नरेशमैनाली /नेपालको सवै भन्दा पुरानो प्रजातान्त्रीक दल नेपाली काग्रेसमा अहिले वैचारीक मत भिन्नता देखिएको छ। हालै सम्पन्न नेपाली कांग्रेस संसदीय दलको निर्वाचनले यो मत भिन्नतालाई छताछुल्ल पारी दिएको छ। यो निर्वाचनमा नेपाली कांग्रेसका सभासदहरु मध्ये चार जना उमेदवार भए पनि राजनैतिक आधारहरु वोकेर तिनधारमा उमेदवारहरु रहेको देखिन्छ। का.वा. सभापति शुशिल कोईरालाले सस्थापन पक्षको अनुदार समुहलाई प्रतिनिधित्व गरेका देखिन्थे। उनको तर्फवाट यो निर्वाचनमा रामचन्द्र पौडेल दलको नेताको उमेदवार हुनु हुन्थ्यो। कोईरालालाई कांग्रेस भित्रका भारत समर्थकहरुको समर्थन रहेको भनिन्छ। शेर वहादुर देउवाले प्रजातान्त्रीक कांग्रेस पक्षलाई प्रतिनििधत्व गरेका थिए भने उनको समर्थनमा पार्टि सभापति गिरजिा प्रसाद कोईराला र कोईराला पुत्रि वर्तमान परराष्ट मन्त्री सुजाता कोईरालाको समथर्न रहेको थियो। यसै विच जनआन्दोलनको सफलतापछि देशमा लोकतन्त्रको स्थापना भएर प्रतिनिधि सभाको पुनस्थापना पछि नेपाली कांग्रेस भित्र स्पस्ट अडान राख्दै आएका कांग्रेस नेता एवं केन्द्रिय सदस्य गोविन्द राज जोशी नेपाली कांग्रेसले वीपी कोइरालाको राटिय मेल मिलापको निति छाडेर उग्र वामपन्थि विचार वोकेको र मावोवादी संग सत्ताको लागी सहकार्य गर्नु ठिक थिएन भनेर आलोचना गदै भाएका अर्का नेता हुन्। कांग्रेस नेता जोशी कांग्रेस भित्र वीपी कोइरालाको राटिय मेल मिलापका बारेमा स्पष्ट विचार राख्ने नेता हुन्। उनको समुहको तर्फ वाट नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री कुल वहादुर गुरुड सोहि अवधारणा लिएर नेपाली कांग्रेसको संसदीय दलको उमेदवार वनेका थिए। शेर वहादुर देउवा संग असंतुष्ट रहेका केहि सभासदहरुले पहिलो चरणमा देउवा विरोधि भएर एक ठाउमा जम्मा हुने र दोश्रो पटक रामचन्द्र पौडेललाई मत दिने रणनिति अन्तरगत शुप्रभा घिमिरेलाई आफनो उमेदवार वनाएका थिए। यसरी यो संसदीय दलको नेताको निर्वाचनले कांग्रेस भित्रको सैद्धान्तिक ध्रुविकरणलाई स्पष्ट देखाएको छ।नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोईराला अव राजनितिवाट टाडा रहने निस्कर्षमा पुगेका छन् भने उनले आफनो उत्तराधिकारीमा पुत्रि सुजाता कोईराला लाई अघि सारेका छन्। सुजातालाई अघि वडाउन शेर वहादुर देउवाले सहयोग गर्ने वचन दिएको कुरा पनि सत्य जस्तै नै भएको छ। त्यहि कारण कावा सभापति शुशिल कोइराला राम चन्द्रको आड लिएर आगामि अधिवेसनमा वैतर्णि तर्न सकिन्छ कि भनेर उनले यस पटकको संसदीय दलको निर्वाचनमा रामचन्द्र पौडेललाई अघि सारेका हुन्। उता सुजाता पनि सेर वहादुर देउवालाई अघि सार्दै आफु वैतर्णी पार गर्ने कुरामा ढुकक भएकी छिन्। महामन्त्री कुल वहादुर गुरुड. आफनो सैद्धान्तिक अवधारण जोशी समुहको समर्थनमा महाधिवेसनमा आफु अगाडि बड्ने कुरामा ढुक्क छन्। यसरी कांग्रेस भित्र त्रिपक्षिय प्रतिस्पर्धा स्पष्ट देखिएको छ। यो प्रतिस्पर्धाको असर आगामि पार्टिको महाधिवेसनमा पक्का देखिने छ। आगामि महाधिवेसनमा यसै सिद्धान्तीक अवधारणाको आधारमा पार्टिको उमेदवार हुने देखिएको छ। यद्यपी शुशिल कोईरालाले अहिलेको संसदीयदलको निर्वाचनमा रामचन्द्र पौडेललाई सघाए पनि पौडेलले आफनो विजय ,आफनो प्रभाव र कुनै विदेशी शक्ति केन्द्रको सहयोग भन्न थालेका छन। यसैले आगामि महाधिवेसनमा पौडेल आफु त्यहि विदेशी शक्ती केन्द्रको आडमा उमेदवार वन्ने पक्का पक्कि भएको छ। यदि यसरी चार जना उमेदवार भएमा शुशिलको स्थान चौथो हुने प्राय निस्चित छ। यसैले शुशिल चाडैन पार्टिको अधिवेसन गर्नै पक्षमा नरहेको वुझन्छ। अहिले कांग्रेस भित्र अन्योल छाएको छ। पार्टिमा प्राविधिक एकता भए पनि वास्तविक एकता भएको छैन। पार्टिका सवै निकायहरु र भात्रृ संस्थाहरुमा विभाजन छ। निर्वाचनको सभयमा भएको अन्तर्घातका सम्वन्धमा परेका उजुरीहरुको टुडगो लागेको छैन। मावोवादी सित मुकाविला र एमाले संग प्रतिस्पर्घा गर्नु पर्ने अवस्था छ। यो निर्णायक मोडमा कांग्रेस पुगेको अवस्थामा कांग्रेस खाली सत्ताको लागी मात्र पछाडि लोगेको देखिन्छ। कांग्रेसको वर्तमान नेतृत्व असफल भयो भन्ने आवाज उठि राखेको वर्तमान अवस्थामा कांग्रेसलाई जुझारु वनाउन र कांग्रेस भित्र उठि रहेको सामुहिक नेतृत्वको विवादको अन्त गर्न पनि का्रग्रेस पार्टि भित्रका सवै शक्तिहरु एक भएर महाधिवेसनको लागी अग्रसर हुनु जरुरी देखिन्छ। यसवाट मात्र कांग्रेसले नेपाली समाजको लागी आवस्यक नेतृत्व दिन सक्नेछ।