वि.सं. २००६ सालमा तनहूँ जिल्लाको रुपाकोट गा.वि.स. खाल्टे गाँउमा जन्मनु भएका श्री गोविन्दराज जोशीले एम.ए., बी.एल. र बी.एड गर्नु भएको छ । आफ्नो छात्र जीवन २०२१ साल देखि नै श्री जोशी राजनीतितर्फ आकृष्ट हुनुहुन्थ्यो । वी.पी. कोइरालालाई आफ्नो आदर्श पुरुष मान्ने श्री जोशी २०२३ सालमा स्वतन्त्र विद्यार्थी युनियन, कलेज अफ एजुकेसन र ग48डकी छात्र समिति काठमा48डौंका सभापति हुनुहुन्थ्यो । श्री जोशी २०२६ सालमा तरुणदल तनहूँका सदस्य, २०३३ सालमा नेपाली कांग्रेस तनहूँका सचिव र २०३६ सालमा बहुदल प्रचार समिति तनहूँका सचिव, २०४४ सालमा नेपाली कांग्रेस तनहूँका उपसभापति हुनुभई २०५४ सालमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुभयो । यसैगरी श्री जोशी २०५७ सालमा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । नेपाली काँग्रेस केन्द्रिय सदस्य (वि.सं.२०५४ र २०५७) भैसक्नु भएका जोशीले पार्टीमा सह–महामन्त्रीको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ। उहाँले हाल वि.पि नगर सानेपा ललितपुर स्थित नेपाली काँग्रेसको भवन निर्माण गर्दा सक्रीय रुपमा संयेाजक भई कार्य गर्नु भएको थियो। हाल उहाँ नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको सदस्य पदमा हुनुहुन्छ । शिक्षकका रुपमा आफ्नो पेशा सुरु गर्नुभएका श्री जोशी त्रिभुवन हाईस्कूल तनहूँका संस्थापक, शिव मा.वि. रिसिङका प्रधानाध्यापक तथा आदिकवि भानुभक्त बहुमुखी क्याम्पस दमौलीका संस्थापक पनि हुनुभयो । उक्त क्याम्पसमा २ वर्ष प्राध्यापक गर्नु भयो । कानूनका विद्यार्थी रहनुभएका उहाँ बार एसोसिएसन तथा एम्नेष्टी इन्टरनेसनलसँग पनि सम्बद्ध हुनुहुन्थ्यो र उहाँले १२ वर्ष वकालत गर्नु भएको थियो । नेपाल बिद्यार्थी संघको स्थापनामा २०२७ सालमा जेल पर्नु भएको श्री जोशी, प्रजातन्त्रको पुनस्थापनाका लागी नेपाली कांग्रेसद्धारा सञ्चालन गरिएको आन्दोलनमा संलग्न भई पटक पटक गरी ३18 बर्ष जेल जिवन बिताउनु भएको थियो । वि.सं. २०४८, २०५१ र २०५६ सालमा भएको आम–निर्वाचनमा तनहूँ जिल्लाबाट प्रतिनिधि सभाका सदस्यका रुपमा निर्वाचित श्री गोविन्दराज जोशी नेपाली कांग्रेसको संसदीय दलका सदस्य–सचिव पनि रहनुभयो । २०४८ सालमा प्रतिनिधि सभामा नेपाली कांग्रेसको प्रमुख सचेतक हुनुभएका श्री जोशी २०४८–२०५१ सम्म शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्री, २०५२ देखि २०५३ सम्म शिक्षामन्त्री, २०५५ मा गृहमन्त्री २०५५ सालमा गृह र सामान्य प्रशासन मन्त्री, २०५६ मा जलश्रोत मन्त्री र २०५७ सालमा पुनः गृहमन्त्री, त्यस पछि स्थानीय विकास मन्त्री तथा २०५८ सालमा संस्कृति, पर्यटन तथा नगारिक उडड्यन