श्री गोविन्दराज जोशीले एम.ए. (राजनीतिशास्त्र), बी.एल. र बी.एड गर्नु भएको छ। वी.पी. कोइरालालाई आदर्श पुरुष मान्ने श्री जोशी २०२३ सालमा स्वतन्त्र विद्यार्थी युनियन कलेज अफ एजुकेसन र ग48डकी छात्र समिति काठमा48डौंका सभापति हुनुभयो। श्री जोशी २०३३ सालमा नेपाली कांग्रेस तनहूँका सचिव , बहुदल प्रचार समिति तनहूँका सचिव, नेपाली कांग्रेस तनहूँका उपसभापति हुनुभई २०५४ साल देखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य र सह–महामन्त्री भई सक्नु भएको छ। नेपाली काँग्रेसको भवन निर्माणमा वहा संयेाजक हुनु भएको थियो। श्री जोशी त्रिभुवन हाईस्कूल तनहूँका संस्थापक स्वयंसेवक प्रधानाध्यापक, शिव मा.वि. रिसिङका प्रधानाध्यापक तथा आदिकवि भानुभक्त बहुमुखी क्याम्पस दमौलीका पनि संस्थापक र स्वयंसेवक प्राध्यापक हुनुभयो। जोशी बार एसोसिएसन तथा एम्नेष्टी इन्टरनेसनलसँग पनि सम्बद्ध हुनुहुन्थ्यो। श्री जोशीले, प्रजातन्त्रको पुनस्थापनाका लागि नेपाली कांग्रेसद्वारा सञ्चालन गरिएको आन्दोलनमा संलग्न भई पटक पटक गरी साढे तीन बर्ष जेल जिवन बिताउनु भएको छ। भर्खरै विभिन्न जिल्लाहरूको भ्रमण गरेर फर्कनुभएको छ, भ्रमणको उदेश्य के थियो र कहा147–कहा147को भ्रमण गर्नुभयो? नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार अहिले देशभर शान्ति अभियान कार्यक्रम संचालन भएको छ। यसको उद्धेश्य देशमा अहिले भएको शान्तिलाई स्थायी शान्तिमा परीणत गर्न र आन्दोलन बाट प्राप्त भएका जनताका अधिकारलाई स्थायी रूपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने शान्ति अभियानको लक्ष हो। केन्द्रले लिएका नीति र कार्यक्रमहरूका बारेमा कार्यकर्ताहरु र जनतालाई जानकारी दिलाउन र जनताका धारणाहरू पार्टीको नेतृत्व वर्गले थाहा पाउने प्रयोजनका लागि कांग्रेसले विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। त्यहि सन्दर्भमा म गोरखा जिल्लामा खटिएको छु। यस पटक म गोरखा जिल्ला बाहेक आफ्नो जिल्लाका गाउ147–गाउ147सम्म पुगें। सबै साथीहरूलाई मैले कुरा राखंे। अहिलेको सन्दर्भमा जनताका धारणा र भावनालाई मैले गम्भीरतापूर्वक अध्ययन गरें। सात दल र माओवादीको सहमति र संविधान सभाबारे आफनो धारणा जनतालाई भन्ने र जनताको धारणा बुझ्ने काम गरें। ग्रामीण भेगको राजनीतिक अवस्था कस्तो रहेछ? ग्रामीण भेगका मानिसहरू प्रजातन्त्रप्रति पूर्ण रूपमा प्रतिबद्ध छन। आफना अधिकारप्रति पहिलेभन्दा बढी सचेत र जुझारू छन्। अधिकार विहिन हुदाको अवस्था कस्तो हुदो