नेपाली कांग्रेस र वर्तमानमा यसले सामना गर्नु परेका चुनौतिहरु
प्रजातन्त्र नभए देश रहँदैन, राजा रहँदैनन, हामीहरुको त कुरै भएन। त्यसैले आजको राष्ट्रियताको नारा हो –प्रजातन्त्र। – वी. पी. कोइराला नेपाली कांग्रेस : संघर्षपूर्ण र गौरबमय अतीत २००६ साल चैत्र २७ गतेका दिन कलकत्तामा जन्म भएको नेपाली काँग्रेसले आफ्नो संगठनलाई पुर्णता दिए पछि २००७ साल भाद्र २६ र २७ गते भारतको विहार वैरगनिया सम्मेलनवाट नेपालमा राणा शासन हटायर प्रजातन्त्र स्थापना गर्ने उद्धेश्यले संचालन गरेको क्रान्तीको फलस्वरुप २००७ साल फाल्गुन ७ गते १०४ वर्षको जाहानीया राणाशासन अन्त्य गरी नेपाली काँग्रेसको नेतृत्वमा प्रजातन्त्रको स्थापना भयो। यहि संघर्ष पुर्ण र गौरवमय इतिहास वोकेको नेपाली काँग्रेसलाई २००९ सालमा जनकपुरमा भएको सम्मेलनवाट श्री विश्वेश्वरप्रसाद कोइरालाले सभापतिको हैसियतमा नेतृत्व दिनु भयो। राष्ट्रियता प्रजातन्त्र र समाजवाद र धार्मीक स्वतन्त्रतालाई आफ्नो आर्दश मान्ने नेपाली काँग्रेस नेपाली राजनितिमा क्रान्तीको प्रतिक मानीनु लाई अस्वाभाविक ठान्न मिल्दैन। नेपाली काँग्रेसले आफ्नो जीवनकालमा संधर्षपुर्ण अतितहरु व्यहोर्दै आएको छ। ०७ सालको क्रान्ती पछि राजा त्रिभूवनले जनता प्रतिनिधिले वनाएको विधान वमोजिम शासन गर्ने घोषणा गरेपनि २०१४ साल सम्म राजाको लहड रहरमा मन्त्री परिषद गठन र विघटन हुन थाले पछि २०१४सालमा नेपाली काँग्रेसले भद्र अवज्ञा आन्दोलन गर्यो र २०१५ सालमा पहिलो आम निर्वाचन भयो। उक्त निर्वाचनमा नेपाली काँग्रेसले दुइतिहाई वहुमत प्राप्त गरेकोले वि.पि. केाइराला प्रथम निर्वाचित प्रधानमन्त्री वन्नु भयो। जननिर्वाचित सरकारले देशमा सामाजिक र आर्थिक क्रान्ती सुरु गरी सरकारको क्रान्तीकारी परिवर्तनको पक्षमा जनताको अपार समर्थन देखिए पछि २०१७ साल पौष १ गते तत्कालिन राजा महेन्द्रले सैनीक शक्तिको आडमा प्रजातन्त्रलाई अपध्वस्त गरेर पञ्चायती व्यवस्था जो ३० वर्ष सम्म नेपालमा रहयो। यो अवधीमा नेपाली काँग्रेसले पटक पटक शसस्त्र आन्दोलन र शान्तिपुर्०ा आन्दोलन गरे अन्तत् २०३३ साल पौष १६ गते वी.