सूर्यनाथलाई मैले लमजुङबाट लखेटेको हु ― गोविन्दराज जोशी, नेता, नेपाली काग्रेस भ्रष्टाचार शिरोमणि भनेर सडकमा तपाईको 145अभिनन्दन146 भइरहेको छ, तपाईको तस्वीरमा माल्यार्पण पनि भइरहेको छ। यस्तो समाचार हेर्दा र पढ्दा कस्तो लाग्छ तपाईलाई? म हिजो जन्मिएर आज ठालु बनेको चैते नेता होइन। २०२५ सालमा नै लमजुंमा शिक्षालय खोलेर स्वयंमसेवा गरेको मान्छे हु147। त्यतिबेला पढाएको तलब लिने त कुरै छाड्नोस्, उल्टै घरबाट पैसा हालेर शिक्षालयको खर्च चलाएको हु147। समाजमा मैले गरेको सेवा र राजनीतिमा मैले बगाएको पसिनालाई कदर गरेर नै जनताले मलाई तीन/तीन पटक चुनाव जिताएर सांसद बनाएका हुन्। जनता त बेकुफ छैनन् नि 134 मैले गलत काम गरेको भए, जनभावनामा ठेस पुर्‍याएको भए उनीहरूले मलाई हरेक पटक चुनाव जिताउने थिएनन्। तर मैले राजनीति गरेको, जनताले मलाई साथ दिएको सबैलाई मन परेन होला। त्यसैले असोज १८ मा शाही घोषणा गरी संसद् विघटन भएपछि ममाथि मुद्धा चलाइयो। हाम्रा आदरणीय सभापति गिरिजाप्रसाद कोइराला समेत ४० जनामाथि मुद्दा लगाइयो। हामी प्रजातन्त्रका लागि लड्ने मान्छेलाई सखाप पार्न खोज्ने त140वहरूलाई असोज १८ ले निकै उत्साहित गराएको थियो। मौकामा चौका हान्न उनीहरूले हामीमाथि मुद्दा लगाएका हुन्। त्यो मुद्दालाई अदालतले आधारहीन ठहर्‍याईदिएको छ, त्यसैले मेरो नैतिक बिजय भएको छ। स्वभाविक हो, गोविन्दराज जोशीले न्याय पाएको कुरा सबैलाई चित्त बुझ्दैन। चित्त नबुझ्नेहरूले विरोध गर्नु ठीकै हो। यो त उनीहरूको अधिकारको कुरा हो। मैले यसमा चित्त दुखाउनुपर्ने कारण केही छैन। तर अदालतले त तपाईले भ्रष्टाचार नगरेको भनेको छैन नि, बरु म्याद नाघेकोले मुद्दा चलाउन नमिल्ने ठहर गरेको छ। यो साल गरेको भ्रष्टाचार सा147च्चैको भ्रष्टाचार हुने र पोहोर/परार गरेको भ्रष्टाचार चा147ही भ्रष्टाचार नमानिने हुन्छ र? हो, अब म तपाईलाई एउटा कुरा भन्छु। तपाई बाटोमा हिड्दै हुनुुहुन्छ। प्रहरीले च्याप्प समात्यो र ज्यानमारा भनेर अदालतमा पेश गर्‍यो भने सुरुमै तपाई ज्यानमारा हो कि होइन भनेर अदालतले शोधखोज गर्दैन, पहिले त कानुनी प्रक्रिया हेर्छ। गल्लीको दादाले मुद्दा मिलाउने जस्तो त होइन नि अदालत भनेको। उसले त निश्चित प्रक्रिया पुगेपछि पुर्पक्ष सुरु गर्छ। तर गोविन्दराज जोशीले भ्रष्टाचार गरेकै हो भनेर ठोकुवा गर्ने अख्तियारले किन प्रक्रिया समेत पुर्‍याएन त? उनीहरू अब गोविन्दराजलाई १३ वर्ष जेल हालियो भन्दै हिंडेका थिए, उनीहरूको माग त्यही थियो। ‘रुल अफ ल त स्वीकार्नुपर्‍यो नि 134 कानुन पनि मान्दैन, अदालत पनि मान्दैन, मैले जे भन्यो त्यही ठूलो कुरा हो भन्ने हो भने त त्यस्तासित कसैको केही लाग्दैन। होइन भने यो देशमा कानुनका ज्ञाताहरू छन्, उनीहरूले भनुन्– नेपालमा कुन त्यस्तो अपराध छ जसका लागि १३ वर्ष सजाय हुन्छ? एक वर्ष होला, पा147च वर्ष होला, जन्म कैद होला। तर १३ वर्ष जेल सजाय हुने व्यवस्था नै छैन नेपालमा। हुदै नभएको कानुनलाई आधार बनाएर कसैलाई दोषी सावित गर्न सकिन्छ? दुई वर्ष, पा147च वर्ष अथवा २० वर्ष अघि भएको भ्रष्टाचारलाई अपराध मान्ने कि नमान्ने त? भ्रष्टाचार जहिले भएको भए पनि त्यो