केहि दिन पहिले संसदलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सभामुखको कक्षमा एउटा बैठक बसेको थियो। बैठकमा सबैदलका नेताहरुलाई आमन्त्रण गरीएको थियो। कार्यव्यबस्था समितिका माननीिय सदश्यहरु, संसदका बिभिन्न समितिका सभापतिहरु र दुबै सदनका प्रमुख पदाधिकारीहरु उक्त बैठकमा उपस्थित हुनु हुन्थ्यो। बैठकमा सदनलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा व्यपक छलफल भयो। संसद प्रभावकारी बनाउने भन्ने निर्णय पनि भयो। सो निर्णयले संसद अपेक्षाकृत प्रभाबकारीहुन सकेको रहेनछ र संसदलाई प्रभावकारी बनाउनु पर्ने आबस्यकता महसुस गरेको कुरा उक्त बैठकले पुष्टी गर्दछ। कुरा ठकिै हो। बहुदलीय प्रजातन्त्र स्थापनाको लगिी ३०बर्ष लामो लडाई लडेर त्यहि प्रजातन्त्रीक व्यबस्थाको सांसद बन्नलाई मानिसले कत्रो दुख गरे। निर्बाचन त पंचाएतमा पनि भएको थियो। अन्य अधिनाएकबादि व्यबस्थामा पनि हुन्छ। किन बहुदलीय व्बस्थाको निर्बाचनलाई मात्र निर्बाचन मानिन्छ र त्यसमा निर्बाचित प्रतिनिधिले मात्र आफुलाई गौरवका साथ जनप्रतिनिधि भनेर परिचय दिन्छ। त्यसैकारण त्यस्तो गरीमामय संसदको सांसदको भुमिका गौण भयो भने र त्यस्तो सांसदको उपस्थिति रहेको संसद प्रभावकारी बन्न सकेन भने देसका लागी लज्जाजनक स्थिति हून्छ भन्नुमा कुनै अत्युक्ति हुदैन। उक्त बैठकले केहि निर्णयहरु गरेको छ र केहि कार्यक्रम पनि लागुगर्ने निर्णय गरेको छ। प्रस्न यहा के उठेको छ भने त्यति लामो संधर्ष पछि प्राप्त गरेको संसद किन प्रभावकारी बनेन? सांसदले किन प्रभानवकारी भुमिका निर्बाह गर्न सकेनन? सांदलाई प्रभावकारी भुमिका निर्वाह गर्न किन प्रयत्न गरीएन? अथवा सांसद आफै प्रभावकारी बन्न चाहेनन?यसको मुल कारण पत्ता नलगाई कन संसद प्रभावकारी बन्न सकदो रहेनछ भन्ने कुरा अहिलेको धटनाक्र्रमले स्पस्ट जनाउद छ। किनभने हामिले निर्णय गरेका थियौ मन्त्रीहरुको उपस्थितिले संसद लाई गरीमामय बनाउदछ। मन्त्री हरु आफैले आफनो उपस्थितिको गरीमा बुझनु भएन। उपस्थिति जस्ताको तस्तै रहेको छ। सो कुरालाई त्यस पछिका बैठकहरुमा बेला बेलामा सदन गणपुरक संख्या नपुगेर स्थगित भएको कुराले पुस्टि गर्दछ। यसरी बैठक बस्दैमा संसद प्रभावकारी बनाउन र सांसद लाई प्रभावकारी बनाउन नसकिने भए पछि केगर्दा हाम्रो सदन प्रभावकारी बनाउन सकिन्छ त्येापक्ष अत्यन्त बिचारणिय पक्ष हो। संसद भनेको के हेा? संसदमा के गरीन्छ? संसदमा गरेको कुरा जनताकहा कसरी पुग्दछ? भन्ने बिषयलाई हामिले व्यबस्थीत गर्न सक्यौ भने संसदलाई प्रभावकारी बनाउने संबन्धमा हामि निर्क्योलमा पुग्न सक्दछौ। यस संबनधमा सरकार ,सांसद र संसद सचिवालय सबैको भुमिका अत्यन्त महत्वपुर्ण हुन्छ। सर्ब प्रथमत