अहिले नेपाली कांग्रेस प्रतिपक्षमा छ। प्रजातन्त्रको पुनर्स्थापना पछि नेपाली कांग्रेस सरकारमा थियो। नेपाली काँग्रेसको ३बर्ष ६महिनाको शासन पछि भएको निर्वाचनमा नेपाली कांग्रेशले बहुमत प्राप्त गर्न नसकेको कारण ९ महिना प्रतिपक्षमा बस्नु परेको थियो। त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा फेरी सरकार बन्यो। नेपाली काँग्रेसको नेतृत्वमा रहेको संयुक्त सरकारका प्रचानमन्त्रीले बिश्वासको मत लिदा बिश्वसको मत प्राप्त गर्न नसकनु भएको कारण बाट नेपाली कांग्रेश अहिले प्रतिपक्षमा रहेको छ। बहुदलीय व्यबस्थामा सबै राजनैतिक दल सधै सरकारमा जादैन। सरकारमा रहनु र प्रतिपक्षमा रहनु राजनैतिक दलहरुका लागी स्वाभाबिक प्रकृया हो। प्रकृया स्वभाबिक भएपनि यी दुबैपक्षमा रहनुको उदेश्य र भूमिकाभने अलग अलग हुन्छ। अहिले यदाकदा भनीएको छ कांग्रेसले प्रतिपक्षकोे भुमिका पनि निर्बाह गर्न सकेन। त्यसेले के हो त्यो प्रतिपक्षको भुमिका भनेको? के त्यो भूमिका काँगेे्रसले निर्बाह गरेको छैन? आदि जनताका चासोको बिषय भएको छ। सबै राजनैतिक दलहरुको सरकारमा रहदा र प्रतिपक्षमा रहदाको भुमिका फरक फरक हुन्छ। भुमिकामा फरक हुने हुनाले त्यसको प्रभावपनि फरक हनु स्वाभाबिक नैहो। राजनैतिक दलहरु जव सत्तामा रहन्छन सत्तामा रहेकै कारणबाट आफना निति र कार्यक्रमहरुलाई जनतामा लागु गराई सत्तामा टिकि रहन्छन। त्यसकारण सरकारमा जानु भनेको दलको निति र कार्यक्रम लागु गरेर आफनो प्रभाव जनतामा पारी रहनु हो। सरकारमा रहदा दलको नितिको कार्यान्वयन सरकारले गरीरहेको हुन्छ। त्यसैले दल सरकारमा रहदा दलको भुमिका र दल प्रतिपक्षमा रहदा दलको भुमिका पनि फरक फरक हुन्छ। भुमिका अलग गर्न सकिएन भने दलले खेलेको भुमिकाका कारण दलहरु असफलताको बाटोमा जान्छन। यो पक्षलाई सबै रजनैतिक दलहरुले राम्ररी बूझनु पर्दछ। हाम्रो मुलुकमा भरखरै बहुदलीय व्यबस्था प्रप्त भएको , प्रजातान्त्रीक अभ्यास कमै भएको सन्दर्भमा सरकारमा रहदा र प्रतिपक्षमा रहदा दलको भुमिकामा खासै फरक देख्दैनौ। सरकारमा रहेका मन्त्री बाहेकका अरु सांसदको भुमिका र प्रतिपक्षी सांसदको भुमिकामा खासै फरक नभएपछि जनताले सरकार र प्रतिपक्षको भुमिका पनि एकै किसिमको देखनु स्वभाबिक हुन्छ। हामिले जनतालाई बुझाउन नसकेको कुरा केहो भने साच्चीनै सत्ता पक्षका सांसद पनि प्रतिपक्ष जस्तै भए भने सरकारले सोच्नु पर्ने बिषय हो सरकार सत्तामा बसि रहने वा नरहने। यस्तो अबस्थामा जब सरकारको भुमिका गौण भएर जान्छ यसको निराकरण कसले गर्ने? त्यसैले दलीय व्यबस्थामा दलको भुमिका प्रभावकारी हुन्छ भनेको कारण सरकारप्रति दलको प्रभाव महत्वपुर्ण रहेको हुन्छ। सरकार दलको नितिको कार्यान्वयन गर्न सत्तामा जाने हुदा सरकारले निति अनुरुप काम गररिहेको नरहेको बारेमा दलले राम्ररी हेर्नु पर्दछ। दलका बिभिन्न निकाय हरुमा सरकारका गतिबिधिका बारेमा राम्ररी छलफल भईरहनु पर्दछ। दलले सरकारको छबि र सरकारको प्रभाव जनतामा राम्रो पार्न सरकारका सकारात्मक पक्षहरुलाई जनसमक्ष लैजानु पर्दछ। दलले, सरकारको प्रभाव नराम्रो हुदा दलको प्रभाव राम्रो पार्न भनेर नत सरकारको आलोचना गर्नु हुन्छ नत सरकारमा रहदा दलको प्रभाव धटेको छ भनेर सरकारबाट बाहिर बस्ने निति अबलम्न गर्नु हून्छ। सरकारमा रहदा वा जादा दल कमजोर हुने हुदा सरकारमा जानु हुदैन भन्ने सोचाई प्रजातान्त्रीक हुदैन र त्यस्तो सोच्नुपनि हुदैन। सरकारमा रहदा सरकारमा बस्नेहरुको कारण केहि कमजोरीहरु भएभने ती कमजोरीको कारण पत्ता लगाई नीति परीबर्तन गरेर, नेता परीबर्तन गरेर कार्यक्रम परीबर्तन गरेर पनि दलको उदेश्य सरकारमा जानु र सरकारमा रहिरहनु हून्छ सरकारमा रहेको दलले गलत रणनिति अपनायो भने प्रतिपक्षमा पुग्दछ र प्रतिपक्षले गलत रणनिति अपनायो भने कहिल्यै सरकारमा पुग्दैन। त्यसैले सरकारले सरकारमा रहिरहन आफनो भुमिका निर्बाह गर्दछ भने प्रतिपक्ष सरकारमा जान आफनो सकृय भुमिका निर्बाह गरेको हून्छ। यसकारण प्रतिपक्षको भुमिका अझ जटिल र जिम्मेवारी पुर्ण हून्छ। प्रतिपक्षमा रहदा आफूलाई संगठित गर्ने र जनतालाई आफु पटी आकर्षीत बनाउने काम कम महत्वपुर्ण होईन। कुनै राजनैतिक दलले प्रतिपक्षमा रहेर पनि प्रतिपक्षको भुमिका निर्बाह गर्न सकेन भने त्यो प्रतिपक्षपनि हुदैन र त्यस्तो दलको भबिश्य पनि हुदैन ा त्यसैले कुनैपनि राजनैतिक दलले प्रतिपक्षमा रहदा प्रतिपक्षको भुमिका निर्बाह गर्न भरमग्दुर कोशिस गरेको हुन्छ। आब प्रस्न उठदछ कि प्रतिपक्षको भुमिका भनेको केहो? बर्तमान सन्दर्भमा प्रतिपक्षले निर्बाह गर्नु पर्ने भुमिका नेपाली काँग्रेसले निर्बाह गर्न सकेको छ छैन? को बिस्लेषण यथाथर््ामा गर्नु पर्दछ। काँग्रेस अहिले प्रतिपक्षमा छ। के्रन्दीय्र सरकारमा मात्र होईन स्थानीय निकायहरुका पनि अधिकांस ठाउहरुमा ने.क.पा.ए.मा.ले.को.