( नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री श्री गेाविन्दराज जेाशीसंग जनधारणा साप्ताहिकका श्री …….. . . . . .. . . .. . . . .. . ………लेे लिनु भएको अन्तरवार्ता।) के संविधान सभाको निर्वाचननै अहिलेको राजनैतिक निकाश हो? त्यसलाई पुरा गर्न दलहरुले के भूमिका खेल्नु पर्दछ? हो , देशलाई अहिलेको अवस्थामा राजनैतिक निकास दिने एउटै मात्र उपाए संविधान सभाको निर्वाचन गर्नु हो। जनताको नाममा अरु कसैले गर्ने निर्णय जनताको लागी मान्य हुदैन। यो देशमा अव संविधान सभाको निर्वाचन वाट मात्र देशलाई राजनैतिक निकाश र जनतालाई सार्वभौम सत्ता सम्पन्न गराउन सकिन्छ। प्रतिनिधि सभाको पुनस्थापना गरी संविधान सभाको माध्यमद्वारा यो देशमा कस्तो किसिमको राज्य व्यवस्था जनताले चाहन्छन्, त्यसको निर्क्योल गरि देशलाई एउटा स्थायी शान्ती र स्थायी राजनीतिक व्यवस्था दिलाउने जनआन्दोलनको प्रमुख ल73य संविधान सभाको निर्वाचनले मात्र गर्दछ भन्ने मेरो मान्यता छ। जनआन्दोलन पछि अहिले हामी अन्तरिम सरकार सम्म आई पुगेका छौं र संविधान सभाको निर्वाचन पुरा गर्नुनै अहिलेको राजनैतिक निकाश हो। के माओवादीहरु संविधानसभाको निर्वाचन समयमै गर्न चाहदैनथे यदी त्यो हो भने सात दलले किन प्रयास गरेनत? संविधान सभाको निर्वाचन मावोवादीहरुको लक्ष पनि होईन र गर्ने उदेस्य पनि थिएन। त्यसैले कुनै पनि वहानामा उनिहरु संविधान सभाको निर्वाचन सार्न चाहान्थै। संविधान सभा नभएको दोष उनिहरु कांग्रेसलाई दिन चाहान्थे। उनिहरुले अहिले त्यहि गरे। त्यसको प्रमाण भर्खरै लुम्विनि अंचलको भ्रमणमा मावोवादी अध्यक्ष प्रचन्डले संविधान सभाको निर्वाचन प्राथमिकतामा नपरेको कुरा वताएका छन। सरकारका एक जना मन्त्रीले पनि यदि उनिहरुको प्रस्ताव स्विकार्य भएन भने मावोवादीहरु संविधान सभाको निर्वाचनमा भाग लिदैनन भनेका छन। धेरै कुराहरु खुल्दै आएका छन। त्यो कुरा सात दलले पहिलेनै वुझनु पर्दथ्यो। २०४७ सालको संविधान खारेज गरी निर्वाचित प्रतिनिधि सभा भंग गरेकै दिनमा लोकतन्त्र खतरामा परी सकेको थियो। त्यस लाई मावो वादीले आफनो विजय ठाने। संविधान सभा निर्वाचन ऐन बनाएर कात्तिकमा चुनाव गर्न सकिएको भए धेरै उपलव्धि गर्न सकिन्थ्यो। माओवादीहरु सम्पूर्ण परिवर्तन उनिहरुले गर्दा आएको भान जनतामा पार्न चाहन्थे। उनीहरु पुरानो संविधानको खारेजी र प्रतिनिधी सभाको विघटन चाहन्थे त्यसैले अहिलेको संसदलाई पनि अन्तरिम व्यवस्थापिका संसद भनियो, अन्तरिम संविधान भनियो,। किन मावोवादीलाई प्रतिनिधि सभा भन्ने