अहिले नेपाली कांग्रेसका कार्यकर्ताहरु गाऊँगाऊँमा पुगेका छन। धेरै लामो समय देखि नेता तथा कार्यकर्ताहरु बिचको यो मिलन लाई सुखमय दिनका रुपमा हेर्नु पर्दछ। जिल्लामा बस्न नसकेर काठमा48डौमा र गाऊँमा बस्न नसकेर जिल्लाको सदरमुकाममा लामो समय देखि बसेका कांग्रेसका कार्यकर्ताहरुलाई यो ठुलो राहतको कार्यक्रम भएको छ। साच्चिनै भन्नु पर्दा २०५६ सालको आम निर्बाचन पछि कांग्रेसका कार्यकर्ताहरु गाऊँबाट बहिस्कृत भएका छन भन्दा पनि हुन्छ। २०५६ सालको आम निर्बाचनमा नेपाली कांग्रेसका कार्यकर्ताहअरुले पार्टि सभापति श्री गिरिजा प्रसादकोइरालाले नेपाली कांग्रेसलाई पहिलेकै स्थानमा लैजान्छु भन्ने भनाईलाई चरितार्थ बनाउन अत्यधिक परीश्रम गरेका थिए। परिणाम पनि त्यहि अनुरुप आयेको हो। तर त्यो बहुमत नेपाली कांग्रेसका लागी राम्रो भएन। निर्बाचनमा सकृय रुपमा खटेका कार्यकर्ताहरु निर्बाचन पछि यात छानि छानि मारिए , यात गाऊँमा बस्न नसकेर सदरमुकाम वा राजधानिमा बिस्थापित भए। धेरै लामो समय सम्म परिबार बाट बिछोडिएर बसेका कार्यकताहरुमा यस पटकको कांग्रेसको गाऊँ पसौ भन्ने लोकजागरण अभियानले ठुलो राहत मिलेको छ। यो अभियानलाई कांग्रेसले ईमान्दारी पुर्बक कार्यान्वयन गरेमा कमसेकम कांग्रेसका बिस्थापित भएर गाऊँ घरबाट निस्कनु पर्ने अबस्थाको अन्त हुने छ। यो अबधिमा नेपाली कांग्रेसका महामन्त्री श्री कुल बहादुर गुरुङ्गदेखि गाऊँका सामान्य कार्यकर्ताहरुको घरमा मावोबादीहरुबाट ताला लगाईएको हुनाले कार्यकर्ताहरुको बिचल्लीहुनु स्वभाबिकनै हो। देशमा आाएको राजनितिक परिस्थितिको परिबर्तन पछि अब त्यो अबस्था गाऊँमा रहने छैन। कार्यकर्ताहरु आफनै घरमा फर्केर सधैनजस्तो आफनो जिबन यापन गर्ने छन । बिछोडिएको आफनो परीबारको पुनर मिलन हुने बिस्वास गरीएको. छ। नेपाली कांग्रेसले यस पटकको अभियानमा कमसेकम सबै जिल्लास्तरीय नेताहरुलाई सदरमुकाममा पुराएको छ। अधिकांस जिल्लामा सदरमुकाममा सिमित नभएर प्रत्येक गाबिसमा कार्यक्रम राखेर कार्यकर्ताहरुले साहस देखाएका छन। प्राप्त प्रतिबेदनको आधारमा नेपाली कांग्रेसका कार्यकर्ताहरुमा कुने बिचलन आएको छैन। धैर्य साहस देखाएर गाऊँमा अडेका छत। यद्यपी उनिहरु निरुत्साहित भएका होलान। हरेस खाएका भने छैनन। उनिहरुलाई पुर्ण बिस्वास छ प्रजातन्त्र अपरिहार्यछ। उनीहरुको भावनालाई कसैले टुकराउन सक्दैन। बरु प्रजातान्त्रीक शाशनकालमा र अहिलेको अबस्थाकोे उनिहरुले तुलना गर्न पाएका छन। प्रजातन्त्रको पुनसर््थापना पश्चात मुलुकका सवै