गोविन्दराज जोशी, बरिष्ठ नेता नेपाली कांग्रेस नेपाली कांग्रेसलाई माओवादीले संसदमा प्रस्तुत गरेको गणतन्त्रको बाधकको रुपमा प्रस्तुत गरिरहेका छन्। किन होला? यसमा के छ भन्दाखेरि वास्तवमा ति कुराहरू होइनन्। नेकपा माओवादीले जुन विशेष अधिवेशन बोलायो, त्यसको उद्देश्य पुरा भइसकेको छ। यसको प्रमुख उद्देश्य के हो भन्नुहोला भने मंसिर ६ गतेको निर्वाचन सार्नु हो। मंसिर ६ गतेको निर्वाच हुन नदिनु नेकपा माओवादीको एउटै उद्देश्य थियो। त्यसैले निर्वाचनमा नोमिनेशनको अन्तिम दिन पारेर एकातिर आन्दोलनको घोषणा गरे, निर्वाचन आयोग घेरेर त्यहाँ कसैलाई पनि नोमिनेशन हुन दिन्नौं भनेर आन्दोलनको घोषणा गरे। र त्यो सारा आन्दोलनको कार्यक्रम कहाँ गएर स्थगित भयो त भन्दा निर्वाचन सार्ने सहमति भएपछि त्यो आन्दोलन स्थगित भयो। त्यसकारणले उनीहरूको आन्दोलनको कार्यक्रम र विशेष अधिवेशन बोलाउने दुई वटा मुलभूत उद्देश्य चाही मंसिर ६ गते निर्वाचन नहोस भन्ने थियो। त्यो उद्देश्य पुरा भइसकेपछि पनि यो यो अधिवेशन बोलाइएको छ, यसलाई एउटा टुङ्गोमा त पुर्‍याउनु पर्‍यो भन्ने हो। अब यसको कुनै अर्थ छैन। एमाले माओवादी मिलेर गणतन्त्र पारित गर्ने कुरा गरिराख्या छन् नि? त्यो त कुरा के हो भने जेठ २९ गते चुनाव भएको भए असार १ गते गणतन्त्र आउँथ्यो, मंसिर ६ गते चुनाव भएको भए मंसिर ७ गते नै गणतन्त्र आउँथ्यो। त्यसकारण नेकपा माओवादीको जो चुनाव सार्ने जो क्रियाकलाप छ, त्यो गणतन्त्र विरोधी हो नि। जनतालाई वास्तविक रुपमा सार्वभौम बनाउन नेपाली कांग्रेस चाहन्छ। उनीहरूको एक तन्त्रिय अधिनायकवाद उनीहरूको अन्तिम ल73य हो। त्यसोभएको एकदमै विश्वास गर्दा हुन्छ, अब त्यसमा नपुगिन्जेलसम्म यो वैधानिक गणतन्त्र, जसले जनतामा अधिकार सम्पन्न बनाउने कुरामा माओवादी विश्वास नै गर्दैन। जेठको चुनाव उनीहरूकै कारणले नभएको हो, मंसिर ६ गते उनीहरूकै कारणले सरेको हो। मंसिर ६ गते चुनाव भएको भए मंसिर ७ गते नै गणतन्त्र आउँथ्यो। भन्दाखेरि वास्तविक रुपमा माओवादीहरू संविधानसभाको विरोधी छन्। वास्तविक रुपमा जनतालाई सार्वभौम सत्ता बनाउँन चाहदैनन्। त्यसकारण अहिले पनि समाजमा आतंक मच्चाउने काम गरिराख्या छन्, जबरजस्ती चन्दा उठाउने काम गरिराख्या छन्। यो सम्पूर्ण काम भइराखेको छ। र नेपाली कांग्रेस आज एकदम निमुखो भएको छ। नेपाली कांग्रेसको गिरिजाबाबुले आफ्नो तागतले भ्याएको गर्नुभएको छ, त्यो उमेरमा त्यस्तो विरामी मान्छेले कति गर्ने? उहाँलाई सहयोग गर्न जति पनि पार्टीका मान्छेहरू खटिएका छन् यिनीहरू चाँही नाकाम