गोविन्द राज जोशी
आज भन्दा ३५ वर्ष अघि आफ्नो जीवनको उत्तराद्र्धमा वी. पी. कोइरालाले भन्नु भएको थियो । “म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सृजना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरूलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । नेपाली कांग्रेसमा मैले लिएको अडान र मेरा दृष्टिकोणहरूलाई गौड बनाइनेछ । मैले नेपाली कांग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरूको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा मेरो अडानका निरन्तरता छन् । हिन्दुस्थानको बारेमा, राजाको बारेमा र संसारसँगको सम्पर्कका बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरू मैले सधंै उल्लेख गर्ने गरेको छु । २००७ सालको क्रान्ति हामीले हिन्दुस्थानबाट सञ्चालन ग¥यौं । हामीलाई हिन्दुस्थानले सञ्चालन गर्न खोजेको कुराको मैले सधैंभरि र सबैभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेसा महत्त्व दिएको छु । मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु । उनको निरङ्कुश शैलीको मैले सधंै र सबैभन्दा बढी विरोध गरेको छु । मैले हिन्दुस्थानमा बसेर संगठन गर्दा पनि आफ्नो राष्ट्रियताको छवि कायम राख्ने प्रयास गरें । राजासँग मेलमिलापको कुरा गर्दापनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिन । मेरा यी अडानहरूका बारेमा व्यापक भ्रम सृजना हुने सम्भावना मैले देखेको छु । नेपाली कांग्रेसको इतिहास ती सबै आदर्शहरू र लक्ष्यहरूका साथ भएको सङ्घर्षको इतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्ज्वल भविष्यका लागि नेपाली कांग्रेसमा ती कुराहरूको निरन्तरता रहनु पर्छ । जुन दिन नेपाली कांग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्नेछ , यो निरर्थक भएर जाने छ । जुन दिन यसले प्रजातन्त्रको आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्ने छ , यो निरर्थक भएर जानेछ ।” ू ( जेल जर्नल ( विश्वेस्वर प्रसाद कोइराला ( पृष्ट छ,, ज )
वी. पी. कोइरालाका यी भनाइहरूले कसलाई कहाँ के सङ्केत गरेका छन् ? के यी भनाइहरू उहाँको ८ वर्ष लामो भारत निर्वासनका अनुभवहरू हुन् ? भारत निर्वासनमा रहँदा उहाँमा यो प्रभाव कसरी प¥यो ? के यो पनि कारण हो जसले उहाँ भारतको लामो निर्वासन तोडेर २०३३ साल पौष १६ गते नेपाल फर्कनु को ? उहाँले यसो किन भन्नु भयो ? कसलाई लक्षित गरेर उहाँले यो धारणा बनाउनु भएको थियो ? यी विषयहरू अत्यन्तै मार्मिक छन् र सान्दर्भिक पनि । यस विषयमा नेपाली कांग्रेसभित्र व्यापक र गम्भीर छलफल हुनु नितान्त आवश्यक छ । नेपाली राजनीतिमा अझ खास गरीकन नेपाली कांग्रेसमा यो अवस्था अहिले विद्यमान छ कि छैन ? मलाई लाग्छ यसको विश्लेषण नगर्दासम्म नेपाली कांग्रेसले आफ्नो गन्तव्य फेला पार्न सक्दैन ।
के हो वी.पी. विचार ?
नेपाली राजनीतिमा वी. पी. कोइराला एउटा व्यक्ति न भएर एउटा सिङ्गो संस्था हुनुहुन्थ्यो । उहाँको जीवन कालसम्म उहाँले नेपाली राजनीतिलाई आफ्नो बाटोमा डो¥याउनु भयो । वी. पी. जहाँ जानुहुन्थ्यो नेपालको राजनीति त्यही जान्थ्यो । जेलमा बस्दा होस् वा निर्वासनमा रहँदा । उहाँले हामीहरूका अगाडि धेरै कुराहरू भनेर जानु भएको छ । उहाँका यिनै अभिव्यक्तिहरू आज हामीहरूका लागि मार्गदर्शनका रूपमा रहेका छन् । उहाँका यिनै अभिव्यक्तिहरूलाई अहिले हामीहरू वी. पी. कोइरालाको राजनैतिक सिद्धान्त भन्दछौँ । यसलाई मानिसहरू वी.पी.कोइराका आदर्श र दृष्टिकोण पनि भन्ने गर्दछन् । मानिसहरूले उहाँका यी अभिव्यक्तिहरूलाई आ–आप्mनो दृष्टिकोण अनुसार व्याख्या पनि गर्ने गरेका छन् । उहाँका यिनै धारणाहरूको अध्ययन गर्दा भन्न सकिन्छ प्रजातन्त्र वी. पी. को आदर्श र सिद्धान्त हो, राष्ट्रियता वी. पी. को अडान हो र समाजवाद वी. पी. को कार्यक्रम हो । राष्ट्रिय एकता र मेलमिलाप वी. पी. कोइरालाले अवलम्बन गर्नु भएको सैद्धान्तिक अवधारणा प्राप्त गर्ने माध्यम हो । समग्रमा एकीकृत वी.पी.का यिनै विचारहरूलाई वी. पी. को विचार सिद्धान्त भनिन्छ । उहाँ भारतबाट ८ वर्षको लामो निर्वासनपछि राष्ट्रिय एकता र मेलमिलापको सिद्धान्त अवलम्बन गर्दै नेपाल फर्कनु भएको थियो । उहाँले बारम्बार आफुले सधै राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरूको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा सैद्धान्तिक र विषयगत अडान लिएको कुरा व्यक्त गर्नुहुन्थ्योे । उहाँका दृष्टिकोणमा निरन्तरता थियो र त्यसका आधारहरू उहाँले सधंै उल्लेख गर्नु भएको थियो । यी विषयहरूको अध्ययनविना जननेता वी. पी. कोइरालाको बारेमा विश्लेषण हुन सक्दैन । आज मैले यहाँ यिनै विषयमा छोटकरीमा केही चर्चा गर्ने प्रयास गरेको छु ।
राष्ट्रियता
