नेपाली राजनीतिमा गिरिजा प्रसाद कोइराला शाहसी व्यक्तीत्वका रुपमा परीचित हुनुहुन्छ । यद्यपी गिरिजा वावुको व्यक्तीत्व फरक फरक संदर्भमा फरक फरक पाईन्छ । मैले पनि वहाको नाम केटा केटि छदै सुनेको थिया । भेट भने भएको थिएन । वि .पी. कोइराला ,गण्ेशमान स्ािंह संग भने २०१५ सालको आम निर्वाचन अघिनै मेरै गाउमा जानु भएको हुनाले भेटिसकेको थिया । संगोगको कुरा भनौ २०१७ साल पौष १ गते म अध्ययन गर्न भनेर काठमाण्डौ आया । म आउदा उहा जेल परी सक्नु भएको रहेछ । त्यसैले उहा संग भेट हुन सकेन । २०२४ सालमा उहाले २१ दिनको आमरण अनसन गरेर जेलवाट रिहाई हुनु भयो । जेलवाट छुटे पछि उहा केहि समय मैतीदेवीमा दीर्घराज कोइरालाको निवासमा वस्नु हुन्थ्यो । पछि वहा गैरीधारामा वहाको कोहि नोतेदारको घरमा वस्नु भयो । ०२३र २४ सालमा म अहिलेको शिक्षा संकाय त्री.वी. त्यतीखेरको शिक्षा कलेल किर्तिपुरको सभापति थिया । कीर्तिपुरमा शिक्षा र अन्य विषयको छुट्टा छुट्टै युनीयनहरु थिए । त्यतीखेर विद्यार्थि युनियनको निर्वाचनकोलागी सरसल्लाह गर्न र त्यतिवेलाको समसामयिक राजनितिको विषयमा कुरा गर्न भनेर म गिरिजावावु वसेको ठाउ दीर्घराज कोइरालाको निवास मैतीदेविमा गए । उहा संग मेरो पहिलो भेट त्यहि भएको थियो । त्यस पछि उहा काठमाण्डौमा रहदा सम्म पटक पटक भेट भई रहन्थ्यो ।

आफु जेलवाट छुटे पछि उहा वि.पी. कोइराला गणेसमान सिंह लाई जेलवाट छुटाउन र सुवर्ण शमशेर समेतका कांग्रेस नेताहरुलाई लाई भारत निर्वासनवाट नेपाल फर्काउन महत्वपुण भूमिका निर्वाह गर्नु भयो । जेलवाट छुटेको केहि समय पछि उहा वी.पी .कोइराला सङ्गै भारत निर्वासनमा रहनु भयो । भारतमा रहदा गिरिजा वावु भारतमा रहनुभएका वि. पूी कोइरालालाई सफल वनाउन कृयाशिल हुनु हुन्थ्यो । भारतमा रहदा विपीको निर्देसनमा नेपालमा तरुण दलको गठन गर्ने अभियानमा वहा लाग्नु भयो । शसस्त्र कान्तिको तयारी गर्न जिल्ला जिल्लामा भुपु शैनिकहरुलाई संगठीत गर्ने र शसस्त्र क्रान्त्तीको तयारी गर्ने कार्यमा उहाको कृयाशिलता थियो । वीपी भारतमा रहदा हामीहरुको संम्पर्क वीपी कोइराला संङ्ग हुन्थ्यो । नेपालवाट जाने कांग्रेसका सवै कार्यकर्ताहरुले वीपी कोइराला संग निर्देसन लिने गर्दथे । २०३३ साल पौष १६ गते वीपी कोइराला शशस्त्र क्रान्तिको वाटो छोडेर राष्टिय मेलमिलापको निति लिएर नेपाल फर्के पछि भारतमा रहनु भएका गिरिजा प्रसाद कोइरालाको भुमिका नेपाली रानीतिमा प्रभावकारी भयो । यसैवेला वीपीले गिरिजा वावुलाई कांग्रेसको महामन्त्री पनि वनाउनु भयो । वीपी नेपाल फर्कनु अघि आफु नेपाल प्रवेस गरेको छ महिना पछि मात्र पार्टि कृयाशिल वनाई