विहानै शंख घण्ट वजेको सुन्नसााथ वोरपरका सवै उठदथे वलवहादुर मन्त्रीजी उठि सक्नु भयो उज्यालो भई सक्यो भनेर । सवैलाई अनौठो लाग्छ होला यो सुन्दा वलवहादुर राई शंख घण्ट वजाउनु हुन्थ्यो भनेर ।हो उहा पुजा गर्नु हुन्थ्यो शंख घण्ट वजाउनु हुन्थ्यो र गिता चण्डि पाठ गर्नु हुन्थ्यो विहानै उठेर । यो मेरै अनुभव हो उहाका वारेमा । २०४८ र ०४९ ताका म र उहा मन्त्री निवासमा ओल्लो पल्लो घरमा वस्दथ्यौ । उहाको धर्म पट्टि ठुलो आस्था थियो र निस्टा पनि । आज म उहाको यो पक्षका वारेमा चर्चा गर्न गई राखेको छैन । उहाका अनुकरणीय पक्षका वारेमा म ञहा चर्चा गर्न चाहान्छु । राणाकालिन समयमा नेपालको दुर्गम ठाउ ओखलढुङ्गामा जन्मनु भएका बलबहादुर राई त्यतिखेरको वाताबरणले गाउमा राम्रो शिक्षा दिक्षा पाउन संभव थिएन र पाउनु भएन पनि । श्री जङ्ग पल्टन धनकुटावाट आफनो शैनिक जीवनको सुरुवात गर्नु भएका श्री राई माल अड्डामा वहिदार सम्म वने पछि नोकरीमा सन्तुष्ट हुनु भएन । त्यतिखेरको समाजमा भएको असमानतावाट विद्रोहमा लाग्दै वीपी कोइरालाको निकट पुग्नु भयो र २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्रको स्थापनाको लागी सुरु भएको आन्दोलनमा हुमिनु भयो । २००९ सालमा उहा ओखलढुङ्गाको पार्टि जिल्ला सभापति भई नेपाली कांग्रेसको नेताको रुपमा आफुलाई प्रतिस्थापित गरी सक्नु भएको थियो ।
प्रजातन्त्रको स्थापनाका लागी धेरै पटक जेल र लामो निर्बासनमा रहनु भएका श्री राई प्रजातन्त्रको स्थापना पछि धेरै पटक सांसद , मन्त्री , कावा प्रधानमन्त्री र पार्टिको केन्द्रीय नेतृत्वमा समेत लामो समय रहनु भएका श्री राईका वारेमा मेरा केहि अनुभवहरु यो लेखमा उललेख गर्न चाहान्छु । बलबहादुर राई मेरो अघिल्लो पुस्ताका नेता हुनुहुन्छ । २०१५ सालकै निर्वाचनमा नेपाली कांग्रेसको तर्फवाट प्रतिनिधि सभा सदस्य भई सक्नु भएका श्री राई नेपालको राजनैतिक ,सामाजिक परीबर्तनमा उहाले पु¥याउनु भएको योगदानका वारेमा मेरो टिप्पणि बास्तवमै अपर्याप्त हुन्छ र समग्र उहाको जीवनको मैले ञहा प्रकास पार्न संभव छैन । मेरो राजनैतिक जीवनमा उहाका वारेमा मेरो अनुभव म तपाईहरु संग वाडन चाहान्छु । २०२५ सालमा भारत निर्वासनवाट उहा नेपाल आउनु भए पछि पंचायति व्यवस्थाको विरुद्धमा कार्यरत हामि सवैको आन्दोलन र संगठन निर्माण गर्ने क्रममा उहा संग मेरो भेट भएको हो । २०३३ सालमा म तनहुं जिल्लाको पार्टि सचिवको नाताले पार्टिका कतिपय गतिविधिमा मेरो उहा संग सम्पर्क हुन्थ्यो । मैले उहालाई एउटा आर्दशका प्रतिकको रुपमा मान्दथे । दुर्गम ठाउमा जन्मेर हुर्केको गाउको मानिसको