पि. कोइराला राष्ट्रिय मेलमिलाप को नारा लियर नेपाल फर्कनु भयो। २०३६ सालमा भएकेा जनमसंग्रहमा पराजय भएपछि काँग्रेसले फेरी शान्तिपूर्ण आन्दोलन सुरु गर्यो। २०४२ सालको शान्तिपुर्ण सत्याग्रह यसैको परिणाम थियो। २०४६ सालमा गणेशमानसिहको नेतृत्वमा सयुक्त वाममोर्चा संग कार्यगत एकता गरी काँग्रेसले फेरि आन्दोलन सुरु गर्यो। २०४६ साल चैत्र २६ गते राजा विरेन्द्रले देशमा वहुदलीय व्यवस्थाको घोषणा गरे। तिन पटकको आमनिर्वाचन पछि प्रजातन्त्र विरोधी शक्तिहरुले पटकपटक विभिन्न षडेयन्त्रहरु गरी काँग्रेसलाई सत्तावाट हटाउने प्रयास मात्र गरेनन २०५८ अशोज १८ पछि राजा ज्ञानेन्द्रले देशको शासन सत्ता आफुले कव्जामा लिने प्रयास गरी अन्तत २०६१ माघ १९ गतेवाट राजाले प्रत्यक्ष शासन गरे। यसको विरुद्धमा नेपाली काँग्रेसका सभापति श्री गिरिजा प्रसाद कोइरालाले आन्दोलनको संघघोष गर्नु भयो। नेपाली काँग्रेको नेतृत्वमा सुरुभएको आन्दोलनले राजालाई घुडा टेकाएरै छाड्यो र २०६३ वैसाख ११ गते प्रतिनिधि सभाको पुर्नस्थापना मार्फत देशमा लोकतन्त्रको स्थापना भएको घोषणा गरियो। यसरी नेपाली काँग्रेसले नेपालको प्रजातान्त्रीक आन्दोलनमा आफ्नो गौरभमय उपस्थिति कायम गर्दै आएको छ। नेपाली कांग्रेस र चुनौतीहरु २०५९ सालमा सुरु भएको राजाको प्रतिगामी कदमवाट संसदीय शासन प्रणाली र वहुदलीय प्रजातन्त्रका सवै संवैधानीक व्यवस्थाहरु क्षतविक्षेद वनाइएपछि नेपाली काँग्रेसको नेतृत्वमा मानवअधिकार वहुदलीय व्यवस्था र संसदीय शासन प्रणालीलाई प्रत्याभूत गर्दै सार्वभौम सत्ता र राजकीय सत्ता पूर्णरुपले जनतामा स्थापित गराउन तत्तकालिन अवस्थामा सात राजनैतिक दलहरुले प्रतिनिधि सभाको पुर्नस्थापना गरी हिंसात्मक आन्दोलनमा रहेका माअेावादीलाई शान्तिप्रकृयामा ल्याई अन्तरिम सरकार गठन गरी संविधान सभाको निर्वाचन मार्फत देशलाई राजनैतिक निकास दिने सातदलको मार्ग चित्रलाई नेकपा माओवादीले समेत सहमति जनाए पछि देशमा संचालन भएको १९ दिनको प्रभावकारी जनआन्दोलनवाट राजाले सात दलको मार्ग चित्र र जनआन्देालनको भावना अनुसार भावनामा प्रतिवद्धता व्यक्त गरी २०६३ साल वैशाख ११ गते आन्दोलनरत दलहरुको सहमतिमा प्रतिनिधि सभाको पुर्नस्थापना गरेपछि फेरी एक पटक नेपाली जनतामा सार्वभौम सत्ता र राजकिय सत्ता जनतामा निहित रहेको हुदा आन्दोलन स्थगित भयो। आन्दोलनमा नेतृत्व गरेको कारण नेपाली काँग्रेसका सभापति श्री गिरिजाप्रसाद केाइरालाको नेतृत्वमा पहिले सात पार्टीको सहमिितमा र पछि माओवादीको समेत सहमतिमा अन्तरिम सरकार वन्यो। जनताको सार्वभैाम सत्ता र राजकिय सत्ता नेपाली जनतामा रहको हुदा जनताको प्रतिनिधिको हैसियतले प्रतिनिधी सभाले आफ्नो दायीत्व निर्वाह गर्न सुरु गर्यो। शान्तीको स्थापना केवल प्रजातान्त्रीक प्रकृयामा मात्र सम्भव हुन्छ भन्ने नेपाली काँग्रेसको मान्यता