सरस्वती कृष्ण श्रेष्ठ नेपाली कांग्रेसका कार्यकर्ताहरुको लागी परिचित नाम हो। तनहुुं जिल्लाको दक्षिणि भेग रीसिड. रानी पोखरीमा जन्मनु भएका स्व .श्रेष्ठ तनहुको दीक्षणि भेगका बिभिन्न सामाजिक संस्थाका संस्थापक र संचालक रहनु भएको थियो। श्री शिब माध्यमिक बिध्यालयका अध्यक्ष एवं रानीपोखरी गा.वि.स.का अध्यक्ष समेत हुनु भएको हुदा र लामो समय सम्म बिभिन्न संघ संस्थामा सकृय रहनु भएको हुदा तनहंुमा सामाजिक 73ेात्रमा वहंालाई नचिन्ने मानिस बिरलै थिए होलान्। पन्चायत समयमा म त्यहि ठाँउमा प्रधान अध्यापक भएर दुई बर्ष रहदा मेरो वहा संग सम्पर्क भएको हो। वहा ज्यादै मिलनसार र युवा जगतमा अत्यन्त प्रभावशाली हुनु हुन्थयो। वहाकोे कति ईच्छा थियो होला कति आकंाक्षा , तर वहाको ईच्छा र आकंाक्षा पुरा हुन सकेन। २०५६ साल फाल्गुन २४ गते केहि आतंककारीहरुको खुकुरी र पेस्तोलको आक्रमणबाट तनहुं जिल्लाको खैरेनीको दोभान भन्ने ठाउमा वहांकोे हत्या भयो। वहंाकोे हत्या भएको आज एक बर्ष पनि बिति सकेको छ। आतंककारीको आक्रमणबाट मारीनु भएका स्व. सरस्वती कृष्ण श्रेष्ठ प्रति मेरो केवल श्रद्धान्जली मात्र। आतंककारीको कृयाकलापले आज मानिसको जन्म सिद्ध अधिकार माथि आक्रमण भएको छ यसै कारण आज जताततै आतंकबादको निन्दा मात्र भएको हामी सुन्दछौ। आतंकबाद जनताको मौलिक अधिकारको बिरुद्ध संचालन हुने आन्दोलन भएको हुंदा जताततै यसको निन्दा र घृणा गरिएको हो। आतंकबाद मानव अधिकार बिरोधि आन्दोलन भएको हुनाले बिश्व जनमत आज यसको बिरुद्धमा देखिएको छ। नेपालमा बिगत केहि बर्ष देखि आतंकबादको हावा सूरु भएको छ। कथित माओबादीहरुको नाममा सुरु भएको यो आतंकले नेपालमा पनि केहि बर्ष भित्र थुप्रै निहत्था जनताको हत्या गर्ने काम भएको छ। केहि होनाहार राष्ट्रका सपुतहरु मारीएकाछन। यसरी बिना कारण जनताको हत्या गरीनु निस्चय पनि राम्रेा काम होईन। यस किसिमका गतिबिधिले लामो संधर्ष पछि प्राप्त प्रजातन्त्र लाई समाप्त पार्न खोजिएको आभास भएको छ। यस किसिमका हत्याले जनताको भावनामा गहिरो चोट पुगेको छ। यस्ता गििबधिका सम्वन्धमा राजनैतिक विष्लेषण गर्दा विगतलाई निहाल्नु पर्दछ। २०४६ सलको जन आन्दोलनले प्रजातन्त्र त प्राप्त भयो। तर नेपालमा प्राप्त प्रजातन्त्रलाई कसरी समाप्त पार्न सकिन्छ भनेर सेाचि रहेका प्रतिकृयाबादीहरुको प्रतिक्रान्तिको सोचाईलेनै नेपालमा प्रजातन्त्र समाप्त पार्ने अभियान मा लागे। आज नेपालमा संचालन भएको आतड.क कारी कृया कलाप यसैको एउटा प्रमाण हो। आजको तथाकथित जनयूद्ध यसैमा रुमलिएको छ। तथाकथित माअेाबादी जनयुद्धको सिकार आज कैयौ नेपाली आमाका सपुतहरु शहीद भई रहेका छन। मानिस मर्न सक्दछ तर उसको आदर्श मर्दैन। त्यो झन प्रबल भएर जान्छ। प्रजातन्त्रलाई समाप्त पार्न र नेपाली कांग्रेस लाई समाप्त पार्न यो देशमा धेरै प्रयासहरु भएको कसैको आखाबाट छिपेको छैन । तर कुनैपनि प्रयासहरु सफल भएनन्। आज तथाकथित