नेपालको प्रजातान्त्रीक आन्दोलनमा सदैव तनहुं जिल्लाको महत्वपुर्ण योगदान रहेको छ। तनहूंका अग्रजहरुले नेपालको प्रजातान्त्रीक आन्दोलनमा पूरयाएको योगदान कसैले पनि वीर्षन सक्दैन। नेपालमा १०४ वर्षको जाहानीया राणा शासन समाप्त गरेर प्रजातन्त्रको स्थापना गर्न तनहुका अग्रजहरुले पुरयाउनु भएको योगदान ईतिहासमा स्वर्ण अक्षरले आन्कित भएको छ। यही अवधिमा तनहु जिल्लामा जन्मनु भएका नेपाली आमाका धेरै सपुतहरुले आफनो अमुल्य जीवनलाई वलिवेदीमा उत्सर्ग गर्नु भयो भने कैयो नेपाली आमाका सपुतहरुले धेरै दुख कष्ट गरेर देशमा प्रजातन्त्रको स्थापना गर्नु भयो। तिनै नेपाली आमाका सपुतहरु मध्यका एक हुनुहुन्थ्यो पं..ज्ञान हरी पण्डित। आज वहा हाम्रो माझमा हुनुहुन्न। वहाको २०६४ साल पौष २१ गते निधन भयो। वहाको निधनले राष्टले एक महान सपुत गुमाएको महसुस भयो। तनहू जिल्लाले प्रजातन्त्रका एक अथक योद्धा एवं समाजसेवी गुमाएको छ। वहाले पु्रयाउनु भएको योगदान र देखाउनु भएको वाटो हामिहरका लागी पथ प्रदर्सक वनेको छ। २००७ सालको जनक्रान्तीको स्मरण गर्दा जसरी तनहु जिल्लाको नाम उल्लेखनीय छ। त्यसरीनै आन्दोलनमा तनहुं जिल्लामा महत्वपुर्ण योगदान दिने व्यक्तीत्वहरुमा स्व . राम प्रसाद खनाल , श्री श्री भद्र शर्मा, स्व. गोवर्धन शर्मा , स्व. बखान सिंह गुरुङ्गको योगदानको उच्च मुल्यड.कन गर्नु पर्दछ। २००७ साल माघ १ गते तनहुको वन्दिपुरमा हजारौको संखयामा निक्लेको जुलुसमाथि अन्दाधुन्द गोलि चलाउदा ६ जना अमर शहिदहरु धर्मध्वज गुरुङ्ग, उत्तर कुमार श्रेष्ट, धर्म राज श्रृष्ट ,सन्त वहादुर रानामगर , खङ्ग वहादुर गोदार , चन्द्र वहादुर सार्कीले त्यहि पुन्य भूमिमा अमरत्व प्राप्त गर्नु भयो। वहाहरुको योगदानको तनहुवासीले उच्च मुल्याड.कन गरेका छन। आन्दोलन सुरु भएको १ महिना पछि २००७ साल फाल्गुण ३ गते श्री श्री भद्र शर्माको नेतृत्वमा वन्दिपुरमा जन सरकारको गठन भयो। आन्दोलनमा सहभागी भएर २००७ सालको सफल क्रान्ती पछि वन्दिपुरमा गठन भएको जन सरकारको शिक्षा मन्त्रीको पदभार समाल्ने स्व ज्ञान हरी पण्डिको आन्दोलनमा त्यतिकै योगदन रहेको थियो। वहाहरु सवैको योगदान वाट नेपालमा त्यतीखेर प्रजातन्त्रको स्थापना भएको हो। यस वारेमा ञहा यत्तिनै। ज्ञान हरी पण्डित आज हाम्रो माझमा हुनु हुन्न। आज हामि वहाको जीवनकालमा वहाले नेपाली समाजमा गर्नु भएको योगदानको चर्चा नगरी रहन सकिदैनौ । २००७ सलको जन सरकारका शिक्षा मन्त्री रहनु भएका श्री पण्डित लामो समय समम वन्दिपुरको भानु प्राथमिक विद्यालयमा अध्यापन गर्नु भयो। त्याहा रहदा वन्दिपुरमा पदम पुस्तकालयको स्थापना र संचालनमा वहाको ठुलो योगदान रहेको छ। त्यतिखेर पुस्तकालय संचालन गर्नु अत्यन्त प्रगतिशिल काम थियो। त्यसकामको सुरुवात वहाले वन्दिपुर वाटनै गर्नु भएको थियो। वन्दिपुरमा त्यतिखेरनै राम