केहि बर्ष पछि हामीहरु २१औ शताव्दीमा प्रबेश गर्दै छौ।२१औ शताव्दीका लागी कस्तो किसिमको शिक्षा आबश्यक छ भनि बहस चलिरहेको संदर्भमा हाम्रो देशमा पनि राजनेताहरु तथा शिक्षाबिद्हरु शिक्षाको बारेमा आ(आफना धारणाहरु व्यक्त गरेको पाईन्छ।धारणा जे व्यक्त भए पनि शिक्षाको मुलभुत आदर्शहरु शान्ति, स्वतन्त्रता र सामाजिक न्याय भएकोले शिक्षाले हाम्रो सामाजिक परीबर्तन र व्यक्तीगत बिकाशका लागी महत्वपुर्ण भुमिका निर्बाह गर्दछ भन्ने हामीले बिर्सन हुदैन। हाम्रेा व्यक्तीगत बिकाश र हामीबसेको समाजको परीबर्तन संग संबन्धित बिषयका बारेमा आज हामी सबैको ध्यान जानु स्वभाबिक नै हो। यस्तो महत्वपुर्ण र सबैको सरोकारको बिषयका बारेमा हाम्रो सोचाई , सरकारको धारणा के हो भन्ने कुरा स्पष्ट हुनु नितान्त जरुरी छ। हाम्रो शिक्षा प्रणाली राम्रेा भएन ,यसमा व्यापक परीबर्तन गर्नु पर्दछ भनिन्छ।राम्रो के भएन?आलोचकहरुले त्यो कुरा स्पस्ट पारी दिएमा जिम्मेवार निकायमा रहेका मानिसहरुलाई शिक्षामा परीबर्तन ल्याउन सजिलो हुन्छ ,किनभने समाजको भावनाको बिपरीत शिक्षाको बिकाश हुन सकदैन। समाजको आबस्यकतानै शिक्षानितिको मुल आदर्श हुन्छ। आज बिज्ञान र प्रबिधिको बिकासको कारणले बिश्व अत्यन्त साघुरीएको छ। हामिले हाम्रेा समाज भनेर कुरा गर्दा अब विश्वका बारेमा सोच्नु पर्ने समय आएको छ।त्यसैले २१अैा शताब्दीको लागी शिक्षाको कुरा गर्दा हामिले बिश्वलाई हेरेर गर्नु पर्दछ।हाम्रा बालकहरु अन्य मुलुकमा अध्ययन गरेर आएका बिद्यार्थिहरुसंग एकातिर प्रतिस्पर्धा गर्नु पर्दछ भने अर्कातिर हाम्रो बिद्यार्थिहरुले अरु मुलुकका बिद्यार्थिहरुसंग प्रतिस्पर्धामा उत्रनु पर्ने हूदा यो बास्तबिकतालाई ध्यानमा राखेर हामिले हाम्रेा अध्ययन प्रणालीलाई बिकाश गर्न सक्यौ भने मात्र हामिले सबै संग प्रतिस्पर्धा गर्न सक्दछौ। शिक्षामा आजको आबस्यकता र बास्तबिकता पनि यहि हो। २१औ शताव्दीका हाम्रा समस्याहरु के हुन सक्दछन शिक्षामा परीबर्तनका कुरागर्दा त्यसको ज्ञान हुनु जरुरी छ। हामिले परीबर्तन गर्न खेाजेको कुरा के हो? हामिलाई हाम्रो बालकले पढेको पाठ्यपुस्तक राम्र्रो लागेन ,परीक्षा प्रणाली ठिक लागेन ,शिक्षकको योग्यता ठिक भएन ,व्यबस्थापन ठिक भएन अथवा हामिले भन्न खोजेको हाम्रो बालक हाम्रो समाज सुहाउदो हुनु पर्दछ भन्ने हो? समाजको अबश्यकता अनुसारको बालक उत्पादन गर्ने दायीत्व सरकारको हो। समाजको अबश्यकता अनुसारको जनशक्ती उत्पादन गर्ने जिम्मेवार निकाय सरकार भएको हुनाले सरकार आबेग र आबेशमा नआईकन समाजको आबश्यकता अनुकुलको जनशक्ति उत्पादन गर्ने शिक्षा निति निर्माण गर्नु पर्दछ। यसरी २१औ शताव्दीको लागी शिक्षाको निति निर्माण गर्दा २१औ शताव्दीमा हामिले समना गर्नु पर्ने समस्याका बारेमा ध्यान दिनु आबश्यक छ।