भूटानी नेता स्व.राजकुमार वुढाथोकीको हत्या र भूटानी शरणार्थी समस्या
भूटानी शरणार्थीका प्रभावशाली नेता तथा भुटान पिपुल्स पार्टीका संस्थापक अध्यक्ष (आर.के) राजकुमार वुथाथोकीको २०५८ साल माघ २४ गत अपरान्ह ३ः४५ वजे दमक स्थित कार्यालयमा वसेर आफ्नो पार्टीको भातृ संगठन थ्यगतज इचनबलष्शबतष्यल संग कुरा गरी रहेको वेला सोही समुहमा एक युवकले खुकुरीले घाँटीमा प्रहार गरी हत्या भयो। उक्त घटनाले कसरी प्रजातन्त्र र मानवअधिकारको लागि लडनेहरु यस्ता हिंस्रक जत्थाको निसाना वन्दारहेछन र प्रजातन्त्र र मानवअधिकारको लडाई कति दुखदाई हुदारहेछ मन्ने कुरा पुन एक पटक प्रमाणित भएकेा छ। घटनास्थलमा उपस्थित सोही पार्टीका महासचिव वलराम पौडेलका अनुसार उक्त हत्या शरणार्थि मध्येकै केहि युवकले गरिएको भनिएको हुदा यो घटना सुनियोजित थियो र शरणार्थिहरुलाई निरुत्साहीत गर्न यो घटना धटाईएकेा थियो भन्ने कुरालाई सहजै इन्कार गर्न सकीदैन। जेहोस यो घटना प्रजातन्त्रको लागि लडीरहेका एक मानव अधिकारवादी नेताको हत्या भएको छ। अहिले भुटानी जनतामा अत्यन्त लोकप्रिय र सन १९९० मा भुटान पिपुल्स पार्टीको स्थापना गरेर प्रजातन्त्रको लागी लडिरहनु भएका स्व. वुढाथोकीको आत्माको चिरशान्तिको कामना र उहाँको धर्मपत्नी एवं शोकसन्तप्त परिवार र प्रजातन्त्रको लागि लडीरहेका भुटानी जनता प्रति हार्दीक समवेदना वाहेक अरु के दिन सकीन्छ। वहाँको निधनमा नेपाली काँग्रेस तथा नेपालका राजनैतिक दलहरु, मानवअधिकारवादी संस्थाहरुलेे हत्याको निन्दा गर्दै उहाँका सम्मानमा वक्तव्यहरु प्रकासीत गर्नु र उहाँको शबयात्रामा सम्मिलिन जनसमुहकेा प्रर्दशनले वहाँको लोकप्रीयता प्रमाणीत गर्दछ। वहँाको निधन भए पनि वहँाको बिचारलाई वहँाका अनुयाईले अबलम्बन गररिहनेछन भन्ने मेरो बिश्वास छ। मैले पनि व्यक्तिगत रुपमा वहँालाई चिनेकोे हुनाले उहाँको सम्मानमा यो भावना व्यक्त गर्ने प्रयत्न गरकेा छु। प्रसंग भूटानी राज्यको छोटो चिनारीबाट सरु गर्दै छु , हिमालयको काखमा लुकेको भूटानले आफ्नै सभ्यताको राम्ररी विकास गरेको छ। करिव ६ लाख जनसंख्या रहेको भुटानको आफ्नै धर्म ,संस्कृती, रिति रिवाज छ। यसैको लािग भूटान प्रसिद्ध पनि छ। त्यहाँका अधिकांस जनता वुद्धधर्म प्रति आस्थावान रहेका कारण शान्ति पृय छन भन्ने कुरामा संका गर्न सकीने ठाऊँ छैन। यति सानेा मुलुक भएर पनि यो मुलुक कहिल्यै कसैको उपनीवेश वनेन। यो भूटानको प्रमुख विषेशता पनि यही हो। सातौ सताव्दीमा निर्माण भएका वुद्ध स्तुपाहरु र आठौं सताव्दीमा गुरु रिड.