शक्तिहरु नेपाली कांग्रेसलाई तहसनहस पार्ने दाउमा रहे। प्रत्यक्ष अप्रत्यक्ष रुपमा उनीहरुको ध्येय जहिले पनि नेपाली कांग्रेसलाई फुटाउन केन्द्रित थियो। पार्टीमा अन्तरकलह स्थापना गर्न सकेमा नेपालमा प्रजातन्त्र कमजोर हुन्छ भन्ने आधारमा हरतरह नेपाली कांग्रेसमाथि आक्रामक प्रहार भईरह्यो। नेपाली कांग्रेस प्रजातन्त्रको लागी लामो समयदेखि लडदै आएको पार्टि भएको हुनाले सानातिना प्रहारले कांग्रेसमा कुनै असर पर्दैनथ्यो र परेन पनि। नेपाली कांग्रेस जहिले पनि प्रजातान्त्रिक मुल्य र मान्यतामा आधारित शासन प्रणालीको स्थापनामा कटिवद्ध थियो र अहिले पनि छ। पंचायती शासनकालमा नेपाली कांग्रेसका अग्रज नेता विश्वेश्वरप्रसाद कोइरालाले एक्काईसौँ शताब्दीको पुस्ताहरुको जनमतलाई प्रतिनिधीत्व हुनेगरि मुलुकमा शासन ब्यवस्था स्थापना गर्नका लागि थुप्रै किसिमका सैद्धान्तिक निर्णयहरु गर्नु भएको थियो। यसैको लागि उहाँले २०३३ सालमा राष्टिय मेलमिलापको नीति अवलम्वन गर्नुभयो। प्रजातन्त्रलाई अफाप सिद्धगर्न खोज्ने तत्वले कांग्रेसको यही आर्दशलाई सधै तारो वनाएर प्रहार गरिरह्यो। प्रजातन्त्रलाई नरुचाउनेहरुले नेपाली कांग्रेसमा विचलन आयो भनिएतापनि अहिलेसम्म कांग्रेसमा कुनै किसिमको सैद्धान्तिक विचलन आएको छैन। आज देश भर भएका आमसभाहरु जसलाई नेपाली कांग्रेसका सभापति श्री गिरिजा प्रसाद कोईरालाले सम्वोधन गर्नु भएको छ ले पनि नेपाली कांग्ेसको पक्षमा जनमत कतिरहेछ भनेर पुष्टि गरेको छ। नेपाली कांग्रेसका यी सभाहरुमा उपस्थिति बिसुद्ध कांग्रेसहरुको हो , प्रतिबद्धकार्यकर्ताहरुको जमात हो यो।यी आमसभाहरुमा भएको उपस्थितिले नेपाली कांग्रेस अहिले अझ मजवुद् भएको पुष्टि भएको छ। नेपाली कांग्रेसवाट केही छुट्टिएर गएापनि यसले पार्टीको संगठनात्मक संरचनामा कुनै फरक पारेको छैन। त्यो विचलनमा त पार्टी भित्र रहेका कमजोर आत्मवल र सैद्धान्तिक स्थिरता नभएकाहरु परेका थिए जसको पार्टीमा कुनै भुमिका थिएन। नेपाली कांग्रेसलाई कमजोर वनाउन खोज्नेहरुको प्रयत्न थियो सो पलायन। अहिले नेपाली कांग्रेस पहिले भन्दा निकै संगठित भईसकेको छ। गाँउ गाँउम कांग्रेसका साथीहरुले आफुलाई साहसका साथ प्रस्तुत गर्न सकेका छन्। गाँउ स्तरवाटै नेपाली कांग्रेस र प्रजातन्त्र प्रति कटिवद्धता देखाउने साथीहरु संगठन विस्तारमा लाग्न पाएका छन्। अहिले कांग्रेसका कार्यकर्ताहरु हिजो र आजको नेपालको तुलना गर्न थालेका छन। १२ बर्षमा के भयो र अहिले के हुदैछ उनिहरुको आखा अगाडि छ। यदपी यो