―गोविन्दराज जोशी केन्द्रीय सदस्य, नेपाली कांगे्रस published in Tarun weekly on Monday 2066. 7. 22 कुनै समय नेपाली कांग्रेसभित्र एकेजीबी समूहका सदस्य भनेर चिनिने गोविन्दराज जोशी यतिबेला ओझेलमा देखिन्छन्। खास गरेर ‘दुनै’ काण्डमा गृहमन्त्रीबाट राजीनामा दिन बाध्य पारेपछि उनी ओझेलमा परेका हुन्। लेख्ने, बोल्ने र चिन्तन गर्ने सवालमा निकै अगाडि देखिने जोशीलाई धेरैले अव्यावहारिक ठान्दछन्। सायद ‘रोटी चिल्ला, कुरा खस्रा’ले उनलाई यो अवस्थामा पुर्या एको हुनुपर्छ। उनी विचार मिले पनि व्यवहार नमिले कसैसाग झुक्दैनन् र सम्झौता पनि गर्दैनन्। घमण्डी पनि छन् कि 219 खेलाउन र घुमाउने सीप चाहिा पक्कै छ उनमा। त्यसैले, फेरि आफ्नो पुरानो हैसियत बनाउन खोज्दैछन् उनी। विचारमा स्पष्ट उनै नेता जोशीसाग महासमिति बैठकको सेरोफेरोमा गरिएको कुराकानी। भर्खरै सम्पन्न महासमितिको बैठकले पार्टीलाई सामान्य सुधार गर्योत कि आमूल परिवर्तन गर्योफ? – हाम्रो जस्तो मुलुकमा स्थिरताका लागि स्वाभाविक परिवर्तन आवश्यक हुन्छ। एकदम फड्को मार्ने परिवर्तनले अस्थिरता सिर्जना गर्ने सम्भावना त्यत्तिकै ठूलो हुन्छ। यो महासमितिले विधानमा जुन किसिमको संशोधन गर्यो , त्यसमा दुईवटा पक्ष छन्। यसलाई फड्को मारेको परिवर्तन पनि भन्न सकिन्छ। किनभने ७५ प्रतिशत केन्द्रीय सदस्यहरू निर्वाचित हुन्छन्। प्रमुख पदहरू सभापति, महामन्त्री, कोषाध्यक्ष केन्द्रदेखि बुथ कमिटीसम्म निर्वाचित हुन्छन्। बााकी पद पनि कार्यसमितिले निर्वाचित गर्ने हो। पदाधिकारीमा मनोनयनको व्यवस्था नै हटिसकेपछि यसलाई फड्को मारेको परिवर्तन होइन भन्न पनि मिल्दैन, तर यस्तो कुरा गर्नुभन्दा अगाडि यसको आवश्यकता किन पर्यो ? त्यो जटिल प्रश्न हो। र अहिलेसम्म एकल र केन्द्रीकृत नेतृत्व जो थियो, त्यो ठीक थिएन भन्ने पनि होइन। अहिलेसम्म नेपाली कांग्रेसकै नेतृत्वमा यो देशमा यत्रो ठूलो परिवर्तन आयो भने यसलाई कसरी असफल भन्ने, त्यसकारण यो समय र परिस्थितिको उपज हो। बानेश्वर महाधिवेशनमा पाँचजना केन्द्रीय सदस्य निर्वाचित भएका थिए, पोखरा महाधिवेशनमा ५० प्रतिशत निर्वाचित भए, अब ७५ प्रतिशत निर्वाचित गराउने व्यवस्था स्वाभाविक होइन र? – यसलाई स्वाभाविक मान्दा हुन्छ। अस्वाभाविक कहाानिर भयो भने कार्यसमितिमा दुईवटा विचारधारा आए। सधैं यो स्वाभाविक हुन्थ्यो। यसपटक गर्ने र नगर्नेमा विवाद हुादा अस्वाभाविक जस्तो देखियो। तर हुन चाहिा स्वाभाविक नै हो। तर प्रचार चाहिँ गिरिजाप्रसाद कोइरालाको विरुद्धमा निर्णय भयो भनेर आयो नि ? – त्यस्तो देखिन्छ, तर एउटा कुरा के हो भने गिरिजाप्रसाद कोइरालाको विरुद्धमा भन्दा पनि उहाा त चैत या वैशाखबाट रिटायर्ड