मन्त्री पनि हुनु भयो । श्री गोविन्दराज जोशीले विभिन्न परिषद्को अध्यक्ष हुनुका साथै युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग र शिक्षा सुधार आयोगका अध्यक्षको रुपमा समेत सेवा गर्नुभएको छ । भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, थाइल्या48ड, मलेसिया, हङकङ, संयुक्त अरव ईमिरेट, सिंगापुर, अस्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, डेनमार्क, स्वीट्जरल्या48ड, बेलायत, अमेरिका, जापान र क्यानाडा आदि मुलुकको भ्रमण गरिसक्नु भएका श्री गोविन्दराज जोशीले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सभा, सम्मेलन र गोष्ठीहरुमा भाग लिनुका साथै नेपाली प्रतिनिधिम48डलको नेतृत्व गरिसक्नुभएको छ । यसको अतिरिक्त पर्खर वक्ताको रुपमा चिनीने तथा काँग्रेस भित्र स्पस्ट धार भएको नेता श्री जोशीले २०५९ आश्वीन १८ गतेको प्रतिगमन विरुद्ध लगातार रुपमा आन्दोलनमा भाग लिदै आउनु भएको थियो। यसरी १९ माघ २०६१ पछि राजाको कदम विरुद्ध शशक्त पाइला चाल्न उहाँले कांग्रेसको तर्फबाट आन्दोलनको धोषणा गर्नु भएको थियो। तत्कालिन पाँच पार्टी बिचको गठवन्धनको अवधारणा डिजाइन गर्नु भएका श्री जाशी मावोवादी संग दिल्लीमा गएर औपचारकि वार्ताको सुरुवात पनि गर्नु भइको थियो। कांग्रेस पार्टी विभाजनको वेला वहाले गर्नु भएको भुमिका , पार्टि कार्यालय निर्माण गर्दा वहाले गर्नु भएको योगदानको सवैले आज पनि प्रसंसा गर्दछन। २०४६ सालको प्रजातन्त्र पछिका ३ वटै संसदीय निर्वाचनमा उहाँले तनहुँ जिल्लाबाट लगातार रुपमा प्रतिनिधित्व गर्नु भएको छ। उहाँलाई नेपाली काँग्रेसको भाबी नेतृत्वको रुपमा समेत चित्रण गरिन्छ। प्रसतुत छ ,शिक्षा, गृह, सामान्य प्रसासन, जलस्रोत, स्थानिय विकास एवं पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत भैसक्नु भएका स्पष्टवक्ता जोशीसंग गरिएको कुराकानी। ) तपाईको सक्रिय राजनीतिक जीवन शिक्षकबाट शुरु भएको होइन र? –विद्यार्थी जीवन देखि नै म राजनीतिमा लागेको हुँ।२०१८ सालमा जव मेरो पिताजी पदमराज जाशीलार्य तत्कालीन सरकारले जेलमा राख्यो तव मेरो मानसपटलमा सकृय राजनितिको हावा वहन थाल्यो। त्यसोत २०१८ सालमानै जव म काठमा48डौको अहिलेकनो भानु मा।वी त्यतिखेरको दरबार हाई स्कुलमा अध्ययन गर्दथे त्याहाको विद्यार्थि युनियनको कार्यसमितिको सदस्य पनि थिएँ । पिताजीलाई कांग्रेसको हैसियतमा गृहप्तार भइ पछि मेरो कृयासिलता कांग्रेको गतिबिधिमा ब८णे। वि.सं. २०२१ साल देखि २०२७ सम्मको विद्यार्थी आन्दोलनमा म पटक पटक जेल परेको छु।२०२७ सालमा ने वी संघको स्थापनाको आन्दोलनमा पनि म जेल गएको थिया। वि.पी.