प्रभुत्व्ा छ। त्यसैले काँग्रेसको लागी यो अझ बडि जिम्मेवारीको बिषय हुन गएको छ। काँग्रेसले केन्द्रमा र स्थानीय निकायहरुमा पनि प्रतिपक्षको भुमिका निभाउनु परेको छ। सरकार जनपक्षिय भयो भने प्रतिपक्षलाई ज्यदैन कठिन पर्दछ। सरकार ज्यदैन जिम्मेवार भयो भने प्रतिपक्षको सरकारको बिरोध गरी जनतामा आफनो प्रभाव पार्ने संभावना हुदैन। तर बर्तमान गठबन्धन सरकार जस्को केन्द्रमा र स्थानीय निकायहरुमा प््राभाव छ को अहिले सम्म देखिएको कृयाकलापले प्रतिपक्षलाई आफनो भुमिका निर्वाह गर्न अत्यन्त सजिलो हुन गएको छ। नेपाली काँग्रेस जिम्मेवार प्रतिपक्ष भएको कारण बाट सदन र स्थानीय निकायहरुमा प्रतिपक्षले खेल्ने भुमिका निर्बाह गर्ने दाईत्व आज नेपाली काँग्रेसको जिम्मेवारी भित्र रहेको छ। त्यसैले आज नेपाली काँग्रेस सदन भित्र र देश भरीनै जनताका जल्दा बल्दा समस्याहरुलाई सदन र जनता समक्ष पुरयाउने तयारीमा लागेको छ। बर्तमान सरकारले सरकारमा आएपछि देसभरी गरेको ज्यदती गतनिर्बाचनमो देसभरी सरकारले गरेको हिसा, हत्या र धाधलिका बारेमा प्रतिपक्षले सदनमा आवाज उठाएको छ र संयुक्त संसदीय समितिको गठन गर्ने भाग राखेको छ। निजामति सेबाऐनको बिपरीत कर्मचारीहरुर्ला सरुवागरेको ,निस्कासन गरेको तथा अध्ययन भ्रमणमा पठाएको सम्बन्धमा सदनमा आवाज प्रतिपक्षले उठाएको छ। अहिले प्रतिपक्षको भुमिका भनेको ती सबै सकारका नकारात्मक कामहरुलाई जनसमक्ष पुरयाउनुहो। सडकको प्रतिबिम्ब सदनमा पर्दछ। त्यसैले बहुदलिय प्रणालीमा राजनैतिक दलले दोहोरो कार्यक्रम संचालन गर्नु पर्दछ। जसरी अहिले नेपाली काँग्रेसले सदनमा जनताका जल्दा बल्दा समश्याहरु उठाई रहेको छ। ती जल्दा बल्दा समस्याहरुका बरेमा जनताहरुलाई अवगत हुनु पर्दछ। आज नेपाली कांग्रेसले सदनमा प्रतिपक्षको भुमिका निर्बाह गर्न सकेन भन्ने आरोपहरु पनि आउन थालेका छन। त्यो आरोपले स्वभाबिक स्थान लिएको छ किनभने काँग्रेसले सदनमा जे गरेको छ त्यसलाई बाहिर ल्याउन सकिराखेको छैन। प्रतिपक्ष भनेको बैकल्पिक सरकार हो। बैकल्पीक सरकारको सरकारी नितिका बिरुद्धमा बैकल्पीक निति हुनु पर्दछ। सरकारले सदनमा निति र कार्यकैम प्रस्तुत गेको थियो। प्रतिपक्षको हैसियतले काँग्रेसले सदनमा निति र कार्यक्रमहरुमा आफना दृष्टिकोणहरु प्रस्तुत गरेको थियो। सरकारले बजेट प्रस्तुत गरेकोमा प्रतिपक्षले बजेटको बिकल्पमा आफना कार्यक्रम सदन समक्ष प्रस्तुत गरेको थियो। त्यसबाहेक बर्तमान सरकार आएपछि देशमा धटेका बिभिन्न धटनाहरुका बारेमा काँग्रेसले सदनमा आवाजहरु उठाउदै आएको छ। एयरपोर्ट भन्सार लगाएत देशका बिभिन्न मन्त्रालय तथा भन्सारकार्यालयहरुमा भएका भ्रष्टाचारहरुका बारेमा काँग्रेसले सदनमा आवाज उठाएको छ।