यो शताव्दीमा हामिले कस्ता समास्याहरु सामना गर्नु पर्नेछ त्यसको जानकारी हामिलाई भएन भने त्यो चुनौति सामना गर्न सक्ने बालकको हामिले उत्पादन गर्न सक्दैनौ। त्यस कारण हाम्रो समाजले २१अैे शताव्दीमा भोग्नु पर्ने समश्याहरुका बारेमा हामिलाई ज्ञान हुनु जरुरी छ। यस संदर्भमा म एउटा उद्धरण उल्लेख गर्न चाहन्छु ,जसले आउने शताव्दीमा हामिले भोग्नु पर्ने समस्याको जानकारी हामिलाई हुनेछ।ूत्जभ अय्कष्लन अभलतगचथ, मय्कष्लबतभम दथ न्यिदबष्किबतष्यल , धष्िि दचष्लन धष्तज ष्त भलमगचष्लन तभलकष्यलक दभतधभभल तजभ नयिदब िबलम यिअब,ि तजभ गलष्खभचकब िबलम तजभ ष्लमष्खष्मगब ि,तचबमष्तष्यल बलम ्कयमभचलष्तथ ,यिलनतभच्क बलम कयचततभच्क अयलकष्मभचबतष्यल ,अय्कउष्तष्तष्यल बलम भत्रगबष्तिथ या यउउयचतगलष्तथ ,तजभ गलष््किष्तभम भहउबलकष्यल या पलयधभिमनभ बलम तजभ ष््किष्तभम पलयधभिमनभ या जग्कबल दभष्लनक तय बककष््कष्बितभ ष्त बलम तजभ कउष्चष्तगब िबलम ्कबतभचष्ब िधजभचभ बक तजभ मष्खभचकष्तथ या अगतिगचभ ,बलम कथकतझ या कयअष्ब ियचनबलष्कबतष्यल , तजभचभ ष्क ब गलष्खभचकब िअजबििभलनभ चभष्लखभलतष्लन तजभ मझयअचबतष्अ ष्मभब ितय अचभबतभ , यच ्कबष्लतबष्ल ,कयअष्ब िअयजभकष्यल ू) यसरी २१अैौ शताव्दीमा हामिले समना गर्नु पर्ने चुनौतिको अध्ययन नगरकिन हामिले शिक्षामा परीबर्तनका कुरा गर्यौ भने त्यसको कुनै अर्थ रहदैन। आज के पढाउने? कुन किताव पडाउने? कुन श्रेणीमा उत्तिर्ण गराउने कुराले कुनेै महत्व राखदैन।त्यसैले शिक्षाबिद्हरुले धेरै लामो छलफलपछि २१औ शताव्दीको लागी कस्तो किसिमको शिक्षाहुनु पर्दछ भन्न्ेा बिषयमा केहि निस्कर्षहरु निकालेका छन। ती निस्कर्षहरुलाई हामिले हाम्रो शिक्षा प्रणालीमा कसरी समाबेस गर्न सक्दछौ ,त्यो अत्यन्त महत्वपुर्ण बिषय हो। त्यसकारण बालकले आज के अध्ययन गरेको छ भन्दा पनि बिद्यार्थिले अध्ययन गर्ने कला जान्न सक्यो कि सकेन?( ीभबचलष्लन तय प्लयध ) ,समाजको लागी बोझ होईन आबस्यक जनशक्ती बन्न सक्यो कि सकेन?(ीभबचलष्लन तय दभ) ,समाजमा आईपर्ने सबै कामगर्न सक्ने भयो कि भएन?( ीभबचलष्लन तय मय) ,समाजमा मिलेर बस्न सक्ने भयो कि भएन?