भ्रष्टाचारै हो। त्यसमा दुईमत छदैं छैन। तर मैले भ्रष्टाचार गरेको हु147 भने त त्यसको फाइल बन्नुपर्थ्यो नि 134 म नौं वर्ष मन्त्री भए147, नौं वटा मन्त्रालयको जिम्मेवारी लिए147, सयौं निर्णय गरे147। ती सयौं निर्णय मध्ये मैले कहिं कतै गल्ती गरेको भए फलानो काममा फलानो मितिमा यो काम गरेर गोविन्दराज जोशीले भ्रष्टाचार गरेको हो भनेर किटान गर्न सकिन्छ नि 134 अझ मलाई १३ वर्ष जेल हाल्छौं भन्नेहरूले त त्यस्ता फाइल त खोज्नुपर्थ्यो नि 134 त्यो किन गर्न सकिएन? कहा147, कहिले र कसरी भन्न पनि नसक्ने, अनि भ्रष्टाचार गरेकै हो भनेर चिच्याइरहने? अचम्मको गाइजात्रा भयो यहा147। तर अदालतले त तथ्य खोज्छ, तथ्य नजुटेपछि मलाई सफाइ दिनु स्वभाविकै हो। अदालतले त तपाईलाई सफाइ दियो, तर तपाई त राजनीतिक मान्छे, राजनीति त जनतामा आधारित हु्न्छ। सडकमा जनताले तपाईविरुद्ध नारा लगाइरहेका छन् भने मैले त सफाई पाए भनेर गर्व गर्न मिल्छ र? होइन, जनता भनेको को? ममाथि षडयन्त्रमुलक ढंले मुद्दा लगाईदा अख्तियारमा दिनदिनै मेरो पक्षमा नारा जुलुश जनताले गरेका होइनन्? तीन–तीन पटक मलाई चुनाव जिताउने जनता होइनन्? मेरो राजनीतिको कदर गर्नेहरूलाई जनता नमान्ने हो भने जनताले त्यसको प्रतिवाद गर्नेछन्। होइन भने म जनताबाट पटक–पटक अनुमोदित भएर आएको मान्छे हो। आगामी निर्वाचनले त्यो कुराको पुनर्पुष्टि गर्नेछ। बा147की कुरा षडयन्त्रकारीहरूको छ, उनीहरूले षडयन्त्र गर्दै जाऊन, म विचलित हुनेवाला छैन। प्रजातन्त्र र जनताको अधिकारप्रतिको मेरो प्रतिबद्धता र संघर्षशीलतालाई निस्तेज पार्न खोज्नेहरूलाई जनताले नै जवाफ दिनेछन्। तर एउटा कुरा, क्रान्तिको कुरा गर्ने हो प्रच48डजस्ता क्रान्तिकारी छन् नेपालमा, शक्तिको कुरा गर्ने हो भने गिरिजाप्रसाद कोइराला सर्वोच्च शक्तिमा छन्। क्रान्तिकारी भएको अथवा पहु147चमा भएको कारणले विरोध गरिने भए त उनीहरूको विरोध हुन्थ्यो, गोविन्दराजकै ईर्श्या गर्नुपर्ने के थियो र? होइन, त्यो त कुनै पनि मनशायले चलाइएको अभियान होस्, योजना बनाउने मान्छे सिमित हु्न्छन्, त्यसमा समाहित हुने मान्छे अलिक धेरै हुन्छन्। त्यसैले केही मान्छेलाई गोविन्दराजको चरित्रहत्या गर्नुपरेको होला, अरु कतिपय मान्छे नजानेरै प्रयोगमा आएका होलान्। एउटा कुरा के हो भने म मन्त्री भएको बेला कतिपय साथीहरूको हित अनुसार काम गर्न सकिन मैले। साथीहरूले व्यक्तिगत फाइदाका लागि धेरै–धेरै काम लिएर आएका थिए, मैले सहयोग गर्न सकिन। पदमा भएको बेला हामीलाई सहयोग नगर्नेलाई अहिले मौका पाएको बेला लखेट्नैपर्छ भनेर कतिपय साथीहरू लागिपरेका छन्। मैले पहिले नै भनेको हु147– अख्तियारको कार्बाही पूर्वाग्रही छ, राजनीतिक भावनाले प्रेरित छ र गैरकानुनी छ। त्यसैले अख्तियारले जति जोड गरेपनि मैले त्यहा147 बयान नै दिइन्। गैरकानुनी कार्बाहीलाई मैले सघाउने कुरै भएन। म तीन महिना सिंहदरबारको थानामा बस्दा पनि धेरै प्रलोभन दिइएको थियो, एक लाइनको बयान दिए राहत दिने आश्वासन दिइएको थियो। तर म गलिन्। मैले यो कार्बाहीलाई पुर्वाग्रही किन भनेको हु147 भने २०२५ सालमा सूर्यनाथ उपाध्याय लमजुङमा हेडमास्टर थिए, उनलाई त्यहा147बाट मैले