गोविन्द राज जोशी
पुर्व शिक्षा मन्त्री
पृष्टभुमि
२०१७ साल चैत्र महिना तिरको कुरा हो म अंग्रेजी पडन भनेर कक्षा ४ मा शान्ति मिडिल स्कुल कुन्छामा भर्ना भया । त्यतिखेर निम्न माध्यमिक विद्यालयलाई मिडिल स्कुल भनिन्थ्यो । त्यहि वेलानै मैले तीलकनाथ अधिकारी लाई पहिलो पटक भेटेको थिया । म सानै भएको हुनाले शिक्षकहरु संग धेरै हिमचिम हुदैनथ्यो । मेरो घरवाट शान्ति मिडिल स्कुल कुन्छा जान करीव २ घण्टा हिडनु पर्ने र वाटोमा ठुलो जङ्गल र खोला पनि भएको हुनाले मेरो लागी शान्ति स्कुलको अध्ययन सहज भएन । केहि समयको अध्ययन पछि म अंग्रेजी पडन भनि काठमाण्डौ तर्फ लागे । २०१८ साल पौष महिनामा म पुन शान्ति हाई स्कुल कुन्छामा कक्षा ८मा भर्ना भया । मैले त्यहि विद्यालयवाट एस. एल. सी उत्तिर्ण गरे । त्यहि वेला मेरो शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलकनाथ अधिकारी संग राम्रो चिनजान र संपर्क भएको थियो ।
मिलनसार र सरल
तिलक नाथ अधिकारी अत्यन्त मिलनसार र सरल स्वभावका मानिस हुनु हुन्थो । साच्चै भन्नु पर्दा उहाले कसैलाई पनि विझाउने कुरा कहिल्यै गर्नु भएन । उहाको द्यिालयका शिक्षक र विद्यार्थिको विचको सम्वन्ध पनि अत्यन्त सुमधुर थियो । उहा संग विद्यार्थि डराए पनि उहाको व्यवहार प्रेमपुर्ण हुन्थ्यो । त्यसैले उहालाई सवै विद्यार्थिहरुले अत्यन्त श्रद्धापुर्वक हेर्दथे र आदर गर्दथे । उहालाई अनादर गर्ने विद्यार्थि कोहि थिएनन । त्यो उहाको सरल स्वभावका कारण होे ।
लगनशिल र परीश्रमि
उहा अत्यन्त लगनशिल र परीश्रमि व्यक्ती हुनुहुन्थ्यो । वास्तवमा शान्ति माध्यमिक विद्यालय वन्नुमा उहाकै योगदान थियो । उहाले त्यो माध्यमिक विद्यालयको निर्माण र पठन पाठनमा अत्यन्त परश्रिम गरेको मलाई अहिले पनि याद आउदछ । विद्यालय निमार्णको काममा उहा व्यस्त त रहनु हुन्थो नै । त्यसको अलावा विद्यालयको पठन पाठनमा त्यत्तिकै व्यस्त रहनु हुन्थो । एक दिनको घटना मलाइ अहिले पनि याद आउदछ । विद्यालय विदा हुने वेला भई सकेको थियो । म शायद कक्षा दसमा अध्ययन गर्दथे । हाम्रो कक्षा शिक्षक हुनु हुन्थेन त्यस दिन । हाम्रो अन्तिम पिरयिड खालि भएकोले हामिहरु घर जाने तरखरमा थियौ । उहा हस्याड. फस्याड. गर्दै हाम्रो कक्षा कोठामा पस्नु भयो र भन्नु भयो आज यो २८ औ पीरीयड हो । त्यस दिन धेरुे शिक्षकहरु अनुपस्थित भएको हुनाले धेरै कक्षाहरु खालि थिए । उहा सवै खाली कक्षामा जादै पडाउदै आउनु भएको रहेछ । यसरी उहा अत्यन्त परीश्रमि शिक्षक हुनुहुन्थो । उहाले गणित र विज्ञान पडाएको थाहा भएन । नभए अन्य सव्ौ विषयहरु पडाउनु हुन्थो । ओलीभर गोल्ड स्मिथले आफनो कविता भिले्ज स्कुल माष्टरमा गाउमा पडाउने शिक्षकको व्याख्या गर्नु भएको छ । तिलक नाथ अधिकारीमा त्यो कविता हुवहु मिल्दथ्यो । यसरी शान्ति माध्यमिक विद्यालयको विकाश र निमार्णमा उहाको ठुलो योगदान रहेको छ ।
शिक्षाको विकाशमा महत्वपुर्ण योगदान
त्यति खेर भरखर अग्रेजि पडने भन्ने रहर मानिसमा वडेको थियो । त्यस वेला सम्म पडने भनेको सस्कृत पडने मानिन्थ्यो । अमरकोष लघु कौमदि पडने सस्कृत पाठठशालाहरु थिए गाउ गाउमा । मैले पनि अमरकोष र लघु सिद्धान्त कौमदि पडदा पडदै अग्रेजि पडन भनेर शान्ति निम्न माध्यमिक विद्यालय गएको थिया । मानिसको अग्रेजि पडनेभोक जागेको अवस्थामा त्यति पडेको मानिस गाउमा आएर शिक्षक भएर वस्ने कुरा सहज थिएन । उहाले म र मजस्ता धेरै अंग्रेजी पडन लालाईत विद्यार्थिहरुको भोक मेटाउन महत्वपुर्ण योगदान गर्नु भएको थियो । लमजुङ्ग र तनहुंको त्यस भेगको शिक्षाको विकाशमा उहाको महत्वपुर्ण योगदान थियो भन्न अत्युक्ती हुदैन ।
