नेपाली काँग्रेसका सहमहामन्त्री श्री गोविन्दराज जोशीसंगको विशेष अन्तरवार्ता। ( श्री गोबिन्दराज जोशीे नेपाली कांग्रेसको राजनितिमा अत्यन्त बिबादास्पद मानिनु हुन्छ। बहुदलीय व्यवस्था आए यता वहाँ लामो समय सरकारको बिभिन्न मन्त्रालय संचालन गर्ने मौका पाउनु भएको छ। प्रस्तुत छ नेपाल समाचार पत्रले वहाँसंग समसामायीक विषयमा लिएको अन्तरबार्ता।) प्रश्नः– नेपाली काँग्रेस अहिले दुई भागमा विभाजन भएको छ। पार्टी विभाजनमा संस्थापन पक्षको भूमिका महत्पूर्ण भनिन्छ। तपाई संस्थापन पक्षको सहमहामन्त्री भएकेा हुँदा पार्टी विभाजनमा तपाई कति जिम्मेवार हुनुहुन्छ? उत्तरः– नेपाली काँग्रस विभाजनको लागि वहुदलीय व्यवस्था पुर्नस्थापना भए यता धेरै प्रयासहरु भए। नेपाली काँगेसलाई कम्जोर वनाएर प्रजातन्त्रलाई कम्जोर पारी आफ्नो स्वार्थ पुरा गर्न खोज्ने शक्ति केन्द्रहरुको नेपाली काँग्रेसको विभाजनमा लामो प्रयास रहयो। विगतको छत्तिस र चौहत्तरको विभाजन पनि त्यसैको पुर्वाअभ्यास थियो। पार्टी विभाजन गर्न उचित पात्रको अभावको कारण पार्टीमा विभाजन आएको थिएन। अहिलेको विभाजन त्यसैको परिणाम हो। अहिले विभाजन हुनुमा व्यक्तीको कारणभन्दा पनि नियेाजित र सैद्धान्तीक विचलन प्रमुख कारण वनेको छ। अहिले संस्थापन पक्ष र फुटेर जाने पक्षहरुको विचमा केहि सैद्धान्तीक मतभेदहरुको कारण यो स्थिति उत्पन्न भएको हो। पार्टीको संस्थापन पक्षमा रहेर पार्टीकेा सिद्धान्त मुल्य र मान्याता लाई जोगाउने पक्षमा म लगायतका धेरै साथीहरु संलग्न हुनु भयो। सैद्धान्तिक विचलनवाट प्रभावित साथीहरु फुटेर जानु भयो। त्यसकारण हाम्रेा पार्टी विभाजनमा पार्टीको सिद्धान्त, निति, मुल्य र मान्यतामा विचलन आउनु प्रमुख कारण हो। उसकारण पार्टिको बिभाजनमा सस्थापन पक्ष नभइ फुटेर जाने पक्षनै जिममेवार छ। प्रश्नः– प्रधानमन्त्री शेरवहादुर देउवा, गृहमन्त्री खुम बहादुर खडका ,संचार मन्त्री जय प्रकास गुप्ता तथा निर्माण तथा यातायात मन्त्री विजय कुमार गच्छदार लगायतका व्यक्तिहरुलाई पार्टीवाट निस्कासन गर्नुनै पार्टी विभाजनको प्रमुख कारण भनिन्छ। उहाँहरुलाई पार्टी वाट निस्कास्न गर्न तपाईले कस्तो भूमिका खेल्नु भयो? उत्तरः नेपाली काँग्रेसको विधानअनुसार पार्टीको निति निर्देशन सवै सदस्यका लागि अनुउल्ंलघनीय हन्छ । केन्द्रीय कार्यसमितिको निर्णयलाई उल्लंघन गरे पछि नेपाली काँग्रेसको विधान अुनसार केन्द्रीय अुनशासन समितिले पार्टीका जिम्मेवार सरकारमा वसेका केहि मानिसहरुलाई उहाँहरुलाई पार्टीको साधारण सदस्यता वाट निस्कासन गरेको हो। अनुसासनको कारबाहि सम्बन्धमा केन्द्रीय अनुसासन समिति पार्टीमा सर्वाधिकार सम्पन्न हुन्छ। अनुसान समितिको निर्णय उपर मात्र केन्द्रीय समितिमा पुनरावेदन गर्ने व्यबस्था छ। यसैले यो निर्णय कुनै एक व्यक्तिकेा नभई नेपाली काँग्रेस पार्टीको हो। कोहि जिम्मेवार व्यक्तिहरुवाट पार्टी विभाजनको प्रकृया पहिले सुरु भयो। ति व्यक्तिहरुलाई पार्टीले विधानको आधारमा