भएकेाले प्रतिनिधि सभाको पुर्नस्थापनालाई नेपाली काँग्रेसले अनिवार्य सर्त मानेको थियो। त्यसैले लोकतन्त्रको स्थापना पछि जनआन्दोलनको भावना र सात राजनैतिक दलको मार्गचित्रलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि सरकार र प्रतिनिधि सभाको हुँदा लोकतन्त्रको स्थापना पछि भएका कमि कम्जोरीहरुको जिम्मेवारी पनि यी दुवै निकायले लिनु पर्ने आँउछ। लोकतन्त्रको स्थापना भएको आज १ वर्ष भइसकेको छ। काँग्रेसको नेतृत्वमा माओवादी समेतको अन्तरिम सरकार देशमा छ। माओवादी संग शान्ति सम्झौता भई सकेको छ । तर देशमा आज शान्ती सु–व्यवस्था कायम छैन। माअेावादीवाट कव्जा गरिएका संम्पत्ति फिर्ता हुन सकेको छैनन। माअेावादी द्धन्दको कारण आफ्नेा घर वस्न नसकेर विस्थापित भएका व्यक्तिहरु घर फर्कन सकेका छैनन। माअेावादीका लागि सरकारले १,२७,०००००००।– (एक अरब सत्ताइस करोड) राज्यको ढुकुटीवाट निकासा दिएको तथ्यांकले देखाउछ भने आज माअेावादीका कारण विस्थापित भएकाहरु शहरका गल्ली गल्लीमा मागेर मजदुरी गरेर जीवन यापन गर्न परिरहेको छ। यो अवस्थामा पुर्नस्थापित प्रतिनिधि सभाको विघटन गरिनु आन्दोलनको म्या48डेट विपरित प्रतिनिधि सभाको घोषणा मार्फत ( २०६३ जेष्ठ४) राज्य संचालन गरिनु र २०४७ सालको संविधानलाई खारेज गरी अन्तरिम संविधान निर्माण गर्ने कुरामा राष्ट्रको ध्यान धकेली देशमा शान्ति कायम गरी चाँडो भन्दा चाँडो संविधान सभाको निर्वाचन गर्ने कुरालाई गौण वनाइनुलाई सहज मान्न सकिदैन। अन्तरिम संविधानमा जेष्ठ महिना भित्र संविधान सभाको निर्वाचन मिति तोकीनु र माअेावादीहरु सरकारमा पुगी सक्दा पनि माअेावादीको व्यवहारमा कुनै परिवर्तन नआई देश भर माअेावादीका कार्यकर्ताहरु लुटपिट कुटपिट अपहरण जवजस्ती चन्दा आदी जस्ता कार्यहरुले संविधानसभाको निर्वाचन हुन नसक्ने परिस्थिति निर्माण गर्ने माओवादीहरुको रणनिति हो भन्ने कुरालाई सहज लिनु पर्दछ। तर आज संविधान सभाको निर्वाचन नहुनुको प्रमुख कारण नेपाली काँग्रेस र सरकार प्रमुख हो भनी अन्य राजनैतिक दलहरुवाट गरिएको आरोपलाई काँग्रेसले जवाफ दिन सकीराखेको छैन। यसरी आज आन्दोलन नेतृत्व गरेका नेपाली काँग्रेस चारै तिरवाट चुनैातिको घेरामा उभिएको छ। संविधान सभाको निर्वाचन नहुनु दोष कस्को? तोकिएको मितिमा संविधान सभाको निर्वाचन हुन नसक्दा राष्ट्र एक पटक अन्यौलको भूमरीमा फसेको छ। यसको दोस आज सवैले नेपाली कँाग्रेसले सरकारको नेतृत्व गरेको हुँदा नेपाली कँाग्रेस माथि