हुादै हुनुहुन्छ। यो निर्णय त त्यसपछि आउने नेतृत्वको विरुद्धमा हो। किनभने विगतको अनुभवले र अहिलेको परिस्थितिले अब आउने नेतृत्वले केन्द्रीकृत तरिकाबाट यो पार्टीलाई सञ्चालन गर्न सक्दैन भन्ने विश्वासमा यो निर्णय गरिएको हो। पार्टीलाई व्यवस्थापन कसरी गर्ने? भनेर गरिएको कुराले गिरिजाप्रसाद कोइरालाकै विरुद्धमा गरिएको हो भन्नु त्यति स्वाभाविक होइन। बीपी कोइरालादेखि अहिलेसम्म आउादा गिरिजाप्रसाद कोइरालाले नै लामो समयसम्म क्रियाशील सभापति भएर पार्टी चलाउनुभयो। त्यसका केही कमीकमजोरीहरूले यसलाई सहयोग पुर्याोएको होला। त्यो कमीकमजोरीले अब आउने नेतृत्वले केन्द्रीकृत र क्रियाशील पार्टी सभापति भएर यो पार्टी चल्न सक्दैन भन्ने देखियो। यसको मतलब अब आउने सभापतिप्रतिको अविश्वास पनि हो। यसलाई कसले हार्योट, कसले जित्यो भनेर लिनुहुादैन। अब हाम्रो नेतृत्व अर्को पुस्तामा हस्तान्तरण हुादैछ, एउटा व्यक्तिबाट अर्कोमा होइन। सामूहिक नेतृत्वले पार्टीलाई हाँक्न सक्छ? – यदि सामूहिक नेतृत्वले पार्टी चलेन भने नेपाली कांग्रेस समाप्त हुन्छ। किनभने अहिले अलिअलि उमेरमा फरक भए पनि अहिलेको पार्टीको नेतृत्व भनेको ५० देखि ७० वर्ष उमेरको बीचमा छ। अझै भन्ने हो भने ६० वर्षको उमेरको हाराहारीमा छ। यस पुस्ताका नेताहरूले पनि छलफल गरेर पार्टीलाई नचलाउने हो भने अरु कसले चलाउाछ? त्यसैले यो व्यवस्थापन त अहिलेको अनिवार्य आवश्यकता हो। सामूहिक नेतृत्वको प्राक्टिस त एमालेमा असफल भएझै देखियो, अध्यक्ष कमजोर भएका कारण केन्द्रीय समिति अनिर्णयको बन्दी बनेको देख्नुहुन्न? – त्यो भनिन्छ, तर एमाले कम्युनिस्ट पार्टी हो। नयाा फिलोसोफीमा जाादा उनीहरूका लागि रेडिकल चेन्ज हो। हाम्रो लिवरल डेमोक्रेटिक पार्टी हो। हामीले सामूहिक नेतृत्व चलाउनै पर्छ। हाम्रो पद्धतिमा कम्युनिस्टहरू आउन खोज्दा उनीहरूले नसकेका हुन्। यो फेरि एकैचोटि झ्याप्पै हुने त होइन नि 219 एकल नेतृत्व चलाउन सक्ने क्षमता भएका नेता एमालेमा पनि छैनन्। किनभने परिवर्तनबाट आएको नेतृत्व होइन, यो विकासबाट आएको नेतृत्व हो, झलनाथजी भन्या। जस्तो, मदन भण्डारी। उहााको उमेर पनि झलनाथजीको भन्दा कम थियो। तर एकल नेतृत्व चलाउन सक्ने क्षमता भण्डारीमा थियो। मनमोहन अधिकारीको लामो इतिहास र शिखर व्यक्तित्व थियो। परिवर्तनबाट आउने नेतृत्वको चाहिा धेरै ठूलो व्यक्तित्व भएन भने एक्लैले पार्टी चलाउन सक्दैन। लिवरल डेमोत्रे्कसी कांग्रेसको सिद्धान्त र दर्शन हो। अहिले हाम्रो पार्टीमा अप्ठ्यारो छ। कुनै पनि निर्णय पारदर्शी भएन। ती निर्णय अहिलेका पदाधिकारीले पनि गरेनन्। जस्तो हाम्रो पार्टीबाट विभिन्न पार्टीसाग वार्ता गर्न टोलीहरू जान्छन्, तर