Govinda Raj Joshi

Bisweshwor Prasad Koirala Ganesh Man Singh Krishna Prasad Bhattarai Girija Prasad Koirala

Mera Anubhutiharu Part 2

नारायणी प्रिन्टी एण्ड ट्रडर्स सहकारी संस्था लि. नयावानेश्वर, काठमाण्डौं फोन नं. ४७८१५० सर्वाधिकार लेखकमा पहिलो संस्करण:      कार्तिक २०५५ (भाग १) माघ २०५७ (भाग २) मूल्य: Rs. 100 प्रकाशन मानिस विचार शून्य हुदैन। मानिसको विचारलाई विभिन्न माध्यमबाट उसले अभिव्यक्त गरेको हुन्छ। विचार अभिव्यक्तको बाटो अवरुद्ध भयो भने मानिसको मस्तिष्क जड हुँदै  जान्छ। मानिस खराब काम गर्न अभिप्रेरित हुन्छ। त्यसैले मानिसले आफ्ना विचारहरुलाई कुनै न कुनै माध्यमहरुबाट प्रवाहित हुने मौका दिइरहनु पर्दछ। यसले मानिसलाई सहि मार्गमा हिडाउन सहयोग गरिरहेको हुन्छ।मैले आफू सक्रिय राजनीतिमा रहादा खेरी पनि मेरा मनमा उब्जेका भावनाहरुलाई त्यसै निस्कृय हुन नदिइ लेख, रचना, सम्बोधन र अन्तरवार्ताका रुपमा विभिन्न पत्रपत्रिका मार्फत, पत्रकार सम्मेलन गरेर, विभिन्न ठाउमा सम्बोधन गरेर सार्वजनिक गर्दै आएको थिएं। त्यति बेला ती विचारहरु सुन्ने मौका नपाउनु भएका र पढ्ने मौका नपाउनु भएकाहरुलाई अध्ययन गर्न मौका मिलोस् भन्ने आसयले यो संकलन प्रकाशन गर्ने अपेक्षा गरेको छु। यी मेरा व्यक्तिगत विचारहरु हुन्। यी विचारहरु विशेष परिस्थितिमा प्रकाशित भएका हुन्। यसकारण यसमा संकलित लेखहरु समय सापेक्ष नहुन सक्दछन्। यस पुस्तकमा विगत एक दशक यता देखापरेका राज्य सञ्चालन सम्बन्धी केही तीता यथार्थताहरुलाई यस संस्करणमा समावेश गरिएको छ। मुलतः समसामयिक नेपाली राजननीतिमा देखा परेको तथाकथित  माओवादी  भनिने आतंकारी समूहसंग सम्बन्धित लेख, रचना समेत प्रस्तुत गर्ने जमर्को  गरेको छु। यद्यपी यसमा प्रकाशित लेखहरु पुस्तकका रुपमा प्रकाशित गर्ने मनसायबाट नलेखिएको हुदां यसमा विविधता पाइन सक्दछ। तर पनि मैले तत्कालीन समयमा मलाई लागेका कुराहरु लेखेको हाुदा पाठकका लागि निश्चय पनि यी अभिव्यक्तिहरु लाभदायक हुनेछन् भन्ने मैले विश्वास गरेको छु। म नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता भएको हुनाले यी अभिव्यक्तिहरुमा एउटा स्वतन्त्र लेखक भन्दा पनि एउटा नेपाली कांग्रेसको कार्यकर्ताको हैसियतबाट व्यक्त गरिएका भावनाहरुको प्रतिनिधित्व भएको हुन सक्दछ। त्यसलाई त्यहि रुपमा लिई दिनु हुनेछ। अन्तमा, विचार सिर्जनशील हुन्छ। विचारलाई बन्देज लगाउन सकिदैन। वहस, छलफल, वादविवादले मानिसको विचारलाई परिस्कृत र फराकिलो बनाउदै जान्छ। मेरो यो प्रकाशनको त्यहि उद्देश्य हो। विचार परिस्कृत हुदा मानिस पनि परिस्कृत हुन्छन्। मेरो यो पुस्तकमा सकलित लेखहरुलाई मेरो नाम, उपनाममा प्रकाशित गरेर मेरा विचारहरु जनसमक्ष पुर्‍याई दिने सम्पूर्ण