गिरिजाप्रसाद कोइराला आज भौतिकरुपमा हामीहरुको माझमा हुनुहुन्न । नेपाली कांग्रेसका सभापति समेत रहनु भएका स्व कोइराला नेपालको शान्ति प्रकृयाका अग्रृणी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको निधनले राजनीतिमा पु¥याएको क्षतिको अहिलेनै मुल्यांकन गर्न सकिने अवस्था छैन । ६ दसक लामो उहाको राजनीतिक सकृयताले उहाका आलोचकहरु हुन वा शुभजिन्तक सवैको श्रद्धाका पात्र वनेर उहा भौतिक रुपमा सदाका लागि विदा हुनुभयो । आफनो जीवनको उत्तरार्धमा सहमति, सहकार्य, एकता र मेल मिलापको नीति अवलम्वन गर्दै देशमा पूर्ण लोकतन्त्रको स्थापना र देशलाई हिंसात्मक द्धन्द्धवाट मुक्त गराउन उहाले जोखिम पुर्ण राजनीतिक अभ्यास गर्नु भयो । माओवादीको मुलप्रवाहीकरण र संविधान सभाको निर्वाचनमा उहाको योगदान अविश्मरणीय रहन्छ । कट्टर वामपन्थि विरोधी मानिने कोईराला आफनो जीवनको उत्तरार्धमा आएर सवै शक्तिलाई राजनितिको मुल प्रवाहमा हिडाउन सफल हुनु भयो । हिंशात्मक गतिविधिले अन्तत लोकतन्त्र कमजोर हुदै जानेर अधिनायकवादी शक्तिहरु वलियो हुदै जाने महसुस गरी माओवादीलाई राष्ट्रिय राजनीतिको मुल प्रवाहमा ल्याउन उहाले अथक प्रयास गर्नु भयो । यसैले अहिले शान्ति र संविधान उहाको मुल अभियान र उहा प्रतिको सम्मान भन्ने नारा प्रत्येक नेपालीको कानमा गुञ्जी रहेको छ । नेपालमा शान्ति प्रकृयाको सुरुवात सात रजनैतिक दलहरु र माओवादी वीच भएको १२ वुदे संझौतावाट भएको हो । १२ वुदे समझदारीमा हस्ताक्षर गर्ने प्रमुख तिन नेताहरु मध्य कोइराला रहनु भएन भने माधव कुमार नेपाल प्रधान मन्धी हुनु हुन्छ र पुस्पकमल दाहाल प्रमुख प्रतिपक्षी दलका नेता । त्यसैले शान्ति प्रकृयालाई तार्किक निस्कर्षमा पु¥याउने दायीत्व उहाहरुको काँधमा छ । यतिवेला कोइरालाको चौतर्फी सम्मान भईरहेको वेला उहाको सहमति , सहकार्य र एकताको मुल उदेश्य के हो ? उहा नेपालमा कसरी शान्ति र कस्तो सविधान दिन चाहनु हुन्थ्यो ? भन्ने विषयमा चर्चा गर्नु उपयुक्त हुने छ । शान्ति विना लोकतन्त्र र विकाश संभव नभएको उहाको धारण थियो । त्यसैले उहा शान्ति स्थापना गर्ने काममा प्रयत्नशिल रहनु भयो । देशमा वढदै गएको द्धन्द्ध लोकतन्त्रको स्थाईत्वका लागि उपयोगी थिएन । त्यसैले माओवादीलाई राष्ट्रिय राजनीतिको मुल प्रवाहमा ल्याउन उहा प्रयत्नशील रहनु भयो । यहि अभियान अन्तरगत माओवादी संग १२ वुदे हस्ताक्षर भयो । शान्ति स्थापनाको लागी सातदल र माओबादीको विच भएको सहमतिमा दश वर्षदेखि जारी सशस्त्र द्वन्द्वको अग्रगामी राजनीतिक निकासद्वारा समाधान गर्दै शान्ति स्थापना गर्न , पूर्ण लोकतन्त्र स्थापना गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रका वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय आदि समस्याहरुको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्न, संसद्को पुनस्र्थापन गर्ने र संविधानसभाको निर्वाचन गर्न, मावोवादी लडाकुहरुको व्यवस्थापन गर्ने र माओवादीको अर्धसैनिक संरचना भंग गर्नु सहमतिका पहिला मान्यता थिए । सशस्त्र द्वन्द्वको क्रममा विस्थापित हुन पुगेका अन्य लोकतान्त्रिक पार्टीका नेता, कार्यकर्ता र जनतालाई यथास्थानमा फर्केर