रहेछ भन्ने कुरा उनिहरुले राम्ररी वुझेका छन। ग्रामीण भेगका मानिसहरू जबसम्म देशमा भयमुक्त वातावराण सिर्जना हु147दैन तबसम्म राज्यका संरचनाहरूमा आफ्नो सहभागिता हुन सहज नहुने बताउ147छन्। देशमा भयमुक्त वातावरणको स्थापनानै उनीहरूको पहिलो माग रहेको छ। देशमा अब फेरि हिंसा हु147दैन भन्ने कुराको ग्यारेन्टी उनीहरूले हामीबाट खोजिरहेका छन्। निर्भिक भएर आफूले रोजेको पार्टीलाई भोट दिन पाइन्छ भन्नेमा उनीहरू शंका व्यक्त गर्छन्। उनीहरूको आशंकालाई मैले केही हदसम्म हटाउने प्रयास गरें। मैले कार्यकर्तालाई ऐतिहासिक जनआन्दोलनको भावना अनुसारनै सरकार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरें। म गएको हुदा उनिहरुमा अलिकति उत्साह भने थियो। तर भरोसा भने अझै उनिहरुले गर्न सकिरहेका थिएनन। माओवादीको व्यवहार तथा कार्यशैलीचाहिं कति परिवर्तन भएको छ? माओवादीहरुको व्यवहार ठाउ अनुसार फरक छ। अहिले तनहूंमा खासै नराम्रो पाईन। गोरखामा भने केहि समस्या पाए। मैले माओवादीका स्थानीय नेताहरूस147ग यस विषयमा कुरा गर्न गोरखा जिल्लाको सभापतिलाई भनेको छु। ठाउं–ठाउंमा माओवादीले तगारो बनाएर कर लिइरहेका छन्। तनहंूमा हामीले शान्ति अभियानअन्तर्गतका विभिन्न गाउमा गएर कार्यक्रमहरू गरिरहेका छौं। पहिलाजस्तो जनतालाई तर्साउने र भयभित बनाउने कार्य अहिले त्यहा भएको छैन। कार्यकताहरुलाई तपाईले के भन्नु भयो?मैले उनीहरुलाई भने हाम्रो देशमा हाम्रा पार्टी सभापति श्री गिरिजाप्रसाद कोइरालाको लामो प्रयास पछि शान्ति स्थापना भएको छ। मावोवादी र सात दलको विचमा भएको १२ वुदे सहमति , आठ बुदे सहमति र सरकार र मावोवादीको विचमा भएको शान्ति संझौता तथा अन्तरिम संविधानका वारेमा सरकार र मावोवादी विच भएको समहमतिको यो परीणाम हो। यी सहमतिहरुमा संविधान सभाको निर्वाचनलाई प्राथमिकता दिईएको छ। यसमा हतियारको व्यवस्थापन, अन्तरीम संबिधान लागु गर्ने र मावोवादी समेतको सहभागीतामा अन्तरीम सरकारको गठन गर्ने कुरा महत्वपुर्ण रुपमा लिईएको छ। यी सवै कुराहरु एक अर्काका परी पुरक छन। यीनमा एउटा कुरा अहिले गरौ अरु पछि गरौला भनेर हुदैन। सवैको लक्ष देशमा भय रहित वातावरणमा निस्पक्ष संविधान सभाको निर्वाचन गर्नु हो। देशले कस्तो किसिमको राज्य प्रणाली अपनाउने भन्ने कुराको निर्धारण संविधान सभाले गर्दछ। यो अधिकार अव कुनैराजनैतिक दलकनो नभैकन संविधान सभाको हो। आठै दलले यो अधिकार संविधान सभालाई दिई सकेको हुदा अव पार्टि वा कुनै दलका कुनै नेताको भनाईले खासै महत्व