वि.सं. २००६ सालमा तनहूँ जिल्लाको रुपाकोट गा.वि.स. खाल्टे गाँउमा जन्मनु भएका श्री गोविन्दराज जोशीले एम.ए. (राजनीतिशास्त्र), बी.एल. र बी.एड गर्नु भएको छ। उहाँ छात्र जीवन २०२१ साल देखि नै राजनीतितर्फ आकृष्ट हुनुहुन्थ्यो। वी.पी. कोइरालालाई आफ्नो आदर्श पुरुष मान्ने श्री जोशी २०२३ सालमा स्वतन्त्र विद्यार्थी युनियन, कलेज अफ एजुकेसन र ग48डकी छात्र समिति, काठमा48डौंका सभापति हुनुहुन्थ्यो। श्री जोशी २०२६ सालमा तरुणदल तनहूँका सदस्य, २०३३ सालमा नेपाली कांग्रेस तनहूँका सचिव र २०३६ सालमा बहुदल प्रचार समिति तनहूँका सचिव, २०४४ सालमा नेपाली कांग्रेस तनहूँका उपसभापति हुनुभई २०५४ सालमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुभयो। यसैगरी श्री जोशी २०५७ सालमा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। जोशीले पार्टीमा सह–महामन्त्रीको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ। वि.पि नगर सानेपा ललितपुर स्थित नेपाली काँग्रेसको भवन निर्माण गर्दा उहाँले संयेाजक भई सक्रीय रुपमा कार्य गर्नु भएको थियो। जोशी हाल नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको सदस्य हुनुहुन्छ । शिक्षकका रुपमा आफ्नो पेशा सुरु गर्नुभएका श्री जोशी त्रिभुवन हाईस्कूल तनहूँका संस्थापक प्रधानाध्यापक, शिव मा.वि. रिसिङका प्रधानाध्यापक तथा आदिकवि भानुभक्त बहुमुखी क्याम्पस दमौलीका पनि संस्थापक हुनुभयो। जोशीले उक्त क्याम्पसमा २ वर्ष निःशुल्क प्राध्यापन गर्नु भयो। कानूनका विद्यार्थी जोशी बार एसोसिएसन तथा एम्नेष्टी इन्टरनेसनलसँग पनि सम्बद्ध हुनुहुन्थ्यो। उहाँले १२ वर्ष वकालत गर्नु भयो। श्री जोशीले, प्रजातन्त्रको पुनस्थापनाका लागी नेपाली कांग्रेसद्वारा सञ्चालन गरिएको आन्दोलनमा संलग्न भई पटक पटक गरी साढे तीन बर्ष जेल जिवन बिताउनु भएको छ। वि.सं. २०४८, २०५१ र २०५६ सालमा भएको आम–निर्वाचनमा तनहूँ जिल्लाबाट प्रतिनिधि सभाका सदस्यका रुपमा निर्वाचित श्री गोविन्दराज जोशी नेपाली कांग्रेसको संसदीय दलका सदस्य–सचिव पनि रहनुभयो। २०४८ सालमा प्रतिनिधि सभामा नेपाली कांग्रेसको प्रमुख सचेतक हुनुभएका श्री जोशी २०४८–२०५१ सम्म शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्री, २०५२ देखि २०५३ सम्म शिक्षामन्त्री, २०५५ मा गृहमन्त्री २०५५ सालमा गृह र सामान्य प्रशासन मन्त्री, २०५६ मा जलस्रोत मन्त्री र २०५७ सालमा पुनः गृहमन्त्री, त्यस पछि स्थानीय विकास मन्त्री तथा २०५८ सालमा संस्कृति, पर्यटन तथा नगारिक उडड्यन मन्त्री पनि हुनु भयो। श्री गोविन्दराज जोशीले विभिन्न परिषद्को अध्यक्ष