शान्तिप्रीय मुलुक नेपाल अहिले हिंसा, हत्या र आतंकको चपेटामा परकेा छ। देशमा अहिले विकास निर्माण मात्र ठप्प भएको होइन धेरै नेपालीहरुले ज्यान गुमाइसकेका छन। अरबौंको सम्पत्ति क्षत विक्षत भऐको छ। अन्जान दिदी वहिनीहरुले आफ्नो सिंउदोको सिन्दुर पुछनु परेको छ। हजारौं वाल वच्चाहरु आज टुहुरा वनेका छन। आफ्ना अवोध वालवालीकाहरुको लालन पालन गर्न नसक्ने अवस्था गाऊँमा सिर्जना भए पछि कयौं नेपाली दाजुभाईहरु विदेशीन वाध्य भएका छन। वहुदलीय व्यवस्थ्ाा आय यता सानो संख्यामा निर्माण हुन थालेका विकासका संरचनाहरु यात ध्वस्त पारिएका छन , या त खाली भएर रहेका छन। वामेसर्दै अगाडी वढेको नेपालको अर्थव्यवस्था पुन दु्रत गतिले पछाडी सर्दै छ । शिक्षण संस्थाहरुको पटक पटक वन्दले सम्पन्न परिवारका अधिकांस वालच्चाहरु विदेशी विद्यालयमा पढन बाध्य र उत्प्रेरित भएका छन भने असहाय मानिसहरु मात्र नेपालमा शिक्षा दिलाउन बाध्य भएका छन। द्धन्दको स्थिति दिनपर दिन बडदै गएको छ। देशका राजनैतिक शक्तिहरुका बिचमा सहमतिको वातावरण बन्नुको साटोमा भिडन्तको स्थिति अझ बडदै गएको आभाष भई राखेको छ। नेपालको वर्तमान अवस्थाको यो अत्यन्त पिडादायक पक्ष हो। यो अबस्थाबाट देशलाई मुक्त गराउन देशका जिम्मेवार राजनैतिक शक्तीहरुको महत्वपु4र्8ा भुमिका रहन्छ। रानैतिक शक्तिहरुका बिचको समझदारी वाट निस्कने कुनै पनि परिणामले राष्ट्रलाई अहिलेको द्धन्दवाट मुक्ति दिलाउन सक्दछ। यतातिर देशका जिम्मेवार राजनैतिक शक्तीहरुको ध्यान नगएको देखिन्छ। बिगत केहि बर्ष देखि मावोबादी जनयुद्धको नाममा संचालन भएको आन्दोलनले देशमा अस्त व्यस्तता सृजना भएको छ। माओवादी समस्या यो देशको जटिल समस्या हेा भन्नेकुरा हामिले मान्नु पर्दछ। मावोबादी समस्याका कारण बिगतमा कुनै पनि तहको निर्बाचन हुन सकेन। माओवादीहरुले विगत केहि वर्ष देखि संचालन गर्दे आएको जनयुद्धको निराकरण नगरीकन देशमा शान्ति कायम हुन नसक्ने अबस्था छदैछ। देशका प्रमुख शक्तिहरु मध्ये संसदबादी दलहरु अर्को एउटा शक्ति हो। ससदबादीहरु पनि आज सडक आन्दोलनमा छन। सडक आन्दोलन कहा गएर टुङ्गिने हो अझै निस्कर्स निकाल्न सकिने अबस्था देखिदै्रन। अहिले मेल मिलापको प्रसंग धेरै उठेको छ। मेल मिलापको लागी राटि48 अन्तराष्टिय दवाव पनि दिन पर दिन बडदो छ। मेल मिलापको कुरामा सबैको बिचमा सैद्धान्तिक मेल देखिदैन। को संग कस्को मेल हुन किन आबश्यक छ भन्ने बिषयमा सबै शक्तीहरुको स्पस्ट धारणा आउन सकिरहेको छैन। सवै राजनैतिक शक्तिहरुको उद्धेश्य र कार्यनिती स्पस्ट नहुदा अन्यौलताले देशलाई अझै पछाडी लैजान्छ। यो अन्यौलतालाई समाप्त गर्न राजनैतिक शक्तिहरुको विचमा केा कसका विरुद्ध किन लडने के उदेश्य प्राप्तीका लागि लडने को कस सित किन मिल्ने भन्ने यथार्थ जन समक्ष आउन पनि त्उत्तिकै आबस्यकता भएको छ। यो अवस्थालाई निराकरण पार्न नेपालका सवै संसदवादी शक्तिहरु ०४६ सालको जन