केवी गुरुङ प्रधानमन्त्री हुनुपर्छ हाम्रै पार्टी सभापति गिरिजाबाबुको नेतृत्वमा गणतन्त्र आयो र हाम्रै पार्टीको नेता केबी गुरुङको अध्यक्षतामा गणतन्त्र घोषणाको कार्यान्वयन भयो । तीन दलबीचको सहमति आफैँमा बाङ्गो थियो । रोएर सत्ता पाइँदैन । -गोविन्दराज जोशी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस ० तपाईले यो देशलाई निकास दिने पक्षमा हुनुहुन्छ कि यथावत राख्ने पक्षमा हुनुहुन्छ ? देशले किन निकास पाउन सकेन ? –निकास दिने नै हो, तर बीचमा केले रोक्यो त निकास । निकास त जेठ १४ गते संविधान बनेन र गयो । तपाई हामीले पूर्वाग्रही नभएर सोच्ने हो भने जनताको जनादेश समाप्त भएको छ । संविधानसभाको म्याद एक वर्ष बढेको छ तर जनादेश बढेको छैन । त्यसकारणले जेठ १४ गते पछाडि सबै सभासदहरू बराबर हुन् र पच्चीसवटै दल बराबर हुन् भन्ने त्यो अवस्थामा पुगिसक्यो । अब आग्रह बोकेर निकास केले दिने । अस्ति सम्झौता भयो सबैले सरकार चाहियो भन्छन्, सरकार त निकासको बाटो होइन नि । निकासको बाटो त संविधान निर्माणका लागि असहमति भएको बुँदा के–के हुन् । जस्तो कि राज्यको शासकीय स्वरुपको प्रदेशको न्यायालय बारेमा छलफल हुने संकेत नै देखिएको छैन । यो एउटा सत्ताको भागवण्डाको खेल नै हो । हामी सबैले दुई वर्षमा त सकेनौ नि, मैले त भनेको थिएँ हामीले दुई वर्षसम्म किन संविधान बनाउन सकेनौ भनेर संविधान सभालाई उचित सम्मान गर्दै स्वेतपत्र जारी गर्दै जनताकासामु २५ दलले माफी माग्नुपथ्र्यो तर त्यो त भएन अरु कुराले निकास दिने एउटा कुरा हो तर मलाई सोध्नु हुन्छ भने म एउटा जिम्मेवार व्यक्ति भएको कारणले हाम्रो पार्टीबाट भएको गल्ती म स्वीकार्छु । निकास दिने लक्षण म देख्दिनँ । सहमति त संविधानसभाको म्याद थप्ने कुरा मात्र हो, त्यहाँ यस्तो जालसाँझीपूर्ण भाषा लेखिएको छ । अब त्यो भाषै थाहा नपाउने माओवादी, एमाले र कांग्रेसका साथीहरू पनि थिएनन् होला ! ० तपाई राजनीतिक दल र राजनीतिक दलका नेताहरू जालसाँझ बुन्ने अखडा हो ? –जालसाँझ बुन्ने अखडा होइन । जनता समक्ष नेताहरूले माफी माग्नु पथ्र्यो । त्यो पनि भएको छैन । जालसाँझीपूर्ण प्रयोग भएको भाषामा त्यो भाषा नबुझ्ने एमाले, कांग्रेस र माओवादीका साथीहरू पनि कोही पनि थिएनन् होला । पहिलो कुरा संविधान सभाको म्याद थप्ने कुरा लेख्नु हुँदैन थियो र दोस्रोमा प्रधानमन्त्रीको राजीनामा कि त त्यही दिन माग्नु पथ्र्यो कि त यति दिन भनेर किटान गर्नु पथ्र्यो । योपटक जुन सम्झौता गरियो नि, त्यो ढाँटछलको सम्झौता हो र जनतालाई त्यसमा ढाँटिएकै छ । संविधानसभाको म्यान्डेट दुई वर्षका लागि थियो, एक वर्ष थपे फेरि बीस वर्ष थपे भने के गर्ने । बीस वर्ष फेरि थपे भने निकास त आयो नि । चुनाव पनि गराउनु परेन । ० भनेपछि यो ढाँटछलको सम्झौता गर्नु सभासद र राजनीतिक दलले जागिर जोगाउनकै लागि गरेको हो ? –किन संविधान बनेन भनेर पार्टीहरूले माफी माग्नु पथ्र्यो । संविधान समयमै नबन्नुको कारण खुलाउनु पथ्र्यो