हुनुका साथै युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग र शिक्षा सुधार आयोगका अध्यक्षको रुपमा समेत सेवा गर्नुभएको छ। भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, थाइल्या48ड, मलेसिया, हङकङ, संयुक्त अरव ईमिरेट, सिंगापुर, अस्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, डेनमार्क, स्वीट्जरल्या48ड, बेलायत, अमेरिका, जापान र क्यानाडा आदि मुलुकको भ्रमण गरिसक्नु भएका श्री गोविन्दराज जोशीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा, सम्मेलन र गोष्ठीहरुमा भाग लिनुका साथै नेपाली प्रतिनिधिम48डलको नेतृत्व गरिसक्नुभएको छ । यसको अतिरिक्त प्रखर वक्ताको रुपमा चिनिने तथा काँग्रेस भित्र स्पष्ट धार भएको नेता मानिने श्री जोशीले २०५९ आश्वीन १८ गतेको प्रतिगमन विरुद्ध लगातार रूपमा आन्दोलनमा भाग लिदै आउनु भएको थियो। २०६१ माघ १९ को राजाको कदम विरूद्ध सशक्त पाइला चाल्न उहाँले कांग्रेसको तर्फबाट आन्दोलनको घोषणा गर्नु भएको थियो। तत्कालीन पाँच पार्टी बीचको गठबन्धनको अवधारणा डिजाइन गर्नु भएका श्री जोशीले माओवादीसँग दिल्लीमा गएर औपचारिक वार्ताको सुरुवात गर्ने कार्यमा पनि संलग्न हुनुहुन्थ्यो। कांग्रेस पार्टी विभाजनको बेला उहाँले गर्नु भएको भूमिका र पार्टी कार्यालय निर्माण गर्दा उँहाले गर्नु भएको योगदानको सवैले आज पनि प्रसंशा गर्दछन। उहाँलाई नेपाली काँग्रेसको भावी नेतृत्वको रूपमा समेत चित्रण गरिन्छ। कतिपयले पार्टी महामन्त्रीका रूपमा उहाँको आवश्यकता महसुस गरेका छन् भने कतिले विगतमा उहाँले देखाएको कार्यक्षमताका कारण उहाँलाई गृहमन्त्री बनाइनु पर्छ भनेर चर्को आवाज समेत उठाएका छन्। प्रस्तुत छ, स्पष्टवक्ता जोशीसंग साप्ताहिक ताजाखवर लागि सप्पादक श्री इस्वरी वाग्ले ले गर्नु भएको कुराकानी। तपाईको सक्रिय राजनीतिक जीवन शिक्षकबाट शुरु भएको होइन र? विद्यार्थी जीवन देखि नै म राजनीतिमा लागेको हुँ। २०१८ सालमा जव मेरा पिताजी पदमराज जोशीलाई तत्कालीन सरकारले जेलमा राख्यो तब म कांग्रेस राजनीतिमा संलग्न भएँ। म २०१८ सालमा दरबार हाइस्कूल (अहिलेको भानु मा.वि.) मा अध्ययन गर्दथें र त्यहाँकोे विद्यार्थी युनियनको कार्यसमितिको सदस्य थिएँ। पिताजीलाई कांग्रेसको हैसियतमा गिरफ्तार गरे पछि मेरो राजनीतिक सक्रियता र कांग्रेससंगको निकटता बढ्यो। वि.सं. २०२१ साल देखि २०२७ सम्मको विद्यार्थी आन्दोलनमा म पटक पटक जेल परेको छु। २०२७ सालमा नेविसंघको स्थापनाको आन्दोलनमा पनि म जेल गएको थिए। वि.पी.