शव्द सित रिस छ। किन मावोवादीलाई संसद भन्ने शव्द संग रिस छ। किन मावोवादीहरु वहुदलीय व्यवस्था भन्न मन पराउदैनन र वहुदलीय प्रतिस्पर्दा भन्द छन। यो सवै कुराहरु सात दलका नेताहरुले वुझन पर्दथ्यो , वुझन सकेनन। यो अवस्था सृजना भयो। के देशमा निर्वानको वातावरण नवनेको कारणनै संविधान सभाको निर्वाचन नभएको हो त? निर्वाचनको लागि देशमा भयमुक्त वातावरण हुनु पर्छ। पार्टीहरु भयमुक्त वातावरणमा जनतासामु भोट माग्न जान सक्नु पर्याे, जनताले निर्धक्क भएर भोट हाल्न सक्नु पर्याे। त्यो वातावरण जेठमा पनि थिएन र अहिले पनि छैन। त्यसैले संविधान सभाको निर्वाचन हुने वातावरण वनेन। संविधानमा ज्येष्ठ मसान्त भित्र निर्वाचन गर्ने भनि लेखे पछि त ज्येष्ठमा हुनुपर्ने हो। अझ बैसाख ११ गते प्रतिनिधी सभा पुनर्स्थापनाको घोषणा भएपछी बैसाख भरीमा हतियार व्यवस्थापनको काम सिध्याएर गएको कात्तिकमा संविधान सभाको निर्वाचन गरिनुपर्थ्याे। यदि सातैदल संविधान सभा प्रति गम्भिर भएको भए अहिले सम्म त संविधान सभाको निर्वाचन मात्र हाईन नया संविधान निर्माण भई नया प्रतिनिधि सभाको निर्वाचन पनि भई सक्ने थियो। संसदवाट गणतन्त्रको धोषणा गर्नु पर्दछ भन्ने मावोवादी हरुको अडान किन होला? मावोवादीहरु संविधान सभाको निर्वाचन चाहदैनन। उनीहरुले देशलाई भयमुक्त बनाएनन्। हतियार बुझाउने काम भएन। अपहरण र जबरजस्ती चन्दा लिने काम रोकिएन। विस्थापितहरु धर फर्कन पाएका छैनन। कव्जा गरीएको जग्गा किस्ता वन्दीमा फीर्ता गरीदैछ। अहिले वास्तवमा सरकार, संसद र राज्य माओवादीहरुको नियन्त्रणमा छ। यसरी एक दलले नियन्त्रण गरिरहेको अवस्था रह्यो भने चुनाव त कसरी हुन्छ र? अहिले माओवादीको वक्तव्यहरु हामीले हेर्याैं भने उनिहरु बारम्बार के भनिरहेका छन् भने पहिला संसदबाट गणतन्त्रको धोषणा गरेर मात्र संविधान सभाको निर्वाचन गरौं। अहिलेको संसद अन्तरिम संसद हो। यसले वास्तवीक रुपमा जनताको प्रतिनिधित्व गर्दैन। देशको शासन व्यवस्था सम्बन्धी निर्णय गर्ने आधिकारिकता निर्वाचित संविधान सभालाई मात्र हुन्छ। जबर्नस्ती बल प्रयोग गरेर केही निर्णय गर्न खोज्दा त्यसको परिणाम दुरगामी हुँदैन। अन्तरीम संसदवाटनै देशमा संचालन गर्ने राज्य प्रणालीको निर्णय गर्ने हो भने जनताको अधिकार माथि अतिक्रमण हुन्छ । संविधान सभाको निर्वाचन नीरर्थक हुन्छ त्यसो भए संंविधान सभाको निर्वाचन गराउने जिम्मा कस्कोे हो त? प्रधान मन्त्रि गिरिजा प्रसाद कोईराला हेर्दा सबै भन्दा शक्तिशाली तर व्यवहारमा सबै भन्दा कमजोर प्रधान मन्त्रीको