गोविन्दराज जोशी
अहिले युवाहरुको विदेशिने संख्या दिन पर दिन बडदो छ। चाहे अध्ययनको बहाननामा होस या कामको खोजिमा , डिभिको नाममा होस वा अनेकौ बहानामा युवाहरु बिदेशिदै छन । यद्यपी नेपालको अर्थतन्त्रको ठुलो हिस्सा विदेशबाट काम गर्नेहरुले कमाई पठाएको पैसाबाट भएको आम्दानीलेनै बचाएको छ । युवाहरुको जुन संख्यामा बिदेसिने क्रम बढेकोछ त्यसलाई नितिगत रुपमा बिचार नगर्दा त्यसबाट उत्पनन हुने परीक्ष्थिति देशलाई लाभ दाएक नहुन पनि सक्दछ । बिदेशमा जानुुलाई मौकाको रुपमा नभई बिस्थापितको रुपमा मानिसहरुले लिए भने त्यस बाट हुने नोक्सानी सोचे भन्दा बढि हुन्छ । त्यसकारण यो अबस्थालाई राम्ररी मुल्याछ.कन गर्नु पर्दछ । देशबाट बिभिनन बहानामा पलायन भएका युबा युबतिहरुको देश प्रति बितृष्णा उत्पन्न भयो भने राष्ट्रलाई ठुलो नोक्सान पर्दछ ।
नेपालको गरीबिको रेखा मुनिरहेको जन संख्या आठौ पचबर्षिय योजनामा ४५ प्रतिसत थियो भने दसौ पंच बर्षिय योजनामा ३०. ८ प्रतिसत रहेको छ । यसलाई प्रजातनत्रको १२ बर्षमा भएको उवलब्धि मान्नु पर्दछ । सुरु सुरुमा बिदार्थिहरु नेपालमै प््राबिधिक शिक्षा पाउन नसक्नुकोकारण बिदेश अध्ययन गर्न जाने गर्दथे । अन्यथा मानिसहरु विदेस जान रुचाउदैनथे । कोहि विदेश गई हाल्यो भने पनि त्यसलाई लाहुरे भन्दथे । लाहुर जानु पहिलो दर्जामा पर्देनथ्यो । अहिले बिदेश जानु ईज्जतको कुरा भएकोछ । नेपालमा युवाहरुको जनसंख्या आधा भन्दा बढि छ । १४बर्ष उमेर पुगेका युवाहरको जनसंख्या करीव १३.११ छ भने १९ बर्ष उमेरका युबाहरुको संख्या करीव १०. ५ प्रतिसत रहेको छ । ३९ बर्ष उमेरका युवाहरुको संख्या भने ३९.२८ प्रतिसत रहेको छ । एउटा छोरा वा छोरी अमेरिका वा अन्य युरोपेली मुलुकमा छ भने पछि बाबु आमाको शानै आर्को हुने, दाश्रो राम्रो शिक्षा दिक्षा पाएको छोरा छोरीको लागी नेपालमै योग्यता अनुसार र पडाउदा लागेको खर्च अनुसारको जागरिको व्यबस्था नहुनुले पनि सबै आकर्षण बिदेशतीर आर्कषण बडेको हो । जे होस अहिले बिदेसिनेको संख्या र बिदेशबाट आर्जन गरी नेपालमा संपत्ति भित्र याउनेको संख्यामा उल्लेखनिय बृद्धि भएको छ । त्यसलाई समायोजन गर्नु आबश्यक भएको छ । अहिले जतिपनि युवा युबतिहरु विदेशीएकाछन उनिहरुमा कस्तो भावनाको बिकाश भएको छ त्यसलाई ध्यान दिन आबश्यक छ । बिदेश गएर पढने हुन की नोकरी गर्ने हुन यदि उनिहरुले नेपालको प्रतिनिधिको रुपमा काम गरे भने राष्ट्रलाई अत्यन्त लाभदाएक हुन्छ । बिदेसिएका चाहे बिदार्थी हुन चाहे अरु जो सुकै हुन उनिहरुको महत्व हामीले बुझन सकेकना द्धैनौ । बिदेशजानु उनिहरुको बाद्यता होला तर माया दिनु र उनिहरुलाई नेपालीत्व कायम गराउन सक्नु हाम्रो कर्तव्य हो । हामिले त्यलाई मौकाको