ले गाउँमै गएर काम गर्ने सल्लाह दिए अनुसार म गाउँ गए। तनहुँको त्रिभुवन माध्यामिक विद्यालय स्थापना गरी त्यहाँ ६ वर्ष सस्थापक र स्वयंसेवक प्रधानाध्यापक भएर काम गरे। त्यति बेला मैले घरको सम्पत्तीले स्कूल चलाएँ। ६ वर्ष त्यहा निशुल्क अध्यापन गरे। तनहुँकै आदिकवि भानुभक्त बहुमुखी क्याम्पसको म सस्थापक प्राध्यापक हुँ। त्यो कलेजमा मैले निशुल्क २ वर्ष निशुल्क अध्यापन गरे। १२ वर्ष तनहुमा रहेर वकालत गरे कयैां प्रजातन्त्र प्रेमी जनताको अदालतमा निशुल्क वकालत पनि गरँे जसको कारण अहिले पनि थुप्रै प्रजातन्त्र प्रेमीहरुको मप्रतिको सम्मान सदा छ। नेपाली काँग्रेसको राजनीतिमा आवद्ध भए वापत पटक पटक गरी साढे तीन वर्ष जेल जीवन विताएको छु। २०४६ सालको जनआन्दोलनमा प्रजातन्त्रको स्थापना भएकै दिन मजेज बाट रिहाई भएको थिया। यसरी पंचायतकालमा मैले तनहुुमा रहेर कांग्रेसको संगठन बिस्तार गर्ने र कांग्रेसको अगुवाई पार्टिका कार्यक्रमहरु संचालन गर्ने अभिभारा म माथि थियो। यसरी म राजनितिमा सकृय थियँ। अख्तियारका कारण तपाई धेरै चर्चामा आउनु भयो नि? –२०५९ साल आश्वीन १८ को घटना पछि नियोजित रुपमा नै छानी छानी नेपाली कांग्रेससंग आवद्ध पार्टि सभापति गिरिजा प्रसाद कोईराला लगाएत ४० जना राजनीतिक व्यक्तिहरुलाई नैतिक, राजनीतिक र कानुनी रुपमा खतम गर्न भ्रष्टाचरको आरोप लगाएर त्यसको पुष्टि गर्न खोजियो। पछि मेरो बिरुद्ध राजनीतिक पूर्वाग्रह राख्ने, व्यक्तिगत बदला लिन खोज्ने र आफ्नै पार्टी भित्रैका कतिपय राजनीतिक प्रतिद्धन्दीहरु यो षडयन्त्रमा सामेल भई मेरो राजनैतिक चरित्र हत्या गर्नमा साथ दिए होलान । अख्तियारका कुनै व्यक्तिको षडयन्त्रका कारण मेरो राजनीतिक जीवनलाई नै धरासायी बनाउन खोजिएको थियो तर अन्तत मेरो नैतिक, राजनीतिक र कानुनी जित भयो। विना आधार अख्तियारले भ्रष्टाचार आरोप लगायो भन्ने आरोप तपाइको छ, आधार विना नै अख्तियारले त्यसो गर्न सक्छ र? –विना आधार नै अख्तियारले म माथि त्यस्तो आरोप लगाएको कुरा अदालतको फैसलाबाट पुष्टि भैसकेको छ। म ९ वर्ष मन्त्री हुदा नौवटा मन्त्रालयमा काम गर्दा कुनैन कुनैन निर्णयत अनियमित भयोे भन्न सक्नु पर्ने। मैले गरेको सबैकाम नियमित हुने , अनि मैले भ्रष्टाचार गरेको भनेर मुद्धा दायर गर्न मिल्दछ। म गृह मन्त्री हुदा अन्तराष्ट्रिय बिमानस्थलको तस्करी रोकँे , के त्यहि हो भ्रष्टाचार , म जलश्रोत मन्त्री हुदा , म स्थानिय बिकाश , पर्यटन मन्त्री हुदा कतै अनियमितता गरीन। वरु टे48डर गर्दा माफियाहरुलाई मिलेमतो गरेर काम गर्न दिईन। म जलश्रोत मन्त्री हुदा तत्कालिन अख्तियारका प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले एउटा बिधेयकको मस्यौदा गर्न २ करोड धन्नै खाएको। मैले थाहा पाएँ र रोकेँ। के त्यहि हो भ्रष्टाचार। मेरो मुद्धामा विशेष अदालतवाट सफाई दिएपछि सूर्यनाथ उपाध्यायले विविसी नेपाली सेवा संगको अन्तरवार्तामा भनेछन की “जोशी जी संग मेरो पुरानो उद्धेश्य थियो म त्यसमा सफल भएँ मेरो काम राजनैतिक चरित्र विगार्नु थियो देश भरी फैलाइ हालेँ अव भ्रष्टाचार भयो भएन भन्ने काम मेरो हैन अदालतले जे भन्छ त्यही ठिक होला।” भनेरप्रतिक्रिा दिए रे। यसरी सबै तस्करहरु, माफियाहरु म संग रिसाए। अनि खुव लेखाए। अनि त्यसैलाई भष्टाचार मान्ने? त्यसैले मैले अििख्तयार दुरुपयोग अनुसन्धान आयोगमा चुनौति दिदै वयान गरीन। किन भने म संग नैतिक शाहस थियो। आखिर मेरो नैतिक, कानुनी, र राजनैतिक विजय भयो। तपाईमाथि अख्तियारले लगाएको आरोपका कारण तपाईको छवीमा आँच आएको महसुस गर्नुहुन्छ ? – म हिजो जन्मिएर आज ठालु बनेको चैते नेता होइन। २०२५ सालमा नै लमजुंमा शिक्षालय खोलेर स्वयंमसेवा गरेको मान्छे हु। त्यतिबेला पढाएको तलब लिने त कुरै छाड्नोस्, उल्टै घरबाट पैसा हालेर शिक्षालयको खर्च चलाएको हु। समाजमा मैले गरेको सेवा र राजनीतिमा मैले बगाएको पसिनालाई कदर गरेर नै जनताले मलाई तीन/तीन पटक चुनाव जिताएर सांसद बनाएका हुन्। जनता त बेकुफ छैनन् नि मैले गलत काम गरेको भए, जनभावनामा ठेस पुर्‍याएको भए उनीहरूले मलाई हरेक पटक चुनाव जिताउने थिएनन्। तर मैले राजनीति गरेको, जनताले मलाई साथ दिएको सबैलाई मन परेन होला। त्यसैले असोज १८ मा शाही घोषणा गरी संसद् विघटन भएपछि ममाथि मुद्धा चलाइयो। हाम्रा आदरणीय सभापति गिरिजाप्रसाद कोइराला समेत ४० जनामाथि मुद्दा लगाइयो। हामी प्रजातन्त्रका लागि लड्ने मान्छेलाई सखाप पार्न खोज्ने तवहरूलाई असोज १८ ले निकै उत्साहित गराएको थियो। मौकामा चौका हान्न उनीहरूले हामीमाथि मुद्दा लगाएका हुन्। त्यो मुद्दालाई अदालतले आधारहीन ठहर्‍याईदिएको छ, त्यसैले मेरो नैतिक बिजय भएको छ। स्वभाविक हो, गोविन्दराज जोशीले न्याय पाएको कुरा सबैलाई चित्त बुझ्दैन। चित्त नबुझ्नेहरूले विरोध गर्नु ठीकै हो। यो त उनीहरूको अधिकारको कुरा हो। मैले यसमा चित्त दुखाउनुपर्ने कारण केही छैन। म हिजो पनि सकृय थिया , आज पनि छु र भोलि पनि रहनेछु। त्यसकारण मैले त्यस्तो कुने महसुस गरेको छैछ। वरु चार चार वर्ष सम्म बिनाकारण मलाई दुख दिनेहरुलाई आज छटपटाहट भएको हुन सक्दछ। यसको उदारहणको रुपमा काँग्रेसकै एकजना वरिष्ट नेताले जनमोर्चाले आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा विशेष अदालतको निर्णय वाट आफुँ असन्तुष्ट भएको अभिव्यक्ति दिए। उहाँाका ति अभिव्यक्तीहरु राजधानीवाट प्रकासित हुने एउटा दैनिक पत्रिकाले प्रकासित