निस्काश्न गर्नेकाम सूरु गरेको हो। त्यसमा कुनै एक व्यक्तिको भूमिका हुन सक्दैन। प्रश्नः पार्टी भित्र तपाई अत्यन्त विवादस्पद देखिनु हुन्छ तपाई सहमहामन्त्री भए यता पार्टीमा कम लगानी भएको मानिसलाई सहमहामन्त्री वनाएको कारण पनि पार्टी भित्र यो स्थिति उत्पन्न भएकेा हो भनिन्छ यो वारेमा यहाँको भनाई के छ ? उत्तरः सार्वजनिक जीवनमा रहेकाहरूको व्यक्तिगत जीवनको केही बढी चियोचर्चाे हुनु स्वाभाविकै हुन्छ। केही समय यता मेरो जीवनको राजनीतिक र आर्थिक पक्षका बारेमा नियोजित प्रचार भएगरिएको आभाष भएको छ। यस्तो प्रचार सार्वजनिक जीवनमा रहेका व्यक्तिलाई अत्यन्त पीडादायक हुन्छ। यसैले यस्तो प्रचारका कारण भ्रम उत्पन्न नहोस् भन्ने उद्देश्य आफ्नै बारेमा बताउन हिचकिचाहट हुँदाहुँदै पनि मैले केहि कुरा भन्न आवश्यक महशुष गरेकेा छु। मैले राजनीतिक जीवन २०२० साल बाट विद्यार्थी राजनीतिबाट शुरु गरेको हुँ। वि.सं. २०२३ सालमा प्रजातन्त्रवादी विद्यार्थीहरूको संगठन ग48डकी छात्र समिति काठमा48डौ र कलेज अफ एजुकेसन किर्तिपुरको विद्यार्थि युनियनको सभापतिका रूपमा राजनीतिमा सक्रिय भएको हुँ। त्यसपछि २०२५ सालदेखि तनहूँमा नेपाली कांगे्रसको संगठन पुनः खडा गरेर सञ्चालन गर्न सक्रिय भएँ। म आफ् कहिल्यै पञ्चायतमा लागिन। बीपी कोइरालालेे सशस्त्र आन्दोलनको घोषणा गर्नुभएपछि तनहूँमा भूतपूर्व सैनिकहरूलाई सगंठित गर्ने काममा संलग्न थिएँ। राष्ट्रिय मेलमिलापको नारासहित बीपी २०३३ सालमा नेपाल फर्कनु भएपछि नेपाली कांग्रेस तनहूँलाई खुल्ला संगठनात्मक रूप दिएर जिल्ला समितिमा सचिव र २०४४ सालमा पार्टीको उपसभापतिमा रहेको हुँ। पहिलो संसदीय निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि जिल्ला कार्य समितिको सदस्य, केन्द्रीय सदस्यका रूपमा पार्टी संगठनमा कार्यरत रहें। पोखरा महाधिवेशनमा केन्द्रीय समितिमा निर्वाचित भएपछि अहिले नेपाली कांगे्रसको सहमहामन्त्रीका रूपमा कार्यरत छु। वि.सं. २०२५ सालदेखि २०४६ सालसम्म नेपाली कांग्रेसद्वारा संचालित सबै राजनीतिक आन्दोलनमा निरन्तर रुपमा सकृय सहभागी रहेको छु। प्रजातन्त्रको पुनःस्थापना पछिको पहिलो संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नं २ र दोस्रो तथा तेस्रो निर्वाचनमा क्षेत्र नं १ बाट नेपाली कांगे्रसको उम्मेदवारका रूपमा निर्वाचित भएको थिएँ। यसबीचमा प्रतिनिधि सभामा सत्ता पक्षको प्रमुख सचेतक र नेपाली कांगे्रस संसदीय दलको सचिव र नेपाली कांगे्रसका विभिन्न सरकारहरूमा विभिन्न मन्त्रालयमा मन्त्रीको जिम्मेवारी पूरा गरेको छु। म आफुलाई अरु संग तुलना गर्न चाहन्न। मेरो राजनितिक जिबन रानितिक निस्टामा आधारीत छ। प्रश्नः तपाई त्यतिखेर शिक्षक सेवामा हुनुहून्थ्यो भनिन्छ। राजनितिमा प्रवेश गरे पछिको तपाई गतिविधीलाई अत्यन्तै विवादस्पाद रुपमा लिएका छन। यस वारेमा केहि वताइ दिनु हुन्छ कि? उत्तरः मैले सामाजिक जीवन २०२५ सालमानै शुरु गरेको हुँ। मेरो आफ्नो गाउँ तनहूको