हाम्रेा समाजका बिभिन्न धर्म सम्प्रादाय र समुदायहरूका भिन्न भिन्न रहन सहन हुने हुनाले तिनीहरूको भाबनाहरूलाई ध्यानमा राखी उनिहरूको चाहनाअनुसार पार्टी संचालन गर्न नेपाली काँग्रेसले भातृ संगठनको बिस्तारलाई प्राथमिकता दिएको हो । त्यहि कारण नेपाली काँग्रेसको जन्मकाल देखिनै भातृ संगठन बलियो बनाई नेपाली काँग्रेस पार्टिलाई बलियो बनाउने कोशिस भएको हो । नेपाल बिद्यार्र्थी संघको जन्म २०२७ सालमा भयो । राष्ट्रियता प्रजातन्त्र समाजवाद र बिद्यार्थी एकताप्रति प्रतिबद्ध नेपाली तरूण बिद्यार्थीहरूको सक्रियतामा बि.स. २०२७ सालमा गठीत नेपाल बिद्यार्थी संघले नेपालमा प्रजातन्त्रका लागि गरेको बलिदानीपूर्ण र संघर्षशील आन्दोलनको गौरबपर्ण इतिहासलाई स्मरण गर्दै बिद्यार्थीको हकहित र अधिकारका प्रति सचेष्ट रहँदै तरूण बिद्यार्थीहरूमा अन्तर्निहित सृजनात्मक प्रतिभा तथा प्रजातान्त्रिक संस्कारलाई प्रोत्साहित गर्न ने.बि.संघलाई एकताबद्ध, सु–संगठीत र सक्षम संगठनका रूपमा संचालन हुदै आएको छ। यो संघको आफ्नो हक र हितका संरक्षण र सम्बर्धनका निमीत्त निरन्तर सचेत र कार्यरत गराउनु बिद्यार्थी समुदायको बैाद्धिक र चारित्रीक बिकासका लागि उपयुक्त कार्यक्रम तर्जमा गर्ने संचालन गर्ने,रचानात्मक कृयाकलापमा उत्पे्ररित गराउने , बिद्यार्थी बर्गमा राष्ट्रियताको भाबना बिकसित गराई प्रजातन्त्र मौलिक अधिकारको संरक्षण सम्बर्धन तथा बिकासका लागि प्रेरिरीत गर्ने समाजमा बिद्यमान आर्थिक, सामाजिक शोषण बिरूद्ध बिद्यार्थी बर्गलाई जागरूक तुल्याई जनआन्दोलन द्धारा पुर्नस्थापित बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको सम्बर्द्धन र सुदृढीकरणका लागि सदैब प्रयत्नशील तुल्याउने, समान उद्देश्य धारणा र विश्वासलाई प्रतिनिधित्ब गर्ने बिभिन्न संघ संस्थाहरूसंग सम्बन्ध कायम गर्ने, प्रत्येक मुलुकमा भएको प्रजातान्त्रिक आन्दोलनलाई दृढतापर्बक समर्थन गर्दै मानब अधिकारको विश्वब्यापी मुल्य स्थापित गर्र्न राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा आफ्ना धारणा र गतिबिधिलाई क्रियासिल तुल्याउने उद्देश्यहरू रहेका छन् । राष्ट्रियता प्रजातन्त्र समाजवाद र बिद्यार्थि एकताप्रति प्रतिबद्ध रहने ,नेपाली समाजलाई संबृद्धि र आधुनिक समाजमा रूप्ाान्तरण गर्नका लागि स्वाभीमानी, कर्तब्यशील र परिश्रमी पुस्ताको जग बसाउने, समाजमा बिद्यमान समाजिक कुरीति सामन्ती सोचाई र संस्कार बिरूद्ध संघर्ष गर्ने, स्बतन्त्र सम्मुनत भयमुक्त र समतामुलक समाजको निर्माण गर्ने , विश्वशान्ति, भातृत्व प्रगति तथा अन्तराष्ट्रिय स्तरमा बिदार्थि बिद्यार्थि बिच ऐक्यबद्धता र मैत्रीका निमित्त समर्पण