पौष २३ गते २०६३ साल गोविन्दराज जोशी भर्खरै विभिन्न जिल्लाहरूको भ्रमण गरेर फर्कनुभएको छ, भ्रमणको उद्धेश्य के थियो र कहा–कहा को भ्रमण गर्नुभयो? नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार अहिले देशभर शान्ति अभियान कार्यक्रम संचालन भएको छ। यसको उद्धेश्य देशमा अहिले भएको शान्तिलाई स्थायी शान्तिमा परिणत गर्न र आन्दोलनबाट प्राप्त भएका जनताका अधिकारलाई स्थायी रूपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने शान्ति अभियानको ल73य हो। केन्द्रले लिएका नीति र कार्यक्रमहरूका बारेमा कार्यकर्ताहरू र जनतालाई जानकारी दिलाउन र जनताका धारणाहरू पार्टीको नेतृत्व वर्गले थाहा पाउने प्रयोजनका लागि कांग्रेसले विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। त्यही सन्दर्भमा म गोरखा जिल्लामा खटिएको छु। यसपटक म गोरखा जिल्लाबाहेक आफ्नो जिल्लाका गाउ147–गाउ147सम्म पुगें। सबै साथीहरूलाई मैले कुरा राखंे। अहिलेको सन्दर्भमा जनताका धारणा र भावनालाई मैले गम्भीरतापूर्वक अध्ययन गरें। सात दल र माओवादीको सहमति र संविधानसभाबारे आफनो धारणा जनतालाई भन्ने र जनताको धारणा बुझ्ने काम गरें। ग्रामीण भेगको राजनीतिक अवस्था कस्तो रहेछ? ग्रामीण भेगका मानिसहरू प्रजातन्त्रप्रति पूर्ण रूपमा प्रतिबद्ध छन। आफना अधिकारप्रति पहिलेभन्दा बढी सचेत र जुझारु छन्। अधिकारविहीन ह147ुदाको अवस्था कस्तो ह147ुदो रहेछ भन्ने कुरा उनीहरूले राम्ररी वुझेका छन्। ग्रामीण भेगका मानिसहरू जबसम्म देशमा भयमुक्त वातावरण सिर्जना हु147दैन, तबसम्म राज्यका संरचनाहरूमा आफ्नो सहभागिता हुन सहज नहुने बताउ147छन्। देशमा भयमुक्त वातावरणको स्थापना नै उनीहरूको पहिलो माग रहेको छ। देशमा अब फेरि हिंसा हु147दैन भन्ने कुराको ग्यारेन्टी उनीहरूले हामीबाट खोजिरहेका छन्। निर्भिक भएर आफूले रोजेको पार्टीलाई भोट दिन पाइन्छ भन्नेमा उनीहरू शंका व्यक्त गर्छन्। उनीहरूको आशंकालाई मैले केही हदसम्म हटाउने प्रयास गरें। मैले कार्यकर्तालाई ऐतिहासिक जनआन्दोलनको भावनाअनुसार नै सरकार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरें। म गएको ह147ुदा उनीहरूमा अलिकति उत्साह भने थियो तर भरोसा भने अझै उनीहरूले गर्न सकिरहेका छैनन्। माओवादीको व्यवहार तथा कार्यशैलीचाहिं कति परिवर्तन भएको छ? माओवादीको व्यवहार ठाउ147अनुसार फरक छ। अहिले तनह147ुमा खासै नराम्रो पाइन147। गोरखामा भने केही समस्या पाए147। मैले माओवादीका स्थानीय नेताहरूस147ग यस विषयमा कुरा गर्न गोरखा जिल्लाको सभापतिलाई भनेको छु। ठाउ147–ठाउ147मा