आज भोली प्राय समिकरणको चर्चा हुन्छ। समिकरणको बिषय सबैलाई मनपर्दछ। पत्र पत्रिकामा समिकरणको बिषयमा लेखिएको लेख पनि मानिसहरु खुब रुचाउदछन। राजनीतिक कार्यकर्ता देखी नेता सम्मको मुख बाट यो सव्द खुब निस्कन्छ। प्राय नेताहरुलाई सबैले सोधने पहिलो प्रस्न समिकरणको बारेमा के भई रहेको छ। सबैलाई किन यो शव्द यति प्रेम पुर्ण भएको छ। आखिर सांसद उनैन हुन। जोसुकैको बिचमा समिकरण भएपनि। राजनैतिक नेताहरुकोबिचमा ,राजनेतिक दलको बिचमा सांसद हरुको बिचमा चलेको यो चर्चा किन लोकपृय भएको छ त्यो बारेमा केहि उल्लेख गर्नु उपयुक्त संझेको छु। लामो संधर्स पछि नेपालमा बहुदलिय व्बवस्था प्राप्त भयो। बहुदलिय व्यबस्था प्राप्त गर्न जस्को जति सुकै योगदान भएपनि नेपाली कांग्रेसले सबैभन्दा लामों संधर्ष गरेको कारण आफुलाई प्रजातन्त्र प्रति प्रतिबद्ध संझनु स्वभाबिक हो। ने.क.पा. ए.मा.ल.ले पनि जनआन्दोलनमा आफू सहभागी भएको कारण आफनो प्रजातन्त्र प्रतीको प्रतिबद्धता व्यक्त गर्नु अस्वभाबिक होईन। केवल प्रजातन्त्रको दाबेदार मात्र आफुले ठानेर हुदैन। प्रजातन्त्रका केहि मुल्य र मान्यता हरु हुन्छन। ती मुल्य र मान्यता हरु के हुन ति कोबाट कतीपालना भएकाछन त्यसको आधारमा सबैराजनैतिक दलहरुको मुल्यड.कन मानिसहरुले गरेका हुन्छन। बहुदलिव्यस्थामा सत्ता परीबर्तन भई रहन्छ। सरकार परीबर्तन हुनुु स्वाभाबिक प्रकिया हो। सरकारमा को रहन्छ को रहदैन त्यो महत्व पुर्ण होईन।महथ्वपुर्ण कुरा के हो भने सरकारले जनताको आकंक्षाको परीपुर्ती गरेको छ कि छैन र गर्न प्रयत्नशिल छ कि छेन।यदि कुने सरकारबाट प्रजातान्त्रीक मूल्य प्रतिको प्रतिबद्धतासमाप्त हुन गयो भने निस्चयपनि सबैको लागी त्यो चिन्ताकेा बिषय हून्छ। आजको समिकरणको पछि पनि यहि सत्य रहेको छ।त्यसैले आज सबैको चासोको बिषय समिकरण बनेको छ। बिगतमा नेपाली कांग्रेशको नेतृत्वमा बनेको संयुक्त सरकारको समयमा यो देसमा धेरै महत्व पुर्णकामहरु भएका थिए। शान्ति सुरक्षाको अबस्था अत्यन्त राम्रो थियो। बिदेशी लगानीको लागी देशमा उपयुक्त बातावरण सृजना भएको थियो। दातृु राष्ट र सस्था हरु नेपालमा लगानी गर्न उत्सुक देखिन्थे। निजि क्षत्रमा धेरै उद्योग संचालन हरु सुरुभएका थिए। एउटा राम्रो बातावरण देशमा सृजना भएको थियो। बर्तमान रा.प्र.पा. र ने.क.पा.ए.मा.ले. को संयुक्त सरकार यो देशमा आएपछि यो बाताबरण अनुकुल रहेन। सबैमा अनेकौ आसंकाहरु उत्पन्न हुन थाले। कुनै पनि मुलुकमा सरकार परिबर्तन भई सहन्छ। तर सरकारको परीबर्तन भएपनि सरकारका कार्यक्रम हरु परिबर्तन हुदैन। पछिल्लोसरकार अधिल्लो सरकारको निरन्तरताहेाभन्नेकुरालाई सरकारले राम्ररी बुझनु पर्दछ। बर्तमान सरकारको नियतनै राम्रो भएन।बर्तमान सरकार सत्तामा आएपछि सर्बप्रथमत सरकारले सदनलाई सकेसम्म चाडै अन्त गर्ने प्रयत्न गरयो। सदनमा प्रस्तुत भएका बिधेयकहरु त्यसमा पनि बिकेन्द्रीकरण जस्तो बिधेयक लाई पनि सदन अन्त गरेर अध्यादेश मार्फत लागु गर्ने निति लियो। सरकारले बारंबार भनेको थियो बिकेन्द्रिकरण ऐन आगामि सदनमा प्रस्तुत गर्नेछौ।