नेपाली कांग्रेसले आफनो संगठन बिस्तार गर्ने क्रममा भातृ संगठनको बिस्तार गर्ने लक्ष लिएको छ। हाम्रेा समाजका बिभिन्न धर्म सम्प्रदाय र समुदायहरुका भिन्न भिन्न रहन सहन हुने हुनाले तिनिहरुको भावनाहरुलाइए ध्यनमा राखि उनिहरुको चाहनाअनुसार पाटिी संचाचलन गर्न पनि नेपाली कांग्रेसले भात्री संगठनको बिस्तारलाई प्राथमिकता दिएको हो। मानिसहरुलाई एकैचोटि पार्टिमा प्रबेस गराउन र प्रबेसहुन असजिलो हुने हुनाले भात्री संगठनलाई सकृय बनाउदा सगठन सुदृढ बनाउन सजिलो हुन्छ। त्यहि कारण नेपाली कांग्रेसको जन्मकाल देखिनै भातृ संगठन बलियो बनमाएर नेपाली कांग्रेस पार्टिलाई बलियो बनाउने कोसिस भएको हो। २०१७ साल अधि नेपाली कांग्रेसको भात्री संघको रुपमा नेपाल महिला संघ र नेपाल तरुण दल र नेपाल मजदुर संधको सकृयता देखिय पनि २०२७ साल पछि नेपाल बिद्यार्थि संघले सकृय भुमिका खेल्न सुरु गरेको थियो। अहिले नेपाली कांग्रेसका आठ भातृ संघ र अन्य केहि सुभेभ्च्छुक संघहरु छन। भात्री संघहरुमा नेपाल तरुण दल , नेपाल बिद्याथ्र्िा संघ , नेपाल महिला संघ ,नेपाल भुतपुर्ब शैनिक संघ , नेपाल किसान संघ ,नेपाल प्रजातन्त्र से्नानी संघ , नेपाल आदिबासि तथा जनजाती संघ ,नेपाल दलित संघ , र सुभेच्छुक सस्थांहरुमा नेपाल शिक्षक संघ ,नेपाल ट्ेड युनियन कांग्रेस पर्दछन। यसरी नेपाली कांग्रेसले आफना भातृ संगठनहरुलाई सकृय बनाएर आफनो संगठनलाई मजबुत बनाएको छ। यस कारण नेपाली कांग्रेको संगठन विकाश देखि सम्पूर्ण राजनैतिक विकासका चरण भनेको यस संग आवद्ध भातृसंस्थाले खेलेको भूमिका र यीनीहरुको दायीत्वमा निर्भर हुन्छ। अब बिस्तारमा नेपाली कांग्रेसका भातृ संघ र सुभेच्छुक संघहरुको बारेमा ब48र्।न गर्न उपयुक्त सम्झेकेा छु । नेपाल महिला संघ प्रजातान्त्रीक राज्य व्यवस्था एवं मूल्य पद्धतिको स्थापनाका लागि विक्रम सम्वत २००४ सालमा स्थापित नेपाल महिला संघले प्रजातन्त्रको स्थापना र पुनस्थापनाका लागि गरको संघर्सको गौरवमय इतिहासलाई आज पनि त्यतिकै सान्दर्भिक मानिन्छ। नेपाल महिला संधले देशमा सामाजिक, आर्थिक , श्ौक्षिक र राजनैतिक क्षेत्रमा पिछडीएका महिला वर्गके वहुआयामिक हकहित संरक्षण र संवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। राष्ट्रियता प्रजातन्त्र र समाजवाद प्रति प्रतिवद्ध रहदै समाता मुलक समाजको सृजना गर्ने नेपाल महिला संघको उद्धेश्य रहेको छ। यहि उदेस्य प्राप्तीका लागी विराटनगरमा सम्पन्न नेपाल महिला संघको प्रथम महाधिवेशनले नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा नेपाल महिला संघलाई अगाडि बडाउने प्रतिबद्धता व्यक्र गरेको छ। नेपाल महिला संघले राष्ट्रियता प्रजातन्त्र र समाजवादको आर्दश एवं सिद्धान्त प्रति समर्पित भई निरन्तर र संगठित रुपमा क्रियासिल रहने, महिला वर्गको विकास र संरक्षणका लागि सदैव प्रयत्नशील रही समाजिक, रानैतिक र आर्थिक हक हितको संवर्द्धन गर्न निरन्तर अग्रसर रहने, समाजमा विद्यमान सामाजिक कुरीति रुढिवादी संकुचित सोचाई र संस्कार विरुद्ध संघर्षरत रहने,समाजमा महिला वर्गको स्थान मर्यादित गराउन जागरण ल्याउदै स्वतन्त्र समुन्नत, भयमुक्त र समातामुलक समाजको निर्माण गर्न महिला शक्तिलाई परिचालन गरिने उद्देश्य राखेको छ । यसकारण नेपाली कांग्रेसको संगठन विस्तार देखि पार्टीका हरेक कृयाकलापमा नेपाल महिला संघको उल्लेखनीय