माओवादीले तगारो बनाएर कर लिइरहेका छन्। तनह147ुमा हामीले शान्ति अभियानअन्तर्गतका विभिन्न गाउ147मा गएर कार्यक्रमहरू गरिरहेका छौं। पहिलाजस्तो जनतालाई तर्साउने र भयभित बनाउने कार्य अहिले त्यहा147 भएको छैन। कार्यकताहरूलाई तपाईंले के भन्नु भयो? मैले उनीहरूलाई भनंे– हाम्रो देशमा हाम्रा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको लामो प्रयासपछि शान्ति स्थापना भएको छ। माओवादी र सात दलका वीचमा भएको १२ वु147दे सहमति, आठ बु147दे सहमति र सरकार र माओवादीका वीचमा भएको शान्ति संझौता तथा अन्तरिम संविधानका वारेमा सरकार र माओवादीवीच भएको समहमतिको यो परिणाम हो। यी सहमतिहरूमा संविधानसभाको निर्वाचनलाई प्राथमिकता दिइएको छ। यसमा हतियारको व्यवस्थापन, अन्तरिम संविधान लागु गर्ने र माओवादीसमेतको सहभागितामा अन्तरिम सरकारको गठन गर्ने कुरा मह140वपूर्ण रूपमा लिइएको छ। यी सवै कुराहरू एकअर्काका परिपूरक छन्। यिनमा एउटा कुरा अहिले गरांै अरू पछि गरांैला भनेर हु147दैन। सवैको ल73य देशमा भयरहित वातावरणमा निष्पक्ष संविधानसभाको निर्वाचन गर्नु हो। देशले कस्तो किसिमको राज्य प्रणाली अपनाउने भन्ने कुराको निर्धारण संविधानसभाले गर्दछ। यो अधिकार अव कुनै राजनैतिक दलको नभईकन संविधानसभाको हो। आठै दलले यो अधिकार संविधानसभालाई दिइसकेको ह147ुदा अव पार्टी वा कुनै दलका कुनै नेताको भनाइले खासै मह140व राख्दैन। आठ दलले शान्ति संझौतामा संविधानसभाको पहिलो बैठकको साधारण वहुमतले राजतन्त्रका सम्बन्धमा निर्णय गर्ने भनेका छन्। हुन पनि देशमा कस्तो किसिमको शासन प्रणाली कायम गर्ने भन्ने कुरा जनताको हो। त्यसैले त्यसको निर्धारण पनि जनताका प्रतिनिधिले नै गर्दछन्। यस्ता विषयमा कुनै पार्टीको निर्णयभन्दा संविधानसभाको निर्णय मह140वपूर्ण र अन्तिम हुन्छ। अहिलेको प्राथमिक काम संविधानसभाको निर्वाचन स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु हो। चुनावका लागि भयमुक्त वातावरण निर्माण गर्नु पर्छ। शान्ति संझौतापछि माओवादीले हिंसा छाडेका छन् र उनीहरू अन्तरिम सरकारमा सामेल हुने तयारीमा छन्। कांग्रेसको संन्दर्भमा कुरा गर्दा नेपाली कांग्रेस जनताको पार्टी हो, त्यसैले यसले सधैं जनताको पक्षमा निर्णय गर्छ। नेपाली कांग्रेसले लोकतन्त्र र प्रजातन्त्रको पक्षमा निर्णय गर्छ। के गर्दा लोकतन्त्र दीर्घजीवी हुन्छ, कांग्रेसले त्यही निर्णय गर्छ। १२ बु147देदेखि अहिलेसम्म सबै सहमतिहरू आपसी समझदारीअनुसार हु147दै आएका छन्। भोलि संविधानसभाको निर्वाचनपछाडि पनि देशका यावत् समस्याहरूका सम्बन्धमा