गोविन्दराज जोशी केन्द्रिय सदस्य नेपाली कांग्रेस ०माधव नेपालले नेतृत्व गरेको सरकारले अहिलेको संकटको निकास दिन सक्छ,तपाईलाई के लाग्छ? ०संकटको सामधान गर्नकोलागि नै यो सरकार निर्माण भएको हो।निर्धारित समयमा संविधान लेख्न र देशमा शान्ति सुरक्षा कायम गर्नु यो सरकारको प्रमुख काम हो।।यसैगरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन यो सरकारको प्राथमिक काम हो।र यी कामहरुलाई सरकारले पुरा गर्नु पर्छ।सरकारमा सहभागी दलहरु यसमा संवेदनशील हुनु पर्छ र यही अनुसार सरकारले गृहकार्य गर्नु पर्छ। तर सरकार यस अनुसार अघि बढेको जस्तो देखिएको छैन।सरकारले यी कामहरु गर्नु पर्ने बाध्यता छ। ०जस्तो कि सरकारले पुर्णता पाउन यत्रो ढिलो भइसकेको छ।पाच पाच पटक सपथ ग्रहण भएको छ।जनतामा निराशा देखिन थालेको छ नि? ०यो स्वाभाविक हो।बाइस वटा दलहरुको सरकार बनेको छ।दलहरु भित्र पनि आपसी द्धन्द्ध उत्पन्न भएको छ।साना दलहरुले नाम दिन नसकेको कारणले सरकारले पुर्णता पाउन ढिलो भएको हो तर यही कारण सरकार संकटमा पर्छ भन्न सकिदैन।सरकारमा रहेको प्रमुख दलहरु नेपाली कांग्रेस,एमाले र मधेशी जनअधिकार फोरमको समझदारीले महत्वपुर्ण भुमिका खेल्छ।अहिले यी पार्टीहरुवीच त्यती ठूलो असमझदारी देखिएको छैन।त्यसकारण अहिले नै सरकार संकटमा पर्‍यो भन्न सकिदैन। ०यो सरकारको आयु कति सम्म देख्नुहुन्छ,तपाई? ०यो सरकारले संविधान निर्माण गरेर अर्को प्रतिनिधिसभाको चुनाव नहुदासम्म काम गर्छ।त्यसबेला सम्म यो सरकार रहन्छ।संविधान कति छिटो निर्माण हुन्छ,त्यसमा भर पर्छ,सरकारको आयु। ०माओवादीलाई बाहिर राखेर संविधान निर्माण र शान्ति प्रक्रियामा बाधा आउदैन? ०आउन हुदैन।सबै पार्टीहरु सरकारमा नै जानु पर्छ भन्ने होइन।हिजो हामी बाहिर थियौ र माओवादीको नेतृत्वमा बनेको सरकारलाई प्रमुख प्रतिपक्ष दलको हैसियतले रचनात्मक सहयोग गरेका थियौ।माओवादीले आफूलाई जनता र प्रजातन्त्रप्रति उत्तरदायी छु भनेर देखाउनु छ भने उसले संविधान निर्माण र शान्ति प्रक्रियामा रचनात्मक भुमिका खेल्नु पर्छ।यदी खेल्दैन भने उसलाई बाहिर राखेर या भित्र राखेर केही फरक पर्दैन।अहिले माओवादी बाहिर बसेर जिम्मेवार प्रतिपक्षको भुमिका खेल्नु पर्छ।यसमा हामीले उसलाई सिकाउनु पनि पर्छ।माओवादीले आफूलाई लोकतन्त्र र शान्ति प्रति परिपक्व बनाउने हो भने उसले सबै खालको भुमिका निर्वाह गर्नु पर्छ।त्यसकरारण जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गर्नु पनि माओवादीहरुको लागि यो एउटा अबसर हो। ०तर अहिले माओवादीले सरकारलाई पुर्ण रुपले बहिस्कार गरेको छ नि? ०सरकारलाई बहिस्कार गर्नेहरु बहिस्कार गर्छन र आन्दोलन गर्नेहरु आन्दोलन गर्छन।यसमा सरकार डराउनु पर्दैन।तर यो सरकार अलि डराएको जस्तो देखिएको छ।माधव नेपालले नेतृत्व गरेको सरकार माओवादीलाई बिस्थापित गरेर आएको हो तर माधव नेपालले भने भाग्यले गर्दा आफू प्रधानमन्त्री बने भनेर सोच्नु भएको हो कि जस्तो छ।के कारणले उहा प्रधानमन्त्री बन्नु भएको हो र उहाको काम के हो भन्नेमा उहाले राम्ररी बुझनु भएको जस्तो देखिएको छैन।