुँदाको पारिश्रमिक मेरो यो आयभित्र पर्दछ। म आर्थिक मामलामा कति सतर्क थिएँ भने म शिक्षामन्त्री हुँदा उपचारका लागि २ लाख रुपियाँ लिएर बेलायत गएको थिएँ। आ147खा उपचार गरी ऒ्ढर्कें। म शिक्षामन्त्रीबाट हटेपछि ८० पाउन्डबाहेक सबै बेरुजु बनाइएछ। पछि म त्यही मन्त्रालयमा शिक्षामन्त्री भएर जा147दा थाहा पाए147। मन्त्रिपरिषद्बाट मिनाहा गर्न सकिने रहेछ। तर मानिसले भन्दा राजनीति गर्नेहरुलाई जवाऒ्ढ दिन कठिन हुन्छ भनेर मिनाहाका लागि मन्त्रिपरिषद्मा लगिन। बरु सबै रकम तिरिदिए147। त्यसो गर्न मलाई बाध्यता थिएन। मेरो सम्पत्तिमा श्रीमती हिमकुमारी जोशीको नाममा रहेको व्यास नगरपालिका वडा नं. २ मा ०–६–२–३ मा बनेको घर–१ र यस्तै तनहु147 व्यास न.पा.मा १–३–०–१ घडेरी जग्गा रहेको छ। मेरो नाममा तनहु147 248पाकोट गाविसको ३–८–२–४ रोपनी जमिन रहेको छ। छोरा दिनेशराज जोशी र दुईजनासमेत तीनजनाको नाममा व्यास न.पा. तनहु147मा ४० फिट152६० ऒ्ढिटको एउटा घडेरी छ। छोरा दीपकराज जोशीको नाममा मिलापत्रबाट प्राप्त व्यास न.पा. तनहु147मा एउटा घडेरी रहेको छ। सांसद सुविधाका 248पमा दिइएको भन्सार छुट भएको एउटा टोयोटा जिप छ। यसबाहेक अरु अचल सम्पत्ति छैन। मैले बहुदल प्राप्तिपछि प्रतिनिधिसभाको सदस्य भएपछि पैतृक सम्पत्ति र स्वआर्जन समेतको थुप्रै जग्गा जमिन बेचेको छु। तनहुँ र लमजुङ जिल्लाका विभिन्न ठाउँमा रहेका घडेरी, खेतीयोग्य खेत र पाखो गरी जम्मा ८५ रोपनीभन्दा बढी जमिन मैले बिक्री गरेको रेकर्ड मालपोत कार्यालय तनहुँ र लमजुङबाट बुझ्न सकिन्छ। बढी नै होला कम छैन। मेरो घरमा हाल विभिन्न गरगहनाका सुन तोला ३५ र चाँदी करिब तोला ३० रहेको छ। साथै हाल अस्टझेलियामा रहेकी मेरी बुहारी श्रीमती रक्षा भद्मराई (जोशी) को एकसरो सुनका गरगहना करिब ५ तोला रहेको छ। मैले माथि दिएको विवरणबमोजिमको बाहेक मेरो अरु कुनै सम्पत्ति छैन। यति लामो विवरण दिनुभो, तर तपाईंले विदेशमा पेटझोल पम्प पनि खोल्नुभएको छ रे र यसबारे त केही भन्नुभएन। तपाईंका श्रीमती, छोराछोरी र आरुना नाममा कति सम्पत्ति राख्नुभएको छ? म, मेरी श्रीमती, छोराहरु र बुहारीसमेतको नाममा संसारको कुनै पनि मुलुकमा व्यापारिक र औद्योगिक कारोबारमा १ रुपिया147 पनि लगानी छैन। म वा मेरी श्रीमतीको नाममा विदेशमा बैंक खाता छैन। मैले छोराहरु अमेरिका र अस्टझेलिया अध्ययन गर्न जा147दा बाटो खर्च र सामान्य पकेट खर्चबाहेक अरु रकम दिएको छैन। जेठो छोरा दीपकराज जोशी विगत ६ वर्षदेखि