निर्णय गर्दा पनि सहमतिको आवश्यकता हुन्छ। अहिले त गिरिजाबाबुले जे भन्नुहुन्छ, कांग्रेसको धारणा त्यही हो। निर्वाचन पछि संविधानसभाले गर्ने निर्णयलाई कांग्रेसले मान्छ। संविधानसभामा जा147दा राजतन्त्रका सम्बन्धमा त स्पष्ट भएर जानु पर्‍यो नि? सबै पार्टीहरूका वीच यस अघि भएको सहमति र संझौताहरू नेपाली कांग्रेसको पनि सहमति हो। हाम्रो प्रतिवद्धता अहिलेसम्मका सहमति, संझौता तथा संविधानसभाको निर्वाचनप्रति हो। हाम्रो चिन्ता अहिले राजाको बारेमा छैन, बरू जनताका हक अधिकारहरूप्रति छ। हाम्रो चिन्ता अहिले नेपाली जनतालाई कुन स्थानमा राख्ने भन्नेमा छ। कसरी जनतालाई वास्तविक रूपमा सार्वभौभ सत्ता सम्पन्न वनाउन सकिन्छ भन्नेमा छ। जनतालाई सा147च्चिकै सार्वभौम बनाउन कांग्रेस लागिरहेको छ। नेपाली कांग्रेस जनताको भावनाअनुसार अगाडि बढ्छ। अहिले जनताका माझमा धेरै कुराहरू उठेका छन्। हामीले समावेशी लोकतन्त्रको कुरा गरेका छांै। विगतमा धेरै मानिसहरूले राज्यको निर्णय गर्ने प्रकृयामा आफ्नो सहभागिता महसुस गरेनन्। आज तरार्इंमा आन्दोलन भइरहेको छ। हामीले कसरी तरार्इंवासीहरूलाई राज्यको निर्णय प्रकृयामा सहभागी गराउन सकिन्छ भनेर विश्वास दिलाउन सकिएन भने तरार्इंको समस्या समाधान हुन सक्दैन। राज्यको स्रोत वितरणमा पक्षपात हु147दैन भनेर उनीहरूलाई विश्वास दिलाउनु पर्दछ। त्यसरी नै जनजातिहरूको समस्या छ। आदिवासीहरू, महिलाहरूको समस्या छ। कसरी उनीहरूलाई राज्यले आफ्नो निर्णय गर्ने कुरामा सहभागी गराउन सक्दछ भन्ने कुरा आजको टड्कारो आवश्यकता हो। राज्यको निर्णय गर्ने प्रकृयामा र स्रोत वितरणमा क्षेत्रीय सन्तुलन जरूरी छ। विगतमा त्यो हुन सकेन। अव संविधान निर्माण गर्दा ती सवै कुराहरू समावेश हुनु पर्दछ। यिनै विषयमा जनताले फेरि आन्दोलन गर्ने परिस्थिति रहिरहनु हु147दैन। त्यसैले सवै दलको सहमतिको अभ्यास सुरु भएको छ। यी सवै विषयमा एक दलको विचार मात्र निर्णयक ह147ुदैन। सवैको सहमतिवाट राज्यका यी समस्याहरूको निर्णय गर्नु पर्दछ। अहिलेसम्म नेपाली कांग्रेसले 145सेरेमोनियल किङ146 मानिरहेको छ, त्यही भन्न खोज्नुभएको हो? मैले भन्न खोजेको कुरा के हो भने सात राजनैतिक दलको मार्गचित्र भनेको निरंकुश राजतन्त्रको अन्त, प्रतिनिधिसभाको पुनर्स्थापना, सर्वदलीय सरकार र संविधानसभाको निर्वाचन हो। यही आधारमा सात दल र मावोवादीका वीचमा पनि १२ वु147दे सहमति भयो र आन्दोलन चरम उत्कर्षमा पुग्यो। २०६३ साल वैशाख ११ गतेको आन्दोलनको कार्यक्रम सारा जनताहरू रिङरोडवरिपरि घुम्ने र १२ गते सवै आन्दोलनकारीहरू चारैतिरवाट सहर छिर्ने