ले गाउँमै गएर काम गर्ने सल्लाह दिए अनुसार म गाउँ गएँ। तनहुँको त्रिभुवन माध्यामिक विद्यालय स्थापना गरी त्यहाँ ६ वर्ष संस्थापक र स्वयंसेवक प्रधानाध्यापक भएर काम गरे। त्यति बेला मैले घरको सम्पत्तिले स्कूल चलाएँ। ६ वर्ष त्यहाँ निशुल्क अध्यापन गरे। तनहुँकै आदिकवि भानुभक्त बहुमुखी क्याम्पसको म सस्थापक प्राध्यापक हुँ। त्यो कलेजमा मैले २ वर्ष निशुल्क अध्यापन गरे। १२ वर्ष तनहुँमा रहेर वकालत पनि गरे। थुप्रै प्रजातन्त्र प्रेमी जनताको मुद्दामा अदालतमा निशुल्क वकालत पनि गरे। त्यसैका कारण थुप्रै प्रजातन्त्र प्रेमीहरुको सम्मान र माया पाइरहेको छ। नेपाली काँग्रेसको राजनीतिमा आवद्ध भए वापत पटक पटक गरी साढे तीन वर्ष जेल जीवन विताएको छु। २०४६ सालको जनआन्दोलनमा प्रजातन्त्रको स्थापना भएकै दिन म जेलबाट रिहा भएको थिए। पंचायतकालमा मैले तनहँुुमा रहेर कांग्रेसको संगठन बिस्तार गर्ने र कांग्रेसको नेतृत्वमा पार्टीका कार्यक्रमहरु संचालन गर्ने अभिभारा म माथि थियो। यसरी म राजनितिमा सक्रिय थिएँ। अख्तियारका कारण तपाई धेरै चर्चामा आउनु भयो नि? २०५९ साल आश्वीन १८ को घटनापछि नियोजित रुपमा नै छानी छानी नेपाली कांग्रेसका पार्टी सभापति गिरिजाप्रसाद कोईराला लगायत ४० जना राजनीतिक व्यक्तिहरूलाई नैतिक, राजनीतिक र कानुनी रुपमा खतम गर्न भ्रष्टाचारको आरोप लगाएर त्यसलाई साबित गर्न खोजियो। पछि मेरो बिरुद्ध राजनीतिक पूर्वाग्रह राख्ने, व्यक्तिगत बदला लिन खोज्ने र पार्टी भित्रैका कतिपय राजनीतिक प्रतिद्वन्दीहरुले यो षडयन्त्रमा सामेल भई मेरो राजनैतिक चरित्र हत्या गर्न खोजे। अख्तियारका कुनै व्यक्तिको षडयन्त्रका कारण मेरो राजनीतिक जीवनलाई नै धरासायी बनाउन खोजिएको थियो तर अन्ततः मेरो नैतिक, राजनीतिक र कानुनी जित भयो। बिना आधार अख्तियारले भ्रष्टाचार आरोप लगायो भन्ने आरोप तपाईको छ, आधार विना नै अख्तियारले त्यसो गर्न सक्छ र? विना आधार नै अख्तियारले म माथि त्यस्तो आरोप लगाएको अदालतको फैसलाबाट पुष्टि भैसकेको छ। म ९ वर्ष मन्त्री हुँदा नौवटा मन्त्रालयमा काम गर्दा कुुनै न कुनै निर्णय अनियमित भयोे भन्न सक्नु पर्ने। मैले गरेका सबै काम नियमित हुने, अनि मैले भ्रष्टाचार गरेको भनेर मुद्दा दायर गर्ने? म गृह मन्त्री हुँदा अन्तराष्ट्रिय बिमानस्थलको तस्करी रोके, के त्यही हो भ्रष्टाचार? जलस्रोत, शिक्षा, स्थानिय विकास, पर्यटन लगायत कुनै पनि मन्त्री पदमा रहँदा कतै अनियमितता गरिन। टे48डर आव्हान गर्दा माफियाहरूलाई मिलेमतो गरेर काम गर्न दिइन। म जलस्रोत मन्त्री हुँदा तत्कालिन अख्तियार प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले एउटा विधेयकको मस्यौदा गर्न २ करोड धन्नै खाएका थिए। मैले