रुपमा बिकशित गराउनु पर्दछ । अहिले विदेशमा बस्ने नेपालीहरुको संगठन निर्माण भई सकेको छ । उनिहरुलाई परेको समस्याको समाधान गर्ने र उनिहरुले कमाएको पैसा नेपालमा लगानी गर्न सकने वाताबरण कसरी श्रीजना गर्न सकिन्छ भनेर सोच्नु पर्दछ । बिदेशमा जाने नेपालीहरुले सरकारको निति र बिदेशमा रहेका नेपाली राज दुतावासको व्यबहार र बेदिेशिएकाहरु पटि सरकारको चावना सकारात्मक पाईएको देखिदैन । यसबाट यदि उनिहरुको नेपाल प्रति साच्चिनै िितक्ष्णा उत्पन्न भयो भने योग्य जन शक्तिहरु दिनपर दिन बिदेशिने क्रमले हाम्रो मुलुक साच्चिनै असक्षमहरुको मुलुक बन्ने छ ।
हामिले के गर्दा मानिसहरु बिदेशिनु पर्दैन त्यो कुरा सोच्नु पर्दछ । अन्यथा बिदेसिएकाहरुलाई कसरी सम्मान दिएर उत्साहित बनाउन सकिन्छ त्यता पटि ध्यान दिनु पर्दछ । नेपालको सबै भन्दा ठुलो धनरासि रेमिटेन्सबाट आउदछ भनेर भन्छि । त्यो श्रोतको अबमुल्यन गर्दा बिरोधाभास सोचाई देखिन्छ । हामि कति संकुति छौ के बिग्रनछ नेपालको नागरीकले विदेशमा जागिर खाँदा त्यहिँको नागरीकता लिदैमा नेपालको नागरीकता छोडनै पर्ने । कसरी बिदेशमा कमाएको पैसा सहजै नेपालमा लगानी गर्न सकने वाताबरण श्रीजना गर्न सकिन्छ । जसरी गएको भए पनि नेपालीले कमाएको पैसा हाम्रो राज दुताबारहरुले नेपाल ल्याउन सहयोग गर्दछन । किन बिदेश जाने नेपाली हरलाई स्वयम सेबवक राजदुत हु भन्ने भावनाको बिकाश गर्न सकिदैन । विदेशजान चाहने नेपालीहरुलार्य रिण वा आर्थिक सहयोग दिएर उनिहरुलाई बिदेशमा गएर
पैसाकमाउने वाताबरणमा प्रोत्साहित पार्न सकिदैन । हामिले विदेशजान चाहनेहरुलाई आर्थिक सहयोग गर्न सकियो भने उनिहरुको भावना नेपाल प्रति राम्रो हुन्छ ।
कुन देशमा कस्तो मौका छ भनेर एउटा व्यक्तीले पत्ता लगाउन सक्दैन । हाम्रा राजदुताबासहरुले सकेसम्म धेरै मुलुकहरुमा त्यस्ता मौकाहरुको खोजि गर्ने र त्यसलाई मौकाको रुपमा प्रयोग गर्न सकियो भने एकातिर राजगारीको समस्या पनि हटदै जान्छ र अर्को तिर देशको आर्थिक अबस्थामा पनि सुधार हुदै जान्छ । बिदेश जानु बाध्यता हुन सक्दछ । बिदेसिएकाहरुलाई नेपालको हितमा हामिले अधिकतम रुपमा प्रयोग गर्नु पर्दछ । एउटा अपमानित नेपालीले होईन सम्मानित नेपालीले मात्र देशलाई योगदान दिन सक्दछ । आफना नागरीकहरु जो जहासुकै हुन सममान गर्न सिक्यो र सक्योृ भने सम्मानित नागरीकले राष्टलार्य ठुलो टेवा दिन सक्द छन । युबाहरु बिदेसिए पनि उनिहरुको भावना बिदेसिदैन । उनिहरुमा निरुत्साह हुदैनन । उनिहरु उत्साहित भएर विदेशमा रहन सके भने नेपाल फर्कदा उनिहरुको राष्ट्रीयताकोे भावना प्रबल भएर रहन्छ । बिदेशमा रहे बसेका नेपालीहरुको वारेमा हाम्रो दृष्टिकोण यहि सन्दर्भमा निर्माण हुनु जरुरी छ ।