वी. पी. कोइरालाको समग्र जीवनको अध्ययन गर्दा उहाँले राष्ट्रियतालाई अत्यन्तै महत्त्व दिनु भएको छ । उहाँले राष्ट्रियताको परिभाषा गर्दा स्पष्ट शब्दमा भन्नु भएको छ — “राष्ट्रियता भनेको भूगोलमात्र होइन, माटोमात्र होइन त्यो यथार्थमा जनता हो । राष्ट्रियता केवल भूगोलसँग मात्र सम्बन्धित हुँदैन । यो समग्ररूपमा जनतासँग सम्बन्धित हुन्छ । राष्ट्रियता भन्नासाथ जनताको हक अधिकारसँग सम्बन्धित हुन्छ । जुन कामले जनताको हक अधिकारको संरक्षण गर्दछ त्यो काम राष्ट्रिय हुन्छ ।” ( राष्ट्र , राष्ट्रियता र प्रजातन्त्र – पृष्ट ४ विश्वेश्वर प्रसाद कोइराला ) त्यसैले वी.पी. कोइरालाले राष्ट्रियतालाई सधंै प्रजातन्त्रसँग जोडनु भएको छ । प्रजातन्त्रविना राष्ट्रियता हुनै सक्दैन भन्ने उहाँको दृष्टिकोण थियो । त्यही कारण उहाँले २०३३ साल पौष १६ गते भारतको निर्वासन त्यागेर नेपाल फर्कदा दिनु भएको वक्तव्यमा भन्नु भएको छ — “मेलमिलापको शर्त नै राष्ट्रियता र प्रजातन्त्र हो ।”
वी. पी. कोइरालाले भन्नु भएको छ — “हरेक राष्ट्र आफ्नो इतिहासमा एउटा जटिल राष्ट्रिय आन्दोलनको क्रमबाट गुज्रिएको हुन्छ । राष्ट्रिय आन्दोलनबाट राष्ट्रियताको विकास नभएसम्म कुनैपनि मुलुक न त जीवित रहन सक्दछ न विकास नै गर्न सक्दछ । यहाँसम्म कि अन्ता–राष्ट्रियताको विकासको लागि पनि राष्ट्रियताको आधार बलियो हुनु पर्दछ । प्रत्येक मुलुकको भविष्य राष्ट्रियताको आधारमा निर्भर गर्दछ । राष्ट्रियताको आधार कमजोर भएका राष्ट्रहरू इतिहासको क्रममा विलीन भएर गएका छन् र विलीन भएर जाने छन् । हामी यस्तो ऐतिहासिक घडीबाट गुज्रिरहेका छांै । हामीले राष्ट्रियता र प्रजातान्त्रका विषयमा सही दृष्टिकोण नलिएको अवस्थामा राष्ट्रका रूपमा जीवित रही विकास गर्ने अधिकारबाट पनि हामी बन्ञ्चित हुनु पर्ने छ । त्यसकारण प्रजातन्त्रमा आधारित राष्ट्रियताको विकास आजको ऐतिहासिक आवश्यकता हुन गएको छ ।” ( राष्ट्र , राष्ट्रियता र प्रजातन्त्र – पृष्ट १ विश्वेश्वर प्रसाद कोइराला) यस सन्दर्भमा अध्ययन गर्दा ७ सालको क्रान्ति नेपालको राष्ट्रियताको दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण थियो । २००७ सालमा नेपालको इतिहासमै पहिलो पटक परिवर्तनका लागि जनताबाट सामूहिक प्रयास गरियो । मेचीदेखि महाकालीसम्म तराई, पहाड, हिमाल र उपत्यकामा बसोबास गर्ने हरेक जाति, वर्ण र धर्मावलम्बीहरूले सामूहिक आवाज उठाए । एउटा सशक्त देशव्यापी भावना जागृत भयो र राष्ट्रियताको उदय भयो । नेपालको राष्ट्रियताको उदय हुनुमा २००७ सालको क्रान्तिको महत्त्वपूर्ण भूमिका रहेको छ । २००७ सालको क्रान्तिको महत्त्व के हो भने यस क्रान्तिले नेपालमा शासकीय व्यवस्थामा परिवर्तन र राष्ट्रिय जागरण दुबै एकसाथ ल्याएको थियो । विश्वमा र नेपालमा पनि यस्ता धेरै क्रान्तिहरू भए । क्रान्तिले त्यहाँको शासन व्यवस्थामा मात्र परिवर्तन भयो । नेपालकै कुरा गर्ने हो भने कोतपर्व र भण्डार खालपर्वलाई लिन सकिन्छ । तर २००७ सालको क्रान्तिले नेपालमा केवल शासन व्यवस्था परिवर्तन गरेर जनतालाई अधिकारमात्र दिलाएन राष्ट्रियताको भावनासमेत जागृत गरायो । त्यसैले नेपाली राष्ट्रिय भावनाको सुरुवात ७ सालकै क्रान्तिबाट भएको हो । वी. पी. कोइरालाका उल्लिखित भनाइहरू राष्ट्रियताका दृष्टिले अहिले पनि त्यतिकै सान्दर्भिक रहेका छन् । ( विश्वेश्वर प्रसाद कोइराला को आत्मवृतान्त )
वी. पी. कोइरालाले बारम्बार भन्नु भएको थियो — “कुनै मानिसले आफुलाई राष्ट्रवादी देखाउन कुनै मुलुकप्रति माया देखाउँदैमा वा भाषणमा कुनै मुलुकप्रति अपनत्व देखाउँदैमा अथवा आन्ध भक्ती गर्दैमा राष्ट्रवाद हुन सक्दैन । कसैको विरुद्धमा भजन गाउदैमा राष्ट्रवादी हुँदो रहेनछ । राष्ट्रवादी हुन उसले गरेका कार्यहरू जनताको सरोकारका छन् कि छैनन् भनेर हेर्नु पर्ने हुन्छ । २०१७ सालको राजा महेन्द्रको कदम राष्ट्रवादी थिएन किन भने राजाको त्यस कदमले जनताका अधिकारहरूको हनन गरेको थियो । राष्ट्रियतामा जनताका सरोकारका विषयहरू जोडिएका हुँदा रहेछन् । राष्ट्रियतामा जनताका अधिकारहरू गाँसिएका हँुदा रहेछन् । जहाँ जनताका अधिकारहरूको संरक्षण गरिएको हँुदैन त्यहाँको राष्ट्रियता कमजोर हँुदो रहेछ अनि देश पनि । त्यसैले जनताका अधिकारहरू कमजोर बनाउँदै लैजाने न कुनै व्यक्ति राष्ट्रवादी हुन्छ न त्यसले राष्ट्रियताको आधार नै बलियो बनाउँदछ ।” वी. पी. कोइरालाका राष्ट्रियता सम्बन्धी यिनै अवधारणाहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । वी. पी. कोइराला यही आधारशिलामा अविचलित रहनुभयो । उहाँले राष्ट्रियताको आफ्नो अडान न कहिल्यै छोड्नु भयो न कहिल्यै राष्ट्रियताको विपरीत कुनै सम्झौता गर्नु भयो ।
राष्ट्रियताका सन्दर्भमा वी. पी. ले भन्नु भएको थियो “हिन्दुस्थानको बारेमा, राजाको बारेमा र संसारसँगको सम्पर्कका बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरू मैले सधंै उल्लेख गर्ने गरेको छु । २००७ सालको क्रान्ति हामीले हिन्दुस्थानबाट सञ्चालन ग¥यांै । हामीलाई हिन्दुस्थानले सञ्चालन गर्न खोजेको कुराको मैले सधैभरि र सबभन्दा बढी विरोध गरेको छु ।” वी.पी.ले यसो किन भन्नु भयो भनी अध्ययन गर्दा २००७ सालको क्रान्ति भारतको सहयोगमा भएको भएपनि उहाँले यसलाई नेपालको राष्ट्रियतामा असर पर्दछ कि भनेर सधैं सतर्क रहनु भएको थियो । नेपालमा क्रान्ति हुनुभन्दा पहिले भारतमा स्वतन्त्रताको आन्दोलन भएको थियो । भारतको स्वतन्त्रता आन्दोलनमा वी. पी. कोइराला लगायत नेपाली नेताहरू पनि सक्रिय थिए । त्यस आनन्दोलनमा व्यक्तिगत रूपमा वी. पी. कोइरालाको त विशेष योगदान थियो नैे ।