राख्दैन। आठदलले शान्ति संझौतामा संविधानसभाको पहिलो बैठकद्वारा साधारण वहुमतले राजतन्त्रका सम्बन्धमा निर्णय गर्ने भनेका छन । हुन पनि देशमा कस्तो किसिमको सासन प्रणाली कायम गर्ने भन्ने कुरा जनताको हो। त्यसैले त्यसको निर्धारण पनि जनताका प्रतिनिधिलेनै गर्दछन। यस्ता विषयमा कुनै पार्टीको निर्णयभन्दा संविधानसभाको निर्णय मह140वपूर्ण र अन्तिम हुन्छ। अहिलेको प्राथमिक काम संविधानसभाको निर्वाचन स्वतन्त्र र निष्पक्ष र भय रहित वातावरणमा सम्पन्न गर्नु हो। चुनावका लागि भयमुक्त वातावरण निर्माण गर्नु पर्छ। शान्ति संझौतापछि माओवादीले हिंसा छाडेका छन् र उनीहरू अन्तरिम सरकारमा सामेल हुने तयारीमा छन्। कांग्रेसको संन्दर्भमा कुरा गर्दा नेपाली कांग्रेस जनताको पार्टी हो, त्यसैले यसले सधैं जनताको पक्षमा निर्णय गर्छ। नेपाली कांग्रेसले लोकतन्त्र र प्रजातन्त्रको पक्षमा निर्णय गर्छ। के गर्दा लोकतन्त्र दीर्घजीवी हुन्छ, कांग्रेसले त्यही निर्णय गर्छ। १२ बु147देदेखि अहिलेसम्म सबै सहमतिहरू आपसी समझदारीअनुसार हु147दै आएका छन्। भोलि संविधानसभाको निर्वाचनपछाडि पनि देशका यावत् समस्याहरूका सम्बन्धमा निर्णय गर्दा पनि सहमतिको आवश्यकता हुन्छ। अहिले त गिरिजाबाबुले जे भन्नुहुन्छ, कांग्रेसको धारणा त्यही हो। निर्वाचन पछि संविधानसभाले गर्ने निर्णयलाई कांग्रेसले मान्छ। संविधानसभामा जा147दा राजतन्त्रका सम्बन्धमा त स्पष्ट भएर जानु पर्‍यो नि? सबै पार्टीहरूका विच यस अधि भएको सहमति र संझौताहरू नेपाली कांग्रेसको पनि सहमति हो। हाम्रो प्रतिवद्धता अहिलेसम्मका सहमति, संझौता तथा संविधानसभाको निर्वाचनप्रति हो। हाम्रो चिन्ता अहिले राजाको बारेमा छैन, बरू जनताका हक अधिकारहरूप्रति छ। हाम्रो चिन्ता अहिले नेपाली जनतालाई कुन स्थानमा राख्ने भन्नेमा छ। कसरी जनतालार्इै वास्तविक रुपमा सार्वभौभ सत्ता संपन्न वनाउन सकिन्छ भन्नेमा छ। जनतालाई सा147च्चिकै सार्वभौम बनाउन कांग्रेस लागिरहेको छ। नेपाली कांग्रेस जनताको भावनाअनुसार अगाडि बढ्छ। अहिले जनताका माझमा धेरै कुराहरु उठेको छ। हामिले समावेसि लोकतन्त्रको कुरा गरेका छौ। विगतमा धेरै मानिसहरुले राज्यको निर्णय गर्ने प्रकृयामा आफनो सहभागिता महसुस गरेनन। आज तरार्यमा आन्दोलन भई रहेको छ। हामिले कसरी तराई वासिहरुलाई राज्यको निर्णय प्रकृयामा सहभागी गराउन सकिन्छ भनेर विश्वास दिखलाउन सकिएन भने तराईको समस्या समाधान हुन सक्दैन। राज्यको श्रोत वितरणमा पक्षपात हुदैन भनेर उनिहरुलार्य विशवास दिलाउनु