गोविन्दराज जोशी

वी. सं. १९८१ चैत्र २३ गते तनहुंको चुदिमा जन्मनु भएका रामचन्द्र पण्डित त्यस क्षेत्रको शिक्षाको विकाश र समाजिक परीवर्तनको अगुवाको रुपमा चिनिनु हुन्छ । २००७ सालको जनक्रान्तीको स्मरण गर्दा  जसरी तनहु जिल्लाको नाम उल्लेखनीय छ,त्यसरीनै प्रजातान्त्रीक आन्दोलनमा तनहुं जिल्लामा महत्वपुर्ण योगदान दिने व्यक्तीत्वहरुमा स्व . राम प्रसाद खनाल , श्री श्रीभद्र शर्मा,  स्व. ज्ञानहरी पण्डित ,स्व. गोवर्धन शर्मा , स्व. बखान स्ंिह गुरुङ्गको योगदानको उच्च मुल्याङ्कन गर्नु पर्दछ । नेपालको प्रजातान्त्रकि आन्दोलनका अगुवाहरुलाई जन्म दिने चुदि फाटमा जन्मनु भएका रामचन्द्र पण्डितको नेपालको जाहानीया शाशनको विरुद्धमा भएको प्रजातान्त्रीक आन्दोलनमा महत्वपुर्ण योगदान थियो । म आज समाजको विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउनु भएका स्व. रामचन्द्र पण्डीतको भुमिकाका वारेमा केहि चर्चा गर्न चाहान्छु ।

पारीवारीक पृष्टभुमि

पिता वैजनाथ पण्डित तथा माता ऋतु माया पण्डितका व्दीतीय पुत्र रामचन्द्र पण्डित तनहुं चुदि रंघाको प्रतिष्ठित परीवारमा जन्मनु भएको थियो । चुदिखोला त्यतिखेर चेतनशिल मानिसहरुको जन्मस्थलको रुपमा परीचित छ । कविराज रामप्रशाद खनाल, आदिकवि भानुभक्त आचार्य आदि विव्दानहरुको जन्मस्थल चुदि चेतनशिल मानिसहरुको उदगम स्थल भन्दा अनुपयुक्त हुदैन पनि । त्यहि जन्मनु भएका रामचन्द्र पण्डितको परीवार साच्चिनै सचेत र जागरुक  थियो । उहाका दाजु ज्ञानहरी पण्डितको नेपालको प्रजातान्त्रकि आन्दोलनमा महत्वपुर्ण भुमिका रहेको छ । ज्ञानहरी पण्डित आज हाम्रो माझमा हुनुहुन्न । हामि उहाको जीवनकालमा उहाले नेपाली समाजमा गर्नु भएको योगदानको चर्चा नगरी रहन सक्दैनौ  । २००७ सालको जन सरकारका शिक्षा मन्त्री रहनु भएका स्व. पण्डित लामो समय सम्म वन्दिपुरको भानु प्राथमिक विद्यालयमा अध्यापन गर्नु भयो । त्याहा रहदा वन्दिपुरमा पदम पुस्तकालयको स्थापना र संचालनमा वहाको ठुलो योगदान रहेको थियो  ।

सस्कृतका धेरै विद्धानहरुको जन्म तनहुंमा भयो । तनहुको चुदि क्षेत्र त्यसको मुहान थियो । आदिकवि भानुभक्तको जन्म त्यहि भएको हो । नेपालको प्रजातान्त्रकि आन्दोलनमा पण्डित परीवारको महत्वपुर्ण भुमिका रहेको छ भनेर मैले माथिनै भनि सके । स्व. रामचन्द्र पण्डितका  छोरा शरदचन्द्र पण्डित पंचायत कालमा तनहूमा नेपाली कांग्रेसको सस्थापक सदस्य हुनुहुन्थ्यो । पंचायत कालमा कांग्रेस हुनु त्यति सहज थिएन । त्यतिखेर वी. पी. कोइरालाको निर्देसनमा नेपाली कांग्रेस तनहुंको जन्म भएको थियो । गोवर्धन शर्माको अध्यक्षतामा गठित तनहुं कांग्रेसमा पदम वहादुर आले , लेखक गोविन्द राज जोशी , सुर्यनाथ आचार्य , अमर राज कैनि मेघराज कोइराला, शरदचन्द्र पण्डित , मणिराज राना , युक्तकृष्ण राना , जगतवहादुर पण्डित रहेको कांग्रेस कार्यसमिति थियो । यति १० जना वाट सुरु भएको तनहुं कांग्रेस आज झाङ्गीएर धानि नसक्नु भएको छ ।  पण्डित परीवारका सदस्य शरदचन्द्र पण्डितको नेपाली कांग्रेस तनहुको विस्तारमा महत्वपुर्ण योगदान रहेको छ । यसका साथै उहाले लामो समय सम्म शिक्षण पेसामा रहेर तनहुंमा शिक्षाको विकाशमा महत्वपुृर्ण योगदान दिनु भएको छ ।