रहने, समान सिद्धान्त र बिचार भएका अन्तराष्ट्रिय संघ संस्था संग सम्बन्ध बिकसीत गर्ने, नेपाली बिदार्थिहरूको बैाद्धिक शारीरिक र भौतिक बिकासका लागि प्रशिक्षण लगायतका आबश्यक कार्यक्रमहरू संचालन गर्ने, मुलुक निर्माणमा तरुण शक्तिलाई परिचालन गर्ने, मानबअधिकार र जनअधिकारको रक्षार्थ संघर्षरत रहने, पर्याबरणीय संरक्षणका लागि प्रयत्नसिल रहने,कानूनी राज्यको अबधारणालाई मुर्तरूप दिने, अन्तराष्ट्रिय क्षेत्रमा हुने मानबअधिकार तथा प्रजातान्त्रिकआन्दोलनलाई समर्थन गर्नु नेपाली बिदार्थिहरुको दार्यत्व हो। नेपालमा बिद्यार्थि शब्दले परिवर्तनलाई संकेत गर्दछ । खासगरेर नेपालको राजनीतिक परिवर्तनको कुरा गर्दा बिदार्थिहरूको भूमिकालाई कसैले नकार्न सक्दैन । २००७ सालको क्रान्ति होस् वा २०१७ सालको परिवर्तन पछिको आन्दोलन, २०३६ सालको जनमत संग्रह होस वा २०४२ सालको सत्याग्रह होस वा २०४६ सालको जन आन्दोलन होस वा त्यस पछिका दिनहरुमा र हालै राजनैतिकदलहरुबाट संचालन भएको देशलाई प्रतिगमनबाट मुक्तगराउने आन्दोलन होस सबै संधर्षमा नेपालका बिद्यार्थिहरुले निर्णायक भूमिका निर्वाह गरेका छन । तसर्थ नेपालमा बिद्यार्थिहरु परिवर्तनका वाहकका रूपमा र नेपाली जनतामा भरोसाका पात्रका रूपमा परिचित छन । त्यसैले मुलुकको परिवर्तनमा बिद्यार्थिाहरको महत्पूर्ण भूमिका रहेकोछ । नेपाली बिदार्थिहरको प्रतिनिधि सस्था नेपाल बिदार्थि संधले आफ्नो जन्मकाल देखिनै राजनीतिक परिवर्तनमात्र होइन समाजको समग्र परिवर्तनमा आफ्नो अमुल्य योगदान पुर्‍याउदै आफ्नो भूमिका निर्वाह गरेएका छन । २०३६ सालको जनमत संग्रह,२०४६ सालको जनआन्दोलन र त्यस पछिका निर्वाचनहरूमाहोस नेपालको प्रजातान्त्रिक आन्देालनमा नेपालका बिद्यार्थिाहरूले खेलेको भूमिका लाई प्रशंशा नगरी रहन सकिदैन। नेपाल बिद्यार्थि संधले आफनो जन्मकाल देखिनै यसको जन्म केबल राजनैतिक उद्देश्यका लागि मात्र भएको होईन भन्ने कुरा प्रमाणित गरिसकेको छ । समाजका बिसंगतिहरू हटाउनु यो संगठनको उद्देश्य भएको कारण यी उद्देश्य अनुरूप आफ्ना कार्यक्रमहरू अघि सारेको थियो । संगठन समय सापेक्ष हुनु पर्दछ। कुनै पनि संगठनले आफनो उद्देश्य जेसुकै भए पनि समाजको आबश्यकता अनुरूप आफुलाई अगाडि लैजान सकेन भने त्यस्तो संगठनलार्ई समयको हावाले उडाएर लैजान्छ । नेपाल बिदार्थि संधलेे पनि यो कुरालाई राम्ररी मनन गर्नु पर्दछ । देश अन्योलपू4र्8ा रहेको बर्तमान अबस्थामा नेपाली कांग्रेसले समस्या समाधान गर्न देशमा कृयासील सबै राजनैतिक शक्तीहरुको बिचमा सहमतिको आबश्यकता रहेको कुरा बारम्बार दोहोराउँदै आएको छ। देश हत्या, हिंसा र आतंकको चपेटामा परको र आर्थिक दुराअवस्थाको कारणले हाम्रो