मेरो उमेदवारी किन ?

आदरणीय दिदी बहिनी तथा दाजुभाईहरु ,
जय नेपाल ।
यहि २०७४ साल मङ्गसीर २१ गते हुन गई रहेको प्रतिनिधि सभाको ( संघीय व्यवस्थापिका ) निर्वाचनमा म मिति २०७४ कार्तिक ९ गते दमौलीमा भएको नेपाली कांग्रेस तनहुं जिल्ला क्षेत्र नं १ को क्षेत्रीय भेलाको निर्णय अनुसार तनहु जिल्ला क्षेत्र नं १ वाट प्रतिनिधि सभा सदस्यको उमेदवारको रुपमा आफनो उमेदवारी दर्ता गराएको छु । मेरो उमेदवारी किन ? भन्ने उत्सुकता आदरणीय दिदी बहिनी तथा दाजुभाईहरुलाई हुन सक्दछ । यस विषयमा मैले तपाईहरु समक्ष आफना कुराहरु स्पष्ट पार्न जरुरी भएको महसुस गरेको छु । वी.पी.कोइराला अहिले हाम्रो माझ हुनु हुन्न । उहा हामी माझ नभए पनि उहाका बिचारहरु नेपाली राजनीतिमा अहिले पनि सान्दर्भिक छन । वी.पी.कोइरालाले अफनो जीवनको अन्त तिर भन्नु भएको थियो ू म मरे पछि नेपाली कांग्रेसमा मेरो भुमिकाको वारेमा व्यापक भ्रम श्रीजना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरुलाई वड.ग्याएर ईतिहासको गलत व्याख्या गरिनेछ । नेपाली कांग्रेसमा मैले लिएको अडान र मेरो दृटिकोणलाई गौण वनाईनेछ । मैले नेपाली कांग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्टियताको विषयमा , प्रजातान्त्रिक सस्थाहरुको विषयमा ,आर्थिक विकाश र समाजवादी व्यवस्थाको विषयमा , मेरा अडानका निरन्तरता छन । हिन्दुस्थानको वारेमा , राजाको वारेमा र संसारसंगको सम्पर्कका वारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरु मैले सधै उल्लेख गर्ने गरेको छु । २००७ सालको क्रान्ति हामीले हिन्दुस्थान वाट संचालन ग¥यौ । हामीलाई हिन्दुस्थानले संचालन गर्न खोजेको कुराको मैले सधैभरी र सवभन्दा वढि विरोध गरेको छु । मैले राजालाई हमेसा महत्व दिएको छु । मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु । उनको निरड.कुस शैलीको मैले सधै र सवभन्दा वढि विरोध गरेको छु । मैले हिन्दुस्थानमा वसेर संगठन गर्दा पनि आफनो राष्टियताको छवि कायम राख्ने प्रयास गरे । राजा संग मेल मिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिन । मेरा यी अडानहरुका वारेमा व्यापक भ्रम श्रजना हुने संभावना मैले देखेको छु । नेपाली कांग्रेसको ईतिहास ति सवै आदर्शहरु र लक्षहरुका साथ भएको संघर्षको ईतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्जल भविस्यका लागी नेपाली कांग्रेसमा ति कुराहरुको निरन्तरता रहनु पर्छ । जुन दिन नेपाली कांग्रेसले राष्टियताको आफनो अडान छोडनेछ , यो निरर्थक भएर