तर सरकारले यो सदनमा पनि बिकेन्द्रीकरण बिधेएक प्रस्तुत गरेन र जनतालाई पून एकपटक झुक्यायो। सरकारको अबिश्वासनीयताको कारण आज बारंबार सबैको मुखमा समिकरणको कुरा उठने गरेको छ। बर्तमान सरकारले स्थानिय निर्बाचन गरेको छ। स्थानिय निर्वाचनमा सरकारबाट जे जस्ता कामहरु भए त्यसबाट नेपालीजनताको मनमा अझ आशंका उत्पन्न भएको छ। एउटा प्रस्न अझ पनि अनुत्तरीत रहेको छ। के बर्तसरकारको प्रमुख धटक ने.क.पा. ए.मा.ले.ले स्थानिय निर्बाचनमा जे गरेको थियो त्यो किन गरेको थियो? के स्थानिय निकायहरुमा आफनो नियन्त्रण राखन मात्र गरेको थियो? अथवा सरकाको प्रमुख धटक ने.क.पा.ऐ.मा.ले.ले बहूदलिय व्यबस्था र निर्बाचन पद्धति प्रतिनै जनताको बितिष्णा उत्पन्न गराउन निबर्नचनमा यस्तो कार्य गरेको थियो? तर जेसुकै नियत बाट यस्तोकाम गरेको भएपनि जनताको निर्बाचन पद्धति प्रति बितिष्णा फैलाउन सरकारको प्रमुख धटक ए.मा.ले.को यो गतिबिधिले मद्धत गरेको छ। त्यसकारण सत्ताको समिकरणको प्रस्न आज उठेको केबल सरकारमा जान र सरकारबाट हटाउनका लागमिात्र होईन। केगर्दा प्रजातनत्रको मान्यता कायम रहन्छ त्यसैको चिन्ता आज सबैमा रहेको देखिन्छ। नेपाली कांग्रेस पनि आज यहि चिन्ताले बर्तमान अवस्थाबाट गुज्रीरहेको छ। नेपाली कांग्रेस आज केगर्दा प्रजातन्त्र को मुल्य र मान्यता कायम रहन्छ त्यो जिममेवारी नेपाली कांग्रेसको काधमा आएको महसुस गरेको छ। त्यो जिम्मेवारी कसरी बहन गर्ने नेपाली कांग्रेस भित्रको बहसमको बिषय पनि त्यहि हो। त्यहि निस्कर्षमा पूग्न नसक्दा आज नेपाली कांग्रेस भित्र समिकरण परीबर्तन गर्ने नगर्ने ,बिषयमा छल फल भई रहुको छ। आज कांग्रेस भित्रको छलफल को मन्त्री हूने र नहूने होईन , को प्रधान मन्त्री हुने र नहुने भन्ने पनि होईन। सरकारमा जाने र बाहिर बाट समर्थन गर्ने पनि होईन। के गर्दा नेपाली कांग्रेसले प्रजातन्त्र सुदृढगर्न सक्दछ त्यसमा नेपाली काग्रेसले गम्भीरथाका साथ सोच्नु पर्दछ। त्यसकारण आज नेपाली कांग्रेस सरकारमा जान आतुर होईन। समिकरण परिबर्तन गर्न पनि आतुर पनि होईन। तर बर्तमान सरकारको कृयाकलापले गर्दा र खास गरीकन बिगतमा भएका स्थानीय निर्बाचनमा भएका कृयाकलापले अब जनतामा पुन निर्बाचन हुदा मतदाताहरु मतदानमा सरीक हुन सकने छैनन भन्ने बिश्वास आज सबैमा परेको छ। यदी त्यस्तै भयो भने लामो संधर्स वछि प्राप्त प्रजातन्त्र को उपहास हुनेछ। यहि निस्कर्षमा पुगेर आज नेपाली कांग्रेस राजनितिको सहज बाटो खोजि रहेको छ। यद्यपी नेपाली कांग्रेसको अगाडी सीमित मात्र बिकल्पहरु छन। ति बिकल्पहरुलाई कसरी अबलम्बन गर्ने र कसरी नेपाली राजनिति लाई सहज बाटोमा लैजाने नेपाली कांग्रेसको लागी चुनौती पूर्ण कार्य भएको छ। जे भएपनि नेपाली कांग्रेसले परिस्थिति लाई अन्योलमा राख्न हुदैन।