कार्यक्रम थियो। सहरको चारैतिरवाट दसांै लाख मानिसहरू सहर छिरेको भए परिणाम के हुन्थ्यो सहजै अनुमान गर्न सकिन्छ। ११ गते राजावाट सात दलको मार्गचित्र र जनआन्दोलनको भावनाप्रति प्रतिवद्धता व्यक्त भयो। राजाको त्यो घोषणालाई सातै दलले सहमति जनाएको होइन र? माओवादीको पनि सात दलको निर्णयप्रति सहमति थिएन र? सवै दलहरूले त्यसैलाई आफ्नो विजय मानेर सहर छिर्ने कार्यक्रम स्थगित गरिएको होइन र? सात दलका सातैजना नेताहरू रिङरोडका विभिन्न ठाउ147मा जनतालाई बधाई दिने कार्यक्रम राखेर किन त्यस दिन आन्दोलनकारीहरूलाई सहर छिर्नवाट रोकियो त? के यसको कुनै अर्थ छैन? अवश्य पनि छ। प्रतिनिधिसभाको २०६३ साल जेष्ठ ४ गतेको घोषणामा राजासम्वन्धी निर्णय सर्वसम्मतिमा भएको होइन र? राजगद्धी उत्तराधिकारी ऐन संसदले बनाएको होइन र? सात दल र माओवादीका वीचमा भएको शान्ति–सम्झौता सवैको होइन र? त्यो दिन किन कसैले संझौताको कुरा छोडांै भनेर भाषणमा पनि गणतन्त्रको उच्चारण गरेनन् त? त्यसको केही कारण होला। यसवाट अहिले हामी मात्र सवै कुरा गर्न सक्दा रहेनछांै। शान्ति वहालीको लागि सबैलाई वोलाउनु परेको छ। प्रजातन्त्रको सीमाना ह147ुदैन भनेर हामीले वारम्वार भनेका छांै। लोकतन्त्रको स्थापनाको लागि हामीले विश्व समुदायलाई गुहार गर्यौं। सवैको सहयोग पनि भयो। अहिले शान्ति स्थापनामा उनीहरूको कुनै भूमिका हु147दैन र? त्यसैले सात दलका नेताहरूको समझदारी र संझौताहरूमा संयमित भाषाहरू लेखिएका होलान्। संविधानसभाको निर्वाचनपछि पनि कुनै एउटा दलको निर्णयबाट संविधानको निर्माण हुन सक्दैन। सवै दलको सहमतिवाट हाम्रो देशमा कस्तो किसिमको राज्य प्रणाली अपनाउने भन्ने कुराहरू सहमतिको आधारमा निर्धारण हुनेछ। आठ दलका शीर्षस्थ नेताहरूको विश्वासमा हामीले यत्रो आन्दोलन गरेको हौं। अव वहा147हरूले जनताको भावनाअनुसार काम गर्नु हुन्छ भनेर विश्वास गर्नु पर्दछ। कुनै दल विशेषले भाषणमा आफ्ना कार्यकर्तालाई दिएको टिप्सको आधारमा कांग्रेसको आलाचना गर्नु राम्रो ह147ुदैन। नेपाली कांग्रेसको ११ औं महाधिवेशनले निरंकुश राजतन्त्रको अन्त्य भनी निर्णय गरेको छ। सात पार्टीको मार्गचित्रमा पनि निरंकुश राजतन्त्रको अन्त्य भनिएको छ। सात राजनीतिक दल र नेपाली कांग्रेसले अर्को निर्णय गरेका छैनन्। आठ दलले राजतन्त्रको वारेमा संविधानसभाको पहिलो वैठकमा निर्णय गर्ने भनेका छन्। संविधानसभाको निर्वाचनमा सवै दलहरू आफ्नोआफ्ना मुद्धा लिएर जनतासमक्ष जाने छन्। सवै अनिर्णित मुद्धाहरूमा संविधानसभाको वैठकले निर्णय गर्नेछ। सवैले संविधानसभाको निर्णयलाई पर्खनु