बेकम्वा भएकोले कांग्रेस हेपिएको छ अहिले। माओवादीको पुच्छर बनेको छ अहिले कांग्रेस। किनभने हामीले विस्थापित मान्छेहरूलाई केही गर्न सकेनौं। हामीले कब्जा गरिएको सम्पत्ति फिर्ता गर्न सकेनौं। माओवादीद्वारा मारिएका मान्छेहरूका सम्बन्धमा हामीले बोल्न सकेनौं र जनतामा शान्ति सुरक्षा दिन सकेनौं त हामीले के गर्‍यौं त? के हो आन्दोलनको उपलब्धी भनेको? त्यसकारण कांग्रेस माओवादीको पुच्छर बनेको हो। गिरिजाबाबु एक्लैले सबै काम गर्न सक्ने होइन, उहाँलाई सहयोग गर्न खटिएका जो पार्टीको टिम छ, त्यो टिमले चाही नेपाली कांग्रेसलाई डुबाइदिएको छ, माओवादीको, कम्युनिस्टहरूको अगाडि उभिनै नसक्ने आफूलाई प्रमाणित गरिदिएका छन्। जे भन्छन् त्यो गरिदिन्छन्। त्यसकारणले गर्दाखेरि वास्तवमा अहिले स्थिति चाहीएकदमै अप्ठेरो स्थितिमा हामी छौं। तर अब नेपाली कांग्रेसले संसदबाट गणतन्त्र घोषणा गर्ने कुरामा मान्दैनौं भनेर घोषणा गरिसकेकोछ, तर त्यसको विपरित पनि हिजो झ48डै सहमति गरेको थियो कांग्रेसले। गणतन्त्रको घोषणा गर्ने अनि त्यो पछि कार्यान्वयन गर्ने भनेको पनि त्यही हो। कांग्रेसका केही मानिसहरू महासमितिको निर्णयलाई उलंघन गरेर जान पनि तयार छन् माओवादीको अगाडि। घुँडा टेक्न तयार भएको स्थितिले आजको राजनीतिलाई अन्योल बनाएको हो। कांग्रेसको महासमितिको बैठकबाटै गणतन्त्रको घोषणा पारित गरिसक्यो, एमाले र माओवादीको पनि माग त्यहीछ, अनि गणतन्त्रको लागि बाधक चाँही को त? हैन बाधक त माओवादी नै हो। गणतन्त्रको लागि बाधक त माओवादी नै हुन्। किनभने माओवादीहरू वास्तवमा गणतन्त्र चाहदैनन्। वास्तवमै माओवादीहरू जनतालाई अधिकार दिन चाहदैनन्। उनीहरू आफ्नो एकाधिकारवाद कसरी स्थापित हुन्छ, देशमा आतंक मच्चाएर, देशमा द्वन्द्व फैलाएर सत्ता कब्जा गर्न सकिन्छ कि भन्ने मुलभूत ल73य हो। उनीहरू सैनिक समायोजन चुनाव भन्दा अगावै गरेर सेना र प्रहरीमा विख48डन ल्याएर सत्ता कब्जा गर्न सकिन्छ कि भन्ने उनीहरूको दृष्टिकोण छ। त्यसमा कांग्रेस गम्भिर देखिदैन। सात दल अरु देलहरू पनि गम्भिर देखिदैन। त्यसकारण माओवादीहरू आफ्नो ल73यप्रति अगाडि बढेका छन्। तर अब हामीले त्यो कुरा बुझ्न सकिराखेका छैनौं। संसदबाट गणतन्त्र घोषणा सम्भव छ, तपाई देख्नुहुन्न? सम्भावना त यस्तो हो, यो त मनोनितहरूको सदन त हो नि, हामी त कहाँ निर्वाचित हौं र? जनआन्दोलनको तागत छ भनेर त हामी दुई वर्ष भइसक्यो त्यसैलाई सबथोक गर्न दिन त भएन नि? यो त अन्तरिम हो नि, अन्तरिम संविधान, अन्तरिम संसद, अन्तरिम शासन व्यवस्था, अन्तरिम