नेपालमा राजतन्त्रको भविष्यका वारेमा गरिएका निकै पुर्वानुमानहरु विच यही भाद्र चौध गतेवाट हुन लागेको नेपाली कांग्रेसको एघारौं महाधिवेशन प्रति गरिएका अपेक्षाहरुलाई स्पष्ट गर्न जरुरी छ। आसन्न महाधिवेशनले नेपाली कांग्रेस र कांग्रेस प्रति लगाइएका लाञ्छनाहरु तथा यसको भावि दिशाका सम्वन्धमा आएका जिज्ञासाहरुलाई शान्त पार्नेछ। केही सयम अघि थोरै ब्यक्तिहरुको पलायन पश्चात हुन लागेको नेपाली कांग्रेसको यस पटकको महाधिवेशनले पार्टीमा विचलन आएको भन्नेहरुलाई पनि वलियो झापड दिने छ। २००७ सालको क्रान्ति र त्यस पश्चात कांग्रेसले आफ्नो सैदान्तिक आधार प्रजातन्त्र र संवैधानिक राजतन्त्रलाई वनाउदै आएको र यही आधारमा कांग्रेसले दर्वारलाई वलियो वनाउने काम गरिरह्यो तर विडम्वना सो समय देखि नै दर्वारले नेपाली कांग्रेसलाई सकारात्मक रुपमा लिन सकेको आभास छैन। कांग्रेस सधै संवैधानिक राजतन्त्रलाई वलियो वनाउने भन्ने दिशामा जाने तर दर्वारले त्यसलाई सहज रुपमा नलिएकै कारण नेपालमा प्रजातन्त्रले वलियो जग वसाल्न सकेकोे छैन्। नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सामान्य नागरिकहरु दर्वारलाई यसको पाठ सिकाउन चाहान्छन् र दिन प्रति दिन पार्टीमा राजतन्त्र वारेमा विचार गर्न अनेकौं किसिमका दवावहरु आइरहेका छन्। आफ्ना लाखौ कार्यकर्ताहरुको ग48तन्त्रवादी विचारलाई केही समय स्थगन गराएर अझै पनि पार्टीले दर्वारलाई प्रजातन्त्र र संवैधानिक राजतन्त्र प्रतिको कटिवद्धता प्रमाणित गर्न समय दिएको छ। अवको एक्काइसौं शताब्दीमा पनि पार्टीले आफ्ना कार्यकर्ताहरुको विचारलाई आत्मसात नगर्ने होभने पार्टी निकै पछाडि पुग्ने छदैछ तर पनि नेपाली कांग्रेसले कार्यकर्ताहरुको विचारको वावजुद् पनि दर्वारलाई प्रजातन्त्र प्रति सुध्रने मैाका दिएको छ। यसलाई सकारात्मक रुपमा लिएर दर्वारले नेपाली कांग्रेस प्रति अक्षुण भाव राख्न हुदैन। यही सन्दर्भमा नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रको वारेमा पुर्नविचार ग्यो भने त्यो सवैभन्दा वढी दर्वारलाई हानिकारक हुन जानेछ, दर्वारले यसलाई वेलैमा सोच्नु पर्दछ। प्रजातन्त्र स्थापना पश्चात मुलुकका सवै शक्तिहरु नेपाली कांग्रेसलाई तहसनहस पार्ने दाउमा रहे। प्रत्यक्ष अप्रत्यक्ष रुपमा उनीहरुको ध्येय जहिले पनि नेपाली कांग्रेसलाई फुटाउन केन्द्रित थियो र सो शक्ति २०५८ सालमा केही मात्रामा नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई पलायन गराउन सफल भयो। कांग्रेस पार्टीलाई फुटाउने उनीहरुको दाउ त सफल भएन तर केही कार्यकर्ताहरुको पलायनलाई पार्टी अन्तर कलहको मुद्दा वनाएर नेपालमा प्रजातन्त्र