जाने छ । जुन दिन यसले प्रजातन्त्रको आदर्शहरु छाडेर केवल सत्ताको राजनिति गर्ने छ , यो निरर्थक भएर जानेछ । नेपाली कांग्रेसलाई उसको अगृम एतिहासिक भुमिकाको लाीग मेरा दृष्टिकोणहरु अनुरुपको यसको् ईतिहास लेख्नु आवस्यक छ । ू ( जेल जर्नल ( विश्वेस्वर प्रसाद कोइराला ( पृष्ट छ, ज ) “ नेपाली कांग्रेसमा अहिले यही स्थितिको सृजना भएको कुरा मैले वारंवार भन्दै आएको छु । सत्ताको लागि कांग्रेसले अहिले पार्टी भित्र विना छलफल ,विना निर्णय कहिले उग्र वामपन्थिहरुसङ्ग त कहिले उग्र दक्षिण पन्थिहरुसंङ्ग साठ गाठ गर्दै आएकोछ । त्यति मात्र नभै निर्वाचनको समयमा पार्टीका कार्यकर्ताहरुर्ला मान मर्दन गरी टिकट वितरण गर्दा आर्थिक मोल मोलाई गरी सिद्धान्त र आदर्शलाई पैसामा विक्रीगरी,परिवारवाद , नातावाद र गुटगत आधारमा टिकट वितरण गर्दा नेपाली कांग्रेसका ईमान्दार कार्यकर्ताहरुको मान मर्दन भएको छ नै यसले समग्र कांगेस जनमा निरासा उत्पन्न भएको छ । यसले काँग्रेस नेपाली राजनीतिको पूर्णताबाट क्रमशः खस्कँदै अपूर्णतातर्फ उन्मुख भइरहेको छ । एउटा दुर्दान्त स्थितिको चित्रण भविष्यका पिडिले अब नेपाली काँग्रेसको बारेमा नगर्लान भन्न सकिन्न । समय, सन्दर्भ, सामाजिक संस्कार र मान्यताभित्र आज नेपालको सबैभन्दा जेठो, ठूलो, बृहत् र प्रजातान्त्रिक सिद्धान्तनिष्ठ पार्टी नेपाली काँग्रेस यस्तो हुनुका पछाडिका कारणहरुको पहिचान आजको आवश्यकता भएको छ । यसलाई आत्मसात गरी अघि नबढेमा इतिहास बचाउन काँग्रेस समर्थ हँुदैन । वर्तमानमा स्वाभिमानी भएर बाँच्न सक्ने साहस पनि काँग्रेसले बटुल्न सकेन । वर्तमान कांग्रेसको नेतृत्व यति अधिनायकवादी भएको छ की यो समग्र परिस्थितिको विरोध गर्ने शाहस पनि कुनै नेता कार्यकर्तामा कहि कतै देखिएको छैन । कांग्रेसका कार्यकर्ताहरुको गला अवरुद्ध भएको छ । केन्द्रीय नेतृत्व कति नालाएक भएको छ यो निर्वाचनपछि े पुष्टि हुनेनैछ । त्यसैले यो अवस्थाको मैले सामना गर्नु पर्दछ भनेर यो कठोर र कठिन निर्णय गरेको हुं ।
आदरणीय दिदी बहिनी तथा दाजुभाईहरु ,
म २०१८ सालमा मेरो पिता पदम राज जोशी राजकाज मुद्धामा गिरफतार भए पछि म नेपाली कांग्रेसको राजनीतिमा सम्लग्न हुन पुगे । २०२१ सालदेखि निरन्तररुपमा अत्यन्त कठिन अवस्थामा पनि नेपालमा भएका सवै प्रजातान्त्रीक आन्दोलनमा सकृय रहे । २०२५ साल देखि तनहुं जिल्लावाट नेतृत्व गर्दै तनहुं जिल्लामा नेपाली कांग्रेस पार्टीको संगठन निर्माण देखि संचालन गर्दे आएको कुरा मैले पुन दोहो¥याई रहन पर्दैन । आज सम्म