दायीत्व छ। नेपाल तरुणदल प्रजातान्त्रीक राज्य व्यवस्था एवं मुल्य पद्धतीको स्थापनाको लागि २००३ सालदेखि प्रारम्भ भएको नेपाली कांग्रेसको आन्दोलनवाट मुल वैचारिक आधारग्रहण गर्दै २००७ सालको जनक्रान्तीद्धारा स्थापित प्रजातान्त्रीक अधिकारको प्रयोग द्धारा वषर्ैा देखि जरो गाडेर वसको सामन्ती परिपाटी र संस्कारका विरुद्ध मुलुकलाई आर्थिक सामाजिक क्रान्तीको वाटो वाट प्रजातान्त्रीक एवं समता मुलक संस्कृतियुक्त राज्य व्यवस्थातर्फ लैजान जननायक वी.पी. कोइरालाको मुल प्रेरणामा २०१० कार्तिक १० गते गठन भएको तरुण दलको गौरवपूर्ण ऐतिहासीक स्थापनालाई स्मरण गर्दै, नेपाली काँग्रेसले निर्दिष्ट गरको राष्ट्रियता प्रजातन्त्र र समाजवादको ल73य अनुसार संवत ०४६ सालको जनआन्दोलनले स्थापित गरेको मुल्य पद्धतीको अभ्यास र अनुपालनाको साथ शहिदहरुलाई स्मरण र सम्मान गर्दै नेपाली समाजलाई गरिवी , पछौटेपन एवं सामन्ती संस्कार र प्रवृतिवाट मुक्त गरी प्रजातन्त्रलाई कुशलतापूर्वक संचालन गर्न सक्ने पुस्ता तयार गर्ने प्रयोजनले देशको तरुण शक्तिलाई संगठित रुपमा परिचालन गर्न विं.स. २०५४ कार्तिक ५६७ गते नेपालगञ्जमा सम्पन्न नेपाली कांग्रेसको महासमितिको वैठकद्धारा पुनस्थापित नेपाल तरुण दललाई कार्यकर्ता आधारित ( ऋब्म्च्भ् द्यब्क्भ् ) सशक्त जुझारु गतिसिल तरुण संगठनका रुपमा अगाडी वढाउन का लागि नेपाली कांग्रेसद्धारा २०५४ मार्ग १९ गते जारी गरिएकेा नेपाल तरुण दल को अवधारणापत्रको मुल भावनाअनुसार मिति २०५५ मार्ग १८ र १९ गते ललितपूरमा सम्पन्न दलको विधान अधिवेशनले नेपाल तरुण दलको स्थापना भएको हो। नेपाल तरुण दल को राष्ट्रियता प्रजातन्त्र समाजवाद र तरुण एकताप्रति प्रतिवद्ध रहने,नेपाली समाजलाई संवृद्धि र आधुनिक समाजमा रुप्ाान्तर गर्नका लागि स्वाभीमानी कर्तव्यशील र परिश्रमी पुस्ताको जन वसाउने, समाजमा विद्यमान समाजिक कुराति सामन्ती सोचाई र संस्कार विरुद्ध संघर्ष गर्ने, स्वतन्त्र सम्मुनत भयमुक्त र समतामुलक समाजको निर्माण गर्ने ,विश्वशान्ति, भातृत्व प्रगति तथा अन्तराष्ट्रिय तरुण ऐक्यवद्धता र मैत्रीका निमित्त समर्पण रहने ,समान सिद्धान्त र विचारवहाक अन्तराष्ट्रिय संघ संस्था संग सम्वन्ध विकसीत गर्ने ,नेपाली तरुण हरुको वैाद्धिक शारिरीक र भौतिक विकासका लागि प्रशिक्षण लगायतका आवश्क कार्यक्रमहरु संचालन गर्ने, मुलुक निर्माणमा तरुण शक्तिलाई परिचालन गर्ने , मानव अधिकार र जनअधिकार को रक्षार्थ संघर्षरत रहने, पर्यावरणीय संरक्षणका लागि प्रयत्नसिल रहने,कानूनी राज्यको अवधारणालाई मुर्तरुप दिने, अन्तराष्ट्रिय क्षेत्रमा हुने मानवअधिकार तथा प्रजातान्त्रीक आन्दोलनलाई समर्थन गर्ने उद्देश्यहरु रहेका छन । नेपाली काँग्रेसले अवलम्वन गरेका हरेक कृयाकलापको प्रजातान्त्रीक ढंगवाट सोही वाटोमा हिडनु नेपाल तरुण दलका मुलभूत दायीत्व हुन्छ। नेपाल विद्यार्थी संघ राष्ट्रियता प्रजातन्त्र समाजवाद र विद्यार्थी एकता प्रति प्रतिवद्ध नेपाली तरुण विद्यार्थिहरुको सक्रियतामा वि.स. ०२७ सालमा गठीत नेपाल विद्यार्थी संघले नेपालमा प्रजातन्त्रका लागि गरेको वलिदानीपूर्ण र संघर्षशील आन्दोलनको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै विद्यार्थीको हक हित र अधिकारका प्रति सचेष्ट रहदै तरुण विद्यार्थीहरुमा अन्तर्निहित सृजनात्मक प्रतिवभा तथा प्रजातान्त्रीक संस्कारलाई प्रोत्साहीत गर्न ने.