थाहा पाएँ र रोकेँ। के त्यही हो भ्रष्टाचार? मेरो मुद्दामा विशेष अदालतवाट सफाइ दिएपछि सूर्यनाथ उपाध्यायले विविसी नेपाली सेवा संगको अन्तरवार्तामा “जोशीजीसँग मेरो पुरानो उद्देश्य थियो म त्यसमा सफल भएँ। मेरो काम राजनीतिक चरित्र विगार्नु थियो देश भरी फैलाइ हालेँ अब भ्रष्टाचार भयो भएन भन्ने काम मेरो हैन अदालतले जे भन्छ त्यही ठिक होला।” भनेर प्रतिक्रिया दिएका थिए। यसरी सबै तस्करहरू, माफियाहरू म संग रिसाए। त्यसैलाई भष्टाचार मान्ने? त्यसैले मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको पूर्वाग्रही कामलाई चुनौती दिदै बयान गरिन। किनभने म संग नैतिक साहस थियो। आखिर मेरो नैतिक, कानुनी, र राजनैतिक विजय भयो। तपाईमाथि अख्तियारले लगाएको आरोपका कारण तपाईको छवीमा आ147च आएको महसुस गर्नुहुन्छ ? म रातारात नेता बनेको होइन। २०२५ सालमा नै तनहुँमा शिक्षालय खोलेर स्वयंमसेवा गरेको मान्छे हुँ। त्यतिबेला पढाएको तलब लिने त कुरै छाड्नोस्, उल्टै घरबाट पैसा हालेर शिक्षालयको खर्च चलाएको हुँ। समाजमा मैले गरेको सेवा र राजनीतिमा मैले बगाएको पसिनालाई कदर गरेर नै जनताले मलाई तीन/तीन पटक चुनाव जिताएर सांसद बनाएका हुन्। जनता त बेबकुफ छैनन् नि। मैले गलत काम गरेको भए, जनभावनामा ठेस पुर्याएको भए उनीहरूले मलाई हरेक पटक चुनाव जिताउने थिएनन्। मैले राजनीति गरेको, जनताले मलाई साथ दिएको कसै कसैलाई मन परेन होला। त्यसैले २०५९ असोज १८ मा संसद् विघटन भएपछि ममाथि मुद्दा लगाइएको हो। हाम्रा आदरणीय सभापति गिरिजाप्रसाद कोइराला समेत ४० जनामाथि मुद्दा लगाइयो। हामी प्रजातन्त्रका लागि लड्ने मान्छेलाई सखाप पार्न खोज्ने तत्वहरूलाई असोज १८ को घटनाले निकै उत्साहित गराएको थियो। मौकामा चौका हान्न उनीहरूले हामीमाथि मुद्दा लगाएका हुन्। त्यो मुद्दालाई अदालतले आधारहीन ठहर्याइदिएको छ। स्वभाविक हो, गोविन्दराज जोशीले न्याय पाएको कुरा पनि कसै कसैलाई चित्त बुझ्दैन। चित्त नबुझ्नेहरूले विरोध गरे भन्दैमा मैले यसमा चित्त दुखाउनुपर्ने कारण छैन। म हिजो पनि सक्रिय थिए, आज पनि छु र भोलि पनि रहनेछु। चार चार वर्ष सम्म बिनाकारण मलाई दुःख दिनेहरुलाई आज छटपटाहट भएको हुन सक्दछ। यसको उदारहणको रुपमा काँग्रेसकै एकजना वरिष्ठ पदाधिकारीले जनमोर्चा–नेपालले आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा विशेष अदालतको निर्णयवाट आफू असन्तुष्ट भएको अभिव्यक्ति दिए। उनका ती अभिव्यक्तिहरू राजधानीवाट प्रकासित हुने एउटा दैनिक पत्रिकाले प्रकाशित गर्यो। यसवाट मलाई मुद्दा लगाउनु अघि अख्तियार प्रमुख र उनको मिलिमतो थियो भन्ने आशंको