गर्यो। यसवाट मलाई मुद्धा लगाउनु अघि अख्तियार प्रमुख र उहँाको मिलिमतो थियो भन्ने आसंका लाई पनि पुष्टी गरेको छ। स्वभाविक हो, गोविन्दराज जोशीले न्याय पाएको कुरा सबैलाई चित्त बुझ्ेन होला । अख्तियारले कुनै प्रमाण विना नै दोषी बनाउन खोजेको तपाइले पटक पटक भन्नु भएको छ। अख्तितयार तपाईप्रति लगाएको आरोपको बारेमा अझै बढी बताइदिनु हुन्छ कि? –हो, मेरा बिरुद्ध किर्ते उजुरी दिईएको रहेछ। पछि उजुर वालालेनै उजुरीको हस्ताक्षर किर्तेहो मेरो होईन भनेर बिशेष आदालतमा लेखि दिएका छन। उनिले पत्रकारकरुको सामन्ने यो उजुरी जोशीजीका राजनैतिक प्रतिस्पर्धिहरुले किर्ते सहि गरेर दिएका हुन भनेर भनेका छन। यसरी यो षडयन्त्रहो भन्ने कुरा स्पष्ट हुन्छ। जहा सम्म मुद्धाको कुरा छ त्यस बारेमा म तपाईलाई एउटा कुरा भन्छु। मलाई लगाईएको मुद्धाको प्रकृति कस्तो छ भने तपाईलाई मैले अदालतमा मलाई मार्नु भयो भनेर उजुरी दियँ। म हिडि राखेको छु। मरेको मान्छे त हिडन सक्दैन। उजुरी परी सक्यो। मुद्धा दायर भई सक्यो। अव अदालतले मारेको हो कि होईन भनेर मुद्धा हेर्ने कि न हेर्ने। जव मानिस हिडि राखेको छ । मजिउदै छु भन्दछ भने र हेर्दा जिउर्द देखिन्छ भने त्यस्तो मानिस मारेको भनेर अदालतमा मुद्धा दाएर हुन सक्दैन भन्ने आधारमा मेरो मुद्धाको निर्णय भएको छ। मुद्धा दाएर गर्ने बेलामा म सार्बजनि पदमा थियईन। मलाई लगाईएको कानुन त्यतिखेर नवनि पछि वनेको रहेछ। तपाई बाटोमा हिड्दै हुनुुहुन्छ। प्रहरीले च्याप्प समात्यो र ज्यानमारा भनेर अदालतमा पेश गर्‍यो भने सुरुमै तपाई ज्यानमारा हो कि होइन भनेर अदालतले शोधखोज गर्दैन, पहिले त कानुनी प्रक्रिया हेर्छ। गल्लीको दादाले मुद्दा मिलाउने जस्तो त होइन नि अदालत भनेको। उसले त निश्चित प्रक्रिया पुगेपछि पुर्पक्ष सुरु गर्छ। तर गोविन्दराज जोशीले भ्रष्टाचार गरेकै हो भनेर ठोकुवा गर्ने अख्तियारले किन प्रक्रिया समेत पुर्‍याएन त? उनीहरू अब गोविन्दराजलाई १३ वर्ष जेल हालियो भन्दै हिंडेका थिए, उनीहरूको माग त्यही थियो। ‘रुल अफ ल’ त स्वीकार्नुपर्‍यो नि। कानुन पनि मान्दीन, अदालत पनि मान्दैन, मैले जे भने त्यही ठूलो कुरा हो भन्ने हो भने त त्यस्ता सित कसैको पनि केही लाग्दैन। यो देशमा कानुनका ज्ञाताहरू छन्, उनीहरूले भनुन्– नेपालको कुननमा के भ्रषचारको मुद्धामा १३ वर्ष सजाय हुन्ो कानुन छ। हुदै नभएको कानुनलाई आधार बनाएर कसैलाई दोषी सावित गर्न सकिन्छ? अख्तियारको मनसाय हल्ला गर्ने र मलाई वदनाम गर्ने मात्र थियो। म सांसद भए पछि अख्िितयार दुरुपयोग अनुसन्धान आयोगको रिपार्टेमा मैले मेरो पैतृक सम्पत्ति ११७ रोपनि जग्गा विकृ गरे। मैले एक टुक्रा जग्गा किनेको