यस प्रसङ्गमा एउटा महत्त्वपूर्ण कुरा के छ भने भारतमा नेताजी सुवासचन्द्र बोसले स्वतन्त्र भारत आन्दोलन गर्नु अघि जर्मनीमा बसेर भूतपूर्व सैनिकहरूको सङ्गठन गरेका थिए । आजाद हिन्द फौजको नामले त्यो सञ्चालन भएको थियो । त्यस सङ्गठनमा धेरै नेपाली भू.पू. सैनिकहरू थिए । श्यामकुमार तमाङ, पूर्णसिंह खवास, ज्ञानबहादुर लिम्बु (अर्थात् जे.बी.याकथुम्वा) लगायतका मानिसहरू त्यो आजाद हिन्द फौजमा सामेल भएको कुरा इतिहासमा उल्लेख भएको पाइन्छ । सुवासचन्द्र बोसले ‘जय हिन्द’ आन्दोलनको अभिवादनको नाम दिएका थिए । भारत स्वतन्त्रको सफलतापछि आजाद हिन्द फौजमा काम गर्ने नेपाली लडाकुहरू नेपालको आन्दोलनमा सामेल हुने भए । भारतले आफुलाई प्रयोग गर्न नसकोस् भनेर वी. पी.ले ती आजाद हिन्द फौजमा काम गरेका ती नेपाली भू.पू. सैनिकहरूलाई मुक्ति सेनामा सामेल गराउनु भयो । भारतीय आन्दोलनको अभिवादनको नारा जय हिन्दलाई ‘जय नेपाल’ मा परिवर्तन गर्नु भयो र २००७ सालको आन्दोलन नेपालमा ‘जय नेपाल’ को नाराले भयो । आन्दोलनको सफलतापछि मुिक्त सेनाका लडाकुहरू नेपाली सेनामा समावेस हुनु पर्दछ भन्दा आन्दोलनमा सहभागी भएका लडाकुहरूलाई उहाँले सेनामा समावेस गर्न मान्नु भएन र नेपाल प्रहरीमा समावेस गरियो । उहाँको तर्क थियो भारत आफैले त लडाकुहरूलाई भारतीय सेनामा समावेस गरेन भने हामीले उनीहरूलाई नेपाली सेनामा कसरी समावेस गर्न सक्दछौँ ? सेनालाई घुसपैठबाट बचाउनु पर्दछ र सेनालाई राजनीतिकरण गराउनु हुँदैन भन्ने उहाँको स्पष्ट दृष्टिकोण थियो । अहिले माओवादी लडाकुहरूलाई विनासोच विचार नेपाली सेनामा समावेस गरिएको छ । तत्कालीन परिस्थितिमा ठिकै भएपनि भविष्यमा यसको असर के हुन्छ भन्न त्यति सहज छैन । जे होस् एउटा महत्त्वपूर्ण कुरा के हो भने २००७ सालको आन्दोलन नेपालीहरूबाट भएकाले त्यो आन्दोलन नेपाली थियो । नेपाली कांग्रेसले नै उक्त आन्दोलनको सफल नेतृत्व प्रदान गर्नुका साथै पारस्परिक अभिवादन गर्दा जय नेपाल भन्न सुरु गरेको थियो । मुक्तिसेना नेपाल पुलिसमा परिणत भएपछि नेपाल पुलिसले पनि जय नेपाल भन्न थाले । राजालाई पनि ७ सालको क्रान्ति अर्थात् जय नेपालले सञ्चालन गरेको आन्दोलनले प्रतिस्थापित गरेकै हुनाले तत्कालीन राजाहरूले पनि नेपालमा राजतन्त्र रहँदा सम्म जय नेपाल भन्ने गर्दथे । यसरी राजा, कांग्रेस र नेपाल प्रहरीले ‘जय नेपाल’ भन्ने गरेको तथ्य पनि यहाँ स्मरण गर्न चाहन्छु । जव वी. पी. कोइराला भारत निर्वासनमा जानु भयो भारतमा भारतीय जनता दलको शाशन आएपछि सत्तामा रहेका उहाका मित्रहरुले पटक पटक वी. पी.लाई भारतवाटनै नेपालमा वहुदल घोषणा गराईदिने र उहालाई सोझै नेपालको प्रधानमन्त्री वनाएर नेपाल पठाउने कुरामा विश्वस्त पार्न खोज्दा उहाले त्यो कुरालाई इन्कार गर्नु भयो । उहाले भन्नु भएको थियो तपाईहरुले ल्याई दिएको प्रजातन्त्र र वनाई दिएको प्रधानमन्त्री नेपालको नभएर तपाईहरुको हुन्छ । राष्ट्रियतासँग सम्बन्धित परिपक्व विचार र व्यवहारले गर्दा नै अहिले पनि वी. पी. कोइराला एउटा महान् राष्ट्रवादी चिन्तक र दूरदर्शी राजनेताको रूपमा नेपाली राजनीति र जनमानसमा चर्चित एवम्् सम्मानित हुनु भएको छ ।
प्रजातन्त्र
वी. पी. कोइरालाले भन्नु भएको थियो “राष्ट्रियता, स्वतन्त्रता र सामाजिक न्याय मानिसका यी तिनओटा आधारभूत चाहनाहरूलाई एकीकृतरूपमा स्थान दिने राजनैतिक अवधारणा नै प्रजातन्त्र हो । तसर्थ नेपालको सन्दर्भमा प्रजातन्त्रको व्यवहारिक दृष्टिबाट विवेचना गर्दा यी तिनओटा तत्त्वहरूतर्फ एकीकृतरूपमै ध्यान केन्द्रित हुन्छ । यस्तो संयुक्त शक्तिको अभावमा हामीले मुलुकको निर्माण गर्न वा मुलुकलाई गरीबी र अज्ञानताबाट माथि उठाउने कल्पना पनि गर्न सक्दैनाँै । प्रजातन्त्रको मूूतभूत मर्म यही हो । यस कुरामा नेपाली कांग्रेस अत्यन्त गम्भीर हुनु पर्दछ । यता पट्टि ध्यान नदिई यदि नेपाली कांग्रेसले केवल सत्ताको लागि मात्र राजनीति ग¥यो भने अथवा जुन दिन नेपाली कांग्रेसले प्रजातन्त्रको आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्नेछ , सत्तालाई प्राथमिकता दिनेछ , त्यो दिन नेपाली कांग्रेस निरर्थक भएर जानेछ ।” प्रजातन्त्रलाई वी. पी. ले यति धेरै महत्त्व दिनु भएको छ । राष्ट्रियता कांग्रेसको अडान हो भने प्रजातन्त्र यसको आदर्श र सिद्धान्त हो । आफ्नो सिद्धान्त र आदर्शलाई कहिल्यै समर्पण गर्न हुँदैन भन्ने वी. पी.को धारणा हो । त्यसैले उहाँले बारम्बार भन्नु भएको छ — “सत्त्ताका लागि प्रजातन्त्रका मूलभूत सिद्धान्त र आदर्शलाई भुल्नु हँुदैन । प्रजातन्त्रका स्रोेत (कयगचअभ० आधार (द्यबकभ) र लक्ष (न्यब)ि जनता नै हुन् । प्रजातन्त्रमा जनतालाई कसैले कहिल्यै भुल्नु हुँदैन । प्रजातन्त्रको परिभाषा कुनै एउटा राष्ट्र वा सरकारले मात्र गरेर हुँदैन । प्रजातन्त्रका विश्वव्यापी मान्यताहरू छन् । यसका मूलभूत आधारहरू संयुक्त राष्ट्र संघको विश्वव्यापी घोषणामा उल्लेख गरिएको छ ।