आवश्यक कार्य गर्नु भनेर वीपीले गिरिजा वावुलाई भन्नु भएको कुरा वहाले म समेतका साथिहरुलाई भन्नु भएको थियो । त्यहि कारण २०३४ सालको सुरुतिर गिरिजा वावुले पटनामा त्याहाका एम एल ए शरयुग मिश्रको निवासमा कांग्रेसको वैठक वोलाउनु भयो । उक्त वैठकमा म उपस्थित थिया । त्यहा नेपालका विभिन्न जिल्लावाट कांग्रेसका प्रतिनिधिहरु भेला भएका थिए । त्यहि वैठक पछि नेपाली कांग्ेसको औपचारीक जिल्ला समितिहरु नेपालमा गठन भएका हुन । यसरी गिरजा वावुको कांग्ेस संगठनमा प्रभाव र पहुच वडदै गएको हो ।

यहि समयमा वि पी कोईराला औषधोपचारकालागी वाहिरी मुलुक जाने र फर्कने क्रममा भारत भएर आउने गर्नु हुन्थ्यो । भारतको गान्धि मैदानमा वी पीको सम्मानमा आयोजित आमसभा र पटनाको एसम्व्ली हलमा वीपीले कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिने कार्यक्रममा म उपस्थित थिया । यीनै कार्यक्रमहरुमा जादा भारतमा मेरो गिरिजा वावु सङ्ग पटक पटक भेट हुदा विपी कोइरालाको राजनैतिक जीवन यात्रामा गिरिजा वावु साच्चिकै हस्ति भएको मलाई महसुस भयो र म वहा वट प्रभावित भएको थिया । २०३५ सालमा वहाले गोरखपुरमा नेपाली कांग्रेसका जिल्ला जिल्लाको मिटङ्ग वोलाउनु भयो । तनहुंमा म पार्टिको सचिव थिया । त्यो मिटिडमा म सहभागि भएको थिया । त्याहा वाट फर्के पछि २०३६ सालको आन्दोलनले जनमत संग्रहको घोषणा भयो । जनमत संग्रहको घोषणा भएको केहि दिन पछि म गिरफतार भए । २०३७ वैसाष १गते आम माफीभई पोखरा जेलवाट वाट म छुटे । गिरिजावावु पनि त्यहि आम माफी वाट नेपाल फर्कनु भयो । त्यस पछि भने वाहा संङ्ग मेरो निरन्तर सम्पर्क रह्यो ।

वि पी कोइरालाको निधन हुनु अघि गिरिजावावुको भूमिका वि पी कोइरालालाई सफल वनाउने थियो । आम माफीवाट नेपाल फर्कनु भएका गिरिजा वावु २०३६ सालको जनमत संग्रह र जनमत संग्रह पछिको पंचायती निर्वाचनको वहिस्कार जस्ता अभीयानमा र कांग्रेस पार्टिको संगठन सुदृढ गर्ने काममा कृयाशिल रहनु भयो । परशु नारायण चौघरी को पंचायत प्रवेश अघि कांग्रेसमा दुई जना महामन्त्री थिए । परशु नाराएण चौधरी नाम मात्रका हुनुहुन्थ्यो भने गिरिजा वावु सकृय महामन्त्री । यसरी कांग्ेसको संगठनमा उहाको प्रभाव वडदै गयो । वि पी कोइरालाको जीवनको अन्त तीर गणेस मान सिंह , कृण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइराला लाई सङ्ग सङ्गै देश भरी कार्यकर्ताको प्रशिक्षण शिविरको कार्यक्रम राख्दै देशको भ्रमण गर्न लगाउनु भयो । आफु काठमाण्डौमा वसेर अनुगमन गरी रहनु भयो । २०४२ सालको सत्याग्रह त्यस अघिको देशव्यापी हस्ताक्षर अभियान र २०४६ सालको जनअन्दोलनले नेपाली राजनितिमा