मानेचौकामा त्रिभुवन माध्यमिक विध्यालयको स्थापना गरी संस्थापक प्रधानाध्यापकका रुपमा ६ बर्ष २०३०सम्म बिना तलब अध्यापन गरेको हुँ। मैले त्यो विद्यालयको स्थापनामा आफ्नो समय मात्र हैन मेरो व्यक्तिगत सम्पत्ति पनि लगाएको छु। अहिले यो भन्नु पर्ने आवश्यकता किन पर्‍यो भने मैले विद्यालयमा जागिर खानका लागि पढाएको थिइन। त्यो समाजसेवा र अझ स्पष्ट रूपमा भन्नुपर्दा राजनीतिक संगठन निर्माण गर्नका लागि आधारका रूपमा रहेको थियो। मानेचौकाबाट मलाई रिसिङको शिव माध्यमिक विद्यालयमा सरुवा गरियो। शिव माध्यमिक विध्यालयमा २ बर्ष प्रधानाध्यापक भई काम गरेकै समयमा म पार्टिको जिल्ला सचिव पनि भएको हुदा राजनीतिक कारणले पक्राउ परी २०३७ साल बैसाख १ गते जनमत संग्रहको पूर्व सन्ध्यामा श्री ५ बाट आम माफी भएपछि पोखरा जेलबाट छुटेको थिएँ। शिक्षक सेवामा त्यसपछि रहिन। आदिकवि भानुभक्त क्याम्पस तनहूँ दमौलीको स्थापना गरी सस्थापक प्राध्यापकका रुपमा २ वर्ष बिना तलब पढाएको हुँ। म रेडक्रसको आजिवन सदस्य पनि हुं। त्यसपछि पार्टी संगठनका लागि सदरमुकाममा बस्नु पर्ने महसुस गरी मैलै वकालत सुरु गरें। तनहु र पोखरामा गरी पहिलो संसदीय निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभन्दा पहिले करिब १२ वर्ष कानुन व्यवसायीका रूपमा कार्यरत रहें। मेरो गतिविधि २०४६ साल अघि प्रजातान्त्रीक आन्दोलनमा संलग्न भएको सवैलाईपरिचित नै छ। प्रश्नः– के पार्टी पुन एकिकृत होला? हुन सक्छ भने त्यसमा कुनै प्रयास भएको तपाई लाई थाहा छ की? उत्तरः– नेपाली काँग्रेस सैद्धान्तीक मुल्य र मान्यताको आधारमा संचालन भएको पार्टी हो त्यसैले सैद्धान्तीक निस्टा यो पार्टी संचालनको प्रमुख आधार हो। पार्टीका नेता तथा कार्यकर्तामा सय समयमा विचलन आउदछ। त्यसमा गल्ती महशुष भयो भने, मुल्य र मान्यताको आधारमा चल्न महशुष भयो भने एकता नहुने भन्ने कुरा छैन। यो विषय फुटेर जानेहरुको कृयाकलापमा निर्भर हुन्छ। अहिले त्यस किसीमको प्रयास भएको मलाई थाहा छैन। प्रश्नः– तपाई गृह जलस्रेात आदी प्रभावशाली मन्ँत्रालय चलाईसकेका व्यक्ति हुनु हुन्छ तपाई आर्थिक कारणले पनि राजनितिमा अत्यन्त विवादास्पद वन्नु भएको छ। तपाईको आर्थिक हैसियत कस्तोछ नि? उत्तर : आर्थिक विवरण दिनुपर्ने सबै निकाय र अवसरमा मैले आफ्नो आर्थिक हैसियतको यथार्थ विवरण प्रस्तुत गर्दै आएको छु। मेरो आर्थिक हैसियत र विवरणका बारेमा अनुमान र हल्लाका भरमा पनि केही अखबारहरूमा वेला वखत असत्य समाचार छापिने गरेका छन्। सबैको प्रतिवाद गरेर साध्य पनि लाग्दैन। मेरो आर्थिक स्थितिमा लुकाउनु पर्ने केही छैन। सबै खुला र पारदर्शी छ। मैले आफ्नो विवरण सम्पत्ति न्यायिक जाँचबुझ आयोगमा वुझाई सकेको छु । अडकल अनुमान कै भरमा कसैको वारेमा गलत प्रचारवाजी गर्नु उचित हुदैन। मेरो जुलाई १६, २००२ सम्मको वैंक स्टेटमैन्ट अनुसार नेपाल अरव बैंक लिमिटेड, कान्तिपथ शाखामा भएको मेरो नामको नेपाली रुपैयाको खातामा जम्मा रु. ७,३४,३६५।