प्रजातन्त्रका बारेमा वी. पी. कोइराला अगाडि भन्नु हुन्छ — “हाम्रा सुकुम्बासी, भूतपूर्व सैनिक, तल्ला स्तरका कर्मचारी तथा किसानहरूले राम्ररी दुई छाक खान सकून् । तिनीहरू एउटा छतमुनि बस्न पाऊन् , केटाकेटीले पढ्न पाऊन् । औषधि उपचारको व्यवस्था होस् । हामीहरूलाई अहिले ठूला ठूला महल र हवाइ जाहाज चाहिएको छैन । यही चाहिएको छ — सबैले पेटभरि खान पाऊन् , एकसरो लुगा लगाउन पाऊन् , पढ्न पाऊन् , औषधि मूलो गर्न पाऊन् , त्यही हो प्रजातन्त्र । ( २०३७ चैत्र ३ गते नेपालगंजमा दिएको भाषणको अंश ) ( जननाएक वी. पी. कोईरालाको प्रजातान्त्रीक समाजवाद संवन्धि अवधारणा पृष्ट१० ) प्रजातन्त्र भनेको अर्को शब्दमा विश्वका सबै जनताले सांस्कृतिक, राजनैतिक, सामाजिक र आर्थिक भेदभावबिना आफ्नो इच्छाअनुसार प्रयोग गर्न पाउने अधिकार हो । यसको प्रयोग जनताले आफ्ना निर्वाचित प्रतिनिधिहरूको माध्यमबाट गर्दछन् । यसकारण प्रजातन्त्रको महत्त्वपूर्ण सारतत्त्व भनेको नै स्वतन्त्र र निष्पक्ष निर्वाचन हो । कानुनको शासन र शक्तिपृथकीकरणको सिद्धान्त प्रजातन्त्रको अर्को प्रमुख आधार हो । यसको आधारमा प्रजातन्त्रलाई परिभाषित गर्न र मूल्याङ्कन गर्न सकिन्छ । प्रजातन्त्रको सारतत्त्व नै जनताको अधिकारसँग जोडिएको हुन्छ ।
प्रजातन्त्रका बारेमा रवर्ट ए डाहल भन्नु हुन्छ — “प्रजातन्त्रले मानिसहरूलाई निम्न अवसरहरू उपलब्ध गराउँछ ः— १) प्रभावकारी सहभागिता, २) मतदानको समानता, ३) सुशिक्षित समझदारीको विकास, ४) कार्यसूची उपर अन्तिम नियन्त्रणको अभ्यास एवम् ५) सम्पूर्ण वयस्कहरूको संलग्नता ।” ( प्रजातन्त्रका वारेमा(रवर्ट ए डाहल पृष्ट ३८ ) उहाका यी भनाइहरू वी. पी. कोइरालाका भनाइसँग मिल्दा जुल्दा छन् । वी. पी. भन्नु हुन्छ जहाँ जनताको अधिकारको संरक्षण हुँदैन, जुन शासन व्यवस्थाले जनतासँग सरोकार राख्दैन, त्यहाँ प्रजातन्त्र हुँदैन । यसरी नेपाली कांग्रेसको मूलभूत आदर्श नै प्रजातन्त्र हो ।
समाजवाद
२०११ सालमा वीरगञ्जमा सुसम्पन्न नेपाली कांग्रेसको महाधिवेशनले नै नेपाली कांग्रेसको उदेश्य देशमा समाजवादी शासन व्यवस्था कायम गर्ने भनी घोषणा गरेको हो । वी. पी. कोइराला भन्नु हुन्छ — “समाजवाद भन्ने शब्दमा नेपाली जनताको नफुटेको वाणी राखिएको छ । उनीहरूको दुखी जीवनमा यसले त्राण ल्याउँदछ । उनीहरूलाई अब गरीबी, शोषण र अत्याचारबाट मुक्त हुने बाटो पाइयो भन्ने भावनाले एउटा नयाँ स्फुर्ति र प्रेरणा दिन्छ । समाजवादले जमीनमा काम गर्ने कुटो कोदालो गरेर जमिनलाई उर्वर बनाउने जनताको हितमा काम गर्दछ ।” ( तरुण वुलेटिन ८ अपृल १९७६ मा प्रकासित )
समाजवादी दृष्टिकोणले महिलाहरूको विकासका लागि उहाँ भन्नु हुन्थ्यो — “उनीहरूको काम गर्न सक्ने क्षेत्रमा कस्ता किसिमका सहयोग प्रभावकारी हुन्छन् ? हामीलाई थाहा छ , महिलाहरूको सम्पत्ति सम्बन्धी अधिकार अझ प्राप्त भएको छैन । महिलाहरू हाम्रो मुलुकमा कम खर्चालु हुन्छन् । त्यसैले उनीहरूलाई गरीबी निवारणको लागि विनाधितो ऋण सहयोग उपलब्ध गराउनु पर्दछ । यस्ता कार्यक्रममा उनीहरूलाई आकृष्ट गर्न सकियो भने कार्यक्रम अझ प्रभावकारी हुन्छ । मैले ऋण सहयोग किन भनेको भने त्यसै दिँदा त्यो मानिसले सित्तैमा पाएको भनेर काम नगर्न सक्दछ । योजनामा प्रभावकारी बनाएर ऋणलाई १ वा २ वर्षमा नै सहयोगमा परिवर्तन गर्ने र योजना प्रभावकारी बनाउन सकेन भने ऋणमा नै रहने व्यवस्था गर्दा उसले मेहनत गर्दछ । खेतमा पानी तान्ने पम्प सुधारिएको हलो आदि कृषि औजार जस्ता सामानमा सरकारले किसानलाई सहयोग पु¥याउन सक्दछ । त्यसमा ध्यान दिनु पर्दछ । कृषिमा पानी तान्न प्रयोग गर्ने विद्युतको महसुल न्यूनतम गर्नु पर्दछ ।” यस सम्बन्धमा वी. पी. कोइरालाले बारम्बार भन्ने Small is beautiful पुस्तकको बारेमा धेरै उल्लेख गर्नु भएको छ । त्यसको एउटा उद्धरण म यहाँ उल्लेख गर्न चाहान्छु To;sf] Pp6f p4/0f d oxfF pNn]v ug{ rfxfG5′ . ” It is important that there should enough work for all because that is the only way to eliminate anti productive reflexes and create a new state of mind – that of a country where labour that become problem and must be put to the best possible use. In other words the economic calculus in terms of output or income without consideration of the number of jobs, is quite in approperiate in the condition here under consideration. For it emplies a static approach to the problem of development. The dinamic approach to beed to the needs and reactions of people. There first need is to start work of some kinds that brings some reward however small It is only when they experience That their tine and labuor is of the volume that they can become interested in making it more valuable. It is therefore more important that everybody should produce something than that afew people should produce each produce a great deal, and this remain true even if in some exceptional cases that the total output under the former arrengement should be smallar that it would be under the later arrengement. It will not remain smallar, because is a dinamic situation capable of generating growth.Æ Page 145 – Small is beautiful – Schumacher