स–सम्मान बसोबास गर्ने, उनीहरुको कब्जा गरिएका घरजग्गा सम्पत्ति फिर्ता गर्ने र उनीहरुलाई निर्वाध ढंगले राजनैतिक गतिविधि गर्न पाउने वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरेकोछ । कोइराला आफनो जिवनभरी यी प्रतिवद्धताहरु पुरा गर्न प्रयत्नशिल रहनुभयो । शान्ति र संविधान एक अर्काको परीपुरक हुन । लोकतान्त्रीक मुल्य र मान्यता विनाको संविधानवाट शान्ति स्थापना हुदैन र शान्ति कायम हुन नसकेमा लोकतान्त्रीक संविधान निर्माण हुन सक्दैन । हामिले वहाको सपनालाई साकार पार्ने प्रतिवद्धता व्यक्तगर्दा यीनै कुराहरलाई पुरा गर्ने प्रण गर्नुपर्दछ । जनआन्दोलनको सफलता सहमतिको राजनितिको सफलता थियो । फरक फरक विचार भएका राजनीति दलहरको विचको सहमतिवाट नेपालमा लोकत्नत्रको स्थापना भएको भन्ने कुरा यथार्थ हो । त्यहि सहमतिको वाटोवाट जनआन्दोलनले दिएको मार्ग दर्शनलाई हामिले अवलम्वन गर्नु पर्दछ । आज सहमति सवैको उपयुक्त शव्द वनेको छ । सहमति केका लागी सत्ताका लागी थिएन । सहमति शान्ति प्रकृयाको लागि गरीएका प्रतिवद्धता पुरा होे । माओवादीले प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानवअधिकार, कानुनी राज्यको अवधारणा, मौलिक हक प्रेस स्वतन्त्रताको सम्मान लोकतान्त्रिक मूल्य मान्यताप्रति ने.क.पा.(माओवादी) ले आफ्नो प्रतिबद्धता व्यक्त गरेको कारण सहमतिको राजनितिको सुरुवात भएको हो । कोईरालाले आफनो जीवनको अन्तीम समयमा माधव नेपाल संग व्यक्त गर्नु भएका शव्दहरु “तपाईले सवैलाई मिलाएर लैजानुहोस ” र “ पुस्पकमल दाहाललाई भन्नु भएका शव्दहरु तपाई जिम्मेवार हुनु होस ” भन्ने वाक्यास मर्मस्पर्सि छन । वहाका भानाईहरु “मैले देसलाई सहमति ,सहकार्य , एकता र मेल मिलापको वाटो हिडाउन खोजे पनि पुरा गर्न सकिन । तपाईहरु दुई जना त्यो अभियानका सहयात्री हुनु हुन्छभन्ने रहेको देखिन्छ ”। सहमतिवाट नेपालमा लोकतत्तको स्थापना भयो , संविधान सभाको निर्वाचन भयो । १२ वुदे समझदारी शान्ति प्रकृयाको प्रस्थान विन्दु थियो । त्यसमा गरीएका प्रतिवद्धताहरु सहमतिका आधारहरु थिए । शान्ति र सविधान साथ साथै लगिएन भने लोकतन्त्रले स्थाईत्व प्राप्त गर्न सक्दैन । किन भने शान्ति र स्रविधान लोकतन्त्र रुपि रथका दुई पाँग्रा हुन । यो प्रतिवद्धता पुरा गरेर मात्र सहमतिको यात्रा पुरा गर्न सकिन्छ भन्ने वहाको मान्यता थियो । कोइरालाले एकता र मेल मिलापको विषयमा जनता संगको मेल मिलापनै लोकतन्त्रको प्रमुख आधार हो भन्ने कुरालाई जोड दिनु भएको थियो । लोकतन्त्रको आधार जनता हुन । जनता वलियो नहुदा सम्म लोकतन्त्र वलियो हुदैन । त्यसैले जनता संगको मेल मिलापनै वास्तविक अर्थमा मेलमिला हो भन्ने मान्यताका आधारमा जनताका प्रतिनिधिहरु जो सुकै हुन , जुन सुकै विचार धारा भएका हुन उनिहरु संग सहमति र सहकार्य गर्नु पर्दछ भन्ने वहाको मान्यता थियो । सहमति सहकार्य एकताका र मेल मिलापको सिद्धान्तवाट नेपालमा पुर्ण लोकतन्त्रको स्थपना भएको छ । संविधान सभाको निर्वाचन भयो । शान्ति र संविधानले पुर्णता प्राप्त गर्न नसकिदै वहाको निधन भएको छ । संविधान निर्माण गर्न नेपाली जनताले दिएको समय केहि दिन मात्र वाकि छ । यो