उहालाई प्रधानमन्त्री बनाउन नेकपा माओवादी कारक होइन।माओवादी सरकार विस्थापित भइसके पछि त्यसको विकल्पको रुपमा उहाँ प्रधानमन्त्री हनु भएको हो।राष्टपतिको कदम र सेनापतिको विषयमा माओवादी बाहेक बाइसै वटा दलहरुको स्पष्ट वीच्ाार आएको छ।यसमा यी दलहरुको भुमिका छ। तर अहिले सरकार बन्दा अलिकति खिचडी देखिएको छ।सरकार माओवादी परस्त जस्तो पनि देखिएको छ।एमालेको तर्फबाट मन्त्री बनेकाहरु माओवादीप्रति प्रष्ट भएका देखिएको छैन।यतीसम्म कि स्वयम प्रधानमन्त्री पनि माओवादीलाई राम्ररी चिनेको जस्तो देखिएको छैन। माओवादीहरुसंग हत्तपत्त गएर कुरा गरेपछि सबै मिली हाल्छ भनेर प्रधानमन्त्री दौडिहाल्नु हुन्छ।उहाको चरित्र यस्तो देखिएको छ।तर प्रधानमन्त्रीले त आन्तिममा कुरा गर्नु पर्छ।सबै काम आफनो टिमलाई छोड्ुन पर्छ तर उहाले भने पहिले नै आफू दौडिने गर्नु भएको छ। यसकारण सरकार अलिकति कमजोर देखिएको छ।सरकार कमजोर हुदा प्रतिपक्ष गैर जिम्म्ोवार त हुन्छन नै।सरकार बलियो देखिन सकेको छैन।बलियो देखिने कुरा भाषणले हुदैन व्यबहारले देखाउछ।प्रधानमन्त्रीले निर्णय गर्ने कुरामा पनि अलिकति लरबराएको जस्तो देखिएको छ।जुन निर्णय आज गर्नु पर्थ्यो त्यो निर्णय पाच दिन पछि गर्ने र बाध्यता भएपछि मात्र निर्णय गर्ने गरेको देखिएको छ।त्यसकारण सरकार कमजोर हुदा चलाउन गाहो हुन्छ।राज्य भनेको सर्वशक्तिमान निकाय हो।राज्य चलाउन खुट्टा कमाउनु हुदैन।माधव नेपालले खुट्टा कमाएको देखिएको छ। ०माधव नेपाल नेपाली कांग्रेसको सहयोगमा प्रधानमन्त्री हुनु भएको हो तर उहाँ माओवादीप्रति नजिकिन थाल्नु भयो।उहाँ अबगुणी हुनु भयो भनेर तपाईले भन्न खोज्नु भएको हो , ०त्यो होइन।नेपाली कांग्रेसको सहयोगमा मात्र उहा प्रधानमन्त्री हुनु भएको होइन।माओवादी इतर शक्तिहरु,र माओवादीहरुलाई मन नपराउने शक्तिहरु चाहे देखिने होस चाहे नदखिने होस ती शक्तिहरुको सहयोगमा उहाँ प्रधानमन्त्री हुनु भएको हो।माओवादी सरकारबाट हटीसकेपछि मात्र उहाँ प्रधानमन्त्री हुनु भएको हो।त्यो कुरा उहाले बुझनु पर्छ। ०तर उहाँ अहिले माओवादीप्रति अलि नजिकिन खोज्नु भएको हो? ०उहाँ प्रधानमन्त्री भइसकेपछि सबैतीर नजिकि त हुनु पर्छ तर उहाको स्पष्ट दृष्टिकोण जनताले बुझनुपर्छ।बुझन पाएका छैनन।मैले पनि बुझेको छैन। ०सरकार निर्माणमा नेपाली कांग्रेसले किन यती धेरै उदारता देखायो,जस्तो कि माओवादी हटी सकेपछि दोश्रो ठूलो दलको नाताले कांग्रेसले प्रधानमन्त्री पाउनु पर्थ्यो त्यो पनि लिएन।यती सम्म कि प्रमुख मन्त्रालयहरु पनि एमालेलाई दियो,किन यती धेरै उदारता देखाएको होला? ०तपाईले भनेको पनि ठिक हो या त कांग्रेस सरकार बाहिर गएर समर्थन गर्नु पर्थ्यो।यदि सरकरमै गइसकेपछि दोश्रो स्थान लिनु पर्थ्यो।हाम्रो वार्ता टोलीमा गएका सदस्यहरुको अर्कमन्यता र असक्षताको कारणले यो स्थिति भएको हो।वार्ता टोलीको अर्कमन्यर्ताले गर्दा नेपाली कांग्रेसलाई धेरै पटक घाटा भएको छ। या कांग्रेसकासाथीहरुले राजेकै मन्त्रालयहरु यिनी नै हुन कि त्यो मलाई थाहा छैन तर कांग्रेस बाध्य भएर र लोभले मन्त्री खान गएको जस्तो देखिएको छ।