मेरो तागतले भ्याउदा सम्म तनहुं वासीको हरेकसुख दुखमा साथ दिदै आएको छु र आगामी दिनहरुमा पनि दिदि वहिनि तथा दाजुभाईहरुको दुख शुखमा सधै साथ दिने प्रतिवद्धता पनि पुन दोहो¥याउन चाहन्छु । राष्ट्रिय राजनितिलाई अलग रखेर जिल्लाको मात्र कुरा गर्दा म दर्जनौ पटक जेल परेको र जस्तो सुकै अवस्थामा पनि तनहुं जिल्लामा पार्टीका कार्यकर्ताहरुलाई संरक्षण गरेको कुरा सर्व विदितैछ । पंचायतका ती कठिन दिनहरुमा तनहुं जिल्लामा पार्टिका कार्यकर्ताहरुलाई संरक्षण गर्ने म वाहेक अरुकोही थिएन भन्न अत्युक्ति हुने छैन ।
आदरणीय दिदी बहिनी तथा दाजुभाईहरु ,
२०४६ सालको जनआन्दोलनको पीरणाम पछि जिल्लामा म पट्टि वक्रदुष्टि राख्नेहरुको आक्रमण मैले पटक पटक वेहोर्नु परेको कुरा मैले भनिरहनु पर्दैन । २०४६ साल अघि हरेक संकटको सामना मैले गर्नु पर्दा कहि कतै उपस्थित नहुनेहरु २०४६ सालपछि एकाएक सकृय भई पहिलो आम निर्वाचनमा मलाई ३ नं क्षेत्रमा पठाईने षडयन्त्र गीरयो । मेरो मन्जुरी वेगर षडयन्त्रपूर्वक मलाई हराउन गरिएको निर्णय वदर भई म तनहुं जिल्ला क्षेत्र नं २ वाट निर्वाचित भए । २०५१ को निर्वाचनमा मलाई जवरजस्ती तनहुं क्षेत्र नं १ मा पठईयो । त्याहा वाट पनि मैले निर्वाचन जिते । २०६४ को निर्वाचनमा मेरो विरुद्ध कांग्रेसकै नेताहरुको सम्लग्नतामा वागी उमेदवार मात्र उठाईएन ममाथि पटक पटक सांघातिक आक्रमण समेत गराईयो । यो तथ्य कसैवाट छिपेको छैन । २०७० को निर्वाचनमा मलाई समानुपातिकमा सम्म उमेदवार वनाइएन प्रत्यक्षको त कुरै छोडौ । यति गर्दा पनि संन्तुष्ट नभएर यस पटकको निर्वानमा पुन मलाई राजनीतिमा उपस्थिति नदेखाउने सडयन्त्र गरेपछि मैले तनहुं जिल्ला क्षेत्र नं १ को नेपाली कांग्रेसको नेता तथा कार्यकर्ताहरुको परामर्षमा आफनो उमेदवारी दिएको छु । यी सवै गतिविधिमा रामचन्द्र पौडेल लगाएत क कस्को सकृयता छ सवै तनहुं जिल्लावासि आदरणीय दिदी बहिनी तथा दाजुभाईहरु लाई घाम जत्तिकै छर्लङ्गै छ ।
मैले २०२५ सालदेखि तनहुंमा नेपाली कांग्रेसको संगठन निर्माण गर्न सुरु गरेको हुं । मेरो साथमा अरु थुप्रै साथीहरु संगठन निर्माणमा लागेको कुरालाइ म स्मरण नगरी रहन सक्दिन । २०३५ सालमा गोरखपुरमा भएको वैठकमा गिरिजाप्रसाद कोइरालाको परामर्षमा जिल्ला कार्य समितिको सदस्यमा प्रवेस गर्नु भएका राम चन्द्र पौडेल जिल्लामा हावी हुन थाले पछि तनहुं जिल्लाको कांग्रेसको संगठन कमजोर हुदै गएको छ । पार्टीको केन्द्रिय स्तरको धाक रवाफ देखाई जिल्लामा मनोमानि गर्ने प्रवृतिको उदाहरण गत स्थानीय