अर्थिक अबस्था दिन परदिन कम्ाजोर हुदै गएकेा छ। असुरक्षाको प्रमुख कारणवाट नै देशमा जनप्रतिनिधि मुलक संस्थाहरुको निर्माण हुन सकेकेा छैन। आज देशमा निर्माण भई सकेका जनताका दैनिक आबश्यकताका कतिपय विकासका संरचनाहरु र अत्यन्त आवश्यक विकास निर्माणका वस्तुहरुको ध्वस्त पारिएका त छन् नै असुरक्षाको कारणले देशको विकास वजेटको गाऊँमा खर्चहुने अधिकांस रकम खर्च हुन सक्ने स्थितिमा छैन। आर्थिक परिचालननको यो क्रममा कसरी सुधार ल्याउन सकीन्छ भन्ने कुरा आजको आवश्यकता हेा। यदी यसमा सुधार नुहने हो भने विकासको गति ठप्प हुने मात्र हैन नेपाल दिन परदिन गरिवीकेा वाटोमा अगाडी वढदै जान्छ। यो अवस्थावाट देशलाई मुक्त गराउन आजको आवश्यकता वनेको छ। जुन कारणले यो अवस्थाको सिर्जना भए पनि राष्ट्रलाई यो अवस्थावाट मुक्त नगराउँदा सम्म राष्ट्रले भोग्नु परेका समग्र समस्याहरुको समाधान हुन सक्दैन भन्ने कुरा आजका बिद्यार्थिहरुले राम्ररी बुझनु पर्दछ। नेपाली काँग्रेसले आफना मुलभूत आर्दशहरु मध्ये कठिन भन्दा कठिन अवस्थामा पनि राष्ट्रियता र प्रजातान्त्रलाई मुल आर्दशको रुपमा अघी सारेको छ। यहि आर्दशलाई अघि सारेर वि.सं.२०३३ सालमा स्व. वि.पि. कोइराला भारतबाट नेपाल फर्कनु भयो। वि.पि. कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापका निति राष्ट्रिय सहमतिमा आधारित थियो। वहुदलीय व्यवस्थाको पुर्नस्थापना पछि नेपाली काँग्रेसले राष्ट्रिय सहमतिको प्रयासलाई वारम्वार अघि सार्दै आएको छ। नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अघि सार्नु भएको मुक्ति अभियानको कार्यक्रम होस या वृहत प्रजातान्त्रीक एकता राष्ट्रिय सहमतिमा नै आधारित कार्यक्रम हेा। नेपाली काँग्रेसले देश अत्यन्त संकटपूर्ण अवस्थावाट गुज्रीएको हुँदा यो देशमा वहुदलीय संसदीय प्रजातन्त्रमा विश्वास गर्ने सवै राजनैतिक शत्तिहरुको विचमा एकता आजको अपरिहार्यता हो भन्ने महशुष गर्दछ। सवै राजनीतिक दलहरूका आफ्नै मूल्य र मान्यताहरू हून्छन। नेपाली काँग्रेसका आफ्नेै निति छन, आफ्नै मुल्य र मान्यताहरू छन। नेपाली काँग्रेस एउटा प्रजातान्त्रीक पार्टी भएको कारणले प्रजातान्त्रीक मुल्य र मान्यता र सैद्धान्तीक अडानबाट यदा कदा हुने घटनाक्रमले यो विचलित हुन सक्दैन र हुनु हुदैन भन्न्ेा कुरालाई बिदार्थिहरुले राम्ररी बुझनु पर्दछ। बहुदलीय व्यबस्थामा जनताको नैसर्गिक अधिकारलाई कसैले चुनौति दिन सक्दैन। यहि सन्दर्भमा बिद्यार्थिाहरको भूमिका के हो भन्ने विषयमा बिश्लेषण गर्न उपयुक्त हुन्छ । केबल बिद्यार्थिहरूको संगठनको निर्माण गरेर सदस्यता बितरण गरेर गाउँ गाउँमा एकाईको स्थापना गरेर बिदार्थिको भूमिका पुरा हुन