अस्थिरता ,अनिर्णय र असुरक्षाका वन्दि वनेका नेपाली श्रमिकहरुले नेपालको संविधान सभाले निर्माण गर्ने नया संविधानले उनिहरुको अधिकारको रक्षा गर्ने छ भन्ने विश्वास र भरोसा राखेका छन । जन आन्दोलनमा सकृय भूमिका निर्वाह गरेर देशमा लोकतन्त्रको स्थापनाको लागि महत्वपुर्ण भूमिका निर्वाह गरेका श्रमिकहरुको त्यो आशा स्वभाविक पनि हो । श्रमिकहरु अहिलेको अवस्थामा आफनै कारणले अन्योलमा छन । श्रमिक संगठनहरुमा स्पष्टता छैन । श्रमिक संगठनहरुमा व्याप्त राजनितिकरणले गर्दा राजनितिको आधारमा श्रमिक संगठनहरुको निर्माणहुने गरेकोले नेपालमा श्रमिक को हुन मिक संघहरुमा संगठनलाई श्रमिकको प्रतिनिधि सस्थाको रुपमा परीचित गराउन नेपालका सवै श्रमिक संगठनहरुले आफुलाई पार्टिको भात्रृ सस्थाको रुपमा चिनाउन चाहदैनन । तथापी नेपालका सवै श्रमिक संघहरु पुर्ण तया राजनैतिक सिद्धान्तको आधारमा विभाजित छन । यसैकारणले गर्दा सरकारमा कुनै न कुनै दलकनो प्रतिनिधित्व भई रहदा आफनो दलको सरकारले श्रमिकको हितमा कार्यक्रम नल्याउदा पनि आफनै सरकारको विरोध गर्न नसक्ने अवस्थाले गर्दा श्रमिकहरुको विचमा एकता हन नसकि श्रमिकको खासै हित पनि श्रमिक संगठनहरुले गर्न नसकेको कुरा कटु सत्य हो । राजनितिक दलहरुको निति र कार्यृक्रमको पालनागर्नु पर्ने र पार्टिको संगठनलाई मजवुत वनाउन श्रमिक संगठनहरु लागी पर्नु पर्ने यथार्थता र नारा श्रमिकहरुको हितको दिनु पर्ने वाध्यताले श्रमिक संगठनहरुमा दुविधा उत्पन्न भई श्रमिक संगठनहरु कमजोर हुदै गएको अवस्थालाई कसरी वलियो वनाउने हो आजको श्रमिक संगठनहरुको चुनौति त्यहि हो । त्यसोत नेपालको संधर्भमा हेर्दा श्रमिक संगठनको नेतृत्व पनि खासै श्रमिकहरु भन्दा श्रम नगरीकनै आफनो दैनिकि चल्ने व्यक्तीहरुको हातमा भएको हुनाले सधै श्रमिकहरुको समस्या जस्ताको तस्तै रहेको यथार्थलाई हामि भुल्न सक्दैनौ ।