निकायको निर्वाचन नै हो । स्थानीय निकायको निर्वाचनमा कसलाई कसरी टिकट दिईयो सवैको अगाडि यथार्थ रुपमा रहेको छ । यो मनपरी तन्त्रको अन्त हुनु पर्दछ भन्ने आम कार्यकर्ताहरुको भावनालाई यो निर्वाचनमा मैले सम्वोधन गर्न सकिन भने कार्यकर्ताहरुको भावनामा कुठाराधात हुने भएको हुनाले अन्यायका विरुद्ध न्यायकालागि यो निर्वाचनमा मैले आफनो उमेदवारी दिएको छु । मैले मिति २०७४ कार्तिक ९ गते दमौलीमा भएको नेपाली कांग्रेस तनहुं जिल्ला क्षेत्र नं १ को क्षेत्रीय भेलाको निर्णय अनुसार क्षेत्र नं १ वाट प्रतिनिधि सभा सदस्यको उमेदवारको रुपमा आफनो उमेदवारी दर्ता गराएको छु । पार्टीको केन्दी्रय स्तरमा भएको कारणले जालझेल गरी कार्यकर्ताहरुको भावना विपरीत टिकट ल्याएकै कारणले मात्र उनी पार्टीको आधिकारिक उमेदवार हुन सक्दैनन । कार्यकर्ताहरु जो कांग्रेसको मेरुदण्ड हुन उनीहरुको भेलाको निर्देशन अनुसार उठेको म वाहेक कांग्रेसको आधिकारिक उमेदवार अरु हुन सक्दैन ।
निर्वाचन कानुनी कुरा नभएर राजनीतिक कुरा हो । भोट जनताले दिनु पर्दछ । जनताको भावनालाई सम्वोधन गर्नु पर्दछ । विगतका वर्षहरुमा तनहुं जिल्लामा मैले जति योगदान गर्न सके त्यसको कारणनै मैले साथिहरुवाट अभुतपस्र्व माया पाएको छु । त्यसको लागी मैले तनहु जिल्लाका आदरणीय दिदी बहिनी तथा दाजुभाईहरुमा आभार प्रकट गर्दछु । मैले यो जिल्लामा सांसद र मन्त्री हुदा जे जति जनताको समस्या समाधान गर्न काम गरे अरु सांसदहरुवाट किन हुन सकेन त्योनै अहिलेको मापडण्डको धरातलीय यथार्थ हो । २६ वर्षसम्म सांसद हुदा पनि जिल्लामा केही गर्न नसक्ने एउटा मात्र क्षेत्रको जनताको पनि चित्त वुझाउन नसक्ने , अनि निर्वाचन पिच्छे निर्वाचन क्षेत्र साटन पर्ने अवस्था किन सृजना भयो यस जिल्लाका जनताले राम्ररी वुझेका छन । मैले मेरो सांसद हुदाको अवधिमा तनहु जिल्लामा शिक्षाको क्षेत्रमा, विद्युतिकरणको क्षेत्रमा , सडकको विस्तारको क्षेत्रमा , खानेपानीको क्षेत्रमा, पुल निर्माणको क्षेत्रमा ,दमौलीमा टेलिफोन विस्तार देखि संचारको विस्तारको क्षेत्रमा पर्यटनको विकाशको क्षेत्रमा मैले के गरे तपाईहरुको आखा अगाडि छ । वन्दिपुरको पर्यटकीय विस्तार कसरी भयो त्यहीका जनताले भन्ने छन । भानुमा स्थापना भएको सशस्त्र तालिम केन्द्र , दमौलीमा स्थापना भएको प्रथमिक शिक्षक तालिम केन्द्र , भिमादको प्राविधिक तथा व्यवसायीक तालिम केन्द्र , भानु जन्मस्थल विकास आयोजना , देवघाट विकाश आयोजना प्राथमिक र माध्यमिक शिक्षा परियोजनाको माध्यमवाट जिल्लाका