आन्दोलनको उपलव्धी , नेपाल अधिराज्यको संविधान, २०४७ लाई क्रियासिल र मजवुद पार्न सके समस्याको समाधानको बाटोमा अधि बडन सकिन्छ। नेपाली काँग्रेसले अहिले समस्या समाधानको लािग संसदको पुर्नस्थापना गरी संसदको माध्यमवाट २०४६ सालमा स्थापित जनताको सार्वभौमिकतालाई मजवुद वनाउदै संविधान ,संसद र सरकारलाई वलियो वनाउदै आफनो पार्टी देशले भोग्नु परेको बर्तमान राजनितिक समस्या समाधानको लागी संबिधान सभा सम्म पुग्ने आफ्नो प्रस्तावित मश्यौदालाई सार्वजनिक गरि सकेको छ। नेपाली कांग्रेसका बारेमा मानिसले जे सोचे पनि संसदको पुनस्थापना गर्दा समस्याको छलफल गर्ने थलोको निमार्ण हुन्छ भनेर संसदको पुनस्थापनामा जोड दिएको हो। नेपाली काँग्रेसलको मुलुकलाई प्रतिनिधि विहिन असंवैधानिक शासनवाट मुक्त गराउदै अवरुद्ध भएको प्रजातान्त्रिक एवं विकास प्रक्रियालाई गतिशील वनाउन र संसदका माध्यमले विद्यमान हिंसात्मक द्वन्दलाई व्यवस्थापन गर्दै स्थायी शान्ति स्थापित गर्न तथा मुलुकलाई राजनीतिक, आर्थिक, सामाजिक र स्ांास्कृतिक अग्रगमन तर्फ लैजान विघटित प्रतिनिधिसभाको पुनर्स्थापन गरिनुपर्छ भन्ने शुरु देखिको अडानमा अहिले राष्ट्रका सवै प्रजातान्त्रिक शक्तिहरु एकमत भएका छन। काँग्रेस अहिले पनि स्पस्ट पार्न चाहान्छ कि प्रधानमन्त्री वन्नु वा सरकारमा सामेल हुने कुरा यसकोलागी गौण वनेको छ। सरकारमा जानु अघि सरकारमा किन जाने र सरकारमा गएर के उद्धेश्य प्राप्त गर्ने भन्ने कुरामा स्पस्ट हुनपर्दछ। जुन कारणले बिगतमा निर्बाचन हुन सकेन त्यो कारण बिद्यमान रहदा सम्म फेरी निर्बाचन हुन सक्दछ भनेर कांग्रेसले बिस्वास गर्ने आधारहरु फेला परेको छैन। त्यसैले कांग्रेसले अहिले नेपाली कांग्रेसले स्थानिय तहको नगरपालीकाको निर्बाचनलार्य बहिस्कार गर्नेे धोषणा गरेको हो। संसदवादीहरुलाई दुवै थरीले एकातिर आफ्ना आफ्ना पक्षमा उभिन आव्हान गरेका छन भने अर्कोतिर दुबै पक्षको निसाना पनि संसदबादीहरु बनेका छन। को कसका पक्षमा उभिने किन कसका विरुद्ध उभिने भन्ने कुराको निश्कर्षमा नपुग्दा उनीहरुसवै भन्दा असजिलो स्थानमा पर्नेछन। अहिले घोषणा भएको नगरपालिकाको निर्बाचनले अझ द्धन्दको स्थिति पैदा हुदैछ। एकातिर सात राजनैतिक दलहरु निर्बाचनको सकृय बहिस्कारको आव्हान गरीरहेका छन। अर्कोतिर सरकार जसरी पनि निर्बाचन गराउने घोषणा गरीरहेको छ। यसरी प्रमुख मुद्धामा कुनै दिलचस्पि नदेखाई तपसिलका कुराहरुमा भिड48तको स्थिति श्रीजना गर्नु बुद्धीमता पुर्ण मान्न सकिदैन। यद्यपी यो निर्बाचनमा कुन कुन दलको के भुमिकाहुने भन्ने अझै स्पष्ट छैन। निर्बाचन भनेको मतदाताहरुले आफनो अभिमत निर्भीक भएर आफना प्रतिनिधिहरुको छनोट गर्ने हो। त्यसको लागी राजनैतिक दलहरको उमेदवारहरु निर्भक भएर मतदाता समक्ष पुग्न सकने र मतदाताहरुले निर्भिक भएर आफनो मताधिकार प्रयोग गर्न सक्ने वातावरणको श्रजना हुनु पर्दछ। अहिले मतदाता निर्भिक भएर आफनो