छैन। मैरो १२ वर्षको अवधिमा सुबिधाको गाडि बाहेक अरु केहि खरिद गरेको छैन। मैले वारंबार चुनौति दिएको छु। संसार भरी मेरो कुनै पनि गैर कानूनी सम्पत्ति पत्ता लगाएमा म सार्वजनिक पदबाट सदाको लागी बिदा लिन्छु भनेर। मानिसलाई दुख दिन त्यसै हावामा मुद्धा लगाउने? त्यसैले कानुन , आधार केहि नभईकन वदनाम गर्न मात्र मुद्धा दायर भयो। चार वर्ष मैले दुख पायँ। यो कुरा त स्वं सुर्यनाथले पनि स्वीकारेका छन। आखिर सत्यत सत्यनै हुदो रहेछ। बिशेष अदालतको फैसलाले सत्य कुरा प्रमाण्ति गरेको छ। म तपाईलाई अर्को कुरा पनि भन्छु, मैले भ्रष्टाचार गरेको थिया भने त त्यसका प्रमाण चाहिदैन बन्नुपर्थ्यो नि? म नौं वर्ष मन्त्री भए। नौं वटा मन्त्रालयको जिम्मेवारी लिए। सयौं निर्णय गरे। ती सयौं निर्णय मध्ये मैले कहिं कतै गल्ती गरेको भए फलानो काममा फलानो मितिमा यो काम गरेर गोविन्दराज जोशीले भ्रष्टाचार गरेको हो भनेर किटान गर्न सकिन्छ नि। मलाई आरोप लगाउन खोज्नेहरुले आरोप प्रमाण्ति गर्नु पर्ने थिएनत। अदालतले सत्य तथ्य खोज्छ, तथ्य नजुटेपछि मलाई सफाइ दिनु स्वभाविकै हो। राजनीति सधै जनतामा आधारित हु्न्छ। अदालतले सफाइ दिएपनि सर्वसाधारण तपाईको पक्षमा छैनन भनिन्छ, यो सत्य हो? –होइन, जनता भनेको को? ममाथि षडयन्त्रमुलक ढंगले मुद्दा लगाईदा अख्तियारमा दिनदिनै मेरो पक्षमा नारा जुलुश जनताले गरेका होइनन र? मैले रहिाई फाउदा दिपावली गर्ने जनता चाहि जनता हाईनन र तीन पटक मलाई चुनाव जिताउने जनता होइनन्? मेरो राजनीतिको कदर गर्नेहरूलाई जनता नमान्ने हो भने जनताले त्यसको प्रतिवाद गर्नेछन्। होइन भने म जनताबाट पटक–पटक अनुमोदित भएर आएको मान्छे हो। आगामी निर्वाचनले समेत त्यो कुराको पुनपुष्टि गर्नेछ। षडयन्त्रकारीहरूले षडयन्त्र गर्दैमा म विचलित हुन्न। प्रजातन्त्र र जनताको अधिकारप्रतिको मेरो प्रतिबद्धता र संघर्षशीलतालाई निस्तेज पार्न खोज्नेहरूलाई जनताले नै जवाफ दिनेछन्। तपाईलाई किन पार्टी भित्र र बाहिरबाट ‘राजनीतिक आक्रमण’ गरिन्छ? –होइन, कुनै पनि मनशायले चलाइएको अभियान होस्, योजना बनाउने मान्छे सिमित हु्न्छन्, त्यसमा समाहित हुने मान्छे अलिक धेरै हुन्छन्। त्यसैले केही मान्छेलाई मेरो चरित्रहत्या गर्दा फाएदा हुने कुरा सोचे होलान। हाम्रो देशमा एउटा कहावत छ एउटाको जरो नउखेले अर्कोकोृ औषधि हुदैन रे। त्यसोत मैले मुद्धा जिते पछि पनि हाम्रै पाटिैका केहि मानिसहरुलाई निन्दा लागेको छैन भन्दछन । कतिपय मानिसहरुलार्य भाडामा पनि बिरोध गर्न लगाइृएको छ। अरु कतिपय मान्छे नजानेरै प्रयोगमा आएका होलान्। एउटा कुरा के हो भने मन्त्री भएको बेला कतिपय साथीहरूका भाहना अनुसार काम गर्न सकिन मैले। साथीहरूले व्यक्तिगत फाइदाका लागि धेरै काम लिएर आएका थिए, मैले सहयोग गर्न सकिन।