नेपाली कांग्रेसको त्यो मान्यता पनि होईन। राजनैतिकदलहरुले कुनैपनि परीस्थीतिलाई आफनो अनुकुल बनाउन प्रयत्न गर्नु पर्दछ। निर्णय गर्न डराउनु हुदैन। रणनिति जे पनि हुन सकदछ। रणनिति साध्य होईन साधन हो। साधनमा परीबर्तन भई रहन्छ। एक पटक प्रयोग गरेको साधन असफल भयो भने तुरुन्त अर्को साधनको प्रयोग गर्नु पर्दछ।तर साध्य चाहि बारंबार परीबर्तन गर्न सकिदैन। साधन को बारेमा परीबर्तनीय सोचाई राख्नु पर्दछ। साधनको असफलता कसैको असफलता मानिदैन भन्ने मेरो धारणा छ। नेपाली कांगे्रस यहि अबस्थामा रहि रह्येा भने पनि ने.क.पा. ए.मा.ले. आफनै अन्तरद्धन्धका कारणले समाप्त हुन्छ भन्ने नेपाली कांग्रेसभित्र एउटा सोचाई नभएको हाईन।हुनत यो पनि एउटा राजनैतिक पक्ष हो। तर ऐ.मा.ले. के होला हामिले अर्काको बारेमा सोचनु भन्दा आफनै बारेमा सोचनु र।ाम्रो हुन्छ।यदि नेपाली कांग्रेस आफनो संगठन सुदृढ गर्ने तयारीमा लागने हो भने त्यसै हिसावले कार्यकर्ताहरुलाई निर्देसन दिनु जरुरी छ। चुनाव महत्व पूर्ण कुरा होईन। संसारमा अधिनाएक बादि पबृतिका सरकारहरु धेरे बने। तर ती टिकाउ सकेनन। त्यसैले संगठन राम्रो भयो भने सरकारमा जान हतार गर्नु पर्दछ भन्ने होईन। कुनै दललाई सरकारमा पुरयाउने संगठननै हो। तर संगठन गर्ने कुरा पनि सजिलो छैन।संगठनलेनै कार्यकर्तालाई भरोसा दिन्छ। त्यसैले कार्यकर्तामा आएको निरासालाई उत्साहमा सरीबर्तन गर्न अस्थिरता लाई स्थिरतामा परिबर्तन गर्न , डरलाई निडरमा परिबर्तन गर्न संगठनलाई सुदृढ पार्नु पर्दछ। संगठनको बलले कार्यकर्तामा भरोसा उत्पन्न गराउन सकिन्छ। राजनितिको यो अत्यन्त महत्व पुर्ण पक्षहो ा नेपाली कांग्रेसले यो बाटो अबलम्बन गर्न सकदछ।राज नितिको अति निस्पक्षबाटो पनि यहीहो तर यो बाटेो अतीनै कठिन पनिछ। बर्तमान गठबन्धन सरकार चरित्रका कारणले प्रजातन्त्र बादि हुन सक्दैन। बिगतमा भएको सरकारको कृयाकलापले पनि योकुरा लाई पुष्टी गरेको छ। बहुदलिय व्यबस्थामा बिश्वास गर्नेहरुले बैकल्पीक रजनैतिक दलका बारेमा सोचाई राखनु पर्दछ। ए.मा.ले.को अधिनाएक बादि चरीत्रका कारण त्यस किसिमको सोचाईको बिकास हुन सकिराखेको छैन। यद्यपी ऐ.मा.ले. भित्र पनि केहि उदार बिचार राखने हरु छन। तर त्यस किसिमको बिचार दिनपरदिन कमजोरहुदै गएको छ यस्तो अस्पस्ट स्थितिमा ने.क.पा.ए.मा.ले. संग कांग्रेसको कसरी समिकरण हुन संभव छ बिचारणीय छ। त्यसैकारण आज ए.माले. नितिगत अस्पस्टताका कारण अन्योलको परिस्थिति बाट गुज्रीहेको आभाष पाईएको छ। जुन राजनैतिक दलको नितिगत स्पस्टता छैन त्यो राजनैतिक दल संग कसले कसरीहातेमालो गर्ने। त्यसैले ए.मा.ले. जबसम्म बहुदलिय व्बस्थाप्र्रतिको आफनो स्पस्टता व्यक्त गर्दैन संबिधान र यसका बारेमा स्पस्ट धारणा राखदैन तब सम्म्ा ने.क.पा.ए.मा.लेप्रतिको कसैेको पनि धारणा स्पस्ट हुदैन। जहासम्म रा.प्र.पा.को प्रस्नन छ यो एउटा सानु राजनैति दल भएको कारण कसैको पनि सहयोगी बन्न सक्दछ।तर रा.प्रपा.ले पनि सहयोग लिदा वा दिदा दुरगामि परिणामलाई ध्यान दिनु जरुरी छ। रा.