प्रसाद खनालको अगुवाइृमा महिलाले पनि पडनु पर्दछ भनेर महिला शिक्षाको प्रचार प्रसार भयो। महिला शिक्षाको प्रशारका लागी मातृ शिक्षा नामक पुस्तक पनि प्रकासन भएको थियो। यी सवै काममा ज्ञानहरु पण्डितको सकृय सहभागिता थियो। भानु भक्तको जन्मस्थलको विकाश र भानु संग्रालयको विकासमा वाहाको महत्वपूर्ण योगदान रहेको छ। यस वाहेक वहा विविध सामाजीक काममा पनि सकृय हुनुहुन्थ्यो। त्यतिखेरको परंपरावादि समाजमा वहाले गर्नु भएको शाहासिक कार्यहरु साच्चिनै प्रशंसनीय छन। प्रजातन्त्रको स्थापना संगै वहाले चुदि रंघामा सामाजिक क्रान्ती सुरु गर्नु भयो। त्यतिखेर हलो जोत्ने प्रथा त्यो पनि पण्डित उपाध्याय वाहुनले स्वाभाविक र सहज थिएन। तनहूको चुदीमा वहाले हलो जोत्ने प्रथाको सूरु गरी कामको महत्व देखाउनु भयो। हलो जोत्नुको अर्थ काम गरेर कोहि पनि सानो हुदैन। कामको आधारमा मानिस मानिसमा भेद भाव गर्न हुदैन भन्ने वहाको मान्यता थियो। वहाले आफुले हलो जोत्ने प्रथाको सुरुवात मात्र गर्नु भएन लमजुङ्गका अर्का समाज सेवि शेष कान्त लप्टनका छोरा पुर्ण कान्त अधिकारी संङ्ग आफनो छोरीको विवाह गराई दिनु भयो। आफुले मात्र हलो जोतेन , हलो जोत्ने मानिसलाई छोरी पनि दियो भनेर वहालाई चुदिमा समाजिक वहिस्कार पनि गरे। तै पनि वहामा कत्ति निरुत्साह आएन। यसरी सामाजिक सुधार गर्दै शिक्षाको जोती फैलाउदै अफना दिनहरु तनहुंमा व्यतित गर्नु भयो। सस्कृतका धेरै विद्धानहरुको जन्म तनहुंमा भयो। तनहुको चुदि क्षेत्र त्यसको मुहान थियो। आदिकवि भानुभक्तको जन्म त्यहि भएको हो। त्यतिखेर सस्कृतको अध्ययन गर्न वनारस जानु पर्दथ्यो। पछि मानिसहरुले सस्कृत शिक्षाको अध्ययन काठमाडौंमा गएर गर्न थाले। तनहूंको चुदि सस्कृत शिक्षाको लागी अग्रणी स्थान मानिन्छ। त्याहाका मानिसहरुले आफुले मात्र सस्कृतको अध्ययन गरेनन । गाउवाट टाडा गएर शिक्षा हाशिल गर्न नस्कने मानिसहरुका लागी गाउमानै सस्कृत पाठशालाको स्थापना गरे। सुरु सुरुमा सस्कृतको अध्ययन गर्न टाडा टाडा वाट पनि चुदि रुंघा आउने चलन थियो। आदिकवि भानुभक्तको नाम वाट स्थापना भएको भानु सस्कृत विद्यालयमा लामो समय सम्म ज्ञानहरी शर्माले अध्यापन गर्नु भयो। त्यहि प्राथमिक विद्यालय क्रमस निम्न माध्यमिक विद्यालय , माध्यमिक विद्यालयमा परीणत भयो। अहिले त्यो ठाउमा सस्कृत शिक्षा दिने महाविद्यालय संचालन भएको छ। यो सस्कृत महाविद्यालयको सुरुवात त्यति वेलाको सस्कृत पाठसाला नै हो। यसरी त्यहा सस्कृत शिक्षको विकाश गर्ने श्रेय त्यहि रहेर आफनो जिवनकाल व्यतित गर्दै लामो अवधि सम्म गाउकै संस्कृत विदालयमा अध्यापन गर्दे शिक्षाको ज्योति फैलाउने वहालाई नै दिनु पर्दछ। वहाले त्यतिखेर समाजि्कक क्षेत्रमा गर्नु भएको योगदान आज पनि हाम्रो समाजमा ताजै छ। त्यहि कारण ज्ञान हरी पण्डितलाई आज पनि तनहु वासिले स्मरण गरेका छन। शायद वहाहरु जस्ता मानिसको जन्म त्यो क्षेत्रमा नभएको भए तनहुको शिक्षा क्षेत्रमा आज जति विकाश भएको छ , जति चेतनशिल भएको छ त्यति हुदैनथ्यो होला भनेर भन्न सकिन्छ। मानिसको महत्व र मुल्याड.