पनि पुष्टि भएको छ। स्वभाविक हो, गोविन्दराज जोशीले न्याय पाएको सबैलाई चित्त बुझ्ेन होला । अख्तियारले कुनै प्रमाण विना नै दोषी बनाउन खोजेको तपाइले पटक पटक भन्नु भएको छ। अख्तियारले तपाईप्रति लगाएको आरोपको बारेमा अझै बढी बताइदिनु हुन्छ कि? मेरा विरुद्ध किर्ते उजुरी बनाइएको रहेछ। पछि उजुर वाला भनिएका व्यक्तिलेनै उजुरीको हस्ताक्षर किर्ते हो मेरो होइन भनेर बिशेष अदालतमा लेखिदिएका छन। उनले पत्रकारहरूको सामुन्नेमा यो उजुरी जोशीजीका राजनैतिक प्रतिस्पर्धीहरूले किर्ते सही गरेर दिएका हुन भनेर भनेका छन। यसरी यो षडयन्त्र हो भन्ने कुरा स्पष्ट हुन्छ। जहाँसम्म मुद्दाको कुरा छ त्यस बारेमा म तपाईलाई एउटा कुरा भन्छु। मलाई लगाइएको मुद्दाको प्रकृति कस्तो छ भने तपाईलाई मैले मलाई मार्नु भयो भनेर उजुरी दिएँ। म हिडि राखेको छु। मरेको मान्छे त हिड्न सक्दैन। उजुरी परि सक्यो। मुद्दा दायर भईसक्यो। अब अदालतले मारेको हो कि होईन भनेर मुद्दा हेर्ने कि न हेर्ने? जव मानिस हिडिराखेको छ । म जिउदै छु भन्दछ र हेर्दा जिउँदै देखिन्छ भने त्यस्तो मानिस मारेको भनेर अदालतमा मुद्दा दायर हुन सक्दैन भन्ने आधारमा मेरो मुद्दाको निर्णय भएको छ। मुद्दा दायर गर्ने बेलामा म सार्बजनिक पदमा थिइन। मलाई लगाइएको कानुन त्यतिखेर नवनी पछि मात्र बनेको रहेछ। म अझ यो मुद्दाको प्रकृतिलाई स्पष्ट पार्न चाहन्छु। उदाहरणका लागि तपाई बाटोमा हिड्दै हुनुुहुन्छ। प्रहरीले च्याप्प समात्यो र ज्यानमारा भनेर अदालतमा पेश गर्यो भने सुरुमै तपाई ज्यानमारा हो कि होइन भनेर अदालतले फैसला गर्दैन, पहिले त कानुनी प्रक्रिया हेर्छ। गल्लीको दादाले मुद्दा मिलाउने जस्तो त होइन नि अदालत भनेको। उसले त निश्चित प्रक्रिया पुगेपछि पूर्पक्ष सुरु गर्छ। गोविन्दराज जोशीले भ्रष्टाचार गरेकै हो भनेर ठोकुवा गर्ने अख्तियारले किन प्रक्रिया समेत पुर्याएन त? उनीहरू अब गोविन्दराजलाई १३ वर्ष जेल हालियो भन्दै हिंडेका थिए, उनीहरूको माग त्यही थियो। ‘रुल अफ ल’ त स्वीकार्नुपर्यो नि। कानुन पनि मान्दिन, अदालत पनि मान्दिन, मैले जे भने त्यही हुनुपर्छ भन्ने हो भने त त्यस्तासित कसैको पनि केही लाग्दैन। यो देशमा कानुनका ज्ञाताहरू छन्। उनीहरूले भनुन्– नेपालको कुन ऐनमा कुन भ्रष्टाचारको मुद्दामा १३ वर्ष सजाय हुन्ो कानुन छ। हुदै नभएको कानुनलाई आधार बनाएर कसैलाई दोषी सावित गर्न सकिन्छ? अख्तियारको मनसाय हल्ला गर्ने र मलाई बदनाम गर्ने मात्र थियो। मैले एक टुक्रा जग्गा किनेको छैन। १२ वर्षको अवधिमा सुबिधाको गाडीबाहेक अरु केही खरिद गरेको छैन। संसार भरी मेरो कुनै पनि गैर कानूनी