पर्दैन र? अहिलेसम्मको राजनैतिक परिस्थितिको विष्लेषण गर्ने हो भने कुनै पनि मुलुुकको राजनीति सदा परिवर्तनमुखी हुन्छ। राज्य परिवर्तनका दुई सिद्धान्त हुन्छन्– विकासवादी सिद्धान्त र क्रान्तिकारी सिद्धान्त । हामीहरूले नेपालमा राजनैतिक परिवर्तनलाई दुवै सिद्धान्तको मिश्रित परिणामको रूपमा लिएका छौं जस्तो लाग्दछ। त्यसैले अलिकति अन्योल भएको हो। म यति मात्र भन्न सक्दछु, नेपाली कांग्रेस आजसम्म भएका सहमति र संझौतारूमा पुर्णतया प्रतिवद्ध छ। नेपाली कांग्रेसमा गणतन्त्रको आवाज उठेको छ नि? उठेको छ। ११ औं महाअघिवेशनमा नै नरहरि आचार्यजीले गणतन्त्रको नारा दिएर सभापति पदमा उठ्दा १४७० मा १६४ मत ल्याउनु भएकै हो। आखिर कांग्रेसभित्र त्यतिका मानिसहरू त गणतन्त्रको पक्षधर रहेन छन् नि। तर नेपाली कांग्रेसको कुनै पनि निर्णय गर्ने मह140वपूर्ण निकाय महाधिवेशन हो। अहिलेसम्म हामीले गिरिजाबाबुको धारणालाई मान्दै आएका छौं किनभने उहा147ले राजनैतिक जीवनका विभिन्न समयमा लिनुभएका निर्णयहरू गलत सावित भएका छैनन्। प्रतिनिधिसभाको पुनर्स्थापना कसैले हु147दैन भनेका थिए तर भयो। माओवादीस147ग वार्ता हु147दैन भनेका थिए। माओवादीलाई वहा147लेे वार्तामा ल्याउनुभयो। गिरिजाप्रसाद कोइरालाले बोल्दै आएका कुराहरू अहिलेसम्म पुग्दै आएका छन्। अहिलेको राजनीतिलाई पनि वहा147ले सही दिशा दिनु हुन्छ। वहा147कोे निर्णय जनता र लोकतन्त्रको पक्षमा हुन्छ। त्यसैले वहा147ले सबै विषयहरूमा सही निर्णय लिनु हुन्छ। गिरिजाप्रसादको धारणालाई साकार बनाउनु नै अहिले हाम्रो पहिलो दायित्व हो। गिरिजाप्रसादले जे बोल्यो त्यही हुन्छ भन्नुको अर्थ पार्टीमा आन्तरिक प्रजातन्त्र छैन, होइन त? हामीकहा147 पर्याप्त मात्रामा आन्तरिक प्रजातन्त्र छ। पार्टीका हरेक बैठकहरूमा नेता र कार्यकर्ताले आफ्ना धारणाहरू राख्न पाउ147छन्। त्यसबाट कसैलाई पनि बञ्चित गरिएको छैन। फरक प्रस्ताव प्रस्तुत गर्न सकिन्छ। ५० प्रतिशत केन्द्रीय सदस्यहरू निर्वाचनबाट आउ147छन्, अहिलेसम्म अल्पमत र बहुमतमा निर्णय भएको छैन। अहिलेसम्म पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले लिनुभएको बाटो सही सावित भएको छ। गिरिजाबाबुले एउटा विचार वैठककमा व्यक्त गर्नु हुन्छ। वैठकमा त्यसमाथि छलफल हुन्छ। वैठकपछि वैठकको भावना बुझेर प्रस्ताव लेखिन्छ। प्रायः प्रस्ताव रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, महेश आचार्य, रामशरण महत, कृष्णप्रसाद सिटौलाले मस्यौदा गर्दछन्। मस्यौदा अरू सदस्यको भावना बुझेर गरिने ह147ुदा त्यसमा सवैको सहमति हुन्छ। कांग्रेसको