शिक्षको विकाशमा रामचन्द्र पण्डित

२००७ सालको जनक्रान्तिको अग्रणि ज्ञानहरी पण्डित तनहुं वन्दिपुरमा गठित २००८ सालको जन सरकारका शिक्षा मन्त्री हुनुहुन्थ्यो । आफना दाजु ज्ञानहरी पण्डितको प्रेरणाले प्रजातन्त्रको स्थापना पछि उहा शिक्षाको विकासमा सकृय रहनु भयो । यसको सुरुवात उहाले वन्दिपुरको आधार मिडल स्कुलवाट गर्नु भयो । वन्दिपुर मिडिल स्कुलको अध्यापन पछि उहा गोराखाको लक्ष्मि माध्यमिक विद्यालयमा अध्यापन गर्नु भयो । त्यहिवाट उहाले शिक्षण पेसावाट अवकास लिनु भयो । उहाको योगदान वाटनै चुदिमा भानु पुस्तकालयको पनि स्थापना भएको थियो । यसरी शिक्षण पेसामा रहेर शिक्षाको विकाशमा महत्वपुर्ण योगदान दिनु भएको छ ।

समाज सुधारक रामचन्द्र पण्डित

आफु जन्मेको ठाउ र समाजलाई परीवर्तन गर्न प्रयत्नशिल रहनु मानिसको ठुलो गुण मानिन्छ । रामचन्द्र पण्डितले शिक्षण पेसामा रहेर र शिक्षण पेसावाट निवृत्त भए पछि पनि समाज परीवर्तनकोलागी नाटक मन्चन गर्ने , नाटकहरुको रचना गरेर  आफुले रचना गरेका र अन्य नाटकहरुको निर्देसन गरी सुचनामुलक नाटकहरु समाजमा प्दर्शन गरेर समाज सुधार र समाजमा मनोरन्जन दिलाएर समाजको विकाशमा  महत्वपुर्ण भुमिका निर्वाह गर्नु भयो ।

आध्यात्मिक क्षेत्रका अग्रणि

स्वभावैले सस्कृतको अध्ययन गर्ने मानिस आध्यात्मिक नभएको कमै होलान । रामचन्द्र पण्डित पनि आध्यत्मिक स्वभाव र चरित्रका व्यक्ती हुनुहुन्थ्यो । त्यसो  त उहाको आध्यात्मिक चरीत्रकालागी उहाको दाजु ज्ञानहरी पण्डितको पनि उहामाथि प्रभाव परेको थियो । शिक्षण पेसावाट अवकास लिए पछि  रामचन्द्र पण्डित व्रह्म निष्ट विद्यावारीधिक क्षितिसचन्द्र चक्रवर्ति व्दारा आध्यात्मिक क्षेत्रमा स्थापित अव्दैत सस्थाको केन्द्रीय महासचिव र देवघाट विद्यापिठको प्रथम पिठाधिस जगतगुरु पद्यमपाद सरस्वति रहनुभई केहि वर्ष पिठको संरक्षण र विकाशमा सम्लग्न रहनु भयो । आफना दाजु ज्ञानहरी पण्डित लगाएत अन्य जेष्ट पण्डितहरुको निधन पछि उहा पण्डित वन्धुहरुको अभिभावकत्व निर्वाह गरेर रहनु भयो । यसरी उहाले आफनो शेषजिवन आध्यात्मिक चिन्तन र विकासमा लगाउनु भयो ।

अन्तमा

राम चन्द्र पण्डित आज हामिहरु माझ हुनुहुन्न । उहाले समाजको परीवर्तनमा धेरै महत्वपुर्ण कामहरु गर्नुभएको  छ ।  आध्यत्मिक चिन्तन भएका स्वर्गीय पण्डितको विचार र उहाले देखाउनु भएको वाटो अवलम्वन गर्ने दाइत्व आज उहाका छोराहरु र अन्य परुविार जनहरुको काधमा आएको छ । आध्यत्मिक वाटो वाट मात्र  जिवनमा मुक्ती पाउन सकिन्छ भन्ने उहाको चिन्तलाई साकार पार्न उहाका परीवारजन सधैव सकृय रहनु हुनेछ । उहाको सत्चिन्तनलाइ हामिले सत्कर्ममा परुीवर्तन गर्न सक्यौ भने मात्र हामिहरुको उहाप्रति सच्चा श्रद्धान्जली हुनेछ । स्व. रामचन्द्र पण्डित प्रति यहि मेरो श्रद्धा सुमन  ।

(           लेखक नेपाली कांग्रेसका पुर्व सह महामन्त्री हुनुहुन्छ )