महगी लगाएत सरकारले कृतृम अभाव सृजनागरेको सम्बन्धमा प्रतिपक्षले सदनमा आवाज उठाएको छ बिषेष प्रहरी बिभागमा भएको अनियमित नियूक्तीका बारेमा त कतिपटक सदननै आरुद्ध भएको छ। स्थानीय निकायहरुमा निर्बाचनको परीणाम आउना साथ स्थानीय निकायमा पनि भ्रस्ठाचारको अभियान सुरु भएको छ नगरपालीका र गाउबिकाश समितिमा जाने अनुदनको दुरुजयोग हुने संभावना बडेको छ। नगरपालीकाको चुगिकरमा भ्रष्टाचार सुरुभएको छ। बृद्धभत्ता, असहायभत्ता बितरणमा धाधली गर्न सुरुगरीएको छ। सबै बृद्ध र असहायहरुले पाउने अबस्था छैन। भ्रष्टाचार गर्ने निकायहरु तथा कार्यालयहरुसकृय भएका छन ा प्रतिपक्षको भुमिका त्यस्तेा अबस्थामा ती निकाय हरुमा त्यस्ता कामहरु हुन नदिने हो। गाउमा गएको बिकाश अनुदान गाउका जनताको चाहनाअनुरुप खर्चगर्न पर्ने बाध्यता सृजना गर्ने हो। सरकारी कार्यालयहरुमा जनतालाई दूख दिईएको छ भने र जनताको पक्षमा काम भएको छैन , धुष खोरी भ्रष्टाचार ढिलासुस्ती अनियमितता भएको छभने सोकार्यलाई बन्द गराउने हो। बिकासमा बिनियोजित भएको रकमको सदुपयोग भए नभएको राम्ररी चासो राख्ोर जनताका अन्य आबश्यकताका काम नभएमा सम्बन्च्ति निकायमा समाधानको लागी तत्परता देखाउनु पर्दछ। तर फरक केहो भने काँग्रेस सरकारमा हुदा सदनमा कुरा उठनासाथ सरकारले सदनमा सरकारको दृष्टिकोण प्रस्तुत गर्दथ्येा भने अहिले सरकार जनप्रतिनिधिले उठाएका कुरामा कुनैजवाफ दीदैन यस्तो गैर जिम्मेवारी सरकार सन्सारमा कतै छैन। योबहुदलीय परंपरा पनि होईन। हो सरकार गैर जिम्मेवार भएको कुरा हामिले जनतामा पुरयाउन सकेका छैनैौ होला ,त्यो हाम्रेा कमजोरी हुन सक्दछ। तर सदनमा प्रतिपक्षले केहि गरेको होईन भन्नु चाहि साचो होईन। सदनमा काँग्रेसले के गरेको छ जनता सदनमा आउदैन। सरकारी सन्चार माध्यमले सबैकुरा जन समक्ष पुरयाउदैन। त्यसैले आज नेपाली काँग्रेसको जिम्मेबारी जसरी आज महगी , भ्रष्टाचार , अनीयमितताका बारेमा सदनमा कुरा उठी रहेको छ ,महिला अधिकारका बारेमा सदनमा कुराउठेको छ ,जनजातीका बरेमा ,भुतपुर्ब सैनिक पत्रकार शिक्षक बिद्यार्थी आदिका बारेमा सदनमा कुराउठेकोछ सदनमा कुराउठाएर मात्र प्रतिपक्षको भुमिका निर्बाह हुन सकदैन। सदनमा उठाएको बिषयहरु जन समक्ष लगि जनतामा अवगत गराउने जिम्मेवारी पनि नेपाली काँग्रेस को नैहो। किनभने सरकारमा नैतिकता छैन ा यदि नैतिकता भएको भए सरकारका बिरुद्ध यतिका आवाजहरु उठिरहेका छन सरकार किन मौन रहेको छ। ए.मा.ले.का अध्यक्षले रा.प्र.पा.