०७ र अमेरिकाली डलर खातामा यु.एस डलर १९,०४६।३९ रहेको छ। ( उक्त डलर खातामा भएको १९०४६।३९ यु.एस. डलमा मेरो छेारा दिनेशराज जोशीले अष्ट्रेलीयवाट वैंक मार्फत पठाएको यु.एस. डलर ४००० मिति ३ मैई २००१ मा मेरो खातामा जम्मा भएको र छोरी रमा भट्टराई(जोशी)लेे खातानं ००४११५४५००७ बाट वैंक अफ अमेरिका मार्फत मिति ०१ डिसेम्वर १९९९मा पठाएर मेरो खातामा जम्मा भएको यु.यस डलर ५००० र वांकी मौज्दातमा मैले विदेश जाँदा पाउने सुविधा वापतको डलर खर्च गरी वांकी भई आएकेा विभिन्न मितिमा जम्मा गरिएको ट्राभल्स चेकहरु समावेश भएको छ। ) मेरा छोराहरू दिपकराज जोशी (्क।क। कम्पयुटर विज्ञान) अमेरीकामा र दिनेशराज जेाशी (्क।क।कम्पयुटर विज्ञान) अष्टेलियामा नोकरी गर्दछन्। मेरेा छोरी रमा भटराई पनि अमेरीकाको वेष्ट भर्जिनियामा नोकरी गर्दछिन। मेरा छोरा छोरीले अमेरीकामा नोकरी गरी आर्जन गरेको रकम मध्य मलाई आबस्यक परेको हुदा मेरो छोरी रमा भट्टराई (जोशीं) ले खातानं ००४११५४५००७ बाट अमेरिकाको नर्थ सेन्ट्रल रिर्जन वर्डर वैंक मार्फत मिति १९९८ सेप्टेम्वर २ मा पठाएकी ४८ हजार यु एस डलर मेरो खातामा १९९८ सेप्टेम्वर ४ मा जम्मा भएको र अर्को पटक छोरीले नै सिटी वैंक न्युयोर्कको वेस्ट भर्जिनिया व्रान्च मार्फत मिति १९९९ मे २४ मा पठाएको १० हजार यु एस डलर २५ मे १९९९ मा खातामा जम्मा भएको छ। उक्त पैसा मैले आवश्यकताअनुसार मेरो व्यक्तिगत प्रयोजनको लागि बैंकबाट निकाली प्रयोग गरी बांकी भएको रकम डलर खातामा नै मौज्दातमा रहेको हो। त्यसबाट पटक पटक पैसा झक्नुपर्दा मैले प्रचलित नियमाअनुसार नेपाली रूपैयामा भुक्तानी लिएको छु। मेरो खातामा जम्मा रहेको नगद रूपैयाँमा मेरो पैतृक सम्पत्तिबाट बढेबढाएको आय र वि.सं २०४८ सालपछि लगातार प्रतिनिधि सभासदस्य र सोही अवधिमा विभिन्न समयमा मन्त्री हुदाको पारिश्रमिक मेरो योे आयभित्र पर्दछ। म आर्थिक मामलामा कति सतर्क थिएँ भने म शिक्षा मन्त्री हँुदा उपचारको लागी रु २ लाख लिएर बेलाएत गएको थिएँ। आखाँ उपचार गरी फर्के। म शिक्षामनत्री बाटहटे पछि ८० पाउ48डबाहेक सबै बेरुजु बनाईएछ। पछि म त्यहि मन्त्रालयमा शिक्षा मन्त्री भएर जँादा थाहा पाएँ। मन्त्रीपरीषदबाट मिनाहा गर्न सकिने रहेछ। तर मानिसले भन्दा राजनिति गर्नेहरुलाई जबाफ दिन कठिन हुन्छ भनेर मिनाहाको लागी मन्त्रीपरीषदमा लगिन। बरु सबै रकम तिरी दिएँ। त्यसो गर्ने मलाई वाध्यता थिएन। मेरो सम्पत्तिमा श्रीमती हिम कुमारी जोशीको नाममा रहेको व्यास नगर पालिका वडा नम्वर २ मा ०–६–२–३मा बनेको घर –१र यस्तै तनहँु व्यास न.पा.मा १–३–०–१ घडेरी जग्गा रहेको छ। मेरो नाममा तनहुँ रुपाकोट गाविस को ३–८–२–४ रोपनी जमिन रहेको छ। छोरा दिनेशराज जोशी र दुई जना समेत तीन जनाकोे नाममा व्यास न.पा. तनहूँमा ४० फीट ह ६० फीटको एउटा घडेरी १ छ। छोरा दीपकराज जोशीको नाममा मिलापत्रबाट प्राप्त व्यास न.