विद्यालयहरुको निर्माण खेलकुदको क्षेत्रमा भएको विकाश मुस्लिमहरुको अनुरोधमा मदरसा विद्यालयको व्यवस्था जिल्लामा भएका केहि उदारणीय विकाशका संरचनाहरु हुन । त्यतिवेला भएका सवै याजेनाहरुको यहा उल्लेख गर्न उपयुक्त हुदैन पनि । त्यतिवेला तनहुंमा आउने राष्ट्रिय विकाशको रकम अहिले किन आउन सकेन राष्ट्रिय निति निर्माण देखि राष्ट्रिय राजनितिमा तनहुको प्रभाव र पहुच किन कमजोर भयो अहिलेको नेतृत्व संग जनताले किन नसोधने । अरु कुरा त परै छोडौ गत वर्षको विनासकारी भुकम्पले तनहुंमा ३० हजार घरहरु भक्तीएका छन । तनहु जिल्ला भुकम्प प्रभावित जिल्लामा पनि पर्न नसक्दा तनहु जिल्लाका जनताले सरकार वाट पाउने राहत पाउन सकेनन । यसरी जनता ठगिएको कुराको जवाफ वर्तमान सांसदहरुले दिन पर्दछ कि पर्दैन । यी त केही महत्वपुर्ण कुराहरु भए मैले उल्mलेख गर्नु पर्नै भएकोले भनेको हु । जिल्लामा रोजगारी कति सुजना भए एकै पटक ४० वटा माध्यमिक विद्यालयको स्थायि स्विकृति,प्राथमिक र निम्न माध्यमिक विद्यालयमा अवश्यक दरवन्दिको व्यवस्था कसरी भयो । यो जिल्ला ५७ साल पछि किन एउटा शिक्षकको पनि दरवन्दि आएन यसको जवाफ कसले दिने । अहिले सत्तामा वसेकाले दिनु पर्दैन ? जिल्लाभित्र शिक्षकमा र जिल्ला वाहिर नेपाल प्रहरी , ससस्त्र प्हरी , नेपाली सेना र शिक्षा लगायत अन्य विविध सेवामा कति मानिसले रोजगारी प्राप्त गरे यी केहि उदाहरणहरु हुन मैले सम्झाई रहन नपर्ला । आज मैले एक पटक तिनै मेरा सहयोगीहरु जसलाई मैले विगतमा सहयोग गरे उनिहरु संग सहयोगको अपेक्षा गरेको छु । २६ वर्ष सम्म सत्तामा रहदा पनि किन दमौलीमा एउटा साधन सम्पन्न अस्पताल वन्न सकेन , एउटा उच्च शिक्षा प्राप्त गर्ने आङ्गिक कलेज संचालन हुन सकेन , एउटा सभागृह वन्न सकेन, दमौली छाउदीवराह सडक त चुनावको वेला जनता झुक्याउने अस्त्र वनेको छ किन कुनै सडक पिच हुुन सकेनन , विकासको कुनै पनि क्षेत्रमा यो जिल्लाको किन पहुच हुन सकेन ? यो मेरो प्रश्न हो ? केही गर्न नसक्ने व्यक्तिले जागीर खानको लागी सांसद वन्ने होईन विश्राम लिनु पर्दछ भन्ने मेरो धारणा हो । यी र यस्तैे विगतमा मेले सुरु गरेका विभिन्न क्षेत्रका कामहरुको निरन्तरताका लागी र अव गर्नु पर्ने जनताका आवश्यक कार्यको लागि मेले आफनो उमेदवारी दिएको हुं ।
आदरणीय दिदी बहिनी तथा दाजुभाईहरु ,