एक जना मानिसले नया सडकको जुद्धबारुण यन्त्र दिनु परयो। म धेरै फएदा दिन्छ ु भनेको थियो। मैले मानिन र त्यसलाई गृहमन्त्रालयको नाममा दर्ता गरी दिए। त्य दिन बाट हरेक अडकमा मेरो बिरोध नगरेको दिनै हुदैन उसको पत्रिकामा। त्यस्तोमा मेरेा के लाग्दछ। पदमा भएको बेला हामीलाई सहयोग नगर्नेलाई अहिले मौका पाएको बेला लखेट्नै पर्छ भनेर कतिपय साथीहरू लागिपरेका छन्। मैले पहिले नै भनेको हु। अख्तियारको कार्बाही पूर्वाग्रही छ, राजनीतिक भावनाले प्रेरित छ र गैरकानुनी छ। त्यसैले अख्तियारले जति जोड गरेपनि मैले त्यहा बयान नै दिइन्। गैरकानुनी कार्बाहीलाई मैले सघाउने कुरै भएन। म तीन महिना सिंहदरबारको थानामा बस्दा पनि एक लाइनको बयान दिए राहत दिने आश्वासन दिइएको थियो। तर मैले वयान गरीन। अदालतले मलाई न्याय दिएको छ। तपाईले जनता र कार्यकर्ता साथमा छन त भन्नुभयो, तर आफ्नै पार्टीको महाधिवेशनमा पराजित हुनुभयो नि? –गोविन्दराज जोशी पार्टीमा कमजोर भयो भन्ने भ्रम तपाई पाल्दै नपाल्नुस्। जनविश्वास गुमाएको भए, नेताहरूले नपत्याएको भए, कार्यकताहरुले बिश्वास नगरेको भए र राजनीतिमा कमजोर भएको भए यति विघ्न विरोध हुदैनथ्यो। म अहिले राजनीतिको केन्द्रमै छु, पार्टीमा मेरो हैसियत उस्तै छ, जनतामा मप्रतिको विश्वास उस्तै छ। राजनीतिमा उत्रिएपछि त विरोध सहनैपर्छ, यो सब जानेरै म राजनीतिमा लागेको हु। विरोध त मेरो लागि ऊर्जा हो। त्यही उर्जाका कारण म राजनीतिमा अझ शक्तिका साथ खट्न तयार छु। पार्टी महाधिवेशनको कुरा गर्नुहुन्छ भने प्राविधिक रूपले मैले हारेको हु। म त्यतिबेला पार्टीको सह–महामन्त्रीको नाताले महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीमा जुटेको थिए। निरंकुश शासनले महाधिवेशन गर्न पनि बाधा पुर्‍याइरहेको थियो। कहिले बानेश्वर त कहिले ललितपुरमा महाधिवेशन गर्ने सोच आइरहेको थियो। पछि पार्टी कार्यालयमा गर्ने निर्णय भयो। यसरी म पार्टीको जिम्मेवारीमा खटिएको थिए, तर अन्य साथीहरू भने प्रतिनिधिहरूबीच जान र मत माग्न समय पाउनुभयो। मैले पर्याप्त समय पाइन, महाधिवेशनबाट पराजित भए । यो नै मेरो पहिलो अथवा अन्तिम परीक्षा होइन। यस्ता धेरै परीक्षामा सफल हुदै आएको छु, भविश्यमा पनि हुनेछु। साथि भाई हरुको माया ममता र बिश्वास ममाथि जस्ताको तस्तैछ। यत्रो ठूलो जन आन्दोलनमा तपाईको भूभिका के रह्यो? –माघ १९ को शाही घोषणापछि अधिकांश नेताहरू थुनिएका थिए, भुमिगत भएका थिए। गिरिजाबाबु पनि नजरबन्दमा हुनुहुन्थ्यो। म दमौलिबाट रिहाई भएर आए पछि काठमा48डौमा पर्टिको गतिबिधि अलपत्र थियो म त्यतिखेर