संयुक्त राज्य अमेरिकाको कोलोराडोमा काम गर्थे र हालै रुलोरिडामा छन्। कान्छा छोरा दिनेशराज जोशी र बुहारी ३ वर्षदेखि अस्टझेलियाको सिड्नीमा र छोरी रमा भद्मराई ६ वर्षदेखि अमेरिकाको भर्जिनियामा काम गर्दै आएका छन्। विदेश जानुअघि दीपकराज जोशी वन मन्त्रालयअन्तर्गत रेन्जर पदमा र दिनेशराज जोशी प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा अधिकृत पदमा कार्यरत थिए। त्यसकारण मेराबारेमा भनिएका यी विषयहरु कुनै तथ्यमा आधारित छैनन्। प्रसंग बदलौं, निर्वाचन अधिकृतहरु निर्वाचन गराउन जिल्ला जानुपर्दछ भने राजीनामा दिन्छौं भन्न थालेको समाचार छ। उम्मेदवारी दिन उम्मेदवार मैदानमा उत्रिन सकिरहेका छैनन्? यस्तो बेलामा कसरी चुनाव होला? नेपाली कांग्रेसको संसद्मा बहुमत हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा देशलाई होम्नुको तर्कसंगत उत्तर जनतालाई दिन सकिने अवस्था छैन। अर्कोतिर देशमा जुन परिस्थितिको निर्माण भइरहेको छ। निर्वाचन सहज248पमा सम्पन्न हुन्छ भनेर अड्कल गर्न सकिंदैन। निर्वाचन भन्नासाथै उम्मेदवारले निर्वाध248पमा निर्वाचनको प्रचारप्रसार गर्न पाउनु र मतदाताले निर्भयतापूर्वक मतदान दिन सकेनन् भने निर्वाचनको कुनै अर्थ रह147दैन। त्यसकारण निर्वाचन आयोग र सरकारले जनतालाई आश्वस्त पार्न सक्नुपर्दछ। प्रतिनिधिसभा विघटन भएपछि नेपालका राजनीतिक दलहरुको बीचमा प्रतिनिधिसभा किन विघटन भयो भनेर छलऒ्ढल हुन जरुरी थियो। नेकपा एमालेलगायतका दलहरुले यसलाई मौकाको 248पमा लिए। प्रतिनिधिसभाको विघटन एमालेलाई बहुमत ल्याउन गरिएको होइन भन्ने कुरा एमालेले बुझेन। दलहरुका बीचमा यो स्पष्टता नआएको हुनाले यो अन्योल सिर्जना भएको छ। मलाई सोध्नुहुन्छ भने, वर्तमान सरकारका प्रधानमन्त्रीले निर्वाचन गराउन प्रतिनिधिसभाको विघटन गर्नुभएको हो जस्तो मलाई लाग्दैन। अहिले प्रधानमन्त्री स्वयम् निर्वाचन नहुँदा त्यसको दोष कसको टाउकोमा राख्ने भनेर बहाना खोजिरहनुभएको छ। जे भए पनि २०४६ सालको जनआन्दोलनको भावनामा कुठाराघात भयो भने त्यसको जिम्मेवारी उहाँले लिनैपर्दछ। अरुलाई दोष थुपारेर उम्कन पाउनुहुने छैन। माओवादी समस्या सुल्झाउन नसक्नाको कारण के हो? कहाँ त्रुटि भयो? माओवादी समस्या अहिले अत्यन्त गम्भीर अवस्थामा पुगेको छ। विगतमा यसको मूल कारण पत्ता लगाउन कसैले कोसिस गरेनन्। माओवादी आन्दोलनको परिणाम आरुनो पक्षमा हुन्छ भन्ने सोचाइका कारण आज यो समस्या जटिल बनेको हो। अहिले पनि राजनीतिक