सरकारले देशको महत्वपूर्ण निर्णय त गर्नै सक्दैन नि? र फेरि के हुन्छ भन्दा मान्य हुदैन त्यो। जनताले निर्वाचित गरेको प्रतिनिधिले गर्‍यो भने त्यो निर्णय सबैको लागि मान्य हुन्छ। हाम्रो सहमति र सम्झौता पनि त्यो होइन नि। माओवादीलाई मन परेन न रे। माओवादीलाई मन परेन भन्दैमा अहिल्यै संसदबाट गणतन्त्र घोषणा गरेर हुन्छ र? जे जे माओवादीले भन्छ, त्यही हुन्छ? यदि माओवादी मुल धारमा आउने हो भने हामीले सहयोग गर्ने हो। जे जे भन्छन् त्यो हुने उनीहरू को हुन् र? उनीहरूले भनेको जेजे भन्छन् त्यो मान्ने कुरा त छैन नि। यो सब बेकार हो। यो जनतालाई झुक्याउने कुरा हो। उनीहरू संविधानसभाको चुनाव भाँड्न चाहन्छन्। त्यसोभएकाले यो कुराहरू उठाईरहेका हुन्। अन्तरिम संविधानको एउटै उद्देश्य के हो भने संविधानसभाको निर्वाचन गर्नु र बीचमा आइपरेका तत्कालिन कामहरू गर्ने हो। कहाँबाट त्यत्रो महत्वपूर्ण निर्णयहरू गर्न सक्छ? त्यो गर्नुपनि हुँदैन र गर्न पनि सक्दैन। वामपन्थीहरूको बहुमत छ, संसदबाट गणतन्त्रको घोषणा भयो भने कांग्रेसलाई विशेषगरी प्रधानमन्त्रीलाई नैतिक संकट पर्दैन? राजनीतिमा नैतिकको कुरा हुन्न। तागतको कुरा हो। राजनीतिमा शक्तिको कुरा हो। त्यसकारणले हामीले अहिले सात पार्टी मिलेर गरेको कुरा के हो भने सहमतिको सिद्धान्त हो। सबै काम सहमति गरेर गर्ने। बहुमतको कुनै कुरा छैन हाम्रो संविधानमा। कि सहमति छ, कि दुई तिहाई छ। जस्तो सभामुख निर्वाचन गर्ने, प्रधानमन्त्री निर्वाचन गर्ने, उपसभामुख निर्वाचन गर्ने, संविधान संशोधन गर्ने, अनि प्रधानमन्त्रीलाई हटाउने, सभामुखलाई हटाउने, उपसभामुखलाई हटाउने, यो सबै काम दुई तिहाइले गर्नुपर्दछ। या सर्वसम्मतिले गर्नुपर्दछ। अब वामपन्थीले बहुमत भन्दछन् भने त्यो त तागतको कुरा हो। अब सहमति नै तोडिसक्यो भनेदेखि किन बहुमत चाहियो र? एउटै पार्टीले पनि सत्ता चलाउन हुन्छ, सकिन्छ भने। वामपन्थीहरूको तागत भए चलाए हुन्छ। चलाउन मिल्न भने चलाउन सकिन्छ भने छोड्दा पनि छोड्दैनन्। कम्युनिष्टहरूले आफूले सत्ता चलाउन सक्ने अवस्था भयो भने हामीलाई माया गरेर बस्छन्? त्यो गर्दैनन्। त्यो बुझ्न पर्दछ। त्यसोभएर नैतिक त धर्मसंकटको कुरै छैन। अब उनीहरूले चलाउन सके एक्लै चलाउने विचार भए, वामपन्थीहरूले मात्रै चलाउने विचार भए आन्दोलन गर्लान के गर्लान सत्ता कब्जा गर्लान, सत्ता कब्जा गर्लान चलाउनलान अब के भो र? सत्ता उनीहरूले पनि चलाउनलाई मिल्छ, सक्यो भने। अनि यो अहिले एमालेको रोललाई कसरी हुर्नुहुन्छ? अहिले एमाले त हेर्नोस, एमाले त एउटा पार्टी