वार्ताटोलीमा को को जान्छन्? त्यो कार्यसमितिलाई थाहा हुादैन। एउटै मान्छेले सबैसाग कुरा गर्न सक्दैन। माओवादीसाग कुरा गर्ने टोली, एमालेसाग कुरा गर्ने टोली, अरु पार्टीसाग कुरा गर्ने टोली त अलग अलग गर्नुपर्योा नि 219 हाम्रो चाहिा दुई/तीनजना मान्छे सबै पार्टीकहाा जान्छन्। कुरा मिले मिलोस्, नमिले नमिलोस्, आफ्नो अनुहार टेलिभिजनमा आए भइहाल्यो। अभ्यासमा र बाहिर पनि के देखिन्छ भने कांग्रेस चाहिँ अनुशासन नभएको पार्टी हो, जहाँ जसलाई जे मन लाग्छ त्यही बोल्ने, एउटाले अर्कोको कदर नगर्ने जमात हो। र, अहिलेको नेतृत्वमा समकालीनहरू मात्रै छन् जहाँ एउटाले अर्कोलाई टेर्दैनन् भनेपछि सामूहिक नेतृत्व सफल हुने कुन आधार देख्नुहुन्छ? – हिजोको महासमितिको बैठक नै हो सामूहिक नेतृत्व भनेको। हामी महासमिति सदस्यहरूले एउटै हलभित्र बसेर निर्णय गर्यांोै। आखिर एउटा टुंगोमा पुर्या्यौं नि त। त्यो बैठक बस्नुअघि जस्तो एक्लै मैले भनेको यो हुनुपर्छ भनेर त भएन, कुनै पनि प्रस्ताव सभापतिले कार्यसमितिमा ल्याएर छलफल गराएर निर्णय गर्दा उसलाई के नोक्सान हुन्छ र? तर हाम्रो मानसिकतामा परिवर्तन हुनुपर्योत। सभापतिले आफूलाई नेता बनाउनुपर्यो , सर्वेसर्वा हुा भन्ने मानसिकता प्रजातान्त्रिक होइन। त्यो मानसिकतामा परिवर्तन ल्याउन अलिकति अप्ठ्यारो हुन्छ। तर आकस्मिक अवस्थामा कार्यसमिति बस्न सक्दैन भनेर हामीले कार्यसम्पादन समितिको व्यवस्था गरेका छौं। इमर्जेन्सी पर्यो भन्दैमा एक्लै निर्णय गर्दा नोक्सान हुन्छ। धेरै कारणले नेपाली कांग्रेस विभाजन भयो। फेरि धेरै कारणले नेपाली कांग्रेसमा एकीकरण भयो। दुवैतिर पार्टीलाई चाहिने राम्रा मान्छेहरू छन्, तर ती सबैलाई मिलाएर राम्रोसाग लैजान दुवैथरीको इगोलाई सन्तुष्ट बनाउने काम त केही वर्ष गर्नैपर्छ। सभापतिले एकाएक आदर्श दिन थाल्यो भने त त्यो सम्भव हुादैन। एकतिरको मान्छेले भनेको अर्कोतिरको मान्छेले गलत महसुस गर्नसक्छ। त्यसैले कार्यसमितिको बैठक राखेर छलफल गरेर निर्णय गर्ने पद्धति बसाल्यो भने भावनात्मक रूपमा एकता हुन्छ। भावनात्मक एकता डाक्टरले गर्ने होइन। हाम्रो पार्टीको यहीानेर समस्या छ। अहिले पनि महासमितिमा समस्या थियो। कार्यसमितिमा पनि विद्यमान छ। यसलाई मेट्ने उपाय भनेको सामूहिक नेतृत्व हो। सामूहिक नेतृत्व भन्नेबित्तिकै तर्सनुपर्ने केही छैन। छलफल गर्ने, मन जित्ने, सबैलाई समावेश गर्ने, सबैलाई परिचालित गर्ने र पार्टीको संगठन जुझारु र बलियो बनाउने। विगतमा पनि एउटा अनुभव भयो, जहाा संस्थापन पक्षका उम्मेदवार थिए, त्यहाा प्रजातान्त्रिक कांग्रेसका मान्छेहरू सबैले सहयोग गरेनन्। जहाा प्रजातान्त्रिक कांग्रेसका उम्मेदवार थिए, संस्थापन