नेपालमा वैज्ञानिक किसिमवाट श्रमिकहरुको वर्गिकरण भएको पाईदैन । श्रमिक को हुन मिक कस्लाई भन्ने मिकहरुको वास्तविक समस्या के होमिकहरुको सच्चिनै हित भएको छैन मिक संगठनहरुका मात्री सस्थाहरुले पनि स्पष्ट दृष्टिकोण वनाउन जरुरी छ । श्रमिक संगठनहरुले श्रमिकहरुको परीभाषा गर्दा अत्यन्त उदार परीभाषा गरे पनि यस सम्वन्धमा श्रमिक संगठनहरुको मात्री संघको स्पष्ट निति दृष्टिकोण र संचालन प्रकृया नहुदा र श्रमिक संगठनको जिम्मा श्रमिककै नेताहरुलाई मात्र दिदा त्यस्ता संगठनहरुमा प्रतिकुल परीस्थितिमा पार्टि संग टाडा रहने र अनुकुल परीस्तििमा पार्टि संग उचित हिस्सा लिने पद्धतिले पनि श्रमिक संगठनहरुको विकास हुन नसकी सिमित व्यक्तीहरु मात्र त्यसवाट लाभान्वित भएको पाईन्छ । नेपालका श्रमिक संगठनहरुले घुमाएर भए पनि पार्टिकै भातृ संस्थाको रुपमा काम गरीरहेको हुदा यस विषयमा पनि पार्टिहरु गम्भिर हुनु अवस्यक भएको छ । अन्य दलहरुको कुरा छोडने हो भने पनि यस संवन्धमा नेपाली कांग्रेस सवै भन्दा कमजोर देखिन्छ । नेपाली कांग्रेसको श्रमिकका वारेमा कुनै स्पष्ट दृष्टिकोण नहुदा र श्रम सम्वन्धि सवै कामको जिम्मा आफनै श्रमिक संगठनलाई सुम्पेको कारण एकातिर पार्टि र श्रमिक संघका विच सम्वन्ध विकसित हुन सकेको छैन । नेपाली कांग्रेसको समर्थन गर्ने वास्तविक श्रमिकका समस्याहरुका वारेमा ज्ञान पनि पार्टिलाई भएको देखिदैन । त्यहि कारण अहिले पनि कांग्रेसको समर्थनमा रहेका विभिनन उद्योग , सस्थानमा कार्यरत मजदुर हरुको अवस्था दयनीय छ र उनिहरुलाई विभिन्न समयमा असजिलो पर्दा सहयोग नपाई एक्लो भएको महसुस गरीरहेको उनिहरुको अनुभव छ । त्यसैले यसतर्फ पनि सम्वन्धित सवै पक्ष गम्भिर हुन जरुरी छ । अहिले यी सवै पक्षको विशलेषण गरेरनै अव श्रमिक संगठनहरु केवल श्रमिकहरुको मात्र नभै पार्टिले वास्ता नगर्दा आफना शुभचिन्तक श्रमिकहरुको अवस्थाको वारेमा पार्टिलाई एकातिर सामान्य ज्ञान पनि नहुने र अर्को तिर पार्टिले हाम्रो वास्ता गरेन भन्ने श्रमिकहरुको सधै गुनासो पनि रहि रहने हुदा र यस्तो अवस्था विद्यमान भई रहदा श्रमिक माझ पार्टिको संगठन दिन पर दिन कमजोर हुदै गएकोले नेपाली कांग्रेसको हालैको महासमितिको वैठकले नेपाली कांग्ेसको विधानमा श्रमिक विभाग र वैदेसिक रोजगार समन्वय विभागको व्यवस्था गरी अव पार्टि श्रमिकहरुका वारेमा गम्भिर भएको संकेत गरेको छ । यसोत पार्टि केन्द्रीय सदस्यको जिम्मामा श्रमिक विभाग वन्ने हुदा अव निस्चय पनि श्रमिकहरुका वारेमा पार्टिको ध्यान पुग्दछ भन्न सकिन्छ । पार्टिको १२वौ महाधिवेसन पछि वन्ने श्रमिक विभागले नेपाली कांग्रेसको सुभेच्छुक सस्थाको रुपमा रहेको श्रमिक संघ संग समन्वय मात्र गर्ने होईन श्रमिकहरुका समस्या वुझने , श्रमिक संगठनमा पार्टिको पहुच वडाउने र श्रमिकहरुका माझ पार्टिको लोकपृयता कायमगरी श्रमिकहरका समस्या समाधान गर्ने कुराम पनि पार्टिको पहुच पुग्ने कुरा विश्वास गर्न सकिन्छ । अहिलेको जस्तो पार्टि र श्रमिक संघको संवन्ध नरहेको अवस्था अव रहने छैन । नेपाली कांग्रेस पार्टिले कांग्रेस पार्टिको जगको रपमा रहेको श्रम संगठनलाई वेवारीसे रुपमा छोडनुनै कांग्रेस समर्थक श्रमिकहरुको समस्याको समाधान नहुनु हो र यसले समग्र श्रमिक संगठनमानै असर पारेको छ । यो विषयलाई सवैले गम्भिरता पुर्वल लिनु पर्दछ ।