सम्पत्ति पत्ता लगाएमा म सार्वजनिक पदबाट सदाको लागी बिदा लिन्छु भनेर मैले बारम्बार चुनौती दिएको छु। मानिसलाई दुःख दिन त्यसै मुद्दा लगाउने? कानुन, आधार केही नभईकन वदनाम गर्न मात्र मुद्दा दायर भयो। चार वर्ष मैले दुःख पाएँ। यो कुरा त तत्कालिन अख्तियार प्रमुखले पनि स्वीकारी सकेका छन्। आखिर सत्य त सत्य नै हुँदो रहेछ। विशेष अदालतको फैसलाले सत्य कुरा प्रमाणित गरेको छ। म नौं वर्ष मन्त्री भए। नौं वटा मन्त्रालयको जिम्मेवारी लिए। सयौं निर्णय गरे। ती सयौं निर्णय मध्ये फलानो काममा फलानो मितिमा यो काम गरेर गोविन्दराज जोशीले भ्रष्टाचार गरेको हो भनेर किटान गर्नु पर्छ नि। मलाई आरोप लगाउन खोज्नेहरुले आरोप प्रमाणित गर्नु पर्ने होइन र? अदालतले सत्य तथ्य खोज्छ, तथ्य नजुटेपछि मलाई सफाइ दिनु स्वभाविकै हो। राजनीति सधै जनतामा आधारित हु्न्छ। अदालतले सफाइ दिएपनि सर्वसाधारण तपाईको पक्षमा छैनन भनिन्छ, यो सत्य हो? होइन, जनता भनेको को? ममाथि षडयन्त्रमुलक ढंगले मुद्दा लगाईदा अख्तियारमा दिनदिनै मेरो पक्षमा नारा जुलुस पनि जनताले गरेका होइनन र? मेरो रिहा हुँदा दिपावली गर्ने जनता चाहिँ जनता होइनन् र? तीन पटक मलाई चुनाव जिताउने जनता होइनन्? मेरो राजनीतिको कदर गर्नेहरूलाई जनता नमान्ने? म जनताबाट पटक–पटक अनुमोदित भएर आएको मान्छे हो। आगामी निर्वाचनले समेत त्यो कुराको पुष्टि गर्नेछ। षडयन्त्रकारीहरूले षडयन्त्र गर्दैमा म विचलित हुन्न। प्रजातन्त्र र जनताको अधिकारप्रतिको मेरो प्रतिबद्धता र संघर्षलाई निस्तेज पार्न खोज्नेहरूलाई जनताले नै जवाफ दिनेछन्। तपाईमाथि किन पार्टीभित्र र बाहिरबाट ‘राजनीतिक आक्रमण गरिन्छ? कुनै पनि मनसायले चलाइएको अभियानमा योजना बनाउने मान्छे सीमित हु्न्छन्, त्यसमा समाहित हुने मान्छे अलिक धेरै हुन्छन्। त्यसैले केही मान्छेले मेरो चरित्रहत्या गर्दा आफूलाई फाइदा हुने सोचे होलान्। हाम्रो देशमा एउटा भनाइ छ– एउटाको जरो नउखेले अर्कोको औषधि हुदैन। कसैलाई मेरो विरोध गर्नु बाध्यता पनि होला। कतिपय मानिसहरूलाई भाडामा पनि विरोध गर्न लगाइएको छ। अरु कतिपय मान्छे नजानेरै प्रयोगमा आएका होलान्। एउटा कुरा के हो भने मन्त्री भएको बेला कतिपय साथीहरूका चाहनाअनुसार काम गर्न सकिन मैले। साथीहरूले व्यक्तिगत फाइदाका लागि धेरै काम लिएर आएका थिए, मैले सहयोग गर्न सकिन। जस्तो, नयाँ सडकको जुद्धबारुण यन्त्र दिनु पर्यो, म धेरै फाइदा दिन्छु भनेर केही मानिस आएका थिए। त्यो कसैको नाममा पनि दर्ता रहेनछ। मैले मानिन र त्यसलाई गृहमन्त्रालयको नाममा दर्ता गरी दिएँ। यस्तो अवस्थामा मेरो के लाग्छ र? पदमा भएको