गिरिजा प्रसाद कोइरालालाई पुर्ण रुपले प्रतिस्ठापित गराएको हो । २०४८ सालको आम निर्वाचन पछि उहा नेपालको दोश्रो निर्वाचित प्रधानमन्त्री वन्नु भयो । त्यस पछिका उहाका पा्रय सवै कार्यकालमा उहा सरकारमा रहदा र नरहदा २०६२ र ०६३ सालको जन अन्दोलन सम्म करीव ४३वर्ष उहा संङ्ग निकट भएर काम गरेका अनुभवले उहा संगका केहि अन्तरङ्ग कुराहरु यो लेखमा उल्लेख गर्न खोजेको छु ।

गिरिजावावु जसलाई विश्वास गर्नु हुन्थ्यो त्यसैको भरोसामा रहनुहुन्थ्यो । उहाको कमजोरी कुनै व्यक्तीलाई उहाले विश्वास गर्नु भएन भने त्यो मानिसका वारेमा उहालाई विश्वास दिलाउन अत्यनत कठिन हुन्थ्यो । यद्यपी उहाको मुल्याडकन गलत किन नहोस । यहि कारण उहाको रानितिक जीवनमा समय समयमा उहाले विश्वास गर्नेहरुको फरक फरक नामहरु चर्चामा आउने गर्दथे । सवैभन्दा उहाको कमजोर पक्ष के थियो भने उहालाई कसैले गम्भिरता पुर्वक कुनै कुरा भनि दियो भने त्यसलाई विक्ष्लेसण नगरी पत्याई हाल्नु हुनथ्यो । द्धीविधा जनक अवस्थामा उहा संङ्ग काम गर्न यहि कारणले अत्यन्त कठिन हुन्थ्यो । वास्तवमै उहा सरल मिजासका मानिस हुनुहुन्थ्यो । उहा रिसाएको कसैलाई पत्तै हुदैनथ्यो । रिसाउदा चुरोट खुव तान्नु हुन्थ्यो । खुसि हुदा उहाको अनुहार प्रफुुल्लित देखिन्थ्यो । उहाले खित्का छोडेर हासेको मैले कहिल्यै देखिन । उहा प्रफुल्लित भएको वेलामा आफना जीवनका अन्तरङ्ग कथाहरु , उहाका जीवनमा घटेका घटनाहरु सुनाउनु हुन्थ्यो । उहाका वी.पी. कोइराला सुवर्ण सशमशेर आदि कांग्रेसका नेताहरु संग सम्पन्धित कुरा हरु सुन्न अत्यन्त रोचक हुनथे । जिल्ला भ्रमणमा जादा धेरै समय हामिहरु प्राय संगै हुन्थ्यौ । महेस आचार्यजी राम्रो वक्ता भएको हुदा भ्रमणमा उहाको साथमा प्राय रहनु हुन्थ्यो । भ्रमणमा उहाको साथमा हामि कोहिन कोहि भई रहन्थ्यौ । विहान ४ वजे देखि ६ वजे सम्म उहा संग छलफल हुन्थ्यो । त्यो वेलमको छलफल उहाकोलागी दिनभरीको भाषण्को विषय वन्दथ्यो । उहालाई दिन भरीकालागी उर्जा हुन्थ्यो । अरुले गरेको कुरा मन नपरे चुपचाप वस्नु हुन्थ्यो ,प्रतिपाद गर्नु हुदैनथ्यो । उहा कुरा सुनेर चुपचाप वस्दा मानिसलाई लाग्दथ्यो उहाको खुव चित्त वुझेको छ तर उहालाई भने पटक्कै मन परेको हुदैनथ्यो । उहाको यो स्ववाभाले उहा र कतिपय मानिसमा असमझदारी पनि सृजना हुन्थ्यो । उहा कठोर भन्दा कठोर निर्णय लिन पनि डराउनु हुदैनथ्यो भने मानिसका प्रति उहा अत्यन्त दयावान पनि हुन्ुहुन्थ्यो । विवाहमा , विरामिहुदा र मानिसलाई दुख परेको वेलामा सकभर उहा सहभागि हुनुहुन्थ्यो । एउटा कुरा मैले भन्नै पर्दछ उाहा मानिस हो देवता होईन । उहाको यत्रो लामो जीवनमा उहाका केहि कमजोरीहरु हुन सक्दछन । तर सुनियोजित किसिमवाट कसैका विरुद्ध षडगन्त्र गर्ने मानिस भने उहा होइन । आम कार्यकर्ताले र सामान्य नागरीकले आफुलाई यति धेरै माया गर्ने नेता अव नेपालमा पाउने छैनन ।