माओबादि जनयुद्ध त्यहि प्रयासको एउटा असफल प्रयत्न मात्र हो। यो प्रयासले केहि सपुतहरुको बलिदान हुन सक्दछ तर जनताको ठूलो मेहनत र बलिदान बाट प्राप्त प्रजातन्त्रलाई समाप्त पार्न भने कसैले सक्ने छैन। आज देशलाई आतंकबाद बाट मुक्त गराउने प्रतिबद्धताको खाचो छ। त्यहि प्रतिबद्धतालाई अगाडि सारेर आतंक बादका बिरुद्ध लढने प्रण हामिले गरौ भने मात्र यो अभियान जनता र प्रजातन्त्रको पक्षमा गरीने सबै भन्दा ठुलो अभियान हुनेछ र यो अभियानलेमात्र समाजमा घटेका सबै किसिमका बिकृतीहरुलाई समाप्त पार्न सहयोग मिल्ने छ। आज हामी सबैले सोच्ने कुरा के हो भने आज प्रजातन्त्र को बिरुद्धमा सबै प्रतिकृया बादी शक्ती हरु एक भएका छन। यो बास्तबिकतालाई हामि सबैले बुझेर उकजुट हुनु परेको छ। प्रजातन्त्रको संरक्षणका लागी हामी एक जुट हुन सकेनौ भने इतिहासले हामीलाई क्षमा दिने छैन। आज माओवादीहरुको आक्रमण नेपाली काँग्रेेस माथि मात्र भई रहेको छ। काँग्रेस समाप्त नहुदा सम्म प्रजातन्त्र समाप्त हुदैन। त्यसैले पहिलो मार नेपाली काँग्रेस माथि परेको हो। काँग्रेस समाप्त हुनासाथ अरु दलहरुलाई चुटकीको भरमा समाप्त पार्न सकीन्छ भन्ने सोचाईको बिकास भएको छ। माओवादी समुहको मुल उदेश्य नेपाली कांग्रेसलाई समाप्त पारेर प्रजातन्त्रलाई समाप्त पार्नु हो। न यिनिहरुको उदेश्य माओबाद हो न साम्यबाद। यिनिहरुको उदेश्य प्रजातन्त्रलाई समाप्त पार्नु हो। यिनिहरुको न कुनै सिद्धान्त छ न आदर्श। त्यो स्थाई शक्ति होइन। नेपाली काँग्र्रेस , तरुणदल , नेपाल विधार्थि संघको कार्यकर्ताहरुको अठोटको मात्र आज खाँचो छ। प्रजातन्त्र वचाउन एक न एक पटक हामीले कटिवद्धता देखायौं भने यो शक्ती हामीहरु संग टिक्न सक्ने छैन। त्यसैेले आ स्व. सरस्वति कृष्ण श्रेष्ठलाई स्मरण गर्दा उनले प्रजातन्त्रको स्थापनामा दिएको योगदानका बारेमा र समाजिक परि बर्तनको लागी दिएका गोगदनका बारेमा स्मरण गनुै पर्दछ। उहाँ तनहुँको दक्षिणी भेगका एउटा हस्ति हुनुहुन्थो। श्रृङ्ग पथको निर्माणमा होस वा शिब माध्यमिक बिद्यालयको निर्मामा होस।रानी पोखरीमा हुलाक वा टेलिफोनको स्थापनामा होस, सामुदायीक कार्यालयको स्थापनामा होस। सरस्वती कृष्णलाई स्मरण गर्ने धेरै ठाउहरु छन। साच्चिनै ब्यक्तिगत रुपमा भन्नु पर्दा पंचायतको समयमा मलाइृ कांग्रेस भएर बाच्न धेरै ठेलो सहयोग गर्नु भएको थियो। वहाको प।िबार र मेरो परिबार दुईटा थियो भनेर म कल्पना गर्न सक्दिन। यति भन्दा बढि भन्ने शब्द म संग छैन। आज वहाका पिता गोपाल कृष्ण श्रेष्ठ र वहाको परिबारलाई शायद कस्तो भएको छ होला म अन्दाज गर्न सक्दछु तर मेरो लागी भने त्यो परिवारमा आएको यो बिपतिले रिसिङ. रानी पोखरी अब निर्जन र पिडा दाएक बनेको छ। यो भन्दा बडि शब्द मसंग पनि निस्कन सक्दैन। उहँाका परिवार लाई पुन एक पटक हार्दिक संमबेदना र स्व. सरस्वती कृष्ण श्रेष्ठलाई आजको यस क्षणमा हृदय देखि पुन श्रद्धान्जली ।