हालै बिराटनगरबाट नेपाली कांग्रेसका सभापति श्री गिरीजा प्रसाद कोईरालाले मुलुक ईतिहासको सबैभन्दा कठिन र संबेदनसिल मोडमा उभिएको बर्तमान अबस्थामा २०४६ सालको जनआन्दोलनको उपलब्धि नेपाल अधिराज्यको संबिधान २०४७ को कृयासिलता हुन नसकेको, प्रजातन्त्र र राष्ट्रियतानै खतरामा परेको र मुलुकमा व्याप्त हिसा र दमनले शान्ती र प्रजातन्त्रको जनताको चाहनालाई झनै टाढा पयाुएको महसुसगरी नेपाली कांग्रेसका नेता तथा कार्यकताहरुमाथि आजसम्म भएको अनुशासनका सबै कार्वाहि फीर्ता गर्दै नेपाली कांग्रेसको काधमा बर्तमानले सुम्पिीएको थप दाईत्वलाई बिगतका तिता मिठा सबै कुराहरुलाई बिर्षेर एक ठाउमा उभिन र सिंगो कांग्रेस पार्टिको सदस्यको नाताले राष्ट्र , जनता , प्रजातन्त्रको पक्षमा सकृय भुमिका निर्बाह गर्न आव्हान गर्नु भएको छ। सभापतीको उक्त आव्हानलाई नेपाली कांग्रेसको मिति २०६०। ११। २० गते बसेको केन्द्रिय समितिको बैठकले हार्दिक स्वागत एबं अनुमोदन गर्दै सभापतिज्युकै निर्देसाअनुसार ू दसाँै महाधिबेसनको क्रममा पार्टिका बिभिन्न निकायहरुमा निर्बाचित तथा मनोनित साथिहरुले आफआफनो पुर्बबत स्थानमा रहि पार्टिको जिम्मेवारी बहन गर्न सक्ने कुरा स्पस्ट पारीएको छ ूू भन्न्ेा निर्णय समेत गरेको छ। सभापतीज्युको उक्त आव्हान र कांग्रेस पार्टिको सो निर्णयले नेपाली कांग्रेस पार्टि भित्रको एकताको प्रयासलाई थप बल पुगेको छ। बास्तबिक रुपमा एकता चाहने पार्टिका हजारौ कार्यकर्ताहरुलाई येा निर्णयले हौसला र पार्टिमा नया जागरको सृजना भएको छ। प्रजतन्त्र एउटा मुल्य मान्यता र पद्धतिमा आधारीत व्यबस्था हो। पद्धतिको अबलम्बन गरेनौ भने यो व्यबस्था अगाडि बडन सक्दैन। हामिकहा बहुदल आएको एक दसकको अबधिमा प्रजातन्त्रको अभ्यासत हामिले गर्ने प्रयत्न गरेका हौ। अभ्यासको कमि र पद्धतिको ज्ञानको अभावका कारणले यो व्यबस्थालाई हामिले सकुसल संचालन गर्न सकेनौ। नेपाली कांग्रेसलेत यो अभ्यास गर्न सकेन भने अरुकोत कुरै भएन। त्यसैले हाम्रो अभ्यासमा कहि त्रुटि भएको छ। त्यसैले समय समयमा दुर्धटना भई रहेको छ। यसलाई सुधार्नु पर्दछ। यसै परीप्रेक्षमा अहिले एकताको प्रयास सुरु भएको छ। कांग्रेस भित्र एकताको कुरा गर्नु अगाडि हामिहरु के कुरामा स्पष्ट हुन पर्दछ भने नेपाली कांग्रेस भित्र एकताको आबस्यकता छकि छैन रु यदि यसो भनेर जनमत लिईयो भने सत प्रतिसत कार्यकर्ताहरु एकताको प73मा उभिन्छन। यसरी अधिकांस कार्यकर्ताहरु एकताकै पक्षमा भएको हुनाले यो बिषयले प्राथमिकता पाएको हो। दोश्रो कुरा कांग्रेसको बिभाजन सैद्धान्तिक आधारमा भएको हाईन। दुबै कांग्रेसको झ48डा एउटै छ। बिधानका सबै धाराहरु उनैछन। केवल पार्टिको नाम मात्र नेपाली कांग्रेस ( प्रजातान्त्रीक ) लेखिएको छ। रुख चुनाव चिन्हको लागि अलगिएका साथिहरु प्रयत्न गरीरहनु भएकै छ। काहाँ संद्धान्तीक झगडा भएको होर। कसैले पनि कांग्ेसको बिभाजन सैद्धान्तीक रुपमा भएको भनेर मान्दैन। यो बिभाजन कुनै खास मुद्धामा भएको पनि होईन। त्यस कारण जब सैद्धान्तीक झगडा छैन भने मेलमिलापको संभावना रहेको हुन्छ। त्यसैले नेपाली कांग्रेसका सभापतिको बक्तब्य पछि नेपाली कांग्रेस भित्र एउटा