रुपमा अहिले देखिनुभएको छ। आठ पार्टीले नभनिकन सरकार केही पनि गर्न सक्दैन। कानुन व्यवस्था लागु गर्न सक्दैन। प्रहरी प्रशासन अहिले एकदम निमुखा भएको छ। अस्ती भरखर प्रमुख निर्वाचन आयुक्तले भन्नु भो शान्ति शुरक्षा जेठको भन्दा अझ बिग्रेको छ भनेर। एक्लो गिरिजा प्रसाद कोईराला संविधान सभाको निर्वाचनको पक्षमा हुनुहुन्छ। अरु पार्टी गंभिर छैनन् भने वहाँले कराएर मात्र संविधान सभाको निर्वाचन हुँदैन। संविधान सभाको निर्वाचन हुने वातावरण अरुदलहरुले वनाउन नदिने दोष जति प्रधानमन्त्रीलाई दिनु राजनिति मात्र हो। प्र.म. गिरिजा प्रसाद कोईराला बाहेक अरु नेताहरु भाषणमा संविधान सभा भनेर चर्को स्वरमा कराउदछन। संविधान सभाको निर्वाचन प्रति गम्भिर भएको म देख्दिन। के सरकारले आफनो दाईत्व पुरा गर्न सकेको छैन ? राज्य चलाउनु र आन्दोलन गर्नु फरक फरक कुरा हो। सात राजनीतिक दल सँग राज्य चलाउने केही अनुभव छ। माओवादी सँग त्यो छैन। एउटा कुरा के भुल्नु हुन्न भने सात राजनीतक दल एउटा समुह हो भने माओवादी अर्को समुह हो। माओवादीले यो कुरा बुझेनन्। काँग्रेसलाइ अहिले के अप्ठेरो परेको छ भने, आन्दोलनको नेतृत्व गरेको पार्टी, गिरिजा प्रसाद कोईरालाको व्यक्तित्व, वहाँ अथवा काँग्रेसको कारणले आठ दल टुटेको वा प्रजातन्त्र खतरामा पर्नु वा परेको देखिनु हुँदैन भन्ने कारणले काँग्रेस यति धेरै सम्झौतामा गयो की काँग्रेस निकै कमजोर भयो, तर अरु पार्टीले यो कुरा बुझदिएनन्। नेपाली काँग्रेस माओवादी सँग धेरै मिलेको देखिँदा एमाले भड्कियो काँग्रेस सित। एमालेृलाई के लाग्यो भने अब काँग्रृेस र माओवादी मिलेर हामीलाई सिध्याउने भए। रणनीतिगत रुपमा यो काँग्रेसको गल्ती हो। माओवादीहरु किन सात दल संग राम्रो सम्बन्ध वनाउन सकेका छैनन ? मावावादीहरु नयाँ संस्कृतिमा आएका छन्। यहा के भइदियो भने उनीहरुले यो वहुदलीय सस्कृति सिक्नु भन्दा उनिहरुले सात दललाई निर्देसन दिन थाले । अहिलेकास्थितिको मुख्य कारण यो हो। सात पार्टीलाई अप्ठेरो के छ भने माओवादी भड्किएलान र जनताले बिगारिस् भन्लान भन्ने डर। यही स्थीती रही रह्यो भने सातदल , सरकार र व्यवस्थापिका कुनै चल्दैन, यो निश्चित छ। माओवादीहरुले यो बुझेका छैनन्। उनीहरुले १२ वर्ष आन्दोलन गर्यौं भन्छन्। खोइ कहाँ गरे आन्दोलन। वास्तवमा माओवादीले लोकतन्त्र र प्रजातन्त्रको लागि आन्दोलन गरेको १९ दिन मात्रै हो जब सात दल सँग मिले। त्यो भन्दा अगाडी माओवादीले हजारौ नेपाली कांग्रेसका कार्यकर्तालाई मारे, एमालेका कार्यकर्ता मारे, रा.प्र.