पर्दछ। त्यसरिनै जनजातीहरुको समस्या छ। आदिवासिहरु, महिलाहरुको समस्याछ। कसरी उनिहअरुलाई राज्यले आफनो निर्णय गर्ने कुरामा सहभागि गराउन सक्दछ भन्ने कुरा आजको तडकारो आवस्यकता हो। राज्यको निर्णय गर्ने प्रकृयामा र श्रोत वितरणमा क्षत्रीय सन्तुलन जरुरी छ। विगतमा त्यो हुन सकेन। अव संपविधान निर्माण गर्दा त्यो सवै कुराहरु समावेश हुनु पर्दछ। यीनै विषयमा जनताले फेरी आन्दोलन गर्ने परिस्थिति रहिरहनु हुदैन। त्यसैले सवैदलको सहमतिको अभ्यास सुरु भएको छ।। यी सवै विषयमा एक दलको विचारमात्र निर्णयक हुदैन। सवैको सहमतिवाट राज्यका यी समस्याहरुको निर्णय गर्नु पर्दछ। अहिलेसम्म नेपाली कांग्रेसले ‘सेरेमोनियल किङ्ग’ मानिरहेको छ, त्यही भन्न खोज्नुभएको हो? मैले भन्न खोजेको कुरा के हो भने सात राजनैतिक दलको मार्ग चित्र भनेको निरङकुस राजतन्त्रको अन्त , प्रतिनिधि सभाको पुर्नस्थापना , सर्वदलीय सरकार र संविधान सभाको निर्वाचन हो । यहि आधारमा सात दल र मावोवादीहरुको विचमा पनि १२ वुदे सहमति भयो र आन्दोलन चरम उत्कर्षमा पुग्यो। २०६३ साल वैषाख ११ गतेको आन्दोलनको कार्यक्रम सारा जनताहरु रिङ्गरोड वरिपरि घुम्ने र १२ गते सवै आन्दोलनकारीहरु चारैतिर वाट सहर छिर्ने कार्यक्रम थियो। शहरको चारैतिरवाट दसौ लाख मानिसहरु शहर छिरेको भए परीणाम के हुन्थ्यो सहजै अनुमान गर्न सकिन्छ। ११ गते राजावाट सातदलको मार्ग चित्र र जनआन्दोलनको भावना प्रति प्रतिवद्धता व्यक्त भयो। राजाको त्यो घोषणालाई सातै दलले सहमति जनाएको होईन र? माओवादीहरुको पनि सातदलको निर्णय प्रति सहमति थिएनर? सवै दलहरुले त्यसैलाई आफनो विजय मानेर शहर छिर्ने कार्यक्रम स्थगित गरीएको होईन र? सात दलका सातै जना नेताहरु रिङ्गरोडको विभिनन ठाउमा जनतालाई वधाई दिने कार्यक्रम राखेर किन त्यस दिन आन्दोलनकारीहरु लाई शहर छिर्न वार्ट रोकियो? के यसको कुनै अर्थ छैन? अवश्य पनि छ। प्रतिनिधि सभाको २०६३ साल जेष्ठ ४ गतेको घोषणामा राजा सम्वन्धी निर्णय सर्व सम्मतिमा भएको होईन र? राज गद्धि उत्तराधिकारी एन संसदले वनाएको हाईनर? सात दलर मावोवादीको विचमा भएको शान्ति–सम्झौता सवैको हाईन र? त्य दिन किन कसैले संझौताको कुरा छोडौ भाष48मा पनि गणतन्त्रको उच्चारण गरेनन। त्यसको केहि कारण होला। यसवाट अहिले हामिमात्र सवै कुरा गर्न सक्दा रहेनछौ। शान्ति वाहालीको लागी ग्ल्इ लाई वोलाउनु परेको छ। प्रजातन्त्रको सिमाना हुदैन भनेर हामिले वारम्वार भनेका छौ। लोकतन्त्रको स्थापनाको लागि हामिले विश्व समुदायलाई