वी.पी.कोइराला भन्नु हुन्छ समाजवादी समाजका दुई स्वरुप हुन्छन । एउटा मार्कसवादी ढाचा र गानध्ीवादी ढाचा । मार्कसवादी ढाचामा सवै चिज राज्यको नियन्त्रणमा हुन्छ । गान्धिवादी ढाचामा सम्पत्तिमा राज्यको भुमिका अत्यन्त न्युन हुन्छ । तर त्यो पनि ससमाजवादी ढाचा हो । गान्धिवादी ढाचा मार्कसवादी ढाचा भन्दा निककै फरक छ । गान्धिवादी ढाचा प्रकृतिलार्य विगार्ने ढाचा होइृन । गान्धिवादी ढाचामा त्यसकाने कुनै स्थान हुदैन । यस प्रणाली मा सहकारी संग आवद्ध भएका साना साना ईकाईहरु हुन्छन । परीवार उत्पादनको अंग हुन्छ । तसर्थ कुनै परीवारले उत्पादन गर्न सक्ने वस्तुको उत्पादनका लागी सरकारले सहयोग दिन्छ । अर्थात गाउका वासिन्दाहरु विद्युत उत्पादन गर्न समर्थ देखिए भने त्यसका लागी सरकारले प्रोत्साहन दिन्छ । यो ढाचा गान्थिवादी ढाचा हो । ( मेरो जीवन असफल भएन – विश्वेश्वर प्रसाद कोइराला )
समाजवाद केवल नाराले मात्र हुँदैन । ” वी. पी. कोइरालाको दृष्टिकोणमा समाजवादको एउटा मुख्य लक्ष्य छ जसले हाम्रो समाजवादी महान् आन्दोलनलाई प्रेरणा दिन्छ त्यो हो समानता । समानताविना समाजवादको कुनै अर्थ हँुदैन । समानता भन्नासाथ हामी समाजवादीहरूको अवधारणा राजनैतिक र आर्थिक समानता हो । यी दुबैलाई मिलाएर वी. पी. कोइरालाले प्रजातान्त्रिक समाजवाद भन्नु भएको हो । उहाँको दृष्टिकोणमा समाजवाद शुद्ध भौतिक व्यवस्था हो । उहाँको धारणा माकर्सवादी समाजवादी अवधारणासँंग मिल्दैन । माकर््सवादी समाजवादी धारणा भनेको व्यक्तिको सम्पत्तिलाई राष्ट्रियकरण गर्नु हो । त्यो अवधारणासँग उहाँ सहमत हुनुहुन्थेन । वी. पी. सुरुमा माक्र्सवादबाट प्रभावित भएपनि पछि उहाँले माकर््सवादसँग असहमत भएर आफुलाई गान्धियन समाजवादी भन्नु भएको छ । समाजवादमा कुनै पनि परिवारका सदस्यको उत्पादनमा गर्ने प्रयासलाई सरकारले सहयोग गर्नु पर्दछ भन्ने हो । समाजवाद भन्नासाथ समाजका सदस्यहरूको आकाङ्क्षा आवश्यकताहरू प्रायः समान हुन्छन् । सदस्यहरूको खाने बस्ने लाउनेजस्ता न्यूनतम आवश्यकता प्रायः एकै प्रकारका हुन्छन् । त्यसैले समाजवादले उनीहरू सबैको वृत्तिविकास गर्न र आवश्यकता पूरा गर्न समान अवसर प्रदान गर्नु पर्दछ । त्यस्तो काममा सरकारले सहयोग गर्नु पर्दछ भन्ने वी. पी.को समाजवादी अवधारणा हो ।
वी.पी. कोइरालाको समानता र साम्यवादीहरूको समानतामा ठूलो भिन्नता छ । उहाँले सधैं गाईको दूधको उदाहरण दिने गर्नु हुन्थ्यो । १०० जना मानिसलाई एकमाना दूध समान वितरण गर्ने हो भने एकएक चम्चा पनि पुग्दैन । त्यसले उनीहरूको आवश्यकता पूरा गर्दैन । हाम्रो समाजवादी अवधारणा भने दूधको समान वितरण हो तर पहिले दूधको उत्पादनमा वृद्धि गर्नु पर्दछ अनिमात्र समान वितरण गर्न सकिन्छ । त्यसैले नेपाली कांग्रेसकोे समाजवादी अवधारणा भनेको पर्याप्त उत्पादन अनि समान वितरण हो । समान वितरणबाट जनताको अवश्यकता पनि पूरा हुनुपर्दछ । नेपाली कांग्रेसको समाजवादी अवधारणाले वितरणभन्दा पहिले उत्पादनलाई जोड दिएको हुन्छ । वी. पी. कोइरालाले जहिले पनि नेपालको विकासको कल्पना गर्दा सधै पेटभरि खान नपाउने, एक छाक टार्न मुस्किल पर्ने मानिस, टोपीको घेरा फाटेको मानिस, बिरामी हुँदा औषधि गर्न नसक्ने मानिस, विद्यालयमा आफ्ना छोरा छोरी पढाउन नसक्ने मानिसलाई हेरेर योजना बनाउने र विकास गर्ने परिकल्पना गर्नु भएको थियो । नेपाल र नेपालीलाई समुन्नत गराउन आवश्यक आर्थिक सुधार गर्नु नै उहाँको समाजवादी दृष्टिकोण थियो । वी. पी.ले सघैं निम्नस्तरका मानिसको हितलाई ध्यान दिनुपर्दछ भन्नु हुन्थ्योे । उहाँले सधंै रोजगारी र उत्पादनमा जोड दिनु हुन्थ्यो । वी. पी. कोइरालाको समाजवादी अर्थ व्यवस्था यिनै अवधारणाहरूमा आधारित थियो ।
२०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले यही समाजवादी चिन्तनसहितको घोषणा पत्रको आधारमा निर्वाचनमा विजय हासिल गरेकाले यो शब्द नेपाली जनमानसमा थप चर्चाको विषय बनेको थियो । साथै यही नै नेपाली कांग्रेसको मूलभूत सिद्धान्त र कार्यक्रम थियोे । वी. पी. ले भन्नु भएको थियो —“व्यावहारिक रूपमा समाजवाद भनेको भोको मानिसको लागि एक मुठ्ठी चिउरा हो । सैद्धान्तिक रूपमा साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ । समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद रहन्छ । समाजवादका वारेमा उहा भन्नु हुन्छ ( हामिहरु समाजवादी हौ । त्यसैले हामिहरु त्यस्तो व्यवस्था खडा गर्न चाहान्छौ जसले गरीवको हित होस । नेपाल भन्ने वित्तिकै त्यो नेपाल गरीवको नेपाल हो । त्यो नेपाल गाउंको नेपालहो । त्यो झुपडि र छाप्रोको नेपाल हो । नेपाल ठुला घर , महल र धनाडय मानिसहरुको नेपाल होईन । त्यसैले नेपालको उन्नती भनेको ठुला ठुला धनिको उन्नती होईन । किसानको उन्नती गर्ने , मध्यम वर्गिय मानिसको उन्नती गर्ने शिक्षक र कर्मचारकिो उन्नती गर्ने तथा जो सुकुमवाशी छन उनिहरुको उन्नती गर्ने ( यो हो विकाश वा उन्नती भनेको समाजवादी दृष्टिवाट ( २०३७ फाल्गुण २९ गते धनगढीमा दिएको भाषकणो अंश )
