एभरेष्ट
२० जेठ २०७३
गोविन्दराज जोशी, नेपाली कांग्रेसभित्र चर्चामा रहने नेता । काँग्रेस सरकारमा पुग्दा उनी पटक पटक गृहमन्त्री भए । प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको नेपाली कांग्रेस विचार सिद्धान्तबाट स्खलन हुँदै गएकोमा उनको असन्ुतष्टि छ । एभरेष्टदैनिक डटकमसँगको कुराकानीमा उनले एमाले नेतृत्वको सरकार ढाल्न कांग्रेसले पहिल्यै सूचना चुहाएर ‘रणनीतिक मिस्टेक’ गरेको बताए । देश धर्मनिरपेक्ष गणतन्त्रमा प्रवेश गरेको अवस्थामा समेत हिन्दू राज्यको वकालत गर्छन् उनी । लामो समय कोइराला निकट नेताका रुपमा १३ औं महाधिवेशनमा भने उनी देउवा क्याम्पमा पुगे । उनकै निवासमा पुगेरएभरेष्टदैनिक डटकमका लागि उजिर मगर, सागर न्यौपाने र रुद्रप्रसाद भट्टराईले गरेको कुराकानी
एक महिना अगाडि नयाँ सरकारको नेतृत्व माओवादीलाई दिन खोज्नुको भित्रि कारण के थियो ?
सरकार हटाउनु भन्दा पनि हल्ला धेरै भएको कारणले सरकार फेर्ने खेल सफल हुन सकेन । रणनीति एक्सपोज भएमा त्यसको महत्व शून्य हुन्छ । अहिले त्यस्तै भयो र कांग्रेसको योजना सफल हुन सकेन ।
नेपाली कांग्रेसले सत्ता लिन खोज्नु अस्वाभाविक होइन । हाम्रो काम नै अहिलेको सरकारलाई हटाएर सत्तामा जाने हो र आफ्नो नीति र कार्यक्रमलाई लागू गर्ने हो । त्यसैले हामीले सत्ता लिन खोज्नु अस्वभाविक होइन । तर सरकार परिवर्तन गर्ने कुरामा कांग्रेसले रणनीतिक गल्ती ग¥यो । सरकार हटाउनु भन्दा पनि हल्ला धेरै भएको कारणले सरकार फेर्ने खेल सफल हुन सकेन । रणनीति एक्सपोज भएमा त्यसको महत्व शून्य हुन्छ । अहिले त्यस्तै भयो र कांग्रेसको योजना सफल हुन सकेन । प्रचण्डलाई कांग्रेसले अहिल्यै प्रधानमन्त्री दिन्छु भन्यो जबकि एमालेले तीन महिनापछि मात्रै दिन्छु भनेको थियो । अहिले आएर भने उनीहरु “हामीले कहाँ सम्झौता गरेका छौ भन्दैछन्” नगदको प्रधानमन्त्री छोडेर उधारोमा प्रचण्डले किन सम्झौता गरे ? त्यो बारेमा नेपाली राजनीतिमा छलफल भएको छैन । कांग्रेसले त नगद दिएको हो, तर प्रचण्डजीले तीनमहिनापछि पाउने कुरामा सम्झौता गर्नुभयो । प्रचण्डले सहज परिस्थितिमा त्यो निर्णय लिएका होइनन् जस्तो लाग्छ । उहाँलाई विभिन्न शक्तिकेन्द्रहरुको प्रेसर परेको हुनुसक्छ वा कांग्रेसको सरकार परिवर्तनमा रणनीतिक कमजोरी फेल भएको कारणले पनि हो कि ? यसको कांग्रेसले समीक्षा गर्नुपर्छ ।
एउटा पार्टी भित्रको रणनीति ‘लिक’ हुनुमा पार्टी नेतृत्वको कमजोरी भयो भन्न खोज्नुभएको ?