( ीभबचलष्लन तय ष्खिभ तयनभतजभच )शिक्षाबि्दहरुले यी चारकुराहरुलाई २१औ शताव्दीका लागी शिक्षाका चार खम्बा मानेका छन्। हरेक देशले आफनो शिक्षाको निति निर्माण गर्दा तथा कार्यक्रमहरु बनाउदा यीनै चार स्तम्भलाई मार्ग निर्देशनका रुपमा लिएन भने शिक्षामा गरीएको परीबर्तनले खासै प्रभाव पार्दैन। शिक्षामा ब्यपक परीबर्तनको खँंचो छ। शिक्षा रोजगार मुलक हुनु पर्दछ। शिक्षा रोजगार मुलक भयो भने हाम्रो बेरोजगारको समश्या समाधान हुन्छ भनिन्छ। शिक्षा आफैमा रोजगार मुलक हुदैन।सबै डाक्टर र ईन्जिनियरकोमात्र उत्पादन गरेर बेरोजगारीको समस्या समाधान हुदैन।डाक्टर र ईन्जिनीयरहरुपनि बेरोजगार हुन्छन यदि रोजगारको अबसर सरकारले प्रदान गर्न सकेन भने। किनभने रोजगारीको अबसर प्रदान गर्नेकाम सरकारका अन्य निकायको हो। शिक्षाको काम ती निकायहरुलाई चाहिने गुणस्तरयुक्त जनशक्तीको उत्पादन गर्ने हो। शिक्षामा हामिले फडको मार्नु पर्दछ भनेको धेरै भयो। शिक्षामा परीबर्तनको खाचो भनेको केहो? यो परीबर्तन कसरी हून्छ? त्यसका बारेमा कसैको सोचाई गएको छैन।अहिले शिक्षामा परीबर्तन अनुमानको कुरा भएको छ। त्यसरी अनुमानको भरमा शिक्षा जस्तो महत्वपुर्ण कुरामा परीबर्तन गर्नखोज्नु कल्पनाको कुरा मात्र हुन्छ व्यबहारमा केहि प्राप्त हुदैन । अरुले तथ्यमा नपुगे पनि सरकारले शिक्षामा परीबर्तन गर्न खोजेको कुरा केहो? त्यो कसरी गर्न सकिन्छ? भन्नेबारेमा स्पष्ट हुनु पर्दथ्यो। त्यो पनि भएन। त्यसकारण अहिले हाम्रो आबस्यकता रोजगारमुलक शिक्षा होईन गुणस्तरयुक्त शिक्षाहो। नेपालको शिक्षा पद्धती पनि अरुमुलुकको भन्दा खासै फरक छैन। शिक्षण प्रणाली पनि बिश्वको अरुशिक्षण संस्थाको भन्दा फरक छैन।तर चिन्ता आज हामिहरुलाई के छ भने हामिले अपेक्षाकृत शिक्षामा सुधार गर्न सकिराखेका छैनौ। त्यसको कारण पत्ता नलगाईकन हामिले खासै परीबर्तन गर्न सक्दैनौ। मुल कुरा केहो भने नेपालमा कस्तो किसिमको शिक्षाको अपेक्षा गरीएको हो त्यसबारेमा कसैसंग स्पस्ट धारणा छैन। सबैले शिक्षा दर्शनमा लामो लामोे व्याख्या गरेपनि ठोस निस्कर्ष न हाम्रा राजनैतिक दलहरुसंग छ? न कुनै व्यक्ती संग? न सरकार संग ?, न त कुनै बिश्वबिद्यालय संग? हामिले परीबर्तन गर्न खोजेका छौ तर के परीबर्तन गर्न खोजेका छौ भन्ने कुरामा हामिनै स्पष्ट छैनौ भने हामिले गर्न खोजेको परीबर्तन को प्रभाव कस्तो हुनेछ? बर्तमान सरकारले जस्तो बिना कुनै सोचाई राखेर शिक्षामा परबिर्तन गर्न खोज्नुले खासै असर पार्दैन। किनभने बहुदलीय व्यबस्था आए पछि नेपाली काग्रेसको सरकार र नेपाली काग्रेसको नेतृत्वमा बनेका सरकारहरुले राष्टिय लगानीको ९ प्रतिसतबाट १४ प्रतिसत बजेट शिक्षामा बिनियोजन गरेका थिए। तर बर्तमान सरकारले त्यसलाई घटाएर राष्टिय लगानिको १३ प्रतिसत रकम बिनियोजन गरेको छ। जब राष्टिय लगानिनै कम भएपछि कसरी शिक्षामा बिकाश हुन्छ कसरी शिक्षामा व्यापक परीबर्तन हुन्छ? बिचारणीय हुन जान्छ। यस्तो स्थितिमा आज सम्म कुनै राजनैतिक दलहरुमा शिक्षाको बिषयमा छलफल भएको छैन।