२०४६ सालको परिवर्तनपछि बनेको नेपाली कांग्रेसका सरकारहरूको आर्थिक नीति तथा कार्यक्रममा वी. पी. का यी अवधारणाहरूलाई प्राथमिकतामा राखिएन । निजीकरणको नाममा उद्योगहरू बिक्री गर्ने कार्य वी.पी.कोइरालाको समाजवादी चिन्तनको प्रतिकुल थियो । नेपालमै रोजगारी दिनुको साटो देशमा भएका उद्योग धन्दाहरू बन्द र बिक्री गरेर मानिसहरूलाई विदेसिन प्रोत्साहित गरियो । वी. पी. कोइरालाको समाजवादी दृष्टिकोणलाई ध्यान पुर्याउन सकिएन, जसका कारण आज नेपाल र नेपाली कांग्रेस दिनानुदिन कमजोर हुँदै गएको छ ।
राष्ट्रिय एकता र मेलमिलाप
उल्लिखित सैद्धान्तिक अवधारणहरू कार्यान्वयन गर्न सकेमात्र नेपालमा जनताको शासन व्यवस्था कायम गर्न सकिन्छ भन्ने दृष्टिकोण वी.पी. कोइरालामा थियो । त्यसैले विभिन्न राजनैतिक उतारचडाब पछि धेरै लामो अनुभव बटुल्नु भएका वी. पी. कोइरालाले ८ वर्ष लामो भारत निर्वासनलाई तोडेर २०३३ साल पौष १६ गते नेपाल फर्कने निर्णय गर्नु भएको होे । त्यतिखेर उहाँमाथि विभिन्न ८ ओटा मुद्दा नेपालका अदालतहरूमा दायर भएका थिए । कुनै एक मुद्दामा मात्र उहाँको पराजय भयो भने पनि उहाँलाई मृत्युदण्ड हुन सक्दथ्यो । त्यति हुँदाहुँदै पनि वी. पी. कोइराला के निष्कर्षमा पुग्नु भयो भने प्रजातन्त्रको लडाइँ विदेशमा बसेर लड्दा त्यसको प्रतिफल हामीलाई भन्दा अरुलाई हुन्छ । त्यसैले राष्ट्रियतालाई जोगाउन नेपालभित्रबाटै प्रजातन्त्रको लडाइ लड्नु पर्दछ ।
अर्को कुरा उहाँले राष्ट्रियता, प्रजातन्त्रिक आदर्श र समाजवादी कार्यक्रमको कार्यन्वयनको लागि समग्ररूपमा राष्ट्रिय एकता र मेलमिलापको नारा दिनु भयो । उहाँले भन्नु भयो — “यो राष्ट्रिय एकता र मेलमिलापको सिद्धान्त यति बलियो छ कुनै तागतले यसलाई हल्लाउन सक्दैन । यस प्रयोजनको लागि हामीहरूको दृष्टिकोणमा स्पष्टता हुनु पर्दछ ।” आखिर के हो त राष्ट्रिय एकता तथा मेलमिलाप भनेको ? यस विषयमा वी. पी. कोइरालाले आप्mनो स्पष्ट दृष्टिकोण र मान्यता अघि सार्दै भन्नु भएको छ — “राष्ट्रियता, प्रजातन्त्र र समाजवादका बारेमा मेरा दृष्टिकोण र अडानका निरन्तरता छन् । नेपाली कांग्रेसको इतिहास ती सबै आदर्शहरू र लक्ष्यहरूका साथ भएको संघर्षको इतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्ज्जल भविष्यका लागि नेपाली कांग्रेसमा ती कुराहरूको निरन्तरता रहनु पर्छ । राष्ट्रियताको अडान र प्रजातान्त्रिक आदर्शहरू प्रतिको प्रतिबद्धताबाट मात्र समाजवादी अवधारणाको कार्यान्वयन गर्न सकिन्छ । यसका लागि देश भित्रका प्रजातन्त्रवादी र राष्ट्रवादीहरूको बीचको एकता आवश्यक हुन्छ ।” वी. पी. कोइरालाका यी मार्मिक अभिव्यक्ति र धारणाहरूलाई नेपाली काँग्रेसले आत्मसात् गरेर अवसर मिलेको बेला व्यवहारमा रूपान्तरण गर्न सक्नुपर्दथ्यो । यस कुरामा नेपाली काँग्रेस नराम्रोसँग चुकेको छ ।
वी.पी. कोइरालाले सधै पहिचानको कुरा गर्नु भएको छ । राजनीतिमा पहिचान र अडान ज्यादै महत्वपुर्ण हुन्छ । नेपालमा खुकुलो वातावरण बनेपछि एक दिन वामपन्थी नेता मनमोहन अधिकारीले विराटनगरमा वी. पी. कोइरालालाई भन्नु भएछ — “म विराटनगरमा एउटा आमसभा गर्छु , तपाई त्यसको प्रमुख अतिथि बनिदिनुप¥यो ।” मनमोहनको कुरा सुनेर वी. पी. ले मनमोहन अधिकारीलाई भन्नुभएछ — “तपाईंलाई मानिस कम हुन्छन् कि भन्ने डर लागेको छ भने मेरो आमसभामा जत्तिकै मानिस म जुटाइदिन्छु । म नै आउनु पर्ने भए म पनि आउँछु र अघिल्लो लाइनमा कार्यक्रमभरि बस्छु । तर म तपाईको कार्यक्रमको प्रमुख अतिथि भए भने मेरो र तपाईको पहिचान नै समाप्त हुन्छ ।” त्यसैले आफ्नो पहिचान राजनीतिमा कायम राख्नु पर्दछ । वी. पी. कोइरालाको यस्तो थियो सैद्धान्तिक निष्ठा । अर्को एउटा घटना पनि महत्त्वपूर्ण छ । २०१४ सालमा कांग्रेसले संविधान सभाको लागि भद्रअवज्ञा आन्दोलन गर्ने भयो साना राष्िटय कांग्रेस र नेपाल प्रजापरीषद पार्टी सँग मिलेर । त्यही बेला वामपन्थी नेताहरू केशरजङ्ग रायमाझी र पुष्पलाल श्रेष्ठले वी. पी. लाई भन्नुभएछ — “भद्रअवज्ञा आन्दोलनमा हामीलाई समावेस गराउनु होस् ।” जवाफमा वी.पी.ले भन्नु भएको थियो — “संविधान सभा भन्ने शव्द बाहेक तपाईहरूको र मेरो केही पनि कुरा मिल्दैन केको लागि सहकार्य गर्ने ?” उहाँले त्यतिखेर वामपन्थी दलहरूसँग सहकार्य गर्नु भएन । वी. पी. कोइरालाको निधन पछि हाम्रो र वाम पन्थीहरूको बीचमा सहकार्य हुन सुरु भयो । हुँदाहँुदै अहिले त सत्ताको लागि सबै वामपन्थी दलहरूसँग पालैपालो सहकार्य हुने गरेको छ जसको परिणाम आज हाम्रो अगाडि छर्लङ्गै भएको छ । वी. पी. कोइरालाको जीवनकालमा राजा प्रजातन्त्रवादी नभएको कारणले राजासँग मेल भएन । साम्यवादीहरू प्रजातन्त्रवादी र राष्ट्रवादी दुबै नभएको हुनाले उनीहरूसँग पनि वी. पी. कोइरालाको मेलमिलाप हुन सकेन । वी. पी. कोइरालाले भन्नु भएको थियो वामपन्थीहरू र हाम्रो कुनै अवधारणा र नीति तथा कार्यक्रम मेल खाँदैन । त्यसैले वी. पी. ले राष्ट्रियता र प्रजातन्त्र मेलमिलापको अनिवार्य शर्त भन्नु भएको हो ।
कांग्रेसमा सैद्धान्तिक विचलन किन र कसरी ?