बेला हामीलाई सहयोग नगर्नेलाई अहिले मौका पाएको बेला लखेट्नै पर्छ भनेर कतिपय मानिसहरू लागिपरेका पनि होलान्। राजनीतिमा स्पष्ट अडान र विचार राखेका कारण पनि ममाथि आक्रमण भएको हुन सक्छ। मैले पहिले नै भनेको हुँ– अख्तियारको कार्बाही पूर्वाग्रही छ, राजनीतिक भावनाले प्रेरित छ र गैरकानुनी छ। त्यसैले अख्तियारले जति जोड गरेपनि मैले त्यहाँ बयान नै दिइन। गैरकानुनी कार्बाहीलाई मैले सघाउने कुरै थिएन। म तीन महिना सिंहदरबारको थानामा बस्दा पनि एक लाइनको बयान दिए छुटकारा दिने आश्वासन दिइएको थियो। तर मैले वयान गरिन। अदालतले मलाई न्याय दिएको छ। तपाईले जनता र कार्यकर्ता साथमा छन त भन्नुभयो, तर आफ्नै पार्टीको महाधिवेशनमा पराजित हुनुभयो नि? गोविन्दराज जोशी पार्टीमा कमजोर भयो भन्ने भ्रम तपाई पाल्दै नपाल्नुस्। जनविश्वास गुमाएको भए, नेताहरूले नपत्याएको भए, कार्यकताहरुले बिश्वास नगरेको भए र राजनीतिमा म कमजोर भएको भए यति बिघ्न विरोध हुदैनथ्यो। म अहिले राजनीतिको केन्द्रमै छु, पार्टीमा मेरो हैसियत उस्तै छ, जनतामा मप्रतिको विश्वास उस्तै छ। राजनीतिमा उत्रिएपछि त विरोध सहनैपर्छ, यो सब जानेरै म राजनीतिमा लागेको हु। विरोध त मेरो लागि ऊर्जा हो। त्यही उर्जाका कारण म राजनीतिमा अझ शक्तिका साथ खट्न तयार छु। पार्टी महाधिवेशनको कुरा गर्नुहुन्छ भने प्राविधिक रूपले मैले हारेको हुँ। म त्यतिबेला पार्टीको सह–महामन्त्रीको नाताले महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीमा जुटेको थिए। निरंकुश शासनले महाधिवेशन गर्न पनि बाधा पुर्याइरहेको थियो। कहिले बानेश्वर त कहिले ललितपुरमा महाधिवेशन गर्ने स्थिति आइरहेको थियो। पछि पार्टी कार्यालयमा नै गर्ने निर्णय भयो। यसरी म पार्टीको जिम्मेवारीमा खटिएको थिए, तर अन्य साथीहरूले भने प्रतिनिधिहरूबीच जान र मत माग्न समय पाउनुभयो। मैले पर्याप्त समय पाइन र पराजित भए। केही साथीहरूले ममाथि विश्वासघात पनि गरे। यो नै मेरो पहिलो अथवा अन्तिम परीक्षा त होइन नि। यस्ता धेरै परीक्षामा सफल हुदै आएको छु, भविश्यमा पनि हुनेछु। साथीहरूको माया ममता र विश्वास ममाथि जस्ताको तस्तै छ। जन आन्दोलन–२ मा तपाईको भूभिका के रह्यो? माघ १९ को शाही घोषणापछि अधिकांश नेताहरू थुनिएका थिए, भूमिगत थिए। गिरिजाबाबु पनि नजरबन्दमा हुनुहुन्थ्यो। म दमौलीबाट रिहा भएर आउँदा काठमाडौमा पार्टीको गतिबिधी अलपत्र थियो । म त्यतिखेर पार्टीको सहमहामन्त्री थिएँ। सभापति कोइराला नजरबन्दमै भएको बेला काँग्रेसले २०६२ फागुन ७ देखि आन्दोलनमा जाने भनेर शंखघोष गर्यो। आह्वान त गिरिजाबाबुको नामबाट आयो, त्यो