दलहरुका बीचमा यो समस्या कसरी समाधान हुन्छ भनेर छलऒ्ढल हुन सकिराखेको छैन। अब सबै राजनीतिक दलहरुका बीचमा यो समस्याको र यसको समाधानका उपायका बारेमा एउटै दृष्टिकोण बनाउनु जरुरी भइसकेको छ। हामीले चाहे नचाहेर यो देशका राजनीतिक शक्तिहरुको गलत नीति र दृष्टिकोणका कारण माओवादीहरु एउटा शक्तिको 248पमा विकसित भइसकेका छन्। यिनीहरुलाई मूल प्रवाहमा नल्याउँदासम्म अब सबै कुरा निरर्थक भएको छ। प्रजातन्त्र पुनर्स्थापनापछि सबैभन्दा लामो समयसम्म सत्ता सम्हाल्ने तपाईंको पार्टी यस समस्याको उत्पत्ति र विकासमा कति जिम्मेवार छ? नेपाली कांग्रेस लामो समयसम्म सरकारमा बसेका कारण यो समस्या समाधान गर्न नसक्नुमा नेपाली कांग्रेसको पनि जिम्मेवारी छैन भन्न सकिंदैन। यो समस्या निश्चित उद्देश्यका लागि उब्जेको हुनाले यसका धेरै कारणहरु छन्। नेपाली कांग्रेसको शासनकाल मात्र यसका लागि जिम्मेवार छैन। नेपाली राजनीतिलाई सधैं अस्थिरतामा लैजाने सबै यो समस्याका लागि जिम्मेवार छन्। माओवादी समस्या कसैको पनि प्राथमिकतामा परेन नेपाली कांग्रेसका सभापति श्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हु147दाका घटनाक्रम हेर्नुहोस्. उहा147लाई कमजोर बनाउन सबैको बीचमा एकता भयो डोल्पादेखि होलेरीसम्मको घटनाको विश्लेषण गर्नुहोस्. बहुमत हु147दा–हु147दै ५७ दिन संसद् बन्द गरेर बहुमत प्राप्त प्रधानमन्त्रीलाई बाध्य बनाएर राजीनामा गर्ने परिस्थितिको निर्माण भयो। यसरी राजनीतिमा स्थिरता नचाहने सबै आजको परिस्थितिका लागि जिम्मेवार छन्। अहिले पनि प्रधानमन्त्री भनिरहनुभएको छ। गिरिजाप्रसादबाट प्रतिगमनको खतरा भएको हुँदा सरकारले अन्य दलहरुसँग मिली काम गर्छ, यस्तो पाख48डीहरुको हातमा देशको जिम्मेवारी जाँदा परिणाम योभन्दा राम्रो अपेक्षा गर्न सकिंदैन। राजस्व, भन्सार, व्यापार वा तस्करीका क्षेत्रबाट हुने विकृतिका कारणले पनि माओवादी समस्याको विकास गरेको हो? यो पनि एउटा कारण हुन सक्दछ। यसरी कर्मचारी भ्रष्ट बनाउन मन्त्रीजीहरुको कस्तो भूमिका देख्नुभएको छ? भन्सारको महानिर्देशकले मन्त्रीहरुकहाँ भागब48डा बुझाउने गर्नुपर्दछ। नत्र उनको जागिर बँच्दैन। भन्सार र कर कार्यालयका हरेक कर्मचारीहरुबाट संकलित रकमले सरकारको आन्तरिक खर्च र पार्टी चल्दछ भन्ने विश्वास जनतामा देखिन्छ। के भन्नुहुन्छ? मलाई यसको अनुभव छैन। म गृहमन्त्री हुँदा एयरपोर्ट भन्सार वा अन्य नाकाहरुबाट तस्करी नियन्त्रण गर्ने काम कडाइकासाथ भएको थियो। उक्त