नेपाली कांग्रेसमा अहिले विचलन किन र कसरी भन्ने आम चर्चाको विषय बनेको छ । वी. पी. कोइरालाले राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक सस्थाहरूको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा लिनु भएका अडानहरूलाई किन र कसरी अवलम्बन गर्न सकेनौँ । त्यस विषयमा चर्चा गर्नु उपयुक्त हुनेछ । वी. पी. कोइरालाले आफनो जीवनको अन्ततिर टँुडिखेलको आमसभामा भन्नु भएको थियो “यदि तिमीहरूलाई कुनै विषयमा निर्णय लिन अप्ठेरो प¥यो भने नेपालको एक मुठ्ठी माटो लिएर सोच्नु त्यतिबेला जे गर्न उचित सम्झन्छौ त्यही गर्न उपयुक्त हुनेछ ।” त्यतिखेर उहाँले यो पनि भन्नु भएको थियो “नेपालको बारेमा निर्णय गर्दा नेपालमै बसेर निर्णय गरियो भने त्यसको प्रतिफल राम्रो र नेपालीको हितमा हुन्छ । विदेशमा बसेर नेपालको बारेमा निर्णय लियो भने त्यो निर्णय हाम्रो पक्षमा हुँदैन र त्यसको प्रतिफल पनि राम्रो हुँदैन ।” त्यसैले २०३३ साल पौष १६ गते वी. पी. कोइराला आफ्ना साथीहरूका साथ आफुमाथि ८ ओटा ज्यान मुद्दा हुँदाहुँदै पनि नेपाल आउनु भएको हो । राष्ट्रियताप्रतिको प्रतिबद्धताको यो ज्वलन्त उदाहरण हो । त्यसको ठीक विपरीत गिरिजा प्रसाद कोइरालाले २०६३ सालमा विदेशमा गएर १२ बुँदे सम्झौता गर्नु भयो । त्यो पनि सत्ताको प्रलोभनमा परेर । यो कार्य वी. पी. कोइरालाबाट प्रतिपादित राष्ट्रिय एकता र मेलमिलापको सिद्धान्त विपरीत थियो । त्यहीबाट नेपाली कांग्रेसमा सैद्धान्तिक विचलन सुरु भएको हो ।
वी. पी. कोइरालाले सधै हाम्रो एकता र मेलमिलाप राष्ट्रवादी र प्रजातन्त्रवादीसँग मात्र हुन्छ भन्नु भयो । उहाले यसका आधारहरु राष्टियता प्रजातन्त्र र समाजवाद हुन भन्नु भएको थियो । १२ वुदे संझौता पछि राष्ट्रिय मेलमिलाप भनेको जनता संंगको मेल मिलाप हो र यसको आधार सहमती सहकार्य र एकता भन्यौ । यसको मुलभुत सिद्धान्तनै सहमति सत्ताका लागी सहकार्य सत्ताका लागी र एकता वामपन्थिहरु संग । यसरी जनताको नाममा वामपन्थिहरु संग घाटि जोडने काम ग¥यौ । त्यो पनि केवल सत्ताको प्रलोभनमा । वामपन्थिहरुसंग सत्ताको लागी घाटि जोडने काम अहिले सम्म पनि निरन्तर चलि रहेको छ । यो भन्दा ठुलो कांग्रेसमा आएको सैद्धान्तिक विचलन अरु के हुन्छ ।
प्रजातन्त्रको त अहिले कुरै छोडाँै । जनभावना विपरीत प्रजातान्त्रिक मूल्य र मान्यताहरूलाई तोडेर वर्तमान संविधान निर्माण भएको छ । भनिन्छ विश्वकै उत्कृष्ट संविधान । उत्कृष्ट संविधान भए यति छिटो किन संशोधन गर्नु पर्ने ? यति छिटो यति धेरै संविधानको संशोधन विश्वमा कहीं भएको छ ? संविधान निर्माण गर्दाको अवस्थामा नेपाली कांग्रेसले प्रजातान्त्रिक मूल्य र मान्यतामा अडान लिनु पर्नेमा यसलाई छोडेर सम्झौता ग¥यो । नेपाल एउटा यस्तो मुलुक बन्यो जहाँ कहिल्यै कुनै दलको पनि बहुमतको सरकार बन्दैन । यसले उत्पन्न गर्ने राजनैतिक अस्थिरताले देशलाई कहाँ पु¥याउँछ सहजै अनुमान गर्न सकिन्छ । समानुपातिकको नाममा देश अराजक हुँदैछ । निर्वाचनको समयमा गरिने टिकट बिक्रीले निर्वाचनलाई अत्यन्त अस्वस्थ्यकर बनाएको छ । पार्र्टीलाई साना साना गुट उपगुटमा विभाजन गरी वडा सदस्यदेखि मन्त्रीसम्म योग्यताको आधारमा भन्दा गुटगत र पैसाको आधारमा भागबण्डा गरिनुले नेपाली काँग्रेसको आदर्श र प्रजातन्त्रको त गलानै रेटिएको छ भने यसले देशमा पूर्णतया अन्योल र अस्थिरता निम्त्याइएको छ ।
स्थानीय निर्वाचनको कुरा गर्ने हो भने पनि नेपाली कांग्रेस दोस्रो स्थानमा किन पुग्यो ? टिकट वितरणमा पैसाको चलखेल र कार्यकर्ताको योग्यता र क्षमताको मूल्याङ्कन नगरी कांग्रेसका इमान्दार र लोकप्रिय कार्यकर्तालाई भन्दा आफ्ना मानिसहरूलाई टिकट दिँदा यो परिणाम आएको हो । यसमा सुधार भएन भने आगामी प्रान्तीय र सङ्घीय निर्वाचनमा यो भन्दा पनि नराम्रो परिणाम आउन सक्छ । जब कि अहिलेको केन्द्रीय नेतृत्व यस विषयमा गम्भीर छैन र एक अर्कालाई दोष दिएर आफु चोखो बन्ने प्रयासमा रहेको देखिन्छ । कार्यकर्ताहरूका लागि केन्द्रमा बसेर निर्णय प्रक्रियामा सहभागी हुने सबै बराबर जिम्मेवार छन् । नेपाली कांग्रेसजस्तो पार्टीमा यस्तो बेथिति हुनुलाई कदापि स्वाभाविक मान्न सकिन्न । वी. पी. कोइरालाले परिकल्पना गर्नु भएको पार्टी कदापि यस्तो हुन सक्दैन । अस्थिर राजनीति भएको देशमा प्रजातन्त्र कति बलियो होला सहजै अनुमान गर्न सकिन्छ । नेपाली कांग्रेसमा आएको सैद्धान्तिक विचलनका कारण आज यो अवस्था सृजना भएको हो ।