हामीहरुको त केहि भूमिका थिएन र हामीलाई जानकारी पनि थिएन । तर हाम्रो तर्फबाट हामी भोली पर्सी सरकार परिवर्तन गर्छाै भन्ने जुन हल्ला भयो त्यो राजनीतिक रुपमा सफल भएन । त्यो हाम्रो कमजोरी हो । प्रचण्डजीले हामीलाई धोका दिनुभयो होला, खुट्टा कमाउनुभयो होला, त्यो अर्काे कुरा हो । तर, त्यस्तो कुरा पनि बाहिर आउनुहुन्थेन । हामीले रणनीतिक गल्ती गरेको सय प्रतिशत साँचो हो ।
अब माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनुहुन्छ कि बनाउनुहुन्न ?
त्यो त पार्टीको कुरा हो मैले भनेर हुँदैन । यो भन्दा अगाडि पनि म थिइनँ । कार्यसमितिमा बसेर, छलफल गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्नुभएको थियो होला । पार्टीले के निर्णय गर्छ, हेर्न बाँकी छ तर पार्टीको निर्णयलाई मैले मान्नुपर्छ ।
प्रमुख प्रतिपक्षीको भूमिका पनि सशक्त नभएको जस्तो देखिन्छ, कांग्रेस सेलाएकै हो ?
संसदमा कस्तो गतिविधि छ, म देख्दिनँ, किनभने म त्यहाँ छैन । तर, प्रम्ख प्रतिपक्ष देखिँदाखेरी कम्प्रोमाइजिङ देखिनुहुन्न । कम्प्रोमाइजिङ हुनुपर्छ, देखिनुहुन्न । बाघ जस्तो देखिनुपर्छ, अहिल्यै टोक्ला जस्तो । प्रमुख प्रतिपक्षसँग सरकार थरथर काप्नुपर्छ तर कांग्रेस ‘मलुवा’ भयो ।
प्रमुख प्रतिपक्षले इस्यू उठाउँनै हुँदैन, उठाइसकेपछि भाषण गरेर मात्रै छोड्नु हुँदैन । कांग्रेसले त्यस्ता इस्यू उठाउनै हुँदैन, उठाएपछि सानोतिनो कुरा गरेर छोड्न् हुँदैन । तर बाघ जसरी झम्टिन पर्छ झम्टेको छ या छैन भन्ने कुरा म भन्न सक्दिनँ ।
सायद अहिलेको केन्द्रीय समितिमा विपिसँग सशस्त्र क्रान्ति गर्ने म बाहेकका कमै नेता होलान । हाम्रो कांग्रेसमा लामो लेगेसी छ, धेरै प्रचारमुखी मात्रै हुने कुरा भएन । म जिल्लामा जाँदा पनि मेरा कुरा सुनिन्छ, पार्टीमा पनि मैले भनेको नमान्ने कोही छन जस्तो लाग्दैन ।
प्रजातान्त्रिक आन्दोलनमा शसक्त भूमिका खेल्ने गोविन्दराज जोशीको प्रभाव अहिले घटेको हो ?
हाम्रो जस्तो देशमा पदले ‘प्रभाव’ दिने एउटा कुरा हो । म संसदमा पनि छैन, पार्टीमा पनि छैन, तर मेरो प्रभाव उस्तै छ । गएको वर्षपनि एक्लै चुनाव लडेको हुँ, एकहजार चार भोट आयो, अहिले पनि एक्लै लडेको हुँ, एक हजार एक सय एक भोट आयो, प्यानल भोट त सय पनि आएन । प्रभावै नभएको भए त त्यत्रो भोट आउँदैन थियो नि ? त्यसैले प्रभाव वढ्दै गएको छ । धेरै हल्ला गरेर कुरा मात्रै गरेर हुँदैन । विपीले सुरु गरेको सशस्त्र क्रान्तिमा म लडेको छु । सायद अहिलेको केन्द्रीय समितिमा विपिसँग सशस्त्र क्रान्ति गर्ने म बाहेकका कमै नेता होलान । हाम्रो कांग्रेसमा लामो लेगेसी छ, धेरै प्रचारमुखी मात्रै हुने कुरा भएन । म जिल्लामा जाँदा पनि मेरा कुरा सुनिन्छ, पार्टीमा पनि मैले भनेको नमान्ने कोही छन जस्तो लाग्दैन ।
यो व्यक्तिगत प्रभावको कुरा भयो, तर तपाइँको सक्रियता त घटेको पक्कै हो नि ?