वि.संघलाई एकतावद्ध , सुसंगठीत र सक्षम संगठनका रुपमा संचालन गर्नका लागि नेपाल विद्यार्थि संघकास्थापना भएको हो। यो संधको आफ्नो हक र हितका संरक्षण र सम्वर्धनका निमीत्त निरन्तर सचेत र कार्यरत गराउनु विद्यार्थी समुदायको वैाद्धिक र चारित्रीक विकासका लागि उयुक्त कार्यक्रम तर्जूमा गर्ने संचालन गर्ने , रचानात्मक कृयाकलापमा उत्पे्ररित गराउने , विद्यार्थी वर्गमा राष्ट्रियताको भावना विकसित गराई प्रजातन्त्र मौलिक अधिकारको संरक्षण सम्वर्धन तथा विकासका लागि प्रेरिरीत गर्ने समाजमा विद्यमान आर्थिक, सामाजिक शोषण विरुद्ध विद्यार्थी वर्गलाई जागरुक तुल्याई जनआन्दोलन द्धारा पुर्नस्थापित वहुदलीय प्रजातान्त्रीक व्यवस्थाको सम्वर्धन र सुदृढीकरणका लागि सदैव प्रयत्नशील तुल्याउने , समान उद्धेश्य धारणा र विश्वासलाई प्रतिनिधित्व गर्ने विभिन्न संघ संस्थाहरु संग सम्वन्ध कायम गर्ने , प्रत्येक मुलुकमा भएको प्रजातान्त्रीक आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्दै मानव अधिकारको विश्व व्यापी मुल्य स्थापित गर्र्न राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा आफ्ना धारण र गतिविधीलाई क्रियासिल तुल्याउने उदेश्यहरु रहेका छन। यी उद्देश्यहरुले गर्दा नेपाल विद्यार्थी संघको नेपाली काँग्रेसको हरेक कृयाकलापमा अति महत्वपूर्ण भूमिका रहन्छ। नेपाली काँग्रेसको इतिहासमा नेपाल विद्यार्थिको भूमिका सवै भन्दा पुरानो मानिन्छ यद्यपी संगठन विस्तार २०२७ साल देखि भए पनि नेपाली काँग्रेसको स्थापना देखि नै विद्यार्थिहरुले नै सुरु गरेका थिए। यस कारण नेपाल विद्यार्थि संघको दायीत्व नेपाली काँग्रेस माथि ठुलो छ। नेपाल भूतपूर्व सैनीक संघ २००७ सालको क्रान्तीमा होस वा २०४६ सालको प्रजातन्त्रको पुनस्थापनाको लािग होस नेपाली त्रा्कान्तीको इतिहासमा नेपालमा भूतपूर्व सैनिक संगठनको महत्पूर्ण योगदान रहेको छ। नेपाली कांग्रेसलाई मजवुद वनाउन भूतपूर्व सैनीकहरुको योगदान अविश्मरणीय भएको हुनाले नेपाली कांग्रेसले आफ्नो भातृ संघको रुपमा भूतपूर्व सैनीक संघको स्थापना गरको हो। भूतपूर्वक सैनिकको हितमा काम गर्न र राष्ट्रको बिकासमा सकृय सहयोग पुराउनु नेपाल भूतपूर्वक सैनिक संघको उदेश्य रहेको छ। नेपालदलितसंघ नेपाल अधिराज्यमा वसोवास गरिआएका समाजिक रुपबाट उपेक्षीत तथा अर्थिक , शैक्षिक र राजनैतिक क्षेत्रमा अति पिछडीएका दलित वर्ग को वहुआमायीक हक हित संरक्षण र सम्वर्दन गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद प्रति प्रतिवद्ध रहदै समतामुलक समाजको सृजना गर्ने पवित्र उद्धेश्य वाट प्रेरित भई नेपाल दलित संघको २०४८ मा स्थापना नेपाली काँग्रेसको भातृ संघको रुपमा गरिएको छ। नेपाल दलित संघले दलित वर्गको हक हितका लागि दलित वर्गलाई संगठित गर्ने ,नेपाल अधिराज्यको संविधान, २०४७ को भावना अनुरुप समातामुलक समाजको सृजना गर्ने परिकल्पना अनुरुप काम गर्ने , जातिय भेदभावमा आधारित छुवाछुतवाट पिडीत समुदायमा समाजिक चेतना जगाई त्यसलाई निर्मुल गर्ने, छुवाछुत जस्ता समाजिक कुरीति , अन्धविश्वासलाई उत्प्रेरण गर्ने प्रवृतिमा व्यवहारिक परिवर्तन ल्याउने , दलित वर्गको जिवन स्तर माथि उठाउन रयस वर्गका लागि विशेष अािर्थक कार्यक्रम ल्याउने , दलित वर्गको शैक्षिक विकासका लागि सवै प्रकारका शैक्षिक क्षेत्र तह