आज भोली चिकित्सा बिज्ञानको अध्ययन अत्यन्त लोकपृय भएको छ। हरेक बावु आमालाई आफनो छोरा छोरीहरुलाई चिकित्सा बिज्ञान पडाउनु गौरबको कुरा मानिन्छ। यदि कुनै बाबु आमाले आफनो छोरा छोरीहरुलाई चिकित्सा बिज्ञानको कलेजमा पढाउने स्थान मात्र प्राप्त गर्न सकेमा पैसा कति लाग्यो उसले कुनै परबाह राख्दैन। त्यसैमा आफुलाई गौरबशाली सम्झन्छ। त्यसोत यो बिज्ञानको अध्ययन लेाकप्रिय हुनुको कारण चिकित्सा शास्त्र बिज्ञानको अध्ययन गर्नेहरुको. आबश्यकता नेपालमा त छदैछ अन्य मुलुकमा पनि त्यतिकै आवस्यक भएको हुनाले पनि हो। अर्को कारण भारतको पिछडिएको क्षेत्र बिहा।रमा पनि २००० मानिसको लागी एउटा डाक्टरको व्यवस्था छ भने केहि बर्ष अधिको तथ्याङ्क अनुसार नेपालमा प्रति २२ हजार व्यक्तीको लागी मात्र एउटा डाक्टरको व्यवस्था थियो । यहि आबश्यकताको परिपुर्ति गर्न बहुदलीय प्रजातन्त्रको पुनस्थापना पस्चात स्वास्थ नितिमा परीबर्तन गरी प्रतेक गा. वी. स.मा एक एक वोटा स्वास्थ चौकीको व्यवस्था र प्रतेक निर्बाचन क्षत्रमा एउटा स्वास्थ केन्द्र राखेर त्याहा डाक्टरहरु रहने व्यबस्था भएको छ। यसले देशका कुनाकाप्चामा रहेका जनाताहरुले पनि स्वस्थ सेबा पाउन सक्ने अधिकारलाई मदत गरेको छ। निति निर्माण भएर पनि कार्यान्वयन गर्न आबश्यक जन शक्तिको उत्पादन हुन नसक्दा जति पनि स्वास्थ सेवा दिने स्वास्थ केन्द्रहरु बने त्यसमा आबस्यक जनशक्तीको परीपुर्ति हुन सकेन। दक्ष जनशक्तिको अभावमा जनतालाई स्वास्थको सेवा दिने काम पुरा हुन सक्दैन। देशको यो आबस्यकता पुरा गर्न निजि क्षत्रको ठुलो योगदान रहेको छ। नेपालमा स्वास्थ कर्मिहरुको आबस्यकता खडकिएको बेला त्रिभुवन बिस्व बिद्यालय अन्तरगतको चिकित्सा शास्त्र अध्ययन सस्थानले मात्र यो आबस्यकता पुरा गर्न सक्दैनथ्यो। सरकारको पनि निजि क्षत्रलाई यो बिधामा अध्यापन गराउन सल्गन गराउने निति बन्यो। निजि क्षत्रमा निम्न मध्यम बर्गिय , मध्यम बर्गिय र उच्च तहको जनशक्ति उत्पादन गर्ने शिक्षण सस्थाहरु खुल्न थाले। सुरु सुरुमा यो बिषयमा नेपालमा कार्यरत डाक्टरहरुको असमति रहे पनि पछि वहाहरुको संल्ग्नतामा शिक्षण सस्थाहरु खुल्न थाले पछि अहिले धेरै भन्दा धेरै यस्ता शिक्षणसस्थाहरले यो क्षेत्रमा शिक्षा दिईरहेका छन । आज चिकित्सा शास्त्रको अध्ययन गर्न सामान्यतया बिदेस जानु पर्दैन। नेपालमै यो बिषयमा शिक्षा प्राप्त गर्न चाहनेहरुले शिक्षा प्रप्त गर्न सक्ने भएका छन। तर अझै पनि चिकित्सा शास्त्र अध्ययनको निमित्त बिदेश जानेको संख्यामा कमि भने आउन सकेको छै। यसबाट बिदेशी मुद्रा बिदेसिने क्रम धटेको भने छैन। एकातिर यो बिषय अध्ययनको लागी बिदेशिने क्रमलाई कम गराई बिदेसि मुद्राको बचत गर्नु छ भने अर्कोतिर बिदेशबाट नेपालमा अध्ययन गर्न आउनेको सख्यामा बृद्धि गराई बिदेसि मुद्रा आर्जन गर्ने अवसरको रुपमा पनी यी शिक्षण सस्थाहरुलाई प्रयोग गर्नु पर्दछ। यसले देशको अर्थ व्यवस्थालाई ठुलो टेवा दिदछ। अहिले देशमा यस्ता