ठिकै भन्नुभयो । हरेक आन्दोलनमा म क्रियाशील थिएँ । साँच्चै भन्न्हुन्छ भने ०६२÷६३को आन्दोलनको घोषणा हुँदा गिरिजाबाबु जेलमा हुनुहुन्थ्यो । म त्यसबेला सहमहामन्त्री थिएँ । म जेलबाट छुटेर आइसकेपछि उहाँको हस्ताक्षर कम्प्युटरबाट निकालेर आन्दोलनको घोषणा पनि गिरिजाबाबुको नाममा मैले गरेको हुँ । तर त्यत्रो संघर्ष गरेर आज हामीले नयाँ संविधान ल्यायौं, तर चिन्ताको कुरा, संविधानले देशमा द्वन्द्व मात्रै सिर्जना गर्यो । मधेस र पहाडको बीचमा, जनजातीहरु बीचमा सरकार र भारतको बीचमा द्वन्द्व बढायो । कांग्रेस कम्युनिष्टबीचमा यो संविधान द्वन्द््वको पोको भयो ।
नेपाली नेताहरु पनि धर्मनिरपेक्षता राखेर गल्ती गरेको बताउँन थालेका छन, फलाना नेताका कारण यस्तो राखिएको भन्छन । जे आधारमा धर्मनिरपेक्षता लादियो त्यही हाम्रो लागि खतरा भयो । यो सहज रुपमा आएको होइन । यो लादिएको हो, बाध्य बनाइएको हो भन्ने मेरो निष्कर्ष हो ।
मुलुकका समस्या समाधान गर्न बनेको संविधानले झन समस्या बढायो भन्न खोज्नुभएको हो ?
संविधान ल्याएपछि हामी झन सम्स्यामा फँसेका छौं । संविधानमा उल्लेख गरिएको लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र धर्मनिरपेक्षतामध्ये धर्मनिरपेक्षता रोज्यौ भने लोकतन्त्र गुम्छ कि भन्ने डर छ । राष्ट्रियता र लोकतन्त्र रोज्यौ भने धर्मनिरपेक्षता छोड्नपर्ने अबस्था छ । म आज तपाईंहरु माझबाट घोषणा गछुयी तीनवटै (धर्म निरपेक्षता, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र) कुरा सँगसँगै जान सक्दैन । हामीले या धर्मनिरपेक्षता स्वीकार्नुपर्छ, त्यस्तो बेलामा नेपालको राष्ट्रियता र लोकतन्त्र खतरामा पर्छ । यदि लोकतन्त्र र राष्ट्रियता राख्यौ भने धर्मनिरपेक्षता राख्न सक्दैनौं । तीनवटै रोज्न सक्ने अबस्था छैन ।
यी तीनवटै कुरा लोकतन्त्रको आधार भन्ने गरिन्छ, तपाईले सँगै जान सक्दैनन् भन्नुहुन्छ । कसरी गर्नुहुन्छ यस्तो दावी ?