अवसरहरुमा यस वर्गका लागि विशेष व्यवस्था गर्ने , राष्ट्रिय जीवनका सम्पूर्ण निकायहरुमा यस वर्गको समानु पातिक प्रतिनिधीत्व हुने वातावरण सृजना गर्ने। उपरोक्त उद्देश्य प्राप्तीका लागि श्री ५ को सरकारलाई दवा दिने , दलित वर्गको आफ्नो अधिकार , राष्ट्र र समाज प्रतिको कतव्य प्रति वढी सचेत सजग र कार्यरत गराउनु , वहुदलिय प्रजातान्त्रीक व्यवस्थाको संवर्द्धन र सुदृढीकरणका लागि सदैव प्रयत्नसिल रहने , यस संघको उद्देश्य संग मेल खाने र संघको उद्देश्य प्राप्तीमा सघाऊ पुग्ने उद्देश्यले संचालित संघ संस्थाहरुसंग परस्पर सम्वन्ध र सम्पर्क विस्तार गर्ने , प्रजातन्त्रको सुृदृढीकरण र वर्गिय हितका लागि संघ नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा कार्यरत रहने आफ्नो उद्देश्य राखेको छ। नेपाल किसान संघ नेपालको पहिचान नै गाऊँको वाहुल्यमा भएको मुुलुकहो। अत्यधिक नेपाली जनता गाउँमा वस्ने किसान हुन। नेपाली किसानको समुन्नति मै नेपालको उन्नतीको जग वस्दछ भन्ने वास्तविकतालाई मनन गरेर प्रजातान्त्रीक समाजवादी पद्धतीवाट मात्र अभावग्रस्त नेपाल किसान वर्गको उन्नती हुन सक्छ। भन्ने जननायक विश्वेश्वर प्रसाद कोइराला ले प्रतिपादन गर्नु भएको र नेपाली काँग्रेसले आत्मासाथ गरको प्रजातान्त्रीक समाजवादी सिद्धान्त वाट अभिप्ररेरित भएर समान्ती व्यवस्थाहरु ढल्दै गएका पुँजीवादले समाजिक न्याय गर्न नसक्ने र अधिनायकवादी साम्यवाद जनताको भलो गर्नमा पुर्णत असफल भएको आजको विश्वव्यापी यथार्थले प्रजातान्त्रीक समाजवादी सिद्धान्तलाई अझ वढीसान्दर्भिकता प्रदान गरको यथार्तलाई अंगीकार गर्दै नेपाली कांग्रेसको नेतृत्वमा नेपाली जनतालेगरको लामो र कठिन संघर्स र जन आन्दोलनपश्चात प्राप्त प्रजातन्त्रको संरक्षण गर्न प्रतिवद्ध हुदै नेपाली किसानको हित संवर्द्धन गर्ने र प्रजातान्त्रीक समाजवादद्धारा समृद्ध उन्नतसील र समाजिक न्याय पूर्ण समाजका निर्माणमा सहमागी वन्न नेपाली किसान संगठीत हुनु पर्दछ। भन्ने वोध गरेर विगतका किसान आन्देालनहरुलाई निरन्तरता प्रदान गर्दै २०५३ सालमा नेपाल किसान संघको गठन भएको हो नेपाल किसान संघका प्रजातान्त्रीक समाजवादी समाजको निर्माणमा समर्पित भई निरन्तर र संगठीत रुपमा क्रियासिल रहने , प्रजातन्त्र मानवअधिकार र राष्ट्रियताको संरक्षण र सम्वर्द्धन गर्न कटिवद्ध रही प्रजातन्त्र समाजवाद र राष्ट्रियता प्रति आस्थापूर्ण अडान कायम राख्ने , किसान वर्गको समाजिक , राजनीतिक र आर्थिक हक हितको संवर्द्धन गर्न निरन्तर क्रियाशील रहने , किसान वर्गको हकहितको लागि किसानलाई संगठित पार्ने, कृषीको आधुनिकीकरण गरी कृषि उत्पादकत्व वृद्धि गर्न हर तरहको प्रयास गर्ने , कृषि उत्पादनको उचित मुल्य र सुलभ वजारको व्यवस्था गर्न क्रियासील रहने, कृषि क्षेत्रमा अनुसन्धान र नयाँ प्रविधीलाई प्रात्साहीत गर्ने उद्देश्य रहेका छन। नेपाल प्रजातन्त्र सेनानी संघ करिव पाँच दशक देखि प्रजातान्त्रीक अधिकारका लागि राजनैतिक अभियानमा नेपाली कांग्रेसल निरन्तर संघर्षशील भएर लागि रहेको छ। देशको राजनैतिक विकासको इतिहासमा नेपाली कांग्रेसले अहं भूमिका खेल्दै आएको र यथार्त भन्ने हो भन्ने नेपालको राजनैतिक विकास मुल प्रवाह नै नेपाली कांग्रेस हो। नेपाली काँग्रेसको नेतृत्वमा पटक पटक संचालित संघर्ष र क्रान्तिमा धेरै देशभक्त वीर नेपालीहरु ले अफ्नो जीवन