कस्तो किसिमको शिक्षा निति निर्माण गर्ने भन्ने जुन सुकै दलको सरकार भएपनि दलको स्पष्ट दृष्टिकोण पाईदैन। दलको निति सरकारले लागु गर्ने हो। शिक्षा मन्त्रीको अगाडि समश्या के हून्छ भने राजनैतिक दलहरु शिक्षण संस्थाको माध्यमबाट आफनो दल को संगठन बलियो बनाउन चाहन्छन्। शैक्षिक दृष्टिकाणले त्यसोगर्नु राष्ट प्रति अन्याय हुन्छ। यस्तो जटिल बिषयमा आज कसैको पनि ध्यान गएको छैन। त्यसैले यदि आजको आबश्यकता शिक्षामा परीबर्तन गर्ने हो भने यसका बारेमा राष्टीय बहस जरुरीछ। अन्यथा लगानी घटाउने, निति स्पष्ट नहुने ,केबल परीबर्तनको नारा दिदा शव्दमा सिबाय अरु केहि परीबर्तन हुदैन। त्यसकारण शिक्षामा परीबर्तन लहडबाजीको कुरा होईन। सरकारको स्पष्ट निति जनसमक्ष आउनु पर्दछ। सरकारले स्पष्ट पार्नु पर्दछ किन शिक्षामा परीबर्तन गर्न खोजिएको हो? परीबर्तन पछि राष्टको कति लगानि सरकार शिक्षामा बिनियोजन गर्न तयार छ? समग्ररुपमा परीबर्तनको आधारहरु जन समक्ष आउन सक्यो भने मात्र परीबर्तनको कुराले स्वभाबिक स्थान ग्रहण गर्दछ। शिक्षामा परीबर्तनको कुरा गर्दा शिक्षा संग संबन्धीत सबै पक्षको भुमिका अत्यन्त महत्वपुर्ण हुन्छ। अहिले शिक्षा संचालनको जुन प्रक्रिया अगाडि बढेको छ त्यसबाट किन मानिसहरु सन्तोष भएका छैनन् , हाम्रो प्रणालीले किन प्रभाब दिन सकेको छैन? त्यसको कारण केहो भने हाम्रो शिक्षाको खास लक्ष निर्धारण हुन सकेको छैन। सबैको उदेश्य होला नेपालमा पनि अध्यापन राम्रो होेस भनेर। तर यसलाई कसैले पनि गम्भिरताका साथ लिएका छैनन। जबकि हामि भन्दछौ शिक्षाले मानिसको व्यक्तीगत बिकाश र सामाजिक बिकाशमा अत्यन्त महत्वपुर्ण भुमिका निर्बाह गर्दछ। त्यस्तो गम्भिर बिषयमा न राजनैतिक दलहरुका बिच छलफल हन्छ न बुद्धिजिबिहरुका बिचमा ,नत सरकारको बिचमा नै यसमा छ्कलफल हुन्छ। शिक्षा जस्तो जटिल बिषयमा खासै ठोस बिचार बिना शिक्षा संचालन गर्न प्रयत्न भएपछि शिक्षाले सहि बाटो समात्ने संभाबना कसरी हुन्छ । अन्य मुलुकहरुमा शिक्षाको सम्बन्धमा अनुसन्धान बिश्वबिद्यालयहरुमा हुन्छ। नेपालमा बिश्वबिद्यालयहरुका प्राध्यपकहरु सरकारले शिक्षानिति राम्रो ल्याएन भनेर सरकारलाई आलोचना गर्दछन् , भएन भन्दछन तर के भएन के हुनु पर्दछ भनेर कसैले भन्दैनन्। यसको प्रमुखकारण के हो