प्रजातन्त्रका प्रतिको प्रतिवद्धता मेरा लागी मात्र नभएर सवैका लागी अनुकरणीय थियो । बलबहादुर राई जस्ता कर्मठ नेताहरुको सैद्धान्तिक निस्ठाका कारण हामि जस्ता हजारौ युवकहरु नेपाली कांग्रेसमा आकर्सित भएका हौ । बलबहादुर राईको जीवनी वाट सिद्धान्त प्रतिको निस्टा , पार्टि प्रतिको ईमान्दारीता र प्रजातन्त्र पाप्तिका लागी उहाले गर्नु भएको निरन्तर प्रयासनै हाम्रालागी अनुकरणीय शिक्षा हुन । यी कुराहरुमा उहामा कहिल्यै विचलन आएको देखिएन । यहा सधै निर्भिक र निडर देखिनु हुन्थ्यो । उहाको जीवनको सवै भन्दा महत्वपुर्ण पक्ष यीनै हुन । उहा लामो समय सम्म सांसद र मन्त्री भएर रहनु भयो । त्यो वेला उहाले कसैलाई विजाउने काम गर्नु भएन । काग्रेसका मात्र नभै सवै दलका सांसदहरु उहा सित प्रफुल्लित वनाउनु हुन्थ्यो । एक पटक प्रतिनिधि सभामा उहाको प्रस्नको जवाफ दिने पालो थियो । एक जना माननीय सांसदले उहालाई काठमाण्डौमा पानिको अभाब किन भयो ? भनेर प्रस्न सोघनु भयो । जवाफमा उहाले भन्नु भयो कर्कट नाग रिसाएको हुनाले हो भन्नु भयो । सवै गललल हासे । प्रस्नोतर को समय सकियो । यदि त्यस्तै जवाफ अरुले दिएको भए के हुन्थ्यो ? सदन मा माफी माग्नु पर्दथ्यो । उहालाई सवैले श्रद्धाका रुपमा लिन्थे । उहा भन्नु हुन्थ्यो ,म पछि मलाई निरन्तरता दिने मानिस राईमा कोहि भएनन । मैले चाहे जति र मैले गर्न पर्ने सवै काम गर्न सकिन । त्यसलाई निरन्तरता कस्ले देला र । यति भन्दा पनि उहा पहिले कांग्ेस हुनुहुन्थ्यो । अनि राई वा जनजाती । साच्चिनै भन्नु पर्दा उहामा साच्चिनै एउटा नेतामा हुनु पर्ने गुण थियो । उहा एउटा सच्चा राष्टवादी नेता हुनु हुन्थ्यो । उहा धेरै पटक कार्यवाहक प्रधानमन्त्री हुनु भयो । कार्यवाहक प्रधानमन्त्री हुदा विहान आफनै निवासमा मन्त्री साथिहरुलाई वोलाएर राय सल्लाह लिने गर्नु हुन्थ्यो र साथिहरुकोराय परामर्स अनुसार काम गर्नु हुन्थ्यो ।
आफना साथि भाईहरु, पार्टिका कार्यकर्ताहरु र अन्य राजनैतिक कार्यकर्ताहरुलाई सम्मान गर्ने कांग्रेसी चरित्र उहामा थियो । आजभोलि त्यस्तो गतिविधि प्राय कांगेसमा पनि देख्न पाईदैन । बलबहादुर राई आफनो जीवनकालको अन्तिम घडि सम्म पार्टि प्रति चिन्ता लिई रहनु हुन्थ्यो र कृयाशिल रहनु भयो । पार्टिको संगठन कसरी सप्रन्छ भन्ने उहाको चिन्ता सधै देखिन्थ्यो । पछिल्लो संविधान सभाको निर्वाचनमा जसरी उहालाई उपेक्षा गरीयो त्यो वाट उहाले आफु ज्यादैन अपमानित भएको महसुस गर्नु भएको कुरा म संग व्यक्त गर्नु भएको थियो । पार्टिमा प्रतिकुल परिस्तििमा पनि पार्टिलाई जिवन्त राख्ने हरुलाई अपमानित गर्दै समग्र