उत्सर्ग गरी सहदात प्राप्त गर्नुका साथै असंख्य त्याग तपस्या एवं वलिदानवाट पूर्ण प्रजातन्त्र हुन सकेको हो। यो माहान प्रजातन्त्र प्राप्त गर्ने यज्ञमा महामानव विश्वेश्वर प्रसाद कोइराला को कुशल नेतृत्वको छहारी र मार्गनिर्देश तथा श्री गणेशमा सिंह र जनरल सूवर्ण शम्शेरको नेतृत्वमा नेपाली काँग्रेसले वेला वेलामा कठिन मोड पार गर्दै आज देशमा पूर्ण प्रजातन्त्र प्राप्त भएको छ। अव आएर ,मुलुक ले नयाँ राजनैतिक चरणमा प्रवेश गरको छ। ठुलो त्याग, तपस्या र वलिदानको मुल्यमा प्राप्त प्रजातन्त्रलाई संरक्षण तथा संस्थागत विकासको लागि जन जागृतिमा दु्रत्ततर वृद्धि, प्रजातन्त्रलाई जिवन पद्धतीको रुपमा विकास, दु्रत आर्थिक उन्नतीवाट जनताको जीवनस्तरमा सुधार जस्ता कठोर तर अनिवार्य अभियानमा पनि नेपाली काँग्रेसले अग्रगामी भूमिका निर्वाह पूर्ववत गुर्न पर्ने समयको माग छ। साथै नेपालमा प्रजातन्त्र असफल तथा अफाप सावित गराउन कृतसंकल्प पुनरुत्थानवादी स्वार्थवादी तत्वको षडेयन्त्रलाई पनि जनताको सामुन्ने उदाङ्गपादर्ैै स्पस्ट गर्दै जानु परको छ। उपयुक्त राजनैतिक परिवेश टडकारो रुपमा देखापरेका हाँकहरुको मुकाविला गर्नु अत्यावश्यक तत्वहरु मध्ये धेरै वर्ष देखि नेपाली काँग्रेसको नेतृत्वमा प्रजातान्त्रीक अधिकारका लागि संघर्ष गर्दै खरिएका कार्यकर्ताहरु ले हर संभव प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने स्थिति स्पस्ट छ। शहादत प्राप्त गरका शहिदहरु तथा लामो संघर्ष पश्चात शारिरीक तथा आर्थिक दृष्टिले क्षति पुगेका कठिन तथा कस्टपूर्ण जिवन व्यतित गरीरहेका प्रजातन्त्रप्रति प्रतिवद्ध कार्यकर्ताहरुको इज्जत, हेरविचार र उनीहरुको वहुमुल्य अनुभवको सदुपयोग र परिचालनका लागि त्यस्ता देश भक्त प्रजातन्त्र प्रेमीहरुको भरपर्देा तत्या)क पनि तयार गर्नु पर्ने महषुस गरिएको हो। यसैलाई दृष्टिगत गरी भातृ संस्था नेपाली काँग्रेसलाई प्रभावकारी ढंगवाट सहयोग पुराउने एउटा अभिन्न अंगको रुपमा चिनीने संस्था हो नेपाल प्रजातन्त्र सेनानी संघ। नेपाल प्रजातन्त्र सेनानी संघको स्थापना २०४९ सालमा भएको हो। यो संधका नेपाली काँग्रेसको राष्ट्रियता प्रजातन्त्र र समाजवादको उद्देश्य प्राप्ती तथा कार्यक्रम कार्यान्वयनमा सकृय भूमिका निर्वाह गर्ने , प्रजातन्त्रको संरक्षण र संवर्धन गर्दै मुलुकको आर्थिक उन्नतिको लागि पार्टीको निर्देशन बमोजिम क्रियाशील रहने , शहिदहरुको सम्मान र शहिदको परिवारको तथ्यांक संकलनका साथै सेनानीहरुको लगत तयार गर्ने गराउने र उनीहरुको वरवन्दोवस्त गर्ने गराउन, प्रजातन्त्रका लागि भएको संघर्षको क्रमा जफत तथा लिलाम भएको सम्पती क्षति पुर्याइएको सम्पती फिर्ता गराउने वा उचित क्षतिपूर्ति दिलाउने , आवश्कता अनुसार शहिदहरुको परिवारहरु तथा प्रजातन्त्र सेनानीहरुको सहयोगार्थ स्रोतहरु जुटाउन विभिन्न योजनाहरुको तर्जुमा र पुनर्वासको योजना गराउन सरकार र अन्य संस्थाहरुसंग आग्रह गर्ने, लामो संघर्षपूर्ण जीवन विताएका प्रजातन्त्र प्राप्तीका लागि निर्वासनमा वसेका र जेल जीवन विताएका तथा प्रजातन्त्रका लागि राजनैतिक गतिविधीमा उल्लेखिनीय देन दिएका राजनैतिक कार्यकर्ताहरुको पहिचान, मर्यादा र उनीहरुको हकहितको लागि आवश्यक कदम चाल्ने तथा उनीहरुको अनुभव र क्षमताको सदुपयोग गर्ने गराउने उद्देश्य रहेको छ। नेपाल आदि बासि तथा जनजवाती संध वहुजातिय , वहुभाषिक , वहुधार्मिक ,वहुसांस्कृतिक परम्पराले समृद्ध सुन्दर संरचना नै नेपाल अधिराज्य भएको ले आदी काल देखि वसोवास गरेका आदीवासी जनजातीहरुको आ आफ्नो विशिष्ठ संस्कृति , भाषा लिपी साहित्य र परम्परा गत मान्यता र धार्मीक आस्था रहेकोले निरंकुश एकतन्त्री शासन व्यवस्थामा प्रजातान्त्रीक हक अधिकार स्थापना हुन नसकी चरम समाजिक आर्थिक एवं सांस्कृतिक शेाषण जाती केन्द्रीत न्याय प्रणालीको कारण वाट अवसरको अभावमा पछाडी परेका आदीवासी जनजातीहरु प्रजातान्त्रीक शासन व्यवस्थामा मात्र न्यायपूर्ण शोषण रहित समाजको निर्माण हुन सक्दछ भनी २००७ सालको सशस्त्र क्रान्ति र त्यस पछि का प्रजातान्त्रीक संघर्षमा आफ्नो सशक्त्त र महत्वपुर्ण योगदान दिदै आएका आदीवासी जनजातीहरुले राष्ट्रिय विकासको मुलधारमा समान अवसरको अनुभूति गर्न सकुन र आफ्नो जातिय पहिचानलाई सुरक्षीत एवं सुनिश्चित गर्न सकियोस भन्ने उदेश्यवाट अभिप्रेरित भएर जातिय प्रश्नहरुमा फैल्याइने भ्रामक दृष्टिकोण लाई प्रतिरोध गर्दै वर्तमान संविधानको मर्म अनुरुप राष्ट्रलाई विख48डनवाट जोगाउन सशक्क्त भूमिका को निर्वाह गर्न भाषा , कला साहित्य संस्कृतिको संरक्षण एवं सम्वर्दन गर्र्र्दर्ैै कतिपय अस्तित्व लोप हुन लागेको आदीवासी जनजाती हरुको अस्तित्व रक्षा समग्र विकास गर्न वैज्ञानिक उपायको खेाजी र प्रयोग गरिनु पर्दछ भन्ने मान्यता राख्दै नेपाली काँग्रेसले अख्तियार गरेको प्रजातान्त्रीक समाजवादी सिद्धान्तवाट मात्र यस मुलुककोएकतालाई अक्षु48य , सुदृढ र सुसंगठित राख्न सक्दछ भन्ने मान्यता राख्दै , हाम्रो राष्ट्रियएकतालाई कम्जोर हुन नदिन सामाजिक न्यायको दृष्टीले राज्यद्धारा सवैलाई समान व्यवहार गरिनु पर्छ भन्ने भावना जागृत गराउन एउटा सशक्क्त भातृ संस्थाको खाँचो महशुष गरेर यो , “नेपाल आदीवासी जनजाति संघ” नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा स्थापना गरीएको हो। यस संघका नेपाल आदिवासी जनजातिहरुको भाषा लिपी, साहित्य कला संस्कृति र धर्मको संरक्षण सम्वर्द्धन र विकास गर्नु आदीासी जनजातिका विविध पक्षको अध्ययन अनुसन्धान गर्ने प्रलेखन गर्ने गराउने , नेपालका आदिवासी जनजातिहरुकेा गौरवमय इतिहासको लेखन , पुर्नलेखन एवं सम्वर्दन गरी उनीहरुको पहिचान गर्ने , नेपालका आदिवासी जनजातिहरुको अािर्थक सामाजिक शैक्षिक संस्कृतिक उत्थानका लागि विशेष कार्यक्रम लागु गराउने निरन्तर पहलगर्ने , आदिवासी जनजातिहरुको आर्थिक समाजिक शैक्षिक उत्थानका गरी चेतना जगाई क्षमता अभिवृद्धि गर्न सरकार तथा देश विदेशको संघ संस्था संग सम्पर्क तथा समन्वय गरी श्रोत जुटाई विविध गरिविनिवारण कार्यक्रम संचालनगर्ने , आदिवासी जनजातिहरुको हक हित र स्वाभीमानको रक्षा गर्ने र उनीहरका प्रतिस्ठाका प्रतिकहरुको सम्मान गर्ने , देशका विभिन्न स्थल वाटाघाटा नदी नाला पहाड पर्वत चुचुरा वन जंगल आदी प्राकृतिक एवं धार्मीक स्थलहरुका परम्परागत नामहरुको संरक्षण गर्न र त्यस्ता नामहरु परिवर्तन गर्न नदिने , नेपालका आदिवासी जनजातिहरु विच भाइचारा र पारस्पारिक सहयेागको भावना अभिवृद्धि गर्ने , रचानात्मक विविधता युक्त सांस्कृतिक समाता मुलक समाजको सृजना गर्ने प्रयत्नरत रहने, देशको व्यवस्थापिका कार्यपालिका योजना आयोग न्याय पालिका तथा प्रहरी र्सैनिक निकाय आदी निति निर्माण र निर्णय गर्ने तहमा आदिवासी जनजातिहरुको