गोविन्द राज जोशी
वि. सं १९९३ साल देखि निरन्तर प्रजातन्त्रको स्थापना र पुनस्र्थापनामा सकृय रहनु भएका कृष्ण प्रसाद न्योपानेको नेपालको प्रजातान्त्रीक आन्दोलनमा भएको योगदान जति व्याख्या गरे पनि थोरै हुन्छ । यद्यपी उहालाई चिन्ने मानिस अहिले विरलै होलान । एकतन्त्री राणा शासन र निरड.कुस पंचायति शासनका विरुद्ध निरन्तर रुपमा प्रतिवद्ध भएर लडने नेपाली कांग्रेसका सच्चा र इमान्दार नेता कृष्ण प्रसाद न्योपाने एक शसक्त व्यक्ती हुनुहुन्थ्यो । उहाको मार्गदर्शन र उहाहरु जस्ताकै जीवन ईतिहास आज हामि सवैका लागी अनुकरणीय र अनुसरणीय वनेको छ । त्यसैले आज मैले यहा उहाका वारेमा केहि शव्द लेख्ने प्रयत्न गरेको छु ।
निस्टाका प्रतिक
लमजुड. जिल्लको दुराडाडा आफैमा एक महत्वपुर्ण ठाउ हो । यो ठाउमा धेरै प्रभावशाली व्यक्तीहरु र समाजको विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान दिनु भएका मानिसहरको जन्म भएको थियो । त्यहि दुराडाडामा जन्मनु भएका कृष्ण प्रसाद न्यौपाने निस्टाका प्रतिक हुनुहुन्थ्यो । नेपालमा प्रजातन्त्रको स्थापनाकोलागी राणकालीन समयमा लडनु कम जोखिमको काम थिएन । जिवनको मुल्य नाफा होइन त्याग हो भन्ने मान्यता वोकेर निश्वार्र्थ भावनाले देशकोलागी लडने मानिस विरलै पाईन्छ । त्यहि निश्वार्थ भावनाले लडने निस्टाका प्रतिमुर्ति कृष्ण प्रसाद न्यौपाने हुनुहुन्थ्यो । उहा र उहाहरु जस्ताकै योगदान र वलिदानवाट २००७ सालमा प्रजातन्त्र आयो । प्रजातन्त्रकोे स्थापनामा उहाहरुको योगदान कम थिएन । तर प्रजातन्त्र पछि उहाहरुले आफनोलागी केहि नखोजी निरन्तर रुपमा प्रजातन्त्र र जनताको लागी काम गरीरहनु भयो । २०१७ सालमा प्रजातन्त्रको अपहरण पछि उहाले लामो समय जेल जीवन विताउनु भयो । जेल वाट छुटे पछि पनि उहा निरन्तर रुपमा प्रजातन्त्रको पुनस्थापनाकोलागी लडिरहनु भयो । यहि समयमा मैले उहालाई निकटवाट चिन्ने मौका पाया । आखिर जिवनभर प्रजातन्त्र र जनताको लागी लडदा लडदै उहाको स्वर्गारोहण भयो । यसैले आज पनि हामि उहालाई एक निष्टावान र निस्वार्थि नेताको रुपमा स्मरण गरीरहेका छौ ।
कान्त्रीकारी र संघर्षशिल व्यक्तीत्व
कृष्ण प्रसाद न्योपानेको अर्को परीचय हो कान्त्रीकारी र संघर्षशिल व्यक्तीत्व । उहा एक इृमान्दार अत्यन्तै संघर्षशिल र क्रान्तकारी व्यक्ती हुनुहुन्थ्यो । उहाको घर लमजुड. दुराडाडा भएको र मेरो घर मानेचौका खाल्टे भएको हुदा र त्यतिखेर पृथ्वि राज मार्ग वनिनसकेकोे हुदा पुर्व पश्चिम गर्ने वाटो मानेचोका भएर जाने भएको हुुनाले र लमजुडको सदर मुकाम पनि कुन्छा हुदा मानेचौकामा धेरै मानिसहरुसंग मेरो भेटघाट सहज थियो । मानेचौकामा उहाको र मेरो पटक पटक भेट भएको कुरा मलाई अहिले पनि याद आउदछ । मानेचौका वजारको पुछारको ठुलो चौतारोमा उहा र म धेरैपटक वसेर नेपाली कांग्रेसको संगठन र प्रजातन्त्रको पुनस्थापनाका वारेमा सरसल्लाह गरेका थियौ । त्यतिवेलाको कुराकानिमा उहाको क्रान्तीकारी स्वभाव झल्कीएको मलाई अहिले पनि याद आउदछ । २०१५ सालको आम निर्वाचनमा उहाले संसदको टिकट पाउनु भएन । संसदको टिकट नपाए पनि उहाको निस्टामा कुनै परीवर्तन आएन । जेलवाट छुटे पछि पनि उहा पजातन्त्रको पुनस्थापनाको लागी कृयाशिल रहनु भयो । त्यतिवेला म पनि कांग्रेसको कृयाकलापमा सकृय भएको हुनाले उहा संगको परामर्स मेरालागी अत्यन्तै महत्वपुण हुन्थ्यो । त्यहि संदर्भमा भएका कुरा कानिहरुका झलक म अहिले पनि याद गर्दछु । उहाको क्रन्तिकारी स्वभाव , निस्टा र संघर्षशिल चरीत्र अहिले पनि कांग्रेसका कार्यकर्ताहरुलाई र मेरालागी पनि प्रेरणाका श्रोत वनेको छ । त्यसैले मेले उहा एक क्रान्तिकारी र संघर्षशिल व्यक्तीत्व भनेको हुं ।
सरल जीवनका धनि
हुनत त्यतिखेरको नेपाली कांग्रेस भनेको सरल जीवनको प्रतिमुर्ति भन्न अत्युक्ती हुदैन । त्यतिखेरको कांग्रेका नेता कार्यकर्ताहरुको जिवनशैलि अत्यन्त सरल हुन्थ्यो र अनुकरणीय पनि । नेपाली कांग्रेस परीवर्तनको वाहक भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुले समाजमा उदाहरणीय भएर वस्नु पर्दथ्यो । कांग्रेसलाई कसैले औला उठाउन नसकोस भनेर कांग्रेसका नेता तथा कार्यकर्ताहरु अत्यन्त सतर्क हुन्थे । त्यसैले साधा र सरल जीवन कांग्रेसकालाई जीवन दर्शन थियो । कृष्ण प्रसाद न्यौपानेको जीवन शैलिमा हामि त्यो यथार्थता झल्किएको पाउदथ्यौ । हुनत उहाको प्राय सम्पुर्ण जीवन शुख सएलमा वितेन । जीवनभर आन्दोलनमा विताउने व्यक्तीको दैनिकि कस्तो हुन्छ हामि सहजै अन्दाज गर्न सक्दछौ । उहा सरल जीवनका धनि र आदर्शवान व्यक्तीत्व हुनुहुन्थ्यो ।
अनुकरणीय व्यक्तीत्व
हाम्रो समाजमा कोहि व्यक्तीहरु यस्ता हुन्छन जस्लाई उसको जीवन पछि पनि विर्शन सकिदैन । कृष्ण प्रसाद न्यौपाने त्यहि पड.तिका व्यक्ती हुनुहुनथ्यो । । उहाको जीवनवाट हामि धेरै कुराहरु सिक्न सक्दछौ । जीवन के का लागी ,मानिसको कर्तव्य के हो , जीवनको यथार्थ केहो उहाहरु जस्ता सरल जीवनका धनि व्यक्तीहरु वाट सिक्नु पर्ने कुराहरु हुन । उहाले आफनो जीवनभरी कहिल्यै स्वार्थको प्रदर्सन गर्नु भएन । निश्वार्थ भावनाले जिवनभर प्रजातन्त्रको लागी लडि रहनु भयो । घर परीवार भन्नु भएन । आफनो भन्दा देश र प्रजातन्त्रलाई लक्ष मानेर सधै अघि वडनु भयो । त्यस्ैले मैले कृष्ण प्रसाद न्योपानेलाई अनुकरणीय व्यक्तीत्व भनेको हु । वास्तवै उहा एक अनुकरणीय व्यक्तीत्व हुनुहुन्थ्यो ।
अन्तमा
आज उहा हामिहरुको माझमा हुनुहुन्न । उहाले आफनो जिवनकालमा प्रजातत्रन्का लागी र देश र जनताका लागी जे जति गर्नु भयो त्यो हामिहरुका अगाडि छ । जीवनभर निश्वार्थ भावनाले लागीरहनु भएका आदर्शवान व्यक्तीको जति व्याख्या गरे पनि अपुरो र अधुरो हुन्छ । त्यसैले आजको दिनमा हामिहरु उहाले हिडेको वाटोमा हिडने प्रण गरौ त्यहि उहा प्रति सच्चा श्रद्धान्जली हुनेछ । त्यसैले उहाले देखाउनु भएको वाटो हामिले अवलम्वन गर्न सक्यौ भने मात्र उहा प्रति सच्चा श्रद्धान्जी हुनेछ । स्व. कृष्ण प्रसाद न्यौपाने प्रति हार्दिक श्रद्धान्जली ।