भने यहाका बिद्धानहरु आग्रह बोकेर हिडेका छन् जोअन्य मुलुकमा हुदैन। अरुमुलुकमा बिद्धानहरु निस्पक्ष हुन्छन। त्यसैले अन्यत्र मुलुकमा बिद्धानहरुको कुरालाई सबैले अनुसरण गर्दछन। हाम्रा बुद्धिजिबिहरु राजनैतिक आधारमा बिभाजन भएको कारण राजनैतिक दलहरुल पनि आस्थाको आधारमा राय सल्लाह माग्दछन र सल्लाह पनि सोहि अनुरुप दिने गर्दछन् र बिद्धानहरु राजनैतिक बिभाजनमा रमाउदछन पनि। शिक्षामा परीबर्तन त्यसकारण गर्न खोजिएको हो भने प्रथमत शिक्षामा सरकारको प्रतिबद्धता हुनुपर्दछ। सरकारको प्रतिबद्धता भयो भने परीबर्तनका आबश्यक आधारहरु पाठ्यक्रममा परीबर्तन ,परीक्षा प्रणालीमा सुधार ,शिक्षकको योग्यतामा बृद्धि आदिको परीबर्तन सामान्य कुरा हुन्। सबैभन्दा महत्वपुर्ण कुरा बिद्यालयमा शैक्षिक बाताबरण सृजना गर्न सरकार तयार छ कि छैन। सरकारको राजनैतिक प्रतिबद्धता भएन र दृष्टिकोण स्पष्ट भएन भने शिक्षामा केहि हुदैन। त्यसकारण प्रथमत शिक्षाकाबारेमा सरकारको दृष्टिकोण स्पस्ट हुनु जरुरी छ। जबसम्म बिद्यालयमा शैक्षिक बातावरण सृजना गर्न सकिदैन बिद्यालयको पठन पाठनको स्तर सुधार्न सकिदैन। अहिलेको संदर्भमा बिद्यालयमा पठन पाठनको अबस्था सृजना गर्न बिद्यालय संग सम्बन्धित सबै पक्षको सहभागिताको अत्यन्त आबश्यकता छ। शिक्षकहरुलाई राजनैतिक दलहरुको समाचार बाहकको रुपमा राख्न हुदैन। बरु शिक्षक प्राध्यापकहरुलाई निर्बाचन लडने स्वतन्त्रता दिन सकिन्छ र निर्बाचनमा पराजित भएमा जागिर नजाने व्यबस्था मिलाउन सकिन्छ तर बिद्यालयमा रहदा दलको सकृय कार्यकर्ताको रुपमा रहदा दलप्रति बढि जिम्मेवार हुने हुदा पठनपाठनमा सकृयता आउदो रहेनछ। दलको कार्यकर्ता भएको कारणले शि73कहरुलाई अध्यापनमा कमजोरी भएपनि दलका नेताले संरक्षण गरीरहनु पर्ने बाध्यता बिगतले देखाएको छ। यसरी शिक्षण संस्थाहरुलाई राजनैतिक प्रभाब बाट मुक्त गरेर शैक्षिक बातावरण सृजना गर्न सकियो भने शिक्षामा गुणत्मक सुधार हुन सक्दछ। यसैले सरकारको प्रतिबद्धता,राजनैतिक दलहरुको भूमिका,शिक्षकहरुको सकृयता, व्यबस्थापनको सकृयता, अबिभावकको जागरुकता, शिक्षाबिद्हरुको भुमिकाले नै शिक्षामा परीबर्तन संभब देखिने हुदा २१अैा शताव्दीको लागी शिक्षाको निर्माण गर्नेहो भने २१औ शताव्दीका चुनौतिको बिश्लेषण गरेर त्यो चुनौतिहरुको सामना गर्न सक्ने जनशक्तीको उत्पादन गर्ने निति र त्यो निति कार्यान्वयन गर्न लगानी र प्रतिबद्धता सरकारले जाहेर गर्नु पर्दछ। अन्यथा सरकारको २१अैा शताव्दीको लागी शिक्षा नितिमा परीबर्तन गर्नेकुरा सोम शर्माको कथा हुन्छ ।