संसदमा जनताका जल्दा बल्दा बिषयहरु जनप्रतिनिधिले र खास गरीकन प्रतिपक्षले उठाउने र जनचासो संग संबनधीत बिषयहरुको बैधानिकताका प्रदान गर्न सरकारले सदनमा प्रस्तुत गर्ने र सरकार के गर्देछ भनेर सदन मार्फत जनतालाई सुचना दिने थलोनै संसद हो। संसदलाई प्रभावकारी बनाउन संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरुको भूमिका र दलका नेताहरुको संसदमा हुने गतिबिधिले पनि अत्यन्त महत्व राख्दछ। जनताको भावनाको यदि सदनमा प्रत्याभुति भएन भने सदनको कुनै अर्थ रहदैन। सदनमा जनताको भावनाको प्रस्तुति भएर पनि प्रतिनिधिले जनताको भावनाको प्रतिनिधित्व गरीरहेका छन भन्नेकुरा जनतालाई थाहा भएन भनेपनि सदनको कुनै महत्व हुदैन। त्यसैले सदनलाई प्रभावकारी बनाउन संसद , जनता र सूचनाको राम्ररी समन्वय गर्नु पर्दछ। संसद लाई प्रभावकारी बनाउन संसदमा प््रतिनिधित्व गर्ने राजनैतिक दलहरुको भुमिका महत्वपुर्ण रहन्छ मनि मेले माथि उल्ल्ेख गरेको थिया। मेरो मनसायकेहो भने संसद बैचारीक रणभुमिहो। संसदलाई प्रभावकारी बनाउन हो भने जसरि युद्धमैदानमा जादा पुर्ण तयारीका साथ सिपाहि हरु जान्छन त्यसरीनै संसद सुरु हुनासाथ सरकार र सांसद सदश्यहरु सदनमा पुर्ण तयारीका साथ प्रस्तुत हुनु पर्दछ। संसद सुरुहुना साथ सरकारको तयारी सदनलनई के प्रयोजनको लागी संचालन गर्ने, कति दिन संचालन गर्ने कस्ता कस्ता बिषयहरु सदनमा प्रस्तुत गर्ने, प्रतिपक्ष बाट कस्ता कस्ता बिषयहरु सदनमा उठाउदैछन त्यसको जवाफ प्रतिपक्ष लाई कसरी दिने आदि बिषयको पूर्ण तयारी सरकारको हुनु पर्दछ। सांसदहरु जनताका जल्दा बल्दा समस्याहरु लाई सदनमा कसरी प्रस्तुत गर्ने सदन नचलेको समयमा सरकारले गरेका जनबिरोधि कृयाकलापलाई जनबिरोधि हो भनेर प्रमाणित गर्ने तयारीका साथ सदनमा उपस्थित हुनु पर्दछ। यस्तो बैचारीक द्धन्ध सदनमा गराउन सकियो भने र यसको जानकारी जनतामा पुरयाउन सकियो भने सदनलाई प्रभावकारी बनाउन सकिन्छ। जनतालाई हाम्रो प्रतिनिधि सदनमा हाम्रो लागी लडिरहेको छ भन्ने लागेन भने सांसद प्रतिको जनताको आस्था कम हुदै जान्छ। अहिले भएको पनि त्यहि हो। यसैले संसदलाई प्रभावकारी बनाउन संसद संग संबन्धित सबै पक्षले आफनो आफनो भुमिका राम्ररी निर्बाह गर्नु पर्दछ। हामिकहा पार्टिले सांसद लाई जिताएपछि पार्टिको लागी कामलगाउने परीपाटिको बिकाश भएको छैन। निर्बाचनमा बिजय प्राप्त गरेपछि सांसद आफुलाई सार्बभौम सत्ता संपन्न संझन्छ। ५बषै उसले के गर्दछ दलको सरोकारको बिषय हुदैन। दलले उसलाई काम पनि लगाउदैन। दलकोलागी उसले कामपनि गर्दैन। यसकिसिमको परीपाटिले पनि संसदको प्रभावकारीतामा कमि हुन गएको हो। सबै रजनैतिक दलहरुले संसदसूरु हुनु भन्दा अगाडि संबन्धीत अधिबेसनमा