पाटिृको सहमहामनत्री थिया। उहा नजरबन्दमै भएको बेला पनि काग्रेसले फागुन ७ देखि आन्दोलनमा जाने भनेर शंखघोष गर्‍यो। आह्वान त गिरिजाबाबुको नामबाट आयो, त्यो स्वाभाविक पनि हो। तर त्यसको योजना बनाउने र विज्ञप्ति जारी गर्ने त मै हु नि। तपाईले गिरिजाबाबुलाई सोधे पनि हुन्छ। पछि सात पार्टी आन्दोलनमा होमिए, सुरुमा पाच पार्टीबीच कार्यगत एकता गराउने काम पनि मैले नै गरेको हु, यो कुरा गिरिजाबाबु र माधव नेपालजीलाई सोधे थाहा हु्न्छ। त्यस्तै, माओवादीसगको वार्ता र सहमति अहिले विकसित हुदैं गएको छ। माओवादीसग सम्वाद र सहमति कायम नगरी राजनीति अघि बढ्दैन भन्ने ठहर गरेर गिरिजाबाबु र चक्र बास्तोला नया दिल्ली पुगेर माओवादी नेतृत्वसग कुराकानि गरे पछि उनिहरु संगको अनौपचारिक वार्ता गर्नुभयो, त्यो अनौपचारिक कुराकानीलाई आधिकारिक रूपमा अघि बढाउन म र डा. शेखर कोइराला भारत गएका थियौ, त्यही बिन्दुबाट कुराकानी अघि बढेको हो। यो कुरा गिरिजाबाबु अथवा प्रच48डलाई सोधे हुन्छ। माध १९ गते पछिको आन्देलनमा पनि म सकृय थिया। प्रहरीले गृहप्तार गर्दा म पटक पटक गृहप्तार भया। निर्णयक आन्दोलनमा म सुरक्षा कानुन अन्तरगत गृहप्तार भएर प्रहरी पहरा गणमा राखिएको थिाया। म कृयासिल भएको कस्ले खेख्यो कसले देखेन त्यो अलग कुराहो। आन्दोलनमा म ललितपुर खटिएको थियँ। त्यहि मैले जिम्मेवरीका साथ कर्तव्य निर्भाह गरेको हु। त्यहि बाट म गृहप्तार पनि भया। आन्दोलनमा लागेको भनेर भाग खोज्दै हिड्नुपर्छ भने अर्कै कुरा हो, होइन भने राजनीतिक विकासक्रममा मैले महत्वपूर्ण भुमिका खेलेको छु, म आफ्नो भुमिकाबाट सन्तुष्ट छु। यी सबै कुरा सर्वसाधारणलाई थाहा नहुन पनि सक्छ। तपाईले के त्यस्तो काम गर्नु भएको छ जसले गर्दा सर्वसाधारणले तपाईको योगदानलाई संझन सकुन? मैले आफनै वारेमा भननु उचित पत्यार लाएक पनि हुदैन। शिक्षा मन्त्री हुदा मलेै निर्माण गरेका नितिहरु आज पनि सामईक छा। दस जोड दई , प्रबिधिक तथा व्यवशाईक शिक्षा सम्वन्धमा मलेैसंचालन गरेका कार्यक्रमहरु , बहु बिश्वबिद्यालयको स्थापना , बिश्व बिद्यालय अनुदान आयोगको व्यबस्था , प्रस्ताबित माध्यमिक बिदालयको स्थाइृ स्विकृति , आदि र म बि भिन्न मन्त्रालयमा रहदा मेले गरेका कामहरुको मुल्यड.कन नेपाली जनतालेनै गर्ने छन। म पर्टिको सहमाहामनत्रहिरदाको अवस्था र अहिलेको पाटिको तुलना कांग्रेसका कार्यकताहरुले गरी रहेका छन। जे होस हिले पनि मै जनताको माया पर्इि रहेको छु मेरै कामका कारण जनताले मलाई माया गरेका हुन भन्ने मैले बिश्वस लिएको छु। अव अरु केहि भन्नु छ कि? मेरा बिचारहरु र वास्तबिकता नेपाली जनता समक्ष लगि दिनु भएकोमा तपाईलाई धेरै धेरै धन्याबाद छ।