गोविन्दराज जोशी
नेपाल आज संवेदनशिल अवस्थावाट गुज्रिएको छ । राजनितिले देशलाई सहिवाटोमा डोेराउँदछ भन्ने युक्ती कामयाव हुन सकीराखेको छैन । वहुदलीय व्यवस्था पुनस्थापित भएको आज करिव १२ वर्ष भऐको छ । यो अवधिमा राजनितिले मुलवाटो पकडन सकेको छैन । नेपालको राजनीतिमा विद्यमान समस्याहरू धेरै छन । समस्या समाधानको लागि राजनैतिक दलहरूले एक भएर प्रयासरत रहनु पर्ने थियो । त्यो हुन सकिराखेको छै.न । त्यही कारण आज मानिसमा अन्यौल छ । कसैको कसै माथि विश्वास भईरहेको छैन । आज यही अन्यौलतावाट सवै राजनितिक दलहरु प्रभावित भएका छन । नेपाली काँग्रेस पनि यसको प्रभाव वाट मुक्त हुन सकेको छैन ।
सवै राजनितिक दलहरुका आफ्नै मूल्य र मान्यताहरु हून्छन । नेपाली काँग्रेसका आफ्नेै निति छन, आफ्नै मुल्य छन । आफ्नै मान्यताहरु छन । नेपालीकाँग्रेस एउटा प्रजातान्त्रीक पार्टी भएको कारणले प्रजातान्त्रीक मुल्य र मान्यतावाट यो विचलित हुन सक्दैन । नेपाली काँग्रेसले अहिले समना गर्नु परेको उतार चढाबहरु धेरै पटक भोग्दै आएको छ । यस्तो परिस्थकिो बांबार सामना गर्दै आउको छ ।यसले नेपाली काँग्रेस माथी कुनै असर परेको छैन । नेपाली काँग्रेसका कार्यकर्तालाई विचलन नगराउदा सम्म काँग्रेसको अस्तित्व समाप्त हुने हुदा वारम्वार यस किसिमको प्रयत्न भएको छ । यहिकारण नेपाली कांग्रेस अहिले चारैतिरबाट आक्रमणको निशाना बनेको छ । प्रतिपक्षको आक्रमणको केन्द्रविन्दु हुनुलाई काँग्रेसले अस्वभाविक रूपमा लिनु हुँदैन । नेपालको राजनीति अहिले जुन रूपमा गइरहेको छ र जसरी नेपालको राजनीतिमा क्रियाशील शक्तिहरूको भूमिका देखिन थालेको छ त्यसको आक्रमणको केन्द्र विन्दु कतै काँग्रेस मात्र नभएर २०४६ सालको जनआन्दोलनको उपलव्धि त हुने होइन भन्ने आशंका राजनीतिक विश्लेषकहरूमा छ । यो परिस्थिति निर्माण हुनुमा नेपाली काँग्रेसको पनि जिम्मेवारी छ ।
नेपालमा बहुदलीय व्यवस्था पुर्नस्थापना भएको १२ वर्ष मध्ये अधिकांश समय नेपाली काँग्रेस सत्तामा रहेको छ । नेपाली काँग्रेसले आफूलाई ठीकसंग सञ्चालन गर्न नसकेर पनि दुई पटके बहुमत प्राप्त गर्दा पनि नेपाली काँग्रेसले आफूलाई राम्रो व्यवस्थापन गर्न सकेन । जे सुकै कारणले होस् आज जुन परिस्थतिको निर्माण भएको छ यसलाई काँग्रेस ले गम्भिरता पुर्वक लिनु पर्दछ । नेपालमा वहुदलीय प्रजातन्त्र आए यता देशमा अस्थिरता सिर्जना गरेर आफ्नो स्वार्थ पुरा गर्न चाहाने तत्व र प्रजातन्त्र समाप्त गरेर आफ्नो स्वार्थ पुरा गर्न तत्वहरु ज्यादैनै सकृय रहका छन । उग्रदक्षिण पन्थी र उग्रवामपन्थीको नामवाट हुने यस