मिति२०६६।११।२०
नेपाली कांग्रेसको महासमितिको वैठक पछि कांग्रेस महामन्त्री कुल वहादुर गुरुड. , केन्दीय सदस्यहरु गाविन्द राज जोशी , विनय ध्वज चन्द र शुनिल कुमार भ48डारीले नेपालका प्राय सवै जिल्लाहरुको भ्रमण गर्ने निधो गरी सवै जिल्लाहरुमा एकै साथ पुग्न नसकिने भएको हुनाले भ्रमणको सुरुवात मधेस प्रभावित जिल्लाहरु वाट गर्ने तय भयो। त्यसैले पहिलो भ्रमण वारा जिल्ला वाट सुरु गरी , रौटहट , सर्लाहि , धनुसा , महोत्तरी सिराहा , सप्तरी , सुनसरी , मोरड. हुदै पर्सा र मकवानपुर भएर हाम्रो पहिलो जिल्ला यात्रा समाप्त भयो। पहिलो चरणको जिल्ला भ्रमण २०६६ साल माघ १३ गते दखि २०६६ साल माघ २३ गते सम्म भएको थियो। दोश्रो चरणको कार्यक्रममा हामिहरु नवलपरासी, रुपन्देहि ,कविलवस्तु , दाड., वाके , वर्दिया, कैलाली, क्न्चनपुर जिल्लाको भ्रभण गरेका थियौ। दाश्रो चरणको जिल्ला भ्रमण २०६६ साल फाल्गुण ८ गते दखि २०६६ साल फाल्गुण १५ गते सम्म भएको थियो। भ्रमणको उदेश्य के थियो? हाम्रो जिल्ला भ्रमणको मुख्य उदेश्य निम्न वमोजिम रहेको थियो।
(१) नेपाली कांग्रेसको विधानमा भएको आमुल परीवर्तनको प्रभाव कार्यकर्ताहरुमा के परेको छ।
(२) हाम्रो जिल्ला संगठनको अवस्था कस्तो छ।
(३) संविधान सभाको निर्वाचनमा कांग्रेसेको पराजयको कारण कार्यकर्ताहरु के भन्दछन।
(४) नेपाली कांग्रेसको केन्द्रीय संगठन र केन्द्रीय नेतृत्वका वारेमा कार्यकर्ताहरुको धारणा के छ।
(५) मधेस प्रभावित जिल्लाहरुमा कांग्रेसको प्रभाव कम हुनुको कारण के हो? अव ति जिल्लाहरुमा कांग्रेसको प्रभाव वढाउन कांग्रेसले के गर्नु पर्दछ?
(६) सामुहिक नेतृत्वका वारेमा कांग्रेसका जिल्ला तहका कार्यकर्तांहरको के घारणा छ।
(७) विगत निर्वाचनहरुमा भएको टिकट वितरणका संम्वन्धमा कार्यकर्ताहरुको के गुनासो छ र केगर्नु पर्दछ भन्ने सुझाव छ।
(८) सरकारका र सरकारमा कांग्रेसको सहभागिताका वारेमा कार्यकर्ताहरुमा कस्तो प्रभाव परेको छ।
( ९) मावोवादी वाट विस्थापितहरु , जग्गा कव्जा भएकाहरु र मावोवादी वाट मारीएका अभभएका परीवारहरु के भन्दछन र उनिहरुको अवस्था कस्तो छ।
(१०) मावोवादीहरु संगको सहकार्यगर्ने कुरालाई कार्यकर्ताहरुले कसरी लिएका छन।
(११) कृयासिल सदस्यता वितरण जिल्लाहरुमा कसरी भएको छ महाधिवेसन कहिले गर्नु पर्दछ भन्ने वारेमा कार्यकर्ताहरुको के सोचाई रहेको छ।
(१२) संविधान निर्मा48का वारेमा कार्यकर्ताहरुको के धारणा रहेको छ।
(१३) कांग्रेसका स्थानीय कार्यकर्ताहरुको दृष्टिकोणमा संविधान कस्तो वन्नु पर्दछ भन्दछन संविधान निर्माणमा कांग्रेसको भुमिकालाई कार्यकर्ताहरुले कसरी लिएका छन ।
(१४) संविधान सभाको म्याद थप्न हुन्छ हुदैछ कार्यकर्ताहरु के भन्दछन।
(१५) राज्य पुनर संरचनाका वारेमा कांग्रेसका स्थानीय कार्यकर्ताहरुको के अवधारणा रहेको छ? राज्य पुनर संरचनाका वारेमा कांग्रेसको भुमिकालाई कार्यकर्ताहरुले कसरी लिएका छन ।
(१६) आगामि चुनौतिहरुको सामना गर्न अवको कांग्रेस कस्तो हुनु पर्दछ?