पक्षकाले पनि सहयोग गरेनन्। तसर्थ, समेटेर लैजाने मानसिकता पहिले त नेतृत्वमै हुनुपर्दछ। कार्यकर्तामा त्यो मानसिकता भएर भएन। त्यसैले अहिलेदेखि नै केन्द्रीय नेतृत्वमा बसेका मानिसहरूले त्यसमा विचार पुर्यातउनुपर्छ। सामूहिक नेतृत्वमा जाँदा हुने फाइदा त धेरै छन्। तर प्राविधिक रूपमा हाम्रो जस्तो मुलुमा मनी र मसल हुनेहरू नै हाबी हुँदैनन् र? – निर्वाचन प्रजातान्त्रिक पद्धति हो। अवगुणहरू हुन्छन् भन्दैमा त्यसलाई हामीले अस्वीकार गर्न सक्दैनौं। महाधिवेशन प्रतिनिधिहरू लगभग तीन हजार हुन्छन्। जिल्लामा पार्टीको नेतृत्व लिइसकेका यस्ता साथीहरूले पार्टीको केन्द्रीय नेतृत्वको जिम्मेवारी दिने कुरालाई मनी र मसलको प्रभावमा पर्छन् भनेर अहिले अनुमान गर्नुहुादैन। तर यो हाम्रो बाध्यता पनि हो। अब हामी यो पद्धतिभन्दा बाहिर जान पनि सक्दैनौं। त्यसबाट एकदम केयरफुल भएर वडा कमिटीले माइन्यूट गरेको क्रियाशील सदस्यता क्षेत्रीय कमिटीमा ल्याउने, क्षेत्रीय समितिले निर्णय गरेको माइन्यूट जिल्लामा लाने। जिल्लाको निर्णय प्रतिनिधि केन्द्रमा ल्याउने भनेर जो अहिले बाध्यात्मक व्यवस्था गरेका छौं, तलदेखि नै सकेसम्म गलत मान्छेहरू पार्टीमा प्रवेश गर्ने प्रक्रियालाई रोक्नुपर्छ भन्ने आधारमा त्यसो गरिएको हो। हामीसाग यो भन्दा अर्को विकल्प छैन। यो समयको बाध्यता हो? – समयको बाध्यता हो, अहिलेको आवश्यकता पनि हो। जेसुकै हुादा पनि स्टे्रन्थमा नेपाली कांग्रेस अहिले झन्डै तेस्रो पोजिसनमा छ। म संसद्को कुरा गर्दिना। आज नेकपा माओवादी जबर्जस्त तरिकाले जे परे पनि फेस गर्न तयार भएर आएको छ। नेकपा एमाले माओवादीसाग एकदमै मुकाबिला गर्न अगाडि बढेको छ। तर नेपाली कांग्रेसले आदर्शको कुरा गरेरै आफ्नो पोजिसन तेस्रो बनाएको छ। अहिले नेपाली समाजमा उपस्थिति कि माओवादीको छ कि एमालेको छ। आउादो निर्वाचन अगाडि नेपाली कांग्रेसले नेपाली समाजमा आफ्नो उपस्थिति जबर्जस्त तरिकाले देखाउनुपर्छ। यसको जिम्मेवार भनेको गिरिजाप्रसाद कोइरालामात्रै हो त? – गिरिजाप्रसाद कोइराला का अगाडि नेतृत्व लिन चाहनेहरू कोही पनि बोल्न सक्दैनन्। नेता चाहिा बनाइदिनुपर्छ रे उहााहरूलाई। म पनि धेरै लामो समयसम्म गिरिजाबाबुको नजिक बसेर काम गरेको मान्छे हाु। उहााको बारेमा मलाई थाहा छ। उहाा एकदम रिजिट मान्छे होइन। फ्लेक्जिबल हुनुहुन्छ। मलाई अहिले पनि विश्वास छ, पााच/सातजना मान्छे गएर यो कुरा पार्टीको हितमा हुन्छ भनेर तर्क दियो भने त्यो कुरा उहााले पत्याउनुहुन्छ। तर हाम्रो समस्या के छ भने हाम्रा साथीहरू त्यो गर्ने आाट नै गर्दैनन्। यही महासमितिको बैठक पनि उहााले गर्नुहुन्न भन्नुभयो। बिहान हामीलाई बोलाउनुभयो र