नै लखेटेको हु147। उनी अख्तियारको हाकिम भएको बेला बदला लिने प्रयास गरे। तर अदालतले मलाई न्याय दिएको छ। तपाईले जनता र कार्यकर्ता साथमा छन् त भन्नुभयो, तर आफ्नै पार्टीको महाधिवेशनमा पराजित हुनुभयो, अनि पहिले पार्टीको सह–महामन्त्रीको रूपमा कोइराला निकट हुनुहुन्थ्यो, अहिले…? सुन्नुस 134 सुन्नस् 134134 गोविन्दराज जोशी पार्टीमा कमजोर भयो भन्ने भ्रम तपाई पाल्दै नपाल्नुस्। जनविश्वास गुमाएको भए, नेताहरूले नपत्याएको भए र राजनीतिमा कमजोर भएको भए यति विघ्न विरोध हुदैनथ्यो। म अहिले राजनीतिको केन्द्रमै छु, पार्टीमा मेरो हैसियत उस्तै छ, जनतामा मप्रतिको विश्वास उस्तै छ। राजनीतिमा उत्रिएपछि त विरोध सहनैपर्छ, यो सब जानेरै म राजनीतिमा लागेको हु147। विरोध त मेरो लागि ऊर्जा हो। त्यही उर्जाका कारण म राजनीतिमा अझ शक्तिका साथ खट्न तयार छु। पार्टी महाधिवेशनको कुरा गर्नुहुन्छ भने प्राविधिक रूपले मैले हारेको हु147। म त्यतिबेला पार्टीको सह–महामन्त्रीको नाताले महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीमा जुटेको थिए147। निरंकुश शासनले महाधिवेशन गर्न पनि बाधा पुर्‍याइरहेको थियो। कहिले बानेश्वर त कहिले ललितपुरमा महाधिवेशन गर्ने सोच आइरहेको थियो। पछि पार्टी कार्यालयमा गर्ने निर्णय भयो। यसरी म पार्टीको जिम्मेवारीमा खटिएको थिए147, तर अन्य साथीहरू भने प्रतिनिधिहरूबीच जान र मत माग्न समय पाउनुभयो। मैले पर्याप्त समय पाइन, महाधिवेशनबाट पराजित भए147। तर यो नै मेरो पहिलो अथवा अन्तिम परीक्षा होइन। यस्ता धेरै परीक्षामा सफल हुदै आएको छु, भविश्यमा पनि हुनेछु। यत्रो ठूलो आन्दोलन भयो, परिवर्तन पनि हुदैंछ, तपाईको भुमिका कतै देखिएन, भनेपछि तपाईको राजनीतिक भविश्य उज्वल छ भनेर कसरी मान्ने? ओ हो, गज्जबको प्रश्न उठाउनुभयो। माघ १९ को शाही घोषणापछि अधिकांश नेताहरू थुनिएका थिए अथवा भुमिगत भएका थिए। गिरिजाबाबु पनि नजरबन्दमा हुनुहुन्थ्यो। तर उहा147 नजरबन्दमै भएको बेला पनि का147ग्रेसले फागुन ७ देखि आन्दोलनमा जाने भनेर शंखघोष गर्‍यो। आह्वान त गिरिजाबाबुको नामबाट आयो, त्यो स्वाभाविक पनि हो। तर त्यसको योजना बनाउने र विज्ञप्ति जारी गर्ने त मै हु147 नि 134 तपाईले गिरिजाबाबुलाई सोधे पनि हुन्छ। पछि सात पार्टी आन्दोलनमा होमिए, सुरुमा पा147च पार्टीबीच कार्यगत एकता गराउने काम पनि मैले नै गरेको हु147, यो कुरा गिरिजाबाबु र माधव नेपालजीलाई सोधे थाहा हु्न्छ। त्यस्तै माओवादीस147गको वार्ता र सहमति अहिले विकसित ह147ुदैं गएको छ। तर जब माओवादीस147ग सम्वाद र सहमति कायम नगरी राजनीति अघि बढ्न सक्दैन भन्ने ठहर गरेर गिरिजाबाबु र चक्र बास्तोला नया147 दिल्ली पुगेर माओवादी नेतृत्वस147ग अनौपचारिक वार्ता गर्नुभयो, त्यो अनौपचारिक कुराकानीलाई आधिकारिक रूपमा अघि बढाउन म र डा. शेखर कोइराला भारत गएका हौं र त्यही बिन्दुबाट कुराकानी अघि बढेको हो। यो कुरा गिरिजाबाबु अथवा प्रच48डलाई सोधे हुन्छ। आन्दोलनमा लागेको हु147 भन्दै अहिले भाग खोज्दै हिड्नुपर्छ भने अर्कै कुरा हो, होइन भने राजनीतिक विकासक्रममा मैले मह140वपूर्ण भुमिका खेलेको छु, म आफ्नो भुमिकाबाट सन्तुष्ट छु।