सहज पहूँचका लागि अनुकुल वातावरण तयार गर्न क्षमता अभिवृद्धि गर्ने र समानुपातिक प्रतिनिधीत्व वढाउन प्रयत्नसिल रहने , आदीवासी जनजाती र अल्प संख्यक समुदायहरु संग सम्वन्धीत अन्तराष्ट्रिय र क्षेत्रीय महासन्धी संविदा , सम्झौतार घोषणापत्रहरुको श्री५ को सरकारद्धारा अनुमोदन गराउन र यसका प्रावधान रमर्म अनुरुप कामगर्न गराउन पहल गर्ने , पार्टीको अनुमति लिएर समान उदेश्य भएका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरु संग सम्पर्क वडाउने सम्वन्ध स्थापित गर्ने र सहयोग आदान प्रदान गर्ने आवश्यकता अनुसार विदेशमा शाखा खेाल्ने खोलाउने , राष्ट्र, राष्ट्रियता प्रजातन्त्र र समाजवाद प्रति प्रतिवद्ध आदीवासी जनजातिहरुलाई संगठित गर्ने , आदिवासी जनजातिहरु मध्ये पनि पछि परेकाहरुलाई लक्षित गरी उनीहरका उत्थान र संरक्षणमा जोड दिने , लोपोन्मुख रहेका आदीवासी र जनजातिहरुको भाषा लिपि संस्कृति धर्म तथा जातिलाई लोप हुनवाट वचाउनलाई संरक्षण तथा सम्वर्धन गर्नेु नेपाल आदीवासी जनजातिसंघको उद्धेश्य रहेको छ। नेपाल ट्रेड यनियन काँग्रेस २००७ सालको त्रा्कन्तीमा मजदुर हरुको मह्त्वपूर्ण योगदान रहेको छ। नेपालको राजनीतिमा विराटनगर मजदुर आन्दोलको इतिहास महत्वपूर्ण मानिएको छ। जस्को नेतृत्व वर्तमान नेपाली काँग्रेसका सभापति श्री गिरीजा प्रसाद कोइरालाले गर्नु भएको थियो। खास गरी प्रत्येक श्रमिक मा अन्तरनिहित मौलिक हकको रक्षा गर्दै श्रमिकहरुको आर्थिक राजनैतिक एवं सामाजिक न्याय प्राप्त नर्ग सघाऊ पुगोस भन्ने उद्धेश्यवाट उभिप्रेरित भई संगठित श्रम शक्तिको सदुपयोगवाट वहुदलिय प्रजातान्त्रीक प्रणाली अन्तरगत समातामुलक समाज निमार्ण गर्न र प्रजातन्त्रको संस्थागत विकासमा समेत ठोस योगदान पुग्न सकोस भन्ने हेतुले श्रमीक हित विश्व शान्ति मानव अधिकार र वहुदलिय प्रजातान्त्रीक प्रणालीको पक्षमा कार्यगर्ने राष्ट्रिय स्तरको एक स्वतन्त्र पेशागत संस्था स्थापना गरी नेपाल अधिराज्यका श्रमीक वा श्रमिक संघलाई यसमा आवद्ध गर्न वान्छनीय भएकोले नेपाली कांग्रेसको शुभेच्छुक सस्थाको रुपमा यस ट्रेड युनियन काँग्रेसको स्थापना गरिएको हो। यस संस्थाको मुलुकमा पुर्णप्रजातान्त्रकि व्यवस्थावाट मात्र श्रमिकहरुको वर्गिय हक र हितको संरक्षण तथा संवर्धन हुन सक्ने भएकोले मुलुकमा प्रजातान्त्रीक संस्था, आर्दश तथा मान्यताहरको प्रतिस्थापनाका लागि श्रमिक क्षेत्रमा प्रजातान्त्रीक परिपाटीको विकास आचरण र मार्यादाको स्थापना गरी राष्ट्रियता प्रजातन्त्र र समाजवादको मान्यताका निम्ती कटिवद्ध रहने , विभिन्न क्षेत्रमा छरियर रहेका श्रमिकहरुलाई संगठित गर्ने , श्रमिकको पेशागत हक हितकेा संरक्षण र संवर्दन गर्ने, राष्ट्रिय अर्थतन्त्रको मजवुतिको लागि देशको औधिगीक विकासमा सहयोग पुर्याउर्दै प्रजातान्त्रीक समाजवादी मान्यताअनुरुप श्रमिकको आर्थिक जिवनस्तर उकास्न क्रियासिल रहने , प्रजातान्त्रीक श्रमिक आन्दोलनको विकास र विस्तार गर्ने , श्रमिक र व्यवस्थापन विच पारस्परिक सम्वन्ध विकासमा सहयोग पुर्याउने , देशमा खेर गइरहेको श्रम शक्तिलाई उत्पादनसिल क्षेत्रमा प्रयोग गर्न सर्वसाधरणलाई उत्प्रेरित गरी उपलव्ध श्रमको उचित सदुपयोग गर्न वातावरण मिलाउन सक्रिय रहने। श्रमिक संघहरुको वैधानीक मान्यताको लागि कार्यरत रहने , श्रमिकसंग सम्वन्धित कुराहरुमा श्रमिकवर्गको