थुपारेका छन। तर के संविधान सभाको निर्वाचन समयमा नहनु मा नेपाली काँग्रेस मात्रै जिम्मेवार छ त? यस विषयमा विश्लेषण हुनु जरुरी छ। निर्वाचन भनेको कसैलाई सत्तामा पुर्याउने र कसैलाई सत्तावाट विस्थापित गर्ने माध्यममात्र हैन। निर्वाचनका केहि मुल्य र मान्यताहरु हुन्छन। यदी निर्वाचनमा उम्मेदवारहरुले निर्भयका साथ आफ्ना मतदाताहरु समक्ष पुगी आफ्ना विचारहरु व्यक्त गर्न पाएनन भने र मतदातहरुले पनि आफुलाई मन परेको उम्मेदावर र दललाई मत दिन पाएनन भने त्यो निर्वाचनको कुनै अर्थ रहँदैन। आज के यो अवस्था विद्यमान छ? कसका कारणले देशमा निर्वाचन सहज परिस्थिति निर्माण भएको छैन? किन माओवादीहरुले सुरुक्षाकर्मीहरुवाट लुटेका ५७०० हतियार पनि नवुझाई केवल ३४०० हतियार वुझाए। किन माअेावादीहरुले आफुले कव्जा गरेका सम्पत्ति फिर्ता गरेनन? किन १२ वर्षको द्धन्दको कारण विस्थापित भएका मानिसहरुलाई घर फर्कन दिइएको छैन? किन माअेावादीहरु विभिन्न संगठनको नाममा अहिले पनि समाजमा वित48डा मच्चाइरहेको छ? किन सरकारले अहिले पनि आफ्नै महामन्त्री र केन्द्रीय सदस्यहरुको र अन्य धेरै सांसदहरुको संम्पति फिर्ता गर्न नसकी घर फर्कन सक्ने वातावरण सिर्जना गरेको छैन? यस्योत अवस्थामा के संविधान सभाको निर्वाचन सहज र सम्भव हुन्छ? यसमा देास काँग्रेसको कि अरुको? यसरी आफै संविधान सभाको निर्वाचन भाँडने वातावरण सिर्जना गर्ने दोस जति काँग्रेस र यसको नेतृत्वलाई लगाउँदा चुप लागेर वस्ने काँग्रेसी नेता तथा कार्यकर्ताको व्यवहारमा परिवर्तन आएन र हामीले यस्ता कुराको राजनैतिक मुकाविला गर्न सकेनौ भने काँग्रेसले आफ्नै पार्टी प्रजातन्त्र र देशको रक्षा कसरी गर्न सक्छ भन्ने कुरा आज गम्भीर रुपमा उठेको छ। काँग्रेसको वैचारिक अडान एकातिर अन्तरिम संविधान २०६३ र प्रतिनिधि सभावाट गरिएका विभिन्न घोषणाहरुमा र सात राजनैतिक दल र नेकपा माअेावादी र एवं सरकार र नेकपा माओवादी विच भएका विभिन्न सम्झौताहरुमा नेपालमा कस्तो किसीमको राज्य प्रणाली अप्नाउने भन्ने कुरा संविधान सभाको निर्वाचन संविधानमा व्यवस्था हुने कुरा सर्व सम्मतिवाट स्वीकारीएको छ भने राजतन्त्रको वारेमा संविधान सभाको पहिलो वैठकले तय गर्ने भन्ने कुरा पनि आम सहमतिको विषय वनेको छ। सवै दलका नेताहरुले औपचारिक दस्त्ाावेजमा त कुरै छोडौ विभिन्न सम्झौताहरु हस्ताक्षर गर्ने क्रममा गरिएका भाषणहरुमा समेत गणतन्त्रको वारेमा उच्चारण गरेको पाइदैन। तर त्यसको दोस आज नेपाली काँग्रेसले मात्र लिनु परेको छ। साच्चाीनै काँग्रेस के चाहान्छ? यो वारेमा पनि विश्लेषण हुनु जरुरी छ। वी.