गिरिजा वावु वाट सिकनु पर्ने महत्वपुर्ण कुरा उहाको कृयाशिलता हो । वीपी पनि विहान सवेरै उठेर खुल्ला आकाश हेर्दै चिन्तन गर्दछु भन्नु हुन्थ्यो । सायद त्यहि प्रभावले होला गिरिजा वावु पनि विहान ४ वजेने उठनु हुन्थ्यो । उहाको सुत्ने कोठामा ४ वजे , ५ वजे, ६ वजे पुग्ने पुग्ने निस्चित मानिसहरु हुन्थे । अचम्मको कुरा के थियो भने सवे गिरिजावावुका विश्वास प्राप्त हुन्थे तर उउटा समुहको अर्को समुह सुंंग भने सम्पर्क हुदैनथ्यो । समस्या त कहा नेर हुन्थ्यो भने उहाकै परविार भित्र चरम गुट वन्दि हुदा पनि हामा्रे लागी सवैलाई वरावर व्यवहार गर्न कठिन हुन्थ्यो । जीवनको करीव अन्त समम उहाले सवैलाइै मिलाएर राख्नु भयो । उहाको कृयाशिल जीवनमा विहानको समयमा उहाको दिन भरीका योजनाहरु वन्दथे । यहि समयमा उहाले आवस्यक भएका सवै मानिस सङ्ग टेलिफोन सम्पर्क गर्नु हुन्थ्यो । म समेतका केहि मानिसहरुको विहान ५ वजे देखि ६ वजे सम्म उहाको निवासमा पुग्ने दैनिकिनै वनेको थियो । विहान उठन पनि नपाउदै टेलिफोनको घण्टी वज्यो भने त्यो टेलिफोन उहाकोनै हुन्थ्यो । विहान ७ वजे पछि भने उहा सार्वजनिक भेटघाटमा व्यस्त रहनु हुन्थ्यो । वेलुका भने उहाको लागी अनुकुल समय मानिदैनथ्यो । उहा चाडैन सुत्न मन पराउनु हुन्थ्यो । प्रधानमन्त्री हुदा हप्तामा एक दिन वेलुका राजाकाहा जानु पर्ने र अवेर सम्म राजदरवारमा राजा सङ्ग कुरा गर्नु पर्ने हुदा त्यो समय उहाका लागी अत्यन्त कठोर हुन्थ्यो भनेर उहा आफैले हामि सङ्ग भन्नु हुन्थ्यो । मैले उहा सङ्ग वेलुका टेलिफेनमा कुरा गरेको विरलै याद आउदछ । कहिले काहि उहाले म सङ्ग वेलुका रिसाएर कुरा गरीहाले पनि म त्यसलाई गम्भिरता पुर्वक लिदैनथे । त्यो उहाको त्तकालिन परिस्थितिको उपज मान्दथे । म भोलि पल्ट विहानै गएर उहालाई सम्झाउदथे । जीवनको कृयाशिलता उहाकावाट सिकनु पर्ने महात्वपुण गुणहरु हुन ।

उहा जिल्लाको भ्रभण गर्न खुव रुचाउनु हुन्थ्यो । नेपालको सवै जिल्लामा धेरै पटक र धेरै ठाउमा पुगेको नेता कांग्रेसमात छोडौ कुनै पार्टि पनि छैनन । वी पी को स्वर्गारोहण पछि उहा अझ सकृय हुनु भयो । वीपी कोइरालाको निधन पछि राष्टिय मेलमिलाप दिवस , वी पी को जन्मजयन्तिमा वृक्षारोपण पार्टिका विषेव कार्यक्रम हुन्थे । ती कार्यक्रमहरुमा पोखरा तर्फ जादा दमौली मेरो धरमा वस्ने कार्यक्रम हुन्थ्यो । गणेस मान जी किसुनजी र गिरिजा वावु