का सबै मन्त्रीहरु भ्रष्टाचारी हुन भन्नु भयो जसमा प्रधान मन्त्री पनि पर्नु हूनछ प्रधान मन्त्रीबाट त्यसको जवाफ उचित समयमा आउदैन।बहुदलिय मर्यादा लाई पालन गर्नेहो भने सत्ता पक्षका एउठा धटकको नेताले त्यस्तो गम्भिर आरोप लगाए पछि प्रधानमन्त्रीको के कर्तव्य हुन्छ? के प्रधान मन्त्रीले त्यो कुरा बुझनु भएको छैन। गृह मन्त्रीले आफनो बिरुद्धमा राज्य व्यबस्था समितिको सर्बसम्मतिको प्रतिबेदन प्राप्त भएपछि के पदमा बसीरहने नैतिकता हून्छ? यसबाहेक अन्य कतिपय मन्त्रीहरुका बारेमा र सरकारका अन्य निकायले गरेका अबानछीत कृयाकलापका बारेमा कति आवाज उठेका छन। सरकार गैर जिम्मेवार भएको हुदा नजवाफ दिन्छ। नगल्ति महसुस गर्दछ। न नैतिकताको आधारमा पदबाट हटन तयार देखिन्छ। जव सरकारले नैतिकताको सरधारण धर्म समेत पालना गर्दैन तव बहुमत नभ्ाएको प्रतिपक्षले सदनमा अरुके गर्न सक्दछ। सदनका आवाज हरुलाई जन समक्ष लैजान सक्दछ त्यो कर्तव्य चाहि निश्चय पनि नेपाली काँग्रेसको हो। काँग्रेसले यो भुमिका निर्बाह गर्ने प्रयत्न गरेको छ छैन त्यसका बारेमा चर्चा गर्दा नेपाली काँग्रेस अहिले यीनै कुराहरुलाई ध्यानमा राखेर सदनमा मात्र होईन जनतामा समेत पार्टिको प्रभावलाई बिस्तार गर्न संगठनलाई सकृय बनाउने तयारीमा लागेको छ। नेपाली काँग्रेसका सबै बिभागहरु आफु संग सम्बन्धित निकायहरुको सकृयताको लगी कार्यक्रम बनाई राखेका छन। यस सन्दर्भमा , समन्वय बिभाग , परराष्ट बिभाग, संसदिय बिभाग , प्रशिक्षण बिभाग प्रचारबिभागहरु कार्यक्रम बनाउदै छन। यसै सन्दर्भलाई लिएर नेपाली काँग्रेस संगठन बिभागले आफना सबै निकायहरु र कार्यकर्ताहरुलाई सकृय बनाउन आफनो कार्यक्रम तयार गरेर केन्दीय समितिमा पेस गरेको छ। आगामि केन्द्रिय समितिको बैठकमा त्यस बिषयमा ठोष निर्णय हुनेछ र पार्टिले एउटा गति लिनेछ। यसरी पार्टिको संगठनको निर्माण भएपछि पार्टि सरकारमा रहेपनि प्रतिपक्षमा रहेपनि पार्टिको कार्यक्रम सकृयतापुर्बक सन्चालन हुनेछ। प्रतिपक्षले मौका पाउना साथ सरकारलाई बिस्थापित गर्नु पर्दछ। प्रतिपक्षमा रहनु भनेको यथार्थता हो मौका होईन। प्रतिपक्षमा रहदा सरकारका सबै जनबिरोधि कृयाकलापहरुको सदनमा र जन समक्ष उदाड.गो पार्नुपर्दछ जुन काम अहिले काँग्रेसले गरीराखेको छ। यो प्रतिपक्षले पालन गर्नु पर्ने भुमिकालाई काँग्रेसले राम्ररी बूझेकोे छ। यी सबै संभव नहुन सक्दछन। प्रतिपक्षमा रहेर प्रतिपक्षमा बसेको राजनैतिक दलले निभनउनु पर्ने भुमिका काँग्रेसले बुझेको छ र यसरी निभाएको छ।