पा. तनहुँमा एउटा घडेरी रहेको छ। सांसद सुविधाका रूपमा दिइएको भन्सार छुट भएको एउटा टोयटा जिप १ छ। यसबाहेक अरू अचल सम्पत्ति छैन। मैले वहुदल प्राप्ती पछि प्रतिनिधि सभाको सदस्य भएपछि पैत्रिक सम्पत्ति र स्वआर्जन समेतको थुप्रै जग्गा जमिन बेचेको छु। तनहुं र लमजुड. जिल्लाको विभिन्न ठाउमा रहेको घडेरी, खेति योग्य खेत, र पाखो गरी जम्मा ८५ रोपनी भन्दा वढी जमिन मैले विक्रि गरेको रेकर्ड मालपोत कार्यालय तनहु र लमजुडवाट वुझ्न सकिन्छ। वढी नै होला कम छैन। मेरो घरमा हाल विभिन्न गरगहनाका सुन तोला ३५ र चाँदी करिव तोला ३० रहेको छ। साथै हाल अस्ट्रेलियामा रहेकी मेरी बुहारी श्रीमती रक्षा भटराई (जोशी) कोे एकसरो सुनको गरगहना पनि करिब ५ तोला रहेको छ। मैले माथि दिएको विवरणबमोजिमको बाहेक मेरो अरू कुनै सम्पत्ति छैन। प्रश्नः– तपाईको छोराहरुले बिदेशमा पेटोल पम्प संचालन गरेर प्रस्स्तापैसा कमाएका छन भनिन्छ। तपाईका श्रीमति छोरा छारी र आफ्ना नाममा कति सम्पत्ती काहाँ राख्नु भएको छ। उत्तरः– म मेरी श्रीमती, छोराहरु र बुहारी समेतको नाममा संसारको कुनै पनि मुलुकमा व्यापारिक र औद्योगिक कारोबारमा १ रूपैया पनि लगानी छैन। म वा मेरो श्रीमतीको नाममा विदेशमा बैड.क खाता छैन। मैले छोराहरु अमेरिका र अष्टेलिया अध्यअन जाँदा बाटो खर्च र सामान्य पकेट खर्च बाहेक अरू रकम दिएको छैन। जेठो छोरा दिपकराज जेाशी विगत ६ बर्षदेखि संयुक्त राज्य अमेरिकाको कोलोराडोमा काम गर्थे र हालै फ्फ्लोरीडामा छन्। कान्छा छोरा दिनेशराज जोशी र वुहारी ३ बर्षदेखि अस्टे्रलियाको सिडनिमा र छोरी रमा भटराई ६ बर्ष देखि अमेरीकाको भर्जिनियामा काम गर्दै आएकाछन्। विदेश जानुअघि दीपकराज जोशी बन मन्त्रालय अन्तर्गत रेन्जर पदमा र दिनेशराज जोशी प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ( कतबाा अयििभनभ ) अधिकृत पदमा कार्यरत थिए। त्यस कारण मेरा बारेमा भनिएका यी बिषयहरु कुनै तत्थ्यमा आधार छैनन्। प्रश्नः– प्रसंग वदलौं, निर्वाचन अधिकृतहरु निर्वाचन गराउन जिल्ला जानु पर्दछ। भने् राजीनामा दिन्छौं। भन्न थालेकेा समाचार छ। उम्मेदवारी दिन उम्मेदवार मैदानमा उत्रिन सकिरहकेा छैनन्? यस्तो वेलामा कसरी चुनाव होला? उत्तरः– नेपाली काँग्रेसको संसदमा वहुमत हुँदा हुदै प्रतिनिधि सभा विघटन गरी मध्यावधी नर्वाचनमा देशलाई हुम्नुको तर्क संगत उत्तर जनतालाई दिन सकिने अवस्था छैन। अर्को तिर देशमा जुन परिस्थतिको निर्माण भई रहेको छ। निर्वाचन सहज रुपमा सम्पन्न हुन्छ भनेर अडकल गर्न सकिदैन। निर्वाचन भन्ना साथै उम्मेदवारले निर्वाद रुपमा निर्वाचनको प्रचार प्रसार गर्न पाउनु र मतदाताले निभर्यता पुर्वक मतदान दिन सकेनन् भने निर्वाचनको कुनै अर्थ रहदैन। त्यसकारण निर्वाचन आयोग र सरकारले जनतालाई आश्वस्त पार्न सक्नु पर्दछ। प्रतिनिधि सभा बिद्धटन भए पछि नेपालका राजनैतिक दलहरुको बिचमा प्रतिनिधि सभा किन बिधटन भयो भनेर छलफल हुन जरुरी थियो। नेकपा एमाले लगाएतका दलहरुले यसलाई मौकाको रुपमा लिए। एमालेले केकुरा बुझेन भने प्रतिनिधि सभाको बिद्धटन एमालेलाई बहुमत