पटक पटक दमौलीमा मेरो घरमा वस्नु भएको छ । एक पटक उहाको मेरो घरमा खाना खाने र कार्यकर्ताहरुलाई भेटघाट गर्ने कायृक्रम थियो । उहा मेरो घरमा पुग्ना साथ प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आएको मण्डलेहरुको जमातले उहामाथि आक्रमण गर्न थाले । डा. शेखर कोइराला समेतका साथिहरु पनि सङ्गै हुनुहुन्थ्यो । उहाले मात्र के खानु भएको थियो । त्यहा वस्न सक्ने अवस्था भएन । उहा सङ्गै हामिहरु पोखरा गयौ । त्यहि पटक वहाको कार्यक्रममा रुपन्देहिमा यादव नाथ आलोकको हत्या भयो । त्यसको अभ्यास दमौलीवाटनै सुरु गरीएको रहेछ । यी सव परीस्थितिको उहा सहज रुपमा सामना गर्नु हुन्थ्यो ।

राजनितिमा उहाले लिएका निर्णयहरु अत्यन्त कठोर हुन्थे । नेपाली कांग्ेसका कार्यकर्ताहरुमा जए नेपाल भन्ने अभियानको सुरुवात उहालेनै गर्न भएको थियो । पंचायत कालिन समयमा जए नेपाल भन्नु अन्दोलननै हुन्थ्यो । उहाले संसद पुनस्थापनाको कुरा गर्दा उहालाई सवैले खिल्ली उडाए । आफनै पार्टिका साथिहरुले पनि पत्याएनन । संसद पुनस्थापनाको लागी सर्वौच्च अदालतमा रिट निवेदन गर्ने निर्णय भयो । कमसेकम वहुमत सदस्यले निवेदन दिने कुरा भयो । अरु दलका सांसदले त निवेदनमा हस्ताक्षर गर्ने कुरै भएन । स्वयं हाम्रा दलका सांसद अहिले कांग्ेस संसदीय दलका नेताले समेत हस्ताक्षर गर्न मान्नु भएन । निवेदनमा वहुमत सांसदको हस्ताक्षर भएन । निवेदनमा उहाले अव म हाफै हस्ताक्षर गर्दछु भन्नु भयो । हामिहरुको सकभर उहालाई निवेदक वनाउने विचार थिएन । आखिर कसैले पनि नपत्याउदा नपत्याउदै संसदको पुनस्थापना भएरै छाडयो । उहा संग काम गर्न अत्यन्त सहज हुन्थ्यो । नेपाली कांग्रेसको १०सौ महाधिवेसन पछि पार्टि नफुडदै वहा सभापति हुनुहुन्थ्यो । शुशिल कोइराला महामन्त्री र म सह महामन्त्री थिया । पार्टिको कुनै पनि काममा मैले हस्तक्षेप भएको महसुस गरीन । कहिले काहि उहालाई गलत सुचना दिईन्थ्यो । उहालाई ठिक कुरा यो हो भने पछि संझनु हुन्थ्यो । म पार्टि केन्द्रीय कार्यालयको भवन निर्माण समितिको अध्यक्ष पनि थिया । सानेपामा वनेको भवनको उदघाटन गर्ने कार्यक्रम वन्यो । पार्टि कार्यालय आफनै भवनमा वस्न पाउदा कार्यकर्ताहरु खुसि थिए । उदघाटन कार्यक्रमको अघिल्लो रात करीव ७ वजे उहाको टेलिफेन आयो । भोलि विहान म आउदिन । तपाईहरुले वोलाएका मानिसहरुलाई चिया सिया खुवाएर पठाउनु होस । मैले वुझी हाले । उहा अव नआउनु हुने भयो । मैले त्यति खेर केहि भनिन । मैले म भोलि विहान आउदछु भने । विहान सवेरै न गया । कोठामा उहा र नोना भाउजु मात्र हुनु हुदो रहेछ । अरु पुगेका रहेनछन । मैले उहालाई भने विदेशी