पुन उहा संगको भेट
एस. एल. सी. उत्तिर्ण गरे पछि म उच्च शिक्षा अध्ययन गर्नको लागी काठमाण्डौ गए । जाडो विदामा घर आउदा घे मैले घरमा त्यसै समय विताउनु भन्दा मिले देखि दुई महिना पडाउने विचार गरे । म आफु पडेको शान्ति माध्यमिक विद्यालयमा गएर उहा संग आफनो कुरा राखे । उहा अत्यन्तै सहयोगि स्वभावकोे हुनुहुन्थ्यो । उहाले के सोच्नु भयो मलाई थाहा छैन । उहाले सहज रुपमा स्विकार गर्नु भयो मेरो प्रस्ताव । मैले त्यहि दुई महिना पढाया । पछि विद्यालय छोडने वेलामा उहाले महिनाको ८० रुपैयाका दरले मलाई पारीश्रमिक पनि दिनु भयो । त्यो त्यतिवेला मेरा लागी अत्यन्तनै ठुलो उपहार थियो । त्यसको याद मलाई अहिले पनि रहिरहेको छ ।
२०२४ साल तिर म शिक्षा क्याम्पस किर्तिपुरमा वी. एड. चौथो वर्षमा अध्ययन गरी राखेको थिया । त्यतिवेला म क्याम्पस युनियनको सभापति पनि थिया । मेरा विद्यालयका प्रधानाध्यापक तिलकनाथ अधिकारी वी एड अध्ययनगर्न भनेर किर्तिपुर आउनु भएको रहेछ । त्यतिखेर सेवाकालीन तालिम भनेर विद्यालयका शिक्षकहरुलाई विएड अध्ययन गर्न लगाउने व्यवस्था थियो । त्यसै अन्तरगत उहा आउनु भएको रहेछ । एउटै विद्यालयका गुरु चेला एउटै कलेजको सहपाठि जस्तै भएर एकवर्ष वितायौ किर्तिपुरको शिक्षा क्याम्पसमा । त्याहा अध्ययन रत हुदा पनि उहाले मेरो अभिभावक र संरक्षकको भुमिका निभाई रहनु भएको मलाई अहिले पनि संझना भई रहेको छ ।
उहाको माया म प्रती सदैव एकै किसिमको थियो
मेले वी. एड. उत्तिर्ण गरे पछि म तनहुं फर्के । स्थानीय मेरा शुभ चिन्तकहरुको अग्रहलाई टार्न नसकेर मैले मानेचौकामा माध्यमिक विद्यालय संचालन गरेर प्रधानाध्यापक भएर वस्नु पर्ने भयो । म मानेचौकामा विद्यालय संचालन गर्ने क्रममा थिया । त्यहिवेला एक दिन उहा काहा गएर हो कुन्नि आउनु भएको रहेछ , मानेचौका वजारमा भेट भयो । मेरो अभिवादन पछि उहाले अत्यन्त माया भावमा भन्नु भयो वावु विद्यालय संचालन गरेर वसेका छौ भन्ने सुने । काम त राम्रो हो तर अत्यन्त दुख हुन्छ । जागीर मात्र खाने रहर हो भने कुन्छामा आउ म त्यहि विद्यालयमा राखि दिन्छु । विचार गर भन्नु भयो । मैले हुन्छ सर म सोचेर सम्पर्क गर्दछु भने । मेरो सोचन्ो ठाउ थिएन । मैले खवर गरीन । उहाको म प्रतिको आत्मीयता सधै मेरो स्मरणमा रहि रहेको छ । उहा शान्ति माध्यमिक विद्यामलयमा रहदा सम्म प्राय भेट भई रहन्थ्यो । पछि उहा पाणिनि सस्कृत माध्मिक विद्यालय दुरा डाडा सरुवा हुनु भयो । त्यस पछि भने उहा संग विरलै भेट हुन्थ्यो ।
अन्तमा
करीव दुई वर्ष अघि एक दिन उहाको देहावशानको समाचार सुन्दा एक छिन स्तव्द भया । यीनै विगतका दिनहरुको एक छिन याद भयो । जीवनभर कृयाशिल भएर रहनु भएका तिलक नाथ सरले शान्ति माध्यमिक विद्यालयमा रहेर हामि जस्ता धेरैको जीवनमा परीवर्तन ल्याउन धेरै ठुलो योगदान पु¥याउनु भएको कुरालाई शायदै कसैले झुलेको होला । शान्ति माध्यमिक विद्यालयमा उहाको निरन्तर सेवा नभएको भए शायद म जस्ताको जीवनमा पनि यति परीवर्तन आउने थिएन भन्ने मलाइ लागेको छ । जे होस उहा अत्यन्तै मिलनसार र समाज परीवर्तनका अग्रज हुनुहुन्थो । आज उहाका वारेमा दुई शव्द लेख्दा उहालाई हार्दिक सम्मान व्यक्त गर्दे उहा प्रति हार्दिक श्रद्धा सुमन ।
(लेखक शान्ति माध्यमिक विद्यालय कुन्छा लमजुङ्गका भुतपुर्व विद्यार्थि हुनुहुन्छ )