शिक्षण सस्थाहरु खुलेका छन। यी सस्थाहरुको प्रयोगशालाको रुपमा अस्पतालहरु खुलेकना छन। तर यो क्षत्रमा समस्याहरु छन। व्यबस्थापन राम्रो हुन नसक्दा सोचे जस्तो परीणाम आउन सकेको छैन। नेपालमा चिकित्सा शास्त्रको अध्यापन गराईने शिक्षण सस्था सुरुमा त्रिभुवन बिश्व बिद्यालय चिकित्सा शास्त्र अध्ययन सस्थान मात्र थियो। अहिले सरकारको निति र देशको आबस्यकतालाई ध्यानमा राखि निजि क्षेत्रमा र विश्व बिद्यालयको आङ्गीक क्याम्पसको रुपमा धेरै शिक्षण सस्थाहरु संचनालनमा छन। वी.पंी. कोईराला ईन्स्टीच्युट अफ मेडिकल साईन्स धरान , त्रिभुवन बिश्व बिद्यालय चिकित्सा बिज्ञान अध्ययन सस्थान माहाराजगन्ज प्रमुख रुपमा रहेका छन भने काठमा48डौ बिश्वबिद्यालय , पुर्बान्चल बिश्वबिद्यालय अन्तरगत पनि कैयो क्याम्पसहरुले संबन्धन प्राप्त गरी अध्यापन गराई रहेका छन। अझै देशमा आबश्यक जनशक्ती र अन्यमुलुकको लागी आबस्यक जनशक्ती उत्पादन गर्न पनि यीनिहरु पर्याप्त छैनन। यसरी संख्यात्मक रुपमा अस्पतालहरुको निर्माण संचालन र चिकित्सा बिज्ञानको अध्ययन गर्ने शिक्षण सस्थाहरको संचालनले देशको आबश्यकता र चिकित्सा बिज्ञान अध्ययन गर्न चाहनेहरुको आबस्यकताको पुर्ति भने गरेकोछ। यी अध्ययन सस्थान र अस्पतालहरमा कस्तो किसिमको व्यवस्था छ भनेर अनुगमनमा भएको कमजोरीका कारण गुणात्मक अबस्था सृजना हुन सकेको छैन। शिक्षा मन्त्रालयमा यी शिक्षण सस्थाहरको अनुगमन गर्न एउटा ईकाईको व्यबस्था छ। त्यसले प्रभावकारी रुपमा काम गर्न सकेको छैन। अहिले त्यहा अध्ययन गर्ने बिद्यार्थिको पढाईको स्तरको अनुगकन कसले गर्नै , त्यसको स्तर कसले निर्धारण गर्नै भन्ने प्रस्न जटिल रुपमा खडा भएको छ। यद्यपि नेपाल मेडिकल काउन्सीलले सुरु सुरुमा त्यस्तो अनुगमन गर्ने प्रयत्न गरेको थियो। त्योअनुगमन गर्ने काम भरपर्दौ निस्पक्ष र प्रभावकारी भएन। व्यवहारीक पनि थिएन। अहिलेको जटिल समस्या के छ भने यी सबै शिक्षण सस्थाहरुको अनुगमन गर्न मात्र नभई पाठयक्रम , परीक्षा आदिको अनुगमनगरी स्तर निर्धारण गर्न एउटा अगुवा शिक्षण सस्थाको आबस्यकता छ।त्यो काम बिश्व बिद्यालय बाहेक अरुले गर्न सक्दैन र मिल्दैन। वी. पी. कोईराला ईन्ष्टीटयुट अफ धरानले त्यो काम गर्न सक्दैन। किन भने प्रथमत त्यो शिक्षण सस्था भन्दा चिकित्सा बिज्ञान अध्ययन सस्थान महाराजगन्ज पुरानो र त्याहाका अध्यापकहरुधेरैै समय देखि त्यो क्षत्रमा काम गरेका हुनाले बी.पी.कोईराला ईन्ष्टिटयुट धरानको अगुवाई उनिहरुलाई मान्य हुन सक्दैन। दोश्रो केहि व्यक्तिहरुको लहडबाजीमा त्यो सस्था स्व. ज्वहारलाल नेहरुको पालामा संचालन भएको अल ई48डीया मेपिकल ईन्सटिटयुटलाई नमुना मानेर बन्यो र त्यो बिश्वबिदालय स्वास्थ मन्त्रालयको मातहतमा रहने गरी संचालन भएको हुनाले अगुवा सस्थाको रुपमा त्यसले काम गर्न सक्ने कुरा भएन। अन्य बिस्व बिद्यालयहरु शिक्षा मन्त्रालय अनतर गत संचालन भएको हुदा अहिले देखिएको एक मात्र उपाय त्रिभुवन बिश्व बिद्यालय चिकित्सा