भन्नुभयो, तपाईहरू जे भन्नुहुन्छ म गर्छु। फेरि कसले के भन्दियो– महासमितिको बैठक गर्नुहुन्न भन्नु भो रे भन्ने सुन्नमा आयो। संक्रमणकालीन अवस्थामा सामूहिक नेतृत्वमा जान हुन्न भन्ने अडानमा त गिरिजाप्रसाद कोइराला अन्तिमसम्म रहिरहनुभयो नि? – त्यो पक्षमा मान्छेहरूले उहाालाई कन्भिन्स गराइरहे। उहाँको अडान पार्टी हितमा थिएन? – पार्टी हितमा थिएन। पार्टी हितमा त अहिलेकै व्यवस्था ठीक हो। यसबाट पनि पार्टीको हित हुन्छ भन्ने कुरामा उहाालाई चित्त बुझाएको भए उहााले यस्तो अडान छोड्नु हुन्थ्यो। गल्ती कहाानिर भयो भने यो विधान कार्यसमितिबाटै आउनुपर्थ्यो, तर कार्यसमितिमा हाम्रा नेताहरू गम्भीर भएनन्। झन्डै डेडलक भएको थियो– अन्तिम अवस्थामा हामीले मिलाएर यसलाई पास गर्यौंत। तपाईंहरूले सिद्धान्ततः पास त गर्नुभयो, अब सबै कुरा ठीकठाक हुन्छ त? – हुादैन। अहिलेसम्म नेतृत्वमा गिरिजाबाबुको छाता थियो। अब अर्को पुस्तामा नेतृत्व जाादैछ। यो संक्रमणकालीन अन्तरिम व्यवस्था हो, अहिलेको कार्यसमिति भनेको। तर यसले आफ्नो जिम्मेवारी पूरा गर्नसकेन भने नेपाली कांग्रेस समाप्त हुन्छ। त्यसैले अब जिम्मेवारीसहित तलदेखि माथिसम्म नयाा स्पि्रट आउनुपर्छ। यो कार्यसमिति भनेको निर्वाचन अगाडिको आन्दोलन हो। अब त्यसमा धेरै ठूलो परिवर्तन हुन्छ। तपाईंले भन्नुभयो– माओवादी आफ्नो गन्तव्यमा स्पष्ट छ। र अहिले एमाले पनि केही हदसम्म स्पष्ट छ, कांग्रेस चाहिँ अलमलिएको छ। यसलाई कसरी पुष्टि गर्नुहुन्छ? – कांग्रेसको प्राथमिकता अहिलेसम्म सत्ता हो। त्यसैले हामी स्पष्ट छैनौं। हाम्रो पार्टी लिवरल डेमोत्रे्कटिक पार्टी हो। जबसम्म सबै तहबाट सबै किसिमका मूल्यांकनबाट माओवादी लोकतन्त्रप्रति प्रतिबद्ध छ भन्ने यथेष्ट प्रमाणहरू नेपाली कांग्रेसले फेला पार्न सक्दैन, तबसम्म माओवादीसाग गर्ने हाम्रो व्यवहार अलग किसिमको हुनुपर्छ। अहिले हामीले माओवादीसाग सत्ता साझेदारीका लागि धेरै हडबढ गरेका छौं। अझै स्पष्ट भएन र संसद्मा आयो, सरकार बनायो, अहिले आन्दोलन शान्तिपूर्ण चलाइराखेको छ र पनि? – स्पष्ट छ, माओवादीको अहिलेसम्मको धारणा भनेको प्रयोग गरेर सत्ता हातमा लिने र एकतन्त्रीय अधिनायकवादी शासन व्यवस्था नेपालमा स्थापना गर्ने हो। त्यसैले, मैले अस्तिको केन्द्रीय समितिको बैठकमा पनि भने कांग्रेससाग दुईवटा विकल्प छन्– एउटा माओवादीको चाहनाबमोजिम प्रयोग हुनु, अर्को माओवादीसाग मुकाबिला गर्नु। हामी प्रयोग हुने बाटोमा अझै हिाडिरहेका छौं। मुकाबिला गर्न सकेनौं भने हामी समाप्त हुन्छौैं। हिजो प्रयोग भएकै मान्छेलाई नेता बनाउने अनि तिनबाट परिवर्तन खोज्ने? – त्यसैले आउादो अधिवेशन व्यक्तिको आधारमा होइन, माओवादी पक्षधर र