अवस्थामा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षि दलका नेताले कोइरालाले भनेको समयमै आफना प्रतिवद्धताहरु पुरा गर्न सक्लान ? कोइरालाका वारेमा मानिसहरु धेरै कुरा गर्दछन । उहा सरल स्वभावका मानिस हुनुहुथ्यो । उहाले जे निर्णय गर्नु हुन्थ्यो त्यसवाट वहालाई पछि हटाउन सकिदैनथ्यो । यद्यपी निर्णय गर्ने प्रकृयामा भने उहाको केहि कमजोरीहरु हुन्थे । उहा विष्लेषण गरेर भन्दा तत्कालिन परिस्थितिवाट प्रभावित भएर निर्णय गर्नु हुन्थ्यो । राटियता प्रति उहाको निष्टा थियो जनता प्रति उहाको ईृमान्दारीता थियो । लोकतनत्र प्रति उहाको प्रतिवद्धता थियो । संसदको पुनस्थापना , गणतन्त्रको स्थापना उहाले लिएको जोखिम पुर्ण कामहरुको सुचिमा पर्दछन । उहाको जीवनलाई वास्तविक मुल्याङन गर्नु पर्दा उहा कि सुन्यमा रहनु हुन्थ्यो कि सयमा । उहा विचमा रहन सकनु हुदैनथ्यो । त्यसैले जीवनभरी वाम विरोधिको रुपमा परीचित कोइराला २०६२÷६३को आन्दोलनमा मावोवादी जस्तो उग्रवाम पार्टीसंग सहकार्य गर्न पुग्नु भयो भने जीवन भर दरवारसंग नजिक भनेर आलोचना खेपिरहने उहाकै हातवाट अन्तत राजतन्त्रको अन्त र गणतन्त्रको घोषणा भयो । यो् वहाको राजनीतिक जीवनका विषेष चरित्र हुन । कोइराला पछि कांग्ेसमा को नेता हुने भन्ने कांगे्रसका कार्यकताहरुमा मात्र होईन नेपाली रजनीतिमा पनि अन्योल रहेको विषय हो । काठमाण्डौमा समपन्न गत महासमितिको वैठकमा स्वय. गिरिजा प्रसाद कोइरालाले पार्टिमा सभापतीय पद्धति कायंम राख्नु पर्दछ भन्दा पनि पार्टिमा सामुहिक नेतृत्वमा जाने कुराको निर्णय भएको कुरा लााई त्यही महासमितिको वैठकमा सहभागि भएका हरुले स्मरण गरेको हुनु पर्दछ । महासमितिको उक्त वैठकले उत्तराधिकारी प्रणाली लाई समाप्त गरी दिएको छ । अहिलेको वैधानिक व्यवस्था अनुसार गिरिजा प्रसाद कोईरालाको उत्तराधिकारी पार्टिमा कुनै व्यक्ती नभएर सिङ्गो कांग्रेस पार्टि हो र अव कांग्ेसको हरेक तहमा व्यक्तकिो निर्णय होईन पार्टिको निर्णय निर्णायक हुने भएको हुदा अवको कांग्ेसमा पार्टि कार्यसमिति निर्णायक निकाय हो । कांग्रेस पार्टि अव वास्तविक सस्थागत निकायमा चल्नु पर्ने वाध्यात्मक अवस्था सृजना भएको छ । अहिल सृजित परीस्थिति त्यसको असहजता हो । त्यसैले अवको काग्रेसलाई त्यहि किसिमवाट व्यवस्थापन गर्नुपर्दछ । अन्तमा, आज गिरिजाप्रसाद कोइरालाले के गर्नु भयो भनेर मुल्याड.कन गरी रहनु भन्दा सवैको मुखवाट एकै थरी कुराहर निस्कि रहेको छ वहाको सपनालाई हामिले साकार पार्नु पर्दछ । निस्चय पनि जीवनको उत्तारर्धमा उहा कांग्रेसको नेता भन्दा वडि सवैको संयोजक र संरक्षकको रुपमा आफुलाई उभ्याउनु भएको थियो । अहिले त्यो अभिभावकको खाचो खटकिएको छ । उहाका अभियानलाई पुरा गरेर देशलाइृ शान्ति र संविधान समयमै दिनु भरेको छ । यो कठिन कार्य पुरा गर्ने दार्यत्व कांग्रैसी जनकोत हुदै हो तर यो अभिाभारा सवै भन्दा वढि माधव नेपाल र दाहालको काधमा रहेको छ । यो अभिभार पुरा गरेर ने्पाली जनतालाई समयमै संविधान र शान्ति दिन सकेमा मात्र उहा प्रति सच्चा श्रद्धान्जली हुनेछ । (लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुुहुन्छ । ) मिति २०६६ । १२। १३ कान्तिपुर दैनिकमा प्रकासित