पा. का कार्यकर्ता मारे। के अपराध गरेका थिए उनीहरुले। के अन्य दलका कार्यकर्ता मार्नु गणतन्त्रको लडाई हो? विभिन्न दलका हजारौं कार्यकर्ता विस्थापित गरिए। के यही हो त गणतन्त्रको आन्दोलन। पुलिस र सेना भनेर छुट्याइयो र जनताको पक्षमा रहेका प्रहरीहरुमाथी बढी आक्रमण गरियो। यही हो त गणतन्त्रको आन्दोलन। ११ वर्ष सम्म माओवादीले गरेको आन्दोलन त जनताको पक्षमा नभई जनता र प्रजातन्त्रको विरुद्धमा थियो। जस्ले हाम्रो लागी ज्यन गुमाए उनिहरुलाई आज शहिद भनन हामि लाज मानि रहेका छौ। यो भन्दा राजनितिको दुर्भाग्य अरु के हुन्छ। मधेस आन्दोलन र जनजातीहरुको वारेमा सरकार संवदेनहिन भएको हो? मधेसका र जनजातीहरुका जायज मागहरुलाई सम्बोधन गरेर सकेसम्म छिटो समस्या समाधान गरिनुपर्छ। के दिनुपर्छ के गर्नुपर्छ पर्दैन भन्ने निर्णय सरकारले गर्ने हो। नेपाली जनताले उठाएका मागलाई सुन्नु पर्छ, ,त्यसै बेवास्ता गर्न चाहीँ मिल्दैन। कांग्रेस भित्र नेतृत्वको होडवाजी भएर कांग्रेसले वर्तमान राजनैतिक अवस्थामा प्भावकारी भूमिका खेल्न सकेन भनिन्छ नि ? अहिले पनि हाम्रा मान्छेहरु आफ्नो घर जान सकेनन्, हाम्रा मान्छेहरुको सम्पती फिर्ता भएन। तोकिएको समयमा संविधान सभाको निर्वाचन हुन सकेन। त्यसको जिम्मेवारी पार्टि भित्र कसैले लिनु पर्दैन। के त्यो गिरिजा वावुले लेखाउनु भएको हो। त्यसको जिममेवारी अरु कसैले लिनु पर्दैन र। हामी अब चुप लागेका छैनौं, अब हामी बिस्तारै बाहिर निस्केका छौं। बीपी कोइरालाले देखाउनु भएको बाटोलाई मान्ने समुह नेपाली काँग्रेस भित्र निकै ठुलो छ र क्षणिक स्वार्थ, मन्त्री पद टिकाउनका लागि कम्युनिष्टहरुको पछी लाग्ने र कम्युनिष्टहरुको चाकरी गर्ने प्रवृती भएकाहरुले अब काँग्रेसको नेतृत्व गर्न सक्दैनन । अब काँग्रेस बिस्तारै जुर्मुराएको छ र यसले देशलाई बिस्तारै निकास दिन्छ। सिमित स्वार्थ भएका थारै व्यक्तिहरु मात्र छन् । ११औं महाधिवेशन पछी पार्टी कृयासिल भएको छैन। हुन दिईएको पनि छैन। पार्टिलाई कृयासिल गराउने क्षमता अहिले पार्टिको जिम्मा जसलार्य गिरिजावावुले दिनुभएकोछ उनिहरु संग छैन। तर उनीहरु सरकारमा र पार्टी नेतृत्वको महत्वपूर्ण स्थानमा भएकोले उनीहरुको कमजोर भुमिकाले पार्टीलाई कमजोर चाहीँ बनाएको छ। साच्च्निै भन्नु पर्दा उनिहरुको नेतृत्व पुर्ण रुपमा असफल भएको छ। नत्र आन्दोलनकमा नेतृत्व गरेको पार्टिको हैसियत यस्तो नहुनु पर्ने थियो। पार्टि भित्रका केहि कमजोर र सानो चितत भएका मानिसहरको कारण तयसतो देखिएको हो। कांग्ेस कमजोर छैन।