तर त्यो आएन, राजनीतिक बेइमानी भएकोछ, त्यो मैले भनेको हो । ० त्यसो भएपछि राजनीतिक बेइमानी भएकै हो त ? –हो, राजनीतिक बेइमानी भएकै हो । ० संविधानसभाको म्याद थप्नु हुँदैन भनेर तपाईले चर्को चर्को स्वरमा भन्नुहुन्थ्यो । म्याद थप भएको छ अब के भन्नुहुन्छ ? –यसमा दुईटा पक्ष छ, नेपालको अन्तरिम संविधान धारा ६४ ले सर्वोच्च अदालतले म्यान्डेट पनि दिइसकेको छ । संविधानको म्याद लिगल्ली हेर्ने हो भने २०÷५० वर्ष थप्दा पनि हुन्छ, संविधानको म्याद । संविधानसभाको कुनै पनि धारा परिवर्तन गर्न अनुमति छ, त्यसैले दुई वर्ष भन्नुको ठाउँमा २० वर्ष ३० वर्ष गराउँदा पनि हुन्छ । एउटा आयुको कुरा हो अर्को जनादेशको कुरा हो जनादेशले दुई वर्षका लागि संविधान निर्माण गर्नु हो । अब माओवादी, एमाले र कांग्रेसको हैसियत ठूलो, दोस्रो ठूलो र तेस्रो ठूलो दल रहेन सबै २५ दल नै एकनाश भए । ० संविधानसभाको आयु बढाउनुमा नेपाली कांग्रेस पनि संलग्न छ, नि ! त्यसो भए नेपाली कांग्रेस पनि जनादेश विपरीत गयो ? –हो, नेपाली कांग्रेस पनि संलग्न छ । ० त्यसो भए तपाईजस्तो नैतिकवान व्यक्तिले नेपाली कांग्रेसबाट अलग्गिनु पर्दैन त ? –त्यसैले हाम्रो केन्द्रीय समितिमा राजीनामा पनि माग्न पाइँदैन र सरकार चाहिन्छ भनेर ‘स’ पनि भन्न पाइँदैन । त्यो सहमति हाम्रो केन्द्रीय समितिको निर्णय विपरीत भएको हो । ० तपाईहरूको जेठ १४ गते राति तीन दलबीच सहमति भएर प्रधानमन्त्रीले राजीनामा गर्ने प्रतिबद्धता जनाउनु भयो तर प्रधानमन्त्रीले राजीनामा गर्नु भएको छैन । के तपाईहरुले संविधान नै चाहनु भएको छैन ? –हाम्रै पार्टी सभापति गिरिजाबाबुको नेतृत्वमा गणतन्त्र आयो र हाम्रै पार्टीको नेता केबी गुरुङको अध्यक्षतामा गणतन्त्र घोषणाको कार्यान्वयन भयो । तीन दलबीचको सहमति आफैँमा बाङ्गो थियो । रोएर सत्ता पाइँदैन । एक नं. को बुँदा कार्यान्वयन नभइकन ३ नं. को बुँदा कसरी कार्यान्वयन हुन्छ । शिविरमा बसेका लडाकुहरूको व्यवस्था नगरिकन माओवादीको नेतृत्वमा सरकार बन्दै बन्दैन । लडाकुहरूको समायोजन, सम्पति घरजग्ग फिर्ता, विस्थापितलाई पुनस्र्थापन गर्नु हो । यिनी सबै कुराहरूलाई पूरा गरेर मात्रै संविधान निर्माणको प्रक्रिया पूरा हुन्छ । नेकपा माओवादी र हाम्रो सिद्धान्त नै मिल्दैन । नेकपा माओवादीले सक्छ भने ३०१ सभासद पु¥याएर, बल जफत सत्तामा जाओस् । हामीसँग हात फैलाई रोएर हुँदैन । हामी नेकपा माओवादीलाई नागरिक पार्टी मान्दैनौ । नेकपा माओवादी नागरिक पार्टी भएर आओस् अनि ३०१ को सभासदको विश्वास जित्नुपर्छ । ० अबको एक वर्षभित्र पनि संविधान बन्छ भन्ने के ग्यारेन्टी छ, के फेरि पनि म्याद थपिन्छ ? –म संविधान सभामा छैन । पार्टीको केन्द्रीय समितिमा पनि भनेकै थिए, संविधान निर्माण समयमा नभएको कारण खुलाई २५ दलले नै माफी माग्नुपर्छ भन्दै आएको छु, मैले पहिलेदेखि नै । संविधानसभामा दुःख व्यक्त गर्दै एक वर्षपछि यसरी संविधान बनाउँछु भन्नुपथ्र्यो । त्यो पनि भनिएन, जनतालाई धोका भएको छ । ० जोशीजी तपाईले पार्टीबाट गल्ती भएको छ भन्ने स्वीकार्नु भयो, तपाईलाई पार्टीले यो विषयमा तपाईको धारणा अनुमोदन गर्ला ? –जनताले ६०१ सभासदलाई दुई वर्षका लागि जनादेश दिएको हो । तर त्यसको म्याद बढाउनु प्राविधिक रूपमा मिल्छ तर नैतिक रूपमा मिल्दैन । ० पाँच दिनभित्र प्रधानमन्त्रीले राजीनामा गर्ने भनेर भनिएको छ, के त्यो सत्य हो ? –जो हस्ताक्षरकर्ताहरूले हस्ताक्षर गरेको डकुमेन्ट छ । त्यो हस्ताक्षर बाहेक अन्य कुरा केही होइन । संक्रमणकालीन स्थिति हो यसमा हामीले समस्याभन्दा निकास खोज्नु जरुरी छ । सहमतीय पद्धति नेपाली कांग्रेसको मान्यता हो । ० तपाईहरुले आन्दोलन गर्दा जनता भनेर उतार्नु भयो तर अहिले तपाईहरुले कसैलाई राई, लिम्बू, कसैलाई थारु कसैलाई बाहुन भनेर कुटाकुट गराउन थाल्नु भएको छ, के यसरी देश बन्छ ? –तपाईले भनेको कुरा सत्य होइन । यो देशमा २५ वटा राजनीतिक दलहरूले प्रतिनिधित्व गरेका छन्, त्यसमा देश बिग्रँदा–सप्रदा राजनीतिक दलहरू नै जिम्मेवार हुन्छन् । त्यसमा अलिकति म पनि जिम्मेवार हुँला । संविधानसभामा म छैन, तर पार्टीभित्र धेरै कोसिस गरेको छु देश बनाउनलाई । समयमै संविधान बनाउनुपर्छ, जनतालाई भ्रममा पार्नु हुँदैन । म नेपाली कांग्रेसको सिपाहीको हिसाबले म जनतासमक्ष जे जति गल्ती भएको छ । नतमस्तक भएर माफी माग्न चाहन्छु र मागेको पनि छु । ० चरम सत्ता लिप्साको कारण सहमति देखिएको छैन । के चरम सत्ता लिप्सा नै सहमतिको बाधक हो ? –माओवादीमा सत्ता लिप्सा देखिएको छ । अन्य पार्टीहरूमा माओवादी सत्तामा पुग्यो भने एकदलीय शासन लाद्न सक्ने खतरा देखेका छन् । ० संविधान बन्ने समस्याहरु अझै पनि यथावत छन् भनेपछि अबको एक वर्षसम्म संविधान बन्दैन, होइन त ? –संविधान बन्दैन भन्ने होइन । सबै २५ दलहरू मिलेर दुईतिहाई बहुमत पुग्छ र संविधान एक वर्षमा बन्न पनि सक्छ । सहमति सहकार्य र एकता महत्वपूर्ण कुरा हो । दलहरू मिलेर गए भने संविधान बन्छ । राजनीतिमा असहमति हुने कुरामा सहमति हुने पनि लक्षण देखिएको छ । संविधान बनाउने कुरामा दलहरूलाई दबाब दिन सकियो भने एक वर्षभित्रमा संविधान बन्छ । नेपालमा जनता केन्द्रित राजनीतिक हुन सकेको छैन । त्यो बडो दुर्भाग्यपूर्ण कुरा हो । ० यो देश नेताहरुको मात्र होइन । तपाईहरुले २०^८ साल जेठ १४ राती पनि संविधान बनाउन सक्नु भएन भने तपाईहरुलाई जनताले कारवाही गर्ने कि नगर्ने ? –हो, तपाईले भने जस्तै यो देश नेताहरुको मात्र होइन । जनताको देश हो । जनआन्दोलनको सफलता पनि जनताबाटै भएको हो । २०६७ जेठ १४ भित्र संविधान बनाउनै पथ्र्यो तर बनाइएन । त्यसकारण अब २०६८ जेठ १४ गतेभित्र संविधान बनाउनै पर्छ । त्यसबेलासम्म संविधान बनाउने खाका जनताले ल्याउनु पर्छ । यदि त्यसबेलासम्म संविधान बनेन भने नेपाली जनताले नेतालाई जे सजाय दिन्छन् त्यो सजाय भोग्न नेताहरु तयार हुनुपर्छ । म त्यसमा तयार छु । ० अरु साना दलहरु र मधेशी दलहरुले चेतावनी दिएका छन कि तीन दलले गरेको