नेपाल बहुजातीय , बहुभाषिक , वहुधार्मिक र बहुसास्कृतिक मुलुक हो । तनहुं जिल्ला पनि यो तथ्यवाट पछि परेको छैन । यो जिल्ला भनेकै आदिवासी , जनजाती र अल्पसंख्यक तथा पिछडिएका जनताहरु वसोवास गर्ने जिल्ला हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा यस जिल्लाका जनजाती र दलित नेताहरुले पु¥याउनु भएको योगदानलाई कहिल्यै भुल्न सकिदैन । अमर शहिद लालध्वज गुरुङ्ग, धर्मध्वज गुरुङ्ग , वुद्ध सिं राना मगर ,उत्त्र कुमार श्रेष्ट,चन्द् बहादुर सार्की ,खङ्ग वहादुर गोदार ,सन्त वहादुर राना मगर ,धर्म राज श्रेयष्ट आदि नेपाली आमाका सपुतहरुले पु¥याउनु भएको योगदान ईतिहासमा सधै उज्वल नक्षेत्रका रुपमा चम्की रहने छ । अमर शहिद होम राज लोहनी , अमर शहिद सरस्वती कुष्ण श्रेष्ट , अमर शहिद कल्याण खनाल , अमर शहिद ध्रुवदेव आचार्य अमर शहिद विष्णु प्रशाद जमरकट्टेल अमर शहिद रामजी भट्टराई र अरु यस्तै नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउनु भएका अमर शहिदहरुको र शहिद र घाईते परिवारको कहा मुल्यड.कन भयो ? उनिहरुको परिवारको के अवस्था रह्यो यो २६ वर्षमा यो प्रस्न पनि तडकारो रुपमा उठेको छ । मेरो सकृयतामा वन्दिपुरमा शहिद पार्क , पुलिमराड.मा शहिद पार्क , वरभन्ज्याड.मा शहिदपार्क वनाउने कार्य सुरुभयो । जनजाती भनेको हामीहरुका फुलवारी हुन ,गहना हुन र हामे सभ्यता र सस्कृतीको पहिचान पनि हो । के उहाहरु जनजातीकै अगुवाहरु भएको कारणले रामचन्द्र पौडेलजीले ती ठाउहरुमा पाईला पनि नटेकनु भएको हो ? जनजातीहरु र त्यहाका मानिसहरुको प्रश्न छ । मैले तिनै अधुरा कामहरु पुरा गर्न र तिनै जनजाती दलित महिला अल्प संख्यक , मुस्लिम र पिछडिएका आदिवासीहरु आदरणीय दिदी बहिनी तथा दाजुभाईहरुलाई सम्मान व्यक्त गर्न र उनीहरुको दुख सुखमा साथ दिन मैले आफनो उमेदवारी दिएको हु . ।
आदरणीय दिदी बहिनी तथा दाजुभाईहरु ,
एउटा प्रश्नको उत्तर म ञहा दिन उपयुक्त संझेको छु । आखिर कांग्रेसवाट दुईटा उमेदवार किन र को हो कांग्रेसको अधिकारिक उमेदवार ? मैले २०७४ कार्तिक ९ गते दमौलीमा भएको नेपाली कांग्रेस तनहुं जिल्ला क्षेत्र नं १ को क्षेत्रीय भेलाको निर्णय अनुसार तनहुं जिल्ला क्षेत्र नं १ वाट प्रतिनिधि सभा सदस्यको उमेदवारको रुपमा आफनो उमेदवारी दर्ता गराएको छु । त्यसैले कांग्रेसको आधिकारिक उमेदवार म वाहेक अरु हुनै सक्दैन । रामचन्द्र पौडेल केन्द्रीय नेतृत्वमा भएको हुनाले खाली टिकटमा आफनो नाम भरेर जाल झेल गरेर आफनो नाम भरेर मनोनयन दर्ता गराएको उनी कुनै हालतमा आधिकारिक उधेदवार हुन सक्दैनन । तनहुंका कार्यकर्ता र जनताको समर्थन उनलाई छैन । समर्थन मलाइ छ । २०७० सालको आम निर्वाचनमा पनि रामचन्द्र पौडेलले खालि टिकट लिएर मेरो