संसदीय दलले खैल्ने भूमिकाका बारेमा राम्रो गृहकायृ गरेको हुनु पर्दछ। हामि कहा नत त्यसतो गृहकार्य सांसदले गर्दछन ,नत सरकारनै पुर्ण तयारीका साथ सदनमा प्रस्तुत हुन्छ। यस्तो अबस्थामा सदनमा बैचारीक लडाई पनि केटाकेटिको लडाई जस्तो हून्छ। तर कहिले काहि केटाकेटिहरु पनि साच्चिनै झगडा गर्दछन। त्यस कारण सदनमा निस्चित भूमिका सांसदहरुलाई राजनैतिक दलहरुले निर्बाह गर्न लगाउनु पर्दछ र सदन समाप्त हुनासाथ सांसदहरुलाई अधिबेसनमा सांसदहरुले केके गरे जनसमक्ष पूरयाउने कामको निर्धारण गरेर जनता समक्ष पठाउने र आगामि अधिबेसनको लागी बिषय बस्तुको संकलन गर्ने जिम्मेवारी दिनु पर्दछ। राजनैतिक दलहरुको यो भुमिकाले सांसदहरुलाई सदनमा सकृय हुन मद्त गर्दछ। यसै संदर्भमा अर्को महत्वपुर्ण पक्ष संसदीय दलहो। सदन चलिरहेको समयमा संसदीय दलको भूमिका अत्यन्त महत्वपुर्ण हुन्छ। संसदीयदलले सरकारमा रहदा वा नरहदा संांसदहरुलाई हरेक मन्त्रालयको संबन्धमा हेर्ने जिम्मेवारी दीनु पर्दछ। छाया मन्त्री म48डलको रुपमा रहेका हुन वा बिषय समितिको रुपमा रहेका हुन सांसदको गतिबिधि लाई सकृय बनाउन यी समितिहरुलाई सकृय बनाउनु पर्दछ। संसद चलिरहेको समयमा सांसदहरुलाई सकृय बनाइएन भने र सांसद ओझेलमा परेभने राजनैतिक दलनै ओझेलमा पर्दछ। त्यसैले संसद चलिरहेको समयमा सरकारले पनि र प्रतिपक्षले पनि कुनै नया जानकारी वा सूचना दिदा सदन मार्फत मात्र दिनु पर्दछ। सांसदले संसद चलिराखेको समयमा सुचना पाउने पहिलो हक राखेको हुन्छ। त्यसकारण सदन चल्दा सांसद लाई सकृय बनाउनु पर्दछ। सदन चलेको समयमा राजनैतिक दल सूचनाको श्रोत हुन सक्दछ। सांंसदहरुको संचालक हुन सक्दछ। सदन नचलेको समयमा राजनैतिक दल आफै सकृय हुन्छ र आफनो गतिबिधि तीब्र पार्दछ। यसरी रजनैतिक दल र संसदीय दलको भूमिकाले सदनलाई प्रभाबित पार्दछ। साँसदको यो महत्वलाई सांसद आफैले र राजनैतिकदलहरुले राम्ररी बुझेको हुनु पर्दछ। सांसदहरुको गरीमा बडदानै संसद र राजनैतिक दलहरुको पनि प्रभाव बडेको हुन्छ। सदन प्रभाबकारी बनाउने अर्को महत्व पुर्णपक्ष सरकारहो। संसद सरकारको कसी हो। सदनमा प्रतिपक्षले सरकारलाई कसीलगाएर पित्तल प्रमाण्ति गर्न खोज्दछ। सरकार आफु सुन साबित हुन प्रयत्न गर्नु पर्दछ। सरकारले सदनको सामना गर्नु पर्दछ। सदनबाट भागेर सरकारको छबि राम्रो हुदैन। सरकारले क्षमता प्रदर्सन गर्ने र प्रतिपक्षले सरकारको क्षमता परीक्षण गर्ने ठाउनै सदन हो। त्याहा द्धन्ध हुन्छ। त्यसलाई सहज रुपमा लिनु पर्दछ। सरकार सबैकाम बिताएर सदनमा उपस्थित हुनुपर्दछ। तर हामि काहा के भयो भने सरकारलाई अनुकुल बनाउन ११ बजे चल्ने सदन १ बजे सुरुगर्ने निर्णय भयो तैपनि सरकारको उपस्थिति सदनमा प्रभावकारी