ल्यउन गरीएको हो। दलहरुको बिचमा यो स्पस्टता नआएको हुनाले यो अन्योल र्सजना भएको हो। मलाई साध्नु हून्छ भने बर्तमान सरकारका प्रधानमन्ज्ञीले निर्बाचन गराउन प्रतिनिसधि सभाको बिद्धटन गर्नु भएको हो जस्तो मलाई लाग्दैन। अहिले प्रधानमन्त्री स्वंम निर्वाचन नहुँदा त्यसको देास कस्को टाउकोमा राख्ने वहाना खोजी रहनु भएको छ। जे भए पनि २०४६ सालको जनआन्दोलनको भावनामा कुठाराघात भयो भने त्यसको जिम्मेवारी उहँाले लिनै पर्दछ। अरुलाई दोश थुपारेर उम्कन पाउनु हुने छैन। प्रश्नः– निर्वाचन नजिकआइ सक्दा पनि निर्वाचन आयोगले नेपाली काँग्रेस भित्रको विवाद को टंगो लगाउन सकिराखेको छैन। यस परिपेक्षमा निर्वाचन आयोगवाट तपाईको पार्टीले कस्तो अपेक्षा गरको छ? उत्तर : – यो अत्यन्त विडम्वना को विषय हो , निर्वाचन आयोगले राजनैतिक दलहरुलाई निर्वाचनको तयारी का लागि उत्साहित गर्नु पर्नेमा निर्वाचन आयोग आफैले देशमा राजनैतिक अन्यैाल सृजना गरी निर्वाचन पट्टि पार्टीहरुको ध्यान जान दिई राखेको छैन। यसको पछाडी निश्चीत उद्धेश्य छ। निर्वाचन आयोग मात्र हैन। प्राय सवै जसो संवैधानीक निकायहरु जनतामा दुष्प्रभाव फैलाई यसको दोष वहुदलीय व्यवस्था हो भन्ने आभाष दिन खोजी रहेका छन। नेपाली काँग्रेसले यसको दोष अरुलाई दिएर हुँदैन। लामो समय सम्म सरकारमा वसेकेा कारणले यो हाम्रै पार्टीको कमजोरी हो। संवैधानीक अंगहरु जनताका आँखामा प्रभाव सुन्य भए पछि यथास्थितिमा राजनिति रहंदैन। अव हुने राजनैतिक परिवर्तन यस्ता विषयहरु पुन दोहरिन नपाउन भनेर अत्यन्त सजग हुन वाहेक हामी संग अरु विकल्प अहिले छैन। प्रश्नः– माओावदी समस्या सुल्झाउन नसक्नाको कारण के हो? कहाँ त्रुटि भयो। उत्तरः– माओवादी समस्या अहिले अत्यन्त गम्भिर अवस्थामा पुगेको छ। विगतमा यसको मुल कारण पत्ता लगाउन कसैले कोशिश गरेरन्। माओवादी आन्दोलनको परिणाम आफ्नो पक्षमा हुन्छ भन्ेने निश्कर्षकका कारण आज यो समस्या जटिल वनेकेा हो। अहिले पनि रानितिक दलहरुका बिचमा यो समस्या कसरी समाधान हुन्छ भनेर छलफल हुन सकिराखेको छैन। अब सबै रानैतिकदलहरुको बिचमा यो समस्याको र यसको समाधानको उपायका बारेमा एउटै दृष्टिकोण बनाउनु जरुरी भै सकेकोछ हामीले चाहेर नचाहेर यो देशका राजनैतिक शक्तिहरुको गलत निति र दृष्टिकोण का कारण माओवादीहरु एउटा शक्तिको रुपमा विकासीत भै सकेका छन। यीनीहरुलाई मुल प्रवाहमा ल्याउन नल्याउदा सम्म अव सवै कुरा निरर्थक भएको छ। प्रश्नः– प्रजातन्त्र पुर्नस्थापना पछि सवै भन्दा लामो समय सम्म सत्ता समाल्ने तपाईको पार्टी यस समस्याको उत्पती र विकासमा कति जिम्मेवार छ? उत्तरः– नेपाली काँग्रेस लामो समय सम्म सरकारमा वसेको कारण यो समस्या समाधान गर्न नसक्नुमा नेपली काँग्रेसको पनि जिम्मेवारी छैन भन्न सकिदैन। यो समस्या निश्चीत उद्धेश्यको लागि उव्जेको हुनाले यसका धेरै कारणहरु छन। नेपाली कांग्रेसको शासनकाल मात्र यसको लागी जिम्मेवार छैन। नेपाली राजनितिलाई संधै अस्थिरतामा लैजाने सवैको समस्याको लागि जिम्मेवार छन।