किसीमको गतिविधीमा फरक फरक व्यक्तिहरु संलग्न रहेपनि दुवैको उद्धेश्य एउटै हुन्छ । यी दुवै शक्तिहरुको कृयाकलापमा अभिवृद्धि हुनभनेको प्रजातन्त्रलाई कम्जोर वनाउनु हो । फरक फरक स्वार्थका कारण यी गतिविधिहरु संचालन भएको भए पनि यी सवैले वहुदलीय प्रजातन्त्रमाथि गरेको आक्रमणको सिकार वहुदलीय प्रजातन्त्र भएको छ । यीनीहरुको कृयाकलाप जनताको अधिकार विरुद्ध भएको छ । यो कुरा लाई आज सवैले वुझन पर्दछ । निस्चय पनि देशमा अहिले धेरै समस्याहरू छन् । समस्याहरूको निराकरण गर्न सकिएन भने प्रजातन्त्र प्रति जनताको वितृष्णा पैदा हुन्छ । काँग्रेसको लागि यो एउटा ठूलो चुनौति हो । कांग्रेस समाप्त गर्न विभिन्न राजनैतिक शक्ति केन्द्रहरू सक्रिय भएका अनुमान गरीएको छ । यद्यपी राजनीतिमा कसैले समाप्त समाप्त गर्न खोज्दैमा कोही समाप्त हुँदैन । समाप्त गर्छु भन्नेहरू आफै समाप्त भएका विश्वभरि कैयौं उदाहरणहरू छन् । नेपालको राजनीति भित्र अहिले देखिएको विसंगति केहो भने हरेक राजनीतिक शक्तिले एक अर्कोलाई बलियो बनाउदा प्रजातन्त्र र आफ्नो कल्याण हुन्छ भन्नुको सट्टा आर्कालाई समाप्त पार्दानै आफ्नो हित हुन्छ भन्ने अभियानमा निरन्तर लागि रहनु हो । यति मात्र नभइ आफ्नै पार्टी भित्र पनि आफ्नो प्रतिस्पर्धिलाई समाप्त पार्दानै आफ्नो सुरक्षा हुन्छ भन्ने सोचाइको विकासले नेपालको राजनीतिमा धेरै विकृतिहरू आएका छन् । यो सोचाइबाट राजनैतिक दलका नेताहरू मुक्त नहुँदासम्म यो विकृत मानसिकताबाट नेपालको राजनीति मुक्त हुँदैन ।
यो कुरा गर्दा आज मलाई वि.पि. कोइरालाको भनाई याद आउदछ । वि.पि.ले एक पटक भन्नु भएको थियो । उहाँ इरान जाँदा त्यहाको राजा शाहन शाहले वहाँलाई भनेका रहेछन , वि.पि. छिटो दौडने घोडा नचढनु । शाहन शाह विदेशीए पछि वि.पि. भन्दैहुनुहून्थ्यो म छिटो हिडने घोडा चढेर लडे । शाहन शाह ढीलो हिडने घोडा चढेर लडे । मैले यहाँ भन्ने खोजेको कुरा के हो त भने नेपालमा बहुदलीय प्रजातन्त्रको घोषणा संगै यो शक्तिको पनि उदय भएको थियोे । तर त्यति वेला यो शक्तिले कसैलाई असर नपारेको हुदा याद भएन । कसैलाई थाहा भएन । आज माओवादीका नाममा यो शाक्तिको मिलन भएको छ । माओवादी रुकुम र रोल्पा गोरखा र सिन्धुलीमा हुदा कसैलाई याद थिएन , चासो पनि थिएन । आज जव देश भरी जव र्जस्ती चन्दा , उठाउने , विद्यालय कलकारखाना वन्द गर्ने, अपहरण गर्ने आदी काम गर्न थाले तव मात्र यीनीहरुको वारेमा मानिसहरुलाई थाहा भयो । आज सवै जनता यीनीहरुवाट मुक्ति दिने नेताको खोजी गरीरहेका छन । पाइरहेकाछैनन । समय भएको छ की छैन अझै अन्दाज गर्न सकिएकोछैन । मेरो राजनीतिक विश्लेषणमा काँग्रेसले एकपटक फेरी कठोर निर्णय गरेर जनता अगाडि आफूलाई उभ्याउनु आवश्यक भएको छ । भोलिका दिनमा कांग्रेसलाई अत्यन्त अप्ठ्यारो पर्न सक्दछ । त्यो बेला काँग्रेसले जनतासमक्ष आफूलाई उभ्याउन एक पटक आफूलाई पारदर्शी बनाएर नेपालको राजनीतिमा आएको उतारचढावहरूको कारण जनता समक्ष खुल्ला राख्नु पर्दछे । अहिले हरेक समस्यामा माओवादीको प्रभाव पर्न थालेको छ । यद्यपी माओवादी नेताहरूले यसलाई जनयुद्धको प्रचुर सफलता मानेका विचारहरू आएका छन् । यो उनीहरूको यो गलत विश्लेषण हो । अथवा आफ्नो समर्थनमा देखिएका विषयको राम्ररी विश्लेषण उनीहरूले गरेका छैनन् ।
माअोवादीले जनयुद्ध सुरू गर्न र माओवादीकै शव्दमा सबैको राजनैतिक विचार र गतिविधिले कुनै न कुनै रूपमा माओवादीलाई समर्थन पुग्नुले माओवादीहरूको पक्षमा आएको समर्थन होइन भनेर मान्न निश्चय पनि कठिन छ । सवैले एउटै स्वर एउटै दिष्टीकोण निकालेका छैनन् । अहिले संविधान संसोधनले माओवादी समस्याको निकास निस्कन्छ भन्नु भएको छ । राष्ट्रको समस्या समाधान हुन्छ भने संविधान संसोधनको विषय गौण हुन्छ । तर यो कुराको के ग्यारेन्टी छ ? हैन भने यस्तो अस्थिर विचारले उनीहरूलाई सहयोग पुगेन र ? काँग्रेस लामो समयसम्म सरकारमा बसेका कारण काँग्रेसको विरूद्ध सबै शक्ति आफ्नो स्वार्थका लागि एक भएको हुन सक्दछन । कांग्रेस विरूद्धको स्वार्थको मेलको विष्फोटनको पनि समय धेरै छैन भन्ने मलाई लाग्दछ । माओवादी समस्याको समयमै निराकारण गर्न सकिएन भने यो समस्याले नेपालको राजनीतिमा धेरै उतारचढापहरू आउने छन् ।े परिणाम यहि हुन्छ भनेर अहिले नै भने भन्न सक्ने अवस्था छैन ।
आज प्रजातन्त्र विरोधी गतिविधीका कारण जति मानिस ज्यान गएको छ सायद वहुदलीय प्रजातन्त्र आउन अगाडी त्यति मानिसको ज्यान गएको थिएन । यो परिस्थतिमा आज देश रुमलिएको छ । बहुदलीय प्रजातन्त्र आउने वित्तीकै काँग्रेस समाप्त गर्न पर्दछ भन्ने कुराकोे थालनी भयो । अहिले सम्म त्यसैले निरन्तरता पाइरहेकोछ । सबैको निसाना माओवादी होइन, नेपाली काँग्रेस बनेको छ । नेपालको भू–बनोट र अर्थव्यवस्थाका कारण काँग्रेसले छोडदैमा राष्ट्रको समग्र समस्या समाधान हुन्छ भन्नु ठीक विश्लेषण होइन । नेपालको अवस्था त्यति बेला झन जटिल बन्न पनि सक्दछ । अहिले सत्तामा रहदा काँग्रेस अप्ठ्यारोमा परेको भए पनि प्रतिपक्षमा रहदा काँग्रेसलाई नियन्त्रण गर्न त्यति सहज हुने छैन । यदि कसैको कारण २०४६ सालको जनआन्दोलनको उपलव्धिलाई निस्तेज बनाइयो भने त्यसको पक्षमा जनमत रहन्छ भन्न सकिदैन । नेपालको राजनीतिमा २००७ साल पछि हामीले अध्ययन ग¥यौं भने नेपालमा अस्थिरता चाहाने तत्वले एउटा न एउटा शक्तिलाई संधै सक्रिय बनाइरहेको देखिएको छ । बारम्बार यस किसिमको प्रयासहरू भएका छन् । माओवादी आन्दोलन त्यस्तै उपज पनि नहोला भनेर पनि भन्न मिल्दैन । अहिले यो समस्या समाप्त भयो भन्दैमा फेरि नेपालमा अस्थिरता सिर्जनाको खेल सुरू हुँदैन भनेर भन्न मिल्दैन । २०४६ सालको सफल जनआन्दोलन पछि जन आन्दोलनका उपलव्धिलाई निस्तेज बनाउन तत्काल धेरै हिसांत्मक आन्दोलन गर्ने प्रयत्न भएको थियो । संन्सारमा कहि त्यस्तो आन्दोलन भएको छ गणतन्त्र चाहानेहरूले आन्दोलन गर्दा नत यो आन्दोलन सबै गणतन्त्र नचाहनेहरूको विरूद्ध लक्षित छ । नत सबै गणतन्त्र नचाहानेहरू यो आन्दोलनको विपक्षमा देखिन्छन् । यो धारणा बारम्बार माओवादी नेताहरूबाट व्यक्त गरिएको छ र प्रकाशमा आएको छ । यो कुनै मेरो नयाँ विचार होइन ।
यो आन्दोलनको पक्षका नेताहरूका भनाइ अनुसार यो आन्दोलनले व्यापक जन समर्थन प्राप्त गरेको छ । यत्रो व्यापक समर्थन पाउँदा यसको प्रभाव बढेको अभास नहुने कुरै भएन । मानिस मारिएका छन् । सार्वजनिक सम्पत्तिको क्षती भएको छ । व्यक्तिगत सम्पत्ति लुटिएको छ । महिलाहरू, नाबालकहरू अपहरण भएका छन् । यिनीहरूको बारेमा कसैको चिन्ता देखिदैन । नेपाली काँग्रेसका कार्यकर्ताहरूले बुझ्न पर्ने समय आएको छ । यो कुरा नेपाली काँगे्रका देश भरिका कार्यकर्ताहरूले थाहापाउन जरूरी भएको छ । जहाँसम्म नेपाली काँग्रेसको कुरा छ अहिले पनि यो देशमा राजनैतिक दलहरूलाई कमजोर बनाएर प्रजातन्त्र समाप्त पार्न चाहनेहरूले जे जसरी एमाले विभाजनको खेलमा गयो, राप्रपा समेत अन्य सबै दलहरूमा विभाजन आयो त्यसरीनै काँग्रेस विभाजनको अभियानमा निरन्तरता आएको हो भन्न सकिन्छ यो कुरा काँग्रेसका नेताहरूले बुझ्न नसक्दा दोष अरूलाई दिने ठाउँँ हुँदैन ।
यो परिस्थितिबाट गुर्जेको नेपालको राजनीतिमा अहिले काँग्रसको अगाडि कम मात्र विकल्प देखिएको छ । यसरी २०४६ सालको जनआन्दोलनको उपलव्धि समाप्त गर्ने प्रयत्न हुनेछ । अहिले सबै राजनैतिक दलहरू बलियो भएमा मात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने संस्कृतिबाट पछाडि हटेका हामीहरू एक अर्कोका अवसान देख्नुलाई अस्वभाविक मान्न सकिदैन । तर परिणाम भने कहाँ पुग्ने हो त्यो एकीन गर्न सकिदैन । यसबाट देशलाई मुक्त दिलाउन काँग्रेसको अगाडि निम्न उपायहरू मात्र छन् ः–
क) देश भित्रका बर्तमान संबिधानका पक्षमा रहेका सबै राजनैतिक शक्तिहरूलाई सहमतिमा ल्याउनु ।