भएन। सभामुखज्युले सदनमा कम उपस्थित हुनुनै प्रभावशाली हुनु हैन भन्नु परेको थियो। जब सरकार सदनमा उठेका प्रश्नहरुको जवाफ दिन आबश्यकता महसुस गर्दैन ,सदनको महत्व महसुस गर्दैन ,सरकारको जवाफ पनि तथ्यमा आधारीत हुदैन सरकारको तौल कमहुदै जान्छ र सदनको प्रभावकारीतामा पनि त्यसलेअसर पार्दछ। सबैभन्दा महत्वपुणै भुमिका सांसद आफैको हुन्छ। सदनमा सांसदले व्यक्त गरेका बिचारहरु सरकारको लागी मार्ग दर्शन बन्दछन। त्यसैले सांसदले सदनमा कति धेरै बिषयमा मैले बोले भनि आफनो मुल्याड.कन गर्नको सटामा केहि बिषयमा दक्षता प्रदर्शन गर्न सकनु पर्दछ। संसदीय दलले पनि आफना सांसदहरुलाई बिषय बिषयहरुमा दक्षता हाशिल गर्नलगाउने परीपाटी बसाल्नु पर्दछ। संसदमा दिने बत्तःव्य आमसभामा दिने भाषण होईन भन्नेकुरा लाई राम्ररी ख्याल राख्नु पर्दछ। सीमित समयमा गहन बिषयमा केन्द्रित भएर बक्तव्य दिनु पर्ने हुदा त्यसको महत्व राम्ररी बुझनु पर्दछ। यसरी सांसदले सदनमा प्रस्तुत गरेको बिषयले सांसदको क्षमताको प्रदर्सन गर्दछ र उसको मुल्यड.कन पनि हुन्छ। यी सबैको अलावा संसद सचिवालयको पनि महत्पिुर्ण भुमिका रहन्छ। संसद सचिवालयले ससदीय दलहरुलाई साधन सम्पन्न बनाउन र सांसदहरुलाई सधै सहयोग गर्न तत्प्ार रहनु पर्दछ। संसद सचिबालयले सरकारलाई असहयोग गर्न हुदैन ,तर संसद सचिबालय सरकारी निकायको रुपमापनि रहनु हुदैन। सचिवालयले जहिले पनि सभाध्यक्ष र सांसदको बिचमा असमझदारी हुन्छकि भनेर सतर्क रहनु पर्दछ। यसरी संसदको प्रभाकारीता बडाउन सकिन्छ। तर अहिले सांसदका बारेमा जति पनि समाचारहरु निस्केका छन यदि तिनको निराकरण हुन सकेन भने नत सांसदको गरीमा रहन्छ नत संसदको नै। सांसदहरले पनि आफुले क ेगर्नहुने केगर्न नहुने भन्ने बिषयमा स्पष्ट हुनु जरुरी छ। संसदहरुले सबैकुरा राम्रो गरेका हुन्छन भन्ने पनि होईन। तर सबै सांसदहरले नराम्रो गरेका हुन्छन भनने पनि होईन। तर सांसदको व्यक्तित्व सार्बजनिक भएको हुदा आफनादलका सांसदको कृयाकलापका बारेमा राजनैतिक दलहरुले राम्ररी ध्यान पूरयाउनु पर्दछ। आबश्यक परेको बेलामा छनबिनको व्यबस्थापनि गर्नु पर्दछ। किन भने सांसदलाई हेरेरनै जनताले दलको मुल्यड.कन गर्दछन। त्यसैले संसदको अवधिभर सांसदको कृयाकलापको राम्ररी ध्यान पार्टिले पूरयाउनु पर्दछ। बिश्वमा बहुदलयि व्यबस्थाको कुने बिकल्प छैन। यो भन्दा उत्तम व्यबस्था अहिले सम्म देखिएको छैन। त्यसैले अहिले हाम्रा सांसदहरुमा कुने बीकृति भए तिनीहरुलाई हटाई आदर्स सांसदको भुमिका निर्बाह गर्न सकने बनाउन प्रयत्नसील हुनु पर्दछ। बिश्व भरीनै यहि व्यबस्थाले जनताको आकंक्षा परा गरेको छ भने नेपालमा पनि यो व्यबस्थाको बिकल्पको लागी हामिले जनतालाई प्रोत्साहित गर्नु हुदैन।