कांग्रेसमा आएको अर्को सैद्धान्तिक विचलन समाजवादमा हो । वी. पी. कोइरालाले नेपालको योजना निर्माण गर्दा सधै पेटभरि खान नपाउने, एक छाक टार्न मुस्किल पर्ने, टोपीको घेरा फाटेको, विरामी हुँदा औषधि गर्न नसक्ने र विद्यालयमा आफ्ना छोरा छोरी पढाउन नसक्ने मानिसलाई केन्द्रविन्दुमा राखेर नेपालको विकास योजना निर्माण गर्ने परिकल्पना गर्नु भएको थियो । यो नै उहाँको नेपालको आर्थिक सुधारसँग जोडिएको समाजवादी दृष्टिकोण हो । वी. पी. ले जहिले पनि निम्न वर्गका मानिसको आर्थिक अवस्थाका बारेमा चासो देखाउनु भएको थियोे । उहाँले सधंै रोजगारी र उत्पादनमा जोड दिनुहुन्थ्यो । वी. पी. कोइरालाको समाजवादी अर्थ व्यवस्था यसैमा आधारित थियो । नेपाली कांग्रेसले आफ्नो आर्थिक नीति निर्माण गर्दा सामान्तवादी सोचमा आधारित भएर ग¥यो । वृद्ध, एकल महिला, अपाङ्ग, दलित तथा पिछडिएका समूहको आर्थिक सुधार तथा जीवन धान्नको लागि गर्नुपर्ने सहयोग, चासो र चिन्ताको बारेमा कांग्रेसले खासैै सरोकार देखाएन । यो प्रमुख र पहिलो कमजोरी थियो । हामीले किसानहरूलाई मल र बिउमा दिँदै आएको राहत पनि समाप्त ग¥यौँ । यो नेपाली कांग्रेसको दोस्रो गल्ती थियो । वी.पी. कोइरालाले सधै रोजगारी र उत्पादनमा जोड दिनु भयो । उहाले सधै सहकारी र साना उद्योगहरुलाई प्रथमिकता दिनु भयो । हामीले रोजगारी दिने र उत्पादन बढाई नेपाललाई आत्मनिर्भर बनाउन सक्ने सबंै संस्थानहरू निजीकरणको नाममा बेचेर तेस्रो गल्ती गर्यौँ । हामीमा पँुजीवादी देशको प्रभाव प¥यो । सामन्ती सोचको विकाश भयो । नेपाली कांग्रेसमा वी. पी. कोइरालाले लिनु भएको राजनैतिक र आर्थिक अडानहरूलाई हामीले छाडिदियांै । यही नै हामीहरूमा आएको सैद्धान्तिक विचलन हो । यही विचलनका कारण आज नेपाली कांग्रेसको भूमिका राष्ट्रिय राजनीतिमा दिनानुदिन कमजोर हँुदै आएको छ ।
अन्तमा
अहिले नेपाली कांग्रेस सङ्कटको घडीमा छ । यस सङ्कटबाट कांग्रेसमात्र होइन राष्ट्रलाई नै मुक्त गर्नका लागि वी. पी. का विचारहरूलाई पूर्णतया अवलम्बन गर्नुपर्दछ । रााष्ट्रियता र प्रजातन्त्रको रक्षा एवम् समाजवादी कार्यक्रमको माध्यमवाट नेपालको विकासका लागि वी.पी. कोइरालाले देखाउनु भएको बाटो अवलम्बन गर्नु सिवाय हामीसँग अरु कुनै विकल्प छैन । अहिले पनि राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा छ । नेपाली कांग्रेसले आफ्नो जिम्मेवारीलाई बुभ्mन सक्नु पर्दछ । नेपाली कांग्रेस एउटा पार्टीमात्र नभएर आन्दोलनको पर्याय पनि हो । त्यसैले राष्ट्रिय एकता र मेलमिलाप यस्तो बुटी हो जसले नेपाली कांग्रेसलाई आजका चुनौतिहरूको सामना गर्न सक्षम बनाउने छ । चिरकालसम्म नेपाली राजनीतिको नेतृत्व प्रदान गरी देशको समग्र विकास गर्दै नेपाल आमाको मुहार हँसिलो बनाउन सफल हुनेछ ।
(लेखक नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री र वी.पी. विचार राष्ट्रिय समाजका सह सभापति हुनुहुन्छ ।)
सन्दर्भ ग्रन्थसूची
१) जेल जर्नल ( विश्वेश्वर प्रसाद कोइराला
२) राजा राष्टियता र राजनीति ( विश्वेश्वर प्रसाद कोइराला
३) राष्ट्र राष्ट्रियता र प्रजातन्त्र ( विश्वेश्वर प्रसाद कोइराला
(४) तरुण वुलेटिन
(५ )प्रजातान्त्रीक समाजवाद सम्वन्धि अवधारणा (नेपाल टेडयुनियन कांग्रेस
(६) मेल मिलापको शर्त राष्टियता र प्रजातन्त्र विश्वेश्वर प्रसाद कोइराला
(७) विश्वेश्वर प्रसाद कोइरालाका ( भासणको संकलनहरु
(८) Small is beautiful Schumacher
( ९) विश्वेश्वर प्रसाद कोइरालाको आत्मवृतान्त संकलक ( गणेस राज शर्मा
(१०) मेरो जीवन असफल भएन – विश्वेश्वर प्रसाद कोइराला