पि. कोइराला सधै भन्नु हुन्थ्यो नेपाली काँग्रेस संधै सवै शक्तिहरुको दास्रो छनौटमा पर्नु पर्दछ। उहाँले यो कुरा किन भन्नु भयो? विश्लेषण हुनु जरुरी छ। कहिँ आज हामी कसैको पहिलो छनौट र कसैको अन्तीम छनौटमा पर्दा नेपाली कँाग्रेस माथि यो परिस्थिति निर्माण भएको त हैन भन्ने प्रश्न उठनु लाई अस्वाभाविक मानिदैन। जनआन्दोलन २०६३ ले संविधान सभाको माध्यद्धारा मात्र नेपालमा कस्तो किसीमको राज्य प्रणाली संचालन गर्ने भन्ने कुरा निर्क्यौल गर्छ भनेर नवुझी भनिएको हैन। अहिले हामीले जननिर्वाचित प्रतिनिधी सभालाई समेत विघटन गरि सकेका छौं। अहिलको अन्तरिम व्यवस्थापिका संसद अन्तरिम नै हो यसले महत्वपूर्ण निर्णयहरु गर्न सक्दैन। त्यसैले हामीले आफैलाई सर्वशक्तिमान मानी राज्य संचालनको महत्वपुर्ण प्रकृयाको निर्धारण गर्यौं भने त्यसलाई जनआन्दोलनको म्या48डेट भन्न मिल्दैन। यदी जनआन्दोलनको म्या48डेट नै भन्ने हो भने चाँडो भन्दा चाँडो संविधान सभाको निर्वाचन गरी सवै क्षेत्र वर्ग लिंग र जातजातीको राज्य संचालन प्रकृया र राज्यको स्रोत वितरणमा समान सहभागि हुन सक्ने संविधान निर्माण गरिनु हो। संविधान सभाको निर्वाचन हुन नसक्ने परिस्थितिको आफै निर्माण गर्ने त्यसको देशको दोस काँग्रेसलाई एक तर्फी दिने र अन्तरिम व्यवस्थापिका लाई लम्वाई राखी राज्य संचालनका सवै महत्वपूर्ण निर्णयहरु यसै मार्फत हुन सक्छ भन्नु प्रतिनिधी मुलक शासन व्यवस्थाको सिद्धान्त विपरित हुन जान्छ। यस तर्फ पनि नेपाली काँग्रेसका कार्यकर्ताहरु सजग हुनु परेको छ। नेपाली काँग्रेसको भविश्य आज नेपाली कांग्रेस पुर्ण प्रजातन्त्रको स्थापनाको लागी आन्दोलनमा अग्रणि भुमिका निर्बाह गर्दै अघि बडिरहेको छ। नेपाली माटोमा अहिले धेरै रगत बगि सकेको छ। अब नेपालको धर्तिले निर्दोष जनताको रगतको बलिदान धेरै थाम्न सक्दैन। त्यसैले आज सबैले शान्तिको कामना गरी रहेका छन। शान्ति चाहनाले मात्र स्थापित हुदैन। शान्तिको कामना गरेर पुग्दैन। शान्ति स्थपनाको लागी पुर्णप्रजातन्त्र अनिबार्य शर्त हो। देशमा शान्तिको स्थापना प्रजातान्त्रीक प्रकृयाबाट मात्र संभब छ भन्ने कुरालाई हामिले बुझनु पर्दछ। त्यसैले नेपाली कांग्रेसले पुर्ण प्रजातन्त्रको स्थापनाको लागी प्रतिनिधि सभाको पुनस्थापनालाई अनिबार्य शर्त मानेको हो। शान्तिको स्थापना केबल प्रजातान्त्रीक प्रकृया बाट मात्र संभब