जुन नेपाली कांग्रेसको लागि अत्यन्त नराम्रो कुरा हो। ०यो सरकारमा पनि नेपाली कांग्रेसलाई घाटा भएको छ,होइन? ०घाटा भनेर घाटा भएको नभनौ।बाहिर नबस्ने भइसकेपछि सहयात्री दलहरुसंग सहकार्य गर्दा घाटा भएपनि नाफा भएपनि सरकारमा जानु पर्थ्यो नै।सरकारबाट माओवादीलाई हटाउनु हाम्रो प्रमुख ल73य थियो।हामीले प्रमुख ल73य हाशिल गरीसकेका छौ।प्रमुख ल73य प्राप्ती भइसकेपछि कार्यकर्ताहरुको चाहना र राष्टको आबस्यकता अनुसार अब हामीले काम गर्नु पर्छ तर अहिले नै घाटा भयो या नाफा भयो भनेर मुल्याङ्कन गर्नु पर्दैन। ०पछिल्लो समयमा माधव नेपालको गतिविधिप्रति तपाईलाई चित्त बुझेको छैन,होइन? ०चित्त नबुझेको होइन।तर उहा अलि बलियो देखिनु भएको छैन। ०सरकारमा माओवादीहरुलाई पनि ल्याउनु पर्छ, ? ०उनीहरुलाई सरकारमा ल्याउनु हुदैन।तर उनीहरुलाई सरकारमा ल्याउदा एउटा फाइदा हुन्छ।माओवादीहरु सरकार बाहिर रहेर टिक्नै सक्दैनन भन्ने सन्देश जनतामा जान्छ।माओवादीलाई सरकारमा ल्याउनु भनेको यो सरकारको आयु कम गर्ने कुरा हो।त्यसैले माओवादीलाई प्रतिपक्षमा राख्दा नै यो सरकारको आयु लम्बीन्छ। ०जस्तो कि माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण हुने कुरा पनि आएको छ नि? ०यो हावादारी कुरा हो।माओवादीको नेतृत्वमा सरकार बन्ने कुरा अब म देख्दिन।माओवादीहरुले त्यो भन्न सक्छन।भन्न नै नपाउने त होइन तर त्यो सम्भवना छैन।माओवादीको नेतृत्वमा एकपटक बनेको सरकार यो देशमा असफल भइसकेको छ।चुनाव पछि माओवादीले बहुमत ल्याए भने उनीहरुको नेतृत्वमा सरकार बन्न सक्छ तर अहिले नै माओवादीको नेतृत्वमा सरकार बन्ने कुरा कल्पना मात्र हो। त्यो सम्भव छैन। ०यो सरकारले संविधान बनाउछ त? ०हो,यो सरकारले संविधान बनाउछ। ०के संविधान समयमा नै बन्न सक्छ होला त? ०प्रधानमन्त्रीले भनिराख्नु भएको छ।व्यबस्थापिका संसदले ढिलो भएपनि काम गरिहरहेको छ।त्यसैले समयमा नै संविधान बन्छ भन्ने कुरामा हामीले आशा गरौ। ०माओवादी र एमालेवीच चरण चरणमा वार्ता भइरहेको छ।माओवादीको एजे48डमा एमाले जान खोजिरहेको छ।यसलाई तपाईले कसरी हेर्नु भएको छ।? ०माओवादीहरुसंग कुरा नै गर्नु हुदैन भन्ने त होइन।प्रधानमन्त्रीको पार्टीले सबै पार्टीहरुसंग छलफल र वार्ता गरेर सरकार चलाउन सहज बनाउनु पर्छ।संसद् चल्न सकेको छैन।वजेट आउने बेला भइसक्यो।त्यसकारण प्रमुख प्रतिपक्ष दलसंग कुरा गर्ने कुरालाई हामीले अस्वभाकि रुपले लिनु हुदैन ।माओवादीको स्वभाव पनि अर्कै रहेछ।उनीहरुसंग कुरा नगरी पनि नहुने तर कुरा गर्दा हामीसंग आत्मसमपर्ण गर्न आए कि भन्ने उनीहरुलाई लाग्दो रहेछ। ०सेना र राष्टपतिको मुद्धामा एमाले माओवादीको एजे48डमा गयो भने? ०त्यसरी एमाले जादैन र जानु पनि हुदैन। ०सेनापतिलाई हटाउनु हुदैन? ०अब यो कुरा सिद्धिसक्यो।इतिहासको कुरा भइसक्यो।यो विषयमा प्रसङ्ग नउठाऔ। ०नेपाली कांग्रेसको संसदीय दलको नेतामा रामचन्द्र पौडेल निर्वाचित हुनु भएको छ।