सक्दैन । स्वास्थ्य शिबिर संचालन गर्ने, बाटो घाटो निर्माणका कामगरेर मात्र जनताको चाहना पुरा हँुदैन । समाजमा आएको परिवर्तनअनुसार बिदार्थिहरूले आफुलाई रूपान्तरित गर्न सकेनन भने उनिहरूको भूमिका प्रभाबहिन हुन्छ भन्ने कुरामा दुई मत हुन सक्दैन । त्यसैकारण नेपालका बिद्यार्थिह्रुले आफुलाई समय सापेक्ष बनाउन सक्नु पर्दछ । समयको माग पनि त्यहि हो। त्यहिकारण समाजमा अहिले देखिएको बिकृतिको निराकरणको लागि बिद्यार्थिहरूको के भूमिका हुन सक्दछ? आज चारैतिरबाट प्रजातन्त्र माथि आक्रमण भईरहेकोछ। प्रजातन्त्रको संरक्षणका लागि बिदार्थिहरूबाट के योगदान हुन सक्दछ? के यसबारेमानेपालका बिदार्थिहरूले सोचेका छन? के यस सम्बन्धमा जनताले विश्वास गर्न सक्ने अबस्था सृजनाबिदार्थिहरूले गर्न सकेका छन? बिद्यार्थिहरूले आफनो कँाधमा आएको यो दायित्ब निर्वाह गर्न कठिन कामगर्न पर्ने समय आएकोे छ । यस कठिन परीस्थितिमा नेपालका बिद्यार्थिाहरूको प्रतिनिधि संस्था नेपाल बिदार्थि संधले आफनो कार्यक्रमको निर्माण गर्दा बर्तमान सन्दर्भमा नेपाली जनताहरूको चाहनालाई ध्यानमा राख्नु पर्दछ। बर्तमान राजनीतिक परीस्थितिको मुल्यांकन गर्दा प्रजातन्त्रको लागि पुन एकपटक संघर्षरत हुनुपर्ने समय आएको छ। आज बिद्यार्थिहरूको काँधमा ठुलो दायित्ब आएको छ । मानिसहरूको आशा बिद्यार्थिहरू माथि ठूलो छ । भबिश्यका कर्णधार मानिएका नेपालका बिद्यार्थिहरूले जनताका ती आशा पुरागर्ने आफ्ना कार्यक्रमहरू बनाउन सकेनन भने यो समाजमा उनिहरूको कुनै भूमिका रहँदैन । बिद्यार्थिहरूले समाजमा अग्रणी भूमिका निर्वाह गर्नपर्ने हँुदा आफ्नो चरित्रमा बिशेष ध्यान दिन जरूरी छ । नेपालमा मात्र होईन विश्व भरिनै बिद्यार्थिहरूको समाज निर्माणमा र परिवर्तनमा महत्बपुृर्ण भूमिका रहेको हुन्छ । त्यसकारण समाज र राज्यले बिद्यार्थिहरूर्को महत्बलाई नकार्न सक्दैन । समाजका सच्चा नागरिक सिबद्यार्थिहरूनै हुन्ा भन्ने मान्यताका आधारमा बिद्यार्थिाहरू प्रति राष्ट्रले ठूलो लगानी गरेको हुन्छ । यो कुरालाई उनिहरूले बिर्सन हुदैन । यसकारण उनिहरूले जिम्मेवारपुर्ण भूमिका निर्वाह गर्न सके भने राष्ट्रको लागि ठलो उपलब्धि हुन्छ । त्यहिकारण बिद्यार्थिहरूले मुलुकको परिवर्तनका लागि ठलो भूमिका निर्वाह गर्न सक्दछन भनिएको हो । अन्तमा आज नेपाली समाज परिवर्तनको संघारमा उझएको छ । बिसंगतीहरूको पनि त्यतिकै प्रभाब रहेको हाम्रो समाजमा बिदार्थिहरुले समाजको समग्र परिवर्तनका लागि इमान्दारी पर्बक भूमिका निर्वाह गर्न सके भने समाजको अपेक्षा परा हुन्छ । आज नेपाली बिद्यार्थि हरूलाई मेरो यहि शुभकामना छ । (लेखक नेपाली कांग्रेसका सह महामन्त्री हुनुहुन्छ। )