गुहार गरयौं। सवैको सहयोग पनि भयो। अहिले शान्ति स्थापनामा उनिहरुको कुनै भुमिका हुदैन र? त्यसैले सात दलका नेताहरुको समझदारी संझौताहरुमा संयमित भाषाहरु लेखिएका होलान। संविधान सभाको निर्वाचन पछि पनि कुनै एउटा दलको निर्णयबाट संविधानको निर्माण हुन सक्दैन। सवैदलको सहमतिवाट हाम्रो देश मा कस्तो किसिमको राज्य प्रणाली अपनाउने भनने कुराहरु सहमतिको आधारमा निर्धारण हुनेछ। आठदलका शिर्सस्थ नेताहरुको विश्वासमा हामिले यत्रो आन्दोलन गरेको हौं।अव पनि वहाहरुले जनताको भवना अनुसार काम गर्नु हुन्छ भनेर विश्वास गर्नुपर्दछ। कुनै दल विशेषले भाषणमा आफना कार्यकर्तालाई दिएको टिप्सको आधारमा कांग्रेसको आलाचना गर्नु राम्रो हुदैन। नेपाली कांग्रेसको ११ औं महाधिवेशनले निरंकुश राजतन्त्रको अन्त्य भनी निर्णय गरेको छ। सात पार्टीको मार्गचित्रमा पनि निरंकुश राजतन्त्रको अन्त्य भनिएको छ। सात राजनीतिक दल र नेपाली कांग्रेसले अर्को निर्णय गरेका छैनन्। आठ दलले राजतन्त्रको वारेमा संविधान सभाको पहिलो वैठकमा निर्णय गर्ने भनेका छन। संविधान सभाको निर्वाचनमा सवै दलहरुले आफनो आफनो मुद्धा लिएर जनता समक्ष जाने छन। सवै अनिर्णित मुद्धाहरुमा संविधान सभाको वैठकले निर्णय गर्ने छ। सवैले संविधानसभाको निर्णयलाई पर्खनु पर्दैन र। अहिले सम्मको राजनैतिक परिस्थितिको विष्लेषण गर्नेहो भने कुनै पनि मुलुुकको राजनीति सदा परिवर्तन मुखि हुन्छ। राज्य परिवर्तनका दुई सिद्धान्त हुन्छन। विकाशवादी सिद्धान्त र कान्तीकारी सिद्धान्त। ( भ्खयगितष्यलबचथ त्जभयचथ र च्भखयगितष्यलबचथ त्जभयचथ ) हामिहरुले नेपालमा राजनैतिक परीवर्तनलाई दुवैसिद्धान्तको मिश्रीत परीणामको रुपमा लिएका छैा जस्तो लाग्दछ। त्यसैले अलिकति अन्योल भएको हो। म यतिमात्र भन्न सक्दछु नेपाली कांग्रेस आज सम्म भएका सहमति र संझौतारुमा पुर्णतया प्रतिवद्ध छ। नेपाली कांग्रेसमा गणतन्त्रको आवाज उठेको छ नि? उठेको छ। ११औं महाअघिवेशनमा नै नरहरि आचार्यजीले गणतन्त्रको नारा दिएर सभापति पदमा उठ्दा १४७० मा १६४ मत ल्याउनुभएकै हो। आखिर कांग्रेस भित्र त्यतिका मानिसहरु त गणतनत्रको पक्षधर रहेछननी। तर नेपाली कांग्रेसको कुनै पनि निर्णय गर्ने मह140वपूर्ण निकाय महाधिवेशन हो। अहिलेसम्म हामीले गिरिजाबाबुको धारणालाई मान्दै आएका छौं। किनभने उहा147ले राजनैतिक जिवनको विभिन्न समयमा लिनुभएका निर्णयहरू गलत सावित भएका छैनन्। प्रतिनिधिसभाको पुनस्थापना कसैले हु147दैन भनेका थिए तर भयो। माओवादीस147ग वार्ता हु147दैन भनेका