कुनै प्रस्तावको निर्णयमा प्रायः नोट अफ डिसेन्ट लेखेको थाहा छैन। पार्टीमा आन्तरिक प्रजातन्त्र नभएर नै कांग्रेस विभाजन भएको होइन? त्यो कारणले पार्टी विभाजन भएको होइन। एउटा परिस्थिति आयो जसका कारण केही साथीहरूमा असन्तुष्टि आयो। साथीहरूले असन्तुष्टिलाई प्रमाणित गर्र्न केही कुराहरू भन्नु भयो होला। बहुदलीय प्रजातन्त्रमा बहुमतको निर्णय सर्वसम्मत हुन्छ। शेरबहादुरले संकटकाल लगाउने प्रस्ताव ल्याउ147दा त्यसको विरोधमा केही स्वरहरू आए। झगडाको कारण संकटकाल लगाउने वा नलगाउने विषयमा थियो। पार्टी विभाजन आन्तरिक प्रजातन्त्रको अभावले भएको थिएन। त्यो इतिहास भइसकेको छ। त्यति वेला संकटकाल लगाउनु पर्दछ भनेर नोट अफ डिसेन्ट लेख्ने व्यक्ति नै अहिले पार्टीको मह140वपु4र्8ा पदाधिकारी भएका छन्। विगतमा पार्टीभित्र भएको सवै कुरा हामीले विर्सिसकेका छौं। अव त्यो कुरा कोट्याउनुको कुनै अर्थ छैन। अहिले हामी सवै अब कांग्रेसलाई कसरी एक गराउने भनेर लागिरहेका छांै। पछिल्लोपटक पार्टी एकीकरणमा चर्चा बढी काम थोरै भयो नि? अहिलेको अवस्थामा कांग्रेस एक नहुने हो भने लोकतन्त्रलाई बचाउन सकि147दैन भन्ने मेरो धारणा हो। त्यसैले एकताका सम्बन्धमा साथीहरूस147ग कुराकानी भइरहेको छ। देशभरका कार्यकर्ताहरू कांग्रेस एकताको पक्षमा रहेका छन्। दुई कांग्रेस एकताको पक्षमा रहेका छन्। दुई कांग्रेस एकताका लागि कुनै शर्त व्यवधान बन्नु हुन्न। गिरिजाबाबु र शेरबहादुर दुवैजनाले छिट्टै एकता हुन्छ भन्नु भएकाले अब कांग्रेस एक हुनेमा कार्यकर्ता ढुक्क छन्। एकताका लागि प्रजातान्त्रिकको तर्फबाट कुनै शर्त आएको छ? अहिलेसम्म कुनै शर्त आएको मलाई थाहा छैन र आउनु पनि हुन्न। एकता कहिलेसम्म होला? एकता सकेसम्म चा147डो हुनु पर्छ। जस्तो म गाउ147 जा147दा प्रजातान्त्रिक कांग्रेसका सम्बन्धमा मैले के भन्ने? त्यसैगरी प्रजातान्त्रिक कांग्रेसका साथीहरू गाउ147मा गएर हामीबारे के भन्ने? कार्यकर्तालाई यस्तो समस्यामा राख्नु हु147दैन। सकेसम्म चा147डै पार्टी एकता हुनु वर्तमान समयको माग हो। म त्यसैको पक्षमा छु। प्रसंग बदलौं, निर्धारित समयमा संविधानसभाको निर्वाचन गर्न सकिन्छ? प्रधानमन्त्री गिरिजावावुले बारम्बार संविधानसभाको निर्वाचन निर्धारित समयमा नै गर्छु भन्नुभएको छ। निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनु मह140वपूर्ण कुरा हो। जनताले भयरहित वातावरणमा भोट हाल्न पाउनु पर्छ। त्यसैले अहिले पनि जनताको मनबाट भय हटेको छैन। यसैले आठ पार्टीको प्रतिवद्धता पूरा गर्न सबैभन्दा पहिला आठवटै पार्टीले