कुरा भन्सारसँग सम्बन्धित सबैलाई अनुभव भएकै कुरा हो। यो देशमा तस्करहरुको प्रभाव अत्यन्त बलियो भएको हुँदा उनीहरुको प्रभाव नपर्नेहरुको राजनीतिक जीवन सहज छैन। निर्वाचन नजिक आइसक्दा पनि निर्वाचन आयोगले नेपाली कांग्रेसभित्रको विवादको टुंगो लगाउन सकिरहेको छैन। यस परिप्रे73यमा निर्वाचन आयोगबाट तपाईंको पार्टीले कस्तो अपेक्षा गरेको छ? यो अत्यन्त विडम्बनाको विषय हो। निर्वाचन आयोगले राजनीतिक दलहरुलाई निर्वाचनको तयारीका लागि उत्साहित गर्नुपर्नेमा निर्वाचन आयोग आऒ्ढैंले देशमा राजनीतिक अन्योल सिर्जना गरी निर्वाचनपद्मि पार्टीहरुको ध्यान जान दिइरहेको छैन। यसको पछाडि निश्चित उद्देश्य छ। निर्वाचन आयोग प्रजातन्त्रका विरुद्ध हुने यस्तो षड्यन्त्रको पछि लाग्नुहु147दैनथ्यो। अहिले निर्वाचन आयोग मात्र होइन, प्रायः सबैजसो संवैधानिक निकायहरु जनतामा दुष्प्रभाव ऒ्ढैलाई यसको दोष बहुदलीय व्यवस्था हो भन्ने आभाष दिन खोजिरहेका छन्। नेपाली कांग्रेसले यसको दोष अरुलाई दिएर हु147दैन। लामो समयसम्म सरकारमा बसेका कारणले यो हाम्रै पार्टीको कमजोरी हो। संवैधानिक अंगहरु जनताको आ147खामा प्रभाव शून्य भएपछि यथास्थितिमा राजनीति रह147दैन। अब हुने राजनीतिक परिवर्तनपछि यस्ता विषयहरु पुनः दोहोरिन नपाउन् भनेर अत्यन्त सजग हुनुबाहेक हामीस147ग अरु विकल्प अहिले छैन। नेपालको वर्तमान राजनीतिक अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ? नेपालको राजनीतिमा अब नया147 अवस्थाको निर्माण हु147दैछ। छिटै नै शक्तिको ध्रुवीकरण हुन्छ भन्ने मलाई लाग्दछ। यो अवस्थामा प्रजातन्त्रवादी शक्तिको नेतृत्व नेपाली कांग्रेसले लिनसक्यो भने नेपाली कांग्रेसको आरुनो भूमिका ऒ्ढेरि मह140वपूर्ण हुनेछ। यसले प्रतिनिधिसभा विघटन भइसकेपछि पार्टीहरुको भूमिका गौण भएको छ। माओवादी समस्या निर्वाचनअगाडि समाधान गर्नुपर्दछ। माओवादी समस्या समाधान नहु147दा अब नेपालको राजनीतिमा अन्य विषयहरु निष्प्रभावी हुन्छन्। त्यसकारण अब सबै राजनीतिक दलहरुले आपसमा छलऒ्ढल गरेर समस्याको समाधानका उपायहरु निकाल्नुपर्दछ। नेपाल राजनीतिक, आर्थिक तथा सामाजिक दृष्टिकोणले जटिल परिस्थितिमा ऒ्ढ147सिसकेको छ। अब टालटुल समाधानबाट पार लगाउन सकिंदैन। गिरिजाप्रसाद कोइरालालाई हटाउ147दैमा सबै समस्या समाधान हुन्छ भन्ने सोचाइ गलत हो, जो अहिले पनि तथाकथित राष्टझवादीहरु भनिरहेका छन्, यदि त्यसै हो भने जे गर्दा पनि हुन्छ। होइन भने हिजो जे भयो