थिए। माओवादीलाई वहालेे वार्तामा ल्याउनुभयो। गिरिजाप्रसाद कोइरालाले बोल्दै आएका कुराहरू अहिलेसम्म पुग्दै आएका छन्। अहिलेको राजनीतिलाई पनि वहाले सही दिशा दिनुहुन्छ। वहाकोे निर्णय जनता र लोकतन्त्रको पक्षमा हुन्छ। त्यसैले वहालेले सबै विषयहरूमा सही निर्णय लिनुहुन्छ। गिरिजाप्रसादको धारणालाई साकार बनाउनु नै अहिले हाम्रो पहिलो दायित्व हो। गिरिजाप्रसादले जे बोल्यो त्यही हुन्छ भन्नुको अर्थ पार्टीमा आन्तरिक प्रजातन्त्र छैन, होइन? हामीकहा147 पर्याप्त मात्रामा आन्तरिक प्रजातन्त्र छ। पार्टीका हरेक बैठकहरूमा नेता र कार्यकर्ताले आफ्ना धारणाहरू राख्न पाउ147छन्। त्यसबाट कसैलाई पनि बञ्चित गरिएको छैन। फरक प्रस्ताव प्रस्तुत गर्न सकिन्छ। ५० प्रतिशत केन्द्रीय सदस्यहरू निर्वाचनबाट आउ147छन्, अहिले समम अल्पमत र बहुमतमा निर्णय भएको छैन। अहिलेसम्म पार्टी सभापति श्री गिरिजाप्रसाद कोइरालाले लिनुभएको बाटो सही सावित भएको छ। गिरिजाबाबुले एउटा विचार वैठककमा व्यक्त गर्नु हुन्छ। वैठकमा त्यसमाथि छलफल हुन्छ। वैठक पछि वैठकको भावना वझेर प्रस्ताव लेख्ाीन्छ। प्रायः प्रस्ताव रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, महेश आचार्य, राम शरण महत कृष्णप्रसाद सिटौलाले मस्यौदा गर्दछन। मस्यौदा अरु सदस्यको भावना वुझेर लेख्ने हुंदा त्यसमा सवैको सहमति हुन्छ। कांग्रेसको कुनै प्रस्तावको निर्णयमा प्राय नोट अफ डिसेन्ट लेखेको थाहा छैन। पार्टीमा आन्तरिक प्रजातन्त्र नभएर नै कांग्रेस विभाजन भएको होइन? त्यो कारणले पार्टी विभाजन भएको होइन। एउटा परिस्थिति आयो जसका कारण केही साथीहरूमा असन्तुष्टि आयो। साथिहरुले असन्तुष्टिलाई प्रमाणित गर्र्न केहि कुराहरु भन्नु भयो होला। बहुदलीय प्रजातन्त्रमा बहुमतको निर्णय सर्वसम्मत हुन्छ। शेरबहादुरले संकटकाल लगाउने प्रस्ताव ल्याउ147दा त्यसको विरोधमा केही स्वरहरू आए। झगडाको कारण संकटकाल लगाउने वा नलगाउने विषयमा थियो। पार्टी विभाजन आन्तरिक प्रजातन्त्रको अभावले भएको थिएन । त्यो इतिहास भइसकेको छ। त्यती वेला संकटकाल लगाउनु पर्दछ भनेर नोट अफ डिसेन्ट लेख्ने व्यक्तनिै अहिले पार्टीको महत्वपु4र्8ा पदाधिकारी भएका छन। विगतमा पार्टी भित्र भएको सवै कुरा हामिले विर्सि सकेका छौ। अव त्यो कुरा कोट्याउनुको कुनै अर्थ छैन। अहिले हामी सवै अब कांग्रेसलाई कसरी एक गराउने भनेर लागी रहेका छौ। पछिल्लोपटक पार्टी एकीकरणमा चर्चा बढी काम थोरै भयो नि? अहिलेको अवस्थामा कांग्रेस एक नहुने हो भने लोकतन्त्रलाई