कन उसको जीवनकालमा हुदो रहेनछ र गर्न कठिन पनि हुदो रहेछ। मानिसको महत्व पनि जीवन पर्यन्त मानिसले महसुस गर्दा रहेछन। शायद ज्ञानहरी पण्डितको पनि त्यस्तै भएको हुन सक्दछ। तनहूंको पाहाडि भेगमा जन्मेर पनि जे काम वहालेृ गर्नु भयो त्यो कम महत्वको थिएन। त्यतिवेला राणा शाशनको विरुद्धमा लाग्नु भनेको ज्यानको वाजी लगाउनु थियो। त्यतिवेला हलो जोत्नु भनेको धेरै ठुलो सामाजिक क्रान्ती र प्रगतिशिल विचारधारा थियो। त्यसमा पनि त्यस्तै परीवार खोजेर विहावारी गर्नू कम जोखिमको विषय थिएन। परीणाम स्वरुप वाहालाई त्यतिखेरको समाजले सामाजिक वहिस्कार गरेको थियो। त्यस्ता कुराको वास्ता नगरी वहा लगनशिल भएर अगाडि वडनु भयो। वहाका यी सवै कामको अगाडि हामि झुक्नै पर्दछ। प्रजातनत्रको स्थापना पछि वहाले कुनै पदको लोभ गर्नु भएन। गाउमानै सामान्य शिक्षक भएर वस्नु भयो। यो वहाको माहानता हो। यो वहाको उदारता हो। यसको मुल्याड.कन न समाजले गरयो , न सरकारले न वहाको जीवनभरी कांग्रेसले गरयो। यदि हामिले समाजका यस्ता अगुवाहरुको मान सम्मान गर्न सकेनौ भने वहाहरु प्रति ठुलो अन्याय हुन्छ। ज्ञानहरी जस्ता सपुतहरुको विरलै जन्म हुन्छ। निस्वार्थ भावनाले काम गर्ने मानिस समाजमा कमै पाईन्छ। वहाहरु जस्ता अग्रजहरुले गर्नु भएको योगदानको मुल्याड.कन हामिले गरेनौ भने , वहाहरुले देखाएको वाटो हामिले हिडन सकेनौ भने समाज कसरी परीवर्तन हुन्छ। कसले गर्दछ समाजमा परीवर्तन। हामिहरु ठुला ठुला कुरा गर्दछौ। आदर्शृका कुरा गर्दछौ। अर्कालाई उपदेस दिन्छौ। अरुको राम्रो कामको अनुकरण गर्न जान्दैनौ। अनि हामि आफैलाई माहान संझेर भन्दछौ। मैले यसतो गरे। आफनै प्रश्रसा गर्न हामि निपुण छौ। हेर्दा सामान्य जस्तो लाग्दछ। वहा प्राथमिक विद्यालयको शिक्षक भएर वस्नु भयो। समाज परीवर्तनका लागी साना तिना कामहरु गर्नु भयो। तर केका लागी, कस्का लागी। हाम्रै समाजकालागी हाईन ? त्यसको ठुलो महत्य छ भन्ने कुरा हामिले भुल्नु हुदैन। अन्तमा , आज ज्ञानहरी पण्डित हाम्रो माझ हुनु हुन्न। वहाले गर्न भएको ठुलो कुरा होईन भनेर हामिले भन्यौ भने वहा जस्ता समाजसेवि र निस्वार्थ राजनितिकर्मि माथि अन्याय हुन्छ। वहाले समाज परविर्तनको लागी वाटो देखाउनु भयो। राजनैतिक परीवर्तमा अग्रणि भूमिका निर्वाह गर्नु भयो। तत्कालिन परीस्थिति र त्यतिखेरको नेपाली समाजमा त्यो ठुलो काम थियो। त्यो माहान कार्य थियो। त्यसैले तनहुमा जन्मिएर नेपालको राजनैतिक परीवर्तनकालागी , सामाजिक परविर्तनकालागी निश्वार्थ भावले सकृय रहनु भएका ज्ञानहरी पण्डित प्रति मेरो हृदय देखिनै श्राद्धा शुमन।