माओवादी समस्या कसैकेा पनि प्राथमिकतामा परेन नेपाली काँग्रेसका सभापति श्री गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा का घटनाक्रम हेर्नुहास वहाँलाई कम्जोर वनाउन सवैको विचमा एकता भयो डेाल्पा देखि होलेरी सम्मको घटनाको विश्लेषण गर्नुहोस वहुमत हुँदा हुदै ५७ दिन संसद वन्द गरेर वहुमत प्राप्त प्रधानमन्त्रीलाई वाध्य वनायर राजीनामा गर्ने परिस्थतिको निर्माण भयो। यसरी राजनितिमा गर्ने परिस्थीतिको निर्माण भयो। यसरी राजनितिमा स्थिरता नचाहाने सवै आजको परिस्थतिका लागि जिम्मेवार छन। अहिले पनि प्रधानमन्त्री भनीरहनु भएको छ , गिरीजा प्रसादवाट प्रतिगमनको खतरा भएको हुँदा सरकार ले अन्य दलहरु संग मिलि गर्ने रे यस्तो पाख48डीहरुको हातमा देशको जिम्मेवारी जाँदा परिणम यो भन्दा राम्रेा अपेक्षा गर्न सकिदैन। प्रश्नः राजश्व भन्सार व्यापार वा तस्करीका क्षेत्रवाट हुने विकृतीका कारणले पनि माओवादी समस्याको विकास गरकेा हेा? उत्तरः– यो पनि एउटा कारण हुन सक्दछ। प्रश्नः यसरी कर्मचारी भ्रष्ट वनाउन मन्त्रीजीहरुले कस्तो भुमिका देख्नु भएको छ? भन्सारको महानिदर्ेेशकले मन्त्री हरुकाहाँ भागव48डा वुझाउने गर्नु पर्दछ। नत्र उनको जागिर वच्दैन। भन्सार र कर कार्यालयका हरेक कर्मचारीहरुवाट संकलित रकमले सरकारको आन्तरिक खर्च र पार्टी चल्दछ। भन्ने विश्वास जनतामा देखिन्छ। के भन्नुहुन्छ? उत्तरः– मलाई यसको अनुभव छैन। म गृह मन्त्री हुँदा एयरपोर्ट भन्सार वा अन्य नाकाहरुवाट तस्करी नियन्त्रण गर्ने काम कडाइका साथ भएको थियो। उक्त कुरा भन्सार संग सम्वन्धीत सवै लाई अनुभव भएकै कुरा हो। येा देशमा तस्करहरुको प्रभाव अत्यन्त वलियो भएको हुँदा उनीहरुको प्रभाव नपर्ने हरुको राजनैतिक जिवन सहज छैन। प्रश्नः– आज भोली भ्रष्टचार नियन्त्रणको कुरा खुव उठेकेा छ तपाईको विचारमा भ्रष्टाचार नियन्त्रण कसरी गर्न सकिन्छ? उत्तरः– भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रमुखको प्रतिवद्धता जरुरी छ। जव सम्म सरकार प्रमुख प्रधानमन्त्री ले दिलै देखि भ्रष्टाचार नियन्त्रण गर्नुपर्दछ भनेर लाग्नु हुदैन तवसम्म यो नियन्त्रण हुन सक्दैन। अन्य जुन सुकै निकायहरुले भ्रष्टचार नियन्त्रण गर्दछु भन्नु नियेाजित र जनताको ध्यान एकातिरवाट अर्कोतिर लैजाने वहाना मात्र हुन्छ। प्रश्न : नेपालको वर्तमान राजनैतिक अवस्थाई कसरी मुल्यांकन गर्नु हुन्छ। उत्तर : – नेपालको रानितिमा अब नया अबस्थाको निर्माण हुदैछ। छिटैन शक्तिको ध्रुबिकरण हुन्छ भन्ने मलाई लाग्दछ। यो अबस्थामा प्रजातन्त्रबादी शक्तको नेतृत्व नेपाली कांगथ्रेसले लिन सक्यो भने नेपाली कांग्रेसले आफनमो भुमिका फेरि महत्वपुण हनेछ। यसैले प्रतिनिधि सभा विघटनभई सको पछि पार्टीहरुको भूमिका गैाण भएको छ। माआवादी समस्या निर्वाचन अगाडी समाधान गर्नु पर्दछ। माओवादी समस्या समाधान नहुँदा अव नेपाल को राजनितिमा अन्य विषयहरुमा निस्प्रभावी हुन्छन। त्यसकारण अव सवै