Govinda Raj Joshi

Bisweshwor Prasad Koirala Ganesh Man Singh Krishna Prasad Bhattarai Girija Prasad Koirala

द्वन्द्वमा मारिएका व्यक्तिहरु

      वैशाख २, २०६७   सम्माननीय प्रधानमन्त्रीज्यू,  प्रधानमन्त्रीको कार्यालय  सिंहदरवार, काठमाडौँ।      विषय :  द्वन्द्वमा मारिएका व्यक्तिहरुलाई शहीद घोषणा एवं उचित सम्मान दिने सम्बन्धमा।          नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको २०६५ भाद्र ९ देखि २१ गतेसम्म बसेको बैठकको निर्णय अनुसार मेरो संयोजकत्वमा २०६५ आश्विन १७ गते गठित शान्ति प्रक्रिया एवं द्वन्द पीडित अनुगमन तथा समन्वय समितिले देशका ७५ वटै जिल्लामा माओवादी लगायत अन्य सशस्त्र हिंसात्मक समूहद्वारा हत्या गरिएका व्यक्तिहरुको सम्बन्धमा समितिले लामो समयसम्मको गहन अध्ययन, अनुसन्धान, विश्लेषणपछि सशस्त्र द्वन्द तथा शान्ति सम्झौतापछि ए.ने.क.पा. (माओवादी), राज्य र तराईका सशस्त्र समूहबाट हत्या गरिएका नेपाली काँग्रेस लगायत अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरु, राजनीतिक आस्था बोकेका परिवारहरु, माओवादीबाट मारिएका सुरक्षाकर्मी एवं वेपत्ता पारिएकाहरुको हालसम्मको नामावली विवरण सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष प्रस्तुत गरिएको छ। जिल्लाबाट अभिलेख प्राप्त हुने क्रम जारी नै रहेकोले बाँकी नामावली पछि प्रस्तुत गरिनेछ। देश र जनताको लागि प्राण उत्सर्ग गर्नेहरुलाई उचित सम्मानका साथ प्रस्तुत द्वन्दका मृतकलाई तत्काल 'शहीद' घोषणा गरियोस्। साथै वेपत्ता पारिएकाहरुलाई उचित सम्मान तथा आश्रित परिवारलाई यथोचित आवश्यक व्यवस्था गर्नु हुन पनि हार्दिक अनुरोध गर्दछु।  नेपाली काँग्रेस  पूर्वाञ्चल माओवादीबाट हत्या     १३६ जना       राज्यबाट हत्या     ११ जना       माओवादीबाट हत्या भएका सुरक्षाकर्मी     ६ जना     नेपाली काँग्रेस समर्थित परिवार जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वालासिंह) बाट हत्या     १ जना       गोइत समूहबाट हत्या     १ जना       माओवादी खम्बुवानबाट हत्या     ३ जना       माओवादीबाट वेपत्ता पारिएका     ८ जना              नेपाली काँग्रेस  मध्यमाञ्चल माओवादीबाट हत्या     २४५ जना       राज्यबाट हत्या     ३१ जना       माओवादीबाट हत्या     १ जना     अंगभंग बनाई उपचारपछि मरेको। मधेशी जनअधिकार फोरमबाट हत्या     १ जना       अज्ञात समूहबाट हत्या     १ जना       मधेशी टाइगर्सबाट हत्या     २ जना       माओवादीबाट हत्या गरिएका सुरक्षाकर्मी     १० जना     नेपाली काँग्रेस समर्थित परिवार ज्वाला सिंहबाट     १ जना       माओवादीबाट वेपत्ता पारिएका     २ जना          नेपाली काँग्रेस  पश्चिमाञ्चल माओवादीबाट हत्या     १२१ जना       राज्यबाट हत्या     ४ जना       अज्ञात समूहबाट हत्या     ४ जना       माओवादीबाट हत्या गरिएका सुरक्षाकर्मी     १ जना     नेपाली काँग्रेस समर्थित परिवार    नेपाली काँग्रेस  मध्यपश्चिमाञ्चल माओवादीबाट हत्या     ३५३ जना       राज्यबाट हत्या     ३० जना       माओवादीबाट हत्या गरिएका सुरक्षाकर्मी     ३ जना     नेपाली काँग्रेस समर्थित परिवार ज्वालासिंह समूहबाट हत्या     १ जना       अज्ञात समूहबाट     ३ जना       राज्यबाट वेपत्ता पारिएका     १० जना       माओवादीबाट वेपत्ता पारिएका     २० जना        नेपाली काँग्रेस  सुदूर पश्चिमाञ्चल माओवादीबाट हत्या     ७९ जना       राज्यबाट हत्या     १७ जना       दोहोरो भिडन्तमा मारिएका     ७ जना       माओवादीबाट हत्या गरिएका सुरक्षाकर्मी     ६ जना     नेपाली काँग्रेस समर्थित परिवार      अतः माथि प्रस्तुत गरिएको तालिका अनुसार सशस्त्र द्वन्द्वका क्रममा मारिएका नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरुको हालसम्मको कूल तथ्याङ्क                क्र.सं.     हत्या गर्ने पक्ष     संख्या             १     माओवादीबाट     ९३४ जना             २     राज्यबाट     ९३ जना             ३     ज्वालासिंहबाट     ३ जना             ४     गोइतबाट     १ जना             ५     फोरमबाट     १ जना             ६     मधेशी टाइगर्सबाट     २ जना             ७     दोहोरो भिडन्तमा     ७ जना             ८     अज्ञातबाट     ८ जना                   जम्मा     १०४९ जना       नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फ  माओवादीबाट हत्या     १३७ जना       राज्यबाट हत्या     १७ जना       माओवादीबाट हत्या गरिएका सुरक्षाकर्मी     ८ जना     नेकपा (एमाले) समर्थित परिवार माओवादीबाट वेपत्ता पारिएका     १ जना       जम्मा     १६३ जना        राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फ  माओवादीबाट हत्या     ८४ जना       राज्यबाट हत्या     १० जना       तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइतबाट     १ जना       जम्मा     ९५ जना          माओवादीबाट मारिएका  अन्यमा  राष्ट्रिय जनमुक्ति मोर्चा     १ जना       जनतान्त्रिक तराई मुक्ति मोर्चा     ३ जना       ने.क.पा. (मसाल)     २ जना       राष्ट्रिय जनमोर्चा     १ जना       ने.क.पा. (माले)     १ जना       जनमोर्चा     ३ जना       जनतान्त्रिक     १ जना       राप्रपा नेपाल     १ जना       सद्भावना पार्टी     ४ जना       समता पार्टी     २ जना       ज्वालासिंह कार्यकर्ता     १ जना       जनता परिषद्     १ जना       जम्मान     २१ जना                    विनयध्वज चन्द        संयोजक        शान्ति प्रक्रिया एवं द्वन्द पीडित  बोधार्थ :  अनुगमन तथा समन्वय समिति  श्री नेपाली काँग्रेस केन्द्रीय कार्यालय  बी.पी. स्मृति भवन, सानेपा, ललितपुर।