शास्त्र अध्ययन सस्थान माहारगन्जलाई स्वायत्त सस्थाको रुपमा बिकाश गरेर त्यसलाई मेडिकल कलेजहरुको पाठयक्रम , परीक्षा , र पढाईको स्तर निर्धारण गर्ने जिम्मा दिनु सान्दर्भिक हुन्छ। त्यसोहुदा चिकित्सा बिज्ञान बिषयमा अहिले खुल्दै गएका शिक्षण सस्थाहरुको गुणस्तर कायम राख्न सकिने हुन्छ। यसको लागी चिकित्सा बिज्ञानको पडाई संचालन गर्ने सबै बिश्व बिद्यालयहरुको समन्यय गर्न शिक्षा मन्त्रालयमा एउटा बलियो ईकाईको निर्माण हुनु जरुरी छ। दोश्रो कुरा यी शिक्षण सस्थाहरुले संचालन गरेका अस्पथालहरुको अबस्था कस्तो छ। त्यसको अनुगमन स्वास्थ मन्त्रालयले गर्नु पर्दछ। त्यो ईकाईले अस्पतालको अबस्था ,गुणस्तरको निर्धारण गरी सुधार गर्न सकिन्छ। मेडिकल कलेजहरु अरु पनि खुल्न सक्ने छन। यसरी खुल्ने मेडिकल कलेजकनो लागी बिस्तारै अप्तालहरुको आवस्यकता हुने हुनाले निजि क्षत्रको सहभागिता बिस्तारै जिल्लाका अप्तालहरुलाई गराई जिल्लाको अस्पतालहरुको सुधार गर्दै जादा नेपाली जनताहरुलाई स्वास्थको सेबा बढि भन्दा बडि उपलब्ध हुदै जमन्छ। अस्पताल गुणस्तरीय भएन भने बिद्याथीलाई ठुलो धोका हुन्छ। त्यसैले वरु सरकारले यस्ता निजि73ेात्रमा संचालन भएका अस्पतालहरुको लागी आधुनिक उपकरण एव. उपचारकोलागी आबस्यक अन्य सामाग्रिहरु जुटाउन आर्थिक सहयोग गर्दा कुनै नोक्सानी हुदैन। निजि 73ेात्रमा खुलेका शिक्षण सस्थाहरु भनेर सरकारले यो 73ेात्रमा अनास्था गर्न उपयुक्त हुदैन। वरु त्यसबाट निमुखा जनताको लागी सेबा कति र कसरी लिने भनेर सरकारले निस्चीत मापड48ड त्ायार गर्नु पर्दछ। त्यस्तै प्राबिधिक शिक्षा तथा व्यवसायिक केन्द्रबाट दिदै आएको निम्न स्तरीय शिक्षा , बिभिन्न बिश्व बिद्यालयबाट दिदै आएको उच्च स्तरीय शिक्षाको पनि समस्या त्यतिकै छ। त्यसैले यस्ता शिक्षण सस्थाहरु पनि एउटै छाना मुनि संचालन गरी त्यसको गुणस्तरको आधारको तय पनि विश्व बिद्यालयले गर्न आबस्यक भएको छ। अहिलेको जस्तो अराजक स्थिति स्वास्थ्य शिक्षामा रहन गएमा यो देशमा उत्पादन भएका जनशक्तीहरु फेरी कहि काम नलाग्ने हुन सक्दछन। त्यसैले स्वास्थ्य शिक्षा दिने शिक्षण सस्थाहरुमा गुणस्तर शिक्षा दिने व्यवस्था गरी धेरै भन्दा धेरै बिदेशी बिद्यार्थिहरु आउन सक्ने बाताबरण सृजना गरी देशका बिद्यार्थिहरुले यहिँ यो शिक्षा प्राप्त गर्न सकने व्यबस्था मिलाउन सके यो क्षत्र बिदेशी मुद्रा आर्जन गर्ने अवसरको रुपमा बिकाश हुन सक्दछ। यसरी वर्सेनी विदेशीएको नेपाली पैसा र दक्ष जनशक्ति सही सदुपयोग हुन सकेमा यो देशको अति महत्वर्पुण क्षेत्रको रुपमा बिकाश गर्न सकिन्छ। यसले देशको आर्थिक बिकाशमा महत्वपुर्ण टेवा दिन सक्दछ। यसरी देश विकासमा समायानुकुल विभिन्न सरकारी नितिहरु अवलम्वन गर्न र यसलाई कार्यान्वयन गर्न सकिएन भने देशले हरेक क्षेत्रमा दुर्भाग्य भोग्नु पर्ने हुन्छ। त्यसैले आजको आवश्यकता भनेकेा देशमा अवलम्वन गरिने नितिहरु समायानुकुल लागु गर्नु र यसलाई व्यावहारिक वनाउदै लैजानु हो ।