टिकट रु ६० लाखमा विक्री गरेको तनहुंका जनता सवैलाई थाहा छ । यस पटक पनि किन्ने मानिस पाएको भए त्यहि कुरा नदोहोरिने थिएन । कसैले मेरो विरुद्धमा टिकट किन्न तयार नभए पछि आफै लडन तयार भएका हुन । यसरी वारंवार म माथि अन्याय भएको हुनाले अन्यायको विरुद्ध मैले लडने निर्णय गरेको हु । यो मेरो लडाई अन्यायको विरुद्धको न्यायको लागी हो । प्रव्रितिको विरुद्धको हो । व्यक्तिको विरुद्ध होईन । यो अभियानमा मलाई साथ दिनेहरुलाई अन्तिम प्रहार हुन सक्दछ । मलाई विश्वास गर्नु होस म तपईहरुलाई धोका दिने मानिस होईन । मलाई साथ दिदा पर्ने अप्ठयाराहरुको म सामना गर्ने छु । मेरो कसैसंग कुनै आग्रह र पूर्वाग्रह छैन । भोलीका दिनहरुमा म तपाईहरुको संरक्षण गर्नै छु ।
म पनि मानिस हु । मानवीय स्वभावका कारण मैले पनि विगतमा गल्ति गरेको हुन सक्दछ । मानवीय स्वभावका कारण त्यसो भएको हुन सक्दछ । यदि विगतमा मेरा कारणले कसैलाई चोट परेको भए त्यसको लागि व्यत्तिगत रुपमा म क्षमा प्रार्थी हु । म यस अवसरमा अन्य दलका दाजु भाई दिदि वहिनिहरुलई पनि विनम्रताका साथ अनुरोध गर्न चाहान्छु अहिले म प्रवृतिको विरुद्ध लडि रहेको छु । मेले विगतमा निर्वाचनका समयमा वाहेक विकासका कुरामा होस वा व्यक्तीगत काममा होस कहिल्यै कुन दलको मानिस हो भनेर सोचिन र सोधिन पनि । अवका दिनहरुमा पनि म सवै तनहुं वासि आदरणीय दिदी बहिनी तथा दाजुभाईहरुलाई समान व्यवहार गर्ने छु भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।
मैले भनिसकेको छु निर्वाचन कानुनी कुरा नभएर राजनैतिक कुरा हो । केन्द्रिय नेतृत्वमा रहेको कारण डर,धाक धम्की , अनुनय विनय गरेर रामचन्द्र पौडेलले रुख चिन्ह लिएको हुन सक्दछ । यो निर्वाचन मेरो र राम चन्द्र पौडेलको विचको हो । कसरी म कांग्रेस नभएर रामचन्द्र पौडेल कांग्रेस हुन सक्दछ । हजारौ हजार कांग्रेसका कार्यकर्ताहरुको समर्थन प्राप्त गर्ने व्यक्ती कांगे्रस हुने कि केन्द्रमा जाल झेल गरेर टिकट ल्याउने व्यक्ति कांग्रेस हुने । जनताको चाहना विपरीत भोटहाल भन्ने अधिकार कसैलाइ छैन र जनताले त्यस्तो कुरा मान्दैन पनि । त्यसैले यो निर्वाचनमा मलाई मतदान गरेर विजयी गराउनुहोस , मैले पनि ५५ वर्षको मेरो लामो राजनैतिक ईतिहास त्यसै दाउमा राखेको छैन । तपाईहरु अडिग हुनुहोस डर धम्की धाकवाट पछि नहटनुहोस तपाइहरुको जिम्मेवारी म लिनेछु ।
अन्तमा ,