उहाको निर्वाचन पछि कांग्रेस अब कसरी जान्छ होला? ०यो कुरा उहाँलाई सोध्नुहोस।मलाई थाहा छैन।कांग्रेसलाई उहाले कसरी लैजानुहुन्छ त्यो उहालाई थाहा होला।म संासद पनि होइन।त्यसकारण मलाई थाहा छैन। ०अब गिरिजाप्रसाद कोइरालाले विश्राम लिनुपर्छ। ०उहा अहिले पार्टी सभापति हुनुहुन्छ।पार्टीको महाधिबेशन हुदैछ।महाधिबेशन पछि को सभापति हुन्छ त्यो त्यसपछिको कुरा हो।हेर्नुहोस,राजनीतिमा विश्रामा लिने या नलिने भन्ने कुरा आफूमा भर पर्ने कुरा हो।यो कुरा उहाले नै निर्णय गर्ने कुरा हो।मैले भन्ने कुरा होइन ०तपाईले कांग्रेस भित्र सगठनको विषयमा बारम्बार उठाउदै आउनु भएको छ।कांग्रेस अब परवर्तन हुनु पर्छ भनेर तपाईले भन्दै आउनु भएको छ।अब कांग्रेस कसरी जानु पर्छ? ०हो मैले कांग्रेस भित्र अब कांग्रेस आमुल परिवर्तन हुनु पर्छ भन्दै आएको छु।कांग्रेस अब परिवर्तन नभइ सुखै छैन।त्यो कांग्रेस त्यो बाटोमा हिड्नै पर्छ।नेपाली कांग्रेस माओवादीको एजे48डमा हिडिरेको छ।त्यसकारण कांग्रेसको यो हालत भएको हो।आज पनि हाम्रा विस्थापित साथीहरु घर जान सकेका छैनन।कब्जा गरिएको सम्पत्ती फिर्ता हुन सकेको छैन।कांग्रेस भित्र माओवादीलाई बोकेर हिडने साथीहरुको दवदवा छ।त्यसकारण पार्टीको अहिलेको नेतृत्व असफल भइसकेको छ।नेतृत्व बास्तबमा ननै पुर्ण रुपमा असफल भएको छ।त्यसकारण पार्टीले नया नेतृत्व,नया विचार र नया कार्यक्रम लिएर नेपाली कांग्रेस आउनु जरुरी छ।हामीले एमालेसंग प्रतिस्पर्धा गर्नु पर्ने छ।माओवादीसंग मुकाविना गर्नु छ।र हामीले हाम्रा कार्यकर्ताहरुलाई संरक्षण गर्नु छ।यी कामहरु गर्नकोलागि नया नेतृत्व चाहिन्छ।यसको लागि आगमामी महाधिबेशन निकै उपयोगी हुने छ भन्न्ो मैले ठानेको छु।वास्तवमा भन्ने हो भने नेपाली कांग्रेसको संगठन अहिले निकै कमजोर भएको छ।यसमा पार्टी संवेदनशील भएको देखिदैन।कार्यकर्ताहरु मारिएका छन।कार्यकर्ताहरु पिटिएका छन।पार्टी कार्यलयहरु चलेका छैनन।हामीले हाम्रा कार्यकर्ताहरुको संरक्षण गर्न सकेका छैन।कुनै पनि पार्टीले आफना कार्यकर्ताहरुलाई संरक्षण गर्न सक्दैन भने त्यस पार्टीबाट कार्यकर्ताहरु पलायन हुन सक्छन।यसमा हाम्रो पार्टी र नेतृत्व पक्तिको कुनै ध्यान गएको देखिन्न।यसले गर्दा नेपाली कांग्रेसको संगठनमा आमुल परिवर्तन गर्नु पर्ने आबस्यकता छ। हामीले कांग्रेसमा संगठन,वीचार र कार्यक्रममा आमुल परिवर्तनको लागि पार्टी भित्रै आवाज उठाउदै आएका छौ।हामीले आगामि अधिबेशनलाई त्यो रुपमा लिएका छौ।नेपाली कांग्रेृसले संगठन र वीचारमा आमुल परिवर्तनगर्न सक्यो भने भने मात्र नेपालमा लोकतन्त्र बलियो हुन्छ।नेपालमा लोकतन्त्रको भविष्य नेपाली कांग्रेससंग जोडिएको छ।यो निश्चित कुरा हो।नेपाली कांग्रेस कमजोर हुदा नेपालमा लोकतन्त्र पनि कमजोर हुन्छ।।यसलाई कांग्रेसले बुझनु पर्छ।यो कुरा नेपाली कांग्रेसको नेतृत्व पक्तिंले राम्ररी बुझन सकेको जस्तो देखिएको छैन। कांग्रेसले यस्तो ठूलो जिम्मेवारी पाएको छ।यो जिम्मेवारीलाई उसले पुरा गर्नु पर्छ। नेपाली कांग्रेसको बाटो अब त्यो हुनु पर्छ।