Govinda Raj Joshi

Bisweshwor Prasad Koirala Ganesh Man Singh Krishna Prasad Bhattarai Girija Prasad Koirala

Mera Anubhutiharu Part 3

प्रकाशक:विवेक प्रकाशन,काठमाण्डौसर्वाधिकार लेखकमापहिलो संस्करण:      कार्तिक २०५५ (भाग १) ५००० प्रति दोस्रो संस्करण:       माघ २०५७    (भाग २ ) ४००० प्रति तेस्रो संस्करणः         मंशिर २०५९  (भाग ३ ) ५००० प्रतिमूल्य: Rs. 200 प्रकाशन मानिस विचार शून्य हुदैन । मानिसको विचारलाई विभिन्न माध्यमबाट उसले अभिव्यक्त गरेको हुन्छ । विचार अभिव्यक्तको बाटो अवरुद्ध भयो भने मानिसको मस्तिष्क जड हाुदै जान्छ र  मानिसले आफ्ना विचारहरुलाई कुनै न कुनै माध्यमहरुबाट प्रवाहित हुने मौका दिइरहनु पर्दछ । यसले मानिसलाई सहि मार्गमा हिडाउन सहयोग गरिरहेको हुन्छ ।मैले आफू सक्रिय राजनीतिमा रहादा पनि मेरा मनमा उब्जेका भावनाहरुलाई त्यसै निस्कृय हुन नदिइ लेख, रचना, सम्बोधन र अन्तरवार्ताका रुपमा विभिन्न पत्रपत्रिका मार्फत सार्वजनिक गर्दै आएको थिएं । त्यति बेला ती विचारहरु सुन्ने र पढ्ने मौका नपाउनु भएकाहरुलाई अध्ययन गर्न मौका मिलोस् भन्ने आसयले प्रकाशन कै क्रममा तेस्रेा पटक मैले यो संकलन प्रकाशन गर्ने दृष्ढता गरेको छु । यी मेरा व्यक्तिगत विचारहरु हुन् । यी विचारहरु विशेष परिस्थितिमा अभिव्यक्त भएका हुन् । यसकारण यसमा संकलित लेखहरु समय सापेक्ष नहुन सक्दछन् । विगतमा देखापरेका केही तीता यथार्थताहरुलाई यस संस्करणमा समावेश गरिएको छ । मुलतः यो संस्करणमा समसामयिक नेपाली राजनीतिमा देखा परेको घटनाक्रमलाई समटेर प्रस्तुत गर्ने जमर्को  गरेको छु । यसमा प्रकाशित लेखहरु पुस्तकका रुपमा प्रकाशित गर्ने मनसायबाट नलेखिएको हुदां यसमा विविधता पाइन सक्दछ । तर  मैले तत्कालीन समयमा मलाई लागेका कुराहरु लेखेको हाुदा पाठकका लागि निश्चय पनि यी अभिव्यक्तिहरु लाभदायक हुनेछन् भन्ने मैले विश्वास गरेको छु । म नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता भएको हुनाले यी अभिव्यक्तिहरुमा एउटा स्वतन्त्र लेखक भन्दा पनि एउटा नेपाली कांग्रेसको कार्यकर्ताको हैसियतबाट व्यक्त गरिएका भावनाहरुको प्रतिनिधित्व भएको हुन सक्दछ । त्यसलाई पाठकवर्गले त्यहि रुपमा लिई दिनु हुनेछ । अन्तमा, विचार सिर्जनशील हुन्छ । विचारलाई बन्देज लगाउन सकिदैन । वहस, छलफल, वादविवादले मानिसको विचारलाई परिस्कृत र फराकिलो बनाउदै जान्छ । मेरो यो प्रकाशनको त्यही उद्देश्य हो । विचार परिस्कृत हुादा मानिस पनि परिस्कृत हुन्छन् । मेरो यो पुस्तकमा संकलित लेखहरुलाई प्रकाशित गरेर मेरा विचारहरु जनसमक्ष पुर्‍याई दिने सम्पूर्ण पत्रिकाहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यो पुस्तकको भाषा शुद्धासुद्धीमा सहयोग गर्नुहुने मुकुन्दप्रसाद भण्डारी, कम्प्युटर तथा पुस्तक डिजाईन गर्ने भूमिप्रसाद पाठक र यस पुस्तक प्रकाशित गर्न सहयोग पुर्‍याउनु हुने अन्य सबैलाई धन्यवाद दिन चाहन्छु । अन्तमा मेरो यो तेस्रेा प्रकाशन अध्ययन गरी त्यसमा भएका कमी कम्जोरीहरुवारे अमूल्य सुझाव दिनु हुनेछ भन्ने विश्वास लिएको छु  । जय नेपाल मंसिर , २०५९                                गोविन्दराज जोशी                                         दमौली बजार, तनहू विषय र्सूची भाग एक:  समसामयिक राजनीति सम्बन्धी लेख र रचनाहरु क्र.सं.    शीर्षक    पृष्ठ    स्व.श्री ५ वीरेन्द्र्र: सम्झना  र श्रद्धान्जली भूटानी नेता स्व.राजकुमार बुढाथोकीको हत्या र  भूटानी शरणार्थी समस्या    ५घ.            नेपाली कााग्रेसका भातृ संस्थाह शुभेच्छुक संस्थाहरू र तिनीहरूको  उद्देश्य नेपाली कााग्रेसले मनाउने वार्षिक दिबसहरू र  तिनको महत्व मुलुकको परिवर्तनमा तरूणहरुको भूमिका परिवर्तनको अर्को नाम वि.पि. कोईराला गिरिजाप्रसाद कोइराला र मुक्ति अभियान शिक्षा क्षेत्रमा देखिएको अन्यौल र कार्यदलको प्रतिबेदन (२०५७) शैक्षिक सत्र किन श्राबणमा? काग्रेस संसदीय दलको बैठक र खुल्ला निर्णय काग्रेसको दशौं महाधिबेशन र नया दृष्टिकोण बर्तमानमा अल्भि्कएको नेपाली काग्रेस बृहत प्रजातान्त्रिक एकताको उद्देश्य संविधानके सुधारबाट मात्र पुरा हुन्छ नेपाली कााग्रेसले अघिसारेको संविधानको सुधार किन? सहमतिको बिन्दु आजको आबश्यकता त्यतीखेर  देउवाले सत्य वोल्नु भएको रहेछ सहमति आवश्यकता,  बाध्यता कानूनको ठाऊ तर्कले लिंदैन भाग दुई: विभिन्न समयमा प्रतिनिधि सभामा सम्वोधन भएका वक्तव्य तथा कार्यक्रममा प्रस्तुत कार्यपत्र र अन्तरवार्ता कार्यपालिका र्व्यवस्थापिका अन्तर सम्बन्धसिद्धान्त र व्यवहारमानेपाली काग्रेसका सह महामन्त्री मा.गोबिन्दराज जोशीले २०५८ ।१२ ।८ गते प्रतिनिधिसभामा बिशेष  समय लिएर दिनु भएको मन्तव्यनेपाली कााग्रेसका सह महामन्त्री मा. गोबिन्दराज जोशीले बिशेष समयमा प्रतिनिधिसभामा दिनुभएको बक्तब्यनेपाली कााग्रेसका सह महामन्त्री श्री गोबिन्दराज जोशीसंग नेपाल समाचार पत्रले मिति २०५९ भाद्र २६ लिएको बिशेष अन्तरवार्ता