कुटनितिक नियोगका मानिसहरुलाई वोलाएको छ । तपाई नजादा पार्टिकै वेईज्जत हुन्छ । त्यसमा नोना भाउजुले पनि मलाई सहयोग गर्नु भयो । तपाईले उदघाटन गर्ने भनेर कार्ड छापी सकेको रहेछ । तपाई जान पर्दछ । उहाले भन्नु भयो त्यसो भए कार्यक्रम अत्यन्त छोटो राख्नु होला । उहा आउनु भयो । भवनको उदघाटन भयो । कांग्रसका केहि नेताहरुले सो कायृक्रम वहिस्कार गरे । यसरी उहालाई यो काम राम्रो हो तपाईले गर्नु पर्दछ भने पछि गर्नु हुन्थ्यो । उहालाई भडकाउन पनि सजिलो थियो ।

उहालाई मानिसहरु आलोचना पनि गर्दछन । उहा मानिस भएको हुदा वहाका कमजोरी थिएनन भन्न मिल्दैन । जिवनका अन्तिम दिनहरुमा उहा केहि आलोच्य पनि हुनु भयो । तर प्रकाश कोईराला र विजय कुमार गच्छदार कांग्रेस केन्द्रीय समितिमा चुनाव लडदा उहाले विजय गच्छदारलाई जिताउनु भयो , सुनसरी १ वाट ०५६को निर्वाचनमा सुजाताकोइरालालाई सांसदको टिकट दिनु भएन र सुजातालाईनै केन्द्रीय सदस्यको निर्वाचन लडन खोज्दा शैलजाको उजुरी पर्दा सुजाताको पक्ष लिनु भएन । उहाका जीवनका यी निर्णयहलाई पनि हामिले विर्षन हुदैन । उहालाई यो काम तपाईले गर्न हुदैन भने पछि गर्नु हुदैन्थ्यो । केवल वहालाई यो काम तपाई र कांग्रेसकै अहितमा छ भनेर भन्नु पर्दथ्यो । उहाले राम्रो सल्लाह पाउदा समम उहा कसैको लहै लहैमा लाग्नु हुन्थेन । वहाले कुनै काम गर्न अठोट गर्नु भए पछि पनि तपाईले यो काम गर्न हुदैन भने पछि गर्नु हुदैनथ्यो । स्व नोना कोईराला त्यस्तो गराउन सकनु हुनथ्यो । म , खुम वहादुर खडका र विजय कुमार गच्छदार एकै ठाउमा हुदा हामिले भनेको कुरा वहाले कहिल्यै काटनु भएन । अरुले जे भनुन जस्तो सकै दुखका दिनमा पनि मैले उहाको साथ छोडिन । २०६२ र ०६३ को आन्दोलनको घोषणा उहाको नाम वाट मैलेनै गरेको थिया । उहाका सहयोगी कृष्ण चन्द्र झालाई यस विषयमा राम्ररी थाहा छ । आन्दोलनको सफलता पछि उहालाई सहयोग गर्नेहरु धेरै भए । मेरो जरुरत मैले संझिन । अन्तमा , उहाले आफनो जीवनको अन्त तीर सहकार्य ,सहमति र एकताको कुरा वारंवार दोहोराउनु हुन्थ्यो । यो राष्टिय राजनितिमा मात्र होईन । कांग्रेस भित्र पनि हो । उहाको सव यात्रामा देखिएको सहभागिताले कांग्रेस भित्र पनि सहकार्य सहमति र एकता खोजिरहेको आभास भएको छ । कांग्रेस एक छ , रहनेछ भन्ने सन्देश हामिले आम कार्यकर्तालाई दिनु परेको छ । कांग्रेसका जिम्मेवार नेताहरुले यो भावना वुझन सकेमा र कार्यान्वयन गर्न सकेमा उहाप्रति सच्चा श्रद्धान्जली हनेछ ।

(लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुुहुन्छ । )

(उहाको ४५वौ पु०य तिथिका अ वसरमा देशानतर साप्ताकिले प्रकासित गरेको )