राजनैतिक दलहरुले आपसमा छलफल गरेर समस्याको समाधानको उपायहरु निकाल्न पर्दछ। नेपाल राजनैतिक आर्थिक तथा सामाजिक दृष्टिकोणले जटिल परिस्थितिमा फसी सकेकेा छ। अव टालटुल समाधान वाट पार लगाउन सकिदैन गिरीजा प्रसादकोइराला लाई हटाउदैमा सवै समस्या समाधान हुन्छ भन्ने सोचाई गलत हो जो अहिले पनि तथाकथित राष्ट्रवादी हरु भनिरहेका छन यदि त्यसै हो भने जे गर्दापनि हुन्छ। होइन भने हिजो जे भयो भयो , इमान्दारीपूर्वक सवै प्रजातान्त्रवादीहरु एउटै थलोमा उभिएर गम्भीरता पुर्वक छलफल गर्नुपर्दछ। र राष्ट्रले भोग्न परेको समग्र समस्याको समाधान निकाल्नु पर्दछ। यदि यसमा सवैको सहमति हुन सकेमा अझै वेला वितेको जस्तो लाग्दैन। यस विषयमा सवै गम्भिर हुनै पर्दछ। अव , निर्वाचन गैाण वनेको छ सवै राजनैतिक दलहरुले काँग्रेस फुटेको वेला जितेर सरकारवनाई हाल्दछौं भन्ने कुरा कल्पनाको विषय वनेको छ। यतापट्टिसवैकेा ध्यान जानु जरुरी छ। प्रश्न : –अव अन्तमा भिन्न प्रसंगवारे भनिदिनुहोस , पार्टी सभापति गिरिजा प्रसाद कोइरालापछि पार्टी सम्हाल्ने व्यक्तिहरु नेकामा प्रर्याप्तै हुनु पर्दछ। आगामी दिनमा नेपाली कांग्रेसको नेतृत्व कस्को हातमा जान्छ? उत्तरः– नेपाली कांग्रेसको माहाधिबेसन पार्टिको सर्बोच्च निकाय हो। पार्टिको सर्बोच्च निकायले निर्बाचित गरेको सभापतिनै पार्टिको नेता हून्छ। यसको निधारण आगामि पार्टीको महाधिबेसनले गर्नेछ। वर्तमान अवस्थाको विश्लेषण गर्दा वर्तमान सभापति पछि महामन्त्री शुशिल केाइरालाको नेतृत्वका वारेमा कार्यकर्ताहरुको विचमा विवाद हुदैन जस्तो मलाई लाग्दछ। यसको वारेमा नेपाली काँग्रेसको भविश्यको राजनितिले उचित समाधान निकाल्ने छ। प्रश्नः– अन्तमा चुनावलाई ख्याल गरेर मतदातालाई केहि भन्नु हुन्छ भने नेपाल समाचार पत्र त्यो अवसर प्रदान गर्न चाहान्छौ। उत्तर : –नेपाली काँग्रेसको आगामी दिनको कार्यक्रम भनेको २०४६ सालको जन आन्दोलनको उपलव्धीलाई रक्षा गर्दै जनतालाई वढी अधिकार सम्पन्न गराउनु हुनेछ। यसको लागि संविधान संशोधन , माअेावादी समस्याको समाधान आदी महत्वपूर्ण कार्यक्रम हुनेछन। नेपाली काँग्रेस अहिले सरकारमा छैन प्रतिपक्षमा रहेको पार्टीका हुँदा जनताका जल्दावल्दा समस्याहरुको समाधानको वाटो निकाल्नु हाम्रो कर्तव्य हो। अहिले नेपाली काँग्रेसको मात्र होइन प्रजातन्त्रनै अत्यन्त संकटको घडीवाट गुर्जी रहेको छ। देशमा अस्थिरता चाहाने तत्वहरु अहिले पनि आफ्ना स्वार्थ कसरी पुरा हुन् भन्ने मौका खोजिरहेको छन , भने अवस्थामा नेपाली काँग्रेस जस्ता राष्ट्रवादी र प्रजातन्त्रवादी पार्टीले आफ्ना भूमिका अत्यन्त जिम्मेवारी पूर्वक निर्वाह गर्नु पर्दछ। त्यसैले अहिलेकेा अवस्थामा निर्वाचन होस वा नहोस काँग्रेसको भूमिका राष्ट्रले भोग्नु परेका समग्र समस्याहरुको समाधानको वाटो पहिल्याउनु हुनेछ। यसवाट नै राष्ट्रलाई समस्यावाबट मुक्ति र गतिप्रदान गर्न सकिन्छ। यहि नै आजको सन्दर्भमा तपाई मार्फत समग्र नेपालीहरुलाई दिन चाहान्छु ।