अफापसिद्ध वनाउने प्रयत्न सो शक्तिको रह्यो र यसैलाई आधार वनाएर सो समय पश्चात देशमा सवै किसिमले प्रजातन्त्रको नाम निशान मेटाउने काम भइरहेको छ। पार्टीमा अन्तरकलह स्थापना गर्न सकेमा नेपालमा प्रजातन्त्र कमजोर हुन्छ भन्ने आधारमा हरतरह नेपाली कांग्रेसमाथि आक्रामक प्रहार भईरह्यो। नेपालमा स्थापित अन्य राजनैतिक दलहरुलाई कमजोर वनाएर नेपालको प्रजातन्त्रलाई अफाप सिद्ध गर्न सकिदैन भन्ने तर्कको आधारमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, सद्भावना लगायतका दलहरु पटक पटक फुट्दा पनि यसलाई असफल प्रमाणित गर्न नसकेकाले उनीहरुको प्रहार सधै कांग्रसमाथि नै हुन गएको हो। नेपाली कांग्रेस जहिले पनि प्रजातान्त्रिक मुल्य र मान्यतामा आधारित शासन प्रणालीको स्थापनामा कटिवद्ध थियो र अहिले पनि छ। पंचायती शासनकालमा नेपाली कांग्रेसका अग्रज नेता विश्वेश्वरप्रसाद कोइरालाले यही एक्काईसौ शताब्दीको पुस्ताहरुको जनमतलाई प्रतिनिधीत्व हुनेगरि मुलुकमा शासन ब्यवस्था स्थापना गर्नका लागि थुप्रै किसिमका सैद्धान्तिक निर्णयहरु गर्नु भएको थियो। यसैको लागि उहाँले २०३३ सालमा मेलमिलापको नीति अवलम्वन गर्नु भयो भने राजाद्धारा घोषित जनमत संग्रहमा सहभागिता जनाई सो को अप्रत्याशित नतिजालाई समेत स्वीकार गर्नु भएको थियो। प्रजातन्त्रलाई अफाप सिद्ध गर्न खोज्ने तत्वले कांग्रेसको यही आर्दशलाई सधै तारो वनाएर प्रहार गरिरह्यो र कांग्रेसलाई सहज वाटोमा हिड्न दिन काम समेत भएको छैन्। प्रजातन्त्रलाई नरुचाउनेहरुको संसर्गवाट नेपाली कांग्रेसमा विचलन आयो भनिएतापनि अहिलेसम्म कांग्रेसमा कुनै किसिमको सैद्धान्तिक विचलन आएको छैन वरु नेपाली कांग्रेस अहिले अझ मजवुद् वनिसकेको छ। नेपाली कांग्रेसवाट केही साथीहरु छुट्टिएर गएतापनि यसले पार्टीको संगठनात्मक संरचनामा कुनै फरक पारेको छैन। त्यो विचलनमा त पार्टी भित्र रहेका कमजोर आत्मवल र सैद्धान्तिक स्थिरता नभएकाहरु परेका थिए जसको पार्टीमा कुनै भुमिका थिएन। वरु नेपाली कांग्रेसलाई कमजोर वनाउन खोज्नेहरुको प्रयत्न थियो सो पलायन। कांग्रेसलाई तहसनहस पार्न खोज्नेहरु नै कमजोर भएर कांग्रेसमा रहेका केही ब्यक्तिको साथमा नयाँ दल गठनको स्वाँग रचिएको हो र यसैलाई उपलब्धी मान्नेहरुले कांग्रेस कमजोर भएको मनगढन्ते हल्लाहरु समेत फिजाईदिएका हुन्। अहिले नेपाली कांग्रेस पहिले भन्दा निकै संगठित भईसकेको छ। गाँउ गाँउम नेपाली कांग्रेसका साथीहरुले आफुलाई साहसका साथ प्रस्तुत गर्न सकेका छन्। गाँउ स्तरवाटै पार्टीमा यस्तै तत्वहरुले हालिमुहाली गरेका हुनाले अहिले नेपाली कांग्रेस र प्रजातन्त्र प्रति कटिवद्धता