निर्णय हामीलाई मान्य हुदैन भनेर । तपाई के भन्नुहुन्छ ? –हो, संसद्मा रहेका २५ दलकै सहमतीमा देश चल्नुपर्छ । मेरो भनाइ पनि त्यही हो तर यो संक्रमणकालीन अवस्था हो । तीन दलको दुइतिहाइ बहुमत भएको हुनाले स्वाभाविक रुपमा तीन दलको भूमिका बढी हुन्छ नै । तर हरेक राष्ट्रले गर्ने हरेक निर्णयमा २५ दलकै बराबर भुमिका हुनुपर्छ । मधेशी वादी दलहरु मात्र होइन अरु साना दलहरुले पनि मेरो अधिकार खोइन त भनेर प्रश्न ग¥यो भने उसलाई चित्त बुझाउनु पर्छ । संख्या र आकारको कुरा गर्नु हुँदैन । ० तर एकीकृत माओवादीले संख्याको आधारमा आफू सबैभन्दा ठूलो दल भएको दावी गर्दै आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने दावी गर्दै आएको छ । तपाई के भन्नुहन्छ ? –हेर्नुहोस्, संख्योको कुरा गर्दा ६०१ जना सभासद्हरु मध्ये बहुमतले जसलाई समर्थन गर्छन्, उसले सरकार बनाउछ । सत्तारुढ दलहरुले विधिको कुरा गरीरहेका छन् । उनीहरुले सत्ता लिने भए संसद्मा बहुमत जुटाएर आऔ भनीरहेका छन् तर एकीकृत माओवादीले भने हामी सबैभन्दा ठूलो दल हौ, त्यसकारण हाम्रो नेतृत्वमा सरकार बन्नुपर्छ भनिरहेको छ । अब ठूलो र साना दल भन्ने अवस्था छैन । जेठ १४ पछि बाट साना दल र ठूलो दल भन्ने स्थिति सिद्धियो । या त ६०१ जनाकै सहमती हुनुप¥यो । या बहुमत ल्याउनु प¥यो । अब सबैको समान हैसियत भयो । ० शान्ति प्रक्रियालाई निष्कर्षमा प¥याउन तपाईहरुले माओवादीसंग सहकार्य गर्नुहुन्छ कि हँुदैन ? –अब मुद्दामा सहमती हुनु प¥यो । यो संक्रमणकालीन अवस्था भएको हुनाले राजनीतिदक दलहरुमा के के कुरामा असहमती भएको छ । त्यसमा सहमती हुनुप¥यो । माओवादी लडाकुको व्यवस्थापन, वाइसिएलले अर्ध सैनिक संरचना भङ्ग गर्ने, राज्यको शसाकीय स्वरुप, कब्जा गरिएको सम्पती फिर्ता गर्ने विषयमा हामी मिल्नुपर्छ । यी मुद्दाहरुमा सहमती भए शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन सकिन्छ । तर यी मुद्दाहरुमा सहमती नभए शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन सकिदैन । असहमती भएको बाटोहरुमा सहमती खोज्नुपर्छ । राजनीतिक मुद्दामा सहमती भए सरकार बनाउने कुरा गौण कुरा हो । ० अहिले सरकार परिवर्तनको कुरा आइरहेको छ । नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरा पनि आएको छ । के सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्छ त ? –नेपाली कांग्रेसका महामन्त्री केवी गुरुङले अब म प्रधानमन्त्रीको उम्मेदवार हुन्छु भन्नु भएको छ । उहाँ नेपाली कांग्रेसको वरिष्ठ नेता हुनुहुन्छ । उहाले नेपाली कांग्रेसमा निकै लामोसमय देखि नेतृत्वदायी भूमिका निर्वाह गरिरहनु भएको छ । केवी गुरुङ विपि कोइरालासित संगसंगै भारतमा प्रवाशमा जीवन बिताउनु भएको हो । त्यसकारण केवी गुरुङको नेतृत्वमा नयाँ सरकार निर्माण हुनुपर्छ । ढ्दो विदेशी चासो | वर्ष २८ अङ्क ३४, २०६७ साल जेठ ३१ गते सोमबार (June 14, 2010) वर्ष २८ अङ्क ३४, २०६७ साल जेठ ३१ गते सोमबार (June 14, 2010