अबधिमा उनिहरुले आफुले मतदान गरेर जिताएका उमेदबारहरु संग अन्तर कृया गर्न पाएनन। देशमा स्थानिय निकायको अभाब , प्रतिनिधि सभाको अभावका कारण आफना आबस्यकताहरु को सित भन्ने त्यो समस्या भने रहि रहेको छ। बिकनाश हुदै जाला ,यदि देशमना शान्ति स्थापना हुन सक्यो ,, जनताका अधिकारहरु बाहाली हुन सके र गाऊँमा शान्तिपुर्बक बस्न सकिने भयो भने नेपाली जनताको पहिलो चाहना त्यहि ्कहो। त्यस पछि आफना प्रतिनिधिहरु गाऊँमा निर्धक्क भएर आउन सकेर मतदाताहरुले निर्भिक भएर मत दान गर्न सकिने अबस्थाको श्रजना भयो भने आफना प्राितनिधिहरुमार्फत बिकनाशको अभियान संचालन गर्न सकिन्छ भन्ने नेपाली जनताहरुको चाहना छ। त्यो परीस्ििथतिको निर्माण गर्नुनै आजको आबस्यकता भएको छ। अब त्यो परिस्थितिको निर्माण कसरी गर्न सकिन्छ भन्ने कुरानै अहिले सबैको चिन्ताको बिषय बनेको छ। अहिले शान्तिको कुरा सबै तिर बाट उठेको छ। सबै नेपालीहरुको चाहना शान्तिकायम गर्नु हो। नेपाली मात्र होईन हाम्रा मित्रराष्ट्रहरु पनि यो अभियानमा जुटेका छन। शान्तिकोलागी सबै भन्दा पहिले देशका नागरीकहरु गाऊँमा निर्भयका साथ कसरी बस्न सक्दछन , त्यसको उपाय केहो भन्ने बिषय अत्यन्त महतवपुण हो। अहिले मानिसहरु गाऊँ गाऊँमा फर्कन थालेका छन। यो अभियानलाई कसैले पनि बिगार्न हुदैन। बरु के प्रयास गर्दा अब फेरी मानिसहरु गाऊँ बाट बिस्थापित नहुने परीस्थितिको निर्माण हुन्छ त्यता पटि ध्यान पुग्नु आबस्यक छ। दिगो शान्ति भनेको नारामा मात्र सिमित हुनु हुदैन। मानिसहरुले आफना मौलिकहकहरुको निर्बाद रुपले उपभोग गर्न पाउने परिस्थिति कसरी सृजना गर्न सकिन्छ ,हामि सबैको चासोको बिषय हुनु पर्दछ। त्यसो भएन भने शान्ति नारामा मात्र सिमत हुन्छ। आज हाम्रो देश भया भय अबस्था बाट गुज्रीरहेको छ। बिकाशका गतिबिधिहरुत प्राय सुन्यनै भएका छन। गाऊँमा जानसक्ने अबस्था पनि नभएको अबस्थामा जनताहरुको चाहना के छ भनेर कसरी बुझने। जनता के चाहान्छन भनेर कसरी बुझने। त्यो बुझनको लागी गाऊँमा जान सक्ने भरपर्दो र बिश्वास युक्त बाताबरण हुनु पर्दछ। यहि विस्वस जनतालाई दिलाउन जस्तोसुकै परिस्थितिको सामना गर्न परेपनि समना गर्ने अठोट गर्दै कांग्रेस कार्यकर्ताहरु अहिले गाऊँगाऊँमा गएका छन। कांग्रेसको यो अभियानलाई निरन्तरता दिन सक्यो भने कांगेसको संगठनत सुद्रीढ हुन्छनै जनतामा पनि जुन निरासाको स्थिति आज उत्पन्न भएको छ त्यसबाट पनि देशलाई मुक्त गराउन सकिन्छ। (लेखक नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ।)