पोचेले स्थापना गरेका वुद्ध स्तुपाहरु आधुनिक विश्वका लागि आर्कषक केन्द्रको रुपमा रहेका छन। भुटानी भाषा साहित्य संगित र नृत्यकला एबं वास्त्ाुकलाले भुटानको सास्कृतीलाई वचाएर राखेको छ। विज्ञान र प्रविधीको विकासले कुनै पनि मुलुक एकलै रहन सक्दैन। त्यसैले भूटान पनी यसको प्रभाव वाट टाढा रहन सक्दैन। भूटानले पनि २१ औं सताव्दीमा प्रतिस्पर्धामा उत्रिनै छ। यसैले भूटानको अगाडी २१ आंै सताव्दीमा अन्य मुलकले जस्त्ौ समानागर्न पर्ने चुनैातिहरुलाई परशार्न सक्दैन। याहि परिपेक्षमा भूटानमा भविश्य निर्भर रहेका छ। अहिले भुटान एउटा समस्यामा अल्भि्क रहेकोे छ। सन १९९० ताका करीब १००००० भुटानी जनताहरु भुटानी सरकारको “एक राष्ट एक जनता” ( इलभ ल्बतष्यल , इलभ एभयउभि ) को नितिले पिडीत भएर भुटानमा मानवअधिकार र प्रजातन्त्र अपरहण भएकोछ भन्दै नेपालको शरणार्थी शिविर झापामा वस्न थाले। भुटनाी सरकारले भने तिनिहरु भुटानी शरणर्थी हेाइनन्। भूटानको कानुनले पनि कुनै पनि भुटनी स्वइच्छाले भुटान छोडदछ भने भुटानको नागरिक हुदैन यीनीहरु स्वइच्छाले भुटान छोडी सकेको छन। त्यसैले यीनीहरु भुटनाका शरणार्थी होइन्न भनेर आफे्नो अडान राख्दै आएकोछ। जे होस नेपाल जस्तो सानो मुलुक जुन आफै बिभिन्न समस्यामा रुमलिरहेको छ यो वोझा नेपाललाई निश्चय पनि सहज हुदैन। तरपनि नेपालले थाम्न नसक्ने भार वोकी रहेको छ। शरणार्थि क्याम्पमा वसेका भुटानीहरुलाई यु.एन एच.सी.आर. ले सहायेाग उपलव्ध गराउदै आएकेा छ। यहि कारण शरणार्थी शिवीरका भुटानीहरु खान नपाएर भने असहाथ अहिले सम्म भएकेा छैन। तर पनि यो समस्या नेपाल र भुटानका लागि अत्यन्त जटिल बनेको छ। अन्तत यो समस्यालाई दुइ पक्षीय संझैातावाट समाधान गर्न पर्दछ भनेर नेपाल भुटानका मन्त्रीहरुको ९ वटा वैठक वसी सकेको छ। वेलावेलामा अन्तराष्ट्रिय कारण गर्ने कुरा उठाए पनि नेपाल यो समस्याको समाधान दिपक्षीय सम्झैातावाट निकाल्न चाहान्छु। तर यसको प्रगती भने अन्यत्र मन्द गतिमा अगाडी वढेको छ। र अहिले शरणार्थि प्रमाणीकरण को काम आगाडी वढेकेा छ। यद्धपी यो समस्या समाधान गर्न विश्वमा मानवअधिकारवादी संस्थाहरु प्रयत्नसिल छन। यु..एन. देखि एम्नेष्टी इन्टरनेसनल तथा बिश्वका प्रजातन्त्र र मानवअधिकार संग चासो राखने सबै मुलुकहरुले पनि यो समस्या समाधान गर्न प्रयत्नसिल भएका छन। यो समस्याको अहिले सम्म समाधान निक्लन सकेको छैन। अहिले राजकुमार वुढाथोकीको हत्याले यसमा अझ संका उत्पन्न भएको छ। यस हत्याको समयमा नै उचित पहिचान नभएमा अझ जटिलता तिर जाने परिस्थिति सृजना हुन सक्दैन भन्न सकिदैन। नेपाल र भुटानको विचमा देखा परेकोे यो समस्या कसैल सांस्कृतीक कारण वाट भएको हो भन्दछन। कसैले यो समस्या राजनैतिक कारणवाट उव्जेको हो भन्दछन। नेपाल र भुटान दुई छिमीकी मुलुक भए पनि नेपाल विगत केहि वर्ष यता वहुदलीय प्रजातन्त्र शाशन व्यवस्थाा भएको मुलुक छ। भुटान वुद्धिष्ट वंसजको राजाबाट शाशित मुलुक हेा। त्यहाँका ६ लाख जनता मध्ये अधिकतम संख्या म्चगपउबक तिव्बती रहन सहन भएको वुद्धधर्मालम्वीहरु र ीजयतकजब्कउबक हिन्दू धर्माबलम्बीहरु नेपालवाट वसाई सरेर