श्रमिकहरुको कुरा गर्दा श्रमिकहरुको संगठनको नाममा वास्तविक श्रमिकहरुको पहिचान हुन सकेन भने श्रमिकहरुको हित हुने कुरा नाम मात्रको हुनेछ । त्यसैले श्रमगरेरमात्र जिविका गर्नु पर्ने वास्तविक श्रमिकको पहिचान गर्ने कार्यकममा नेपाली कांग्रेसको ध्यान जानु पर्दछ । टेडयुयिन कांग्रेसको सदस्य हुनैमा श्रमिक हुन र श्रमिकको हि तगर्न सकिदो रहेनछ भन्ने कुरा अहिले सम्मको अनुभवले देखाएको छ । कहिले पनि श्रमिकका मालिकहरु श्रमिक हुन सक्दैनन । ठुलाठुला उद्योगमा धेरै तलव लिएर काम गर्ने कामदारहरु र श्रमजिवि कामदारहरमा धेरै भिन्नता हुन्छ । नेपाली कांग्रेसको ध्यान श्रमगरेर जिविकोपार्जन गर्ने व्यक्तीहरुमा पुग्नु पर्दछ । नेपाली कांग्ेसले श्रमिकका वारेमा स्पष्ट निति वनाउन नसक्दा श्रमिकका वारेमा कांग्रेस कमजोर देखिएको छ । त्यसैले सर्वप्रथमत श्रमिकको वर्गिकरण गर्न जरुरी छ । श्रम र परीश्रमगरेर जिविकोपार्जन गर्ने मजदुर र कानुनत मात्र श्रमिक मानिने व्यक्तीहरुको अलग अलग पहिचान गर्नु पर्दछ । नेपाली कांग्रेस आफै सच्चा श्रमिकहरुको प्रतिनिधि सस्थाको रुपमा विकसित गराउनु पर्दछ ।

आज वास्तविक श्रमिकहरु गाउमा वस्दछन । उद्योगमा मजदुरी गर्दछन । निम्न वेतन लिएर छाक मात्र टार्न सक्ने अवस्थामा उनिहरु विभिन्न प्रतिस्ठानहरुमा काम गर्दछन । खेतमा हलोजोत्ने श्रमिकहरु , विहान देखि वेलुका सम्म श्रमगरेर छाक टार्ने मजदुरहरु , उद्योगहरुमा वलको काम गर्ने मजदुरहरु र विभिन्न क्षेत्रमा निम्न वेतन लिएर जिविकोपार्जन गर्ने श्रमिकहरुलाई लाइै संगठित नगरी शिक्षक डाक्टर ,वोकिल , पाचतारे होटेलमा काम गर्ने मानिसहरु , ठुला ठुला उद्योगमा धेरै तलव लिएर काम गर्ने कामदारहरुलाई मात्र समेटेर वनाएको श्रमिक संगठन अरुलाई देखाउन काम लाग्दछ तर त्यसले वास्तविक श्रमिकको हित भने गर्न सक्र्दन । हाम्रो आजको अवस्था त्यहि हो ।

अन्तमा ,नेपालमा लोकतन्त्रको स्थापनाकोलागी श्रमिकवर्गको ठुलो योगदान र भूमिका रहेको छ । त्यसैले नया संविधानको निमार्णमा श्रमिक वर्गको पहुच पुग्दछ कि पुग्दैन , श्रमिक वर्गको हितको रक्षा के गर्दा हुन्छ , उनिहरुको ब्ब्अधिकारको सुरक्षा कसरी दिन सकिन्छ , श्रमिकको, हित हुने गरी संविधानको निर्माण हुन सक्दछ कि सक्दैन , के गर्दा वास्तविक श्रमिकहरुको हित हुन्छ र श्रमिकहरुको अधिकारको ग्यारेण्टि नया संविधानमा गर्न सकिन्छ त्यस विषयमा नेपाली कांग्रेसले पहल र अग्रणि भूमिका निर्वाह गर्न सकेमा नेपाली कांग्रेसले आफनो दाइृत्व पुरा गर्न सक्दछ र नेपाली कांग्रेस श्रमिकहरुको सच्चा प्रतिनिधि सस्था वन्नेछ ।

( श्रमिक आवाज नेपाल छापाखाना तथा सम्वद्ध श्रमिक संघको प्रकासन स्मारिका २०६६ मा प्रकमशित ) ( लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य र पुर्व सहमहामन्त्री हुनुहुन्छ ।)