प्रतिनिधीत्व गर्ने , समान ल73य सिद्धान्तका राष्ट्रिय अन्तराष्ट्रिय संगठनहरु विच भातृत्वपूर्ण सम्वन्धको विकास गर्ने, रोजगार र रोजगार मुलक व्यवसायको वृद्धि गर्न गराउन सरकारलाई दवाव दिने , श्रमिकहरुको वृति विकासको निमित्त राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका तालिम , गोष्ठी, तथा सेमिनारको संचालन र सहभागिता गर्ने गराउने , श्रमिक र उनीहरुको परिवारको हित र कल्याणका निम्ति आवश्यक उपयुक्त कार्यक्रमहरु संचालन गर्ने , विश्व शान्ति मानवअधिकार र पर्यावरण संरक्षणका लागि प्रयत्नसिल रहने आदी यस संस्थाका मुलभुत उदेश्य रहेका छन। नेपाल शिक्षक संघ नेपाल अधिराज्यका विभिन्न तहका शिक्षकहरुको हक हितको प्राप्ती, संरक्षण एवं सम्वर्द्धन गर्न, प्रजातान्त्रीक मुल्य एवं मान्यताको आधारमा प्राज्ञिक स्वतन्त्रता , मानवअधिकार र समाजिक न्यायको रक्षा गर्दै राष्ट्रको शैक्षिक उन्नतिमा शिक्षकहरुले सामुहिक तथा सांगठनिक योगदान पुर्याउने स्वतन्त्र र विशुद्ध पेशागत संस्था निर्माण गर्न आवश्यक भएकोले नेपाली कांग्रेसको शुभेच्छुक सस्थाको रुपमा नेपाल शिक्षक संघको स्थापना भएको हो। नेपाल शिक्षक संघका प्रजातन्त्र राष्ट्रिय एकता सार्वभौमिकता स्वतन्त्रा समाजिक न्याय एवं मानव अधिकार को रक्षार्थ अनुशासीत चरित्रवान स्वावलम्वी तथा सृजनशील नागरिक तयार पार्ने , देशका सवै तहका विद्यालयका शिक्षहरु एवं कर्मचारीहरुको हकहितको संरक्षण र सम्वर्दन गर्ने ,शिक्षक विद्यालय कर्मचारी विद्यार्थि तथा अभिवावक विच सुमधुर सम्वन्ध राखी विशुद्ध शैक्षिक वातावरण कायम गर्न हर सम्भव तत्पर रहने, शिक्षकहरुको वृति विकाशका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका तालिम, गोष्ठी तथा सेमिनारको संचालन र सहभागिता गर्ने गराउने,शिक्षण पेशालाई आर्कषक र मर्यादित वनाउन प्रयत्नसिल रहने , अनिवार्य अवकास तथा निवृत्तीभराण प्राप्त शिक्षकहरुका हक हितका लागि प्रयत्नसिल रहने , समान ल73य र सिद्धान्तका राष्ट्रिय , अन्तराष्ट्रिय संस्थाहरु विच भातृत्वपूर्ण सम्वन्धको विकास गर्ने , शिक्षा प्रणालीलाई राष्ट्रिय अकाक्षां अनुरुप व्यवहारिक सर्व सुलभ, गुणस्तर युक्त एवं प्रभावकारी वनाउन प्रयत्न सिल रहने, शिक्षक, विद्यालय कर्मचारी र उनीहरुका परिवारको हित र कल्याणका निमित्त आवश्यक र उपयुक्त कार्यक्रमहरु संचालन गर्ने , शिक्षक एवं विद्यालय कर्मचारी संग सम्वन्धीत कुराहरुमा शिक्षक एवं कर्मचारी वर्गको प्रतिनिधीत्व गर्ने , विभिन्न क्षेत्रमा छरिएर रहेका शिक्षक एवं विद्यालय कर्मचारीहरुलाई संगठित गर्ने, शिक्ष लगायतका सवै टे्रड युनियन आन्दोलनलाई मजवुद पार्न प्रयत्नशिल रहने, प्रजातान्त्रीक शिक्ष आन्दोलनको विकास र विस्तार गर्ने भुल भूत उदेश्य रहेको छ। यसरी नेपाली कांग्रेसले आफना भातृ सस्थाहरु र सुभेच्छुक सस्थाहरुलाई पार्टि संगठनमा सकृय बनाउदै आएको छ। यसरी नेपाली काँग्रेसका उपरोक्त भातृ संस्थाहरुको चाहे संगठनको स्वरुप दिएर हेास वा नदिएर नेपाली काँग्रेसको स्थापना देखि आज सम्मका हरेक पार्टी कृयाकलाप हेास संगठन विस्तार हेास , नेपालीकाँग्रेसले गरेका हरेक आन्दोलनमा होस सदा सहभागी हुदै आएका छन। यसकारण नेपाली काँग्रेसमा यस संग आवद्ध भातृ संस्थाहरुको दायीत्व अति महत्वपुर्ण छ । (लेखक नेपाली काँग्रेसका सह–महामन्त्री एवं पुर्व मन्त्री हुुनुहून्छ। )