गएकाहरुको विचमा धेरैनै सांस्कृतिक भिन्नता छ। सन १९८० को मध्येतिर यी दुइ थरी संस्कृती वोकेको भुटानी जनताको विचमा झगडा सुरु भयो। १९८५मा जव भुटानी सरकारले ीजयतकजब्कउबक हरुले म्चगपउबक संस्कृती अवलम्वन गर्नूपर्ने कानुन निर्माण गर्यो र नेपाली भाषा भेष र नेपाली संस्कृतीलाई टेलीभिजनमा पनि वन्देज लगायो र त्यस पछि त्यहाँ संघर्स सुरु भयो मानिसमा काटमार सुरु भयो। समस्याको एउटा कारण यहि हो भनि एकथरी मानिसहरु भन्दछन। आर्को थरी मानिसहरु भुटानमा यो समस्या आउनुको कारण यो मात्र हेाइन। त्यहाँको समस्या सांस्कृतिक भन्दा राजनैतिक वढी छ। भुटानमा छिमेकी मुलुकमा वहुदलीय प्रजातन्त्र आए पनि त्यहाँ राजासंग अनियन्त्रीत शक्ति छ । प्रधानमन्त्रीको राजा आफै मनोनित गर्दछन। १९८० को दशकसम्म राजाले मन्त्री वनाउदा म्चगपएबक मात्रै वनाउदथे। १९९०को मध्यतीर मुटान नरेश जिग्मे दोर्जे वाड.चुकले देश बिकाश र राजतन्त्रकै पनि स्थाईत्वको लागि देशमा आर्थिक बिकाश हुनु जवरी छ भन्ने महसुस गरेर आर्थिक बिकाश तिर ध्यान दिए। दुबैमुलका मानिसहरु बिदेश भ्रमणमा गए। तिनिहरुमा प्रजातन्त्रको प्रभाव बडदै गयो र तानाशाहि राजतन्त्रको आलोचना गर्न सुरु गरे। जन ीजयतकजबलउबक ( नेपाली मुल) हरु शिक्षीत हुन थाले र उच्च पदका लागि प्रभाव पार्न थाले पछि म्चगपउबक मुलमा मानिसहरु डराउन थाले। सिक्कीमको घटनाले पनी भुटानमा म्चगपउबक मुलका मानिसहरु डराउन एउटा कारण थियो। १९८५ तिर जव नेपाली मुलका मानिसहरुल्े प्रजातान्त्रीक शासन प्रणाली माग गर्दै जुलुस निकाल्ने आन्दोलनको क्रम सुरु गर्न थाले यो आन्दोलनलाई राजतन्त्र बिरोधि आन्दोलन भनेर दमन गरीयो। ीजयतकजबलउबक ( नेपाली मुल) का मानिसहरले एउटै धर्म मान्नु पर्ने , एउटै भेष लगाउनु पर्ने एउटै सस्कृति मान्नु पर्ने कानुनको बिरोध गर्न थाले। यसो हुन थाले पछि १९८५मा भुटानी नागरीकताको परीभाषा गर्ने नया कानुनको निर्माण भयो। यो कानुनले १९५८ भन्दा अगाडि भुटानमा बसोबास गरेको प्रमाण पेस गर्ने मानिसहरु मात्र भुटानका नागरीक मानिने व्यबस्था गरीयो। यो कानुनको निर्माण भएपछि १९७७को कानुन अनुसार नागरीकता लिएका मानिसहरु पनि भुटानका नागरीक नमानिने भए। यो कानुनले योभनदा अगाडिका सबै कानुनहरु खारेज गरीयो। बसोबासको प्रमाणपत्र देखाउन १९५८मा गृह मन्त्रालयमा दर्ता गरेको प्रमाण पत्र देखाउन पर्ने भयो। जबकी ईतिहासकारहरु भन्दछन १९५८मा भुटानमा गृह मन्त्रालयनै स्थापना भएको थिएन। यसरी भुटानमा भुटानी र गैर भुटानी भनेर आन्दोलन सुरु भयो। गैर भुटानी भनिएका माथी दमन सुरु भयो। मानिसहरु बिस्थापित भए। यसरी यो समस्या श्रृजना भएको हो । जे होस भुटानमा यो समस्या छ। अहिले भुटानीहरु नेपालमा आएर वसेको हुदा यो समस्याले नेपाल र भुटान लाई पिरलेको छ। यी दुवै राष्ट्र मिलेर यो समस्या को निराकरण गर्न आबश्यक