हुन्छ भन्ने नेपाली कांग्रेसको मान्यता छ। यहि संधर्भमा बिगतबाट पाठ सिक्दै भोलीका आउने दिनहरूमा सबै खाले चुनौतीको सामना गर्न सक्ने कांग्रेसको संगठन निर्माण गर्नु आजको आबश्यकता हो। नेपाली काँग्रेस सबै जातजाति, लिंग, धर्मालिम्बी,हरू र सबै 73ेात्रको प्रतिनिधित्ब गर्ने पार्टी हो। यसलाई ध्यानमा राखेर काँग्रेसले अबका दिनमा आफ्नो नीति निर्माण गर्दा मुख्यतया प्रजातन्त्रको प्रतिफल कसरी देशमा सबै क्षेत्रका मानिसहरूले पाउन सक्दछन , अब प्रजातन्त्र प्राप्त भए पछि कसरी सबै भाषा भाषिको बिकास र सम्मान हुन्छ , राज्यको श्रोतको कसरी सबै क्षत्रमा समान किसिमबाट बितरण हुन्छ। यो विषय अब तडकारो रुपमा उठेको छ। कांग्रेसले अबका दिनमा पार्र्टीको नीति निर्माण गर्दा यता पटि ध्यान दिनु पर्दछ। अब देशले निकाश पाउदा देशका सबै 73ेात्रका मानिसहरूले प्रजातन्त्रको प्रतिफल पाएको महसुस गर्दछन भन्ने विषयलाई ध्यान दिनु पर्दछ। अहिले तडकारेा रुपमा उटेका विषयहरू राज्यको पुर्नसंरचना, समाबेशी लोकतन्त्र र राज्यको श्रेातको समान बितरण लाई प्रमुख रुपमा ध्यान दिई त्यसलाई प्रतिनिधित्ब गर्ने गरी कार्यक्रम सार्बजनिक गर्नु पर्दछ। अब परंपरागत रुपमा हिडेर कांग्रेसले हुदैन। नेपाली काँग्रेसले भोलीका दिनमा बिगतका दिनहरूबाट पाठ सिक्दै आफुलाई सबैक्षेत्र जात भाषा र बर्गमा प्रतिनिधित्ब गराउन सक्नु पर्दछ। सर्बप्रथम यस सम्बन्धमा नेपाली काँग्रेसले सबै धर्म र संस्कृतिको बिकास र संरक्षण गर्ने नीति अबलम्बन गर्नुपर्दछ। सस्कृतिले देशको सभ्यताको परिचय दिन्छ। त्यसैले देशको संस्कृतिको बिकास गर्नु राष्ट्रको बिकास र सभ्यताको संरक्षण गर्नु हो। दोस्रो कुरा संस्कृतिको बिकासको कुरा गर्दा भाषाको बिकासको कुरा आउदछ। अहिले सबै तहका शिक्षण संस्थाहरूमा मातृभाषमा शिक्षा दिनुपर्दछ भनेर कुरा उठिरहेको छ। हुन त शिक्षाको कुरा गर्दा हामिले हाम्रो शिक्षा अन्तराष्ट्रिय प्रतिस्पर्धामा लैजानु पर्ने हुन्छ। त्यसकारण कमसेकम सुरुको अबस्थामाा शिक्षण सस्थाहरूमा भाषाको अध्ययन गराउँदा कम्सेकम अन्तराष्ट्रिय भाषा १, राष्ट्रिय भाषा १ र मातृभाषा १ को अध्ययन गर्ने ब्यबस्था मिलाउनु पर्दछ। यसको लागि सरकारले भाषा बिकासको ब्यबस्थापनमा पर्याप्त ध्यान दिनु जरुरी हुन्छ। यसरी सबै भाषा र संस्कृतिको बिकास गर्न सकिन्छ अनि भाषा सस्कृतिका सम्बन्धमा उठेका बिादहरूलाई कम गर्न सकिन्छ।। तेस्रो विषय बहुदलीय ब्यबस्था आएयता हाम्रा सबै जाती जनजाति र राज्यका