बचाउन सकि147दैन भन्ने मेरो धारणा हो। त्यसैले एकताका सम्बन्धमा साथीहरूस147ग कुराकानी भइरहेको छ। देशभरका कार्यकर्ताहरू कांग्रेस एकताको पक्षमा रहेका छन्। दुई कांग्रेस एकताको पक्षमा रहेका छन्। दुई कांग्रेस एकताका लागि कुनै शर्त व्यवधान बन्नु हुन्न। गिरिजाबाबु र शेरबहादुर दुवै जनाले छिट्टै एकता हुन्छ भन्नु भएकाले अब कांग्रेस एक हुनेमा कार्यकर्ता ढुक्क छन्। एकताका लागि प्रजातान्त्रिकको तर्फबाट कुनै शर्त आएको छ? अहिलेसम्म कुनै शर्त आएको मलाई थाहा छैन र आउनु पनि हुन्न। एकता कहिलेसम्म होला? एकता सकेसम्म चा147डो हुनु पर्छ। जस्तो म गाउ147 जा147दा प्रजातान्त्रिक कांग्रेसका सम्बन्धमा मैले के भन्ने? त्यसैगरी प्रजातान्त्रिक कांग्रेसका साथीहरू गाउ147मा गएर हामीबारे के भन्ने? कार्यकर्तालाई यस्तो समस्यामा राख्नु हु147दैन। सके सम्म चांडै पार्टी एकता हुनु वर्तमान समयको माग हो , म त्यसैको पक्षमा छौं। प्रसंग बदलौं, निर्धारित समयमा संविधानसभाको निर्वाचन गर्न सकिन्छ? प्रधानमन्त्री गिरिजा वावुले बारम्बार संविधानसभाको निर्वाचन निर्धारित समयमा नै गर्छु भन्नुभएको छ। निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनु महत्वपूर्ण कुरा हो। जनताले भयरहित वातावरणमा भोट हाल्न पाउनु पर्छ। त्यसैले अहिले पनि जनताको मनबाट भय हटेको छैन। यसैले आठ पार्टीको प्रतिवद्धता पूरा गर्न सबैभन्दा पहिला आठवटै पार्टीले जनतालाई आह्वान गर्नु पर्छ। तपाईंहरूले स्वतन्त्र र निर्भिक वातावरणमा आफूलाई मन लागको व्यक्तिलाई भोट हाल्न पाउनु हुन्छ अनिमात्र जनताको मनवाट भय हटाउन सकिन्छ।निर्वाचनमा जनतानै सहभागी भएनन भने त्यस्तो निर्वाचनको कुनै अर्थ रहदैन। त्यसैले आठैदलका नेताहरु त्यमा सचेत हुनु पर्दछ। संविधानसभा निर्वाचन सम्पन्न गर्न कांग्रेसले कस्तो भूमिका खेल्नु पर्छ? अहिले नेपाली कांग्रेसको भुमिकामा परिवर्तन आएको छ। अहिले कांग्रेसको लक्ष संविधान सभाको निर्वाचन निश्पक्ष र भय रहित वातावरणमा सम्पन्न गराई जनआन्दोलनको भावना र आन्दोलनवाट प्रापत भएको जनताको अधिकारलाई संविधानमा लिपिवद्ध गराई गिरिजा वावुले भने जस्तै फेरी जनताले आन्दोलन गर्न नपर्ने अवस्था सृजना गर्नु हो। त्यसको लागी अरुले कांग्रेसलाई जे सुकै भनुन कांग्रेस संबिधान सभाको निर्वाचन सम्म एउटा पक्ष वन्नु हुदैन। कांग्रेसले निस्पक्ष र मध्यस्थाताको भुमिका निर्वाह गर्नुपर्दछ। अहिलेको आवश्यकता भनेको पार्र्टीको स्वार्थ भन्दा नेपालको स्वार्थ ठुलो हो , जनताको