छ। येा समस्या समाधान गर्न नवौं मन्त्रीस्तरीय वैठक वसीसकेेको छ। अहिले शरणार्थी प्रमाणीकरण गर्ने प्रकृया वढेको छ। भुटानी सरकारले के भनाई छ भने शरणार्थी क्याम्पमा वसेका सवै व्यक्ति भुटानी होइनन। भुटानको कानुन अनुसार स्वइच्छाले भुटान छेाडेर गएका भुटानीहरु भुटानी नागरिक हुदैनन। अधिकांस शरणार्थि यस्तै छन। यस्तै प्रसंगमा सन १९९८ मा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुदा धरै वर्ष देखि रोकी रहेको भुटानी नेपाली वार्ता पुन सुरु गर्ने क्रममा नेपाली टोलीको प्रतिनिधित्व गर्दै म ( लेखकं) भुटान गएको थिएँ। त्यहाँ मेरो भुटानी नरेश जिग्मे सिग्मे वाङचुकसंग २ घ48टा लामो छलफल भयो। त्यति वेला भुटानी नरेश वाट हुुुकुम भएको थियो म मेरो मन्त्री परिषदको अध्यक्षलाई निर्देशन दिनेछु सवै कुरा अहिले मिलाउनु। अर्को काठमा48डौ वैठकमा हस्ताक्षर गर्ने काम मात्र वांकी रहने छ। त्यस्ता वेला : च। त्जष्लभि मन्त्री परिषदमा अध्यक्ष र पराराष्ट215 मँन्त्री भएको हुदा भुटानी पक्षको नेतृत्व उनैले गरेका थिए। वार्ता दुई दिन भयो र पुन काठमा48डौमा बार्ता गर्ने गरी टुंगीयो। वार्ताको निश्कर्षका वारेमा म यहाँ उल्लेख गर्न चाहान्न। अहिले भुटानी नरेश संग मैले राखेको केहि कुराहरु उल्लेख गर्न चाहान्छु। प्रसंग भुटानका नरेश संगको, भुटान नरेश संगको मेरो भेटमा औपचारिकता सकीए पछि मैले भने सरकार ९थ्इगच : कवभकतथ ) नेपाल सानो मुलुक हो् यो मुलुकमा यतिका भुटानीहरु शरणार्थिको रुपमा छन। नेपालमा राजनैतिक स्थिरता पनि आई सकेको छै्रन । १ लाख भुटानी शरणार्थि लाई नेपालले धान्न सक्दैन। त्यसमा पनि त्यहाँ कुनै अस्थिरता चाहने शत्तिले प्रवेश गर्यो भने त्यसले नेपाल भारत र भुटान सवै लाई नोक्सान पुर्याउदछ। त्यतिखेर भुटान केही मात्रमा भारतमा भएको उल्फा र वढोको समस्यावाट पनि त्रसित थियो। त्यो कुरा लाई पनि उदाहरण दिदै मैले भने यो समस्याको निराकरण हामी आफैले गर्न पर्दछ। विश्वका अगाडी हाम्रो जस्तो सानेा मुलुक पनि आफ्नो समस्या दुई पक्षीय वार्तावाट समाधान गर्न सक्दछ भनेर प्रमाणीत गर्न पर्दछ। यस्को जवाफमा भुटान नरेश वाट हुकुम भयो समस्याको निराकरण गर्ने कुरामा म सहमत छु। भुटानीहरुलाई फर्काउन पनि्क म तयार छु। तर यहा केहि कानुन िकठिनाई छ। भुटानमा अहिले पनि कतिपटक नेपालीलाई भुटानी नागरिकता लिन चाहान्छन भने रीतपुराएर भुटानी नागरीकता दिएका छौ। त्यतिखेर भर्खरै भुटानी नागरीकता दिएको भनेर एउटा व्यापारीको उदारहण दिइएको थियो। भूटानको कानुनले स्वइच्छाले भुटान छोडे पछि कसरी भुटानी शराणार्थि भन्ने? त्यस्तो मानिस भुटानको नागरीक हुदैन। अनी मैले कस्सियर तर्क राँखे। विश्वमा कुनैपनि मानिस राष्ट्र विहिन हून्छ की हुदैन। भुटानको नागरीक नहुने अन्यत्रको नागरीकता नपाउने भए पछि तिनीहरुलाई कतबतभभिकक भनेर