यी तीनवटा विषय सँगै हिड्नै सक्दैनन्, बाघ र बाख्रो कसरी सँगै हिड्न सक्छ ? नेपालको सार्वभौमिकता र लोकतन्त्र हाम्रो लागि जरुरी छ । जुन बाध्यताले धर्म निरपेक्षता लेखियो, इमान्दार भएर भन्ने हो भने नेपाली जनता त्यसमा खुशी छैनन् । नेपाली नेताहरु पनि धर्मनिरपेक्षता राखेर गल्ती गरेको बताउँन थालेका छन, फलाना नेताका कारण यस्तो राखिएको भन्छन । जे आधारमा धर्मनिरपेक्षता लादियो त्यही हाम्रो लागि खतरा भयो । यो सहज रुपमा आएको होइन । यो लादिएको हो, बाध्य बनाइएको हो भन्ने मेरो निष्कर्ष हो । नत्र सबै नेपालीहरुले मनाउने चाडपर्वहरु के हुन् ? हरेक मठमन्दिर हेर्नुस सबै नेपाली पुग्छन । नेपालमा धर्म निरपेक्षता अन्तर्मन (इनरहर्ट)बाट आएकै होइन । अन्तर्मनबाट नआएको चिज बोक्दा कहिलेकाँही डेड–लक त हुन्छ नि । त्यसैले यी सँगै जान सक्दैनन् भन्ने मेरो बुझाई हो ।
एउटा बुझ्नै पर्ने कुरा के हो भने धर्मनिरपेक्षताको कुरा स्वभाविकरुपमा आएको होइन । नेपालीहरुको आस्था हिन्दूधर्मप्रति सतप्रतिशत छ, नत्र किन लास जलाउन आर्यघाट लग्छन ? हामीलाई बाध्यात्मक अवस्थामा धर्मनिरपेक्षता बोकाइयो । यो कुरा सच्चिनुपर्छ ।
विपिको सच्चा लेगेसी हामीसँगै छ, पारिवारिक लिगेसी परिवारसँग होला । किनभने विपिका विचारहरुलाई हामीले बोकेका छौ । विपिको विचारलाई पार्टीले छोड्यो भनेर हामीले धेरै अघिदेखि भन्दै आएका हौं ।
के देख्नुहुन्छ यो जटिलताको निकास ?
यो संविधानले राजनीतिक निकास दिन सकेन, त्यही भएर नेपालका प्रमुख तीन दलका शीर्ष नेताले यसबारेमा गम्भीर बन्नुपर्छ । कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डजी बसेर नयाँ राजनीतिक सहमति नगरी हुँदैन । संविधानले हाम्रो अधिकार दियो होला तर निकास दिन सकेन । अब गम्भीरतापूर्वक तीन नेताले सोचेनन् भने देशको राष्ट्रियता र लोकतन्त्र, सार्वभौमिकता खतरामा फस्दै जाने न्ििश्चत छ ।
यो जटिल अबस्थामा देशलाई निकास दिन प्रमुख तीन दल सहित मधेसी, साना बाम दलहरुको पनि भूमिका महत्वपूर्ण छ । उनीहरुसँग पनि सहमति गर्नुपर्छ ।
धार्मिक स्वतन्त्रता हटाइसकेपछि एउटा प्रश्न जन्मिन्छ– कांग्रेसको झण्डा तीनतारे बनाउने कि ? विना अर्थको तारा राख्न मिलेन नी त । यत्रो महत्वपूर्ण कुरा पार्टीमा छलफल नगरी निर्णय गरिदिने ?
तपाइँले १३ औं महाधिवेशनमा कोइराला क्याम्प छोडेर देउवा क्याम्प जानुमा रामचन्द्र पौडेसँगको व्यक्तिगत टकराव हो भन्छन नि ?
विपिको सच्चा लेगेसी हामीसँगै छ, पारिवारिक लिगेसी परिवारसँग होला । किनभने विपिका विचारहरुलाई हामीले बोकेका छौ । विपिको विचारलाई पार्टीले छोड्यो भनेर हामीले धेरै अघिदेखि भन्दै आएका हौं । हाम्रो पार्टी सत्तामुखी भयो, विचारमुखी भएन । हाम्रो पार्टीको झण्डा चार तारे छ, यी चार तारको विशिष्ट अर्थ छ– राजनीतिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र धार्मिक स्वतन्त्रता । अब धार्मिक स्वतन्त्रता हटाइसकेपछि एउटा प्रश्न जन्मिन्छ– कांग्रेसको झण्डा तीनतारे बनाउने कि ? विना अर्थको तारा राख्न मिलेन नी त । यत्रो महत्वपूर्ण कुरा पार्टीमा छलफल नगरी निर्णय गरिदिने ?