प्र.पा. आफुलाई बहुदलबादि र प्रजातन्त्र बादि प्रमाण्ति गर्न कोशिस गरीरहेको छ।तर कहि गलत बाटो अबलम्वन गरीदियो भने उसको त्यो कोसीस निरर्थक साबित हुन सक्दछ। त्यस कारण रा.प्र. पा.ले कुनैपनि रणनिति अपनाउदा अतिनै सतर्क हुनु जरुरी छ भन्ने मलाई लाग्दछ। किन भने रा.प्र.पा.ले बैकल्पीक प्रजातन्त्रीक दलको रुपमा आफु लाई बिकास गर्न सकयेे भने त्यो रा.प्र.पा. र देशको लागी राम्रो हुन्छ। यहि सेरोफेरोमा नेपालरिाजनिति संचालन भएको छ। कसको को सित समिकरण हुने भन्ने पनि यसैमा आधारीत छ। त्यस कारण आज समिकरण का बारेमा मानिसहरुको गलत व्यख्या भई रहेको छ। ने.क.पा. ए.मा.ले.का. पनि बर्तमान समिकरण कायम राखि रहन सकियो भने आगामी निर्बाचनमा सजिलै अहिलेको स्थानिय निर्बाचनमा जस्तै सजिलै बहुमत ल्यउन सकिन्छ भन्ने हो। रा.प्र.पा.को पनि के गर्दा दोश्रो बैकल्पीक दलको रुपमा बिकास गर्न सकिन्छ भन्ने होला तर रा.प्र.पा . आफैमा एक भएर कुनै निस्कर्षमा पुग्न सकिराखेको छैन। नेपाली कांग्रेस भित्र पनि समिकरण परीबर्तन गर्नु पर्दछ भन्नेहरुको धारणा जसरी भएपनि एउटा अप्रजातान्त्रीक गठबन्धन लाई सरकारबाट हटाउनु पर्दछ भन्ने हो। बहुदलिय प्रजवातन्त्रमा जहापनि राजनैतिक दलकोउदेश्य सरकारमा जानु र आफनो कार्यक्रम लागु गर्नु हुन्छ। सरकारमा गएर पार्टि ब्रिग्रन्छ भन्नु प्रजातान्त्रीक सोचाइृ होईन। सन्सारमा आज सम्म कहि त्यस्तो किसिमको बिचार पाईदैन। सरकारमा गएर कुनै दलले रामा्रे काम गरेन भने सरकारमा दलको नेता परबिर्तन हुन्छ। सरकारमा जाने मानिस परीबर्तन हुन्छ। निति गलत भएमा नितिमा परिबर्तन गरीन्छ। तर बिश्व भरीनै प्रजातन्त्र को एउटा मान्यता हुन्छ। त्यहि मान्यतामा प्रजातन्त्र अडैको हुन्छ। हामिपनि त्यो परिपाटी भन्दा बाहिर जान सकदैनौ। यो कुरामा नेपाली कांग्रेस स्पस्ट हुनु जरुरी छ।आज नेपालको राजनिति भित्रको अन्योलताको स्थिति पनि यहि हो। बहुदलिय व्यबस्था लामो संधर्ष पछि प्राप्त भएको हो। जसको जति सुकैयोगदान भए पनि बहुदलिय व्यबस्थाको मान्यताको अबलम्वन गर्नु सबैको कर्तव्य हो। हामिले पंचाएतको निर्बाचन किन लडेनौ? त्यो बेला पुर्णबालिक मताधिकार थिएन। जहा पुर्ण मताधिकार हुदैन त्याहा पुर्ण प्रजातन्त्र हुदैन। कुनै पनि सरकारले यदि पुर्णमताधिकारको बिश्वास जनतालाई दिलाउन सकदछन भने कुनै पनि राजनैतिक दलहरुलाई ५बर्ष प्रतिपक्षमा बस्न आतुरता हुनु हुदैन। नेपालमा पनि सत्ता प्राप्तीकै लागी र प्रधान मन्त्री बन्नकै लागी त्यो आतुरता साएद हाओईन। प्रस्न के छ भने बालिक मताधिकार पुर्ण पालना हुन आशंका उठेको बर्तमान संदर्भमा समिकरण परीबर्तननै हरेक राजनैतिक दलहरुको बैकल्पीक बाटेा हुन सक्दछ। यस्तेोखेल बाट नेपालको राजनितिलाई टाडा राख्ने हो भने सबैराजनैतिक दलहरुले आफु बाट प्रजातन्त्र लाई र जनताको मौलिक हक बालिक मताधिकार लाई कुनै खतरा हुदैन भन्ने बिश्वास आम जनतामा पार्न सकनु पर्दछ ।