तरंग निस्किएको छ । तरंगको यो भेलले कांग्रेसका सबै कार्यकर्ताहरुलाई छोएको छ। कांग्रेस बिभाजनको डेड बर्षको अनुभब कांग्रेसका सबै नेता कार्यकर्ताहरुलाई भएको छ। जेसुकै कारणले कांग्रेसको बिभाजन भएको होस , दोशी जोसुकै होस अब एकले अर्कालाई दोष लाएर वा आफनो अहं देखाएर मात्र एकता हुदैन। किन नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोईरालाज्युले सबै कार्वाहि फीर्ता लिनु भयो। एदि अहंको भावना लिने हो भने वहँाले फिर्तालिन पनि संभव थिएन होला। वहाले पार्टि प्रतिको आफनो जिम्मेवारी , राष्ट प्रतिको आफनो कर्तव्य महसुस गरी सम्पुर्ण कार्बाहि फीर्ता गर्ने धोषणा गर्नु भएको हो। यसलाई वहाको सदासयता मान्नु पर्दछ। यद्यपी यसको लागी वहाको आव्हानको प्रेरक तत्व्ा भनेको व्यक्तव्यमा वहाले व्यक्त गर्नु भएको ू जेजस्तो रुपमा हाम्रा बिच असमझदारी र मत भेदहरु भए हामिले एक आर्काको माझबाट धेरै महत्वपुण साथिहरुको बिछोडको पिडा सहन र बेहेार्नु परेको छ। त्यसको अन्त एकता र समझदारीको नया अध्यायको थालनीबाट मात्र हुन्छू भन्ने अभिव्यक्तीनै हाम्रालागी पर्याप्त हुन्छ। सभापतिज्युको अभिव्यत्तःी पछि राजनैतिक बृत्तमा यसमा कति गुहकार्य भएको छ भन्ने चर्चा पनि चलेको छ। गृहकार्य सबैले देख्ने बिषय होईन। भएकै छ। पार्टि सभापतिले खुल्ला हिदयले एकताको डोका खोल्नु भएको छ। जव बिभाजन कुनै खास सिद्धन्तमा देखिदैन , कुनै खास ईस्युमा दे्खिदैन भने एकता समयको माग हो। बर्तमानको आबस्यकता हो। यो सदासयतालाई परीणाम मुखि बनाउन दुबै पक्षबाट पहलहुन जरुरी छ। पार्टि एकताको आबस्यकता महसुस गर्ने हो भने प्राबिधिक कुरा देखाएर हुदैन। रिदय खोलेर मेलमिलापको लागी यदि कुनै अडचन छ भने पनि त्यसलाई पत्ता लगाई पहिले त्यसको निराकरण गर्नु पर्दछ र एकीकरण प्रयासलाई सफल बनाउनु पर्दछ। निस्चय पनि सगै बस्दा मन नमिलेर बिभाजन भएको हो। यो यथार्थतालाई दुबै पक्षले महसुस गर्नु पर्दछ। मिल्दा पनि फेरी मन नमिल्न सक्दछ। त्यसमा पनी हाम्रो जस्तो प्रजातान्त्रीक पार्टिमा सबै बिषयमा सबै सहमत हुन नसकिएला। तर पार्टि संचालन गर्ने पद्धतिको बिकास गर्ने कुरामा सहमति हुन सक्यिो भने एक टाउमा बस्न सकिदैन भन्ने कुरा आउदैन । रह्यो कुरा बिस्वास र समझदारीको। सभापतिज्युको बक्तव्य पछिको कौग्रेस केन्दिय समितिको बैठक पछि बितरीत पे्रस बक्तव्यका अनुसार नेपाली कांग्रेसका माहामन्त्र ी शुशिल कोईरालाले ू एकताकालागी आफु जुनसुकै त्याग गर्र्न तयार रहेको बताउनुहुदै प्रजातन्त्र सामु देखिएका सबै खाले चुनौतीहरुको सामना गर्न सम्पुर्ण साथिहरु एकजुट हुनु आजको हाबस्यकता होू भन्नु भयो। वहाले त्यती मात्रै भन्नु भएन ू सेर बहादुर देउवालाई टेलिफोन गरेर एकता प्रयासको लागी सकृय हुन अनुरोध गर्नु भयो।