पार्टिलाई खोजुवाको जिम्मा लगाउनु ठुलो अपराध हो भन्ने उहाको मान्यता थियो । नेतृत्वको त्यस्तो गतिविधिले निस्टावान कार्यकर्ताहरुको अपमान हुन्छ र अन्ततोगत्वा पार्टि कमजोर हुन्छ भन्ने उहाको मान्यतामा जो कसैले पनि शंका गर्ने ठाउनै छैन । पार्टि व्यापारीको दोकान होईन र पार्टिमा नाफामात्र हेर्नु हुदैन । अहिले पार्टिमा निस्टा निरन्तरता र इमान्दारिताको खाचो महसुस भएको कुरा उहा वारंवार व्यक्त गर्नु हुन्थ्यो । २०६२ र ६३को आन्दोलनमा आन्दोलनको ने्तृत्व गरेर उहा जेल जानु भयो । उहा वीपीको राजनितिक सिद्धान्त राष्टिय मेलमिलाप वाट ज्यादै प्रभावित हुनुहुन्थ्यो । हामिले अहिले पनि वीपीको मेल मिलापलाई नछोडेको भए कांग्रेस यति कमजोर हुने थिएन । बलबहादुर राई जस्ता विपिको सिद्धान्त प्रति अटल आस्था राख्ने नेतालाई हामिले उहाको जीवन कालमा सदुपयोग गर्न जानेको भए आज कांग्रेसलाई कसैले छुन सक्ने थिएन । वीपी कोइरालाले सिद्धान्त र सत्ता मध्य जहिले पनि सिद्धान्त्लाई प्राथमिकता दिनु भयो । सत्ता उहाको प्राथमिकतामा कहिल्यै परेन । त्यसैले आज पनि उहा नेपाली जनमानसमा जिविर्तै हुनुहुन्छ । उहाको जिवन्तता उहाको राष्टिय मेल मिलापको नितिको प्रति फल हो । आज हामिहरु सधै सहमति सहकार्य र एकताको रट लगाउदछौ । सिद्धान्त र सत्ता रोज्नु परेमा हामि सत्तालाई प्राथमिकता दिन्छौ । सहमति केका लागी ? सहकार्य के गर्न ? र के उदेस्यका लागी ? र एकता को सित र किन ? भन्ने प्रस्नको उत्तर अहिले पनि हामि संग छैन ।
विपिको राष्टिय मेल मिलापलाई छाडेर यस्ता अमुर्त कुराहरुको पछि लाग्दै यस्ता अमुर्तकुराहरुको रटलगाउदै हामिहरुले वाटो विराउदा न हामिले सत्ता प्राप्त गर्न सक्योै , न जनतालाई चित्त वुझदो जबाफ दिननै सक्यौ । त्यसैले आज कांग्रेस अत्यन्तै कमजोर अवस्थामा उभिएको छ । आज बलबहादुर राई हामीहरुको माझ हुनुहुन्न । नेपाली समाज र नेपाली राजनितिमा उहाले धेरैन अनुकरयाीय कामहरु गर्नु भएको छ । दुर्गम पहाड र जनजाती परीवारमा जन्मनु, हुर्कनु भएका वलवहादुर राई हाम्रो सच्चिनै ठुलो पुजि हुनुहुन्थ्यो । उहालाई हामिले कति सदुपयोग गर्न सक्यौ त्यो भोलिको मुल्यडकनको विषय हो । उहा जस्ता निस्टावान नेताको अभाव नेपाली कांग्रेस र नेपाली रजनितिमा खडकि रहने छ । उहाले सुरु गर्नु भएका कामहरु र उहाका विचारहरुलाई हामिले अघि वडाउन सक्यौ भने मात्र उहा प्रति हामिहरुको सच्चा श्रद्धान्जलि हुनेछ । त्यसैले बल बहादर राई जस्ता सिद्धान्त प्रति अटल आस्था भएका नेता निस्चय पनि हामि सवैका लागी अनुकरणिय व्यत्तित्व हुनुहुन्छ भन्न अत्युक्ती हुने छैन ।