घोषणा गर्नु पर्यो।। हेाइन भने कानुनमात्र हो भने समस्या होईन। पहिला नरेशवाट निर्णय गर्न पर्यो तिनीहरु भुटानी नागरिक हुन की होइनन्। हुन भने तिनिहरुलाई कानुन मिलाउने कुराहो। कानुन देशको आवश्यकता अनुसार वन्दछ। कानुन समाजको राष्ट्रको आवश्यकता अनुसार वनाउन पर्दछ। कानुन नमिले संसदले परिवर्तन गर्दछ। संसद वसेको छैन भने श्री ५ वाट अध्यादेश जारी गर्न पनि हुन्छ। मैले भनें प्रमुख कुुरा सरकार तिनीहरु लाई भुटान फिर्ता गरीवक्सन चाहीँ वक्सन्छ की चाहि वक्सन्न। प्रमुख कुरा त्यही हो। त्यहँा शरणर्थि क्याम्पमा बसेका मानिसहरु राजा पे्रमि छन। मैले देखेको छु त्या क्याम्पका मानिसहरु अहिले पनि राजाको फोटो राखेका छन। नागरीक हुनकि होईनन भनेर कानुन खोज्नु हुदैन।मैले अगाडी थपें, कति संग कुनै न कुनै प्रमाण होला। नभए छिमेकिहरुले चिनेका होलान। आफना जनतालाई भुटान फर्काउनु पर्दछ। त्यसता निहत्था जनता लाई अन्याय गर्न हुदैन भने पछि त्यसको प्रतिउत्तरमा भुटान नरेशबाट हुकुम भयो कुनै पनि प्रमाणले भुटानी प्रमाण्ति नभएकालाई के गर्ने नि। मेले भनंे त्यो बारेमा नेपालले सोच्ने छ। त्यसको पनि समाधान कसैलाई मर्का नपारी कन दुबै देशले निकाल्नु पर्दछ। अहिले नेपालमा आतकंवादी गतिविधी बडिरहेको छ। त्यसबाट कसैले प्रोत्साहन पायो भने र आतंकबादी गतिबिधिले प्रवेश गर्यो भने त्यो दिन हामि सबैको लागी दुखदाई हुनेछ। त्यो प्रवेश गर्न नपाउदै समस्याको निराकरण गर्नु पर्दछ। त्यतीबेला कुराले मैले भनेको कुरामा सहमति जनाए जस्तो लागेको थियो। कीन भने श्री ५ बाट हुकुम भएको थियो मैले सबैकुरा मन्त्री परीषदका अध्यक्षलाई निर्देशन दिनेछु। समस्याको समाधानको बाटो चाडै निकाल्नु पर्दछ। केहि समय पछि भुटानी नेता टेकनाथ रिजाल जेलबाट रिहाई हुनु भयो। समस्याको समाधान चाडै नै होला भन्ने लागेको थियो। तर आज समम हुन सकेको छैन। त्यसमा आफ्नै कठिनाई होलान। आज मैले त्यतिवेला भनेको कुरा स्मरण गरेको छु। यद्धपी यस्ता आतंककारी शक्तिलाई लुेकेको शक्तिले संचालन गरकेा हुन्छ। स्व. आर.क.े वुढाथोकीको हत्या पछाडी यस्तो शक्ति छैन भनेर भन्न सकीदैन। तर आज यो समस्या समयमै निराकरण हुन नसक्दा वुढाथोकीको हत्या भएको छ। भुटानको विकास निर्माणमा उहाँको अझै ठुलो योगदान हुन सक्थयो होला। त्यो भएन। आज यो दुख दाई धटना घटेको छ। अझै अरु ठुलो नोक्सानी हुदैन भनेर कसरी ढुक्क हुने? त्यसैले अझ समय वितिसकेको छैन। सानो मुलुकले यत्रो गतिविधी थाम्न सक्दैन। वुद्धीमानी हुन्छ चाँडै यो समस्या को समाधान गर्नु। भुटानी सरकार र भुटानी जनतालाई मेरो शुभकामना छ। आजको यो दुःखको दिनमा स्व. वुढाथोकीको दिवंगत आत्माको चिरशान्तिको कामना गदै शोक सन्तप्त परिवारलाई हार्दिक सम्वेदना। (लेखक पूर्वगृहमन्त्री एवं हाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ।