२१आंै शताव्दकिो लागी कस्तो शिक्षा उपयुक्त हुन्छ भनेर बिश्वभरिका प्रायःसबै मुलुकहरुले आफनो योजना बनाई कार्यान्वयन गरीरहेको बेला नेपाललाई त्यो बहसले छुन सकेन। २१औं शताब्दीको लागी शिक्षाको अन्तराष्ट्रिय स्तरको गोष्टिहरुमा नेपालका प्रतिनिधिहरु सहभागी भए पनि नेपालको शिक्षा बिकाशमा त्यसको के प्रभाब पर्‍यो भनेर मुल्याङ्कन गर्ने हो भने शिक्षामा २१औं सताब्दीका चुनैातिहरू के हुन सक्दछ? शिक्षा क्षेत्रमा कस्ता कस्ता समस्याहरू बिधमान छन, तिनिहरूकेा सामना कसरी गर्न सकिन्छ। हाम्रो शिक्षा प्रणाली कसरी अन्य मुलुकको शिक्षा प्रणालीसंग प्रतिस्पर्धामा उत्रन सक्दछ? यसको प्रमुख आधारहरु के हुन भन्ने बिषयमा हाम्रो ध्यान गएको देखिदैन। प्रजातन्त्रको पुनर्स्थापना पछि शिक्षामा घरै ठुलो परीबर्तन आएको छ। पुनर्स्थापना भन्दा पहिले सामान्य शिक्षा प्राप्त गर्न पनि बिदेश धाउनु पर्ने थियो भने आज त्यो अबस्था छैन। बहु बिश्वबिद्यालयको स्थापनाले उच्च शिक्षामा नयाँ बिषयहरुको अध्ययन गर्ने मौका नेपालमै मिलेको छ। नेपालबाट शिक्षा प्राप्त गर्न र शिक्षा प्राप्त गरी सकेपछि रोजगारीको लागी बिदेश जानेको सख्यामा आएको व्यापक वृद्धिले अन्तराटि्रय प्रतिस्पर्धामा उत्रन सक्ने जनशक्तिको उत्पादन गर्नु आजको आबस्यकता भऐको छ। आजका बिद्यार्थिहरुले सधै नयँा परीििस्थतिको सामना गर्नुपर्ने हुनाले कुनै किताब पढनु वा कुनै बिषयमा प्रमाण पत्र लिनु मात्र शिक्षाको लक्ष हुन सक्दैन। जे परी आए पनि जान्न सक्ने हुनुपर्ने बाध्यता, जस्तो सुकै जिममेवारी आए पनि बहन गर्न सक्ने क्षमता र जस्तो सुके जिम्मेवारी दिदा पनि गर्न सक्ने खुबिको बिकाश गराउनुनै शिक्षाको मुलभुत उदेश्य रहेकोछ। हाम्रो शिक्षा प्रणाली पनि त्यसमा केन्द्रित हुनु पर्दछ। शिक्षामा आबस्यक लगानी गर्न नसकिरहेको अबस्थामा यसलाई निजि क्षत्रले पुरा गरीरहेको छ। बिद्यालय देखि उच्च शिक्षा दिने राम्रा राम्रा शिक्षणसस्थाहरु निजिक्षत्रमा संचालन भएका छन। सरकारी शिक्षण सस्थाहरुमा भन्दा यी शिक्षण सस्थाहरुमा अध्ययनको स्तर राम्रो छ। नेपाल अहिले शिक्षाको लागी उपयुक्त स्थान छ। राम्रमा राम्रा शिषण सस्थाहरु हुदाहुदै पनि हामिले बिदेशि बिद्यार्थिहरु ल्याउने निति बनाउन सकेनौ। बहुदलिय व्यबस्था आउना साथ निजि क्षेत्रमा शिक्षण सस्थाहरु खोल्नुको पछाडिको एउटा उदेश्य यो पनी थियो। बिश्व बिध्ाालयको स्तर निर्धारण गर्दा त्यो बिद्यालयमा कति देशका बिद्यार्थिहरु अध्ययन गर्दछन भनेर पनि हेरिन्छ। निजिक्षेत्रमा संचालन भएको शिक्षण संस्थाहरुको व्यबस्थापनको कम्जेारीहरुका कारण आज कैयौ प्रस्नहरु उठन थालेका छन। अहिले (क) हाम्रो शिक्षाका स्तर कुन बिकसित मुलुक संग हाराहारीमा छ। हामी कस्को प्रतिस्पर्धा गर्दै छौ त्यो स्पस्ट छैन। (ख) हामिकहा कस्तो किसिमको शिक्षा तत्कालनि परिस्थितिका लागी आबस्यक छ भन्ने कुराको जानकारी बिना शिक्षा दिन्छौ। (ग) हामि पाठयक्रम किन निमार्ण गर्दछौ, त्यसको खास ल73य हाम्रो आबश्यकता संग मिल्दछ कि मिल्दैन। यसता बिषयहरुमा हाम्रो ध्यान पटक्कै गएको देखिदैन। सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीको न्यायोचित्त बितरण भएको छैन। राष्ट्रिय लगानीलाई प्राथमिकता निर्धारण गरेर खर्च गर्नु पर्दछ। यसविषयमा स्पष्ट दृष्टिकोण हुन जरूरी छ। बितरणको दृष्टिकोणले शिक्षाको कुन क्षेत्रमा प्रथमिकता दिने कुरा स्पस्ट हुनु जरूरी छ। शिक्षाको बिकासमा गरीएको खर्चको न्यायोचित बितरणगरीएको आधारहरू देखिनुपर्दछ। विकासबजेटको ठूलो धनरासी शिक्षामा खर्च भएको छ। त्यो धनरासिबाट कोही सन्तुष्ट छैनन। शिक्षामा सरकारी खचेको कुनै उपलब्धी हुन नसकी विद्यार्र्थी तथा अबिभाबकहरूको ध्यान दिन–प्रतिदिन निजी विधालय तिर गइरहेको छ। सरकारी विधालयको गतिबिधी दिन प्रतिदिन खस्कीदै गएको छ। अहिले (क) उच्च शिक्षा (ख) प्राबिधीक शिक्षा (ग) उच्चमाध्यामीक शिक्षा (घ) माध्यामीक शिक्षा (ङ) प्राथमिक शिक्षा (च) महिला शिक्षा (छ) शिक्षक तालिम (ज) परिक्षा प्रणाली (झ) पाठ्यपुस्तक र अनौपचारिक शिक्षा जस्ता बिषयको प्राथमिकता क्म निर्धारण गरी रकम बिनीयोजन गर्ने विषयमा स्पष्ट नीति निमनर्ण गर्नु आबस्यक भएको छ। उच्च शिक्षाको मात्र कुरा गर्ने हो भने विश्व विधालयहरूको बीचमा समन्बय छैन। बिश्व बिद्यालय खोल्ने होड चलेको छ। हाम्रो प्राथमिकता कुन स्तरको शिक्षा हो स्पस्ट हुन जरूरी छ। नीज क्षेत्रमा विश्वविद्यालयहरू संचानलन भएका छन। तिनिहरूको भबिश्य अन्योल छ। ब्यबसायीक शिक्षाको यस्तै अबस्था छ। माध्यामीक शिक्षा सबै भन्दा बिकृत र अराजक अबस्था संचालन भएको छ। शिक्षामा लगानीको पटकै प्रतिफल देखिदैन। योग्यता पुगेका शिक्षक नहुनु, तालिमको अभाब आदी कारणले प्राथमिक शिक्षामा गुणत्मक प्रगति भएको देखिदैन। प्राथमिक शिक्षामा जुन योग्यताका शिक्षकहरूको व्यवस्था छ त्यसले कहिल्यै गुणात्मक शिक्षाको परिणाम दिन सकिदैन। अबको संदर्भमा