पत्रिकाहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यो पुस्तकको भाषा शुद्धासुद्धीमा सहयोग गर्नुहुने मुकुन्दप्रसाद भण्डारी, कम्प्युटरमा सहयोग गर्ने दिलकुमार श्रेष्ठ र पुस्तक डिजाईन गर्ने भूमिप्रसाद पाठक र यस पुस्तक प्रकाशित गर्न सहयोग पुर्‍याउनु हुने अन्य सबैलाई धन्यवाद दिन चाहन्छु। जय नेपाल दिन: १ माघ २०५७                              गोविन्दराज जोशी    दमौली बजार, तनहू विषय र्सूची शीर्षक   भाग एक: राजनीति सम्बन्धी लेख र रचनाहरु पृष्ठ स्व. गोविन्द पौडेललार्ई स्मरण गर्दा श्रद्धान्जली शहीदको रगत त्यसै खेर जांदैन निर्वाचन र धाधली पर्यायवाची शब्द बनेका छन् प्रधानमन्त्रीको भारत भ्रमणमा अल्झेको नेपाली राजनीति सांसदको भूमिका र प्रधानमन्त्रीको अभिव्यक्ति नेपाली कााग्रेसकेा अन्तरकलहले उब्जाएका विषयहरु कााग्रेसमा नेता होइन दूरदर्शिताको खााचोे छ नेपाली कांग्रेसको दशौं महाधिवेशनबाट गरिएको अपेक्षा निर्णायक मोडमा पुगेको नेपाली कााग्रेस अन्योलमा रुमलिएको नेपाली राजनिति कांग्रेस एमाले वार्ता नेपाली राजनितिको सकारात्मक पक्ष जनआन्दोलनको उपलब्धिलाई कमजोर बनाउने निरर्थक प्रयास   भाग दुई: समसामयिक विषय वस्तुहरु वार्ताको सन्दर्भ देउवाको अभिव्यक्ति र माओवादीको रणनीति देउवा आयोग र माओवादीसंगको वार्ता माओवादी समस्या र वार्ताको प्रसंग के साच्चिनै क.प्रचण्ड र डा.बाबुराम राजभक्तनै हुन त? नेपालको राजनीति भित्र बल्झेकेा माओवादी समस्या पद्मरत्न जसको गला यसपटक पनि किन अवरूद्ध भयो? माओवादी जनयुद्धबारे बुझ्नै पर्ने यथार्थ नागरिकता समस्या, नागरिकता विधेयक २०५७ र हाम्रो राजनीति सांसदहरुको असन्तुष्टि र उदासीनताको जिम्मेवार को? संसद अधिवेशनको मूल्यांकन कसले र कसरी गर्ने? के प्रजातन्त्र आएपछि देशमा केही भएन त? संसदीय समितिहरुको क्रियाकलापले संसद नै कम्ाजोर भएको छ? सेना परिचालनमा अल्झेको वास्तविकता दासताको अनुभव दासहरुलाई मात्र हुन्छ संविधान संसोधनको सन्दर्भमा एमाले नेताहरुमा देखिएको वैचारिक विचलन के संविधान संसोधन अनिवार्य भएको छ? भाग तीन: प्रेसमा, अन्तरवार्ता तथा अन्य ठाउामा दिएका वक्तव्यहरु शान्ति सुरक्षाबारे विगत एक वर्षको प्रयत्न र आगामी एक वर्षको प्राथमिकता मध्यपश्चिमाञ्चलका केहि जिल्लाहरुको भ्रमण पछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा मा.गृहमन्त्री गोविन्दराज जोशीज्यूले दिनु भएको प्रेस वक्तव्य। मा. गृहमन्त्री गोविन्दराज जोशीले असोज १३, २०५७ मा आयोजित पत्रकार भेटघाटमा दिनुभएको प्रेस वक्तव्य मा. गृहमन्त्री गोविन्दराज जोशीज्यूले डोल्पाको दुनैमा स्थलगत निरीक्षण पछि दिनु भएको प्रेस वक्तव्य मा. गोविन्दराज जोशी एवं पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यले समसामायीक विषयमा हिमालय टाइम्सलाई दिनु भएको अन्तरवार्ता