जनतालाई आह्वान गर्नु पर्छ। तपाईंहरूले स्वतन्त्र र निर्भिक वातावरणमा आफूलाई मन लागको व्यक्तिलाई भोट हाल्न पाउनु हुन्छ अनि मात्र जनताको मनवाट भय हटाउन सकिन्छ। निर्वाचनमा जनता नै सहभागी भएनन् भने त्यस्तो निर्वाचनको कुनै अर्थ रह147दैन। त्यसैले आठै दलका नेताहरू त्यसमा सचेत हुनु पर्दछ। संविधानसभा निर्वाचन सम्पन्न गर्न कांग्रेसले कस्तो भूमिका खेल्नु पर्छ? अहिले नेपाली कांग्रेसको भूमिकामा परिवर्तन आएको छ। अहिले कांग्रेसको ल73य संविधानसभाको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराई जनआन्दोलनको भावना र आन्दोलनवाट प्राप्त भएको जनताको अधिकारलाई संविधानमा लिपिवद्ध गराई गिरिजावावुले भनेजस्तै फेरि जनताले आन्दोलन गर्न नपर्ने अवस्था सृजना गर्नु हो। त्यसको लागि अरूले कांग्रेसलाई जे सुकै भनून् कांग्रेस संविधानसभाको निर्वाचनसम्म एउटा पक्ष वन्नु ह147ुदैन। कांग्रेसले निष्पक्ष र मध्यस्थताको भूमिका निर्वाह गर्नु पर्दछ। अहिलेको आवश्यकता भनेको पार्र्टीको स्वार्थभन्दा नेपालको स्वार्थ ठूलो हो, जनताको स्वार्थ ठूलो हो भन्ने कुरालाई मह140व दिनु पर्दछ। त्यो भूमिकालाई कांग्रेसले वुझ्न सक्यो भने मात्र कांग्रेसले आफ्नो का147धमा आएको जिममेवारीलाई पूरा गर्न सक्दछ। कांग्रेसलाई अरू दलहरूले आलोचना गरिरहेका छन्। अहिले अरू दलहरूस147गको सम्बन्ध कस्तो छ? अहिले अरू दलले कांग्रेसलाई जे भनेर आलोचना गरे पनि कांग्रेसको सवै दलह रू स147ग सम्बन्ध राम्रै देखिन्छ। विगत १२ वर्षमा हामीहरू एउटाले अर्को दललाई कमजोर वनाएर आफू वलियो वन्ने अभ्यासमा लाग्यौं। परिणाम हामी सवै कमजोर भयौं। यसवाट हामीले सिकेको पाठ के हो भने अरूलाई खरावभन्दा हामी सवै खराब छांै भन्ने जनतामा प्रभाव पर्दोरहेछ। त्यसैले अव हामीले नकारात्मक राजनीति गर्न छोड्नु पर्दछ। अरूको विपक्षमा भन्दा हामीले आफ्नो पक्षमा जनताका माझमा जान थाल्यौं भने वैमनष्य कम ह147ुदै जान्छ र सहमतिको वातावरण सृजना हुन्छ। त्यसैले अव अरूले जेसुकै गरून् सवैलाई जनताले चिनेकै छन्। कांग्रेसले अव जनताका माझमा सकारात्मक कुराहरू लिएर जानु पर्दछ। यसो गरेमा मात्र जनआन्दोलनवाट प्राप्त भएको अधिकारको रक्षा गर्न सकिन्छ। तपार्इंको अरू केही भन्नु छ कि? विगतका गल्तीहरूवाट पाठ सिक्दै देशमा राजनैतिक सहमतिको वातावरण सृजना गर्दै सवै राजनैतिक दलहरू अगाडि वढेमा मात्र देशले भोग्नु परेका समग्र समस्याको निकास निकाल्न सकिन्छ। यो नै द्वन्द्व समाप्त गरी देशमा स्थायी शान्ति कायम गर्ने स्थायी उपाय हो। सवैको का147धमा आएको अहिलेको जिम्मेवारी पनि यही हो।