उमेदवारलाई मत दिन सक्ने र राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु निर्भिक भएर जनता समक्ष जान सक्ने अबस्था बिद्यमान छैन। यसतो अबस्थामा गरीने निर्बाचनको कुनै अर्थ रहदैन। त्यसकारण अहिले धोषणा भएको नगरपालीकाको निर्बाचनले द्धन्धको स्थितिलाई कम होईन अरु जटिल बनाएको छ। अहिले नेपालमा बिदेशीहरुको अत्यन्त दिलचस्पी बडेको देखिन्छ। बिदेशी नियोगहरुको समय समयमा आउने बक्तव्यहरु पनि त्यत्तिकै महत्वपुर्ण छन। हामिले हाम्रो समस्या आफै समाधान गर्न सक्दैनौ भन्न्ेा आभास दिए पछि यस्तो हुनु स्वाभाबिक हो। यसको अर्को महत्वपुण पक्ष पनि केहो भने प्रजातन्त्र नहुदा राष्ट्रियता कति कमजोर हुदो रहेछ। यसको यो उदाहरण हो। देशले भोग्नु परेका समस्याको समाधानको लागि यो देशका सवै राजनैतिक शक्तिहरु एकै ठाऊँमा उभिएर समस्या समाधान गर्न सकिएमा हाम्रै नाक ठाडो हुनेछ। त्यो गर्नै लक्षण अहिले समम देखा परेको छैन। यस्तै अन्यौलको परिस्थीतको विकास हुदै गयो भने मानवियताकै नाममा भए पनि विदेशी शक्तिहरुवाट गरीने प्रयासलाई हामीले नकार्न सक्ने अबस्था हुदैन। हामी संग अर्को वाटो देखा नपरेपछि चुपचाप स्वीकार गर्नु पर्ने हुन्छ। यो अत्यन्त गम्भिर बिषय हो। नेपाल जस्तो सानो मुलुकमा कुन कुन शक्तिहरु केन्द्रहरुको विच काहँा काहाँ के के भई राखेको छ भन्ने कुरा वुझन कठिन हुदैन। त्यसकारण अव राष्ट्रिय समस्याको पहिचान गरी समाधान गर्ने पद्धतीको निर्माण गर्न सकियो भने मात्र राष्ट्रिय सहमति निर्माण गर्दा वर्तमानको द्धन्दको अवस्थालाई कम गराउँदछ। अहिलेको गतिविधी हेर्दा राष्ट्रका सवै शक्तिहरु द्धन्धको प्रतिस्पर्धामा उत्रिएको अनुभव भएको छ। यो अवस्थावाट राष्ट्रलाई मुक्ति गराउनु सवैको जिम्मेवारी हो। अन्तमा आज हामिहरु अत्यन्त जटिल मोडमा उभिएका छौ। राजनैतिक द्धन्द दिन प्रतिदिन बडदैछ। यसको निराकरण को कुनै उपाय देखिएको छैन। जनता असाहाय अबस्थामा देखिन्छन। उनीहरुलाई गलत सुचनाको प्रबाह गरीएको छ। उनिहरु सहि सुचना पाउन सक्ने अबस्थामा छैनन। राजनैतिक नेतृत्व उनीहरुको साथमा सिधै सम्पर्क हुन सकिराखेको छैन। जनतालाई जब सम्म आफुले बिश्वास गरेका मानिसहरुको सिधा सम्पर्क हुदैन तब सम्म यो अबस्थाको सृजना भईरहन्छ। त्यसैले सबै भन्दा पहिले राजनैतिक दलहरु गाउमा जान सक्ने अबस्थाको श्रृजना हुन जरुरी छ। अहिल केहि समयका लागि भए पनि दलहरु गाउमा जान सकेका छन। मावोवादीहरुको नितिमा परीबर्तन हुना साथ फेरी रानैतिकदलहरु सदरमुकाममै सिमितरहनु पर्ने अबस्था न आउला भन्न सकिदैन। गाउमा जान सक्ने भरोसापुर्ण अबस्था अहिले छैन। त्यसकारण अब देशमा छिटफुट समस्याको निराकरण गरेर जनतालाई प्रजातन्त्रको प्रत्याभुति दिन सकिदैन। त्यसैले राष्ट्रले भोग्नु परेको समस्याको निराकरणका लागी देशका जिम्मेवार राजनैतिक शक्तीहरुको बिचमा हुने समझदारीबाट निस्कने परीणामनै समस्या समाधानको एक मात्र उपाय हो ।