यीनै उदेस्यहरु लिएर भ्रमणको पहिलो चरणको कार्यक्रम अन्तरगत हामिहरु २०६६ साल माघ १३ गते विहान ६ वजे वारा जिल्लाको लागी प्रस्थान भयौ। दिनको १ वजे हामिहरु वारा जिल्लाको सदरमुकाम कलैया पुग्यौ। भ्रमणमा हामिले के पायौ ? भ्रमणको सन्दर्भमा हामिले प्रतेक जिल्लामा गएर कार्यकर्ताहरु संग अन्तरकृया गरेका थियौ। कार्यकर्ताहरुले खुलेर आफना मनका भावनाहरु फोखेका थिए। कार्यकर्ताहरले आफु सधै ईमान्दार रहेको र नेताहरु र केन्द्रको निर्देसन सधै पालन गरेको आज कांग्रेसको यो अवस्था हुनुमा केन्द्रको कमजोरी भएको भावना व्यक्त गरेका थिए। जिल्ला र केन्द्र समग्रमा कांग्रेसकोनै संगठन कमजोरी भएको , संविधान सभाको निर्वाचनमा कांग्रेसको पराजयको कारण उमेदवारको चयनमा निश्पक्षता नदेखिएको ,शान्ति सुरक्षाको कमि , पार्टिको चुनाविमुद्धा स्पष्ट नभएको ,कार्यकर्ताहरु परीचालन हुन नसक्नु र केन्द्रवाट चुनावको परीचालन भएको नदेखिनु ,मधेसको समस्या नवुझनु र समयमै समाधान नखोज्नु, निर्वाचनको मिति दुई पटक गर्नु ,मावोवादी संगको निकटता पार्टिले देखाउनु ,मावोवादी वाट विस्थापितहरु , जग्गा कव्जा भएकाहरु र मावोवादी वाट मारीएका अ195139 भ195139 भएका परीवारहरुआदि प्रति वास्था नगर्नु आदिरहेका थिए भन्ने कार्यकर्ताहरुको विचार पाईयो।
अहिले कांग्रेस सरकारमा उपस्थित भए पनि कार्यकर्ताहरको भावना विपरीत काम भएको , राजनैतिक नियुक्त व्यक्ती वादी आधारमा भएको कारण कांग्रेसको संगठन कमजोर भएको कृयाशिल सदस्यताको वितरणमा निश्पक्षता हुन्छ भनेर विश्वास गर्न नसकेको पाईयो। एकल नेतृत्वका कमि कमजोरकिा कारण पार्टिमा अव सामुहिक नेतृत्वको आवस्यकता परेको कार्यकर्ताहरको धारणा रहेको छ। संविधान निर्माण राज्यको पुनर संरचनाका वारेमा कांग्रेसकेा स्पष्ट दृष्टिकोण नआउनु , संविधान समयमा वनाउन कांग्रेसको भुमिका प्रभावकारी नदेखिनु ,पार्टि कमजोरी रहेको उनिहरुबको धारणा छ। सविधान कुनै पनि अवस्थामा २०६६ जेष्ट १४ गतेनै वनाउनु पर्दछ , संविधानको निर्माण अधिनै पार्टिको महाधिवेसन हुनु पर्दछ भन्ने आम कार्यकर्ताको धारणा रहेको छ। मावोवादी संग सहकार्यगर्ने कुरा वारंवार पत्रपत्रिकाहरुमा पडदा कार्यकर्ताहरु दुखित खेखिन्छन। सत्ताको लागी माओवादी संगको सहकार्य कांग्रेसका लागी दुर्भाग्य हुनेकुरा कार्यकर्ताहरु भन्दछन। यसरी कांग्रेस पनि संक्रमणकालीन अवस्थामा रहेको छ। यी सवै कुराहरुमा सुधार गरेमा मात्र कांग्रेसले अहिलेको चुनौतिहरुको सामता गर्न सक्दछ।
भ्रमणका वारेमा हाम्रो निस्कर्ष, यो भ्रमणवाट यथार्थमा कार्यकर्ताहरुको भावना वुभने अवसर मिल्यो। समयमै सविधान नवनेमा नेपालमा राजनैतिकदलहरु र दलको नेतृत्वको सादर्भिकता समाप्त हुने र उनिहरुको ठाउ अतिवादले लिने अवस्था वडदैगएको र यसतर्फ नेपालका राजनैतिकदलहरुको ध्यान जान नसक्नु अत्यन्त दुखदाई कुरा हो। शान्ति प्रकृयााई निसकर्षमा पुराउनु आजको आवस्यकता हो। यसको लागी २०६६ जेष्ट १४ गते भित्र संविधानको निर्माण गर्नु ,संविधानको निर्माण हुनु अधि मावोवादी लडाकुहरुको व्यवस्थापन हुनु , मावोवादी लडाकुहरुको व्यवस्थापन हुनु अधि विस्थापितहरुलाई धर फर्काउेनु र विस्थापितहरुलाई घर फर्काउनु अघि उनिहरुको कव्जा गरीएको जग्गा जमिन र संपत्ति फीर्ता गरीनु शान्ति प्रकृयाका चार अभिन्न अंगहरु हुन। यो सवै सम्पन्न नहुदा सम्म शान्ति प्रकृया निस्कर्षमा पुग्दैन। यो जिल्ला भ्रमणले यी सवै कुराहरु कार्यकर्ताहरु सामु लैजान र कार्यकर्ताका कुराहरु वुझन र ति कुराहरुलाई केन्द्र सम्म लग्न कार्यकर्ताहरुको भावनाको कदर गर्न सहयोग गरेको छ। अर्को भ्रमण पछि फेरी तपाईहरु संग भेटने छौ।
धन्यावाद।