ख) नेपालमा प्रजातन्त्र बलियो होस्् भनेर चाहिने सवै पक्षलाई प्रजातन्त्रको पक्षमा उभ्याउनु र प्रजातन्त्रको पक्षमा जनमत सिर्जना गर्नु ।
ग) नेपाली काँग्रेसका कार्यकर्तामा र प्रजातन्त्रका पक्षधर नेपाली जनतामा अहिले देशमा निर्माण भएको परिस्थितिको सूचना संचार गरी जनतालाई प्रजातन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाहगर्न सचेत गराउनु ।
माथिका तीनवटै काम गर्न सकेमा अहिले आएको चुनौतिको समाधान सहज रूपमा गर्न सकिन्छ । त्यसैले चाडैनै नेपालीकाँग्र्रेसले एउटा कठिन निर्णय गर्नु पर्दछ । यसका लागि काँग्रेसले सबै कुरा पारदर्शी बनाएर २०४७ सालको संविधानको पक्षधरहरूलाई एक ठाउँँमा उभ्याउन सक्यो भने यो सम्पूर्ण दुष्प्रयासहरू पुनः एक पटक ध्वस्त हुनेछन् । यस चुनौतिपूर्ण घडीमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरू र प्रजातन्त्रका पक्षमा रहेका सबैले एक पटक गम्भीर भएर सोच्नु पर्ने समय आएको छ । यो सम्पूर्ण खेलको निर्माता को हो ? तर हामी सबै त्यसको गोटी बन्न पुगेर २०४६ सालको जनआन्दोलनको उपलव्धिलाई स्थापित गराउन सकेनौ भने यो नाटकको पटाक्षप हुँदा यसमा सम्लग्न कसैले पनि जनताबाट क्षमा पाउने छैन ।
अन्तमा यसरी नेपालको वर्तमान राजनीतिको विश्लेषणले गर्दा नेपाली काँग्रेस अहिले अत्यन्त जटिलतामा अगाडि बढेको छ । नेपालको राजनीतिमा नेपाली काँग्रेस र वर्तमान सरकार विकल्प रहित अवस्थाबाट गुर्जीरहको छ । यो अवस्थामा नेपाली काँग्रेसले दूरगामी विचार गरी कठोरतम निर्णय लिन सकेन भने र प्रजातन्त्रलाई बचाउने प्रयास गरेको देखिएन भने इतिहासले काँग्रेसलाई पनि क्षमा दिँदैन । यो ऐतिहासिक दायित्व पूरा गर्ने जिम्मा आज काँग्रेस माथि छ । त्यसैले प्रजातन्त्र मात्र अहिलेसम्मको उत्कृष्ट व्यवस्था भएकोले यसलाई संरक्षण गर्नुनै सबैको कर्तव्य हो । यहाँनेर इमान्दारी पूर्वक मैले एउटा कुरा भन्नु पर्दछ कांग्रेस आत्म केन्द्रीत नबनेर २०४७ सालको संविधानका पक्षधर सबैलाई साथमा लिएर हिड्ने प्रयत्न गरेको गरेको देखिनु पर्दछ । यो यस कारण पनि मैले भनेको हो की अहिले कांग्रेसको बहुमतको सरकार छ । काँग्रेसले यो दायित्व निर्वाह गर्दा र गरेको देखिदा पनि २०४६ सालको जनआन्दोलनको उपलव्धिहरू निस्तेज हुन गएमा यसको दोषभागी भने काँग्रेस हुनु पर्दैन । । काँग्रेसले सहि वाटो पहिल्याउन सकीराखेको छैन । जनता नेपाली काँग्रेसवाट केही चाहान्छन । काँग्रेसले दिसा दिन सकीराखेको छैन । काँग्रेसले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्नु ुपर्दछ । अन्तमा परिस्थितिवाट पार लगाउने नेताको जरुरत परको छ । नेपाली काँग्रेस आज यही वर्तमानमा अल्झिएको छ