हो। त्यसलाई खासै महत्व दिन्न। उनीहरू संविधानसभाप्रति कत्तिको इमान्दार देखिन्छन्। त्यसकारणले गर्दा संविधानसभाप्रति प्रतिबद्ध भएको हुनाले संसदमा आफ्नो प्रस्ताव पारित गर्ने, आफ्नो भूमिका प्रभावकारी होस् भन्नु स्वाभाविक हो। हामीलेे पनि पहिला माओवादीसित अप्राकृतिक गठबन्धन गरेको जस्तो देखायौं। त्यसले गर्दा हामीसित, कांग्रेससित एमाले भित्रभित्रै रिसाएको पनि छ। तर अब वास्तवमा एमाले र कांग्रेसले अत्यन्तै जिम्मेवार भूमिका निभाएको भय अवश्यपनि संविधानसभाको निर्वाचन हुने थियो। तर के कारणले हो यि दुई पार्टीबीच राम्रो सहमति हुन सकेन। अहिले एमालेले त आफ्नो पार्टीले खेल्ने भूमिका र आफ्नो पार्टीको अस्तित्व कायम गर्न खोज्छ, त्यसकारण दुवै पार्टी कांग्रेस पनि माओवादी पनि बेठीक र आफू मात्र ठीक भन्नु स्वाभाविक नै हो। तर संविधानसभाप्रति उसको प्रतिबद्धता देखिन्छ, जबकि माओवादीको देखिदैन। कांग्रेस भित्र अहिले युवाहरु तथा गणतन्त्रवादी शक्तिहरु बढि सक्रिय छन् नि? त्यस्तो होइन, त्यस्तो त म देख्दिन, नीतिको कुरा हो, राजनीतिको कुरा हो, अहिले कांग्रेसभित्र दुईवटा विचार छ, को कम्युनिष्ट उ पनि कम्युनिष्ट, को कम्युनष्टिहरू अहिले वामपन्थीहरूसँग मिलेर हिड्नुपर्ने भएकाले उनीहरू क्रियासिल देखिन्छन्। जस्तो हामीहरू अहिले को कम्युनिष्ट होइनौं। नन् कम्युनिष्टहरू हाम्रो पार्टी अगल छ, मूल्य मान्यताहरू अलगछ, मिलेर हिड्ने कुरा एउटा विषयमा मिल्न सकिन्छ, तर सधैं उनीहरूको पछि लागेर हिड्न हुन्न भन्ने मान्यता बोकेका। त्यसकारणले अहिले पार्टी उनीहरूसँग मिलेर हिडिरहेको भएकाले उनीहरू अगाडि देखिएको हो। नेपाली कांग्रेसभित्र वामपन्थी विरोधी वचार राख्नेहरू धेरै छन्। र उनीहरूको बाहुल्यता पनि छ, र त्यो विचारधारा अहिले प्रवल रुपमा रहेको छ। केही समय पछि जब अहिलेको यो असफल हुन्छ त्यसपछि फेरि यो समुह वास्तवमा विपि कोइरालाले वामपन्थीहरूसँग मेलमिलाप गर्दा बढो शतर्क भएर गर्नुपर्छ। किनभने हाम्रो राष्ट्रिय मेलमिलाप भनेको त, प्रजातन्त्र र राष्ट्रियता हो। अब माओवादीसँग मेलमिलाप होइन नि त कांग्रेसको त। अहिले त हाम्रो राष्ट्रिय मेलमिलाप भनेको त माओवादीसँग मेलमिलाप भन्छन् साथीहरू। अब यस्तो खालको कुराहरूलाई लिएर अहिले पार्टीभित्र त धेरै झगडाहरू त गर्नुभएन। त्यसोभएको हुनाले भर्खरै मिलेको छ, यो अहिले केही समय चुप लागेको मात्रै हो। त्यसकारणले हाम्रै धार, हाम्रो विचारधारा प्रवल छ। र वास्तविक मुल नीति नै हामीले अवलम्वन गरेको हो। अहिले माओवादीले गणतन्त्र पारित