ू पार्टि भित्र आएको यो सदासयतालाई मल जल गरेर एकता प्रयासलाई परीराणम मुखि बनाउनु आज सबैको कर्तव्य भएकेा छ। अहिले एकताको कुरा चले पछि यदाकदा सुन्नमा आएको छ बिस्वासको बाताबरण सृजना नहुदा सम्म कसरी पार्टि भित्र एकता हुन्छ। एक किसिमले हेर्दा कुरा त्यती बेठिक होईन। तर बिस्वासको बाताबरण सृजना गर्न पति एकै ठाउमा बस्नु पर्दछ। अलग अलग ठाउमा बसेर कसरी बिश्वासको बाताबरण सृजना हुन सक्दछ। त्यसकारण पहिले एकता आबस्यक छ कि छैन भनेर निराकरण गर्नु पर्दछ। यदि एकताको आबस्यकता छ भने त्यसलाई बलियो पार्ने उपायहरुको खोजि सबै मिलेर गर्नु पर्दछ। सैद्धान्तीकरुपमा सहमति भई सके पछि प्रकृयागत रुपमा अल्मलिनु हुदैन। सिद्धान्त स्विकार गर्ने कुरा हो ा प्रकृया आफैले निर्माण गर्ने कुरा हो। प्रकृया साधन मात्र भएको हुनाले प्रकृयामा अल्मलिनु हुदैन। जुन परिस्थितिको महसुस गरेर पार्टि सभापतिले एकताको आव्हान गर्नु भएको छ त्यो अबस्था देशमा बिद्यमान छ कि छैन भनेर पहिले निस्कर्षमा पुग्नु पर्दछ। यदि त्यो अबस्था देशमा बिद्यमान छ र नेपाली कांग्रेस भित्रको एकता त्यो अबस्थालाई पारगर्न आबश्यक छ भन्ने कुरा महसुस गर्न सकिन्छ भने एकताको लागी प्रकृयामा अल्मलिनु हुदैन भन्ने मेरो निस्कर्ष हो। आज नेपाली कांग्रेस भित्रको एकताको कुरा चले पछि कांग्रेसको एकताले कहि आफनो संकृण स्वार्थ पुरा हुदैन कि भनेर दुबै तिर उक्साउने तत्वहरु पनि सकृय हुन थालेका छन। ब्यत्तिःगत भेटेर भनेका कुराहरु सुन्नमा आएका छन। बक्तव्यहरु पढन पाईएका छन। अहिलेको समय मेल मिलापको हो। कांग्रेसले आफनो स्वार्थ देश र प्रजातन्त्रको हितमा छकि छैन भनेर हेर्नु पर्दछ। यदि कुनै काम गर्दा त्यो काम देश र प्रजातनत्रको हितमा छ भने कांग्रेसले त्यो कदमलाई अधि बडाउनु पर्दछ। त्यसैले आज नेपाल जस्तो मुलुकमा साना साना पार्टि बनाएर प्रजातन्त्र र देशको हित गर्न सकिदैन। यो बास्तबिकता हो। त्यसैले पार्टिहरु मजबुद हुनु आजको आबस्यकता हो। पार्टिहरु बलियो भएमा मात्र प्रजातन्त्र बलियो हुन्छ। पार्टिहरु कमजोर भएमा अस्थिरता बादीहरु बलियो हुन्छन। प्रतिगमनकारीहरु बलियो हुन्छन। यो कुरालाई सबै राजनैतिकदलहरुले राम्ररी बुझनु पर्दछ। बिगत १२ बर्षमा सबै राजनैतिकदलहरुको बिचमा सरकार बलियो बनाउने र कमजोर बनाउने कुरामा मात्र होड बाजी मात्र चलेको थियो। जनतालाई बलियो बनाउने कुरा कसैको सोचाईमा आएन। अहिले पनि सबैको सोच केछ भने अहिलेको परीणाम म बाहेक अरुका कारणले आएको हो भन्ने सोचाई छ । त्यसैले वर्तमान परिस्थिति निम्ताउन म कत्तिको जिम्मेवार छु भनी सोच्नु हाम्रो आजको आवश्कता हो। त्यसैले अहिलेको समयको माग के हो भने पार्टि पार्टि बिचको एकता प्रजातन्त्रको लागी आबस्यक भएको छ। झनै कांग्रेसको एकता भनेको एउटा प्रजातान्त्रीक पार्टि आफैमा बलियो हुने हो। यो पार्टि बलियो हुदा प्रजातन्त्रलाई र स्वयं कांग्रेसलाई पनि बल पुग्दछ। त्यहि कुराको बिस्लेषण गरेर नेपाली कांग्रेसका सभापति श्री गिरिजा प्रसाद कोईरालाले पार्टि एकताको प्रयास गर्नु भएको छ। यो प्रयासलाई सार्थक बनाउन सबैले आफनो ठाउबाट प्रयत्न गरेर सभापतीज्युकै शब्दमा ू नेपाली कांग्रेसको काधमा बर्तमानले सुम्पिएको थप दाईत्वलाई बिगतका तिता मिठा सबै कुराहरुलाई बिर्षेर एक ठाउमा उभिन र सिंगो कांग्रेस पार्टिको सदस्यको नाताले राष्ट्र , जनता , प्रजातन्त्रको पक्षमा सकृय भुमिका निर्बाह गर्न ू हामी सबै कांग्रेसका शुभचिन्तकहरु कृयासिल रहनु पर्दछ। यहिनै आजको आबस्यकता हो। ( लेखक नेपाली कांग्रेसका सह महामन्त्री हुनुहुन्छ। )