भयो, इमानदारीपूर्वक सबै प्रजातन्त्रवादीहरु एउटै थलोमा उभिएर गम्भीरतापूर्वक छलऒ्ढल गर्नुपर्दछ। र, राष्टझले भोग्नुपरेका समग्र समस्याको समाधान निकाल्नुपर्दछ। यदि यसमा सबैको सहमति हुनसकेमा अझै बेला बितेको जस्तो लाग्दैन। यस विषयमा सबै गम्भीर हुनैपर्दछ। अब, निर्वाचन गौण बनेको छ. सबै राजनीतिक दलहरुले कांग्रेस ऒ्ढुटेको बेला जितेर सरकार बनाइहाल्दछौं भन्ने कुरा कल्पनाको विषय बनेको छ। यतापद्मि सबैको ध्यान जानु जरुरी छ। अब अन्तमा भिन्न प्रसंगबारे भनिदिनुहोस्, पार्टी सभापति गिरिजाप्रसाद कोइरालापछि पार्टी सम्हाल्ने व्यक्तिहरु नेकामा पर्याप्तै हुनुपर्दछ। आगामी दिनमा नेपाली कांग्रेसको नेतृत्व कसको हातमा जान्छ? नेपाली कांग्रेसको महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो। पार्टीको सर्वोच्च निकायले निर्वाचित गरेको सभापति नै पार्टीको नेता हुन्छ। यसको निर्धारण आगामी पार्टीको महाधिवेशनले गर्नेछ। वर्तमान अवस्थाको विश्लेषण गर्दा वर्तमान सभापति पछि महामन्त्री सुशील केाइरालाको नेतृत्वका बारेमा कार्यकर्ताहरुका बीचमा विवाद हुँदैन जस्तो मलाई लाग्दछ। यसका बारेमा नेपाली कांग्रेसको भविष्यको राजनीतिले उचित समाधान निकाल्ने छ। अन्तमा चुनावलाई ख्याल गरेर मतदातालाई केही भन्नुहुन्छ भने नेपाल समाचारपत्र त्यो अवसर प्रदान गर्दछ। नेपाली कांग्रेसको आगामी दिनको कार्यक्रम भनेको २०४६ सालको जनआन्दोलनको उपलब्धिलाई रक्षा गर्दै जनतालाई बढी अधिकार सम्पन्न गराउनुहुनेछ। यसका लागि संविधान संशोधन, माओवादी समस्याको समाधान आदि महद्ववपूर्ण कार्यक्रम हुनेछन्। नेपाली कांग्रेस अहिले सरकारमा छैन, प्रतिपक्षमा रहेको पार्टी हुँदा जनताका जल्दाबल्दा समस्याको समाधानको बाटो निकाल्नु हाम्रो कर्तव्य हो। अहिले नेपाली कांग्रेसको मात्र होइन प्रजातन्त्र नै अत्यन्त संकटको घडीबाट गुजि्ररहेको छ। देशमा अस्थिरता चाहने त140वहरु अहिले पनि आरुनो स्वार्थ कसरी पूरा हुन्छ भन्ने मौका खोजिरहेका छन् भने यस्तो अवस्थामा नेपाली कांग्रेस जस्ता राष्टझवादी र प्रजातन्त्रवादी पार्टीले आरुनो भूमिका अत्यन्त जिम्मेवारपूर्वक निर्वाह गर्नुपर्दछ। त्यसैले अहिलेको अवस्थामा निर्वाचन होस् वा नहोस् कांग्रेसको भूमिका राष्टझले भोग्नुपरेका समग्र समस्याहरुको समाधानको बाटो पहिल्याउनुहुनेछ। यसबाट नै राष्टझलाई समस्याबाट मुक्ति र गति प्रदान गर्न सकिन्छ। यही नै आजको सन्दर्भमा तपाईंमार्फत् समग्र नेपालीहरुलाई यो सन्देश दिन चाहन्छु।