पिछडिएका बर्गले राज्यको निर्णय गर्ने प्रकृयामा सहभागी भएको आभाष पाउन सकेनन। त्यो राज्य संचालनको कमजोरी हो। आँउदा दिनमा कसैलाई पनि त्यस्तो महसुस हुन दिनु हुदैन। त्यसको लागी समयमै सचेत हुनु जरुरी छ। त्यसको लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बनाबेाटमा पनि ध्यान दिनु जरुरी छ। अहिले राज्यको पुनरसंरचनाको कुरा उठेकोछ। यस समस्यालाई चित्त बुझदो ब्यबस्थापन नगरिकन अब पुग्दैन। यसको प्रमुख ल73य भनेको कसरी राज्यको निर्णय गर्ने प्रकृयामा सबै जात जातीका मानिसहरू ,सबै क्षेत्रका मानिसहरूको सहभागिता गराउने भन्ने हो। अबको समाधान निस्कदा यी विषयहरूको पनि समाधान निस्कनुपर्दछ। राजनीतिक दलहरूले यी महत्बपूर्ण निकायहरूमा कसरी सबै जातजाति र आदीबासी पिछडिएका मधेशी समुदायहरूका ब्यक्ति एबं महिलाहरूलाई प्रतिनिधित्ब गराउने भन्ने कुरामा ध्यान पुराउनु जरुरी छ। यी बर्गहरूमा समानुपातिक प्रतिनिधित्ब हुने ब्यबस्था केन्द्र, बिकास क्षेत्र, जिल्ला र गाऊमा हुनुपर्ने संबैधानिक र कानूनी ब्यबस्था अब टडकारो रुपमा आबश्यकता भईसकेको छ। यसको लागी अब राज्यको निर्णय गर्ने प्रकृयामा सबैको उत्तिकै सहभागिता भएको महसुस हुनु पर्दछ। यस विषयमा नेपाली काँग्रेसको ध्यान जानु अनीबार्य छ। प्रमुख कुरा के हो भने राज्यको आर्थिक स्रोतको धर्म, संस्कृति, भाषा,जाति,जनजाती, क्षेत्रगत रुपमा समान रुपमा बितरण हुनु पर्ने अब सबैको अधिकारको विषय बनेको छ। अब प्रजातन्त्रको पुर्नस्थापना पछि नेपाली नागरिकहरूले फेरी यी विषयहरूमा आबाज उठाउनु नपाउने गरी त्यसको समाधान हुनु पर्दछ। अब नेपाली कांग्रेसको संगठन निर्माण गर्दा पनि यी विषयहरूलाई ध्यनमा राखेर संगठनको निर्माण गर्ने प्रकृयाको थालनी गर्नु पर्दछ। निष्कर्ष माथि नेपाली कांग्रेसको बिगत र्वमान र भबिश्यका बारेमा चर्चा गरी सकिएको छ। माथिका तथ्यहरूले कांग्रेसका कार्यकर्ताहरूलाई यसका बारेमा जान्न सहज हुनेछ। तथ्यहरू बाट यो निस्कर्समा पुग्न सकिन्छ जानेर नजानेर बिगतमा केही कमी कमजारीहरू भएका छन। धेरै राम्रा कामहरू पनि भएका छन। माथिका तथ्यले त्यो कुरालाई पुस्टि गर्दछ। कमजोरी हूनुमा परीीस्थतिको बाध्यता पनि हुन सक्दछ। राम्रा कुराहरू जनस्तरसम्म पुग्न सकेन। त्यसकारण जनतामा पार्टि प्रति , नेताहरू प्रति गुनासो आएको छ। त्यो स्बभाबिक पनि हो। आगामि दिनमा यसलाई पाठको रुपमा लिनु पर्दछ। यसले पार्टिलाई गतिसिल बनाउन सहयोग पुग्दछ भन्ने निस्कर्ष निकाल्न सकिन्छ ।