नभएको ख48डमा सडक आन्दोलन गर्ने कुरा पनि गरिराखेका छन् नि? हैन, माओवादी थाहा छैन त्यो उनीहरूको कुरा हो। हामी माओवादी संगठनहरू खास त्यतिधेरै महत्व दिंदैनौं। यो स्थायी शक्ति होइन, यो सिर्जना गरिएको शक्ति हो माओवादी भनेको, त्यसकारणले गर्दा उनीहरूलाई क–कल्ले के के आदेश दियो, उनीहरूको पनि मान्ने ठाउँ कही होला, त्यसले जेजे आदेश दियो त्यही गर्छन। त्यसकारण त्यसलाई मैले धेरै महत्व दिएको छैन। माओवादीहरूले कसलाई के सम्झन्छन्, कसलाई के ठान्छन्। त्यो कुनै एउटा स्थायी राजनीतिक शक्ति होइन, डेमोक्रेसीलाई विस्थापित गर्न सिर्जना गरिएको शक्ति हो। त्यसले गर्दाखेरि अब यो तलमाथि भइराख्छ, मैले यसर्ला त्यतिधेरै ध्यान दिएको छैन। व्यवस्थापिका संसदमा माओवादीको जुन अडान छ, त्यसले सात दलको एकतामा असर पार्दैन? सुन्नुस् कुरा के हो भनेदेखि वास्तविक दरबारियाहरू, माओवादीको एउटा शक्तिलाई दरबारले सिर्जना गरेको हो, प्रजातन्त्रलाई यो अवस्थामा पुर्‍याउन माओवादीको महत्वपूर्ण भूमिका छ, र त्यतिबेला दरबार र माओवादीकै साँठगाँठ थियो। राजा वीरेन्द्रको हत्या हुँदा माओवादीले नै क्रिया गरेका होइन, सबले कपाल खौरेर हिंडेका होइन? तीस वर्ष पञ्चायतमा राजाको विरुद्ध लडेको मान्छे। माघ १९ पछि पनि नेपाली कांग्रेसको आन्दोलन गिरिजा बाबुको नाममा बक्तव्य दिएर सञ्चालन गर्ने मान्छे म। म त वास्तविक रुपमा प्रजातन्त्र चाहन्छु। अब माओवादीहरूले के चाहन्छन्, म कम्युनिष्ट होइन र कम्युनिष्टको सिद्धान्तसँग पनि मेरो विश्वास छैन। र वास्तविक रुपमा जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाउन हामी चाहन्छौं। त्यसैले के छ भनेदेखि कालो चश्मा लगाएको मान्छेले अरुलाई कालो देख्छ, माआवादीहरूको जन्म नै त्यहीबाट भएको हुनाले अरुलाई देखे होला त्यस्तो, माओवादी एउटा क्रिएटेड फोर्स हो, जतिसुकै जे भनेपनि, त्यसकारणले गर्दा कसले के भन्छ, भन्दा पनि मेरो प्रतिबद्धता नेपाली कांग्रेसप्रति छ, मेरो प्रतिबद्धता नेपाली जनताप्रति छ, र नेपालमा पूर्ण प्रजातन्त्र स्थापना होस्, र जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाइयोस् भन्ने मेरो प्रतिबद्धता छ, त्यसकारण कसले के भन्छ, त्यो कुरासँग त्यतिधेरै चासो छैन। तर वास्तवमा गणतन्त्र चाहिन्छ भन्नेहरू नै घुमाएर हेर्दा राजतन्त्रलाई बचाउन लागिपरेका छन्। संविधानसभाको चुनाव गराउन चाहने भन्दा संविधानसभाको चुनाव पर सार्नेहरू नै राजतन्त्रवादी देखिन्छ। यो आरोप प्रत्यारोप मात्र लगाई राख्दा जनताले दलहरुप्रति नकारात्मक दृष्टिकोण