देखाउने साथीहरु संगठन विस्तारमा लाग्न पाएका छन्। यसैको परिणाम स्वरुप वर्तमान अवस्थामा पनि नेपाली कांग्रेसले आफ्नो एघारैा महाधिवेशन सम्पन्न गर्दैछ। र यो महाधिवेशनले पार्टीमा अझ मजवुद् सांगठनिक वातावरण तयार गर्नेमा कुनै दुईमत छैन। पार्टीको यो सांगठानिक निमार्ण पुर्ण प्रजातन्त्र तर्फ उन्मुख हुनेछ। नेपाली कांग्रेसको संगठनको कुरा गर्दा आफ्ना भातृ संघसंस्थाहरुको पनि संगठनको कुरा आउछ। पछिल्लो समयमा आएर नेपाली कांग्रेसका अधिकांश भातृसंघ संस्थाहरु अझ मजवुद् र सांगठानिक हुदै गएका छन्। तरुण दल, नेवि संघ, महिला संघ लगायतमा वेला वेलामा देखिने गरेका अन्तर कलहहरु अहिले करिव करिव साम्य भैसकेका छन् र उनीहरु आफ्नो सांगठनिक दिशामा अग्रसर भएको देखिन्छ। २०५८मा भएको केही साथीहरुको पलायनवाट नेपाली कांग्रेसका भातृ संघ संस्थाहरु पनि प्रभावित भएका थिए जसलाई सो सस्थाहरुका साथीहरु वाट भएको मिहिनेतवाट अत्यन्त सरल किसिमले समस्यासंग जुध्ने र समाधान गर्र्ने काम भएको छ। यसैको परिणाम स्वरुप अहिले सवै संघ संस्थाहरु पनि महाधिवेशनको संघारमा पुगिसकेका छन्। सवै तह र तप्कामा वस्नेहरु पार्टीको सांगठनिक विस्तार तथा कार्यक्रममा सहभागि हुन पाउदा खुशी देखिन्छन्। अवको खाँचो यत्ति हो कि कांग्रेसका कार्यकर्ताहरुको यो रफ्तारलाई दिगो वनाउनु पर्दछ। नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफु ८२ वर्षको उमेरमा पनि पार्टीलाई मजवुद् वनाउन उत्तिकै दिलो ज्यान दिइरहनु भएको छ र उमेरको उत्तरार्धमा उहाँले आफ्नो प्रयत्नलाई मुलुकमा पुर्ण प्रजातन्त्रको स्थापना गर्न लगाउने हिम्मतका साथ हिडिरहनु भएको छ। उहाँको सो हिम्मतलाई कुनैपनि नेपालीले मुक्त क48ठले प्रशंशा गनैं पर्दछ। र यसमा हामीले साथ दिनु आजको आवश्यकता नै भएको छ। महाधिवेशनको संघारमा उभिएर नेपाली कांग्रेसका कुनैपनि कार्यकर्ता अहिले दोधार र विचलनमा रहनु हुदैन। कांग्रेसका वारेमा जतिपनि अफवाह फैलाउने कामहरु भएका छन् ति सवै पार्टीलाई कमजोर वनाउने दिशामा केन्द्रित छन्। समयमा सही निर्णय लिन हामी चुक्यौं भने त्यसले हामीलाई निकै पछाडि पु्याउने छ। यसैले नेपाली कांग्रेसका आसन्न महाधिवेशनमा हामी सवै मिलेर पार्टीको विरुद्धमा फैलाईका मुद्दाहरुलाई एकएक गरेर सामना गर्नुपर्ने वेला आएको छ र मजवुद् संगठन गर्र्ने दरिलो जनादेशको निमार्णमा जुट्नु पर्ने भएको छ। अझै पनि नेपाली कांग्रेसलाई कमजोर वनाउन खोज्नेहरु उत्तिकै सक्रिय छन् जो यो दिशामा सफल भए भने प्रजातन्त्र स्थापना गर्ने जग सदाका लागि मटिया मेट हुने छ। पार्टीको एघारौ महाधिवेशनले यी सवै नागरिक अपेक्षाहरुलाई चिर्नु पर्नेछ।