स्वार्थ ठुला हो भन्ने कुरालाई महत्व दिनु पर्दछ। त्यो भुमिकालाई कांग्रेसले वुझन सक्यो भने मात्र कांग्रेसले आफनो कंाधमा आएको जिममेवारीलाई पुरा गर्न सक्दछ। कांग्रेसलाई अरु दलहरुले आलोचना गरीरहेकाछन। अहिले अरुदलहरु संगको संवन्ध कस्तो छ? अहिले अरु दलले कांग्रेसलाई जेभनेर आलोजना गरे पनि कांग्रेसको सवै दलहर संग सम्वन्ध राम्रै देखिन्छ। विगत १२ वर्ष हामिहरु एउटाले अर्कोदललाई कमजोर वनाएर आफु वलियो वनने अभ्यासमा लाग्यो। परीणाम हामि सवै कमजोर भयो। यस वाट हामिले सिकेको पाट के हो भने वस अरुलाई खराव भन्दा हामि सवै खराव छौ भन्ने जनतामा प्रभाव पर्दौ रहेछ। त्यसैले अव हामिले नकारात्मक राजनिति गर्न छोडनु पर्दछ। अरुको विपक्षमा भन्दा हामिले आफनो पक्षमा जनताका माझमा जान थाल्यो भने वैमनस्य कम हुदै जान्छ र सहमतिको वातावरण सृजना हुन्छ। त्यसैले आव अरुले जेसुकै गरुन सवैलाई जनताले चिनेकैछन। कांग्रेसले अव जनताका माझमा सकारात्मक कुराहरु लिएर जानुपर्दछ। यसो गरेमा मात्र जनआन्दोलन वाट प्राप्त भएको अधिकारको रक्षा गर्न सकिन्छ। तपाईको अरु केहि भन्नु छ कि? विगतका गल्तिहरुवाट पाठ सिक्दै देशमा राजनैतिक सहमतिको वातावरण सृजना गर्दै सवै राजनैतिक दलहरु अगाडी वढेमा मात्र देशले भोग्नु परेका समग्र समस्यको निकाश निकाल्न सकिन्छ। यो नै हामि द्धन्द समाप्त गरी देशमा स्थाई शान्ति कायम गर्ने स्थायी उपाय हो। सवैको काधमा आएको अहिलेको जिममेवारी पनि यहि हो। तनहूँ जिल्लाबाट प्रतिनिधि सभाका सदस्यमा निर्वाचित श्री गोविन्दराज जोशी नेपाली कांग्रेसको संसदीय दलका सदस्य–सचिव र प्रमुख सचेतक , शिक्षा, संस्कृति तथा समाजकल्याण मन्त्री, गृहमन्त्री , सामान्य प्रशासन मन्त्री, ,जलस्रोत मन्त्री ,स्थानीय विकास मन्त्री ,संस्कृति, पर्यटन तथा नगारिक उडड्यन मन्त्री हुनु भयो। श्री जोशीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा, सम्मेलन र गोष्ठीहरुमा भाग लिनुका साथै नेपाली प्रतिनिधिम48डलको नेतृत्व गरिसक्नुभएको छ । काँग्रेस भित्र स्पष्ट धार भएको नेता मानिने श्री जाशी २०६१ माघ १९ को राजाको कदम विरूद्ध सशक्त पाइला चाल्न कांग्रेसको तर्फबाट आन्दोलनको घोषणा गर्नु भएको थियो। तत्कालीन पाँच पार्टी बीचको एकता र माओवादीसँग वार्ताको सुरुवात गर्ने कार्यमा पनि संलग्न हुनुहुन्थ्यो। पार्टी भित्र काँग्रेसको भावी नेतृत्वको रूपमा वहाँलाई चित्रण गरिन्छ। प्रस्तुत छ, जोशीसंग देशान्तर साप्ताहिकका लागि सम्पादक श्री कमल भटराईले गर्नु भएको कुराकानी।