राख्दैनन्? उनीहरू वास्तविक प्रजातन्त्र चाहदैनन्। कांग्रेस र एमालेलाई सत्तामा राख्न कै लागि त्यो आन्दोलन गर्‍या पनि होइनन्। त्यसकारणले जो सुकै सँग सहमति गरेर पनि सत्ता लिन चाहन्छन्, त्यसलाई म अस्वभाविक मान्दिन। कांग्रेस एकतापछि नेपाली कांग्रेसको भूमिको कस्तो होस भन्ने चाहनु भएको छ? नेपाली काग्रेस त नेपालको एउटै मात्र पुरानो प्रजातान्त्रिक पार्टी हो। नेपालको राजनीतिमा यसको महत्वपूर्ण भूमिका हुन्छ। सञ्चालन गर्न हामीले राम्रोसँग गर्न सक्यौं भने नेपाली कांग्रेसको भूमिकालाई कसैले पनि केही गर्न सक्दैन। नेपालमा नेपाली कांग्रेसको प्रभावकारी भूमिका रहिरहन्छ, र यसैले नेपालको राजनीतिलाई सञ्चालन गर्छ। अब चलाउन जानेनौं भने केही अप्ठेरो होला। अहिले माओवादीले राष्ट्रपतिको पद दिँदा पनि कांग्रेले मानेको छैन नि? हामीले न राजाले दिएको प्रधानमन्त्री चाहन्छौं न माओवादीले दिएको राजतन्त्र चाहन्छौं। हामीलाई पद चाहिदैन। हामीलाई जनतालाई बनाउन पाए पुग्छ। त्यसकारणले गर्दा हामी एउटा व्यवस्था कायम गर्न चाहन्छौं जसले जनतालाई सार्वभौम सत्ता बनाउँछ। हामी त्यो चाहन्छौं, हामी माओवादीले दिएको किन लिने? हामी त नेपाली जनताले जे दिन्छन् त्यो लिने हो। जनताले सत्ता दिंदैनन् भने लिदैनौं। नेपाली जनतालाई राष्ट्र प्रमुख बनाउने शासन व्यवस्था हामी चाहन्छौं। त्यसकारणले जनताको चाहना र विश्वास हो। माओवादीले के छ र दिने? आफै चुनाव हार्छु भनेर चुनाव लडेन भन्ने हल्ला छ। प्रच48ड आफैलाई चुनाव हार्छु भन्ने लाग्या छ। जो सँगै केही छदैछैन, जोगीको घरमा सन्यासी पाहुना भनेको जस्तो अनि त्यसले के दिन्छन् र लिने? सात दलहरूले सडक, संसद जम्मै कब्जा गरेर बसेका छन् र जनताका गुनासाहरु पनि उत्तिकै छन् नि त? यो सरकारको प्रमुख काम भनेको जनताको शान्ति सुरक्षा कायम गर्ने, नागरिकहरूको सुरक्षा गर्ने हो। त्यो चाही सरकारले गर्न सकेको छैन। अर्को कुरा सरकार पनि अलि कमजोर छ। कमजोर हुनुपनि स्वाभाविकै हो। सात दलको सरकार छ। ल ए48ड अर्डर कायम गर्नुपर्दछ, त्यो हुन सकिराखेको छैन। अब अलिकति जनताको जुन जेन्युन मागछ, त्यो पूरा पनि गर्नुपर्दछ। मिल्दैन अहिले पुरा गर्न भने अहिले हामी सक्दैनौं भन्ने र चुनाव पछाडि मात्र पूरा हुन्छ, चुनाव जाऔं भन्ने हुनुपर्ने हो। त्यतातिर सरकार अलमलिएको छ। तपाईको सरकारमा लामो समय रहनुभयो, सरकारमा रहँदा यस्तो बिध्न विरोध हुनुको पछाडि के कारण छ, जस्तो लाग्दछ? कुरा के हुन्छ भने सरकारमा बस्दा मान्छेको धेरै विरोध हुन्छ। वास्तवमा मसित, आत्म सन्तोष