शेरबहादुरजीले मिलेर जाउँ भन्नुभयो त्यसबाट हामीलाई फाइदा घाटा के भयो आफ्नो ठाउँमा होला । तर दुइवटा उम्मेदवारले त मिलौ पनि भनेनन् । हामीसँग कुरै गरेनन, देउवाले कुरा गरे सहयोग गर्यौ ।
यो चारतारा विपीले राखेको हुन् । चारतारामध्ये तीन तारालाई समातेर एक तारालाई छोड्ने कांग्रेस नेतृत्वलाई अधिकार छैन । त्यसकारण हाम्रो पार्टीमा विचलन आएको छ । सुशील कोइरालाकै पालामा यो विचलन सबैतिर आएको हो । उहाँ नै पार्टीको सभापति भएको बेलामा संविधानमा धर्मनिरपेक्षता लेखेर एउटा ताराको अर्थ हटाइयो । त्यसैले पछाडि जोडिने थरले मात्रै लिगेसी बोक्ने होइन । विपीले राष्ट्रिय मेलमिलापको नीतिमा धेरै कुरा भन्नुभएको छ । सत्तालाई सम्झौता गरेर साट्न् हुँदैन भन्नुभएको छ । अहिले हामी सिद्धान्त छोडेर सत्ताका लागि जे पनि गर्छाै ।
हामी एउटा अभियानमा थियौं त्यसबेला तीनवटा पक्ष उठे । तर दुइवटा पक्षसँग इमान्दारी ढंगले हाम्रो कुरा हुन सकेन । कुरा हुन नुकेपछि चुनावमा कहिँ न कहिँ त मिल्न पर्यो । शेरबहादुरजीले मिलेर जाउँ भन्नुभयो त्यसबाट हामीलाई फाइदा घाटा के भयो आफ्नो ठाउँमा होला । तर दुइवटा उम्मेदवारले त मिलौ पनि भनेनन् । हामीसँग कुरै गरेनन, देउवाले कुरा गरे सहयोग गर्यौ । हामी वास्तविक विपिको उत्तराधिकारी र संस्थापक हौं ।
तर, देउवालाई सहयोग गर्नुको पछाडि तपाइँहरुबीचमा राजनीतिक लेनदेन पनि छ भन्छन नि ?
हामीले भोट हाल्यौं, उहाँले जित्नुभयो । अर्काे कुरा त्यस्तो केही सहमति भएको छैन । फेरि हाम्रो भोटले मात्रै देउवाले जितेका पनि हैनन नी । नढाँटी भन्नुपर्दा दुइवटा उ्म्मेदवारले हामीसँग कुरै गरेनन् । हामीसँग कुरा नगरेपछि नाफा नोक्सान जे हुन्छ, तेस्रो पक्षलाई भोट हाल्नै पर्यो भनेर देउवालाई भोट हालेका हौं ।
पार्टी महाधिवेशन भएका महिनौ वितिसक्यो, भातृ संगठनको अधिवेशन अहिलेसम्म घोषणा हुन सकेको छैन ? तपाईहरु भद्रगोलमैं रमाउने हो या पद्धती पनि व्यवस्थापन गर्नतिर लाग्ने हो ?
पार्टीको पहिलो दायित्व भनेको संगठनलाई चुस्त राख्नुपर्छ । तर हाम्रो संगठन चुस्त छैन । विगतमा भएन तर अब बनाउनुपर्छ । मैले हिजो मात्रै देउबाजीलाई भेटेर संगठन चुस्त बनाउन सुझाव दिएँ । ‘हिजो सुशीलजीको पालमा हामीले जे भएन भन्यौ तपाइँको पालामा पनि त्यही भयो भने त हाम्रो बोल्ने ठाउँ रहँदैन” भनेर भनेको छु । त्यसकारण हामीले भोट हालेको नाताले पनि संगठन राम्रो बनाउनुस भने, उहाँले एक महिनामा पुरा गर्छु भन्नुभएको छ, हेरौं कसरी अघि बढ्छ वहाँको कुरा ।
देउवाजीलाई जिताउनुको नाताले गुण र दोषको जिम्मा तपाइँलाई पनि आउला नि ?
त्यो त आउँछ, उहाँले राम्रो गरे त्यसको गुण हामीलाई आउँछ नराम्रो गरे त्यसको दोष हामीले भोग्नुपर्छ । तर हामीसँग उहाँले सल्लाह लिनुभयो भने दिने हो नत्र कसरी दिन सकिन्छ र ?