स्थानीय निकायको निर्वाचनमा चितवनमा हसिया हथौडा र सूर्यलाई भोट हाल्न निर्देशन दिने वर्तमान नेतृत्वलाई तनहुंमा मेरो विरुद्ध वोल्ने कुनै नैतिक अािधकार छैन । यसै निर्वाचनमा पनि गोर्खामा कांग्रेसका कार्यकर्ताहरुलाई कांग्रेसमा भोट नदिन निर्देशन दिईएकोछ भने मकवानपुर, सिन्धुपालान्चोक, म्याग्दी , वैतडी लगाएतका जिल्लामा कांग्रेसले के कांग्रेसलाई मतदान गर्न पाउदछ ? तराईमा मधेसवादीदलहरु को को सित सम्झौता हुन्छ त्यसैलाई भोट हाल्न पर्ने । एकै पटक सत्ता स्वार्थको लागी उग्रवामपन्थि देखि उग्र दक्षिणपन्थी दलहरलाई मतदानगर्न लगाउने नेतृत्व तनहुंमा पार्टी निर्णय , आदर्श र नेतिकताको कुरा गर्न लाज लाग्दैन ? त्यहाका कार्यकर्ताको मन कति रोएको छ होला ? यदि माओवादी संगको गठवण्धन नटुटेको भए कांग्रेसका कार्यकर्ताले कहा कसलाइ भोट हाल्नु पर्ने थियो अनुमान गर्न सकिन्छ । सत्ता र आफनो स्वार्थको लागि आफू जे पनि गर्ने अरुलाई अनुशासनको कुारगर्ने कहा सम्म नैतिकताको कुरा हो अव कांग्रेसका सवै कार्यकर्ताहरु सचेत हुनु जरुरी छ । त्यसैले म आज यीनै प्रवृतिको विरोधमा खडा भएको छु । देशभर आफनो स्वार्थ सिद्ध गर्नको लागी कार्यकर्ताहरुलाई विभिन्न चुनाव चिन्नमा मतदान गर्न लगाउने तनहुमा कार्यकर्ताको भावना विपरीत जाल झेल र कपट गरेर रुख चिन्न लिएको छ भनेर कार्यकर्तामाथि दमन गर्न खोजियो भने त्यसको प्रतिरोध सवै मिलेर गर्नु पर्दछ । प्रतिरोध गर्नु होस म तपईृहरुको साथमा रहने छु । म कार्यकर्ताहरुलाई आफनो स्वर्थमा प्रयोग गर्ने मानिस हाईन । म कहिल्यै आफुमाथि भरोसा गनेर्् व्यक्ति लाई कहिल्यै धोका दिएको छैन र दिने पनि छैन । यो कुरा वुझन म सम्पुर्ण कार्यकर्ताहरुलाई अनुरोध पनि गर्न चाहान्छु । यो जटिल परिस्थितिमा कार्यकर्ताहरुनै सर्वे सर्वा भएको हुनाले उनिहरुले जस्लाई चाहान्छन त्यहीने कांग्रेसको आधिकारिक उमेदवार हो । त्यसैले तनहुमा म नै कांग्रेसको आधिकामरिक उमेदवार हु । म गोविन्द राज जोशी लाई एक पटक सम्झनुस , के म कांग्रेस वाहेक अरु हुन सक्दछु । जस्ले आफना ५५ वर्ष यही पार्टीमा विताया अहिले शक्ती र पैसाको वलमा म माथि अन्याय गरीएको छ । यहि अन्यायको विरुद्धमा र निर्वाचनको समायमा पार्टिका कार्यकर्ताहरुलाई मान मर्दन गरी आर्थिक मोल मोलाई गरी सिद्धान्त र आदर्शलाई पैसामा विक्रीगरी ,परिवारवाद , नातावाद र गुटगत आधारमा टिकट वितरण गरी नेपाली कांग्रेसका ईमान्दार कार्यकर्ताहरुको मान मर्दन भएको विरुद्धको मेरो उमेदवारीलाई साथ दिई ….. चिन्हमा मतदान गर्नु भई मलाई विजयी गराउन पनि हार्दिक अनुरोध गर्दछु ।
गोविन्द राज जोशी
प्रतिनिधि सभा सदस्यका उमेदवार
तनहुं क्षेत्र नं १