त छ, जस्तो म गृहमन्त्री हुँदा एयरपोर्टको तस्करीहरू जो, मैले त्यस एयरपोर्टमा सुन तस्करीलाई रोकेपछि धेरै सुन तस्करहरू, सुन माफियाहरू मेरो विरुद्धमा गए। अनि जलस्रोत मन्त्री हुँदा मैले जल माफियाहरू विरुद्ध मैले अभियान छेडे उनीहरू मेरो विरुद्धमा गए। र सम्पन्नशाली मान्छेहरू मेरो विरुद्धमा भए। त्यसपछि कम्युनिष्टहरू सबै मेरो विरोधमा गए। मेरो स्वभाव चरित्रले गर्दा नै हो। हुनत मैले यो सात पार्टीको डिजाइन पनि मैले गरिदिया हो। सात पार्टी एलाइन्सको आन्दोलनको। माओवादीसँगै कुरा गर्ने मतलव कांग्रेस र माओवादीको कुरा गर्ने कुराको सुरुवात मैले गरिदिएको हो। तर कुरा के हुन्छ, भने मलाई वामपन्थीहरूको गतिविधि त्यति विश्वास लागेन। उनीहरू सधैं मेरो विरुद्धमा लागि रहे। तस्करहरू मेरो विरुद्धमा लागिरहे। सरकारमा बसेर सबैको चित्त बुझाउन त सकिदैन नि। मैले काम गर्दा राष्ट्र, नेपाली कांग्रेस र प्रजातन्त्रप्रति इमान्दार भएर काम गरेको हुनाले मलाई आत्म सन्तोष छ। जहाँसम्म लाग्छ, सहमतिको कुरा छ, वास्तवमा भन्नुहुन्छ भने हाम्रो अन्तरिम संविधान २०६३ को प्रस्तावनामा के भनेकोछ भने सबै कुराहरू सहमतिमा सञ्चालन गनुपर्दछ। जस्तो न्यायपालिका सञ्चालन गर्दा, कार्यपालिका सञ्चालन गर्दा, नेपाल सरकारको नीति र कार्यक्रम बनाउँदा चाही सहमतिमा जाने अन्तरिम संविधानमा हस्ताक्षर गर्नेहरू जो सात दल र नेकपा माओवादीसमेत आठ दल थिए, अहिले सात दल भएकोछ, उनीहरूको सहमतिमा गर्नुपर्छ भन्ने स्पष्ट व्यवस्था गरेको छ। यो सात दलको कुरा गर्दा के हुन्छ भन्दा, यो सातदलसँग भिटो छ, ठूलो पार्टी र सानो पार्टी भन्ने कुरै हुँदैन। त्यहाँ एउटा मात्र पार्टीले मानेन भने त्यो लागू हुदैन। संविधानमा स्पष्ट छ, यहाँ यो प्रस्ताव सहमति विथोल्न नै ल्याइएको हो। सहमति वा सहमति हुन्छ कि हुदैन भन्ने कुरा होइन, सहमति बिथोल्नकै लागि ल्याइएको हो। त्यसकारणले सहमति विथल्नलाई ल्याइएको प्रस्ताव हो। सहमति भनेको कुरा कस्तो हुन्छ भने या त सहमति भइराखेको सहमतिमा अर्को सहमति थप्न या भइराखेको सहमति हटाउन सातै पार्टीका समान भूमिका हुन्छ र सबैको सहमति चाहिन्छ, यहाँ त कुनै कुरामा नेपाली कांग्रेसको सहमति छैन, कुनै कुरामा माओवादीको छैन र कुनैमा एमालेको छैन। त्यो सहमति नभइकन संसदमा दर्ता पनि नहुनुपर्ने, सभामुखले त्यो प्रस्ताव सात पार्टीमा पठाई दिनुपर्थ्यो। त्यहाँ दर्ता भएर वास्तवमा सहमति त टुङ्गिसकेको छ। यो सहमति चाँही कसरी लैजाने भन्ने एउटा नारा हो। वास्तवमा यो प्रस्तावले सहमतिलाई नै अन्त गर्‍या छ।