विरोधी अथवा उग्रवामपन्थी पक्षधर र उग्रवापन्थी विरोधी गरी दुईवटा सैद्धान्तिक आधारमा हुनेछ। कार्यकर्ताको मुड हेर्दा माओवादी पक्षधरलाई जिताउने अवस्थामा छैन। अब नेतृत्व लिन चाहनेले माओवादीसाग हात मिलाएर हिाड्दैनौं भन्ने विश्वास कार्यकर्तालाई दिलाउनुपर्छ। दोस्रो कुरा, कार्यकर्तामा अत्यन्तै एक्लिएको महसुस भएको छ। कार्यकर्ताहरू मारिएका छन्, पिटिएका छन्, जबर्जस्ती आक्रमणमा परेका छन्, उनीहरूलाई संरक्षण गर्ने कोही पनि छैन। र, हुादाहुादा त हाम्रो पार्टी यस्तो कम संवेदनशील भएको रहेछ कि आज जिल्लामा को मारियो? भन्ने कुराको जानकारीसमेत हुन छाडेको छ। वक्तव्य त आइरहेकै छ नि? – वक्तव्य पनि दिन भ्याएको छैन। आज शुक्रबार बिहानमात्रै पार्टीकै एकजना सिनियर नेतृको श्रीमान्को निधन भएको रहेछ। केन्द्रीय कार्यालयले मेरो श्रीमान् बित्दा टेलिफोनसम्म गरेन भन्ने गुनासो थियो उनको। यस्तो असंवेदनशीलता यो पार्टीमा छ। अब भावी नेतृत्वमा को त? – अब पार्टीका कार्यकर्ताहरूलाई संरक्षण दिनसक्ने, बीपी कोइरालाको नीतिलाई पूर्णतयाः अवलम्बन गर्ने र कार्यकर्ताहरूले पनि विश्वास र समन्वय गर्नसक्ने मान्छेको खोजीमा अहिले कार्यकर्ताहरू छन्। तपाईंले आवश्यक ठानेको व्यक्ति को हुनसक्छ? – त्यो म पनि हुनसक्छु, अरु पनि हुनसक्छन्। सभापतिमै चुनाव लड्न हुन्छ त? – नलड्ने कुरा त के भयो र? केही साथीहरूले म लड्छु भनिसकेका छन्। महाधिवेशन नजिक आइसकेपछि हामीहरू त्यस्तो नेतृत्वको खोजीमा बस्छौं। सल्लाह गर्छौ र एकजना साथीलाई हामी उभ्याउाछौं। जसले यी समग्र कुराहरूको समाधान गर्न सकोस्। किनभने त्यो नै सामूहिक नेतृत्वको प्रतिनिधि हुन्छ। अहिले पनि एकल नेतृत्वको लक्षणहरू देखिएको छ। म उठ्छु भनेर घोषणा गरेरमात्रै भएन। किन उठ्छु भन्नुपर्योु। हामी चाहिा सामूहिक नेतृत्वको पद्धतिमा विश्वास गर्ने भएकाले ७५ जिल्लाबाटै जितेका महत्वपूर्ण दुई/चार सय मान्छेहरू बस्छौं र एकजनालाई सभापति, एकजनालाई महामन्त्री, कोषाध्यक्षको उमेदवार तयार गर्छौं। उपसभापति फलानोलाई बनाउने भनेर तय गर्छाैं। जातीय, क्षेत्रीय, लिंगीय सबै किसिमको प्रतिनिधित्व हुनेगरी हामी निर्णय गर्छौं। अहिले तीन गुट थिए, अब तपाईंहरूको अर्को गुट थपिने भयो, होइन? – गुट त दुईवटा हो। कांग्रेसमा विभाजन नै दुईतिर छ। सैद्धान्तिक गुट हो यो। अहिलेसम्म गरेका कुराहरू गर्नेहरू बेठिक हुन्। गर्नेहरू र नगर्नेहरूको दुईवटा गुट हो। १२ बुादेदेखि अहिलेसम्म आउादा जो जो साथीहरू त्यसमा सहभागी हुनुभयो त्यो एउटै गुट हो। हामी जो सहभागी भएनौं वा जो त्यसविरुद्ध रहे त्यो अर्को गुट हो। वास्तविक चुनाव यिनै दुई गुटका बीचमा हुन्छ। उपगुटहरू त अरु पनि हुनसक्छन्।