शिक्षकको योग्यता कमसेकम स्नातक हुनु जरूरी छ। त्यसको लागि अब शिक्षक नियुक्ति गर्दा स्नातक नियुक्ति गर्ने र भई राखेका शिक्षकहरको योग्यता कसरी बृद्धि गर्ने भन्ने विषयमा सोच्न जरूरी छ। नेपाल वाहेक विश्वका सबै मुलुकमा शिक्षामा न्युनतम योग्यता स्नातकर तालिम प्राप्त भई सकेका अबस्थामा हामीले शिक्षक पेशालाई केबल रोजगारीको माध्यम बनाएर अब योग्यतामा समायानुकल व्यवस्था नगरी यहि व्यवस्थालाई निरन्तरता दियौं भने शिक्षामा कहिल्यै गुणात्मक बृद्धि हुन्छ भनेर कल्पना नगरे हुन्छ। पाठ्यपुस्तकहरू, परिक्षा प्रणाली, शिक्षक तालीम अहिलेको समस्याहरू हुन। शिक्षा विश्वब्यपि चएको हुनाले अन्तराष्ट्रिय प्रतिस्पर्धामा जाने तयारी हुनु पर्दछ। बिज्ञान र प्रबिधिको बिकाशसले चाँडै चाँडै परिवर्तनभइरहन्छ। यसलाई हामीले प्रतिस्पर्धा गर्न सकेनौं भने यो परिवर्तनको खासै अर्थ रहदैन। सबै भन्दा महत्वपूर्ण कुरा शिक्षाको नीति निर्माण गनर्ुे र त्यसको कार्यान्बयन र अनुगमन तथा मुल्यांकन गर्न ठोस निकायकेा जरूरत पर्दछ। उच्च माध्यामीक शिक्षा, प्राबिधीक शिक्षा, ब्यबस्ाायीक शिक्षामा आएको अन्यौलतालाई समाप्त पार्न स्पस्ट नीति र कार्यान्बयन को खाँचो भएको महशुष भएको छ। शिक्षा कुनै एउटा मुलुकको लागि हुदैन। विश्व ज्यादै नजिकीएको सन्दर्भमा हाम्रा वालवालिकाहरू अन्य मुलुकमा गएर प्रतिस्पर्धा गर्नु पर्ने र अन्य मुलुकमा अध्ययन गरेर आएका वालवालीका संग हाम्रा वालवालीकाले प्रतिस्पार्धा गर्नु पर्ने भएको हुदा त्यो प्रतिस्पर्धामा उत्रिन सक्ने शिक्षा प्रणालीको बिकाश हामीले गर्नुपर्दछ। यीनै कुराहरूलाई ध्यानमा राखेर हामीले शिक्षा प्रणालीको बिकाश गर्यो भने २१ औं सताब्दीको चुनैाति सामना गर्न सक्दछ। समयको माग पनि यहि हो। यसैले शिक्षा क्षेत्रको अन्यौलता समाप्त गर्दछ। शिक्षा कुनै एक मुलुक वा एक बिद्यालयलाई हेरेर निर्धारण गर्ने विषय होईन। शिक्षा गहनतम विषय भएको हुनाले यसको कुनै पनि पक्षको निर्णय गर्नुपर्दा अनुसन्धान गर्नु पर्दछ। शिक्षाको कुनै पनि पक्ष शैक्षिक दृष्टिकोणले ठिक हुन्छ भनेर प्रमाणित गरेर मात्र लागु गनर्ुृपर्दछ। अनुमान र लहडवाजिको आधारमा शिक्षामा परिवर्तनगर्न थालियो भने र त्यसको नकारात्माक प्रभाव समाजमा पर्न गएमा त्यसको जिम्मेवारी कस्ले लिने यस्तेा विषयमा पनि सम्बन्धित सबैको ध्यान जानु पर्दछ। किन भने शिक्षा निति भनेको लाखौ लाख बिद्यर्थिको भबिश्यसंग गँासिएको विषय हो ।