स्वाभाविक पनि हो। तर त्यसको योजना बनाउने र विज्ञप्ति जारी गर्ने त मै हुँ नि। तपाईले गिरिजाबाबुलाई सोधे पनि हुन्छ। पछि सात पार्टी आन्दोलनमा होमिए। सुरुमा पाँच पार्टीबीच कार्यगत एकता गराउने काम पनि मैले नै गरेको हुँ। यो कुरा गिरिजाबाबु र माधव नेपालजीलाई सोधे थाहा हु्न्छ। त्यस्तै, माओवादीसँगको वार्ता र सहमति अहिले विकसित हुदैं गएको छ। माओवादीसँग संम्वाद र सहमति कायम नगरी राजनीति अघि बढ्दैन भन्ने ठहर गरेर गिरिजाबाबु र चक्र बाँस्तोलाले नयाँ दिल्ली पुगेर माओवादी नेतृत्वसँग अनौपचारिक वार्ता गर्नुभयो। त्यो अनौपचारिक कुराकानीलाई आधिकारिक रूपमा अघि बढाउन म र डा. शेखर कोइराला भारत गएका थियौ, त्यही बिन्दुबाट कुराकानी अघि बढेको हो। यो कुरा गिरिजाबाबु अथवा प्रच48डलाई सोधे हुन्छ। माध १९ गते पछिको आन्देलनमा पनि म सक्रिय थिए। प्रहरीले मलाई पटक पटक गिरफ्तार गरेको थियो। निर्णायक आन्दोलनमा मलाई सुरक्षा कानुन अर्न्तगत गिरफ्तार गरी प्रहरी पहरा गणमा राखिएको थियो। म क्रियासिल भएको कस्ले देख्यो, कसले देखेन त्यो अलग कुरा हो। आन्दोलनमा म ललितपुर खटिएको थिएँ। त्यहाँ मैले जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गरेको हँु। त्यहाँ बाट म पनि मलाई गिरफ्तार गरियो। आन्दोलनमा लागेको भनेर भाग खोज्दै हिड्नुपर्छ भने अर्कै कुरा हो, होइन भने राजनीतिक विकास क्रममा मैले महत्वपूर्ण भूमिका खेलेको छु। आफ्नो भुमिकाबाट सन्तुष्ट छु। यी सबै कुरा सबैलाई थाहा नहुन पनि सक्छ। तपाईले के त्यस्तो काम गर्नु भएको छ जसले गर्दा सर्वसाधारणले तपाईको योगदानलाई संझन सकुन? मैले आफ्नो बखान गर्नु हुदैन। शिक्षा मन्त्री हुँदा मैले निर्माण गरेका नीतिहरु आज पनि सामयिक छन्। उच्च माध्यामिक विद्यालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्वन्धमा मैले संचालन गरेका कार्यक्रमहरू, बहु बिश्वबिद्यालयको स्थापना, विश्व विद्यालय अनुदान आयोगको व्यवस्था, प्रस्तावित माध्यमिक विद्यालयको स्थाई स्वीकृति, आदि थुप्रै काम मेरै पालामा भएका हुन्। म रहेको सबै मन्त्रायलयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छु। मैले गरेको कामको मुल्याड्कन नेपाली जनताले गर्ने नै छन्। म पार्टीको सहमहामन्त्री रहँदाको अवस्था र अहिलेको पार्टीको तुलना कांग्रेसका कार्यकताहरूले गरीरहेका छन। मैले गरेको कामका कारण जनताले मलाई माया गरेका हुन भन्ने मैले विश्वास लिएको छु। अब अरू केहि भन्नु छ कि? मेरा विचार र वास्तविकता नेपाली जनता समक्ष पुर्याउन सहयोग गर्नु भएकोमा तपाईलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु ।